[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आमन्त्रण

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 127990 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 10-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण

 

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।

"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।

"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या  त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।

"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।

"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।

"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।

"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।

मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो  "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें। 

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले  त डामी हाल्यो। जर्याक जुरुक  उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन।  सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----

 


 
Posted on 11-27-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के दाई कतै त्यो हाम्रो स्कुलको केटाहरुले धुलो पिथ्यो गरेर कुतेको कतै तपाईंलाई त होइन।

 
Posted on 11-27-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप् दाइ, कहाँ दिल् दुख्ने कुरा भै राथ्यो, अव ज्यान् दुख्ने तिर लाग्यो।

मेसो घुमाएर फेरि ल्याउनु पर्यो छिट्टै, कबिता र चेतना तिर।

कुरो नि एउटा।

लौन, ठुली पनि जंगेकि, चक्कु बोकेर रे?


 
Posted on 11-27-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ सुन्ते ज्युले के भन्नु भाको अब हाम्रो दीप ज्युलाई अत्याक गर्न आएची म हेरेर बस्छु होला त।

 
Posted on 11-28-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्वाक सुपारीको घर तिर लागिम। --

सुपारी भरखरै मात्र छिरेको रहेछ घर।

हामिलाई देख्ना साथ -- अझ मलाई देख्ना साथ भनम् सोध्यो "के भो?"

ट्वाकले के भो छोटकरीमा जानकारी गरायो। अनि मैले सोधें "तेरो चाई सवारी काँ थ्यो नी आज?"

"! ट्वाकले भनेन अहिले सम्म?" सुपारीले मलाई ट्वाकलाई पालै पालो हेर्दै सोध्यो।

"मैले तँलाई नै सोध भन्देँ" ट्वाकले आफ्नो तर्फको कुरा राख्यो।

"वहाँ पसपतिमा कुर्दा कुर्दा -- ऐले आउला नी छैन भरे आउला नी छैन" सुपारीले दङ्ग पर्दै भन्यो। मलाई सुपारी खुसी भा पटक्कै मन परेन -- आफुलाई क्या परीरा बेलाँ।

"तँ लोखर्केलाई कल्ले बोला थ्यो पसपति पुग्या थिस नी मर्न?" मलाई झोक चल्यो क्या। मेरी कबिता पढ्न जाने? मलाई थाङ्नामा सुतार? झन सोझो भन्या घोचो जस्तो पो गर्दो रे छ।

"किन हाम्ले चै पसपति नै जान नहुने? तैले ठेक्का ल्या त्याँ?" उस्ले सोध्यो तर उस्को सोधाईमा रिस थिएन। ट्वाक चुपचाप झ्याल बाहीर हेर्दै थ्यो।

"जा जा -- त्यै आर्यघाटमा गएर बस कि पाटीमा मलाई केई केई तर तँलाई बोलाको थे नी कबिताले" मलाई कबिताको लागि गाको मन परेको थिएन। सुनाएँ।

"को गयो कबिताको लागि? -- कबिता तँलाई कुर्दा कुर्दा कस्तो -- अझ पो ठुल्ठुलो स्वर गर्दो रे सँग यहाँ --" उस्ले भन्यो।
"तँ किन गा ?" मैले सोधें।

" आफ्नै काममा गा नी" उस्ले शान दिएर भन्यो।

"त्यो भन्या चै के नी?" अलि अलमलिएँ।

"हेत्तरी! सुन भन्छु--" ट्वाकले पलङ्गाँ बसेर कुरा सुरु गर्यो -- सुपारीले ढोका लाईसक्या थ्यो "सुपारी कबितालाई पुर्याउन गा थाह पाई हालिस तैंले-- हो त्यै पुर्याउन गा बेलाँ कबिताले उस्को को साथि राम्री पसपतिमा बत्ति बाल्ने दिन पनि आउँछे भन्दै सुपारीलाई पनि बोलाई -- -- अनि यो पसपति अन्मेरीएको थ्यो अघि--त्यै हो"

अनि पैला मैले "हिन सँग" भन्दा जान्न भन्थिस ? मैले सुपारीलाई सम्झाएँ।

"हो था -- तँलाई 'सप्राईज' गर्नी भनेर क्या -- तँ वहाँ पसपति आउँदा पैलेई पुग्या देखेसी तैले के गर्ने रे छस भनेर प्लान गर्या -- भद्रगोल" उस्ले भन्यो।

