[VIEWED 30240
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 02-17-12 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
7
?
Liked by
|
|
भाग १
"वोइ दिपिका, तँ खास जन्मेको चै कहिले भन्त? आफुले एउटा भन्छेस, फेरी ड्राइभर लाइसन्स मा अर्कै छ। बाबा मामुको फोन आउछ फेरी "Happy Birthday, छोरी" भन्दै अर्कै दिन, खास त जन्मेको चाइ एक्ज्याक्ट कहिले हो त्यो भन्त मलाई"---सारीकाले दिक्क मान्दै सोधेको थीइ मलाई एक चोटि।
"खोइ मलाई के था? एक्ज्याक्ट जन्म्या धरी याद हुने भईदेको भए त मेरो स्मरण शक्ती को बयान जताततै सुनिहाल्थिस नि। जा न गएर हाम्रो टोलको भैरब दाइलाई सोध। उनको कालो गाई ब्या दिन जन्म्या हो म।" ठट्टा गरेको पनि राम्रो सँग नबुझ्ने सारीकालाई जिस्काउन रमाइलो लाग्थ्यो मलाई।
उस्लाई त जे भन्दे नि भएको थ्यो। आफ्नो साथी, जसरी जिस्काइदेनी भयो। तर मेरो लागि आफ्नै जन्मदिन पनि जटिल समस्या भएर धेरै चोटि उभीसकेकोथ्यो र अझै छ।
यो समस्या एकाएक अहिले देखिएको कहाँ हो र? जन्मन त स्वस्थानी सांगे पुर्णिमा को दिन जन्मेको थिएँ। दुई बर्ष पनि राम्रो सँग पुरा नभइ आमालाई हतार भयो मलाई स्कुल राख्न । शब्दहरु टिप्नलाई मैना चरी जस्तो थिएँ रे फेरी हजुरबुवा सँग ग्रह साह्रै मिल्ने आफ्नो। अरु नाती नातिना चले भने "बाँदर मरेर जन्मेका भुराहरु कती चल्न सक्छन" भन्ने बुवाले मैले चल्दा चै उल्टो "पुर्ने को दिन जन्मेकी मेरी नातिनी कती टाठी छे" भन्नु हुन्थ्यो रे। सधैं पाएसम्म र मिलेसम्म बुवा सगै धुनुमुनु खेलेर बस्ने हुँदा बुवाका शब्दहरु पनि पुटुपुटु टिप्न थालेछु। आठ महिनाको उमेर देखी बोल्न सुरु गरेको म, दुई बर्ष सम्ममा त कुराको भकारी मात्र नभएर बुवा सँगै भाका हालेर गीत पनि गाउन थाल्ने भएपछी बाबा आमाले नजिकैको स्कुलमा नर्सरिमा भर्ना गरिदिनु भएछ।
दार्जलिङबाट भर्खर सरेका दम्पतिले खोलेको त्यो नयाँ स्कुलमा नर्सरिमा जम्मा ५ जना थियौ। अरु बच्चाहरु आफ्नो आमा बाबाले छोडेर जाँदा डाँको छोडेर रुन्थे रे म चै खेल्न पाइहालिन्छ किन यस्तो अलाप र बिलाप गरेको होला भनेर उनिहरुलाई हेरेर बस्थे रे। तेइ उमेर देखी नै स्कुलमा रमाइलो मान्न थालेको थिएँ रे। न त म पहिलो दिन रोएँ रे न त दोश्रो नै। घर नजिकै स्कुल थ्यो रमाइलोमै सकाएछु नर्सरी।
क्लास उक्लिने बेला भयो। जानु पर्ने त लोवर के जि मा थ्यो तर बाबाहरुकै पढाई त सिधै ३-४ कक्षा बाट सुरु गर्दिनु भएको बुवालाई मेरो लोवर के जि र अप्पर के जि चित्त बुझेनछ। " बाबु, अहिले अप्पर र खप्पर गर्न थालिस भने छोरीले ३० बर्षाँनी SLC दिन्न। खुरुक्क १ मा हाल्दे, सकिन भने झार्लास" भन्नु भएछ। बुवाले त आफुले जे गरेको तेइ भन्नु भयो तर ३ वटा बिषयमा स्नातकोत्तर गर्नु भएको मेरो बाबाले पनि खुरुक्क लगेर १ मा भर्ना गर्दिनु भएछ।
अंक नसिकेको बच्चालाई जोड घटाऊ गर्नु पर्यो, शब्द चिन्न सुरु मात्र गरेकोलाई वाक्य बनाउनु पर्यो, सजिलो त के हुन्थ्यो? स्कुल को पढाईले नपुगेर आमाले घरमा रटाउन थाल्नु भएछ। तेइ उमेर देखी संघर्ष गर्न सुरु भएको रहेछ। तीन महिना जतिमा धेरै नै प्रगति देखाएछु, क्लास झार्न नपर्ने भयो।
खुरुखुरु पढ्दै क्लास उक्लदै थिएँ। दुई क्लास देखी क्लास टप गर्न थालेको ४ क्लास सम्म क्लास टपर नै रहेँ। तर घरमा त्यतिले आमा र मामाको चित्त बुझेन। पुष माघ को बिदामा मामाघर गएको थिएँ एक महिनालाई। मामाको छोरा सुबिन दाई ५ क्लास सकेर छ मा जान लाग्नु भएकोथ्यो। मामाले त्यो दुई महिनाको छुट्टी पनि कुर्न नसकेर छ क्लासको किताब किन्दिसक्नु भएछ। मामा उस्तै आफ्नो फेरी।
मामाघरमा आफ्नो कुरा मिल्ने साथी भनेकोनै तेइ एकजना दाई, उही नै किताब लिएर पढ्न बसेपछी मैले नि के गर्नु? उही सग पढ्न लागे। पढ्नु त उस्कै पुरानो ५ को किताब पर्नेथ्यो तर उस्ले नयाँ छ क्लासको किताब पढ्दा आफुलाई उस्को पुरानो ५ को किताब पढ्न के मन लाग्थ्यो? अझ तेस माथि उस्ले तुजुक देखाउथ्यो "यो त मैले उहिले पढेको, तँ यो बल्ल पढ्ने?" भनेर।
