[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 226617 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 07-02-08 3:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्ले नि पढेम, एक बसाइ मै सप्पै भाग सिद्ध्यायम ! बिर्खे बाले गजबको कथा सुरु गर्नु भे छ, हाम्रो चौतारीका पात्रहरुलाई राखेर।

बिर्खे बाको कलमको तारिफ मैले त के गरी सक्नु र कती वटा जिब्रो भे को तो के जाती साँपले नि गर्न सक्दैन होला तैपनी हाम्लाई नि यो कथा असाध्यै असाध्यै असाध्यै मन परो!


चौतारीका सबै साथीहरुलाई यो धागोमा पनि दर्शन !

 
Posted on 07-02-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न यि जिम्माल बा सअ नसकिने भओ। कत्ति मात्रै जानेओ बाबै।

 हेर त हाम्री सब्बुलै के के जाती--- 

 पर्खिनुस न जिम्माल बा हउरको पाली नि आम्च नि फेरि 


 
Posted on 07-02-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा   यो चै हाम्रा जिम्माल बा को चर्तिकला--

हरिशरणम!

‘मरेर जानुछ ,हाए! एकलै एकलै’

 जिम्माल बा ओछ्यान बाटै भजन शुरु गर्छन।

 ‘ख्वाक्क!’

‘लौ न मुखाँ राखेओ पोलेओ अदुवा मुखैआँ र’छ।‘

‘हरेभगवान! कुन सर्को निदाइचु, क्यार्नु अब  थुक्नु कि खानु यो रातभरिओ बासी पोलेओ अदुवा टुक्रो।‘

‘होस त अब रातभरी यै टुक्रोले खोकि लाएन  कार्न फ्याल्नु बजाराँट रुप्पे हालेर किनेओ अदुवा ।यै जाबो टुक्रो निल्न लै म बुढोलै के को माभारत!’

‘ए! बुढी पानी ले ले?’  

‘सुनिनेस!’  

 ओछ्यान छामछुम पार्दै ‘अरे हिजो रातीआँ घुर्की लाउदै थी माइत पो गई कि जिम्माल्नी’

–सिरक पल्टाउदै कोल्टे हुदै सिरानीको पर खोपोमा राखेको अंखोरा’ट पानी संग अदुवा पनि  घुटुक्क निल्छन- ‘लौ जा! भुढिआँ पुगे भईलाई के को सास्ती।

‘अब क्यारी उठ्नेहोला हात सामत्ने मान्छे पनि छैन’

 ऐयाssss !! ए तितौरी! नातिनी! ऐयाअय्य्य!’

 उफ् भुसुक्क बिर्सेचू फेरी नातिनी केटीपनि आइनच एसपाला।‘

‘शन्सरबार  आम्चु भन्थी तो नातिनी केटीलै  माष्टर्नीले उतै भुलाउन थालिन।‘

‘यसो दुइचार अक्छ्यर  भ’नि सिकोस न त भनेर उन्काँ पठाइदेकुम । बड तिनैलै  साथी ठिक्क ।‘

‘अस्ति पनि बाख्रालाई स्याउला काट्न जादा आफै सअ ले’र गथि’न। घाँस काट्न जादा नि उनी सअ हुन्छे रे तिरू।‘

‘कठै!मेरी नातिनी! कसरी हिड्दि हो खुट्टाँ चप्पल नि नला’र।(रिसाउदै)  मलै नि आम्च माभारत र गिता रामायण सप्पै जो पढ्न – तिनै मात्रै होलिन जान्ने।कुन चै दिन ग’र लाम्चु मेरी नातिनीलै। ह्या भ’सि अइले तातो पानि त दिन्थि होली मलै।‘

‘खै कता गो मेरो टेक्ने लौरी- यो नलिखुट्टो नि कटकटी दुखिरन्छ। नातिनिओ  ब्या अर्देर पनाती देखेर मरुम्ला भनेओ काल ले आज अइलेई लान्छ कि अस्तो अरेर दुख्छ बाबै!

जिम्माल्नी आमैलाई संझिदै जिम्माल बा  ‘किन रिसाम्नु परेओ तो बुढीलै नि।‘

‘झिनो मसिनओ कुराआँ पनि बेक्काराँ दोष लाइचू— बिचरीलै’ फेरि जिम्माल्नी आमैले भनेको संझिदै गुनगुनाउछन जिम्माल बा

--‘‘तिमी बुढाले पुष्टकारी गोलिमिठाई का राख्छौ भनी हेर्दिहुम मैले। चौताराँ बसिरने खोरन्डो बुढो पोते किन्दिचु भनेर पैसो मागेर पुष्टकारी किन्ने तिम्लै एक्लै पारेर माइत गइन भने म नि जिम्माल्नी हैन।‘’

‘चोथाले चाउरी!  मलै त खोरन्डो पो भन्दिरचे। सन्दुकाँ लुका’र राखेओ पुष्टकारी किन खाइस भनेर सोध्दैमआँ रिसाम्नु पर्च तल्लाई? गए जा माइतीआँ म नि जान्न तल्लाई लिन।  हेर गइचू भने म नि जिम्माल हैन  यसबाजि त।‘

‘’ए बुढा कल्लाई भनेऊ  चाउरी हँ? उ बेला पानी पधेराआँ नुवाउदा  धाराआँ ढिकमाथि बसेर कर्के आँखा लाम्दै  टुलुटुलु हेरेओ बिर्सेउ। । त्यो के भन्छ लाखुरीओ रुखाँ चढेर लुकी लुकी पर्खिबस्दा रुखाँ’ट खसेर नलिखुट्टो भाच्चिओ नि  बिर्सेउ- नराउरी भा’भे केल्लाइ पर्खिन्त्यौ हँ  रैथाने बुढा।‘’

‘हेर हेर यो बुढीको ताल –धेरै नकरा जिब्रो सिब्रो तानेर चौतारीओ पिपल बुटाआँ झुन्डाइदिम्ला—दुखिरा’छ नलिखुट्टो खै तो अघी अगेनाआँ  तताएको ईट्टा र पोलेओ अदुवा टुक्रो  ? त्यै मेरो कछाड ले बेरबार पारेर पुर्याइदे इट्टा चै  सिकाम्नु परो खुट्टो लै’

जिम्माल्नी आमैले इटा  र बटुकामा राखेको अदुवा रिसाउदै जिम्मालबा तिर सार्दिन्छन, अनि सिरक ओढ्दै  कोल्टे परेको संझिन्छन।अनि मुर्मुरिदै उठ्न खोज्छन

‘ऐयाअअअअ !मेरो नलिखुट्टो!! दुखो!’

 घुडा पसार्दै सिरक फेरी ओढ्दै- ‘यो फागुन ला’सि नि कत्ति जाडो लाउच।‘

 जिम्मालबा फेरि ओछ्यानमै गुटमुटिन्चन। हाई गर्दै भजन शुरु गर्छन-

‘’भइमा झरण किरिस्न भइमा झरन

आपत्पर्यो हामीलाई रक्षे गरन!’’

-----

‘हजुर्बा  हजुर्बा हजुरले कांधमा किन धागो राखेको?:D धुलौटोमा क ख लेख्दै तितौरी भन्छे.

‘यो धागो हैन बा जनै हो, तँ बुज्दिनेस अहिले यो कुरा हाताँ लेको लोटा पिंढिमा राख्दैछन जिम्माल बा

‘हजुर्बा हजुर्बा  यो के हो ?   कानमा झुन्डाएको धागो तान्न खोज्दै तितौरी हाँस्छे तितौरी --हिहिहिहिहि

‘यस्ले दांत माझ्ने हो तिरु’

‘हैन के हजुर्बा यो दांत माझ्ने हैन के यो । छ नि यस्बाट त बबल बन्च। अस्ति बारिआँ घाँस काट्न जादा हजुर्माले भन्नुभा।‘ जिम्मालको हातबाट सैजनको हांगा खोस्दै पिटिक्क भाचेर  लामो केस्रा निकाल्छे तितौरी। चोप आउछ अनि हावा बहेको तिर  फुक्न थाल्छे।

‘कत्ति चलाक छे मेरी नातिनी यस्लाई राउरो पढाम्नु पर्च’ भन्ने सोच्दै  मनमनै रमाउचन जिम्माल बा। तितौरी रमाउदै फुक्दै बबल निकाल्छे तर फेरि के संझिछ  जिम्माल तिर हेरेर खीइएर  कालो भाको  दांत देखाउदै हास्छे।

‘म पनि  दांत माझ्छु के हजुरले जस्तै।‘ दगुड्दै तितौरी माथ्लोतला जान्छे अनिफेरि दौड्दै आउदा संघारमा भएको दुइटै खुट्किलोलाई एकैपटक फड्कोमार्छे।  

‘ल ल के अरेको नातिनी लोट्लिस?’

‘हजुर्बा हजुर्बा यो मेरो जनै हजुरले जस्तै म नि कानमा राख्छु के‘:D:D:D

‘ धुत लाटी!यो त प्रसाद हो पोरसाल चारधाम अर्न जादा लेरआकुम कालो धागो घाटीआँ बाँध्ने हो’

‘हो’

‘अब मैले के अरी दांत माझ्ने होला?’ जिम्मालबाले तितौरीलाई हेर्दै भन्छन्।

फेरि भित्र जान्छे अनिफेरि दगुर्दै आउछे

‘हजुरबा  हजुरबा यि मैले मन्जन बनाकिम अब हजुरले  काठले दांत माझ्न पर्दैन- हई हई हजुर्बा’

‘कसरी?’ नातिनीको मिठो कुरा सुनेर जिम्माल बा मुस्काउदै हेरिरहन्छन।

‘हजुर्माले भनेओ  अंगारले दांत माज्यो भने किरा पर्दैन रे,दांत पनि कालो हुन्न रे।अनि पछि जत्ति गोलिमिठाइ पुष्टकारी खाए नि हुन्छ रे।यि हेर्नुस त—‘ कालो खरानीको धुलो देखाउछे।

जिम्माल बा मख्ख पर्दै –‘यस्तो कालोले हैन नातिनि रातो मन्जन पो राउरो हुन्च अनिखेरी।‘

लौ भन्त मेरी नातीनि कसरी बनाइस यो दांत माझ्ने पाउरर मन्जन?

‘छ नि  आगोमा पोलेर-हिहिहिहि'

‘के आगो बालेओ तैले?

‘हो के। अनिपछि हजुरले टेक्ने लौरो बालेकिम मैले!

‘तितौरीssssss!’

---------

‘ल हेर  यो बुढोलै यति माथी घाम आम्दा नि  सपना देखिराचन। त्यै भाकी एउडी नातिनीलै नि  नपठाऊ माष्टर्नीकाँ भन्दा चारताल उफ्रेर पठायौ। अइले आ’र साँझै तितौरी ब्यानै तितौरी। चिया नि चिसो भैसएच। उठ्छौकि पधेराँट अइलै ल्याको पानी खन्याइदिम ए बुढा!

जिमाल बा झस्किदै उठ्छन-- ‘अँssss त् तss ह्याइछेस् अझै?!’

जिम्मालबाले सोधेको देखेर जिमाल्नी आमै अचम्म मान्दै हेरिरहन्छिन---

क्रमस......


 
Posted on 07-02-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी ले लेख्या सम्धी को नलिखुट्टो कथा पड्छु भन्दा भन्दै दोस्रो भाग आईसच,दुइटै पढेँ निक्कै रमाइलो लाओ । सम्धी, सम्धिनी अनी नातिनी तितौरी को निक्खर छ् चित्रण, सप्पै भन्दा मजा लाउने त बोल्ने सैली लाग्छ मलाई त।

‘हो के। अनिपछि हजुरले टेक्ने लौरो बालेकिम मैले!
सउँधी को लौरो बाल्दिचिन तितौरी ले भन्या त सपनाँ पो देख्या रचन ।

अनी मेरा त छोरा बुहारी छैनन छैनन सम्धी ज्यु का चि काँ गए नि

Last edited: 02-Jul-08 01:15 PM

 
Posted on 07-02-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली नानी- यसो टराइ मारेको मात्रै हो कहाँ आउनु।

पर्वते- तिमीलाई किन ठटाउने भन्यो रिट्ठेले थाहा भएन।

रिट्ठे- यसैगरि दिनदिनै मुर्छा पर्दै जाऊ धेरै भुक्तभोगी हुन्छौ।

कुम्ले- हाहाहाहा कवितै मिलाइदिएछ। अब सोमले जसको भालेको उसैलाई कोच्याइ कोच्याइ खुवाउने पिलान बनाको होला नि हैन?

ग्वाँचे- धेरैमा आइयो त? धन्यवाद्! बिर्खे बुढा संगको कथामा छौ ब्रो,सकिएको छैन राख्ने हो केहि समय पछि!

माष्टरनी नानि- खै के भनौँ! गजबले मिलाएर लेख्नुभएछ, यस्तो ठ्याक्कै मिल्ने गरेर संवाद राख्न मलाई आउँदैन। गजबै छ, न छोड्नुहोला यसैगरि भागहरु थप्दै जानुहोस! धन्यवाद्।

बिस्टे सम्धीज्यू- ल अब टाँस्ने भाग पढौँ है! :)


अर्को भाग टाँस्नै लागेको, एकैछिन है त-


 
Posted on 07-02-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग---

दीप पँधेराको सिमेन्टको खुट्किला जस्तो डिलमा माथिल्लो डिलमा थ्याच्च बसेको थियो र तल्लो डिलपट्टि खुट्टा झारेको थियो। उसको खुट्टाले तल्लो डिल नभेटेकोले होला झुन्डिएका दुई खुट्टामा झनै झुन्डिएका दुई चप्पल हाँसो उठ्दो देखिन्थे। एउटा चप्पलले भर्खरै पँधेराको डिलमा उक्लँदा धर्म छाडेको थियो, अर्थात चप्पलको तना भर्खरै छिनेको थियो। डिलमा बसेर दीपले टाउको नघुमाइकन हल्का आँखामात्र घुमाएर धारो तिर हेर्यो।

शबु आफैँमा खुम्चिएर बसेकि थिइन् र उनका हत्केला धारोमा फिँजिएका थिए। धारोबाट बहेको अनवरत, शीतल पानिको दवावले उनका सुडौल हत्केलालाई अलिकता तल धकेल्थे र उनको हातको बलले हत्केला फेरि अलिकता माथि आउँदथ्यो।

दीप शबुको हात हल्लिएको हेर्दै थियो।

हातमा पानी पर्दा हल्का छिटाहरु, केहि मोटा र केहि पातला छिटाहरुले शबुले ओढेको पेटिकोटलाई झन आकर्षक बनाएका थिए। रातो कपडामा पानीले भिजेको ठाउँ लालिगुराँस जस्तो गाढा देखिन्थे र तत्काल शरीरमा टाँसिएर शबुको शरीरमा चिसो लहर छोडेर जान्थे। टाँसिएपछिको त्यो भागको रंग दीपलाई अद्वितिय आकर्षक लागे!

दीप आएको देख्ने बित्तिकै शबु एक किसिमले जड भएकि थिइन्। उनका आँखा, धारोले तल भुइँमा बनाएको खाल्डोमा  थिए जसबाट धाराको पानी पर्नासाथ त्यसमा रहेको पानी उम्लिए जसरि बाहिर निस्कन्थे र बहेर जान्थे!

दीपले हतार गरेर डिल उक्लँदा उसको चप्पल चुँडिएर उछिट्टिएको शबुले देखेकि थिइन् र तत्लाकै दीपले हतार हतार चप्पल टिपेर डिल उक्लँदा ऊ झन्डै लडेको थियो।

यो देख्नासाथ शबुका अधरमा एक अत्यन्तै झिनो तर अत्यन्तै मोहक मुस्कान निस्केको थियो र उनको मनले मनमनै भनेको थियो-

भद्रगोले मान्छे!

यतिबेला शबुको मुहारको सुन्दरता देखेको भए दीप शायद आनन्दले बेहोश हुन्थ्यो होला!

कोइ रइनछन्, साइतै पर्या रेछ आज त!

दीपले मनमनै भन्यो र उसको अनुहारमा गर्वका रेखाहरु आए; शायद, बिचमै तास खेल्न छाडेर आएकोमा आफैँलाई श्याबासी दिँदै थियो।

आज त कुरा गर्छु गर्छु!

फेरि मनमनै भन्दै दायाँ खुट्टा हल्का उचाल्यो र दायाँ हातले घुँडाभन्दा अलिकता तल समातेर झनै उचाल्यो अनि बायाँ हातले चुँडिएको चप्पल लियो र खुट्टा झार्यो। फेरि दुवै खुट्टा माथि ल्याएर पँलेटी कसेर बस्यो र केहि सम्झे जस्तो गरेर खल्तिबाट सलाई झिक्यो र पुलुक्क शबु तिर हेर्यो।

शबुले उसलाई हेरेको बेला परेछ!

दीपको छाति भित्र हो कि पेट भित्र हो कतै केहि कुरा हल्का पोलेको जस्तो तर सुखद्, एउटा बिन्दुबाट एकछिनको लागि चारैतिर फैलियो र बिलायो!

शबुले पुलुक्क दीपलाई हेरेकि मात्र के थिइन दीप यतै फर्किदिँदा शबु एकछिनको लागि आत्तिइन् र हडबडाइन्। तुरन्तै धारातिर हेर्न थालिन्।

शबुले नजर फेरेपछि दीप त्यसै मुस्कुरायो र केहि झुकेर सलाई कोर्यो। चप्पलको तलपट्टि छिनेको टुक्रा निकाल्यो र पोल्न थाल्यो। ढिलो भएछ सलाई सकिएर निभ्यो।

उसले फेरि शबुतिर हेर्यो र अर्को सलाई निकालेर कोरेर चप्पलको तनाको टुक्रा पोल्न थाल्यो!

शबुलाई गाह्रो हुँदै थियो। आजै भन्दा पँधेरामा अरु कोहि पनि थिएनन र नुहाउन उसलाई धेरै अप्ठ्यारो र धक लागिरहेको थियो।

उसले आफैँलाई नियालिन् र आत्तिइन्।

उनि उभिइरहेकि थिइन् र अहिले सम्ममा उनको अगाडिको धेरैभाग भिजेर कपडा शरीरमा टाँसिइसकेको रहेछ! तुरन्तै लाजले उनका गाला र गर्धनमा रातो लहर जन्मायो र लाली घाँटि सम्म पुग्यो। उनलाई सिधा उभिनु ठिक लागेन। तुरन्तै उनि हल्का झुकिन र पँधेरा तर्फ दीप बसेको भन्दा विपरित पट्टिको खुड्किला तिर फर्किइन् र कम्मननिर कपडा समातेर हल्का अगाडि तानिन्। अब कपडा, उनको अगाडिको शरीरका थोरै  भागमा मात्र टाँसिएका थिए। उनलाई अलि राहत महशुस भयो, उनले एकछिन लामो सुस्केरा हालिन्।

अचानक फेरि झस्किइन्। उनलाई अब आफ्नो शरीरको पछाडिको भागमा चिसो लाग्यो! पछाडि पनि खै कसरि हो पानीले भिजाइसकेको रहेछ र झुकिदिँदा पछाडिको सम्पूर्ण भागमा लुगा टाँसिएको चिसो अनुभव आउँदैथियो।

शबु उता फर्कँदा दीप पल्याक पुलुक गर्दै कहिले चप्पलको तनाको टुक्रा मा सलाईले पोलेको हेर्दै थियो भने कहिले शबुको सौन्दर्य। शबु अर्को पट्टि फर्कनासाथ, दीपको मुटुको धडकन बढ्न थाल्यो, उसलाई एकपलको लागि सास फेर्न गाह्रो लाग्यो। कुनै बिशाल पीपलको रुखमा कुनै लता टाँसिए जसरी शबुको ढाडदेखि तलसम्म उनको लुगा टाँसिएको थियो!

चप्पलको तनाको टुक्रा पग्लनु र सलाई सकिनु एकैचोटि भयो।

दीपको औँलामा तीव्र पिडाको लहर आयो!

दाहीने हातको बुढि औँला, चोर औँला  र माझि औँलामा पग्लेको रबर टाँसिएछ! उसको मुखबाट पिडाको एउटा सुस्केर निस्कियो कुनै नमिठो गालिका साथ!

 

शबु फेरि लाजले भुतुक्क भएकि थिइन र, एकछिन किर्कर्तव्यविमूढ भएकि थिइन्।

 

दीपको मुखबाट सानो स्वरमा भद्दा गाली र पिडा मिश्रित सुस्केरा सुनेर हो कि किन हो उनको अनुहारमा तत्कालै एक किसिमको दृढता आयो।

उनि फरक्क दीपभएतिर फर्किइन र तुरन्तै झुकेर धारोमा कपाल पखाल्न थालिन् मानौँ उनी कसैले हेरिरहेकोमा अनभिज्ञ थिइन्!

दीप पोलेको औँला मुखभित्र चुस्दै ट्वाल्ल परेर शबुले हतार हतार फर्केर कपाल भिजाउँदै गरेको हेर्दै थियो। उसको आँखाबाट एकपल अगाडि उसले देखेको शबुको सौन्दर्य हटेको थिएन।

गरिस गजप! तेरो सत्तेनाश हुने, एइ बेला चप्पल गाँस्न पर्या तँ असत्तिलाई!

मनमनै आफैँलाई गालि गर्यो।

उसको मुहारमा ग्लानिको गहिरो भाव देखिन्थ्यो। उसलाई आफैँदेखि रिस उठिराखेको थियो। उसले शबुतिर हेर्यो।

मोटो पानीको धारमा शबु यतैपट्टि फर्केर , झुकेर कपाल मिच्दै थिइन् र उनको कपालले उनको मुहार तथा अगाडिको सम्पूर्ण भाग छोपेको थियो!

दीपलाई धाराको उतापट्टि जाने इच्छा भयो!

ह्या हुन्न, झन उसै त गुन्डो भन्ठान्छे झन एस्तो कोइ नभा बेलामा!

उसले आफैँलाई बिरोध गर्यो।

शबु अझै कपाल पखाल्दै थिइन र कुनै पनि बेला उसले कपाल पखाल्ने काम सकिन सक्थ्यो!

दीपलाई उता जाने तिव्र इच्छा जाग्यो!

अइले नै होगए अइले नै हो..!”

दिपको मनमा छटपटि बढ्न थाल्यो।

अइले गयो भन्देखुन रामोराम मलाई गुन्डो भन्छे!

उसले फेरि आफ्नो मनलाई सम्हाल्न खोज्यो।

उसको मुहारमा अत्यन्तै गहिरो छट्पटि र आतुरता देखिन्थ्यो। उसले आफूलाई सम्हाल्न सकेन।

sss के नै हुन्छ र? मइँले के नै गर्या छ र? न्वाउँदै छे कतिबेला उता गयो थाहा पाम्दिन तेल्ले, बरु टाउको न्वाइसक्ना साथ दौडेर एता आम्छु!

दीपको दिमागलाई मनले जित्यो। दुवै चप्पल एकातिर राख्यो र खालि खुट्टा जुरुक्क उठ्यो!

बेआवाज फुत्त तल भुइँमा झर्यो।

शबु, बेखबर आफ्ना दुवै हत्लेका अगाडि ल्याएर धारामा कपाल मिच्दै थिइन्। दीपका आँखा शबुबाट हटेका थिएनन्। उतै हेर्दै दिप उतापट्टि लगभग् दौडियो। उसलाई एउटै पिर थियो कतै शबुको कपाल पखाल्ने काम नसकियोस!

अचानक केहि  कुरा उसको दाहिने छातिमा जोडले ठोक्कियो।

उ ढल्मलायो! धातुको केहि कुरा खस्यो ठूलो आवाजका साथ! आवाज आइनै रह्यो। कुनै खालि गाग्रि भुइँमा खसेर गुड्दै थियो।

कुनै केटि आत्तिएर कराएको आवाज आयो।

ऊ लड्खडायो र कसै संग जुध्यो। उसले अनुभव गर्यो उसका खालि खुट्टा कुनै कपडामा जेलिएका थिए। ऊ उभिन सकेन। त्यसैमा जेलिएर लड्यो। उसले फेरि कुनै केटिको पिडामिश्रित स्वर सुन्यो जुन उसको कानको धेरै नजिकबाट आएका थिए।

ऐया नि आमाssss!”

आखिर ऊ ढल्यो।

उसले कसैलाई थिचेको रहेछ! ऊ सम्हालियो र जुरुक्क उठ्न खोज्यो! कसैको धोतिमा उसको खुट्टा अझै अल्झिराखेको रहेछ। ऊ फेरि ढल्यो।

केटिको पिडा मिश्रित आवाज फेरि आयो। उसले देख्यो र उसले थाहा पायो, शबुलाई हेर्दै हतार हतार हिँड्दा पँधेरामै गाग्रि बोकेर आइपुगेकि चेलीमाया संग ऊ नराम्ररि ठोक्किएछ!

------

 


 
Posted on 07-02-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shabule kati ber nuhai rako.. pnemonia hola hai feri

Chyangba ajhai aayena ...

Last edited: 02-Jul-08 03:08 PM

 
Posted on 07-02-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शब्बु अझ नुहाइराको  सच्चिकै निमोनिया होला है फेरी
खास को हो सबु भनेको? अरु भन्दा नि मार्लिन माइला दाइलाई भन्ने पिर त्यस्तो नुहाएको एक एक सिन लेख्दा त

ऐया नि आमाssss!”  ला बिचरी चेली


 
Posted on 07-02-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी गयो जिम्बाल यो भाग त -
सुपर दुपेर हिट ल -
अर्को एक भाग पनि सब्बु एपिसोड भयो भने त बम्पर हिट हुन्छ।
म त ट्वाल्ल परेर हेरेको हेरै - क्या सिन है

चेली पनि ढली - बेहोशै भयो होला हैन - मदनवाले फेरी अर्को काम पायो अनी चेली ले पनि कुखुरी बजाउन पाउने जस्तो छ - मनमा के के सोचेर आँखा यताउता डुलाउदै हिड्छे अनी - ढंग खोइ

सञ्चै सब्बु किन नआ है - एस्तो कथा लेखेछी आउनु पर्ने हो -


 
Posted on 07-02-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजी र दिपिका पानी भर्ने लाइनमा हो कि के हो?  एकै छिन् नुहाउन दिनु नि बरु चेलीलाई मद्घत गर्न गए हुन्छ। बिचरी अघी उसको नाम आएन भनेर चित्त दुखाउँदै थिइ अहिले भुक्लुक्कै ढलिछ। 

 
Posted on 07-02-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चिकै यो पार्ट त कुन्नी के रेटेड रहेछ, आँफैलाई लाज लायो गाठे लाइफमा फस्ट् ट्याम  यस्तो सिन भएको सिनेमा हेरेर
 
Posted on 07-02-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यती चाँडै नुहाएको सीन खत्तम हुन्छ र भन्या?

औरिजी फिलिम जस्तो डेढ घण्टा र हिन्दी सिनेमा जस्तो ३ घण्टे होइन नि यो त। घर घर कि काहानी मा जस्तो १ हफ्ते सिन हुनु पर्‍यो।

 नत्र, यो सिनेमा बिरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी हाल्नु पर्ने हुन्छ।
 


 
Posted on 07-02-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसको कथा नि दामी रहेछ! पढ्न रमाइलो लाग्यो। जिम्माल बा, तितौरी सबैजना भएपछि मेरोपनि रोल होला नि त्यहाँ? तर तितौरी त माटोमा क ख लेख्ने बेलाको कथा भनेपछि त म डंडी बियो खेल्दै गरेको छु होला कत्तै। कथै त्यो बेलाको परेछ। हे हे हे! राम्रो छ मिस! मलाई कथामा इन्ट्रोड्युस गर्ने हुनुभयो भने, "दश बर्षपछि" लेखेर हाल्नु होला है! बालकलाकार त नखेल्ने! लोल!!

बिर्खे ब्रोले सब्बुले नुहाएको फेरि angle angle बाट बयान गर्दिराको रहेछ। लोल! दीपको चुट्टिएको चप्पल जस्तै होला जस्तो छ भाग्यपनि। त्यस्तो बेलामा त केहि गर्नु सकेन ब्रोले अब चेली बहिनीले बबाल थर्काएपछि के हुने होला!

राहुलदाई! हा हा हा!! बुढेशकाले बिपरित बुद्धि! अहिले नेप्ची भाउजुको हातबाट नराम्रो भेट्ने होला! लोल! एक हफ्ता सम्म चाहियो रे! हा हा हा! कत्ति हाँस्नु!


 
Posted on 07-02-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमेन्ट गर्नेहरु संघ कुरा एकछिनमा, पहिला कथा अलिकता मिलाऊँ!

 

मिलाऊने भाग-

 

(कथाको सुरुतिर पुन्टे बुढा धोबिनीकहा देखिएका थिए र भोलिपल्ट झिसमिसेमै चौतारीमा बिस्टे बुढा र भउतेसंग देखिए, फेरि मध्यान्ह हुँदा नहुँदै स्वास्थ्य चौकीमा देखा परे। के भयो त रातभरि, र, पुन्टे बुढा स्वास्थ्य चौकीमा आउन्जेल सम्ममा?)

 

 

(अघिल्लो रात..)

 

पर्वते आँखाबाट ओझेल भएपछि पनि पुन्टेबुढाले निकै बेर अँध्यारोमा मकैबारी नियाले र झ्याल लगाए। फरक्क फर्केर कोठामा हेरे। जुरेली खाटमा खुट्टा खसालेर निहुरिएर चुपचाप बसिराखेकि थिइन्। धोबिनी उत्सुकता र कर्तव्यबिमूढताको भावले पुन्टे बुढालाई हेरिराखेकि थिइन्। पुन्टेबुढाले निकै बेर निहुरिराखेकी जुरेलीलाई एकटकले हेरे, र धोबिनीलाई हेर्दे भने-

फालहालेर टाप कसि हाल्यो नि मुरदार चिन्नै पाइएन!

नचिने के भो त, यो बाइफालेले भन्छे कुन लबस्तरोसित लठारिएर बस्या थि भनेर! ओइ! डंकिनी! खुरुक्क भन् त, बैँशले कुत्कुत्याएर कुन चइनि मुरदार संग सल्किस तँ?

जुरेली केहि बोलिनन् केवल भुइँ हेरेर बसिन्।

पुन्टे बुढाले हातले इशारा गरेर धोबिनीलाई चुप लाग्न भने।

अगाडि बढे, जुरेली संगै खाटमा बसे र यसो टाउको ढल्काएर जुरेलीको अनुहार हेर्दै बोले-

नहुनु भैसक्यो क्यारे जुरेली, अब क्यार्न घोसे मुन्टो लाम्छेस त नि? को हो भन् न अब, दिल्लाई क्यार्न सकस दिन्छेस ए?

जुरेलीले बुढातिर नहेरिकन भुईँमै नजर दिँदै अपेक्षा गरे विपरीत ढुक्क स्वरमा भनिन्-

तेस्तो केइ नि छइन, पर्वते दाई हुन्, बारिमा भल छिरो भनेर तर लाउन आ रेछन, झ्यालाटि उब्बेर कुरा गर्या हो मइँले!

पुन्टे बुढा वाल्ल परे! धोबिनी रिसले मुर्मुरिएर बोल्न थालिन्-

बारिमा भल छिरेर आधारातमा अर्काको घर आर तरुनि केटि सित बात मार्छ कसइले? हाम्रा आँखामा छारो किन हाल्छेस ए डंकिनी?

पर्वतेदाईले बात मार्नुभो त म के गर्ने?

जुरेलीले पनि ठूलो स्वर गर्दै धोबिनीलाई हेरेर जवाफ दिइन् र फेरि भुइँतिर हेर्न थालिन्। जवाफ यस्तो थियो जस्को प्रतिउत्तर दिन गाह्रो थियो।

पुन्टे बुढाले धोबिनीलाई बाहिर जाने इशारा गरे। धोबिनी नबुझिने किसिमले फत्फताउँदै बाहिन निस्किइन्।

एकछिन कोठामा मौनता छायो।

बुढाले जुरेलीको ढाडमा हत्केला राखेर हल्का सुमसुम्याउँदै भने-

हेर् जुरेली, यस्ता कुरा तेल्लाई थाहा दिन हुँदैन, दिइनस राम्रै भो, मलाई सुटुक्क भने हुन्छ म कोइलाई भन्दिन, कइलेदेखुन हो पर्वते राति राति यता आम्न थाल्या?

होइन पुन्टेदाई होइन, आज मात्रै झ्याल खोल्दा देखेर कुरो गर्या हो कइलेनि आउनुहुन्न!

जुरेलीले आफूलाई बचाउने कोशिस गरिन्।

मेरा तालु तेसै खुइल्याछन् भन्ठानिछेस? सुन लाटि, मलाई भनेर केइ हुन्न आज मात्रै झ्याल खोलेर कुरा गर्या भ तेल्लाई तेसरी दगुर्दै जान क्यार्न पर्नु नि?

बुढाले अनायासै तालु चलाउँदै भन्न थाले।

जुरेली केहि बोलिनन्।

कति भो राति राति भेट्न थाल्या?

पुन्टे बुढाले फेरि सोधे।

भेट्या मात्रै हो कुरा गर्नलाई, मलाई शहराँ काम लाइदिनि रे!

जुरेलीले बिस्तारै भुइँतिरै हेरेर भनिन्।

पुन्टे बुढा जुरेलीको जवाफ सुनेर सतर्क भए! जुरुक्क उठे र कोठामै केहि नबोलि यताउता गर्न थाले!

केट्केटि देखि नै बाठो थो बज्जे!

मनमनै पर्वतेलाई सम्झँदै बुढा फेरि पहिलेको ठाउँमा आएर बसे र भने-

तँलाई ह्याँ खान पुग्या छइन??

जुरेली केहि बोलिनन्।

तँलाई भउतेको मया लाग्दैन?

बुढाले एकछिन सोचेर सोधे।

जुरेलीले मुन्टो उठाएर पुन्टेबुढाको आँखामा पुलुक्क हेरिन् र सहमतीमा तलमाथी टाउको हल्लाइन्।

लाग्दैन भन्या कि लाग्छ भन्या?

बुढाले फेरि सोधे।

लाग्छ!

झिनो स्वरमा जुरेलीले जवाफ दिइन्।

अनि यो पातकी पर्वतेसित के को लसपस् त तेरो भउतेको मया लाग्ने भ केइ मया नि नलाग्ने रेछ तँलाई भउतेको!

जुरेली केहि नबोली भुइँतिर हेर्न थालिन र खुट्टाको बुढि औँलाले भुई कोट्ट्याऊन थालिन्।

झन चिटिख्ख परेको जोडि मिल्छ भनेर मइँले अइ तेरि दिदीसित कुरो गर्दै थेँ भउतेको, के भन्ठान्छ तेल्ले था पायो भन्देखुन, खुबै मस्किन्थिस त भउतेलाई देख्ता?

बुढाले जुरेलीलाई अलिकता कडा स्वर बनाएर सोधे।

भउतेको मया लाग्छssss!

भउतेको माया लाग्ने कुरा गर्दै जुरेलीले आँखाबाट मुल फुटाइन र रुन थालिन्।

पुन्टे बुढा वाल्ल परे।

जुरेली भक्कानो छोडेर रुन थालिन्।

बुढा अलमल्ल परे।

जुरेलीको ढाड मुसार्दै अलि नरम स्वरमा बुढाले भने-

तेस्तो मया लाग्ने रेछ त यो बज्जे गुन्डो जस्तो पर्वतेसित राति राति भेट्न हुन्छ त तइँले? तेइ नि दिदीको आँखा छलेर?

जुरेली धेरै नै रुँदै बिच बिचमा अड्कँदै भन्न थालिन्-

भउते पड्या असल केटा छन्, म नपडेकि धोबिनीको छोरी, शहराँ काम पाए अलि अलि पइसो नि कमाम्थेँ, अनि भउतेलाई मिल्ने जोडी हुन्थेँ भनेरsss!”

पुन्टे बुढालाई एकै पटक आफू बुढो भएको र जुरेली केटाकेटी लाग्यो।

एकछिन घोरिए, केहि सोचे र सोधे-

कइले कुरो गर्यो तेल्ले तँलाई शहराँ काम लाइदिने?

अस्तिन बैशाखपुर्नेको मेलामा!

जुरेलीले आँशू पुछ्दै बिस्तारै भनिन्।

तीन मइना भैसको तिमेरु लुकि लुकि भेट्न थाल्या?

बुढाले फेरि सोधे।

भा छइन!

जुरेलीले झिनो स्वरमा उत्तर दिइन्।

बुढा अलिकता छट्पटिएको जस्तो देखिए। फेरी जुरेलीको ढाड मुसार्दै सोध्न थाले-

ल भन्, पुर्नेको मेलामा तेल्ले तँलाई काम लाइदिन्छु भनेसि कइले कइले कसरि भेटिस सपै बेलिबिस्तार ला त ल जुरेली, म कोइलाई भन्दिन तेरो दिदीलाई नि भन्दिन, तँ मारि हत्ते!

जुरेलीले मजाले सपै आँशु पुछिन् र पुलुक्क रुन्चे अनुहारले पुन्टे बुढालाई हेर्दै एकै सासमा भन्न थालिन्-

बैशाख पुर्नेको मेलामा जिस्क्याइरनु भा थो मलाई, अन्खेरुन मइँले दाई भनेँ। दाई भने नि हुन्छ मलाई भन्नुभो, मइँले दाई भनेर कुरा गरेँ अनि मलाई जेरि र किलिप किन्दिनुभो, शहरां काम लाइदिन्छु पइसो कमाउँछेस, भन्या जस्तो लाउनखान पाउँछेस भन्नुभो! तेसपछि त अस्तिन एकदिन पँधेराँ भेट्या हो अनि शहर जाने कुरो गर्नु छ म राति आउँछु भन्नुभो अनि एकदिन राति आउनुभो अनि आउन थाल्नुभाssss!

जुरेली पुलुक्क पुन्टे बुढालाई हेरेर फेरि रुन थालिन्।

बुढा केहि सोच्न थाले।

ह्याँ आर तिमेरु कुरा गरेर कतिखेर फर्कन्थो तो ?

बुढाले केहि सशंकित हुँदै सोधे।

जुरेली केहि बोलिनन्।

कतिखेर ह्याँटि फर्कन्थो भन्या सुनिनस?

राति

जुरेलीले झिनो स्वरमा उत्तर दिइन्।

राति त राति आउनै राति आएसि….. राति कतिखेर फर्कन्थो?

ब्यान नहुँदै!

जुरेलीको स्वर झन मसिनो भयो!

बुढा अवाक भए! निकै बेर कोठामा निश्तब्धता छायो। केहिबेर पछि बुढा उठे र पुलुक्क ढोकातिर सतर्क भएर हेर्दै जुरेलिलाई सानो स्वरमा भने-

सुन् लाटि, जे भयो भयो भा कुरा फर्किँदैन, तो पर्वते असल खराब कस्तो छ उइ जानोस तर अब तइँले एसो गर्न भन, म धोबिनीलाई केइ हइन रेछ भन्छु तँ तेल्लाई कइलेनि नभेट् अब! बाँकि कुरो एकदुई दिनमा म आम्छु अन्खेरुन गरम्ला!

जुरेलीले पुन्टे बुढालाई हेर्दै आँशु भरिएको डबडब् आँखा लिएर सहमतीमा टाउको हल्लाईन्।

बुढा ढोका बाहिर निस्किए।

ढोकामा धोबिनीले इशाराले के भएको जान्न खोजिन्।

पर्वते बजिया झ्याल खुलै देखेर जिस्क्याइरा रेछ, नानाथरि सोचेर हाम्ले! यो लाटीलाई झ्याल बन्द गरेर सुत्न लगा तइँले अबदेखि, गामका केटा उरन्ठेउला छन्!

बुढाको कुरा धोबिनीलाई पत्याऊन गाह्रो लागेको जस्तो देखियो उनको मुहार हेर्दा। उनि टुलुटुलु पुन्टे बुढालाई हेर्न थालिन्।

बेकारमा तेरि बइनिलाई नानाथरि भन्ठानिरा मइँले! तइँले नि गालि गर्न नहुनि बित्थाँ, हेर् त रोएर छुट्टि छ! जा तँ बइनि फुल्याउन भित्र जा, म घरतिर जान्छु अब!

बुढा भर्याङ ओर्लिन थाले।

धोबिनीलाई पुन्टे बुढाको कुरा पत्यार लाग्या जस्तो पनि नलाग्या जस्तो पनि भयो।

तल ओर्लेर बुढाले मुलढोका खोले र बाहिर आएर ढप्क्याए।

झरिमा तालु भिजाउँदै पुन्टे बुढा घरतिर जाँदै थिए र गुन्गुनाउँदै थिए-

स्त्रीया चरितम् पुरुषस्य भाग्य……..”

-------

Last edited: 02-Jul-08 04:30 PM

 
Posted on 07-02-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


छुटेको दुई भाग बल्ल बल्ल पढि भ्यएको थिए अर्को भाग आएए सकेछ, यो भाग अब एक छीनमा पढिन्छ।
त्यो मदनवाले भालेको साप्रा स्वाम स्वाम चपाको सिन हेर्न मन छ मलाई चै, अनी दिप ब्रोले चै मस्ती गरेकै हो ल।


 
Posted on 07-02-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस पनि खतरा कथा लेख्नु हुने रहेच नि, ---

लौ न मुखाँ राखेओ पोलेओ अदुवा मुखैआँ र’छ।‘  ---   यो सीन मा मलाइ मेरो जिजु हजुरमुआ याद आयो, ९५ यियर्स को हुनुहुन्थ्यो, दात थिएनन म र मेरो भाइ उहा का प्यारा थियोउ, हामि भने मात्तेर जिस्कौने -- चिविङ गम लगेर ल यो खाइस्यो भनेर दिने अनि पन्द्र - बिश मिनेट पछाडि अब देखाइस्यो भन्ने -- अनि उहा ले आँ गरेर देखौदा गम जस्ता को तस्तै -- हामि चाइ भुइमा लडिबडि गर्दै हास्थिम।

‘’भइमा झरण किरिस्न भइमा झरन

आपत्पर्यो हामीलाई रक्षे गरन!’’   यस्तो भजन त मैले  कहिलेइ नसुन्या         

हो के। अनिपछि हजुरले टेक्ने लौरो बालेकिम मैले           

=====

चौतरि फिलिम

सब्बु सच्चै निमोनिया ले बिरमि पर्ने भैन--हैन दिपु, क्रेज्ज ले भन्या जस्तो, सबु भन्ने को हुन्,? मार्लिन है सब का सब आखा च्यातेर हेर्ने पाटि हरुलाइ

 

अनि हाम्रो राहुलदाइ के भा होला --एक  हफ्ते सीन चाइयो अरे--   

‘’भइमा झरण किरिस्न भइमा झरन

आपत्पर्यो हामीलाई रक्षे गरन!’’    गाएर बस्ने बेलाँ

 


 
Posted on 07-02-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्तो मया लाग्ने रेछ त यो बज्जे गुन्डो जस्तो पर्वतेसित राति राति भेट्न हुन्छ त तइँले? तेइ नि दिदीको आँखा छलेर?”

लौ न नि हाम्रो पर्बते मार्साब लाई कस्तो बिशेषण दिएको यस्तो? सोझो त त्यस्तै हो गुण्डा चाँही................................... । बुढोले पक्कै तिन पाने चढाएको हुनु पर्छ।
 


 
Posted on 07-02-08 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ऐया आमा मरिहालें नि म... खुट्टै भाँचियो जस्तो छ!! लौन कसैले समात त्यो दीप भन्ने  गुण्डालाई, आँखा पनि खल्तीमैं हालेर हिंडेको थियो जस्तो छ"  --- अब मैले यसरी गाली गर्छु हो माल्दाइ ?

गाली मात्र गर्या होइन झ्याम्मै चड्काको देखाउनु है, सिरियलका हिरोइनले जसलाई मनलाग्यो त्यसलाई जतिबेला मनलाग्यो, त्यतिबेला चड्काएजस्तो !!

 

शब्बु भनेकी पनि हाम्रै चौतारी कि हुन् ? देखिन् भने साँच्चै मार्छिन् सबैलाई !!!

छ्या यो ठूल्दाइ नि के भाको? भाउजुलाई बोलाउनुपर्यो भएन!! कुचोको म: म: खुवाउन !!

पर्वतेको व्यवसाय के हो??   शंका लाग्यो है मलाई!!

लहरे मेरो हिन्ने ढंग त छ नि दिप आएर ठोक्कियो त म के गरुँ !!

 


 
Posted on 07-02-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो पो रैछ पर्वते - मलाई पैले देखी थाहा थियो एक नम्बरको फटाहा भनेर
तर एतीको थियो भनेर सोच्या थिएन लौ।

शहरआँ लगेर काम लगाइदिने रे - कुन चाँही शहर - बम्बै हो कि
एस्तो काम पनि गर्ने हो - यो त नम्बरी भिलेन भएर पो आयो त गाठेँ।

भउतेले भकुर्ने भयो एस्लाई - हेर्न त मजै आउछ के रे -
पहिले त पुण्टे बुढाले नै बजाउछ जस्तो लाग्यो मलाई, अनी तेस्पछी रिट्ठे
छदैछ, नै लास्टाँ आएर भउते - अली जिउ मा तेल हालेर बस है अहिले देखी
ग्रह दशा ठीक देखादिन म।

 


 
Posted on 07-02-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा बबाल लेखिएको रहेछ यो भाग त झन! म त गाउँको सबैभन्दा बबाली खलनायक मै हुँ भनेको त पर्बते म भन्दा नि खतरा रहेछ। हा हा हा छुपेरुस्तम पर्बतेले झन्डै जुरेलीलाई शहर लग्या! बाबा हो! जेरी र किलिपपनि इन्भेस्ट गरिसकेको रहेछ! नसकिने भो!

फेरि पुन्टे दाई चाँहि किन नि ढाड मसारी मसारी कुरा गर्नुपर्ने नि! सबै उस्तै हुन्!

चेली ले फेरि पर्बतेको ब्यवसाय के हो रे! हा हा हा!! हो भन्या! लु दुधको दुध पानीको पानी गर्न परो!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters