अर्को नयाँ।
---
ओमियागे
“अब नाच्ने हैन त, लोक गीतको भाखामा।”, उर्मिलाले सम्झाई ।
“ए! मैले त भुसुक्कै बिर्सेको, ल नाच तिम्रो नाच हेर्न मलाई खुब मन लागेको छ । तिम्री दिदीले बेला बखत तिम्रो नाचको प्रशंसा गर्थीन् ।”, मैले उर्मिलाको नाच हेर्ने इच्छा प्रकट गरेँ।
“म भन्दा उर्मिला झन कस्तो राम्रो नाच्छे, तिहारमा भैलीमा नाचेर थुप्रै पैसा जम्मा हुन्थ्यो।”, मलाई सर्मिलाले बेला बेला सुनाएकी थिइन्।
“आज मैले तिम्रो नाच देख्न पाउने भएँ, ल म भिडियो लिन्छु । केटाहरुलाई देखाउन हुन्छ, वहाँ।” मैले भने। यसमा सर्मिलाले पनि टाउको हल्लाएर समर्थन गरिन्।
“म खिच्छु भिनाजु, भिडियो त। यता दिनुस् न।” प्रकाशले भिडियो खिच्न थाल्यो।
“प्रकाश, तिमी परीक्षा आएको मान्छे पढ्न जाऊ।”, सर्मिलाले बुझक्कड हुँदै भाइलाई सम्झाइन् र पढ्न पठाइन्।
वास्तवमा आज मेरो लाजिम्पाट जाने योजना थियो। उर्मिलाले दिउसो किनमेल सकेपछि लाजिम्पाट जानै नदिएर मलाई बानेश्वर ल्याउनको लागि भरमगदुर प्रयास गरेकी थिई। नाच देखाउने बाचा दिएकी थिई।
“आज एक रात भए पनि दिदी भिनाजुसित थुप्रै गफ गर्नुछ, भोलि फेरि बिदेश गइहाल्नुहुन्छ। अब अहिले गएपछि आउने कहिले हो कहिले। च्याट गरेर चित्त बुझाउनु पर्छ। त्यो पनि भिनाजु कहिलै अन्लाइन् आउनुहुन्न, आएपनि बिजिमा राखेर बस्नुहुन्छ। कि मलाई ब्लक गरेर बस्नुहुन्छ भिनाजु? कहिलै अन्लाइन् पाउन गाह्रो हुन्छ भन्या।”, उर्मिलाले भनेकी थिई।
“हैन, हैन, कहाँ तिमीलाई ब्लक गरेर बस्नु, मेरो अफिसबाट फर्किँदा सुत्ने बेला भइसक्या हुन्छ अनि धेरै गफ गर्न नमिलेको मात्र के।”
उर्मिलाको जिद्दिसित हार्दै म बानेश्वरतिर लागेको थिएँ।
उर्मिलाले मेरो लागि भनेर किनिदिएको सि डि निकालेर लगाई।“यहि हजुरलाई ओमियागे भनेर किनेको सि डि लगाउँ है भिनाजु, मलाई खुब मन पर्छ। हजुरलाई पनि मन पर्छ होला भनेर यही रोजेकी मैले।”
उर्मिलाले सि डि अन् गरी। सि डि फरवार्ड हुँदै गयो। उर्मिला नाच्दै गई। मैले प्रशंसा गरेँ। “तिम्रो नाच साँच्चिकै राम्रो छ, उर्मिला।” उसले बारुले कम्मर भाँच्दै गई र अझै आफ्नो नाचको स्तर बढाउँदै गई।
“भिनाजु पनि आउनुस् न। अब दोहोरी गीत बज्छ ।” उस्ले मलाई तान्न थाली।
*** *** ***
सि डि मा लोक दोहोरी सुरु भयो।
“केटा: मन पर्ने एउटी साली छ।
मन पर्ने एउटी साली छ।।
मान्छे त राम्रै हो अलि काली छ।
मान्छे त राम्रै हो अलि काली छ।।”
“केटी: मन पर्ने एउटा भेना छ।
मन पर्ने एउटा भेना छ।।
मान्छे त राम्रै हो अलि बेइमान छ।
मान्छे त राम्रै हो अलि बेइमान छ।।”
हामी गीतको तालसंगै नाचिरहेका थियौँ। सर्मिला त दिनभरि किनमेल गर्दाको थकाइले होला, भुसुक्क निदाएर अलि अलि घुर्न थालिन्।
मैले उर्मिलालाई बिस्तारै भने, “तिम्रि दिदी त निदाइसकी। थाकेर होला छोड्देऊ। बेड मिलाएर सारिदिउँला। हामी सुत्ने कता हो?”
“गेस्ट रुम छ नि हजुरहरुलाई त”। उर्मिलाले मलाई गेस्ट रुम देखाउन लगिन्।
“मिल्यो त मैले आज किनिदिएको ओमियागो तिमीलाई?” गेस्टरुममा पुगिसकेपछि मैले सुटुक्क सोधेँ।
“मिलेको छ। लगाइसकेँ।”, उर्मिलाले लज्जालु श्वरमा उत्तर दिई।
“खै हेरौँ न।”, मैले फेरि सोधेँ।
उर्मिलाले संकोच मान्दै बिस्तारै सर्टको टाँक फुकाली र मैले दिउसो दिदीको आँखा छलेर किनिदिएको ब्रा देखाई। मेरा लोभी हातहरु सिमारेखा देखि अलिकति अगाडि पुगे र उर्मिलाको वक्षस्थलमा स्पर्श दिए। उर्मिला त लाजले भुतुक्क हुँदै भनी “छि, भिनाजु पनि! कस्तो मात्तिनु भा। अहिले दिदीले थाहा पाई भने।
… … …
(केही छिन खाटको चुईँ चुईँ चुईँकिने आवाज मात्र आयो।)”
आशिष देश खाई शेष भएको थियो भने उर्मिला बुवा आमाले खुब प्रशंसा गरिराख्ने र आफ्नो मन पर्ने भिनाजुसित जीवनकै पहिलो र मीठो अनुभब गर्दै थीई।
*** *** ***
“केही भइहाल्यो भने, मम्मिले मार्नु हुन्छ।” उर्मिलाले सुँक्क सुँक्क गर्दै कपडाहरु सज्दै थिई। अचानक सर्मिलाले बोलाई। “उर्मिला, सि डि बन्द गर् न। भिनाजु खै त? भिनाजुलाई बेड लगाइदिनु पर्यो।”
“भिनाजु त सुतिसक्नु भा जस्तो छ।” उर्मिला दौडिदै बाहिर निस्की।
*** *** ***
भोलिपल्ट उर्मिलाले आशिष र सर्मिलालाई एयरपोर्टसम्म आएर बिदाई गरी ।
“भिनाजु, च्याटमा आइराख्नू है!”
बिदाइको बेला उसको अनुहार धेरै मलिन भएको थियो, मानौं आँधी भेरि आउनु अगाडिको आकाश जस्तै। फर्किँदा खेरि ऊ पक्का पनि बाटो मै रोएकी हुनुपर्छ।
*** *** ***
आज संयोगबश उर्मिला अन्लाइन् आई। मैले सोधेँ।
“उर्मिला, के छ हालखबर?”
“बेहाल छ, भिनाजु। सब डामाडोल भयो।”
“किन, तिम्रो परिक्षा बिग्रियो कि के हो?”
“परिक्षा हैन भिनाजु, २ महना भो आएकै छैन।”
“के आएन, भन न।”
“महिनबारी के, भिनाजु म त बरबाद भएँ।”
“… … …”
आशिष किंकर्तब्यबिमुढ भयो। अत्तालियो र अफलाइन् भयो।
बेलुका सर्मिला फर्किन्।
“तादाइमा!”
“ओकाएरि!” आशिषले उत्तर दियो तर आशिष आज डराइरहेको छ।
*** *** ***
“टुर्र … टुर्र…” टेलिफोन आयो। आशिषले भन्दा पहिला फोन सर्मिलाले उठाई।
“मम्मी!”
“हजुर!”
“हजुर! …हजुर! ए! …”
“ए! ज्वाईँको रे, उर्मिलाले नै भनेकी, हैन होला मम्मी , जवाईँ कहाँ त्यस्तो हुनुहुन्छ र? हैन होला।”
“एकछिन पख्नुस् है।”
सर्मिलाले फोन होल्डमा राखी। अनि आशिष तिर अगाडि बढी र आशिषको कान निमोठ्दै सोधी।
“सुन त उर्मिला र तिम्रो केही भए जस्तो छ।”
आशिषले अक्मकगर्दै भाग्ने प्रयास गर्यो तर असफल भयो र भन्यो।
“हो,त्यही राती हो के, हामी बानेश्वरबसेको राती।”
“कतिखेर। ल, म दिनरात तिमीसित संगै थिएँ त।”
“तिमी निदाएकी थियौ ।” आशिषले सम्झाउने प्रयास गर्यो।
“कस्तो बदमास के तिमी त? एक छिन आँखा झिमिक्क गर्नै नहुने।”, सर्मिलाको बोलीमा हाँसो र रोदनको समिश्रण थियो।
*** *** ***
साभार
-
http://my.hknepal.com/content.php?article.105