[VIEWED 109161
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 07-25-08 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शृंखला
हाम्रो टोलाँ एउटा परीबार बस्न आ धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर उ भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न त उ आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै उ झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा उ शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।
त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। उ त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ। ए, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।
अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर म जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने म त उस्को प्रतिद्वन्दी नै थिईंन। म सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?
संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।
शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।
एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।
एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।
एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।
यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।
"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।
मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।
शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।
शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।
बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।
आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।
पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।
टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।
त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।
त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।
शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि।
एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।
उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"
"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।
बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।
उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।
मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --" ....
|
|
|
|
*cheerios*
Please log in to subscribe to *cheerios*'s postings.
Posted on 08-19-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
deep da!! evryone calls u da so u r my da too...am now a fan of urs. each n evry word u write touches my heart. thnx for making my day. simply amazing!
|
|
|
Nepali Thita
Please log in to subscribe to Nepali Thita's postings.
Posted on 08-19-08 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
It is simply amazing...Love every word of it...
Keep on writing
Nepali Thita
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 08-19-08 6:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Deep da, Excellent piece of writing, full of sentiments, emotions, love, humour. Please keep on writing. I dont know how it feels to be in your place, neither could i imagine nor expect to be in one, but the way you presented is flawless. All the best and hope to read the remaining in days to come. N.M.
|
|
|
daum
Please log in to subscribe to daum's postings.
Posted on 08-20-08 6:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन।"
kasto maan ko kuna kapcha samma chirne sabdaharu lekhnu huncha bhanya...
la yo euta tapako ko lagi...
चलेछ हुरी जलेछ दीप हार कसैको ..या हो जीत या त हो यो नमरेको प्रित
-daum
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-20-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Khitititititiiii ,
"Yo line ley ta maan nai choya ni....."
छोए मात्रै त ठिकै छ बिच्क्याउन चै दिन हुन्न है प्रभो।
Parbatya ,
"लब नपरेकालाई त भावुक बनाउने रहेछ, वास्तविक भोग्ने हरुलाई कस्तो भयो होला? "
लब नपर्ने लाई सजिलो भो नी प्रभो, भाबुक हुँदैमा टर्छ भने -- भोग्नेहरु त पर्सिएर छोड्या जस्तै हुन्छन कोई कोई त -- राम राम राम ---
Pretty ,
"launa yo ta puzzle solve garya jastai lagyo la aba patta lau falano kasko sidema baseko thiyo bhanne khalko :)"
को कता बस्या पत्ता लाग्यो त? कि अब आफै बसेर हेर्न बाँकि छ?
prem chopda,
"Ali chando chando bhatyaunu paryo katha."
भट्टाउने त भन्या हो मौका नभेटेर नभेटेर -- बल्ल बल्ल भेटें--अब भट्याउँछु।
Harka_Bahadur ,
"--धेरैनै ढिलो भो है दीप ब्रो--"
ढिलो त ढिलै भो नी ब्रो --- अब त्याँ बानेस्वरमा कसकस्का घराँ जग्गे गाडी सके होलान -- खत्तमै भो नी --
बिस्टे ,
"ब्रो को कत्ती दिन को निन्द्रा हराम भो त तेस्पछी।"
दिनले के मान्थ्यो प्रभो?
pjna007,
"dubai jana ko sarai ashal bani raheycha . "
दुबै जनाको भन्दा पनि मेरो चै अलि धेरै राम्रो बानी हो। संगत त्यस्तै उस्तै भएर मात्रै नत्र त जमानामै जेन्टिलम्यान भैसक्थें म --
Juggy,
"I feel the story while reading it, every word, every pace!"
सबै शब्द, चाल छामछामछुमछुम गर्देको प्रभो ?
Poonte,
Bujhe jhain laage pani nabhujhe jhain garna parni bho ra po maryo ta ni, gaanthen!
प्रभोलाई नी हुने मलाई नी हुने बरु न्युटल ठाम तिर जाम -- चण्डोल तिर ल -- कसो?
swopnilcheeta,
"thyakkai mann ko kunnai ma choyo"
ड्याङ्गै कर्नलै भो कि क्या हो?
*~Spring~*,
"yespali nikai man chhune katha rakhnu bhayeko chha."
त्यस्तै आर्काको मन छुने भएर पोल्यो आफुलाई -- मन छुने भन्दा नी डर डर लाग्छ -- अगुल्टो र बिजुली जस्तै के --
miss_ me,
"उसोभा कतिपय भावानात्मक संबन्धहरु सधैलाई जीवित नै रहन्छन हो?"
