[VIEWED 14361
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-15-08 12:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अचेल Key Ring बोक्दिन, किन
किन त्यसै गाह्यो लागेर आउंछ । त्यसैले आज कोठाबाट निस्केर
ताला लगाए अनि चाबी wallet
मा राखें ।
मेरी घर धनि कि छोरी एक्लै बाहिर थिंइन।
कपालमा तेल लगाउदै । काधंसम्म आउने उनको कपाल मलाई राम्रो
लाग्छ। म बिस्तारै हांसे,
उनि पनि ।
शायद हामी दुवै जना शिष्टाचार निभाउदै
थियौं । कुरा गरेको भए दिन कतिखेर सकिन्थ्यो पत्तो हुदैन थियो। लजाएर हास्नु
बाहेक अरु केही बोल्न सकिएन । म दलिन तिर हेर्दै बाहिर निस्के । एक चोटि पछाडि
हेर्न मन थियो,
सकिन । मेरो पाइन्ट loose थियो, माथि
सारे अनि छाता बोकेर हिडे ।
डेराबाट अफिस १० मिनेट को हिडाइमा होला । त्यसैले
म रिक्सा चढदिन
अफिस जांदा । तर डेराबाट अलिक अगाडि बढेपछि दुइवटा
रिक्सा बिस्तारै आउंदै थिए । मैले राम्रै संग हेरे, दुवैलाई
। एक जना बुढा,
अर्का मेरै उमेरका । रिक्सा चढदा म अलिक
जवान मान्छेकोमा चढन रुचाउछु। छिटो त कुदाउंछ । अनि म पनि लोभी मानिस त हुं ।
तर मैले हिजो त्यो रिक्सावाला बुढाको आंखामा धेरै
आश देखें,
' चढि दिन्छ कि यो
मान्छे'
भन्ने भाव ले मलाई रोक्यो। म रिक्शा कटेर हिड्न
सकिन । बुढासंग आंखा जुधे । मैले उनलाई हेरि रहें । नेपाल को सानो झण्डा
भएको कट्टु लगाएको रहेछ । मेरो पनि एउटा छ जुन म आक्कल झुक्कल
बिहान फुटबल खेल्दा लगाउछु ( लाज मानि मानि )। उहि नेपाली
हात्तीछाप चप्पल अनि छाति मा Britney Spears बोकेका थिए ति बुढाले । धेरै आश गरेछन, मुख
फोरेरै सोधें 'कथई
जाबे?'
। मलाई हतार पनि थिएन, आवश्यक
पनि थिएन,
अनि त्यो रिक्शाको मजदुर मेरो
रोजाईको पनि थिएन । तर पनि समयको त्यो बिन्दुमा मेरो भावुकताले
मेरो स्वार्थलाई सम्पूर्ण रुपमा जीत्यो । मैले केहि सोचिन र सोच्न पनि चाहिन
। टेलिफोन अफिस जांउ भन्दै छाता काखीमा च्याप्दै म रिक्सा चढें ।
म चढेपछि उनि रिक्साबाट और्लिए । एउटा
हातले ह्ययण्डल र अर्को हातले रिक्साको फ्रेमको रड समातेर
ताने । म engineering
को विधार्थी , High Starting Torque को
कुरो सम्झे ।
Series Field Winding भएको DC Motor ठिक
हुन्छ यस्तो CASE
मा, मेरो
ज्ञानले त्यहि
भन्यो । तर कहां मेरो अध्ययन कहां यी बुढाको
जीवनको वास्तविकता । फेरी सोचें भाषा र प्रस्तुति त फरक हो, बुझाई
त एउटै हो । मेरो अध्ययनले भनेको Series DC Motor For High Starting
Torque उनको जीवनको अनुभव- 'मालिक' चढेपछि
रिक्सा गहौ्
हुन्छ, अलिकति
तानेर मात्र कुदाउनु पर्छ । हैन र? रिक्सा
कुदयो । म उपर खुट्टि लगाएर बसें ।
बाटोमा स्कुल जाने केटा केटी थिए, उनलाई
हेरे । त्यो पुरानो बेला सम्झे । मन हर्षित भयो । अफिस जादै गरेका
मान्छे थिए,
उनलाई हेरे, फेरि आफुलाई।
भविष्य वर्तमान हुनलागेको भान भयो । मन कस्तो कस्तो भयो । निलो कुर्ता सलवारमा
सजिएकि नारी देखें,
सपना सम्झें । सपना मै भुलें । मैले रिक्सा पनि
बिर्से,
बाटो पनि।।।
'यहिं पे मालिक?'
अफिस आएछ । बुढाले रिक्सा रोके । अब भाडा दिनु
छ, के
गरौं के ! भाडा कति दिनु?
सोध्न सकिन । मैले आफै जानेर दिनु पर्ने, कस्तो
गार्हो (१० रुपैया थियो भाडा)। मैले जति दिनु थियो लेनदेनको नियम नबिगारि दिनु
थियो । मैले बिस रुपैयाको नोट दिए(खल्तीमा १० रुपैया हुदा हुंदै)।
उनले "खुल्ला
देउ 'मालिक'? भने
।
मैले
"छैन म संग,
भै गयो अहिले राख्नुहोस, अर्को
चोटि मिलाउंला" भने ।
उनले एकछिन भने, अनि
सिट भित्र राखेको पोको झिकेर १/२ रुपैयाको नोट गरेर मलाई
१० रुपैया फर्काए । मैले गाह्रो मानेर लिए । मन खल्लो खल्लो भयो । ति बुढा त्यही
बसे रिक्सा फर्काएर । मैले फर्केर हेरे,
"बैजनाथपुर गा वि स, रिक्सा नं
३३७ ।"
हिजो अफिसमा उदास मनको साथ काम सकाए । डेरा फर्के, कुन
बेला चिया
सकियो, कुन
बेला निदाए केहि थाहा भएन ।
आफैलाई टटोल्दै छु । All of us are, by
born, emotional. हामी सबैमा भावुकता छ । हामी सबैमा स्वार्थ छ ।
कसैमा थोरै त
कसैमा धेरै । किन समय को कुनै कुनै बिन्दुमा मात्र
हाम्रो भावुकताले जित्दछ हाम्रो स्वार्थलाई!! म उत्तर खोजी नै
रहे।
meaninglessthinkings@somewhereondearth
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-15-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानो बिषयबस्तुमा गरेको सुक्ष्म बिस्लेशण राम्रो लाग्यो। कथामा बहब छ, सुरु गरे पछी न सकाइ छोड्न न दिने एउटा चुम्बकियपन छ। लेख्दै गरुम।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-15-08 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 02-15-08 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
saral bisaya bastu ma swoe ji ko lekhansaili ko mithas le katha lai purna jibantata deyko cha --- enjoyed a lot!
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 02-15-08 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
saral bisaya bastu ma swoe ji ko lekhansaili ko mithas le katha lai purna jibantata deyko cha --- enjoyed a lot!
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 02-15-08 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"म अहिले हजुरका पुराना( मैले नपढेका लेखहरु पढ्दै छु । ) कस्तो लाग्यो भनेर भन्ने छु"---धेरै धेरै धन्यवाद, कस्तो लाग्यो थाहा दिनुस् र कमी कम्जोरिहरु चैँ औल्याइदिनुस् है
|
|
|
Sheetalb
Please log in to subscribe to Sheetalb's postings.
Posted on 02-15-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Really touching. Ekdam ramro cha.
Sometimes when i am walking around newroad and when i see small children selling 'vicks' , 'battery' or an old man sitting in the bright sun with a weight machine, i just feel like crying - just womder how much they earn by selling few batteries or weighing pedestrians passing by and even though i am kind of shy, i just go and buy or weigh myself so that i can give them Rs5. But yes, very interesting and very touching story.
Even in my neighborhood i remember once an vegetable seller coming by and when my mother offered him 'a cup of tea' early in the morning once when it was very cold and she wanted to buy some tomatoes, that person never forgot her. He would always come by our house and offer free vegetables for little chat with my mother. I think in a place where everyone calls him a 'Madishe' and label him a thug, he could not ignore the warmth of my mother's voice.
But such is the irony of living in a poor country, just do not know how our emotions acts for or against us sometimes.
|
|
|
HomLal
Please log in to subscribe to HomLal's postings.
Posted on 02-15-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झापाली ब्रो-
म पनि तपाईका कथाहरुको नियमित पाठक बनेको छु। हुनत साझामा अरु निकै स्थापित कथाकारहरु छन, प्रायः सबैका कृति पढ्छु चाख मानेर। तर तपाईको लेखाई फरक छ। तपाईको विषय बस्तु समसामयिक हुन्छ, लेखाईमा मिठास र सरलता हुन्छ। तपाईको कथाले धित मार्ने मनोरन्जन दिन्छ र केही समय घोत्लिनु पर्ने बनाउछ, भाबुक बनाउछ। हरेक कथाका पछाडि लुकेका गहन सन्देस नै तपाईका रचनाका बलिया जग हुन। समसामयिक विषय बस्तुलाई छोटो र मीठो तरिकाले प्रस्तुत गर्दै आफ्ना पाठकहरुलाई सहि दिसातिर औल्याउनु तपाईका विशेषता हुन। यसलाई निरन्तरता दिनु होला।
बधाई।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-17-08 12:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
pjna007 जि, मीठो कमेन्टको लागि धन्यबाद । Sheetalb जि, this is
our society, this is where we stand. and if we feel then we feel. so
there is the change.. विकास बिस्तारै हुन्छ । मान्यता हरु बिस्तारै
परिवर्तन हुन्छन् । पहिला मनमा खड्किनु पर्यो । thank you for sharing.. i respect your feelings Homlal जि, Thank you for such a feedback. कमि कमजोरि हरु पनि औलाईदिनु होला । माया पाउँदा खुसि लाग्छ । म प्रयास गर्ने छु । अरु सबैलाई पढिदिनुभएकोमा धन्यबाद ।
|
|
|
manshree
Please log in to subscribe to manshree's postings.
Posted on 02-17-08 1:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wow! malai ma biratnagar ma arniko school jada sadhai rikshaw chdhera gaako yaad aayo.
ekdum ramro lagyo malai. keep posting.
|
|