[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 155525 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-18-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow deep dai ko kabitaa :D
 
Posted on 01-18-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जीको कबिता, मन पर्‍यो ।

सबिता आउने हुन कि बबिता,
कस्को भर छ र?
रमिता नआई आउने भए कबिता
के डर् भो र?
 
Posted on 01-18-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! क्या क्या कुरा भइरा'रेछ यहाँ!

जदौ सबैलाई
 
Posted on 01-18-07 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्ले हो पिंडालुलाई अंग्रेजीमा के भन्छ भनेर सोध्या जस्तो लाग्छ। मलाई थाहा भएसम्म "taro" भन्छ क्यारे!

http://en.wikipedia.org/wiki/Taro

 
Posted on 01-18-07 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई सुन्नै मन छैन भने मैले गाएर मात्रै के गर्ने ? ? ?
तिमीलाई दिनै मन छैन भने मैले पाएर पनि के गर्ने ? ? ?
तिमी चाँही निर्बस्त्र मैले नाना लाएर मात्रै के गर्ने ? ? ?
भोको तिमीलाई गिज्याइ-गिज्याइ मैले खाएर मात्रै के गर्ने ? ? ?

कति बिन्ती गरे मैले देखेकी थियौ तिमीले
स्राप उपहार सम्झी के लेखेकी थियौ तिमीले ?
भैगो अब निर्दोशिलाई 'न' सराप भैगो
जिउदो लाश बाकी छ 'मन' त त्यतै गैगो । । ।


तिमीलाई सुन्नै मन छैन भने मैले गाएर मात्रै के गर्ने तिमीलाई दिनै मन छैन भने,,,,,,,,,,,,,,
 
Posted on 01-18-07 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! क्या क्या कुरा भइरा'रेछ यहाँ!

जदौ सबैलाई

लौ नयाँ चौतारी पनि बनिसक्एच्, आफुले त फुर्सद नै नपाएर हैरान । एसो नमस्ते भन्न आएको नि सबैलाई । को को छन हे चौतारीमा ।
 
Posted on 01-18-07 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते, तारेमाम है, कता बेपत्ता, मुग्लान पस्यो भन्यो हल्ला ब्यापक् छ।
 
Posted on 01-18-07 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुग्लान त के हुनु, येतै हो। बरु हलो जोत्न सजिलो होला यो कुन्नी के जाती RESEARCH गर्न सारै आपत् रैच्।
 
Posted on 01-18-07 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते , के भनेको त्यस्तो । ल भन त सर्च भनेको केहो? अनि दोहर्‍याएर सर्च गर्‍यो भने रिसर्च हुन्छ, यस्तो सजिलो काम लाइ हलो जोत्ने सँग दाज्न मिलडाईंन गाँठे । अमृकन् ले हलो जोत्न सक्दैन, नेपाली ले रिसर्च गर्न सक्छ, होइन र भने चिलिम् तानेर।
 
Posted on 01-18-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त हो तैपनि चौतारी मा आउने फुर्सद पनि नभ्एर कहिले कहिले त साह्रै बोर लाग्छ ।
 
Posted on 01-18-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते, खुसुक्क भन है, त्यो रिसर्च चाँही कुन बिषय मा पर्‍यो क्या र, मेरो चिलिमे रिसर्च सँग मिलेछ भने चिलिम सातासात गर्नु हुन्थ्यो क्या र।
 
Posted on 01-18-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-18-07 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!
:)
 
Posted on 01-18-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि राहुले बुडाको चिलिमे रिसर्च चाँही के पर्‍यो होला।
 
Posted on 01-18-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन राते, पहिला कस्ले सोधेको, रिसर्च को बिषय? मैले के राते ले? पालो मिच्ने काम चाँही नगरम है, पहिला आफ्नो भन अनि म भन्छु । धेरै भाउ न बढा, एक चिलिम दिम्ला बरु ।



मिस तारेमाम्, है, भुजा जिउनार् भयो?
 
Posted on 01-18-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो रिसर्च त त्यो चिलिम को बुटी के ले बन्छ अनि तेस्मा कति निकोतिन् हुन्छ भन्ने हो
 
Posted on 01-18-07 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते चौतारीमा भन्न न मिल्ने भए, बिजुली पत्र पाम न ।
 
Posted on 01-18-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

बल्ल बल्ल केही दिनलाई यो रिसर्च भन्नी चिजबाट छुट्टी पा' बेला राते चैं के को बुटीको रिसर्चको कुरा गर्या होला?
 
Posted on 01-18-07 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राति हुँदो चौतारीमा के को सर्च को कुरो भै'रा हो? खै बरु चिलिम सल्काम। पुण्टे बुडा पनि हासेर गएछन, मास्टर्नी दिदी पनि हाँसेर हिड्नु भएछ, राते र ठूल्दाइ चैं के को गन्थन हो, ल तानुम तानुम चिलिम।
जय शम्भो!!
 
Posted on 01-18-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब ज्यू नि आएछन, सकियो कुन्नी के थियो नि आज?
:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters