[VIEWED 69665
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-09-09 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(कथाको बिषयबस्तु कसैको जिबन सङ मेल खान गएमा त्यो केबल संयोग मात्र हुनेछ - क्रेजि) भाग-१ सार्थक घरि घरि भित्तेघडि हेर्दै घरि फोनतिर हेर्दैथ्यो। उसलाइ भेट्न आउने भनेका मान्छे हरु अझै आइपुगेका थिएनन्। ४ बजिसकेको थ्यो, अबको ५ मिनेटमा पनि आएनन् भनि हिड्नु पर्ला भन्ने सोचिरहेकोथ्यो। एकचोटि उसले फेरि रिसेप्सनमा फोन गर्यो। कति बजे आँउछन भनेर सोध्यो। ४ बजे भनेर रिसेपसनिस्टले जवाफ दिइ। त्यसपछि उसले आभालाइ फोन गर्यो, तर लाइन लागेन। ४:३० मा बच्चाहरुलाइ स्कुलमा लिन जानु पर्ने थ्यो। उसले सोच्यो, रमेशलाइ पठाउनु पर्ला श्रेया र समिरलाइ लिन। हुन त आभालाइ उसले कुनै पनि हालतमा आफै बच्चाहरु लिन जाने कुरा गरेको थ्यो, तर आज पनि नभ्याउने जस्तो भयो। उसले रमेशलाइ बोलायो र बच्चाहरु लिन पठायो। रमेश बिस्वासिलो र भरपर्दो ड्राइवर हो। ड्राइवर भन्दा नि सार्थक रमेशलाइ भाइ जस्तै ब्यबहार गर्छ। काम परेको बेलामा रमेश घरमा पनि बराबर सहयोग गर्न आँउछ। त्यसैले उसलाइ सार्थकको परिवारले पनि मन पराँउछन्। सार्थकको सोचाइ भङ गर्दै ढोकामा तिन जना देखिए, पहिलो ब्यक्ति एक २५-२६ बर्षको युबक सार्थकलाइ नमस्ते गर्दै भित्र पस्यो, उसको पछि एक ५०-५५ बर्श जस्तो देखि ब्यक्ति र त्यस पछि त्यस्तै १५- १६ जस्तो देखिने एक किशोरी सङै भित्र पसी। सार्थकले बस्ने अनुरोध गर्यो र युबक नजिकैको मेचमा बस्यो भने अर्को ब्यक्ति र किशोरी अलि पर सोफामा बसे। सार्थकले तुरुन्तै चिया मगायो। धन्यबाद दिंदै चियाको पहिलो चुस्किपछि युबकले समयमा पुग्न नसकिएको बारे माफि माग्यो। किशोरी एक्टकले भित्ताका पेन्टिङहरुलाइ नियाल्दै थी। उनको र उसङै बसेको ब्यक्तिको पहिरन हेर्दा काठ्मान्डु बाहिरबाट आएका जस्तो देखिन्थे। किशोरीले खैरो रङको कुर्था सुरुवाल र कालो प्लास्टिकको चप्पल लगाएकि थी। मुख पहेंलो देखिएको थ्यो, त्यो उजाड अनुहारमा दुइटा मौन आँखाहरु गम्भिर देखिन्थे। सार्थकलाइ त्यो आँखाहरु कता कता देखेको जस्तै लाग्यो। तर ठ्याक्कै कहाँ देखिएको भनेर सम्झिन सकेन। किशोरीसङै बसेको ब्यक्तिलाइ युबकले परिचय गराँउदै भन्यो। "उहाँ बल बहादुर दाइ।" किशोरी नजिकै बसेको ब्यक्तिले दुइ हात जोडेर टाउको निहुर्याएर नमस्ते गर्यो। उमेरका रेखाहरु प्रशस्तै थिए उनको अनुहारमा। जिन्दगिभरि कामले नथाकेका जस्ता बल बहादुरको कपालहरु घामले खुलिएका जस्ता देखिन्थे। उनको अनुहारमा पढ्नै नसकिने भाबहरु परिबर्तन भैरहेका थिए। सार्थकले निकै गहिरिएर हेरेपछि सोच्यो। बलबहादुरका मनमा परेका गाँठाहरु धेरै छन्, तिनिहरु बलबहादुरको निधारमा बटारिएर देखा पर्छन। बलबहादुर कुरै पिछे शिर निहुराएर "ज्यु" भन्छ। "उनि बलबहादुर दाइकि नातिनि, त्रिस्ना!" युबकले किशोरीको परिचय दियो। त्रिस्ना एकोहोरो भित्तातिर हेरिरहेकी थिए। मानौं, उसलाइ परिचयसङ केहि लिनुदिनु छैन। बलबहादुरले त्रिस्नालाइ "नमस्ते गर्" भने पछि त्रिस्नाले मसिना हातहरु जोडेर सार्थकलाइ हेरि मात्रै। "अनि तपाइको नाम नि?" सार्थकले युबकलाइ सोध्यो। "ए,झन्डै भन्न बिर्सेको, मेरो नाम प्रबेश हो।" प्रबेशले लास्टमा आफ्नो परिचय दियो। एक्छिन कोठामा फेरि मौनता छायो। सार्थकलाइ अप्ठ्यारो महसुस भयो। उसैले सोध्यो। भेट्न आएकाहरु केहि कुरा गर्दैनन्, उसलाइ के सोध्ने थाहा छैन। "यहाँहरुलाइ म के गर्न सक्छु?" प्रबेशले बलबहादुरलाइ हेर्यो, बलबहादुरले प्रबेशलाइ। "भन्नुस्न दाइ!" प्रबेशले बलबहादुरलाइ अनुरोध गर्यो। "गार्हो छ सर! कसरि शुरु गर्नु?" बलबहादुर भक्कानियो, त्रिस्नाले बलबहादुरको हात समाती। बुढो मान्छे एकछिनपछि फेरि चुप भयो। प्रबेश गम्भिर देखियो, त्रिस्ना उस्तै निर्जिब जस्ती। "मैले सकेको मद्दत गरुँला। यहाँहरु कहाँबाट आउनु भएको होला? " सार्थक उत्सुक थियो। "सर!" बलबहादुरले एकचोटि पुलुक्क त्रिस्नालाइ हेर्यो अनि फेरि भन्यो।"हामी बन्दिपुरबाट नि ६ घन्टा उकालो लाग्ने "कोप्चे" भन्ने गाँउबाट आएका। हजुरको मद्दतको आशामा।" फेरि बलबहादुरले लामो स्वाश फेर्यो। "बन्दिपुर? त्यो डुम्रे माथिको सहर हो?" सार्थकको आँखामा चमक देखियो। "हो हजुर।" बलबहादुर उस्तै झुकेर बोल्यो। प्रबेश यतिखेर सार्थकलाइ हेरिरहेको थ्यो। "त्यहाँ त म पनि गएको थिँए। तर धेरै नै पहिलाको कुरा हो, अहिले त अलि अलि सम्झना मात्रै छ। असाध्यै सुन्दर लागेको थ्यो मलाइ त्यो ठाँउ। अहिले त धेरै कुरा परिबर्तन भइसक्यो होला। अनि भन्नुस्न ! त्यस्तो के मद्दत गर्नु पर्यो मैले?" सार्थकले फेरि मुख्य कुरामा जोड दियो। "मैले सकिन। प्रबेश बाबु, तपाइ नैं भनि दिनुस्न।" बलबहादुरले प्रबेशलाइ बिन्ति गर्यो। त्रिस्ना खुट्टाले भुँइ कोतरिरहेकी थिए। उसको ध्यान शायद त्यो कोठामा थिएन। "नागरिकता बनाउनु पर्यो भनेर।" प्रबेशले सार्थकलाइ भन्यो। "त्यो कुरामा मैले के गर्नु पर्यो त? आजकाल पहिले जस्तो नियम कडा छैन। नागरिकता बनाउन गार्हो पनि छैन।" सार्थक अझै सकारात्मक देखिन्थ्यो। "ल, बल बहादुर दाइ, अब तपाइ नैं बताउनुस।" प्रबेश अलिकति झर्कियो। "के तपाइको नागरिकता बनेको छैन? यसो चाहिने कागजहरु छ भने त धेरै दिन लाग्दैन नि नागरिकता बनाउन। तपाइसङ गाँउको, वडाको, अरु चाहिने चिट्ठिपत्रहरु छन त बल बहादुर जी?" सार्थकले बलबहादुरलाइ हेर्दै सोध्यो। "मलाइ त किन चाहियो र नागरिकता यो उमेरमा? मलाइ होइन सर।" बलबहादुरले "खुइssssssय" सुस्केरा तान्यो। "कसको लागि त?" सार्थकले बुझ्नै सकेन। "यही अभागीको लागि।" बलबहादुरले त्रिस्नालाइ देखाउदैं भन्यो। त्रिस्नाले आँखा तरी बलबहादुरलाइ। सार्थकलाइ नरमाइलो लाग्यो। क्रमश:
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-14-09 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुनु नहुनु भएछ, तर कस्तो कला हो यो लेखकको, वाह कस्तो उत्कृष्ट लेखाइ, सार्है सल्लल बग्या छ कथा, सुरुमा अली कन्फुज भा थिएं तर अब चाँही मज्जा होला जस्तो छ। साची अबेला गरे कथाको मज्जा नै बिग्रिन्छ, तेइ भएर छिटो छिटो राखुम है।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 07-14-09 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ कसैलाई पानी ले बगाउने कसैलाई जाडले यो तरल पदार्थ निकै डर लाग्दो हुन्छ , कसै को संसार बनाउछ भने कसै को बिगारछ । लौ लौ अली अली सपना त झन्डै मैले नै देखे । तर पानी ले नलागे नि जाड ले लाग्दो रहेछ सम्झिनै सकिन ......... पेलुम पेलुम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-14-09 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले पनि सपना देख्या हो है त्यो डिस्क्रिप्सन पढेर ब'बाल भन्ने कि धमाल भन्ने - तर मज्जा चाँही आयो
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-15-09 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गौतम बी ज्यु, प्रतिक्रियाको लागि धन्यबाद। कथा पढि नैं रहनु हुन्छ भन्ने आशामा फेरि स्वागत गर्दछु। Perfectionist, कथालाइ रोचक मानिदिनु भएकोमा धन्यबाद। Stat, नयाँ हालखबर के छ साथी? सार्थकले लक्ष्मी नैं लक्ष्मीको बरदान पाएको जस्तो छ। north pole, Where have you been? Long time no see. सन्चै? अनि परिवारलाइ कस्तो छ? साथीभाइहरुलाइ? नक्कली केटि, सार्थकको जिबनमा त सुनामी आउला जस्तो छ बाइ। बैरेले कुरा चाहि दामि गर्यो। नागरिकता मात्र बनाउन पाए त है बैरे? तिमि त्यो तरल पदार्थ खाएको बेलाको नि कथा लेख न बैरे। शुभा सिस, सन्चै हुनु हुन्छ? माया नमार्नु न बाइ, अनि मिस सिसलाइ पनि मैले धेरै धेरै मिस गरेको छु भनिदिनु है। रिट्ठे, e a t बाहेक रिट्ठे र हर्केले अरु केहि सम्झिनन्। भाग- ३ पनि राखि सके नि। खुशी, म सामान्य मान्छे, कहाँको कथा भन्न आउनु। तर मलाइ पनि तिमिलाइ जुन प्यारा मन पर्यो, त्यहि नैं राम्रो लाग्यो। घरि घरि पढिरहुँ जस्तो है? लहरे, अफिसमै बसेर सपना देख्दो रहेछ। खप्परमा त लेखेरै आको रैछ। फुर्सद मिल्नासाथ अर्को भाग लेख्ने बाचाको साथ नमस्ते!
|
|
|
Stat
Please log in to subscribe to Stat's postings.