सधैलाई भन्या कैले सम्मलाई हो? त्यो बुझ्न पा सजिलो हुन्तो केरे --
_Saajan_ ,
"pravo, such a romantic line... "
खै प्रभो-- के रोमान्टिक हो के रोवान्तिक अब -- मनमा घन ठोकेर गयो।
ritthe,
"खतरा लब स्टोरी चलेको रइछ दीप ब्रो को पनि ! "
हो ब्रो -- हाउस फुलका साथ चलेको थ्यो।
*cheerios* ,
"...am now a fan of urs. each n evry word u write touches my heart."
स्वागत गरें अनि आभारी पनि छु सदभाबको लागि।
Nepali Thita ,
"Keep on writing "
हस प्रभो हस। धस्काउँछु म पढ्न नछोडने हो भने।
nepali man6e ,
"All the best and hope to read the remaining in days to come. "
आभार प्रकट् गरें प्रभो।
daum ,
"la yo euta tapako ko lagi...
चलेछ हुरी जलेछ दीप हार कसैको ..या हो जीत"
जित हुरी को, हार मेरो नी प्रभो -- त्यस्तो हुरीमा मलाई राख्देसी नी हुन्थ्यो? निभाई हाल्यो नी --
*****
अब अगाडी भट्टाउनु पर्ला एक छिनमा भन्दैछु म --
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 08-20-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन"
यो वाक्यले मेरो टाउको नराम्रो सङं घुमायो !!!!
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-20-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepalki_chori,
"सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन"
**यो वाक्यले मेरो टाउको नराम्रो सङं घुमायो !!!!**
हैन यो मेरो अभिब्यक्ति त बदमास छ कि क्या हो? -- अघि सम्म मन छुँदै थ्यो रे --अहिले त टाउको घुमाउन थालेछ। त्यो पनि अलि अलि हो र? नराम्रो सँग रे---मेरी बास्सै! क्यारी तहलाउने होला?
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 08-20-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरु लेखाइ यस्तो होस जस्ले यो घुमेको टाउकोलाइ स्थिर गरोस। हे हे। अति उत्क्रिष्ठ लेखाइ, जति पढेनि धित नमर्ने, त्यसमाथि हजुरकै प्रेम कहानि। के भनाइ भो र अब??
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-20-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepalki_chori,
"अति उत्क्रिष्ठ लेखाइ, जति पढेनि धित नमर्ने.."
मेरो लेखाई प्रति देखाएको उदारबादी सोच प्रति आभार।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-20-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो मनमा आँधी चल्न थाल्यो। कसैलाई पनि चाहेर बिर्सिन सकिन्न। त्यो त झन सम्झिने उपाय हो। सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन। ----
उ को हो भन्ने बिबादमा मेरो मन र मस्तिष्क नराम्रो सँग अल्झेका थिए। मनले उ मेरी क्षितिज हो भन्थ्यो, मस्तिष्कले आदित्यकी श्रीमती। जबाफ दिन उ को हो त्यो निर्क्योल हुनु पर्थ्यो। कहिले मनले पछार्थ्यो मलाई कहिले मस्तिष्कले। त्यसमाथि उ फुल झै देखिने बाणहरु लिएर अगाडी उभिएकी थिई। मन हावी भयो।
"जस्का शब्दहरु हुन उस्को त मन्दिर सजिएको थियो यो मनमा --मन्दिर त अहिले पनि छ तर जस्को मन्दिर हो यो उ अब छैन यहाँ-- तै पनि आफुले सजाएको मन्दिरको मायाँ लाग्ने रहेछ-- त्यसैले होला दीप अझै जलेकै छ यहाँ--हर पल जलेरै भए पनि मन्दिर भने उज्यालै राखेको छ--यो मन्दिर अब अध्याँरो त कहिल्यै हुँदैन--दीप नै निभ्यो भने चैं म भन्न सक्दिन।" छचल्किए यस्तै भावहरु मन भरी मेरा अनि पोखिए पनि। अनि देखें उस्का आँखाहरु बर्षिन लागे झै। ति बर्षिनु भनेको तिनका बाढीमा म बग्नु थ्यो। म बगेको बाढीले कसैको घर, फुलबारी तहस नहस गर्न सक्थ्यो। त्यसो हुन नदिनु मेरो दायित्व थियो। त्यसैले म बाहिरीन खोजें।
म ढोका तर्फ बढें, उस्ले मेरो बाटो छेकी।
"एउटा अनुरोध गरम?" उस्को आबाजमा धेरै कम्पन थ्यो। त्यो कम्पन आगो बन्दो थ्यो अनि मेरो मन मैन।
मैले टाउको हल्लाएर "हुन्छ" भनें। मलाई जति सक्दो छिटो त्यहाँबाट जानु थ्यो। मेघना कोही आउँछन कि भित्र भनेर हेर्दै थिई।
उस्लाई एक चोटी उस्को नाम लिएर बोलाउन क्षितिजले अनुरोध गरी।
एक क्षणको लागि त लाग्यो उस्लाई अंगालोमा बाँधु सधै सधैंको लागि। तर त्यो सम्भव थिएन। मन भित्र चलेको भुमरीमा म अघि नै परी सकेको थिएँ। मन भित्र त्यो भुमरीले कहिले देखि शान्त बसेका बादलहरुलाई बिच्क्याईदिएको थ्यो। बिजुली ब्युँझिएको थियो अनि ती बादलहरु अब अनियन्त्रित हुँदै मडारिन थालेका थिए। एक दुई वटा छिटाहरु मेरा आँखामा पनि पर्न थालेको मैले अनुभव गरें।
उस्लाई मैले मनको गहीराई देखि सम्बोधन गरें । उस्ले उस्का परेली हरु बन्द गरी अनि मेरो बाटो छोडी दिई।
म निस्किन त निस्किएँ कोठाबाट तर रबिन र आदित्यको अगाडी पुगिहाल्न सक्ने स्थितीमा भने थिईन।
मेघनालाई ल्यापटप दिंदै मैले बाहिर लगिदिन भनें। उ पनि बिचलित देखिन्थी तै पनि उस्ले हुन्छ भनी। "सोधे भने म बाथरुम गा छु भन्देउ" भन्दै म बाथरुम तिर लागें।
एक छिन पछि म फेरी बार्दलीमा थिएँ। आफ्नै कोठामा फेरी जाने हिम्मत थिएन। गल्ती त मैले केही गरेको थिएन सायद, तर सजायँ भने कठोर भेटेको थिएँ।
रात मध्यरातको निक्कै नजिक थ्यो। आदित्यले जाने कुरा उठायो। मेरो तर्फबाट रबिनले यतै बसम न त आज भन्दै औपचारीकता निभायो। मैले पनि उस्को समर्थन गरें। आदित्यले "अब अरु कुनै बेला" भन्यो। उस्ले मलाई नेपाल आएको बेला उस्को घर आउने निम्ता दियो। मैले हुन्छ त भनें तर त्यहाँ मलाई झुक्किएर पनि जानु थिएन। आदित्यले पनि मैले जस्तै बुझेको भए, उस्को घरमा आमन्त्रण पाउने म सायद अन्तिम ब्यक्ति हुन्थें होला।
हामी बार्दलीबाट भित्र आईम। आदित्यले क्षितिजलाई बोलायो। मलाई कस्तो कस्तो लाग्यो। यस्सै।
क्षितिजलाई देखेर मलाई लाग्यो उ बतास हो अब मेरो लागि। जिन्दगीको रापमा म कुनै बेला तप्त हुँदा उस्को स्पर्शले मलाई राहत त दिन्थ्यो तर म उस्लाई न त देख्न सक्थें न नै उ प्रति मेरो कुनै स्वामित्व थियो।
बिदाईको तयारी भयो। फेरी औपचारीकता अरु शब्दहरु छरिए। हरेक चोटी क्षितिज र मेरा हेराईहरु जुद्धा उदासीका फिलुङ्गाहरु छरिन्थे। पस्चिम आकासमा सूर्य झै मेरो मन डुब्दो थियो।
आदित्य अगाडी थ्यो, अनि रबिन उ सँगै।
मेघनाको पछाडी क्षितिज थिई। म अन्तिममा थिएँ। आदित्य र रबिन ढोकाबाट निस्किसकेका थिए। क्षितिजले बिस्तारै भनी "म तिम्रो घरमा पाहुना भएँ दीप---सो स्याड"
"यो घर त मेरो पनि होईन। साहुको हो।" मैले भनें। उस्ले पुलुक्क म तिर हेरी।
मैले थपें "घरमा पाहुना भए पनि मनमा त हैन नी"।
"अब बिदा गर्ने हो मलाई?" उस्ले जुत्ता लाउँदै झै गरी सोधी मलाई।
"जान ला तिमी हो क्या रे--" अब बाँकि त्यै एक दुई पल नै त थिए हामी सँग।
"म बस्न सक्दिन, तिमिले राख्न सक्दैनौ--नगएर के गर्ने?" उस्ले भनी। हो त कुरा सही हो।
"के गर्ने त? हामी भाग्ने त? -- भागेर दखिनकाली गएर -- ए त्यो पनि मिल्दैन--तिमीले बे गरी सकेउ --" मैले भनें।
उस्को अनुहारमा हल्का हाँसो थ्यो यस पटक। मलाई राम्रो लाग्यो। आफ्नो घरबाट कोही उदास भएर गएको कस्लाई राम्रो लाग्छ?
मैले अनायसै मेरो हातमा कसैको स्पर्श अनुभव गरें। क्षितिजले म तिर हेरेकी त थिईन तर उस्ले मेरो हात समातेकी थिई, अनि त्यो पकडलाई दर्हो गर्दै थिई। हाम्रो अगाडी मेघना थिई। मैले हात छुटाउन कोशीस गर्नु पर्थ्यो सायद तर गरीन। मन नै लागेन। रहर नै पुगेको थिएन। हुन त नपुग्ने रहर थ्यो त्यो। थाह थ्यो। तै पनि। उस्ले यति जोड सँग मेरो हात समातेकी थिई कि म उस्का चुराहरुको दबाबलाई पनि अनुभव गर्न सक्थें।
एउटा चुरा फुट्यो उस्को। उस्ले मेरो हात छोडीदिई।
अघिको स्वागत अहिले बिदाई भएको थ्यो। सूर्य उदाउँदा पूर्बी र अस्ताउँदा पश्चिम आकासमा रंग त उस्तै हुन्छ --एउटा गहीरीँदै जान्छ अर्को धमिलिंदै। अघि क्षितिज आउँदा पूर्बी आकासमा फलिएको आभा अहिले पस्चिम आकासमा धमिलिंदै थियो। अघि उ आउँदाको बिहानीझैं लाग्ने पल साँझ बनेर रातको बाटो लाग्दो थियो अनि म केबल एउटा दर्शक थिएँ।
उनीहरु
View/Share this post only
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-20-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>संगत त्यस्तै उस्तै भएर मात्रै नत्र त जमानामै जेन्टिलम्यान भैसक्थें म -- <<<
लोल
कथाकार मात्र होइन, हास्या कलाकारको पनि टाइटल पाइने भो है अब दीप ब्रो ले
|
|
|
lale
Please log in to subscribe to lale's postings.
Posted on 08-20-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Prabho,
Salam chha tapai ani tyo man chhune katha lai. tanam guru tanam.
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-20-08 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
..उनीहरु गए। रात छिनमै गहिरीयो। ढोकाबाट भित्र पस्ने बित्तिकै अघि फुटेको चुराका टुक्राहरु टिपें। फ्याँकि हाल्न मन लागेन।
कोठामा गएँ। उस्को किताब त्यही थियो। स्नेह पूर्बक उठाएर पल्टाउन थालेँ पानाहरु। पहिलो पानामा आज पनि तिन वटा शब्दहरु अंग्रेजीमा लेखेर गईछ। मेरो जिन्दगीको शृंखलाहरुको साक्षि त्यो किताबको माया आफ्नो मनमा झन झन धेरै गहीरींदै गयो।
***********
Last edited: 20-Aug-08 02:39 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-20-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ब्रो सकेको हो - होइन भन्ने आश छ है, सकिन्छ भनेर कस्तो टेन्सन, क्रमश: पनि छैन समाप्त पनि छैन बेनिफिट अफ डाउट क्रमश: नै होला है
कथा को त के तारिफ गरौ, शब्दै छैन, त्यही भएर केही नलेख्या।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-20-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lale,
तानीहोरी लबर छिनीसक्यो प्रभो, नजर होस त --
ritthe ,
"कथाकार मात्र होइन, हास्या कलाकारको पनि टाइटल पाइने भो है अब दीप ब्रो ले " कल्ले दिन्छ र मलाई?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-20-08 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मसँग पनि शब्द छैनन यो कथाको बारेमा तारिफ गर्नलाई। कस्तो मन भारी भएर आयो :(
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-20-08 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
serial ,
"क्रमश: पनि छैन समाप्त पनि छैन.."
छ नै त्यस्तै प्रभो, न सकिएको छ-- न नै क्रमस: को गुन्जायस छ। सकिनलाई हिँजो सकिन्न, क्रमस: हुन आज छैन। भोली लाई आजै क्रमस: भन्दा अन्याय हुने हो की?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-20-08 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल अत्ती उत्कृष्ट बिश्राम लिएछ कथाले ! हेत्तेरिका कथा सक्कुन्जेल सम्म त दीप को त माया लागेरै आयो !
ल धन्यवाद छ दीप ब्रो !
>>>तर उस्ले मेरो हात समातेकी थिई, अनि त्यो पकडलाई दर्हो गर्दै थिई<<<
हाइ हाइ
>>>पहिलो पानामा आज पनि तिन वटा शब्दहरु अंग्रेजीमा लेखेर गईछ। <<<
'Thanks for Food' हो त?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-20-08 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Pretty,
मेरो लेखाई र प्रस्तुती प्रति देखाएको मायाको लागि मेरो तर्फ बाट हार्दिक आभार।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-20-08 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ritthe,
"हाइ हाइ "
कस्तो हाई हाई हो यो? भारत तिर ताली बजाउँदै गर्ने त होईन त? निन्द्राको पनि नहोस।
"ल अत्ती उत्कृष्ट बिश्राम लिएछ कथाले !"
मेरो लेखाईलाई पढेर दिएको साथको लागि धन्यबाद ब्रो।
|
|