भाग-२०
दुइ हप्तापछि उसले एक चोटि फेरि साक्षीलाइ भेट्ने मौका पायो, तर एक्लै हैन वकिलको साथमा। परिस्थिति यति गम्भिर भयो कि उनिहरुले कानुनी रुपमा पारपाचुके गर्नै पर्ने भयो। अहिले साक्षीको परिबारको दबाब थियो, उसको लागि बाध्यता। शायद साक्षीसङको यो अन्तिम भेट नै हो भन्ने कुराले उसलाइ पिरोलीरहेको थियो। साक्षीको दिदीलाइ उ र साक्षीको बीच केहि हुन गइरहेको छ भन्ने कुराको आभास भइसकेको थियो। यो बेला साक्षीको मनमा अरु परिबर्तन हुनु ठिक थिएन। उसको लागि राम्रो केटाको प्रस्ताब थियो, जसलाइ साक्षीको बिगतसङ कुनै चासो थिएन।
२-३ दिनदेखि उ सामान्य हुन सकेको थिएन, उ बेला बेलामा हडबडाउने, अहिले गरेको कुरा एक छिनमै बिर्सिने गरिरहेको थियो। यसपटक वकिलले सबै काम मिलाइसकेको थियो, मात्र दस्तखत गर्न थियो त्यो पनि वकिलकै कार्यालयमा। समय भन्दा केहि अघि पुग्ने सल्लाह गरेको थियो उसले साक्षीसङ। त्यसैले आधा घन्टा अघि जस्तो साक्षीलाइ उसकी दिदीले ड्रप गरी। आज पनि जरुरी काम परेकोले साक्षीकी दिदी तुरुन्तै हिडि हाली। जाने बेलामा साक्षीलाइ के के सम्झाएकी जस्तो टाढाबाट उसले देख्यो। साक्षी सानो नानी जस्तो टाउको हल्लाइरहेकी थिइ। उसले सोच्यो साक्षी अझै उस्तै सरल छे, जसले जे भने पनि आज्ञाकारी बालक जस्तो मानीदिन्छे। साँच्चै नै उसको आफ्नो बिचार छैन, रहर छैन।
साक्षीले सेतो र कालो बुट्टा भएको कुर्ता लगाएकी थिइ। उसको लुगाको रङले हो कि आजको दिन नै त्यस्तो हो उ असाध्यै उज्याली देखिएकी थिइ। उसले साँच्चिकै आफ्नो भावनालाइ लुकाएकी हो वा उ शान्त नै देखिएकी हो उसले छुट्याउन सकेन। यति धेरै घटनाहरु घटिसकेपछि पनि उसले साक्षीलाइ आफ्नो जिबनबाट हटाउन सकेको थिएन। शायद यो उसको मात्र भ्रम थियो, साक्षी त पहिले जस्ती थिइ, अहिले पनि त्यस्तै छे। लामो स्वाश तानेर उसले साक्षीलाइ सोध्यो।
"के तिमीलाइ एउटा हस्ताक्षर ले सम्बन्ध सकिने वा शुरु हुने कुरामा बिश्वाश लाग्छ?
शुरुमै अचम्मको प्रश्न सुनेर साक्षी एकछिन उसलाइ हेरिरही, त्यसपछि उ सङैको मेचमा बसी, कोठामा पत्रिकाहरु थिए, तर कोहि थिएनन्। वकिल पनि आइपुगेको थिएन शायद। ढोका खुल्लै थियो, बाहिरबाट जसले पनि उनिहरुको संबाद सुन्न सक्थ्यो, ढोका नजिकै माथि जाने र तल झर्ने भरेङ् थियो। मानिसहरु ओहोरदोहोर गर्दैथे।
"किन यस्तो प्रश्न? जे हुनुछ, भइहाल्छ।" साक्षीले मधुरो स्वरमा भनी।
"तिमीले त यही चाहेकी थियौ, तिमीलाइ के फरक पर्छ र?" उसलाइ रिस उठ्यो।
"तपाइलाइ नि?" साक्षीले तुरुन्त सोधी।
"थाहा छैन!"
"त्यसो भए फरक त कसैलाइ नि पर्ने रहेनछ।" साक्षीले थ्यौरी जस्तो सुल्झाउन खोजी।
"म २-३ दिनदेखि बेचैन छु, न केहि कुरामा ध्यान दिन सक्छु, न त काममा मन लाग्छ। यस्तो लागिरहेछ, कोहि तिमीलाइ म बाट छुटाएर लादैछ सधैको लागि। किन यस्तो भइरहेछ?" उसको अनुहारमा तनाब देखिन्थ्यो।
"अब भावनाको भुमिका रहेन, बास्तबिकतासङ सामना गर्नु पर्छ, म त आफुसङै छैन।" साक्षी सकेसम्म उसलाइ सम्झाउने पक्षमा थि।
"तिमीलाइ के लाग्छ? आजको दिनपछि मेरो मानसपटलबाट तिमी अचानक हराउछौ? के हामीसङ स्मरणयोग्य त्यस्तो कुनै पल छैन जीबनको? जसले कहिले कहि मिठो अनुभुति दिन्छ?"
"त्यसको केहि अर्थ छैन, हाम्रो सम्बन्ध धेरै पहिले समाजले अमान्य घोषित गरिसक्यो। अहिले हामी नजिकिन खोजेका छौ किन भने हामी सम्बन्धको घेराबाट हामी पराइ भैसक्यौ।"
"साक्षी! तिमी यति असंबेदनशील छौ भन्ने कुरा मैले किन सोचिन।" उ उठ्यो र कोठामा एक कुनाबाट अर्को कुनातिर हिंड्नथाल्यो।
"बाहिर पानी पर्न थाल्यो जस्तो छ।" साक्षीले झ्यालबाट पर पर हेर्दै केहि बेरपछि त्यति मात्र भनी।
"तिमी खालि बाहिर देख्छौ भित्र पनि त्यस्तै छ।" उसले ब्यङ गर्यो।
"म के गरुँ ??" साक्षीको मनको बाँध भत्कियो।
उ बस्यो साक्षी सङै, केहि भन्न सकेन, त्यतिकैमा वकिल आइपुग्यो। वकिललाइ काम सकाउनु थियो, फाइल खोज्न थाल्यो, कहा कहा साइन गरे पुग्छ बताउन थाल्यो। एकैछिनमा साक्षी र उसले प्रत्यक कागजमा हस्ताक्षर गर्न थाले। त्यहा कुनै प्रश्न थिएन न त जवाफ नै। समय छिटोछिटो दौडिरह्यो।
"ल काम सकियो।" वकिल हाँस्यो, उ हाँस्न सकेन, साक्षी उठी, नमस्ते गर्दै भरेङबाट वर्ली। उ पनि वकिलसङ बिदा मागेर साक्षीको पछि पछि गयो।
बाहिर सिमसिमे पानी परिरहेको थियो, साक्षी भिज्दै भिज्दै बाहिर निस्किरहेकी थि, एकैछिन एउटा पसलको आडमा उभिइ, शायद दिदीलाइ कुरीरहेकी थि। उ पनि पुग्यो त्यही। वरिपरि मानिसहरु छाता ओढेर हिडिरहेका थिए, कोहि ट्याक्सी रोक्दै थिए। कोहि पसलमा किन्दै थिए। यो सबै कुराबाट बेखबर उसको आफ्नै अन्तिम इक्षा थियो।
"साक्षी! म तिमीलाइ घर पुर्याइदिन्छु।"
"दिदी एकछिनमा यही आउनु हुन्छ।"
"अब म तिम्रो कोहि हैन।"
"यो संसारमा कोहि पनि कसैको हुदैन।"
"तिमीसङ यो कोहि पनि हैनले चिया पिउने अनुरोध गर्न सक्दैन?" उसले नजिकैको एउटा चियापसल देखायो।
"यो अन्तिम चिया हो तिमीसङको!" उसले फेरि अनुरोध गर्यो।
"दिदी, आइहाल्नु भयो भने?" साक्षीले डर ब्यक्त गरी।
नभन्दै साक्षीको दिदीको मोटर वकिलको अफिस अगाडी रोकियो, साक्षी बाटो काटेर उतै जान थाली। उ पनि साक्षीसङै भिज्दै बाटो काट्यो। पानीमा रुझ्दै उसले सङै हिँडेकी साक्षीलाइ भन्यो।
"यस्तो लाग्छ साक्षी! तिमीलाइ अन्तिमपटक अङालुँ, तिम्रो निधारमा मिठो स्पर्श गरुँ। तिमीलाइ कहिले टाढा जान नदिउ। तर यो परिस्थितिमा अब म मा त्यो सामर्थ्य पनि रहेन!"
पानीको थोपा हो वा आँसु साक्षीको गालाबाट झरिरह्यो, त्यसपछि उसले यति मात्रै भन्न सक्यो।
"कहिले कहि मलाइ पनि सम्झ है साक्षी!" साक्षीले फेरि एकचोटि "हुन्छ" भने जस्तै गरी टाउको हल्लाइ। उसले परबाटै देख्यो साक्षीको दिदी उनिहरुतिरै आइरहनु भएको थियो, उसलाइ त्यहाबाट अघि जान मन लागेन । सम्बन्ध टुटिसकेको थियो, अब औपचारिकताको के अर्थ?
समाप्त!
ma_ lure Jyu!
Thank u for commenting after each part!
khalnayak chahi ko bhayo hola end maa?
Thanks a lot!