Posted on 07-15-09 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रात्रीकालिन बन्दिपुरको चिसो मा समेत् पौडिन पर्ने भए पछी जुना सँग हिड्दा सार्थकलाई कती गर्मी भयो होला त मैले पनि दश पटक जती पढिसके है तर त्यो रोमान्टिक प्यारा ले गर्दा हैन नि फेरी 'यो त ज्याद्रो रहेछ' भन्लान । म त सार्थक, समिर, प्रबेश, रमेश, बल बहादुर, आभा, त्रिश्ना, जुना (अब त कन्ठ भैसकेछ) को के हो भनेर सार्है झुक्किएर दोह्र्याएर पढेको हो है
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-15-09 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग-४ सार्थक सोच्न थाल्यो, कस्तो सम्बन्ध त्यो? न त उसले कहिले जुनालाइ प्रेमको प्रस्ताब राख्यो, न जुनाले सङै मर्ने सङै बाँच्ने कसम खाइ। उनिहरु साथी जस्तो मात्र थिए, तर प्रेमिभन्दा धेरै आत्मिय। न त उनिहरुलाइ पाउनुको खुशी थियो न त गुमाउनुको डर नैं। न हिजो थियो, न भोलि थियो, जे थियो, त्यो समयको अति सुन्दर पल थियो। त्यो मिलनको रातलाइ उनिहरुले सम्बन्धको आधार पनि ठानेनन्, न त बिहे बन्धनले बाँध्न खोजे। त्यस रातको अद्वितिय अनुभब पछि उनिहरु अरु नजिक हुन थाले। होटेलमा दिँउसो साहुजिसाहुनी दुबै आँउथे, जुनालाइ कामहरु अर्हाउथें। उनिहरुको घर अलि तल बजारमा थियो। अक्सर जुना साँझको काम सकेर सुत्नको लागि साहुजिहरुकै घरमा जान्थी। तर सार्थक प्रायजसो रातिको खाना ढिलो खाने हुनाले धन्दा सकाउन अबेर हुने कारनले पनि जुनालाइ होटेलमै सुत्न सजिलो हुन्थ्यो। यो कुरालाइ उसका मालिकहरु पनि बुझ्थे। बस्तीभन्दा अलि टाढा भएकोले पनि जुनाको चरित्रमा औंला उठाउने हरु कमै थिए, तर शंका नगर्लान भन्ने कुरा थिएन। उ जवान थिइ, सार्थक उस्तै आकर्षक केटो थियो। "बाबा! खान आउनु न।" यसपटक श्रेया आइ फेरि। सार्थक एक्लै रहन सकेन, खान गयो। आभा समिरलाइ खाना थप्दै थिइ। उ थकित जस्ति देखिन्थी। उसलाइ सहयोग गर्ने माहिली थिइन। श्रेया पनि मद्दत गर्दैथी। "आज ब्यस्त भयौ कि क्या हो?" आभाले उसलाइ नहेरी सोधी। "अँ, हेर न। नयाँ अल्बमको लागि लास्ट गीत रिकर्डिङ सकाउ भनेर बसेको थिए, अर्कै काम पर्यो।" सार्थकले आफै खान राख्दै भन्यो। "कस्तो काम?" आभाले पुलुक्क हेरी उसलाइ। "टेन्सनको काम! समाजसेवाको फिल्डमा कस्तो काम हुन्छ?" सार्थकले आभाको आँखामा आँखा जुधाउन सकेन। "आज माहिली आइन?" सार्थकले सन्दर्भ मोड्ने प्रयास गर्यो। "माहिली दिदीको कस्तो टेन्सन रैछ नि, बाबा!" श्रेयाले बिचैमा भनी। "कसरी?" सार्थकले आभालाइ हेर्यो, आभाले समिरलाइ हेर्यो। "माहिलीको लोग्नेको अर्को स्वास्नी रहेछ पहिले नैं, उसको बच्चा नि रहेछ। अहिले मुद्धा हालेछ।" आभाले सकेसम्म धेरै भन्न चाहिन। सार्थकको मुटु फुल्यो, जुना छाइ मस्तिष्कमा, त्यसपछि त्रिस्ना। खाना घाँटिबाट निल्नै गार्हो भो, पानी पियो हतार हतार। आभा यो सबै हेरिरहेकी थिइ। "अब माहिली दिदीले के गर्नु हुन्छ होला है?" श्रेयाले आभालाइ सोधी। "केहि न केहि।" समिरले हत्त न पत्त जवाफ दियो। "किन केहि न केहि? त्यत्रो धोखा भैसकेपछि नि चुप लागेर बस्न हुन्छ त? त्यस्तो लोग्नेलाइ छोडिदिनु पर्छ नि। त्यस्तो झुठ बोल्न हुन्छ? पहिले बिहे गरिसकेको मान्छेले? माहिली दिदीको बच्चाहरुलाइ कस्तो भयो होला?" श्रेया जङिइ। "केटा मान्छे हो। त्यस्तो भइहाल्छ नि।" समिरले हाँस्दै भन्यो। आभा र सार्थक श्रोता भएका थिए त्यहाँ। "केटामान्छे भन्दैमा तिमिहरुलाइ गलत काम गर्ने छुट कस्ले दियो?" श्रेया रिसले राति भइ। "ओहो! मेरी दिदी कस्तो रिसाएकी? भोलि पर्सि कानुन पढाउनु पर्छ यसलाइ है बाबा?" भन्दै समिर फेरि खाना खान थाल्यो। "भन् त भाइ! केटा हुँदैमा जे पायो त्यही गर्न कसरी मिल्छ?" श्रेया अझै सोध्दैथी। "त्यो त थाहा छैन दिदी! तर मलाइ निशा पनि मन पर्छ, उषाको पनि माया लाग्छ। म दुबैको चित्त दुखाउन चाहन्न।" समिर अरु ठट्टा गर्दैथ्यो "मुर्ख केटा! बिहे पनि दुइजना सङै गर्छस्?" श्रेया झन् रिसाइ। "कहाँबाट बिहेको कुरा गर्या भन्या? भर्खर त म ६ मा पढ्दैछु। तिमिलाइ अरुको के मतलब हँ?" समिरले उल्टो जिस्कायो। "तिमीहरु दुबै चुप लाग! खान खाँदा पनि शान्ति छैन।" एक्कासी सार्थक करायो। श्रेया र समिर छिटोछिटो खाए र आ-आफ्नो कोठामा गए। आभा चुपचाप भाँडा धुन लागी। सार्थक टेबल सफा गर्न थाल्यो। "भैगो! जाउ, आराम गर। आज तिमीलाइ सन्चो छैन जस्तो छ।" आभाले मायालु पाराले भनी। "श्रेया र समिर अलि धेरै झगडालु हुँदैछन्। नानाभाँति कुराहरु नसिकाउ तिमी श्रेयालाइ।" सार्थकले आफ्नो फ्रस्ट्रेसन पोख्यो। "मैले केहि भनेकी छैन। तिमीलाइ किन त्यस्तो लाग्यो?' आभा छक्क परी। "म कलाकार हुँ, मेरो जिबनमा धेरै मानिसहरु आँउछन्, केटा, केटि सबै। मेरो धेरै साथीहरु केटि हुँदैमा मैले कहिले पनि आफ्नो पारिवारिक दायित्वमा आँच आउन दिएको छैन। तिमी मेरी स्वास्नी हौ, मैले तिमीलाइ त्यही सम्मान दिएको छु। मेरो घर र परिबार मेरो पहिलो जिम्मेदारी हो।" सार्थक आफ्नो कुन्ठाहरुलाइ छोप्न थाल्यो। "म सबै कुरा बुझ्छु। मैले तिम्रो कुनै सम्बन्धमा हस्तक्षेप गरेकी छैन। यो कुरा हामीबिच धेरै पहिले भइसकेको छ। तिम्रो दुइटा जिबन छ। एउटा म र परिवार अर्को तिम्रो ब्यक्तिगत।" आभाले भनी। "तर श्रेयाको कुरा सुन्दा यस्तो लाग्छ, उ मलाइ मन पराँउदिन। उसलाइ मेरो बारेमा सबै थाहा छ।" सार्थक चिन्तित देखियो। "श्रेया तिम्री छोरी हो। उ तिमीलाइ माया गर्छे। उसले जे भनी त्यो तिमीसङ सम्बन्धित छैन। शायद, उ भाबनामा बहकिएकी हुन सक्छे। उसलाइ जिबनको तितो यथार्थहरु थाहा छैन। माहिलीको बारेमा उसलाइ चिन्ता छ। किन भने उ माहिलीलाइ पनि आफ्नै घरको सदस्य जस्तै माया गर्छे।" आभाले बिस्तारै सम्झाइ सार्थकलाइ। "तिमी नि। के तिमी मलाइ माया गर्छौ? कि बाध्य छौ?" सार्थकले आभालाइ आक्रोश प्रकट गर्यो। "त्यो तिमीलाइ थाहा छ। हाम्रो बिहे सम्झौता थियो दुइ परिवारको प्रतिष्ठा र आर्थिक सम्पन्नताको। न तिमी मलाइ मन पराउथ्यौ, न म तिमीलाइ। बिहे भयो, बच्चाहरु भए। अब न तिमी मलाइ छोड्न सक्छौ म तिमीलाइ। यो एक किसिमको सामाजिक बाध्यता पनि हो। हामी यस बिषयमा कुरा नगरौं।" आभा प्रष्ट थिइ उनिहरुको सम्बन्धको बारेमा। सार्थक एकैछिन सोच्न थाल्यो, खासैमा कोहि कसैको हुँदैन। न आभा उसकी भइ, न जुना उसकी, न उ अरु कसैको भयो। उसको जिन्दगीमा थुप्रै केटीहरु आए, गए। उ कसैको भएन, न त कोहि उसको भयो। कत्रो बिडम्बना यो जिन्दगीको? को आफ्नो को पराया नैं थाहा पाउन गार्हो। उसले हिंडेको बाटो किन यस्तो जटिल? त्रिस्नाको जिबन किन त्यति कठिन? उ श्रेया र समिरको बाबु हो भने त्रिस्ना कसकी उसकी छोरी त? यदि त्रिस्ना उसकै छोरी हो भने पनि के उ श्रेयालाइ जस्तो त्रिस्नालाइ माया दिन सक्ला? श्रेया र समिर उसको संसार हो, उसको खुशीको उज्यालो, उसको जिबनको ढुकढुकी। त्रिस्ना कुन सम्बन्धको परिभाषामा पर्छे? के अर्थ राख्छे उसको जिन्दगीमा? कहाँ जोडेको छ उसलाइ मायाको रेखाले? सार्थक फेरि अर्को पेग बनाउन गयो। क्रमश:
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-15-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Stat, दश चोटि पढेर पनि श्रेयाको नाम छुटाउने? ल ल, स्पष्टिकरण दिनु पर्दैन। हामीले बुझिसक्यौं Stat ले कुन चाहि प्यारा कति चोटि कन्ठ गर्यो भनेर। यसपाली कथामा थुप्रै पात्रहरु छन् है?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-15-09 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अँ क्रेजी, थुप्रो रइछन, तर अब कथा क्लियर भयो, मज्जाले बग्दैछ। सार्थकले आफ्नो फ्रस्त्रेसन निकालेको क्या मज्जाले देखायौ, अनी आभाको कती राम्ररी उनिहरुको बिहे बारे बुझायो, कती सही, कती सरल भाषामा! सार्है मन पर्यो। जय होस्
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-15-09 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब चाँही दिमाग घुम्न थाल्यो मेरो टुइस्ट माथि टुइस्ट - अझ अरु कती टुइस्ट बाँकी होला
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 07-15-09 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ke twist mathi twist dekhyo laharele? mero akha kamjor bha ho ta? crazy chito chito lekhdai jau hai, gajjab ramro gairachha.
|
|
|
Stat
Please log in to subscribe to Stat's postings.
Posted on 07-15-09 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अझै अरु पनि नाम छन? ओहो ! हामी जस्तो क्रेजी को पंखा लाई फन्फनि घुमाउन क्रेजी लाई कल्ले सिकाउनु पर्ला र हैन?एक चोटि स्विच अन गर्दिए मात्रै भयो तर कथा पढेर चाँही सिरिअस बनायो है मलाई, समिरले भने झै "केटा मान्छे हो। त्यस्तो भइहाल्छ नि।" भन्ने सोचेको त गार्हो पो हुन्छ कि क्या हो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-15-09 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग ४ पनि इन्टेरेस्टिङ रैछ ! ल है ल त्यो कलम रोक्नु हुन्न ! चल्न दिनु पर्छ जोडदार सँग !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-15-09 10:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कती मिठो कथा , पर पर्ती तारेको बूङूर सँग चिसो बियर पिएको जस्तो मज्जा आयो पढेर , अरु कहिले लेख्ने हो लेखी हालौ है चाडै ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-17-09 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग-५
कौसीमा पुग्दा निस्तब्ध अन्धकार थियो, जिन्दगीको लोड शेडिङमा उसलाइ उज्यालोसङ केहि लिनुदिनु छैन। सार्थकले आफैलाइ सम्झायो। अब के गर्ने होला? फेरि उसको आँखामा जुना नाच्न थाली, त्यसपछि त्रिस्ना। नागरिकता बनाँउदा पनि केहि मानिसले अबश्य थाहा पाँउछ। उसको नयाँ अलबम "प्रतिक्षा" छिट्टै आँउदैछ। यो अलबमबाट उसलाइ धेरै आशा पनि छ। गीतहरु राम्रा छन् र म्युजिक उस्तै कर्णप्रिय।भोलि गएर कसैले त्रिस्ना उसको र जुना बिचको बिहेअघिको रोमान्सको नतिजा भनेर पत्रिकामा छाप्यो भने। शत्रु हाँस्नेछ र साथै उसको गीतको बजार पनि डुब्छ। उसले जिन्दगीभरि गरेको तपस्या उसको गीत हो, उ केहि गरि पनि संगीतबिना बाँच्न सक्दैन। सामाजिक कार्यमा पनि उसको त्यतिकै संलग्नता छ। त्यसैले पनि समाजमा उ गायक मात्र होइन, स्वच्छ छबिको रुपमा चिनिन्छ। उसलाइ पैसाको चिन्ता छैन, पुर्ख्यौली सम्पति प्रशस्तै छ। समग्रमा उ खराब मानिस होइन, उ भित्रको एउटा "उ" ले अड्कल काट्यो। तर अब के गर्नु? त्रिस्नाको कारण उसको इज्जतमा प्रश्न चिन्ह लाग्नेछ।
को सङ गर्ने यस्तो कुरा? उसले सम्झिन सक्ने सबै साथी र परिवारका सदस्यहरुको तस्बिर सम्झिन खोज्यो। सबै उस्तै हुन, अगाडि "ज्यु, ज्यु" गर्छन्, पछाडी तालि बजाँउछन् यस्तो कुरामा। रिसइबि गर्ने पनि होलान नि। उसले एक चुस्कि लिएपछि अर्को गम्भिर प्रश्नले कोपर्यो उसलाइ। आभा र उ बर्सौदेखि नजिक छन्, तर पनि सङै बाँचेको जस्तो लाग्दैन उसलाइ। जो नजिक छ उ आफुसङ छैन, जो कहिले नजिक हुन सक्दैन उ आफ्नो जस्तो लाग्छ। आफ्नो मान्छेको बारेमा सोच्दा उसलाइ "लिजाको" याद आयो। लिजा उसको गीतमा मोडलिङ गर्दैछे, अहिलेको प्रख्यात मोडल, उमेरमा उ भन्दा धेरै सानी। तर पनि कुरामा उ परिपक्व देखिन्छे। सार्थकको भेट उ सङ करिब ३ महिना अघि भएको। उनिहरु साथी हुन्। तर समाजले तोकेको घेरालाइ पनि मेटाउन सक्ने साथी। लिजा जस्तो परिस्थितिलाइ पनि सरल बनाइदिन्छे। "संसार यस्तै छ" भन्छे, उ आफ्नै दुनियाँमा छे। उ चिन्ता गर्दिन, तर कहिलेकहि जिबनको बारेमा गहिरो दर्शन छाँट्छे। उ कहिलेकहिँ धेरै यथार्थबादि लाग्छे, उसको सोचाइ फराकिलो छ। लिजाले बुझ्न सक्छे उसको अहिलेको परिस्थिति, सबै कुरा भने पनि उ सार्थकलाइ कठघरामा राखेर संजाय दिनु पर्छ भन्दिन। उ अरुभन्दा बेग्ली छे। उ सार्थकलाइ राम्ररी बुझ्छे। शायद त्रिस्नाको बारेमा केहि सल्लाह पनि दिन सक्छे। अथवा अरु केहि उपायहरु देखाउन सक्छे। कसैसङ गर्न नमिल्ने कुरा उ लिजासङ गर्न सक्छ। उसले लिजालाइ भेट्नै पर्छ।
भोलिपल्ट बिहानै रमेशले उसलाइ अफिसमा पुर्यायो, जहाँ उसले केहि कामहरुको बारेमा सोधखोज गर्यो। प्राय काम उसको सहायकले पुरै हेर्थ्यो तर गीत रेकर्डिङ को डेट र स्टुडियो चाहि उ आफै नै तय गर्न मन पराउथ्यो। त्यसदिन पनि रेकर्डिङ थियो उसको। तर त्यो दिन उसलाइ गाउने मुड भएन। उसले डेट क्यान्सिल गर्यो। प्रबेशलाइ फोन गर्न खोज्यो। तर अहिले उ केहि भन्न सक्ने हालतमा थिएन। उसको अफिसमा हिजो त्रिस्ना, बलबहादुर र प्रबेश बसेको मेच र सोफाहरु यथावत ठाँउमा थिए। अरु भन्दा पनि त्रिस्नाको प्रश्नबाचक द्रीस्टीले उसलाइ पछ्याइरहे झैं लाग्यो। फेरि उसलाइ त्रिस्नालाइ उसले नागरिकता बनाइदिनु पर्छ भन्ने कुरा याद आयो। उहि तनाब, उहि एक्लोपनले सतायो। उसलाइ त्यहाँ बस्न मन लागेन।
केहि बेरमै उ लिजाको डेंरामा पुग्यो। लिजा उसलाइ देखेर छक्क परी।
"न फोन, न केहि खबर! के हो यस्तो सरप्राइज?" लिजाले भित्र बोलाइ उसलाइ।
"तिमीसङ भेट्न मन लाग्यो। तिम्रो याद आयो।" सार्थकले भएकै कुरा बतायो।
"तिमी अरु कसैसङ हुँदा पनि मलाइ मिस गर्छौ र?" लिजाले ब्यंग गर्दै सोधी।
"साँसारिक रुपमा हुनु र मानसिक रुपमा हुनु फरक छ नि। भौतिक रुपमा म जो सङ रहुँ, तिमि मेरो मष्तिस्कमा छौ सधैंभरि।" शायद सार्थक सत्य बोलिरहेको थियो वा थिएन, त्यो उसैलाइ पनि थाहा थिएन।
"यो हिरोलाइ कति कुरा आँउछ है?" लिजा मस्की अनि फेरि सोधी। "कफी बनाँउ?"
"पर्दैन।" सार्थक केहि खाने मुडमा थिएन।
"के सबै कुरा ठिकै छ?" सार्थकको अनुहारलाइ अलि गम्भिर रुपमा नियालेपछि सोधी लिजाले।
"केहि ठिक, केहि बेठिक।" सार्थक काउचमा लमतन्न पल्टियो।
"घरमा झगडा त परेन?" लिजा सार्थकको नजिक आइ र हलुका टाउको सुम्सुम्याउन थाली।
"माया भए पो झगडा हुन्छ माया नभएको ठाँउमा के को झगडा?" सार्थकले बतायो।
लिजा चुप लागि र सार्थकको अनुहार मुसार्न लागि। उसले धेरै कुरा गर्नु जरुरी ठानिन। सार्थक आँखा चिम्ल्यो र लिजाको काखमा टाउको राखेर एक्छिन निदाए जस्तो गर्यो। तर केहि सम्झे झैं गरी सोध्यो।
"यदि म सार्थक नभएको भए, म धनी नभएको भए, सबैको मन पराउने गायक नभएको भए, मेरो शरीर सुगठित नभएको भए, मात्र सामान्य मानिस भएको भए, के तिमी मलाइ यस्तै माया गर्थ्यौ?"
"यहि प्रश्न तिमीलाइ सोध्छु। यदि म टप मोडल लिजा नभएको भए नि?" लिजाले तुरुन्त प्रश्न फ्याँकी।
"यो संसार कस्तो स्वार्थी है?" सार्थक हाँस्यो।
"यहाँ यस्तै हुन्छ।" सरल बनाइ जवाफलाइ लिजाले।
"लिजा! मलाइ यसरी माया गर, जस्तो यो संसारमा म मात्र तिम्रो मायालु हुँ।" सार्थकले बिन्ति गर्यो लिजालाइ।
लिजाले सार्थकको निधारमा चुमी, आँखाहरुमा, त्यसपछि ओंठहरु। प्रतिक्रियामा सार्थक निश्चल रह्यो, निर्जिब प्राणी जस्तो। हलचल गर्नै सकेन। लिजा अचम्म भइ।
"तिमीलाइ सन्चो त छ? कि मुड छैन?" सार्थकको दाहिने हात समाउदै भनी।
"म तनाबमा छु ? जिबनको गम्भिर प्रश्नले मलाइ सताइरहेको छ लिजा।" सार्थक बिस्तारै आफ्नो टाउको लिजाको काखबाट हटायो र बस्यो काउचमा।
"कस्तो तनाब? कस्तो प्रश्न?" लिजाले सार्थकको ढाढमा सुम्सुमाउदै भनी।
सार्थकको आँखामा केहि सलबलायो, लिजाले उसलाइ अंङाली। लिजाको न्यानो अङालोमा सार्थक ज्ञानी बच्चा जस्तो एक्छिन चुपचाप बस्यो।
"लिजा, मेरी अर्की पनि छोरी छे।" सार्थकले टाउको लुकाएरै भन्यो।
"अनि?" लिजा यसरी भनिरहेकी, थी त्यो उसको लागि कुनै ठुलो कुरा हैन।
"उ मेरो नामबाट नागरिकता बनाउन चाहन्छे।" सार्थक उसको अङालोलाइ फुकाँउदै भन्यो।
"बनाइदेउ न त कत्रो ठुलो कुरा हो र?" लिजाले उसलाइ भनी।
"आभाले थाहा पाइ भने, श्रेया र समिरले थाहा पाए भने, अरु सबैले थाहा पाए भने मेरो जिबनमा के होला?" सार्थक चिन्तित देखियो।
"पहिलो कुरा त सबैलाइ भन्दै हिंड्न जरुरी छैन। दोस्रो कुरा थाहा पाए भने थाहा पाए। हामी मानब हौं, हामीबाट गल्ती हुन सक्छन्। टेक इट इजि।" लिजा बेफिक्री रही।
"तिम्रो यही बानी मन पर्छ मलाइ। तिमी हरेक कुरालाइ सरल बनाँउछौ।" सार्थक अलि हसिंलो भयो यसपटक।
"संसार यस्तै छ सार्थक।" भन्दै लिजा गइ किचेनतिर र दुइ गिलास पानी लिएर आइ। सार्थकले चिसो पानी पियो र ताजा महसुस गर्यो।
"म अब जान्छु।" जाँदा जाँदै उसले लिजाको निधारमा मिठो स्पर्श उपहारस्वरुप दिन बिर्सेन।
बाटोमा उ प्रबेशको फोन नम्बर खोजिरहेको थियो।
क्रमश:
Last edited: 17-Jul-09 01:58 PM
Last edited: 17-Jul-09 02:16 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-17-09 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी अर्को पात्र आयो लिजा रे - नाम सुन्दै दिल खुस हुने - सुपर मोडल आहाssss अब श्वासनी ले माया नगरेपछी माया गर्ने मान्छे चाहि हाल्यो नि हैन र ल यो भाग पनि उत्कृष्ट छ -
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 07-17-09 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
outstanding story...
Last edited: 17-Jul-09 03:19 PM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-17-09 5:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<त्यसैले पनि समाजमा उ गायक मात्र होइन, स्वच्छ छबिको रुपमा चिनिन्छ।>>> <<<समग्रमा उ खराब मानिस होइन, उ भित्रको एउटा "उ" ले अड्कल काट्यो। तर अब के गर्नु? त्रिस्नाको कारण उसको इज्जतमा प्रश्न चिन्ह लाग्नेछ।>>> <<< लिजा उसको गीतमा मोडलिङ गर्दैछे, अहिलेको प्रख्यात मोडल, उमेरमा उ भन्दा धेरै सानी।>>> <<< उनिहरु साथी हुन्। तर समाजले तोकेको घेरालाइ पनि मेटाउन सक्ने साथी। >>> <<<लिजाले सार्थकको निधारमा चुमी, आँखाहरुमा, त्यसपछि ओंठहरु। >>> कुरै सक्यो नि, सार्थक कस्तो रेछ भनेर त छर्लङै भो नि। पैले जुना, आभा अनी अब लिजा, अब अरु को को बाँकी हो कुन्नी। लास्तै रेछ हिरो त! ल अर्को भागको प्रतिक्षामा.....
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-19-09 7:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग-६
प्रबेशको मोबाइल ब्यस्त रह्यो, त्यो दिन भरि। काठमान्डौमा नेटवोर्क कहिले काम गर्दैन। दिक्क भएर सार्थकले ५-६ चोटिको प्रयास पछि अर्कोदिन सम्पर्क गर्ने भनेर बस्यो। अर्को दिन पनि त्यस्तै प्रयाश गरेपछि प्रबेशसङ सार्थकको कुरा भयो। तर प्रबेशले कुरा गर्नको लागि बलबहादुर र त्रिस्ना नभइ हुँदैन भन्यो र त्यसको दुइ दिन पछि सार्थककै अफिसमा भेट्ने कुरा गर्यो। पहिले सार्थक अफिसमा भेट्नु उपयुक्त होला कि नहोला भन्ने दोधारमा पर्यो। तर बाहिर झन अरु भेटिने संभाबना बढी भएको कारणले उसकै अफिसमा ४-५ बजेतिर भेट्ने निर्क्योल गर्यो।
तोकिएकै दिनमा उनिहरु आए। बलबहादुर र त्रिस्ना पहिलो दिनको भन्दा अलि ताजा देखिन्थे। दुबैले पशुपतिको चन्दन पनि लगाएका थिए। शायद काठ्मान्डु पनि घुम्दै होलान सार्थकले मनमनै अड्कल काट्यो। त्रिस्नाको खुट्टामा नयाँ चप्पल थियो, तर कुर्कुचाहरु पट्पट फुटेका थिए। गाँउमा धेरै काम गर्छे होला।सधैं माटोमा खेल्दा त्यस्तै हुँदो हो। अनुहारमा पनि छाला सुक्खा देखिन्थे। घाममा दिनहुँ काम गर्दा त्यस्तै हुँदो हो। कपाल त्यस्तै थियो, कालो नभएर खैरो फुस्रो फुस्रो। पोषण नपुगेको जस्तो। उसको लागि सौन्दर्य सामाग्री प्रयोग गर्नु भनेको नचिताएको सपना हुनु पर्छ। जिबन सजिलो छैन त्रिस्नाको लागि। बिचरी कति दुखी कर्म लिएर जन्मिछे? अलिकति दया जस्तो, अलिकति सहानुभुति जन्मियो त्रिस्नाको लागि सार्थकको मनमा। उसले त्रिस्नालाइ धेरै बेर परबाटै निरिक्षण गर्यो र श्रेया सम्झ्यो। श्रेया राजकुमारी जस्ती छे। उसको हरेक मागहरु सार्थक पुरा गरिदिन्छ। सुखसयलको जिन्दगि बाँच्ने श्रेया सार्थकको छोरी हो, के समयभन्दा अघि तुहिएको सपना जस्तो देखिने त्रिस्ना पनि उसकै छोरी हो त? सार्थकले त्रिस्नाको स्थिर आँखाहरुले उसलाइ यही सोधीरहेको जस्तो महसुस गर्यो। शायद ती ओइलिएका आँखाहरु सोध्दैथे, "के मैले कहिले नदेखेको मेरो बुबा भन्ने मान्छे तपाइ नैं हो?"
"सर! अब हामी के गरौ त?" बलबहादुरले धेरै बेरसम्म मौन रहेको सार्थकलाइ सोध्यो।
"नागरिकता मात्र हो भने प्रक्रिया शुरु गर्नु पर्यो। मैले पहिले पनि भनेको छु। यो काम गोप्य तरिकाले गर्नु पर्छ। मेरो परिवार, आफन्त वा अरु कोहि तेस्रो ब्यक्ति कसैले थाहा पाउनु हुन्न।" सार्थकले साबधानी भन्ने शब्दलाइ सम्झिन सकेन।
"हामी त्यसै गर्छौं। त्यसको लागि तपाइ ढुक्क हुनुहोस।" प्रबेशले सार्थकलाइ आस्वासन दियो।
"नागरिकता पछि अरु कुनै झमेला नआओस्। भनाइको तात्पर्य म अरु केहि पनि गर्न सक्दिन त्रिस्नाको लागि।" सार्थकले त्रिस्नालाइ नहेरी भन्यो।
"सर! हामीलाइ केहि चाहिदैन। हाम्रो दुख सुखको जिबन छ गाँउमा। दुइ छाक मिठो नमिठो खान र एकसरो लाउनको लागि पुगेकै छ। हजुरसङ हामी केहि पनि आशा गर्ने छैनौ।" बलबहादुरले उस्तै रुन्चे स्वरमा भन्यो।
"मैले त्यस्तो भनेको हैन। त्यस्तै परे अलि अलि पैसा त सहयोग गर्न सक्छु। तर सम्पति भनेर केहि दिन सक्दिन।" सार्थकले कुरा मिलाउन खोज्यो।
"होइन सर! हामीलाइ त्यस्तो केहि आबश्यक्ता छैन। नागरिकता बनेपछि यो स्वास्थ्य सेविका तालिम लिन्छे। त्यसपछि यो पनि आफ्नै खुट्टामा उभिन्छे। अहिले नि पुगेकै छ, पछि पनि भगवानले जुराउनु हुन्छ भन्ने हामीलाइ बिस्वास छ।" बलबहादुरले फेरि आस्वस्त बनायो सार्थकलाइ।
"प्रबेश जि! तपाइ कानुनको बिध्यार्थी। के के प्रक्रिया छ? नागरिकताको लागि तपाइ बुझ्नुस्। र तयारी गर्न थाल्नुस्। केहि परेमा मलाइ खबर गर्नुस्।" सार्थकले प्रबेशलाइ भन्यो।
"हुन्छ! म त्यस्तै गर्छु।" प्रबेशले भन्यो।
"सर! यहाँ पाइ खाना कहाँ होला ? अलि सार्है पो आपत पर्यो।" बलबहादुरले निक्कै च्यापे जस्तो गरी सोध्यो।
"यो कोठाको दाहिने पट्टि को लाइनमा अन्तिम कोठा हो। म देखाइ दिन्छु आउनुहोस।" सार्थक उठ्यो।
"भैगो, भैगो! मलाइ नि जानु छ। म जान्छु बलबहादुर दाइ सङ।" प्रबेश सार्थक भन्दा पहिले नैं पुग्यो ढोकामा। बलबहादुरले त्रिस्नालाइ "तँलाइ पनि जानु छ?" सोध्यो, त्रिस्नाले टाउको हल्लाएर छैन भनि। प्रबेश र बलबहादुर निस्के ढोकाबाट।
कोठामा सार्थक र त्रिस्ना मात्रै रहे र उनिहरु दुबै जना शब्दको अभाब महसुस गरिरहेका थिए। कुरा गर्ने कि नगर्ने? गर्ने भए कहाँबाट कसरी शुरु गर्ने भनेर? त्रिस्ना भुँइमा हेर्थी, घरि रित्तो भित्तामा र घरि सार्थकलाइ हेर्थी। सार्थक कम्प्युटर स्क्रिनमा हेरे जस्तो गर्थ्यो र त्रिस्नालाइ पनि लुकेर अप्रत्यक्ष हेर्थ्यो। जब सार्थक त्रिस्नालाइ हेर्थ्यो। त्रिस्नाको आँखाहरु टक्क रोकिन्थे र बोल्थे "यो कस्तो सम्बन्ध हो?" सार्थक प्रत्त्युतरमा असहाय हुन्थ्यो र मनमनै भन्थ्यो "म बिबश छु।" शायद त्रिस्ना सार्थकले भन्न खोजेको कुरा बुझ्थी कि बुझ्थिन कुन्नि, उनका आँखा अरु कचौरा जस्तै टम्म भरिन्थे, आँसु पोखिएला पोखिएला जस्तो हुन्थे। अनि फेरि त्रिस्ना आँसु लुकाउन अरु कतै हेर्थी। सार्थकको छाति पोल्थ्यो, उसको आँखाहरु भनिरहेका हुन्थे "सक्छौ भने मलाइ माफ गर।" त्रिस्ना उसलाइ हेर्थी अनि टोलाउथी, कहिले कहिँ आँसुको ढिक्को गालाबाट झरिसकेको हुन्थ्यो र घाँटिमा गाँठो पर्थ्यो। उ सम्हालिरहेकी हुन्थी। उ शायद मन फुकाएर रुन सक्दिनथी, मनमा बाढी उर्लिरहेकोथ्यो। छेकेर छेक्न नसकिने, रोकेर रोक्न नसकिने। सार्थक उसलाइ हेर्नै नसक्ने भइ सकेकोथ्यो। उ त्यहाँबाट अन्तर्ध्यान हुन चाहन्थ्यो, उसकी छोरीको प्रश्नसुचक आँखाहरुबाट भाग्न चाहन्थ्यो। उ सक्दैन श्रेया रोएको हेर्न न त उ हेर्न सक्छ त्रिस्ना रोएको हेर्न। त्रिस्ना हिक्क हिक्क गर्न थालेकी थिइ। सार्थकसङ क्षमता थिएन, त्रिस्नाको रुवाइलाइ सम्हाल्ने। उ आफै मजबुर छ। बास्तबमा उ आफै पनि रुन चाहन्छ जिन्दगिको यो गोरेटोमा। जहाँ उ न अघि बढ्न सक्छ न पछि हट्न सक्छ। कसले भन्यो केटा मान्छे रुन हुँदैन? उसको पनि मन छ, मन दुख्दा उ रुन चाहन्छ। मौन परिबेश, अप्ठ्यारो परिस्थिति र कसैले बुझ्न नसक्ने बाबु छोरीको त्यो मौन संबाद साँच्चै नैं मुटुलाइ चिराचिरा पार्ने थियो। सार्थकको अनुहारमा कालो बादल छाइसकेको थ्यो, बर्षा हुन हुनै लागिसकेको थ्यो, त्यहि बेला प्रबेश र बलबहादुर कोठा भित्र पसे। त्रिस्ना हत्तर न पत्तर सामान्य हुन थाली, सार्थकले रोक्यो उसको मनलाइ, अनायास बर्षिनबाट।
"फेरि पेट दुख्यो क्या हो यसको? कस्तो कालो अनुहार लाएकी?" बलबहादुरले त्रिस्नालाइ हेर्दै सोध्यो। त्रिस्ना केहि बोलिन।
केहि बेर पछि उनिहरु तिनै जना बिदा भए।
कोठामा सार्थक एक्लो भयो, अब उसलाइ आफैसङ लुकाउने कुनै आबश्यकता थिएन। उसले कोशिश गर्यो फेरि रुनलाइ। सकेन, सक्दै सकेन। उसको रुने प्रयास तेतिकै भयो। उ नरोएको धेरै भइसकेको थियो, एकचोटि उ अघाउन्जेल रुन चाहन्छ। उसले केहि गरि पनि रुनै पर्छ। आकाशमा कालो बादल त्यसै गरि मडारिदै थिए, तर पानी पर्न सकेको थिएन। सार्थकको मनमा पनि त्यस्तै बादल गाँठो परेर बसेको थियो।
क्रमश:
Last edited: 19-Jul-09 07:34 PM
Last edited: 19-Jul-09 07:45 PM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-19-09 11:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेहित है बाउ छोरीको त्यो मौन सम्बाद साच्चिक्कै चिरा चिरा पार्ने रैछ । कथा सललल कोशी बगे झै बग्दै छ , छिट्टो अरु भाग पनि थपौ है , भाग ६ पुगी सकेछ ल ल सप्तकोसीमा लगेर टुङाउने होकी अझै बगाउने हो चाडै गरौ है । अर्को भागमा के हुने होला, मैले सोछेको जस्तो हुने होकी हैन ? अर्को भागको ब्यग्र पर्खाइमा । उही हर्के ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-20-09 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ! पुरे त क्या चिन्ने रहेछ सार्थकलाइ लास्टै हिरो रे। लास्ट चाहि होइन होला फस चाहि होला है पुरे। लहरेको दिमाग त घुम्ने भइ हाल्यो नि। ब्रेन नैं टुइविस्ट छ तिम्रो अनि सबै कुरा टुइविस्ट का टुइविस्ट। खुशी चा, मैले छिट्टो छिट्टो तिमीले लेख भनेर लेखेको। तिमीलि पढ्यौ? Stat, अरबी भाषा खतरा गइरहेको जस्तो छ नि क्या हो? सिरियस नैं हुनु पर्ने गरी के के भएछ हामी पनि सुनु न त। रिट्ठे, कलम दौडिरहेको छ, मसी चाहि सकिन सकिन लाग्या जस्तो छ। प्रतिक्रियाको लागि धन्यबाद! हर्के हन्त--- झन्डै पुरा नाम लेख्या मैले। हर्के, तिमीले सोचेको र कथामा हुने Development मिल्छ कि मिल्दैन? हेरौं है त? मिस सनिरा, Thanks for the comment.
|
|