"कस्ति रै छे त्यो कबिता कि साथि भन्ने?" मैले सोधें।

कबिता भन्दा त्यस्तो धेरै हैन तर भन्दा राम्रि नै हो" सुपारीले सगर्व सुनायो।

"को भन्दा को राम्री रे?" मैले सोधें।

"कबिता भन्दा पूनम राम्री" सुपारीको स्वरम उल्लास प्रस्टै चिन्न सकिन्थ्यो।

"तेरो तरुनीको नाम पूनम?" मैले फेरी सोधें।

"अँ, सम्झि राख --" सुपारीले भन्यो।

"कबिता क्या राम्री -- त्यो पूनम भन्ने त्यो भन्दा राम्री ?" मलाई सुपारीकी तरुनी मेरी भन्दा राम्री भाकि किन ठिक लाग्थ्यो? पक्का गर्न सोधें।

"हो भन्या -- दीदी (ट्वाकको)को बे मा ल्याउँछु भन्या उस्लाई तेरो कबिताले -- हुन नाई नाई भन्दै थिई" सुपारी आज बेग्लै मान्छे भएर आएछ।

त्यो खरानी धस्ला जस्तो सुपारी तरुनी सँग बसेर आएछ आफु ईन्द्र जस्तो भन्या कताको जात्रा भो आफ्नो चैं। सम्झेरै ब्यापक दु: लाग्यो नी। भनम के भनम कस्लाई भनम? तै पनि उस्ले "तेरो कबिता" भन्या भेर कता कता मन अलि हलम जस्तो नी भयो। तर सुपारीको के भर? मलाई यत्तिकै लट्टे देको हो की? बे मा कबिता आउँदा यसो गरे पनि सुपारी सँग उसो गरे पनि सुपारी सँग गरी भने? झसंग भएँ। त्यसो गरी चै भने बे मै सुपारीलाई केइ केई चै गर्दिन्छु भन्दै मन बहलाएँ। सुपारीको एउटा भर थ्यो अब त्यै पनि भडकियो। के गर्ने?

"अनि कबिता के भन्थि ?"

 -- ट्वाक तिर देखाएर "यस्ले पुर्याएर यो हिनि हाल्यो --अनि यसो मन्दीर घुमेँ तँ ऐले नी आउँदैनस भरे पनि -- कबिता त्यो अर्की केटी सँग आँखा जुध्या जुधेई, बुझिनस? अनि त्यो तेरो कबिता क्या आँटिली रै छे यार -- उता बासुकी तिर यसो अलमलिदै थिएँ है -- त्यै पूनम भन्ने आएर -- तल कलि नेर बस्दै गर्न भनी-- तरुनीहरुले फस्ट्याम बोला है क्या दंग नी ---"

"सुपारीको कुरा सुन्न -- हाम्ले तरुनीको कुरा गर्दा मन पराउँदैन थ्यो अहिले उही तरुनी तरुनी भन्न थाल्यो बा! आफुले नपाएर पो सोझो कुरा गर्या रे यस्ले पैला पैला" ट्वाकले बिचैमा भन्यो।

"अनि तँ नी तँ? सँग जान्छु भनेर सुटुक्क सुपारी सँग हिन्देछ -- तँ सँग गा भे झगडै पर्दैन्थ्यो मेरो -- कबिता सँग अर्को अध्याय लेखीने रे -- तैले गरेर सप्पै चौपट भो" मैले ट्वाकलाई भनें।

""आज धुर्बकाका आ थे उनको वाई बी लिएर बुझिनस? उनी र बा आमा काम थ्यो शहराँ अनि ट्याक्सीमा गै हाले -- उन्को बाई बी घरमै थ्यो -- पैसाले यसो घुमाको साँचो खुलीहाल्यो -- अनि मोटरसाईकलमा गा हामी -- पुलिसले समात्ला भन्ने क्या डर तर ---" ट्वाकले जानकारी दियो अनि थप्यो " यस्लाई पुर्याएर त्याँ बत्तिसपुतलीबाट एक दुईटा सामान लिएर घर आउँछु अनि तँलाई लिएर जाम्ला भन्या हो -- अगि नै भन्या हैन तँ बत्ति बाल्ने हैन -- पसपति देखी झन कबिता सँगै हुँदै चाबेल तिर बाट फर्किम्ला भन्या -- कबितालाई पुर्याईदिन्छु घर भने पछि भै हाल्थ्यो -- तँलाई जान्ने भएर कल्ले एक्लै जान ला थ्यो? एक छिन पर्खेको भए हुन्न थ्यो?" ट्वाकले झन मेरै गल्ति झै पो गर्यो।

"यता सुन्न यता सुन -- त्यो अरु कुरा पछि गरे नी हुन्छ -- अनि बुझिनस है त्यो कलिमा आउँदा उनीहरु पर्खीरा के है -- अनि गफ गर्दै गर्दै हैन हामी गौसाला सम्म भन्या --" सुपारी गफ हाँक्दै गयो।


 
Posted on 11-28-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप ज्यु सुपारिको तरुनिको गफ सुनेर गोदाइ खाको नि बिर्स्यो जस्तो छ नि।

 
Posted on 11-28-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo chai aba mero dimaag lay nabhyawuni bhai sakyo..kasari lekhna sakya ho sururururururu..maney mailey

 


 
Posted on 11-28-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पर्भु पेलम पेलम! पढ्दा पढ्दा सबै छापेर एउटा मोटो किताब बनाएर पल्टेर पढ्न मन लाग्यो अब त। गजब जाँदैछ! शुभकामना र प्रोत्साहन छ! :)
 
Posted on 11-28-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के दाई कतै त्यो हाम्रो स्कुलको केटाहरुले धुलो पिथ्यो गरेर कुतेको कतै तपाईंलाई त होइन।
--------------------------------------------------------------------

khoi tetro aat ta ahiley samma kosailey pani gareka chainan...kutai khaayerai maya palaucha bhaney tyo pani garula ni... :)


 
Posted on 11-28-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep daju...tetro huda pani tyo som haru laai tetikai chodeko ?? hetterika...bore bhayo ni ta....

uptowngal...taruni ko guff sundai testo huncha...taruni bhetey pachi ta ghaau pani bisek huncha :)...


 
Posted on 11-28-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तँ लोखर्केलाई कल्ले बोला थ्यो पसपति पुग्या थिस नी मर्न?"

दीप, के था न कबिता ले सुपारिलाई पनि बोलएकी थि कि? बुझ्योउ त्यो पूनम सुनम होइन पक्कै पनि कबितालाई नै भेट्न गएको हुनुपर्छ सुपारी


 
Posted on 11-28-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के दाई अनी कुताइ त खाइयो तपाईंले.अनी लु भन्नुस् कुताइ खाइसके चि तरुनी पाउनु भो कि पाउनु भएन त। अनी पाउनु भो भने कुताइ मित्तो कि तरुनिको माया मित्तो। खित खित खित

 
Posted on 11-28-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep
Had been a while since I read a Nepali Upanyas (last one was B.P's Sumnima). I have to say, I'd pay to read your stories. But man, can you write, that's a lot brother.

But want to congratulate you, you have elevated yourself over many other storywriters here in Sajha. Your flow is commendable and your narration is superb.

Please don't stop. I haven't finished reading the story, but I now feel like Bangey and Supari used to leave right next door. Twakele chai kaile kaile tharkauthyo; but the girls would make any bad day shine brighter.


 
Posted on 11-28-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को कस्को,कसले कस्लाई कुटयो, दीप को नाक किना फुत्यो उफ्फ़फ कथा को फ्लो ने फाइट मा अल्झिएएको झै लाग्यो है दीप
 
Posted on 11-28-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप, के था न कबिता ले सुपारिलाई पनि बोलएकी थि कि? बुझ्योउ त्यो पूनम सुनम होइन पक्कै पनि कबितालाई नै भेट्न गएको हुनुपर्छ सुपारी
 
Posted on 11-29-07 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपको बांगे माहात्मे पढ्दा पढ्दा सधै १२ बज्ने भो। दामि छ सोम, अब कबिता को स प्रसंग ब्याख्या गर्न पर्यो।
 
Posted on 11-29-07 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुपारी गफ हाँक्दै गयो। ---

-------------

अब त ट्वाकको दीदीको बे आई नै सक्या थ्यो भने हुन्छ। तयारी अन्तिम चरणमा थ्यो। ब्यान डबलीमा घाम ताप्दै गर्दा ट्वाकले "आज बत्ति राख्ने घरमा--भात खाएर मिल्ने भए आइज --बाङ्गेलाई नी भन" भन्या थ्यो अनि अहिले भातको कार्यक्रम पछि बाङ्गेकहाँ पुगेर ट्वाक कहाँ जादै थिम।

