काकडभिट्टाको पैसा सटहि काउन्टरमा दशैको नियमित भिड थियो । पुराना साथी; बल्ल बल्ल दशैमा भेट भएर बिना प्लान घुम्न भनेर हिडेका -सिलिगुडि । म बर्ष दिनपछि काठमाण्डौंबाट फर्केको थिएं । सुधाले रोकटोक गरिनन् । मिल्यो भने एउटा माइक्रोवेभ ओभन किन्ने विचार थियो, रहर पनि गरेकि थिइन् । फेरि हाम्रो सल्लाह पनि थियो यसपालि को दशैमा फजुल खर्च नगर्ने । त्यहि अनुसार भारु पैसा साटें, रोशन र तिर्थ ले पनि आ-आफ्नो हिसाब गरे।
गर्मी नै थियो त्यो दिन । त्यो मेची पुल जांदा, ओरालोमा रिक्सामा आएको आनन्द । अहो, बडो मीठास पूर्ण । म सुधासंग त्यो बाटो हिडेको थिंइन । एकचोटि उनलाई लिएर आउने मन भयो । मोबाइलमा 'टावर' फुल थियो । 'missed call' गरिदिए । बिहे भएको २ बर्ष नाघे पनि, हाम्रो प्रेम छेडछाड् यसरी नै चलेको थियो।
'पारि' को वातावाण नेपालको भन्दा फरक थियो । मलाई त हावा नै अर्को जस्तो लागेको थियो ।
तिर्थ त्यो वातावरणमा बढी भिजेको थियो । यो बसमा जाऔं छिटो पुगिन्छ भन्यो । हामी उसको पछि लाग्यौं । बस लगभग खालि थियो । म र तिर्थ सगैं बस्यौं । रोशन एक्लै । बिस्तारै बसमा मान्छे बढ्दै गए ।
'मत्वालि' अनुहार गरेका २ वटि कलिला ठिटीहरु बसमा चढे । रोशनले आफ्नो सिटमा ठाँउ बनायो । सानी चाँहि आएर उ संग बसिन् । हरियो टि र कालो जिन्स; हामीले जिस्काउने बहाना पायौं ।
बस अगाडि बढ्यो ।
सिलिगुडि पुग्दा सम्म गाडिमा यात्रुको भिड धेरै भएको थियो । जसो तसो हिलकार्ट रोड पुगियो । 'शहर त ठुलै हो' मेरो पुरानो प्रतिक्रिया दोहोरियो । यता उता डुल्न थालियो । गर्मि थियो तर पनि मतलब गरिएन । कहिले स्कुले बेला को छेडछाड त कहिले खेलकुदका गफ । सिलिगुडिको बजार अनि हाम्रो उधेश्य हिन भ्रमण । हामी अझै केटाकेटि नै थियौं ।
घुम्दै जांदा I. Sc. मा bio group ki साथी भेटिइन् । श्रीमान र छोरोको साथमा । धेरै मोट्टाइछन्। तर मुहार उस्तै ।
मुसुक्क हासेर सोधे "सन्चै छ?" ।
"हो सन्चै छु। तिम्रो के छ नि?"
"मेरो पनि ठिक छ । सन्चै छु । “
उनको कुर्ता सलवार र कपाल बाध्ने रबरको रंग म्याच गराएर लगाउने बानि अझै उस्तै रहेछ ।
“दशैमा घुम्न त होला नि है?" मैले नियमित प्रश्न सोधें ।
उनि मुस्काइन् । उनको मुस्कान मलाई कलेज पढ्दा पनि मन पर्थ्यो ।
उनले श्रीमान चिनाइनन् । उनलाई मेरा साथी चिनाउन जरुरि थिएन ।
ल त है भनेर हामी आफ्नो बाटो लाग्यौं, उनि आफ्नो ।
सुधाको रहर । माइक्रोवेभ ओभनको दाम बुझ्नु पर्यो । साथीहरुले दिक्क माने । मैले अलिक जिद गरे । ६-८ वटा पसल डुलियो । दशैंको भिड । मैले भाषा english नै प्रयोग गर्न खोजे । केहि मतलब गरेनन् दोकानदारले । रिस उठ्यो । मैले त्यो street को पसलहरुमा सोध्न मन गरिन। पछि तिर्थ र मैले एउटा राम्रो पसल फेला पार्यौं । राम्रो कुरा गर्यो त्यो दोकानदारले । कोक मगाएर खुवायो । कोक को सोझो गर्न लाई सामान जबर्जस्ति त किन्नु पर्ने होइन ?? कता कता मनमा चिसो पस्यो ।
तर मान्छे भलादमि रहेछ । किन्न त किनिएन, तर सिलिगुडि प्रति बनेको बिम्ब थोर बहुत राम्रो भयो ।
अब कता जाने त?? कता कता!! भर्खर १२ बजेको थियो ।
तिर्थले "जाने त?" भन्यो ।
मैले केहि कुरो बुझिन ।
मलाई केटोहरुको नियत ठिक लागेन । ढिलै भए पनि पछि कुरा बुझें ।
“गर्ने केहि होईन, जाने भए जाउं न त।“ मलाई पनि किन किन जाउँ जाउँ लाग्यो, त्यो दिन ।
"के भनेको तिमीहरुले, फर्कने होईन?" रोशनले अन्कनाएको स्वरमा भन्यो ।
तिर्थले "केहि हुन्न यार, एकछिन घुमेर मात्र आउने हो" भन्न थाल्यो ।
तिर्थ पनि बिवाहित, म पनि अनि रोशन तयारीमा।
तिर्थले रोशनलाई प्रस्ट्यायो ।
"हेर, केहि हुन्न, एसो घुमेर मात्र आउने । कसैले केहि गर्दैन । तं टेन्सन न लि ।"
म पनि अस्समन्जस्य मा परें । यस्तो कुरा काकडभिट्टा मा नै भएको भए शायदै सिलिगुडि पुगिन्थ्यो होला । तर त्यो बेला म उनिहरु संग छुट्टिन सकिन ।
३ जना नेपाली केटा । २ बिवाहित । सिलिगुडिको बदनाम बाटोमा गइयो । हामी तिनै जना सफा थियौं । नियत पनि खराब थिएन । हामी समाज का भलादमी र सज्जन युवा । सिलिगुडि आउँदा सम्म शायदै कसैले सोचेको थियो होला, त्यो बाटोमा हिडिन्छ भनेर । तर त्यो बेला हामी त्यहि बाटोमा हिडिरहेका थियौ, अगि बढि रहेका थियौं । सत्य त्यहि थियो, मन जसको जस्तो भए पनि, उधेश्य जसको जे भए पनि । किन हाम्रो समाजका लोग्ने मान्छेको रुप यस्तो unpredictable हुन्छ ???
बस्ति साधारण थियो । मोटरसाइकल, रिक्साहरु कुदिरहेकै थिए । बच्चाहरु खेलिरहेका थिए । उमेरमा केटि हरु धेरै जिस्काएको भए पनि म पहिले पटक त्यस्तो माहोल मा हिड्दै थिएं । मलाई प्रत्येक पाईला झन् झन् गह्रौं हुदै गइरहेका थिए । शायद रोशनलाई पनि अफ्ठ्यारो लागेको थियो होला। न बाध्यता, न बानी, न चाह, तर पनि हामी हिड्न सकिरहेकै थियौं । कस्तो बिडम्बना !!!
तिर्थ एउटा बस्ति भित्र पस्यो । हामी पछि पछि गयौ । एउटी अधबैसें नारी थिइन् । उ घरको भित्र नै पुग्यो । रोशन र म पछाडि थियौं । टाउको निहुराएर उभिएका ।
"यहां एउटा नेपाली दाइ थियो नि" तिर्थले सोध्यो ।
"अहिले बाहिर गएको छ" उनले भनिन् ।
हेर्दा उनी बानेश्वर कि तरकारी बेच्ने साउनी जस्ति थिइन् । सिंदुर पोते लगाएकि, परिचित झैं लाग्ने अनुहार । भाषा पुरै नेपाली ।
"अरु कोहि छैन?" तिर्थले सोध्यो ।
"भित्र छ, एकछिन है"
एकछिनमा २-३ वटि जवान केटिहरु आए ।
"मैले नेपाली खोजेको थिएं" तिर्थले भन्यो ।
"ए एएएए पार्वती !!" उनि कराइन् ।
क्रमश:………………………………………………………………………………