सिधासिधी हार मानिहाल्न मन ले मानेन। उही सग बसेर कनी कुथी भएनी छ कै किताब पढ्न थालेँ। मामाले बेला बेलामा जाँच लिनु हुन्थ्यो। सुबिन दाई अलि भुस्कोल पढ्नमा सानै देखी। ध्यान खाली पढ्न भन्दा कमिक्स् को नागराज, कुन कमिक्स सबै भन्दा महङो, साइकल को हावा कसरी फुस्काउने, रेस्लिङ्मा कस्ले कस्तो लक लगाएर पछार्छ तेस्ता कुरामा बढी हुन्थ्यो। पढाईमा मामाले दाई भन्दा म नै बढी तेजिलो देख्नु भएछ, कुरा आमाकाँ पुग्न बेरै लागेन।
बाबा जागिरको सिलसिलामा बाहिर जिल्लामा हुनुहुन्थ्यो, आमाले खुरुक्क प्रिन्सिपल सँग कुरा गरेर पाँचै नपढाइ छ को एक्स्प्रेस बसमा चडाइदिनु भयो। छ क्लास मेरो लागि सजिलो भएन। धेरै कुराहरुमा अन्य साथीहरुले भन्दा मैले बढी मेहनत गर्नु पर्थ्यो। जाँचहरु पनि पहिले पहिले भन्दा धेरै नै छिटो आएको जस्तो लाग्थ्यो। सधैं पढाईमा राम्रो भनेर चिनिएको विद्यार्थीलाई पहिलो दोश्रो त के दसौ भित्र पनि नपर्दा आत्मग्लानि हुन्थ्यो। पढाइको बिषय लिएर कहिले पिर गर्न नपरेको मेरो बाबा र आमालाई कता कता मनमा घोच्न थालेछ र आफुले गरेको गल्ती सेतो पर्दा झै टड्कारै देख्नु भएछ।
क्लासमा राम्रो गर्न नसक्दा रिजल्ट आउने दिन त झन बढी दिक्क लाग्थ्यो। पहिले पहिले त्यो दिनमा आफु उत्साहित हुने गरेको सम्झेर दुखी हुन्थेँ। तलै हार मान्यौ भने त माथि चड्ने खुड्किलो नि बन्द भईहाल्छ नि भनेर बाबाले नै उल्टो सम्झाउनुहुन्थ्यो। हरेक बिषयमा थोरै अंक देख्दा साह्रै मन दुख्थ्यो। सबैले हेपेझै लाग्थ्यो। कच्ची बाटोमा लठ्ठिले साइकल को टायर गुडा जस्तो लगलग गर्दै गूड्यो त्यो बर्ष आफ्नो पढाई।
एक चोटि नेपाली पढाउने सर ले "भगवान नमान्नेलाई नास्तिक भन्छन भने मान्नेलाई के भन्छन?" भनेर सोध्नु भयो मलाई, मैले भन्न सकिन। सबैको सामु "यही ताल हो भने तिमी यही क्लास मा फेरी बस्छौ" भनेर प्याच्च भन्नु भयो। एउटा जाबो नास्तिक र आस्तिक भन्न नजान्दैमा क्लास नै नउक्लिने त के हुन्थ्यो होला र? तर त्यो बेलामा सिधा अरुलाई हेर्ने आँट म मा भएन। मुटुमा सिन्का बिजे झैँ भयो। बिजेको त्यो सिन्कालाई निकाल्न मैले सिन्काले नै आफ्नो घाऊ खोतल्नु पर्थ्यो। त्यो बुझ्न पनि बेर लागेन।
"इख नभएको मान्छे र बिख नभएको सर्प काम छैन बुझिस्? " भनेर बुवाले फुपु SLC मा फेल हुँदा कुर्ली कुर्ली भन्नु भएको मेरो त्यो बाल मस्तिस्कमा गहिरो छाप परेकोथ्यो। इखालु म सानै देखी थिएँ। मेहनत जारी नै रह्यो। क्लास मा दोश्रो सम्म धेरै चोटि भएँ तर १० क्लास सम्म नै फेरी टपर भने हुन सकिन। अब बाबा आमाले गल्ती नदोहोर्याउने प्रण गरिसक्नु भएकोथ्यो।
जती हुनु गल्ती पहिले भईसकेको रहेछ। त्यसरी हुँदो न खाँदो को दु:ख पाएर पढाई हुइक्याउने हुँदा १० कक्षा मा पुग्दा १४ बर्ष पनि लागिसकेको थीइन। आफुलाई त केहि पिर परेको थिएन तर एक्कासी स्कुलको अकाउन्टेन्ट नकुल सरले बोलाएर SLC दिन तिम्रो उमेर पुगेन भन्दा पो छाँगा बाट खसे झैँ भएँ।
बाबा काठमाडौंमा हुनुहुन्नथ्यो र आमा पनि बाबा सँगै जानु भएकोथ्यो। नौ र दस क्लासमा म हस्टेल मै बस्थेँ। अब SLC दिन नपाउने भएँ भनेर म तर्सेको देखेर नकुल सरले ले हत्तपत्त मलाई अब फर्म भर्दा २ बर्ष बढाउन पर्छ अरु त केही हुन्न भन्नु भयो। एक दिन मै २ बर्ष बढ्दा आफु नि दङ परे।त्यो उमेरै नै त्यस्तो। जती बढ्यो उती रमाइलो लाग्ने। जन्मदिने आमाले नै थाहा नपाई मेरो २ बर्ष बढ्यो। जन्म साल, दिन, बार, तिथी सबै उनैले राखेर नयाँ न्वारन गरिदिए।
पछी बाबालाई उहाँ नभाबेलामा मेरो फेरी न्वारन भयो भने जस्को हल्का भान बाबालाई पहिले नै परीसकेको रहेछ।
"साल बढाएपनी बेबकुफ ले दिन त त्यही Jan 31st नै राख्न पर्ने नि, अब पछी सम्म गाह्रो हुन्छ", बाबाले भन्नु हुँदा, उमेरै त बढीसकेपछी जाबो त्यो गते त जुनसुकै भएनी के फरक पर्छ र जस्तो लागेको थ्यो। आफुले जती जानेको कसैले छैन जस्तो गर्ने उमेर, खुकुरी भन्दा कर्दा बढी लाग्ने उमेर, बाबाले भन्नु भएको के बुझ्नु मैले? हुन पनि गते को महत्व नै कहिले भएन। पुर्णिमा तिथी भनेर जन्मदिन मनाउन सधैं तिथी कुर्नुहुन्थ्यो घरमा। त्यो तिथी फेरी मनलाग्दी गरेर आउथ्यो। कहिले पुषमा पर्याछ कहिले माघ मा। कती चोटि त फाल्गुनमा नि परेको हुन्थ्यो। साथीहरु को जन्मदिन हरेक बर्ष त्यही गते आउथ्यो आफ्नो चै महिना नै एउटै परे पनि धन्य ।हरेक बर्ष मेरो जन्मदिन कहिले छ यो बर्ष भनेर कि बाबा आमालाई सोध्न पर्ने कि त नयाँ बर्षको क्यालेन्डर आयो कि खोज्न पर्ने।
"असत्तीहरुले त्यसरी पुर्नेमा जन्मेको मान्छेलाई चतुर्दशिमा पुराइदेछन। पुर्ने सम्म नि कुर्न नसकेका कालहरु",उता हजुरबुवा उर्लेर सम्हाल्न गाह्रो। बुवालाई त्यो कागजि जन्ममिती मा नि तिथी मिलाएनन् भन्ने पिर।
क्रमश:
Last edited: 17-Feb-12 10:06 AM
|
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 02-17-12 10:12
AM [Snapshot: 32]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ दिपिका नानी कि तिथी र मिती सम्बन्धी गन्थन पनि पढिभ्यायो आज, रमाइलो छ... अरु पनि थप्दै जाउ है ....
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-17-12 10:19
AM [Snapshot: 32]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सदा झैँ मिठो, सरस र सरल प्रस्तुति .
यो तिथि मिति ले धेरैलाइ हैरान पारेको छ भने . आफुलाई घटाई दिए हुन्थ्यो जस्तो लाग्याथ्यो तर बज्जे हाम्रो नि नकुल सर ले जस्तै तस्तै राख्दियो भने . बाटो मा भेट्या बेला एक खोट्टा हान्ने रहर कहिलेइ पुरा भएन ..
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-17-12 10:22
AM [Snapshot: 25]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल धेरै पछी दिपिका को झक्कास कथा आएछ
आफुलाई नि सेम प्रब्लेम हो -
तिथी अनुहार जन्मदिन आउने अनी मनाउने बानी भाको -
एस.एल.सी मा जम मिती हाल्नु पर्दा - कन्भर्ट गरेको - त्यो दिन हिसाब सँग ठ्याक नमिलेर हो कि
के हो कता को मिती कता पुगेछ - त्यही कारण ले अहिले चाँही आफ्नो नि जन्म दिन तीन चोटि आउछ
फेस बुक मा चाँही आफु जन्मे कै दिन हाल्या छ -
ड्राइभर लाइसेन्स मा चाँही - त्यही एस.एल.सी को लागि कन्भर्ट गरेको तर नमिलेको डेट अनी तिथी अनुसार
आफ्नो जन्म दिन मनाउने दिन -
अब भाग्यमानी को मात्र जन्म दिन तीन तीन चोटि आउछ क्या दिपिका - कुरा बुझ्या हो
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-17-12 1:41
PM [Snapshot: 172]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो धेरै दिन पछि कथा लिएर आकी रैछन दिपु ले| लामो समय पछि कथा लेखेको भए पनि लेख्ने सैली त उही पुरानै रैछ, कथा लेख्न बिर्स्यो कि भनेको हैन रैछ|
पहिलेको कथाहरु जस्तै रमाइलो कथा छ| आफु पनि त्यो उमेर परिबर्तन को कुप्रथा को सिकार भाको मान्छे, पढ्दा त आफ्नै कथा जस्तो लाग्यो| अब अर्को भाग पनि चाडै पढ्न पाए हुन्थ्यो क्यारे|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-20-12 12:02
PM [Snapshot: 428]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दशैमा मामाघर पुग्या बेला--आफु पनि पुग्नु अमेरीकाबाट मामा नी टुप्लुक्कै आईपुग्दाको जस्तै अनुभव गरायो यो प्रस्तुतीले।
प्रस्तुती रमाईलो हुन्छ भन्नेमा कुनै शंकै थिएन, तर पढ्दै जाँदा रमाईलो त झन बढ्यो।
नेपालीका जन्मदिन अलि धेरै नै हुन्छन। मेरो एउटा साथीको पाँच वटा थ्यो रे भन्थ्यो। एउटा तीथीको, अर्को बिक्रम सम्बतको, अर्को इस्वी सम्बतको, अर्को स्कुलमा एस् एल सीको फारम भर्दा भर्देका अनि अर्को चै पासपोर्ट लिन जाँदा पररास्ट्रको फाँटवाललाई के सुर चल्या बेला हाल्देको। हुन त मिस्टेक हो भन्थ्यो रे। पुषको जाडोमा जन्मेको मान्छेको जेठको गर्मीमा पनि पर्छ एउटा जन्मदिन त भन्थ्यो। आफ्नो त ग्रीश्म कालीन, शीतकालीन अनि बिचतिर पनि एक दुईटा जन्मदिन छन भन्थ्यो।
फसट्याम बस्ने कुर्सीभाको जागीरमा जागीरे हुँदा पैलेई दिन हाकिमले तेरो जन्मदिन कैले हो--सेलेब्रेट गर्नु पर्छ भन्दा गर्न त गरुम्ला नी के छ र मेरा त आईरन्छन--पाँचवटा जम्मा बर्षमा भन्दें भन्थ्यो।
कि त कर्मचारीको जन्मदिन सेलब्रेट गर्ने चलन बन्द गर्नु पर्यो होईन भने नेपाली अरु भर्ना गर्ने बन्द भन्ठान्यो होला हाकिमले। एउटैको पाँच पाँच वटा -- कसरी सक्नु!
मीठो प्रसुती सधैं झैं। यस्ता प्रस्तुतीहरु बाट मनोरन्जन हुने त छदै छ सिक्ने अवसर पनि पाईन्छ। फाईदै फाईदा पाठकलाई त।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 02-21-12 1:11
PM [Snapshot: 664]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@ Geology Tiger
प्रेरणा स्वरुप हजुरका शब्दहरुको लागि धन्यवाद जिते दाई। गन्थन पनि हुन त रुवा जस्तै हुने रहेछ। जती तानेनी आइराख्ने हेर्नुस् न।
@ rahulvai
ठुल्दाई, सिक्दैछु हजुरहरु सँगै। बामे सर्दैछु अझै। धेरै पछी लेखेको त्रुटिहरु जताततै आँफैले देखिराछु। तर सधैं झैँ हजुरका प्रेरणादायी शब्दहरुले हौसला बढाइदिए।
अनी आफ्नो त खोट्टा नि कस्लाई हान्ने? सानो देखी दौडाइदेको छ पढाई। नकुल सर बिचरा ले के गर्नु?
@ serial
भनेपछी एउटै ड्याङ को मुला रइछौ बौचा तिमी र म। तिमीले लहरो पहरो तानेर सुनायौ, ठ्याक्कै आफ्नो तेइ ताल छ हेर त।
@ Nepal ko chora
मान्छे उही पुरानो हो नि त नेप्चु। पढ्न लेख्नै बिर्सिन लाई अल्जाइमर भा भन्ठान्यौ कि क्या हो तिमीले? होइन है होइन। सबैलाई सम्झिराछु। बोल्नेको पिठो नि बिक्छ भने जस्तै होला क्या।
@ Deep
उही बेलामा SLC मा बोर्ड मा आएन भनेर नातेदार को कर कर र आफन्तले चुक पोख्या जस्तो अनुहार लाएर एउटा बधाई दिदाँ नि "बोर्ड मा लेराउछौ कि जस्तो लाग्याथ्यो" भन्दै बधाईले उल्टो मुटु नै छेडेको बेलामा बोझिलो मन लिएर मार्कसिट लिन स्कुल जाँदा प्रिन्सिपल ले तेइ बोर्डमा आउन नसकेको मार्कसिट दिदैँ हर्ष बिभोरे भएर धाप मार्दै "We are proud of you" भन्दाको अनुभव दोहरियो अहिले हजुरको प्रतिकृया पढ्दा।
कुरा उस्तै हो दिप। साहितिक क्षेत्रमा हजुरलाइ पनि तेइ प्रिन्सिपल कै दर्जामा राखेको छु। आदर पनि उस्तै गर्छु। फरक यती छ कि प्रिन्सिपल सँग अरु सिक्न न त परिस्थिती अनुकुल छ न मौका नै तर हजुर सँग सिक्दै नै आइराखेको हो र अरु सिक्नको लागि परिस्थिती र मौका साथ साथै रहर पनि बेजोड कै छ।
धन्यवाद
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 02-21-12 1:23
PM [Snapshot: 665]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
5
?
Liked by
|
|
भाग २
त्यो कागजी जन्ममिती ले के नै गर्छ र जस्तो लागेकोथ्यो त्यो बेलामा। हुन पनि नेपाल मा बसुन्जेल त केही फरक परेन। जब यता आउने सुर सार भयो तब धमाधम कागजपत्र हरु नक्कली जन्मदिन्मा बन्न थाले। सुरुमा त बानी नै परेको थिएन। जेस्मा नि सक्कली नै लेखिहाल्थे तर अब त सक्कली जन्ममितिलाई नक्कलीले मिती ले ढपक्क ढाकिसकेछ। तेस्को असर पहिलो सेमेस्टर मै देखेँ।
पहिलो सेमेस्टरमा केमेस्ट्री को पहिलो क्लास थ्यो। प्रोफेसर ले सुरुमै भने एकै दिनमा जन्मेका मान्छेहरुको एक अर्का सँग केमेस्ट्री मिल्छ रे। उनले त्यो हरेक पहिलो केमेस्ट्री क्लास मा भन्ने गरेका रहेछन्। प्रोफेसर सँग पहिले नै जन्मदिन एउटै दिन पर्ने हरुको लिस्ट हातमा रहेछ। महिना र तारिक उनले भन्ने अनी त्यो दिन जो जो जन्मेको हो उठेर एक अर्का सग परिचय गर्नु पर्ने।
उनले June महिना बाट सुरु गरे। आफु चै Jan-31st कुरेर बसिराथेँ। तिथी कुर्न भएन, जन्मेको दिन त्यहिथ्यो तेइ कुरेर बसे। उनले भन्दै जादा Oct 5th मा पुग्यो। एक जना केटा कता पछाडि उभिएको जस्तो पनि लागेकोथ्यो। उनले फेरी Oct 5th दोहोराए। उभिनेमा त्यही एक जना मात्रै थियो। तेस्पछी प्रोफेसर्ले " Dipika, what day were you born on?" भनेर कोठानै थर्किने जत्रो स्वर मा भनेपछी पो झल्यास्स सम्झेँ नकुल सर को उबेला को देन। उनले त बर्ष मात्रै नभएर गते पनि सारीदिएका थिए। भर्र्याङ् बाट खङ्र्याङ खुङ्रुङ तलतिर खदारिएको जस्तो भएर "Oh no, it was Oct 5th" मुख बाट फुस्किहाल्यो। सबैको हाँसो ले क्लास रङमन्च जस्तो भाथ्यो। तिनिहरुलाई के थाहा त्यो मितिमा आफ्नो जन्म ३ बर्ष जती अगाडि मात्रै भएको हो भनेर।
Oct 5th मै जन्मेको भनेर त्यो अघी देखी उभिएको केटा म भए नजिक लम्रङ लम्रङ गर्दै आयो। उस्को कम्मर सम्म पनि म आइपुग्दिनकी जस्तो देखिन्थ्यो। कुरा गर्न आफु मेच मै चड्दा नि नभ्याउला जस्तो थ्यो। मोटो सिसा भएको चस्मा लगाएको, त्यो चस्मा भित्र भासिएको आँखा खोज्न नि मेच चाहिएला जस्तो। मेरो देश, भेष, भाषा, भुसा सबैको बारेमा आज नजाने त भोली को दिन नै आउँदैन जस्तो गरेर सोध्न थाल्यो। नमिलेको केमेस्ट्री पनि मिलाउन तम्स्यो उु। बिचरालाई हाम्रो तिर त जन्मदिन पनि घटाऊने बढाउने चल्छ भन्ने के थाहा? जन्मदिन नजिकै आउँदैछ भनेर पनि उसैले सम्झायो मलाई। जन्मदिनको अग्रिम शुभकामना दिएर उस्लाई सक्दो छिटो बिदा गरिदिएँ। बिदा नगरेर नि के गर्नु? ढाँटेको कुरा काटेनी मिल्दैन भन्छन। बेक्कार लामो कुरा गर्दा कता तिर गएर कुरो फुस्केला भन्ने डर।
यहाँ आएपछी मलाई त्यो पुर्णिमा तिथी कहिले याद भएन। सधैं पुर्णिमाको बिहानै बुवाले फोन गरेर सम्झाउनु हुन्थ्यो। तेस्पछी बल्ल बाबा आमाको शुभकामना आउथ्यो। दुई बर्ष लगातार बुवाले सम्झाउनु भयो। तेस्रो बर्ष बुवाले सम्झाउनु भएन। त्यो बर्ष मैले आँफैले सम्झिए मेरो जन्मदिन। मेरो जन्मदिनको ठीक तीन दिन अगाडि बुवाको मृत्यु भयो। बाबा आमा कृया मा हुनुहुन्थ्यो, म पनि यहाँ बुवाको जुठो बार्दै थिएँ। निकै खल्लो लाग्यो मलाई त्यो दिन। बुवालाई सम्झेर धेरै नै रोएपछी बल्ल मन हलुका भयो।
त्यो सेमेस्टर सकेर म नेपाल जान लागेको थिएँ। बुवा निकै खुशी हुनुहुन्थ्यो तर मैले भेट्न पाइन। ३ महिना जतिले म ढिलो भएँ पुग्न। नेपाल पुगेपछी बुवाको कोठाभित्र छिर्न साह्रै गाह्रो भयो। मैले रुवाबसी गरे भने त्यहा अरुको रोदन थपिने निस्चित्थ्यो तेसैले मन दरो पार्नैपर्थ्यो। भित्र छिरे। बुवाको तस्बिर लाई ढोगेँ र ढोगे पछी मलाई आमाले एउटा रातो मख्मल ले मोरेको बट्टा हातमा राखिदिनु भयो। बुवाले मेरो जन्मदिनको उपहार भनेर आमालाई कानमा लगाउने टप दिनु भएको रहेछ। "छोरी अब आउछे अनी आँफैले दिनुस् न बुवा" भनेर आमाले भन्दा "तेतिन्जेल सम्म म बाँच्दिन होला। उु आएपछी तिमीले नै देउ" भनेर आमालाई जिम्मा लगाउनु भएको रहेछ। काँप्दै गरेको हातले बट्टा खोले। आँखा धमिलो भएर आयो। बट्टा भित्र सानो पर्चि पनि थ्यो। नेपाली कागजमा बुवाले त्यो दिन को मिती लेख्नु भएको रहेछ।नेपाली कागजमा मसिले लेखिएको भएर अक्षर पढ्न एकछिन समय लाग्यो। मेरो जन्मदिन भन्दा ठीक तीन दिन पहिलेको मिती रहेछ। बुवाले यो मायाजाल त्यागेर बिदा लिनु भएको दिनकै मिती रहेछ।
थर्थर कापेका ओठ र अवरुद्ध गला लिएर बुवालाई सम्झिएँ। सधैं पुर्ने पुर्ने भनेर रट लगाउने मेरो बुवाले तेइ पुर्णिमा सम्म पनि कुर्नु भएन छ। त्यो कागजमा बुवाको अक्षर पढ्दा उहाको हातका औँलाहरु आँफैले देखे झै लाग्यो। म सानो छँदा कती भरिला थिएँ ति औलाहरु, पछी छालाहरु पातलिदै गएका जस्तो लाग्थ्यो। "बुढेस्काल जती बैगुनी केइ हुन्न बा। आफ्नै छाला नि झुन्डिएर कती कुरुप हुन्छन हेर त। अब कती बाँच्छु होला र?" भनेर म यहाँ आउने केही महिना अगाडि आफ्नो औंलाहरु अनी हातमा पत्र पत्र परेका छालाहरु देखाउदै भन्नु भएको हिजै झै लाग्यो। कुनै दन्तेकथाका राजाले आफ्नो राज्यकाल सकिएपछी समाधी लिएर कल्पब्रीक्षमा परीणत भए झै लाग्यो। बुवाको छबी कोठाभरी रङ्मग्गियो। घाँटी नेर आएर सारा सम्झना र दु:खहरु जम्मा भए। आमाले काधमा हात राख्नु भयो तब सबै दु:खहरु बर्बर गर्दै आशु भई ओइरिनलागे।"यसरी पित्रिको आसिर्बाद र प्रशाद सबैले पाउदैनन छोरी, जतन गरेर राख्नु" आमाले सम्झाउदै भन्नु भयो।
क्रमश:
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-21-12 1:46
PM [Snapshot: 706]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बडा मार्मिक कथा . लेखाइ उत्तम .
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-21-12 1:48
PM [Snapshot: 711]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो मार्मिक कथा -
अलि चाडै चाडै टासम है
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 02-21-12 1:56
PM [Snapshot: 715]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पढ्दै जाँदा अन्तमा चस्स बिझ्यो दिपिका! के गर्ने मान्छेको जीवन यस्तै नै हो...
उत्कृष्ट प्रस्तुति!!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-21-12 4:06
PM [Snapshot: 793]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अल्जाई मर लग्यो भन्या हैन नि, मान्छे पो बेपत्ता भो भन्न खोजेको त|
यो भाग पनि मन पर्यो| तेस्तो रमाइलो कथा त कस्तो मार्मिक मोडमा गएर टुन्गिएछ त| के गर्नु जन्म र मृत्युको चक्र बाट कसैले उन्मुक्ति पाउने हैन!
ल अब अर्को भाग पनि चाडो-चाडो लेखेर टासम होला|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-21-12 4:14
PM [Snapshot: 796]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खास मा अल्जाईमर लाइ नि हैन -
खास मा एक शुरे भाको - हाम्रो साथी अलि एक सुरे भाको ले बेपत्ता भयो कि भा भै गर्छ - नत्र त साझा त टाइम टाइम मा आउछ - अब एकसुरे भा बेला थाहा हुदैन र पो त हैन - दोष दिनु हुन्न
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 02-21-12 7:50
PM [Snapshot: 866]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो फुच्ची को नाक मुख अचेल किन देखिदैन भन्या त यतातिर लाइछिन | लु आउ हाम्लाई तासाँ कोरम नपुगिरा बेलाँ का यो कथा टास्दै बस्या हौ|
You have got a talent girl. Keep it up
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 02-22-12 12:21
PM [Snapshot: 1006]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
@ rahulvai
यो भाग चै मार्मिक नि भयो ठुल्दाइ।
@ serial
बौचा टास्नलाई लेख्न नि त भ्याउन पर्यो नि साथी। एक सुरेले एक सुरमा लेख्न पाइन के :)
@ Geology Tiger
तेइ भनेको है जिते दाई, चन्द्रमा र सुर्य जती साँचो छन तेती नि साँचो मृत्यु पनि रहेछ।
@ Nepal ko chora
नेप्चु, सिक्का को दुई पाटो जस्तो जीवन मा सधैं खुशी मात्रै कहाँ छ र होइन? तेसो त दु:ख मात्रै पनि छैन। यो भाग तेस्तै भयो।
@ kancha01
कान्छा, कहाँ विकडेज मै तास खेल्ने निम्ता दिराखेको नि तिमीले चै। जुवाडे हो र? यस्तो कुरा त शुक्रबार पो भन्नु पर्छ त :)
Click here to subscribe to kancha01's postings. You will get notification when the users posts in sajha.
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 02-22-12 12:26
PM [Snapshot: 1007]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
5
?
Liked by
|
|
भाग ३
केही समय नेपालमा बसेर फर्किएँ। पढाई तँछाड र मछाड गर्दै दौडिन थाल्यो। तेस्लाइ भेटाउने धुनमा हतार र भागम्भाग मै दिन बिते। एन्जिनीरिङ्ग को अन्तिम सेमेस्टर मा थिएँ। ग्र्याजुएट हुनलाई senior year मा 6 क्रेडिट को सिनियर डिजाइन प्रोजेक्ट गर्नु पर्थ्यो। त्यो नसकी ग्र्याजुएट नहुने। 6 क्रेडिट को क्लासलाई १२ क्रेडिट कै मेहनत गरेकोथ्यौ म र मेरो पार्ट्नरले। एउटा wireless robotic system डिजाइन गर्न दिएका थिए कमिटिले। कहिले के नमिल्ने कहिले के गरेर बल्लतल्ल भनेको जस्तो भएकोथ्यो। दुई दिन मा कमिटी सामु देखाउनु पर्नेथ्यो र अर्को हप्ता EE Dept. लाई। बिहान सम्म चुरी र फुरी गर्दै गूडिराखेको फुच्चे robot एक्कासी मुर्दा लडेको जसरि भुइमा ढल्यो। चल्नै छोड्यो। तारहरु सबै हेर्यौ, प्रोग्रामको कोड सबै हेर्यौ, कतै केही भेटिएन। तेस्मै अल्मल्लिएको चार घण्टा नि बढी भईसकेकोथ्यो। पार्ट्नर उता आत्तिएर बेहोस् होला जस्तो भईसक्यो। "I have to graduate this semester. I have to..." भनेर त्यहा नै सेरिने हो कि जस्तो गर्न थाल्यो कत्तिन मैले चै ग्र्याजुएट हुन अर्को १० बर्ष लगाएनी हुन्छ जसरी। ओठ र घाँटि दुबै प्याक प्याक सुक्न थाल्यो। दिमाग ठ्याप्पै बन्द भएर टाउकोलाई कता लगेर बजारौँ जस्तो भईरा बेलामा फोन बज्यो। सारिकाले गरेकि रहिछ, उठाएँ।
"मोरो थोत्रे खटारा फेरी स्टार्ट भएन, तँ बसमा जा है काममा" -- सारीकाले दु:ख पोखी।
"लौ, आज के बार हो?" -- मेरो होस हवास ले काम गरेन। काममा जान पर्ने पनि भुसुक्कै भईछु।
"दिनभरी क्लास र ल्याब मा बसेर अहिले बार नै बिर्सिस? बौलाउलिस है ग्र्याजुएट हुने बेला सम्ममा"--हाँसोमा मिस्त्रित शब्दहरु आए। तेस्ले त्यो "बौलाउलिस" भन्ने शब्द खुब प्रयोग गर्थी। बेला बेलामा त डर नि लाग्थ्यो। बेक्कर सरस्वती मुखमा बसेको बेला पर्यो भने के गर्नु? गएन आफ्नो जिन्दगी?
"जा, बरु काममा चै गैहाल। बसमा जानु पर्छ आज, बेक्कार टार्डी पाउलिस"---मैले केही भन्न नपाई उसैले थपी।
त्यो थोत्रे गाडीले पनि दिनु दु:ख दिएकोथ्यो सारीका र मलाई। दुई जना मिलेर पहिलेनै ११ बर्ष गुडिसकेको Toyota Camry किनेका थियौँ। थोरै गूड्या किन्न त हुन्थ्यो तर पैसा हातको मैलो भन्थे हुन पनि तेस्तै नै हुन्थ्यो। देख्ने बित्तिकै सफा गरिहाल्न पर्थ्यो। आफुले नगर्या बेलामा कता कता बाट पानीको फोर्स आउथ्यो, त्यो छुसे अलिकती को जोड्जाम त एक तोड मै सफा चट हुन्थ्यो। तेइ थोत्रे गाडि नि किनेको एक बर्ष त राम्रै चल्यो। हामीले नि घोडा कुदाए झैँ कुदायौ। तेस्पछी त बुढो शरीरलाई रोग ले च्यापेको जसरी कहिले कता के बिग्रेको छ कहिले के। गर्मी आयो ac बिग्र्याछ, जाडो आयो हिटर। छानी छानी जुन बेलामा जे चाहियो त्यही बिग्रिन्थ्यो। जताततै खर्चै खर्च गरायो। त्यो एउटा गाडी हामीलाई हात्ती पाल्या जस्तो भारी भएकोथ्यो। धेरै खर्च गरियो अब जती चल्छ चलोस अनी बिग्रेसी थन्काइदिउँला भनेर हामीले केही बनाउनै छोडेको धेरै भईसकेकोथ्यो। त्यो ताका त ५० को स्पीड कटेपछी धामी काम्या जसरी काम्न थालेकोथ्यो हो न हो बाटोमै अलपत्र पार्लाकी जसरी। तर जातै फालिसकेको चै थिएन। धन्न गन्तब्य सम्म चै काम्दै र हल्लिदै भएनी अझ बेला बेलामा त मफ्लर लाई के हुन्थ्यो कुन्नी? गर्जदै भएनी पुर्याउथ्यो।
स्टार्ट नै नभएपछी बनाउन परीहाल्यो। फेरी कती को चुना लाग्ने भयो भन्ने पिर छुट्टै। पढाई र पैसाको सन्तुलन नि आफ्नो कहिले नमिल्ने। ढिकिच्याउ जस्तो थ्यो। कामलाई थन्काएर पढाईलाई एसो उकास्न खोज्यो, पैसा खस्किन्थ्यो। पैसालाई उकास्यो जाँच का ग्रेड ले झस्काउथ्यो। पढ्न त युनिभर्सिटी ले यसो उसो बन्द्बस्तै गर्द्याथ्यो तर खान परीहाल्यो, बाँच्न परीहाल्यो। केही सिप नलागेर हप्तामा २५ घण्टा जती बाहिर कलेक्सन एजेन्सी मा काम गर्थे। युनिभर्सिटीमा थाहा पाए त घोक्र्याउथे सिधै तर खान र बस्न नपाएर लम्पसार परे नि घोक्र्याइहाल्थे। भाग्यमा तेइ घोक्र्याउनै लेख्यारैछ भने त कस्को के लाग्छ र? भनेर आटै गरियाथ्यो।
तेइ २५ घन्टे कलेक्सनको काम पनि सजिलो त कहाँ थ्यो र? ब्याज नै साँउ भन्दा १० गुना धेरै तिरिसक्दा नि नघटेको त्यो ऋण "अब त काटे रगत आउछ निचरे के आउछ थाहा छदैछ, म त फुटेको कौडिनी तिर्दिन, तिमीहरुले जसरी निकाल्ने हो निकाल" भनेर अडान कसेका ऋणीहरु सँग अरु पैसा ओकल्न लाउनु पर्थ्यो। अझ बेला बेलै "गो ब्यक तू योर कन्तिरी" भनेर कन्ट्री नि राम्रो सँग भन्न नजान्ने ले उल्टै झपार्थे। उनिहरुले जे भनेनी आफुले सुन्न पर्थ्यो। न फोन काट्न पाइन्थ्यो न त उल्टो झपार्न नै। कहिले त रगत उम्लेर टाउकोबाट नै निस्केला जस्तो हुन्थ्यो, तर गाँस र बास नि सोच्नै पर्यो। उम्लेको रगत लाई शान्त पारेर तै पनि अलिकती त तिरिहाल्छन कि भनेर प्रयास गर्नै पर्थ्यो।
त्यो ढलेको robot लाई लकर मा राखेर बस चडेर गएँ काम गर्न। एकातिर प्रोजेक्ट नमिलेको पिर, अर्को तिर बसमा जानु परेको, काम त झन रमाइलो कहिले नै लागेकोथ्यो र? दसैंमा घिच्याएको खसी जसरी जबर्जस्ती मन नलागी नलागी छिरे काम मा। आफ्नो टेबलमा पुग्दा ठुलो फुकेको बलून र एक पोको चक्लेट राखेको देखेँ। एउटा टिम बाट अर्कोमा सारीदिएको जम्मा एक हप्ता मात्रै भएकोथ्यो। "यो HR बुढीले फेरी कस्को पोको मेरो मा राखिदिछे, ६० कटिसक्दा नि काम गर्दैछे, के याद होस्?" भनेर मनमनै उस्लाई गाली गर्दै गएँ उस्को अफिसमा।
"It was on my table. I think you left it at a wrong Place"--- उस्लाई किन? कसरी? केही नसोधी आँफै जान्ने भएँ म।
"Isn't it your Birthday today? that's what my record shows"---- उु त झन म भन्दा नि अचम्म पर्दै कम्प्युटर मा हेर्न थालि।
पहिले त बुढीले कुन चाइ लाई म भन्ठानी जस्तो लाग्यो। बिर्थडे भनेपछी पो झल्यास्स टाउकोमा बिजुली खसेको जसरी कागजी जन्मदिन सम्झिएँ। फेरी बिर्सेंछु नक्कली जन्मदिन। पहिलो दिन केमेस्ट्री क्लासको दुर्घटना पछी सधैं याद हुन्थ्यो Oct 5th । त्यो दिन दिमागमा हजार वोटा कुराहरु खेलिराखेकोथ्यो कस्ले सम्झन सक्नु त्यो नक्कली जन्मदिन? सक्कलिनै त बिर्सेंला जस्तो भएको बेलामा।
सम्झन त सम्झेँ तर बुढीलाई पो के भन्ने? उु त्याँ चस्मा नाक को डाँडी बाटै तल झरिसक्दा नि मत्लब नगरेर आफु झुक्केको हो कि भनेर एकचित्तले मेरो फाइल खोजिराथी।
क्रमश:
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-22-12 12:40
PM [Snapshot: 1027]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल यो भाग पनि झक्कास नै गयो
पढाई हुञ्जेल त सबै को त्यही ताल हो नि -
काम गर्नै पर्ने माम खानै पर्ने -
ल अर्को भाग नि हाल्दी हालम - परेको म बेहोरुला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-22-12 1:12
PM [Snapshot: 1057]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह रे वाह , दीपिका नानु को लेखन शैली को जत्ति प्रसंशा गरे नि पुग्दैन ( को हो प्रसंशा भनेर नसोध्नु नि फेरी ) .
आफुलाई ५ बर्ष का एक चोटी मात्र बर्थ डे आए हुन्थ्यो जस्तो लाग्छ तर कम्बख्त बर्ष मा २ -२ छोटो आएर हैरान . त्यसै बुढो भाको हैन नि म . गुर्र गुर्र गुर्र ..............................
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-23-12 9:22
AM [Snapshot: 1263]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल यो भाग पनि राम्रो लाग्यो| कलेजका दिनहरु त आफ्नो पनि रमाइलो संग बितेको थ्यो| यो भाग पढेर आफ्नै कलेजका दिनहरु याद आयो| अर्को भाग कहिले आउने होला?
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 02-23-12 10:03
AM [Snapshot: 1265]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एकै पटक पढि सिध्याय ...कस्तो मिलाएर लेख्न जान्या भन्या !!
पहिलो भागमा प्राय नेपालिको २-३ वटा जन्मदिन हुने भएकाले आफु पनि अछुत रहिन ...विक्रमसम्बतलाइ इस्वीमा परिवर्तन गर्नेले बिगारेको, एस.यल सी दिन उमेर बढाईएको सबै झलझल्ती याद आए !
दोस्रो भागले धेरै मार्मिक बनायो भने तेस्रो भागले पढाई-दुख-सुख सम्झाए ...जे होस् सबै भागमा धेरै हदमा आफैलाई पाउछु !! ....
अरु भाग को पर्खाइमा मा पनि छु है !!
|
|