त्यो अस्तिको झगडा काण्ड पछि चेतना सँग खासै बोलेकी थिईन। शोभा ट्वाकको सम्बन्धमा केही प्रगति भएको थ्यो -- सुपारीको पूनम पुराण सधैं सुन्नु पर्थ्यो मन भए पनि नभए पनि। त्यो पसपतिको अध्याय पछि सुपारीले पूनमलाई ईन्द्रचोकमा देखेको तर सुपारी पनि पनि अरुमान्छेहरु सँग भएकाले बोलचाल नभएको तर मुस्कान साटेको कथा थपिएको थ्यो। बाङ्गे अझै तरुनी खोज्दै थ्यो। दुईटीलाई प्रेम पत्र बुझाई सक्या थ्यो तर एउटीले हेर्दै नहेरी सरापेर च्यातेकी अनि अर्किले  खुट्टाले किचिमिची पारेर एक किक दिदै (चिठिलाई नै फेरी) ढ्लतिर खसाल्देकीमा कुरा अडकेको थ्यो हाललाई। तर प्रयास जारी भन्ने सन्देस थ्यो उस्को।

ट्वाक कहाँ पुग्दा सुपारी आई सक्या रे छ। छ्याक, बर्मु अरु पनि थिए। निक्कै रुमलो थ्यो त्याँ हामी पुग्दा। ट्वाकले मलाई सुपारीलाई बत्तिको काम दियो-- घर वरी परी बाल्ने हो -- तर अगाडी चै झपक्क पार्नी भन्यो बत्ति तारको यत्रो गुजुल्टो हाम्रो जिम्मा लायो। बाङ्गेलाई चै उस्ले पछाडी पाल तिरको काममा उसलाई मद्दत गर्न भनेर लग्यो। छ्याक बर्मु पनि उतै बारी तिर थिए।

सुपारी माथि कौसीमा बत्तिको चाँजो पाँजो मिलाउँदै थिम -- चिसो चिसो थ्यो --- चेतना पनि कौसीमा आई उस्की आमा सँग। आमा चै ले सुपारीलाई देख्ना साथ ' बाबु -- तिमीले गए पनि हुन्छ एक चोटी छिट्टो सुन्नारनलाई बोलाएर ल्याउ है -- " भनीन। आज्ञाकारी सुपारी लुरुलुरु लाग्यो भर्याङ तिर -- मैले चाईँ के के गर्न ला जस्तो गरेर तारलाई यता उता गर्दै थिएँ आमाचैं ले "! यो बत्ति सुरु गरेकै रहेनछ कैले सकिन्छ?" भनीन।

के कुरा गर्या होला? भरखर आउँदैछम् हामी। मैले तर तुरुन्तै भनें " एकै छिनमा भै हाल्छ नी -- बरु क्या चिसो रे आज -- एक कप अदुबा मरिच हाल्या च्या ख्वाउनुस आमा -- पुण्यलाग्छ तपाँईलाई" भन्दें। आमा चैं हाँस्दै " पठाईदिन्छु" भन्दै भर्याङ ओर्लिन्। भन्या जस्तै भाको हो -- अब चेतना पनि लस्किन भने। -- तर कौसीमा अल्याङ मल्याङ गर्दै थिई मैले "के हाल खबर चेतना?" भनेर सोध्दें। जे पर्ला पर्ला भनेर।

"कसलाई के को चासो?" उस्ले बारी तिरै हेरेर भनी बा!

"लौ तिमी सँग रिसाको जस्तो नी" मलाई रीसार बोलेको राम्रो लाग्यो तर।

"छैन कोई सँग रिसा -- रिसाकै भए पनि कसलाई के फरक पर्छ ?" उस्ले अझै मलाई हेरेकी थिईन।

"अस्ति तिमीलाई फरक परे जस्तो आज मलाई पर्छ नी" मैले पनि भन्दें।

यसपटक भने उस्ले तिर हेरी सोधी "के फरक पर्छ?"

"बयानै गर्न नसकिने फरक पर्ने रे " मैले थप्दें क्या गफ।

"उफ! कत्ति -- पत्याएँ पनि होला" उस्ले भनी तर स्वरमा मिठास थ्यो यस पटक।

"हो भन्या --" भनें। बिद्यानस पनि थप्दीम कि भन्या त्यस्तो भन्या उस्लाई मन पर्दैन भन्ने मैले बुझिसक्या थें। त्यसैले भनीन नत्र बिद्यानस त जे मा पनि लगाउने गर्या थ्यो त्यति बेला। भन्दीने न हो हुने सुने केई हैन क्यारे।

"अनि किन त अस्ति पसपति नजानु भन्दा भन्दै गा त? भनेको नमाने पछि त्यस्तै हुन्छ -- ठिक्क पर्यो नी -- " उस्ले अस्तिको कुरा सम्झाई।

"काँ पसपति जान ला हो र म? -- कुरा सुरा बुझ्नु छैन यत्तिकै दोषलाई दिनी अरुलाई?" मैले भनें। उस्ले मलाई हेरीरही।

