[VIEWED 223416
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद
रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म चकमन्न यो झरीमा बास बिसाइदिम् कि छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि -------------------------
चौतारी समाचार को मुख्य अँशहरु: " रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" " माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा" "ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको" "चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्
Last edited: 13-Sep-07 03:00 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-17-07 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ भउते, कूरै नबुझी तेस्सै रिसाउनी ? मैले ज्ञान बहादुर राजा वाला राजा भन्या हो र ! "राजा हिन्दूस्तानी"को राजा भनेको नि
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-17-07 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो सान्नानी भउते लाई मात्र टुसु टुसु ला'र पठाउनी खाना ? हँ? हामी चाँही मरिसकेउ? हँ?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-17-07 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ए त्यसो भा'त ठीक छ, रिठ्ठेसान। लु हात मिलाम अब। भान्जीले त्यस्तो मुयाँ मानेर खाना पठाउनु भा'छ भन्ने थाह पाए पछि, हाताँ नपरे नि डकार आइसक्यो मलाई त। पेट पनि चस्किन सुर भैसक्यो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-17-07 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-17-07 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै किन हो आज को चौतारीको गति दुर्गति भए जस्तो लागो। चुपचाप छन्। यस्तो ताल् ले खै कहिले पुगिएला एशियाली मापदण्डमा?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-17-07 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ढ्याsssऊऊऊ!!! ऐया! ढिलै भ' नि पेट चर्कने गरेर खाइयो गाँठे!! खै ठुल्नानि छैनिन्, सान्नानी सुपारी छ???
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-17-07 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ला अनुराधा किन स्कुल् नआ होला? पढेँ ठुल्दाई हजुरको कथा सलल बगेको अत्ति राम्रो स्टाइल छ। अब मामाले के पठाउने त भन्जीलाई?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-17-07 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के खाको जिम्माल बा? सुपारी ल मैले फाले दक्षिण तिर catch
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-17-07 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह् सान्नानी नि झुल्के छ, तारेमाम् है। स्कूल किन न आएको भनेर भोलि सोधेर लेखौला है, अनुराधा सित। कथा पढिदिनु भएको मा धन्यबाद।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-17-07 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऐया नि बाबा!! मरेँ! आइयाss! सुपारी समात्न खोज्या, तेइ बेला यो असत्ति हातले धर्म छोडेर सिधै पुर्पुरोमा लाग्यो सुपारी!! ऐयाss!! टुटुल्को नै उठो जस्तो छ!!! "कुन्ताss जिम्माल सुपारी चपाको!"" भन्या जस्तो भओ!!! हेरि मइँले खा' कुरो किन गर्नु सान्नानि! हुन त हिजो पका' हो, आज बाँकि थो सुन्ने भा' ल सुन- १) लाम्चा दाना गरेका चामलको भात २) घ्यूमा जिरा, प्याज र लसुन झानेको दाल ३) रामतोरिया मजाले भुटेको ४)घिरौँला घोटि घोटि पका'को ५) रायोको साग ६) गोलभेँडाको अचाल (टिम्मुर भने नहालेको) शुद्ध शाकाहारी खाऔँ, भुँडि बढ्न नदिऊँ!!
|
|
|
KaLaNkIsThAn
Please log in to subscribe to KaLaNkIsThAn's postings.
Posted on 09-17-07 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे ब्रोको गफ नि फेरी, उफ्, भाउन्न हुने हेरी, शाकाहारी खाएर भूँडी नबढ्ने भा भे त, तो बियर नि त शाकाहारी हो नि -- मासु हाल्या हुन्न -- खायो कि भूँडी टुनुक्क भई हाल्छ -- एकचोटी टुन्ुक्क भा पेट ज्यानकाटे घटे त मरिजाम्। त्यो शाकाहारी बियर खाएर चैं किन भूँडी पुराण बढ्ने नि? खाना कै कुरा चाँहि -- त्यो रक्षाबन्धन सिजन आयो कि क्वाँटी खाम खाम लाग्छ -- एस पाली नि क्वाँटी खान पाईएन् -- कहिले खान् पाम्ने हो -- भगवान लाई जप् हान्नु पर्ने भा जस्तो छ -- क्वाँटी खान पाम् प्रभू भनेर -- तर क्यार्नु, भगवान् लाई उ संग लप परोस भन्दै जप्दै फुर्सत छैन -- क्वाँटी भन्दा त उ नै जरुरी छ रे क्या --कवाँटी ख्वाउने उ संग लप परोस भनि जप् हान्नु पर्ला अब
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-17-07 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो शाकाहारी रौसी सँग मुठाको मुठा कुखुराको साग पनि बुत्त्याउनीहोला, अनि भूँडि नबढेर टाउको बढ्छ त लङ्के? जिम्माल-बालाई नि दर्शन अरेँ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-17-07 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल कलंकी! आँssच! उहिलेको चिनजानको मान्छे पर्यौन्त सोम, ब्रोलाई के डाँट्नु हौ! कुरा यस्तो छ-- आफ्नो त भर्टिकल बढ्न छाडेदेखि होरिजेन्टल बढ्न थालेको! हाइट मरिकाटे पाँच-सात बाट बढेन भनेर तन्काउने, उचाल्ने, उफार्ने, लतार्ने सब सके जति बबाssल गरेको, भरे भर्टिकल त बढेन होरिजेन्टल बृद्धी पनि सबै भुँडितिर रि-डाइरेक्ट!! किन भयो भनेको त, तन्काउने, उचाल्ने र उफार्ने काममा कतिबेला फुलस्टप लागेछ है, तर लतार्ने काम चाहिँ कन्टिन्यू दे'को देई गरिएछन्त! अन्त हरिप सोच्यो है यो ज्यानले मनमनै बबाल डिसकसन गरेर निसकसन निकाल्यो-- लप पर्ने सम्भावना भुँडि बढ्ने यथार्थ संग व्युतक्रमानुपातीक हुन्छ! अर्थात, प्रोब्याबिलिटि अफ गेटिङ च्वाँक इज इनभर्स्लि प्रपोर्सनल टु दि रियालिटि अफ गेटिङ फ्याट!ह्वेन इटिङ ह्याविट इज कन्स्ट्यान्ट!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-17-07 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए भउते! यो "बुत्त्याउनीहोला" भन्ने शब्द कताटि सिक्यौ हँ??? यो त हाउँरो तिर बोल्ने भाषा परो!!
|
|
|
KaLaNkIsThAn
Please log in to subscribe to KaLaNkIsThAn's postings.
Posted on 09-17-07 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" प्रोब्याबिलिटि अफ गेटिङ च्वाँक इज इनभर्स्लि प्रपोर्सनल टु दि रियालिटि अफ गेटिङ फ्याट!ह्वेन इटिङ ह्याविट इज कन्स्ट्यान्ट!" एैया ! प्रभू त्यो गोडा ट्वाईलेटाँ गएर धोई, पखाली, नङ्ग-सङ्ग काटेर, अत्तर सत्तर हालेर आम त प्रभू एकचोटी!! नढोकी भएन। त्यसको बाजे जमानामा फिजिक्स ट्युसन पढ्दा सोभियत मान् ले बुझाउन नसक्या न्युटनको "ल" को नि जिजुबाजे "ल" उत्पादन गरेर सम्पादन गरेर साझामा प्रकाशन गर्ने त्यस्ता धुरन्धर बिर्खे आईन्स्टाईन को खुट्टा ढोक्न पाए धन्य हुन्थें प्रभू। हाम्रो नेपालाँ त जति भूँडी बढ्यो उती खाई लाई पाका संतान भन्छन् है -- अब यस्तो ज्यानमारा दिमाग र ज्यानमारा भूँडी भाका बिर्खे लाई छोरी दिन बिचलित पोटेन्सियल ससुराली खलक टनाटन होलान् है -- धन्ना मान्न पर्दैन -- द कम्बिनेसन् अफ गिदी एण्ड भूँडी इज डाईरेक्ट्ली प्रपोर्सनल टू द अमाउण्ट अफ् पोटेन्सियल हुनेवाला ससुरा !! ल किप ईट अप। भाउते, त्यो शाकाहारी बियर संग के के खाएर के के बढ्या छ त्यो सब देखाउन थाल्यो भने साझामा उत्तानोटाङ्ग लाउछ सान ले, भो -- बढ्या-घट्या कुरै नगरौं भूँडी बाहेक -- हुन्छ नि एउटा, कुरा मा कुरा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-17-07 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब चाइन्जो, के जाति समानुपातिक के जाति ब्युतक्रमनुपातिक भन्ने कुरो जो छ त्यो यस्तो छ। च्वांक फेला पर्नु न पर्नु भनेको भाग्य संग समान बितरण पक्ष ( Normally distrubuted हुने कुरा हो। छोरि दिने र लिने संग भुंडी बढ्नु न बढ्नु को दूर् दूर् तक कोइ रिश्ता नहिं भन्छन्। अब लर्की पत्तिनु को संग directly propotional हुन्छ त्यो त लक्ष्मी प्रसाद लाई ( कबि होइनन् नि फेरि) सोध्नु पर्ला। कुबेर प्रसाद र गंगुतेली बिच कसलो छनौट होला सोचनिय नै छैन। "खल्ती मोटा भए, ज्यान चल्ता भए" प्रिथ्वी बुढाले त्यसै भनेको होइन क्या?
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-17-07 4:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लोल!! लु अब चौतारीको पुङमाङे पदक बिजेताको हैसियतले, यि दुई साध्यहरु पास गरिएको घोषणा गरेको छु: चौतारी साध्य १) प्रोब्याबिलिटि अफ गेटिङ च्वाँक इज इनभर्स्लि प्रपोर्सनल टु दि रियालिटि अफ गेटिङ फ्याट!ह्वेन इटिङ ह्याविट इज कन्स्ट्यान्ट! चौतारी साध्य २) द कम्बिनेसन् अफ गिदी एण्ड भूँडी इज डाईरेक्ट्ली प्रपोर्सनल टू द अमाउण्ट अफ् पोटेन्सियल हुनेवाला ससुरा
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-17-07 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-17-07 4:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ है फेरी आए म त । नमस्ते अरम सपैलाइ पहिला । अनुराधा भाग-३ (साप्ताहिक हो?) राम्रो छ । सम्झी राखिने । भउते काजी को के छ खबर? सञ्चै हैन त? जिम्माल बा, जिम्मालनी आमै फर्किएकी छन कि छैनन? पञ्चमि त गैसक्यो नि त । के जाती भन्ते के रे "फकाइ फकाइ ल्याम्चन कोचाइ कोचाइ ख्वाम्चन पञ्चमि का भोली पल्ट रुदै पठाम्चन्" दिदी बहिनी का ब्यथा नि हैन? प्रुभ दयाट : प्रोब्याबिलिटि अफ गेटिङ च्वाँक इज इनभर्स्लि प्रपोर्सनल टु दि रियालिटि अफ गेटिङ फ्याट!ह्वेन इटिङ ह्याविट इज कन्स्ट्यान्ट!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-17-07 6:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अचेल फेरि फुर्सदै छैन। सखारै घाम नउदाउँदै निस्कन्छु, बेलुकी पख छिर्छु, अनि १-२ घण्टा समाज सेवा मै डुब्छ, अनि सुति हाल्छु। तै नि हिजो राती सुत्ने बखत साह्रै सम्झना आयो भउतेको। निदाउन अघि कुरा गरि हालम् न भुनेर फुन लगाएं। श्वर त उसैको थियो, ठ्याक्कै चिनियो, तर बोली: "परपरपरपरपरपरपरपरपरपर...पुन्टे...आथाथाथाथाथा...दा...पिरररररररररररररर पुरररररररररररर...लबलबलबलबलबलबलब...बुलबुलबुलबुलबुल...ब्ररररररररररररररररररररर" नकचरो के खान बौलायो कि मै संग मस्क्यो, मेसो पाईन त नि। आज बल्ल अलि कति फुर्सदाँ चौतारी च्याउन पा'को, बल्ल कुरा बुझियो! सान्नानीले चइनी दुईटा गोलभेंडाँ एक मुट्ठी टिम्मुर राखेर अचार बनाईडे के रे!
|
|