मैले थपें "तिमीले त्यो दिन पसपति नजानु भने पछि जान्न भनेर त सोचें हैन तर खाली तिमीले सुपारीको कुरा गरेको सुनेर के रे छ त कुरा भनेर सुपारीकाँ पुग्या रैनछ -- यहाँ ट्वाककाँ जान्छु भनेर गयो अघिनै भनें उस्को घरमा  -- यहाँ त मैले उस्लाई देख्या थेन -- अनि सुपारी सँग रिस उठ्यो मलाई -- मलाई सुईको सम्म नदिई उ पसपति गएछ भनेर है मलाई झनक्क भो -- अब बज्यालाई उहीँ गएर  ठिक पार्छु भन्दै मालिगाउँ तिर गा -- तर फेरी तिमीले पसपति नजानु भन्या -- तिमीले भन्दा भन्दै कसरी जानु भनेर त्यो नारन सिंह डि आई जीको घर सम्म पुग्या थें -- फर्कें -- फर्किनु भन्नु नै झगडा परीहाल्यो यत्तिकै -- मैले केई गर्नु न होर्नु –झगडा गर्ने बेलामा सुपारी र बाङ्गे थिए -- बाङ्गे हो अझ जोस्सेको चै -- म सँग पो निउँ खोजीरा भन्या  यत्तिकै --" मैले सकेसम्म कुराहरु मेरो र चेतनाको पक्षमा हुने गरी सुनाएँ।

उस्ले सुनीरही अनि "त्यो बाङ्गेलाई असाध्यै जान्ने हुनु पर्छ -- मलाई त त्यस्लाई देख्यो कि रिस उठ्छ -- तर था छ मेरो एउटा साथि छे-- त्यस्लाई चैं बाङ्गे क्या मन पर्छ रे" उस्ले हाँसेर सुनाई।

खबर त राम्रो थ्यो। "को साथि?" मैले सोधें।

"नाईँ भन्दिन" उस्ले जिस्किने सुरमा भनी।
मैले निक्कै कर गरे पछि बल्ल "ज्योतिका" भनी।

"को त्यो टंगालको केटी?" मैले सोधें।
"अँ" उस्ले भनी -- "कतै बाङ्गेलाई देख्यो भने उस्को कुरा उठ्यो भने दंग पर्छे -- क्या बडी छ रे -- क्या निडर छ रे --क्या राम्रो छ रे -- के के हो के के तेस्को कुरा -- बौलाई जस्ति छे -- बाङ्गे कस्तो मान्छे हो मैले सत्र चोटी सुनाई सकेँ -- अहँ! उस्लाई केही फरक पर्दैन।"

बाङ्गेको पनि कल्याण हुने भो। खबर त मैले दिनै पर्यो।

"बे मा बोला होला नी ज्योतिकालाई पनि?" मैले सोधें।

"छ" उस्ले भनी।

बे त रमाईलै हुने भो जस्तो छ -- सुपारीलाई पूनम, ट्वाकलाई शोभा, बाङ्गेलाई ज्योतिका -- मलाई चै बुर्जा डब्बल -- चेतना र कबिता। मेरी बास्सै! ------


 
Posted on 11-29-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु हेर्नुस् त हाम्रो दीप ज्यु कम्ताको चलाख राइछ त। केटीहरुलाई त गफ दिनुमा  पि.यच.दि नै गर्नु भाको जस्तो छ।

 
Posted on 11-29-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोट पर्ला फिरि, तर भन्न चै "इस् बुर्जा डब्बल" भन्न मन लायो ।  कुन दिनाँ हेर्या हेरेइ पार्ने भए दीपका असत्ति मोराहरुले --

 

राम्रो छ ल, कुरो चै बल्ल इन्ट्रेस्टीङ मोड तिर पुग्दै रे छ । बर्मू पनि थप्पियो ल , अब हाकु, मल्टा, ग्वाज्य:, पाक: हरु नि थप्पिन्छन कि ?


 
Posted on 11-29-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""बाङ्गेको पनि कल्याण हुने भो। """

'पनि'??


 
Posted on 11-29-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन भो, दीप जी को रचना रस्वादन गर्न पनि न भ्याको। आज अलि फुर्सदिलो समयको सदुपयोग गरें। एक् चित्तले, एक सास ले उत्क्रिष्ट सिर्जनालाई देखें , भेंटें। मानौं नासुर छालामा चेतना आयो, एउटा सुन्दर कबिता फुर्‍यो।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters