[VIEWED 88892
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-11-10 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
नयाँ नेपालको यात्रा (जात्रा )।
(हालै मात्र नेपालबाट फर्केको हुँ, नयाँ नेपालमा जे जती जात्रा देखें भोंगें तिनलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । नितान्त ब्यक्तिगत यात्रा संस्मरण को रुपमा यसलाई लिन हुन अनुरोध छ ।) भाग १ झन्डै चार बर्षको मुग्लान बसाइ पछी घर फर्किने सोच बनाएको थिएं ३ महिना अगावै । उद्देश्य केही ब्यक्तिगत थिए, केही रहरहरु । त्यो भन्दा पनि जन्म दिन श्रद्धयी आमाको ६ महिने पुण्य तिथीको कर्ममा संलग्न हुने उद्देश्यले ९ अप्रिलको साँझ जे एफ के बाट नयाँ नेपाल को यात्रा सुरु गरियो । मनमा अनेक तर्कनाहरु उठे, धेरै को मुखबाट सुनेको काठमाडौको बेहाल हाल, साच्ची कस्तो भयो होला मेरो काठमाडौ ? बत्ती बिनाको जिन्दगी कस्तो होला, इन्टर्नेट बिनाको दिन कस्तो हुन्छ होला, पानी बिनाको माछा कसरी जिउदो होला ? आदी इत्यादी यक्ष प्रश्नहरुको उत्तर खोज्दै एतिहाड एअर को कुर्चीमा केही बेर निदाएं । केही बेर अर्ध निद्रामा बर्बराएं । आमा जिउंदै हुँदा जान नपाएको पीडा दुखिरहेको थियो। अस्तब्यस्त घर परिवारको ब्यथा बल्झिरहेको थियो । देश र शहर बारे त दिन दिनै अखबार पढेकोले अपडेटेड भए छु जस्तो लाग्थ्यो । तै पनि साँच्ची कस्तो भयो होला है हाम्रो गणतन्त्र नेपाल ? अबुधाबी पुगियो साढे १२ घण्टाको उडान पछी । ट्रान्जिट लामै भए नि बस्न होटल र खानाको राम्रो प्रबन्ध भएकोले समय कटियो सजिलै सँग। साझा पनि हेरियो, चौतारीका मित्रहरु सँग भलाकुसारी गरियो । अबुधाबिबाट कथामाडौ जान गेट नम्बर ७ मा जानु थियो, गैयो । गेट ७ को लामो सुरुङ देखी नै नयाँ नेपाल को झझल्को देख्न थालें । यस्तै त होला नि नयाँ नेपाल- अराजक, अनुशासनहीन। नेपाल जाने प्लेनमा नेपाली न भे को हुन्थ्यो र ? ९० प्रतिशत नेपाली र बाँकी बिदेशी। सेकुरिटी चेक् देखी नै लाइन थिएन। बलमिच्याइ र भिडमभिड । अझ त्यसमा बिदेशीहरु समेत जैसा देश वैसा भेष गर्दै ठेलमठेलमा रमाइ रहेका थिए । खाडी मुलुकमा नेपालीद्वारा बेचिएका नेपालीहरु भन्छु म- त्यो भीडलाई । हुन सक्छ, कत्ती बर्ष पछी मरुभूमिमा पसिना चुहाइ, दलालको खर्च कटाइ आफन्तजनको केही इच्छा साकार पार्न पहिलो पल्ट् आफ्नो घर फर्कन हतार गर्दै थिए मदनवाहरु, धनीयाहरु । नेपालीमा कुरा गर्दै गरेकोले केही ले कुरा गर्न आए । देशमा काम पाएन, ऋण लिएर साउदी आएको र बडो दु:ख पाएको किस्सा सुनाउदै थिए अधबैसे च्याङ्बा । हामी सबैको कथा ब्यथा उस्तै थियो । ललितपुर सिद्धिपुरका मचाकाजी त नेवारीमा कुरा गर्न पाएकोमा खुशी थिए। ३ बर्ष भो रे नेवारीमा कसै सँग कुरा गर्न न पाएको । त्यो टर्मिनलको अराजक स्थिती कारण आधा हाम्रो मानसिकता र आधा ब्यबस्थापन( एअर्पोर्ट अथोरिटी) को कमजोरी जस्तो लाग्छ । सिक्युरिटी अफिसर बाहेक जम्मै कामदार नेपाली हुनु पनि अराजक आगोमा घिउ जस्तो लाग्यो । प्लेन उड्यो , करिब चार घण्टाको उडान थियो । प्लेन भित्र दिइने खाना खाँदै एउटा सिनेमा हेर्दैमा प्लेन उपत्यका छिरेको उदघोष गरे क्याबिन क्रिउले । झ्याल निर कै सिट भाकोले तलतिर नियालें। साँझको साढे सात हुंदो थियो । तल केही न देखिने चुकघोप्टे अन्धकार थियो। लाग्यो म एउटा टाइम मेशिनमा बसेर एकाइसौं शताब्दिबाट आदिमा युग तिर फर्की रहेछु। प्लेन जती तल तल झर्थ्यो , त्यति टुकी युगको धमिलो आकार देखिन्थ्यो । प्लेनले धावन मार्ग छोयो । एअर्पोर्ट को हाल बेहाल थियो नै । गुन्टा टिपी बाहिर के निस्केको थिएं , अन्धकार बीच ठुलो फ्लोरोसेण्ट होर्डिङ बोर्डमा " बधाई छ आज आउनु भयो - भोलिको नेपाल बन्दमा स्वाग्त छ " भनी लेखिएको जस्तो देखियो । मात्रीभूमीको टेकेको पहिलो पाइला मै नेपाल बन्दको स्वागत । क्रमश:
|
|
|
|
Phatte
Please log in to subscribe to Phatte's postings.
Posted on 05-13-10 12:08
PM [Snapshot: 1024]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"सिटीलाई कुनै ठिटीले टेरेको थिएन ।"- हसाउनु भयो राहुल दाईले | २-४ दिन अझै नया नेपालमा बास भाको भए दिनथियो होला ट्याक्सी चालकले तपाइंलाई " भिजलानते" भनेर | छोई नसक्नु छ आजकाल नया नेपालमा | -फत्ते
|
|
|
Neural
Please log in to subscribe to Neural's postings.
Posted on 05-13-10 12:53
PM [Snapshot: 1097]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahul ji, Chiple ji, Deep ji -- good going. Ajhai korau. Deep ji ko yo waakya chahi ali hajam bhayena ni " म चै यही अपृल ३१ तारीकको दिन गाको के नेपाल--"
April 31?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-13-10 12:57
PM [Snapshot: 1079]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ को नेपाल भ्रमण को गफ त रोचक भो नै,ठुल्दाइ ले पस्किने तरिका झनै रमाइलो क्या,सादा यथार्थमा टुवाक्क टुक्क मसाला थपेर पकाउनु भा भोजन तीन थाल खाँदा नि जिउरो मात्त चिलायो, अनी के भो हँ दाई। चिप्ले गुरु को झलक हरु नि कम्ता रमाइला छैनन, दिप गुरु चै कता हराए कुन्नी,अझै जेट ल्याग्मै हो प्रभो? कि ..
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-13-10 1:01
PM [Snapshot: 1097]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ ले राखेको तीनटा भाग पढेर भएइयो, बोनस् मा दीप क्रो को र चिप्ले मार्ट्साब को पार्ट नि पढेर सकियो ट्याउसी को त के कुरा गेर्ने हो - मिटर त के हो के हो - ठमेल बाट स्वयम्भु सम्म जाँदा ट्याउसी को मिटर बाट ३ चोटि ३ ता भाउ - ९० एक्चोटी - १२० एक चोटि अनी १४५ हो क्यारे अर्को चोटि कुमारी पाटी बाट स्वयम्भु सम्म २५० लिया थ्यो जाम साम केही नभएर -
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-13-10 1:36
PM [Snapshot: 1141]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ब्रो ले हाम्लाई थाङ्नामा सुता'र कता तिर गये कुन्नी म चाँही खाटी कुरा कस्ले पत्ता लाउछ भनेर कुनामा बसेर हेरिराथे बल्ल निउरल ले कुरा झारेछ ! अप्रिल त ३० सम्मको मात्र हुन्छ नि दीप ब्रो, ३१ अप्रिल भन्या कुन साल को हो त?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-14-10 10:51
AM [Snapshot: 1254]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ नेपाल को यात्रा भाग ४ (ट्याक्सी माहत्म्य २) ट्याक्सी न चढी धरै नहुने, घरै नपुगिने के गर्ने ? फेरी अर्को दिन एम्बेसी जानु पर्यो । एका ब्यानै । घर अघिल्तिर बाटै ट्याक्सी भेटियो । मिटर तिब्र गतिमा घुम्दै थियो । एम्बेसी पुग्दा २५० रुपैया देखायो । अस्ती यही बाटो आउँदा जांदा १७५-१८५ तिरेको, २५० देखाउदा अती भो भनी बिस्तारै भनी हालें । साहेबको अगाडि ठुलो स्वरले कराउने कुरा भएन । " ड्राइभर साहेब, तपाईं को ट्याक्सी नयाँ हो ? मिटर त घट्ट घुम्छ नि ? " " तपाईं लाई त्यस्तो लागेको होला, सप्पै ट्याक्सी मा मिटर घुम्छ नि दाई " " त्यो त हो भाई ( उसले दाई भनी हाल्यो ), तर हिजो यही बाटो हुंदै ट्राफीक जाममा फस्दै आउँदा १७५, फर्किदा त्यही बाटो त्यही जाममा हुइकिदा १८५ भने अहिले जाम न साम आराम सँग आउँदा २५० ?? यो त भएन नि । जाम मा नफसेर धेरै चढेको हो कि ??" " तपाईं लाई कुरा क्लियर गरी दिन्छु । बजार भाउ असाध्ये महँगो छ, तेल पनि महँगो छ । बालबच्चा छ, पाल्नै पर्यो । त्यहै भएर एक 'कल' बढाइ राखेको, तपाईंलाई के ढाट्नु ?" मान्छे इमान्दार रहेछ, चोरेको छु भन्दो रहेछ । बाल बच्चा पनि रहेछ । महंगीको मार पनि रहेछ । "यह! त्यसो पो । लौ त त्यसो भए ३०० नै लिनुस् न । हाम्रो त बाल बच्चा नि छैन, हामीलाई महंगिले पनि छुंदैन, हाम्रो लागि तेल पनि सस्तो छ" भन्दै सय को ३ गोटा नोट दिएं । हैन दाई , दुई सय मात्र दिनुस् भन्दै १ गोटा गैंडा फर्काए । अजब देशको गजब चाला, चोर ठगले पनि छुट दिने रहेछ हाम्रो देशमा । रु ७५ ठगिएको उपलक्षमा रु ५० बम्पर डिस्काउण्ट । एम्बेसीको काम सक्याएर् दरवार मार्ग स्थित एअरलाइन्स को अफिस मा फ्लाइट र होटल कन्फर्मा गर्नु थ्यो, त्यता अर्को ट्याक्सी लिएर फर्कें । संभवत घरको बाटो भन्दा नि दरबार मार्ग आधाबाटो थियो, तर पनि १७४ निस्क्यो । अघीको ट्याक्सी ठग भनेको त यो त डाँका नै निस्क्यो । फेरि सोधुम, हिजो कती तिरेको भन्ने रेफरेन्स पनि थिएन अर्को उही रेडिमेड जवाफ " बालबच्चा भाको ड्राइभर , तरकारी महँगो, सरकारी जागिर छैन " भन्ने त होला । डाँका डालेको भागबाट छुट लिन मन लागेन । १७५ तिरेर अब कसम खाएं । अब देखी ट्याक्सी चढ्दिन । क्रमश:
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-14-10 11:23
AM [Snapshot: 1283]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>> रु ७५ ठगिएको उपलक्षमा रु ५० बम्पर डिस्काउण्ट । <<< हाहा गज्जब जादैछ ठुल्दाइ ! जन्मदिनको शुभकामना पनि भनिहालुम !
|
|
|
atomic
Please log in to subscribe to atomic's postings.
Posted on 05-14-10 12:37
PM [Snapshot: 1335]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! लोल! पछील्लो पटक म नेपाल जादाआ को कुरा हो, मलाई किङ्स वे देखी पाटन सम्म जानु परेको थियो, रात को ९ बजी सकेको थियो, एउटा ट्याक्सी को अगाडि गई सोधे, पाटन जाउन भनी, "पाटन के भनेको थिए मैलएे त पोखरा नै जान लाई भने जस्तो लागेर उस्लएे भन्यो " टाढा छ दाई, खै फेरी खाली फर्किनु पर्ने हो कि" पाउछ हो पाउछ, मंगल् बजार मा मारमार हुन्छ भनेपची बल्ल माने। ड्राइभर महोदय लएे फेरी सोधे मलाई, "दैइ मितर चलाएर जाने कि दाईरेक्त जाने हो" मैलएे बुझिन क् हो तेसो भने। जवाफ म उन्लएे भने, " एतिकै जाने हो भने ३०० पर्छ, मितर चलयो भने झन बेसी हुनसक्छ भन्न सकिन्न", मैलएे मितर चलाऊ अनी जाउन भने, २३० को निम्तो आयो, मैलएे २५० दिए, देख्न पाएछैन दाई खुद्र छैन भनी ह।ले, " त्यो तपाईं नि राख्नु मितर बनाउन लाई भनी घर तिर ल।गे"।।।।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-14-10 1:03
PM [Snapshot: 1380]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बम्पर उपहार जित्नुभएकोमा बधाई!!! आफ्नो पनि केही ट्याक्सी महात्म्य थपिहालूँ। भनिहालें नि मिटर घुमेको देखेर रिंगटा लाग्ने भएकोले सकेसम्म ट्याक्सी नचढ्ने नै गर्थें भनेर। तर पनि चढ्नै पर्ने अवस्थाहरु आइरहन्थे। मुख्य कारण चाँही: समय अभाव, सामान धेरै भएको बेला, र साँझ परे पछि माईक्रोबस, टेम्पो आदि नचल्नु। एक चोटि उही समय अभावले सतायो। जानु पर्ने ठाउँ पनि अलि अपरिचित। त्यो पनि आफू त्यति नजाने ठाउँबाट जानु पर्ने। गन्तब्य बताए पछि कुन बाटो जाने भनेर सोध्छ, अब जताबाट छिटो हुन्छ त्यतैबाट लानुहोस् भनें। मिटरमा हरेक २०० मिटरमा पैसा चढ्नु पर्ने हो, तर त्यो भन्दा निकै कम् दूरीमा चाढिरहे जस्तो लाग्यो। अगाडीकै सिटमा बसेको हुँदा यसो मिटरको सिल छोएँ, तोडेको यसै थाहा हुन्छ कि हुन्न भनेर। तोडेकै जस्तो त कतै देखिएन, अनि त्यही बेला गुरुजिले बुझाउन थाले, त्यो हाम्रो सिल हो, तोड्यो भने (कती हो बिर्सिएँ) जरिवाना लाग्छ भनेर। (पछी पो बुझ्दै गएँ त भाडा ठग्ने अनेकौं उपाय हुँदा रहेछन् त्यो अर्थिङ गर्ने, छुस हान्ने आदि आदि)। अनि सोध्यो बिदेशबाट आउनुभएको हो भनेर। तपाईंलाई किन त्यस्तो लाग्यो भन्दा अनुहार देखी बोली, लुगा सबैले थाहा हुन्छ, र कहाबाट आएको भनेर सोध्यो। २००७ को शुरुतिरको कुरा पर्यो यो, जतिखेर माओवादीहरु सार्वजनिक भएको मुस्किलले एक बर्ष भएको थियो। अमेरिका भनिहाल्न पनि डर लाग्यो र हत्तपत्त मुखबाट अस्ट्रेलिया फुस्काइहालें। अनि सोध्छ फेरी, त्यहाको पैसा यहाँको कती हुन्छ भनेर। पर्यो फसाद, मलाई के थाहा अस्ट्रेलियन डलरको बिनिमय दर। ४५ मा साट्या जस्तो लाग्छ भनें। गन्तब्य पनि कसरी पुर्यायो थाहा छैन, घुमौरो बाटो लग्यो जस्तो लाग्छ। पैसा पनि गयो बेस्सरी। आफू ललितपुरबासी, काठमाडौंमा गैरहने ठाउँ भनेको पूर्वमा पुतलिसडकसम्म हो, उत्तरपूर्वी काठमाडौंको त केही प्रमुख सडक बाहेक आफू परिचित् छैन। अर्को घटना पनि २००७ कै हो। त्यति बेला तराइ बन्द तथा आयल निगमले पैसा तिर्न नसकेर पेट्रोलियम पदार्थको अभाव थियो। भद्रकालीमा तेल भर्न सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वर टुकुचा पुलसम्म समेत् लाइन लागेको देखेको थिएँ, र लाइनमा हुने भनेको प्राय: सेता मारुति ट्याक्सी नै हुन्थे। ट्याक्सी चलाएर कमाउनु पर्ने, लाइन बस्दै समय जान्थ्यो र त्यस्तो बेला भाडा बढी लिनु स्वाभाविक नै थियो। तापनि पोहोर साल आफू जाँदा वा यसपालीको ठुल्दाइको अनुभव, (जतिखेर पेट्रोल सहजै पाइन्थ्यो) जस्तो अचाक्ली नै भने तिर्नु पर्दैनथ्यो। जे होस् भाडा मोलतोल गरी ट्याक्सीमा बसियो। अब कुरो भाडाको होइन। अमेरिका बस्या बानी, गाडीमा बस्नासाथ सिट बेल्ट बाँधिहाल्ने। तान्न खोज्छु आउँदैन। गुरुजीले तानेर झिकिदिए, भित्र कता अड्किएर फोहोर पनि बेस्सरी भएको रहेछ, होस् भनेर नलगाइ बसें। गुरुजी भन्न थाले, दिनभरी गाडीमा बस्दा कपडा खुम्चिने भएर हामी त बेल्ट लाउँदैनौं रे। कहिले नसुनेको अनि नभोगेको कुरा। शाही कालमै हो क्यारे, चालक र अगाडि बस्ने यात्रुलाई बेल्ट बाँध्न अनिवार्य गरिएको तर राजतन्त्र निलम्बित भएपछि कसैले लाउनै छोडे। शायद लोकतन्त्रले दूर्घटना रोक्छ भन्ने सोचाइ हो कि। जे होस् सुरक्षित रुपमै आफ्नो गन्तब्यमा पुगें।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-17-10 10:16
AM [Snapshot: 1578]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ नेपालको यात्रा भाग ५ (मित्र टिएमएस् को सल्लाह अनुसार जबर्जस्ती गर्नु परेको रजिनामालाई जबर्जस्तिनामा भनी सम्बोधन गरिएको छ। ) मन्त्रालय पुगी दुइलाइनको जबर्जस्तीनमा लेखेर आएकोमा मन्त्रालयका मित्रको फोन आयो, त्यो पत्रको ढाँचा मिलेन रे केही थप्नु पर्यो रे, फेरी आउनु पर्यो रे भनी बोलावट आयो। जानै पर्यो, जाने पो कसरी ? प्रच- गर्मी ( प्रच पछी को अक्षर लेख्दा अशोभनिय देखिन्छ, त्यसैले न लेखेको) त्यस माथि ट्याक्सी न चढ्ने कसम । बाइक वाला माइक लाई फोन गरें, नजिकै भए भनेर के भनेंथें " म त बालाजु मा अझै २-३ घण्टा काम छ " भन्ने जवाफ आयो । हिंडेर सिंह दरबार जाने हिम्मत भएन, ट्याक्सी न चढ्ने, बडा अप्ठेरो थालोमा अड्कें । माइक्रो चढे कसो होला? दिमागमा गजबको आइडिया फुर्यो । थ्यान्क यु भन्दै माइक्रो चढ्ने न्यूनत्तम दूरी नाप्न थालें । घर छेउ कै अत्यन्त सुगन्धित बिष्णुमती किनारबाट सोह्र खुट्टे हुंदै जमल जान्छ रे २३ ख नम्बर को माइक्रो - एक जना जानकारले सल्लाह दिए। माइक्रो आउने भनिएको ठाउमा कुरें । १० मिनेट मै आयो बाइ भन्दै मक्ख पर्दै माइक्रोमा छिरें । सीट पनि माइक्रो नै हुने रहेछ माइक्रो बसमा। जबर्जस्तीनामा को लागि जाँदा जबर्जस्ती नै २५% नितम्ब कतै अडेस लगाएर गैयो । १०० मिटर गाको छैन घ्याच्च रोकियो, अर्को सात्री थपियो ( सास्ती खान आएको यात्री= सात्री)। फेरी अर्को १०० मिटरमा घ्याच्च । यसपाली चाँही ओर्लिने महिलाको घ्याच्च्याइं रहेछ। मेरो पछाडिको सात्री अगाडिका सात्रिहरु लाई कुल्चदै झरी । " सरी" भन्नु पनि छैन । निर्धक्क सँग कुल्चदै फुट्ट निस्की ।मानौ अरुलाई कुल्चदै अघी बढ्नु हाम्रो संस्कार हो, धर्म हो । अरुको दु:खमा न कुनै ग्लानी न कुनै अफसोस । सेतो पहिरन को मान्छेको त खयाल गर्नु पर्छ नि । त्यसै त पानी न भएर अमेरिका आए पछी लन्ड्रिमा राखौला भनी मैलो लुगा पोका पारेको थिए। एक थपियो । साढे ६ नम्बर को स्यान्डलको आक्रिती सेतो प्याण्टमा छापियो । जमल पुगियो । सल्लाह दिने भलादमिका अनुसार जमल मै पहिलो गन्तब्य थियो । रु १२ तिरेर ओर्ले । जानु थियो सिंह दरबार त्यो पनि बबर महल को कुनाबाट । बानेश्वर थानेश्वर जाने बस, माइक्रो, ट्याम्पू जे भए नि हुन्छ भनी कुरें । एउटा आएन । सब हाँडिगाउ, टंगाल, बौद्ध जोरपाटी, नारायणस्थान जाने सवारि साधन मात्र जमल रोक्दो रहेछ । भएन बा भन्दै फेरी टनटलापुर घाममा रत्नपार्क हिडियो । बानेश्वर जाने लाखौं टेम्पू माइक्रो रहेछ त्यता। माइक्रोमा बसेर साढे ६ नमबर को छाप बोकियो अब बस्दिन भनी टेम्पू चढें। सीट पुरै न भरेको कारणले डिलक्स सीटको सुबिधा सहित् बबरमहल मन्डला चोक पुगें । रु १० । त्यहाबाट सिंह दरबारअको दक्षिण ढोका सम्म हिंडे । सिंह दरबारका मित्रले पुरानो परिचय पत्र ( जागिर हुंदा को ) लिएर आउनु भनेकोले सुरक्षाकर्मिलाई परिचय पत्र के देखाको थिएं- " तपाईं कुन दुनियाँमा हुनु हुन्छ ? देशमा गणतन्त्र आएको त ३ बर्ष भाईसक्यो , अझै श्री ५ को सरकार लेखेको परिचय पत्र ?? ।" " अं , बिदेश गाको थिए, बल्ल हाजिर गर्न आको नयाँ परिचयपत्र बनाउनु छ ।" ल जानुस् , भन्दै परिचय पत्र चाँही खोसे, मान्छे चाइ भित्र ठोसे । छोड्या जागिर को परिचय पत्र खोस्दै मा के को टनटन भन्दै मन्त्रालय हिंडे। मन्त्रालयका अती भलादमी प्रशासनका उपसचिबज्यू को आग्रह र सुझाव अनुसार " जबर्जस्तीनामा" सच्याइयो । भोली पर्सी सम्ममा रजिनामा स्विक्रित गराइ दिन्छु फोन गर्नु होला भन्नु भयो । उपसचिबज्यू सहयोगी नहुंदो हो त जबर्जस्तिनामा स्विक्रित मात्र हुन लाई महिना, बर्ष लाग्न सक्थ्यो । फाइल को खुट्टा हुंदैन, आँफै मूभ हुंदैन । या त जुस खुवाउनु पर्यो या घुस । त्यहाँबाट काम सक्याइवरि अंध्यारिने ट्याम बाँकी रहेको ले अम्रिकाका दुष्ट छिमेकीको घरमा ङिच दांत देखाएर आउने बिचार आयो । बाटै परेको र अर्को एउटा टेम्पूलाई रु १२ बुझाए पुग्ने । हालखबर आदन प्रदान गर्दै फर्किन लाग्या थिएं, " हैन बाबु यहाँ सम्म आए सि एक गिलास सर्बाट त खाएर जानुस, के को हतार?" भन्नु भयो छिमेकिको बुवाले । गर्मिले तिर्खाएकोले होला, सर्बत पिउने आग्रह लाई नकार्न सकिन । एक गिलास चिसो सर्बत पिएर फर्कें । रातको खाना खाइवरि अंध्यारो मै गफसफ गर्दै बसियो । ११ बजे बत्ती आउने पालो रे भनेको ले न सुती बसेको थिएं। धेरै दिन भो साझा खोल्न न पाएको , चौतारीमा गफ सफ गर्न न पाएको। बिजुली आउने प्रतिक्षामा थिएं एक्कासी पेट मा मेघ गर्जियो । बिजुली चम्क्यो। गड्याङ गुडूङ्ग सुरु भयो । क्रमश :
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 05-17-10 10:34
AM [Snapshot: 1583]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै कुरा मेरो जस्तै अनुभव रहेछ यो नेपाल यात्राको बर्णन! नेपाल पुगेको जस्तै लाग्यो मलाइ। दाइ, अरु नेपालको राम्रो पक्षहरु पनि राख्नु पर्यो। जे भए पनि हाम्रो देश हो।
|
|
|
STUPIDA
Please log in to subscribe to STUPIDA's postings.
Posted on 05-17-10 10:50
AM [Snapshot: 1615]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ramilo lagyo. hajur li mero ni 'thank-you'. ma ni feb ma gako thiya, taxi ko khahani sabai ko autai raicha !!!!....antim 2 sentence le khub haas uthioye..बिजुली आउने प्रतिक्षामा थिएं एक्कासी पेट मा मेघ गर्जियो । बिजुली चम्क्यो। गड्याङ गुडूङ्ग सुरु भयो । ....yespali ta mero ni bijok vhakoe thiyo...3 hapta ko chutti ma 1 hapta ghar mai thala pari basiyo.........
dai ko ma गड्याङ गुडूङ्ग matra vhaya cha, mahilay ta teyo oklahoma city ma gai rekhnay 'tornato' dekhaye...asina sahit ko....tornato 3-4 din samma chaloye.....pahilo din, 12-15 chotti baday khaharay khola jhai garjiyo .........
la ma ni arue vhag ko prathik chayma.....
Last edited: 17-May-10 10:52 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-17-10 11:16
AM [Snapshot: 1666]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ पाँचौ भाग नि पढियो ! रमाइलो लाग्यो ! लेखाइ सदा झै अब्बल दर्जाको ! 10/10
|
|
|
pire
Please log in to subscribe to pire's postings.
Posted on 05-17-10 12:27
PM [Snapshot: 1711]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेहि त, राहुलभाई दाई, राम्रो पक्ष पनी लेखन पर्र्यो . कस कस ले यस्तो बिषम परिस्थिति मा पनी राम्रो गरेका रैछन, अरुको जीवन राम्रो बनाउन काम गरेका रैछन , कसले गर्दा हाम्रो देशको भविष्य प्रति आशावादी हुन हामी जस्ता बिदेशमा बसेका (एक अर्थमा भगुवा ) हरुलाई कर लाग्दो रहेछा त्यों पनी लेखु न.पानी बिजुली ट्याक्सी ब्यूरोक्रेसीको समस्या हामीलाई थाहै छ, तपाईको प्रतिभावान कलम र दृष्टिले अरुले नदेखेको कुरो देखेको हुनुपर्छ , जहा अरुले समस्या र असीमित अध्यारा हरु देख्दछन , तपैले टनेलको अंतको बत्ती (Light at the end of the tunnel) पनी देख्नु भो होला , ती कुरो पनी लेख्नुस न.
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-17-10 2:36
PM [Snapshot: 1800]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, ठुल्दाइले ट्याक्सी चढ्न छोड्नुभएछ। शहरी क्षेत्रमा चल्ने माईक्रोको पनि दुरुस्तै तस्वीर उतारिदिनुभयो। रोकेर अनि कोचेर हैरान, अनि प्राय: पाकेटमाराको शिकार पनि माईक्रोमै भईन्छ भन्ने सुनेको थिएँ। अनि टेम्पोको डिलक्स सिट भनेको चाँही कस्तो नि? गुरुजी छेउको हो? उदर् बिकारले पनि सतायो जस्तो छ। मलाई पनि हरेक चोटि जसो पेटे र नाके रोगले समातिहाल्छ। लेखाइ अब्बल दर्जाको छ भन्ने कुरामा कुनै शंका छैन। तर अरु पाठकहरुले लेखे जस्तै ४ बर्ष पछि स्वदेश फर्किंदा देखिएका सकारात्मक कुराहरु पनि केही उल्लेख गरिदिनुभए हुन्थ्यो।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-18-10 9:15
AM [Snapshot: 2033]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ नेपालको यात्राको पाँचौ भाग सम्म पढि गुणी दिने सबैमा हार्दिक अभार प्रकट गर्न चाहन्छु । क्रेजी परमात्मा, जे देखें, जे भोगें त्यही लेखें । र लेख्दै छु । यसमा आग्रह पूर्बाग्रह् केही छैन। सकरात्मक कुरा पनि आउँला नै । धेरै क्षेत्रमा नकरात्मक बिकास भएकोले होला, नकरात्मक पक्ष धेरी लेखियो होला। नराम्रो लाई राम्रो र खराबलाई असल भन्ने नेपाली नेताको जस्तो जिब्रो मेरो छैन र म लेखन सक्दिन । बेइमान हुन सकेको भए मुग्लान पस्नु पर्दैनथ्यो होला। स्टुपिडा, नेपाल पुगेर २-४ दिन सम्म पनि रुघा नि नलागेको अनी पेट गडबड नभाको भनेर धक्कु लगाउदै थिएं । धक्कु लाई कक्कु समाइ हाल्यो । रिट्ठे धन्यवाद।
पिरे, लेख्दै छु पिरे जी , राम्रा नि आउँलान, नराम्रा नि आउँलान, ढाकछोपे निती छैन। देश प्रती आशाबादी भए नि भबिष्य अझै अनिस्चित छ । देशको राजनीति पनि केही बुझ्ने कोशीश गरें । केही पार्टिका भित्रियाहरु सँग कुर गरें । राजनैतिक रंग दिन चाहन्न यो यात्रा संस्मरण मा। यथार्थ राजनैतिक धरातलमा उभिएर केही सूचना लिएर आएको छु । अन्त कतै लेखुंला। चिप्ले , टेम्पू को डिलक्स सीट चाँही पछाडि जम्मा जम्मी ३ जना भाकोले, आराम सँग १०० प्रतिशत आफ्नो भाग ओगट्न पाइयो । कसैले कुल्चेन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-18-10 10:45
AM [Snapshot: 2096]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ नेपालको यात्रा भाग ६ । मेघ गर्जियो, बर्षा भो । बाढी आयो। "रेस्ट रूम इज द बेस्ट रूम " भयो । राती ओखती किन्ने पसल खुल्ने कुरै भएन। खुले नि निस्कनलाई सुरक्षित समय थिएन । झिस्मिसे ब्यानै भाईलाई ओखती किन्न पठाएँ। बीर अस्पताल सम्म गएर "बाढी" रोक्ने ओखती ल्याइ दिए । जीवन जल को भरमा जीवन धानी रहें । शरीरको जम्मै शक्ती पानी संगै बगेकोले होला, त्यो दिन पुरै बेड रेस्ट गर्नै पर्यो । ओखतिले काम गर्यो । रेस्टरुम जाने आव्रित्ती कम भयो । शक्ती संचय नि भयो । त्यो दिनको घर बसाइले इष्ट मित्रकोमा डिनर ज्यूनार गर्न बोलावटलाई स्थगन गर्नु पर्ने बाहेक केही घाटा रहेन। जबर्जस्तिनामा स्विक्रित भएर आको खबर आयो । आँफै आउनु पर्ने रे चिट्ठी बुझ्न, सनाखत गर्नु पर्ने रे । सिंहदरबार जाने र छिर्ने झंझट बारे पहिला नै लेखी सकेको छु । यसपाली भने टोलको भाईलाई बिन्ती पत्र हालें । सिंहदरबार सम्म बाइकमा पुर्याइ दिनु बाउ भनेर । " झूर संचार " सम्म जाने काम भएकोले भाई मान्यो । हर्षले गदगद भएं । माइक्रो को कोचाकोच र चप्पलको दाग बाट मुक्ती मिल्ने भयो । सिंहदरबार पुगें । यसपाली भने नागरिकता धरौटी राखी छिरियो । सनाखत गरियो, पत्र बुझियो । २ दिन मै जबरजस्तिनामा स्विक्रित भएको रेकर्ड हुनु पर्छ हाम्रो मन्त्रालयमा । उपसचिब - खनालज्यू कमाल थियो त्यो। हाम्रो तर्फबाट अन्तिम ( सरकारी ) चिया खाएर जानुस् भन्नु भयो र उहाँको शालिनता र आग्रह प्रती नतमस्तक हुंदै अन्तिम चिया पिएं र फर्कें । यसरी नेपाल सरकार बाट आफ्नो सम्बन्धन तोडियो । कसैले भनेको याद आयो। जागिर त छोड्न सजिलो, जागिर छोडे पछीको प्रकृया झन झन्झटिलो र उदेक लाग्दो हुन्छ। ओरालो लागेको म्रिगलाई झै सबैले खेदछन । अझ अम्रिकाबाट आएको भन्न साथ सबको नजर महादेबको हुन्छ । जबर्जस्तिनामा पत्र बोकेर आफ्नो बिभाग गएं । यसपाली पनि २ वटा टेम्पू को शरण लिनु पर्यो। टेम्पूको खाली सीटले राहत दियो नै । तर ट्राफिक जाम र जेपिटी हँकाइ भने कहाली लाग्दो । एक छिन् रोकिए जस्तो भयो भने प्राय बाइक चलाऊनेहरुको स्पेशल ट्र्याक सड्क पेटी हुने रहेछ , त्यसमा पनि अधिक संख्यामा महिला चालक हुने रहेछ । "महिला सधैं पहिला" त्यसै भनेको रहेन छ जस्तो लाग्यो । सब लाई हतार रहेछ हाम्रो देशमा । यती हतार कि कतार जाने फलाइट छुटी हल्ला जस्तो । जुन देशमा धेरैको काम छैन, समय सीमाको कुनै अर्थ छैन , त्यहीं सबलाई हतार छ । २ मिनेट ढिला पुग्दैनमा कसैको केही जानेवाला छैन । दरिद्र मानसिकता र संस्कारी परबरिस को अभाव । बिभाग पुगियो २ बजे को हुंदो हो । एक जना संगै काम गरेको मित्रको कोठा भित्र गएं । राजिनामा पछीको सुबिधा पाउं भनी निबेदन लेख्नु पर्छ भन्ने सल्लाहा दिए तिनले र लेखें । राजिनामा स्विक्रित भएको पत्रको नक्कल सहित् निबेदन दर्ता गराउन गएं । तोक न लगाइ दर्ता नगरिने सरकारी नियम। तोक लगाउन महानिर्देशकको कोठामा गएं । साहेब मन्त्रालयमा मिटिङ मा रे ।उप महानिर्देशकको मा तोक लगाउन सल्लाह दिए पिए साहेब ले। उप पनि थिएन कोठामा । साथी संगै क्याण्टिनमा गयौं । सप्पै जसो इन्जिनियर साहेबहरु क्याण्टिन मै भेट भयो । हाइ हेल्लो गर्दै घण्टा बित्यो । तपाईं सँग बिशेष कुरा गर्नु पर्छ भन्दै आए २-३ जना । चिया खाएर तपाईंको कोठामै हाजिर हौला भने। उपमहानइर्देशज्यू को पनि क्यान्टिनमै सवारि भयो । नमस्कार गर्नै पर्यो , काम जो थियो । भित्री मन देखी नमस्कार गर्न मन लागेको थिएन। जागिर खोस्न उद्यत एकजना मतियार उहाँ पनि हुनु हुन्थ्यो । "सर एउटा काम थियो ।" "के काम भनी हाल्नुस् , मलाई मन्त्रालय जानु छ ।" "राजिनामा स्विक्रित भएर आयो, यसो यसमा तोक लगाइ दिनु पर्यो ।" "तपाईंले राजिनामा दिनै नहुने । तपाईं जस्तो होनहार मान्छेले बिभाग छोडेर गए बिभागलाई घाटा पर्छ ।" गोही को आँशु चुहाउन छोडेन हाकिमा ले। नियमानुसार बिदा मागेकोमा, नियमानुसार अझै डेढ बर्ष बिदा दिन मिल्नेमा बिदा थप गर्न नहुने राय दिने तिनै हाकिम थिए । "लेखा + प्रशासन" भनी साढे दुई बहुमुल्य शब्द शाहीत तोक लगाइ दिनु भयो। धन्यवाद भन्दै पत्रलाई दर्ता डेस्क मा बुझाएं र आँफै लेखा शाखामा बुझाएं । "आज बत्ती छैन, भोली बिहानै आउनुस् १ बजे सम्म बत्ती आउछ । निजामती किताब खानामा चिट्ठी लेखी दिन्छौ। प्रशासन मा गएर बिदाको रेकर्ड लिएर आउनुस् ।" हस सर भन्दै प्रशासन साखामा गए। कोइ थिएन । शाखा अधिक्रित ठेलुवा मा बढुवा भाको सुब्बा साहेब । कर्मचारी संगठन को नेता । पार्टिको मिटिङ मा गाको रहेछ । ४ बजी सक्दा फर्किने कुरा भएन । भोलिको लागि काम पेन्डिङ मा राख्दै अघी स्पेशल कुरा गर्नु पर्छ भन्ने इन्जिनियर साहेबको कोठामा छिरें । "ओह सर, तपाईं त पुरै अमेरिकन जस्तो देखिनु हुन्छ, के खानु हुन्छ अम्रिकामाम ?? " चिल्लो घसाइ बुझी हालें । "अमेरिका गए नि दाल भात खान्छु ।खासै केही परिवर्तन आएको छैन म मा ।" "हैन सर, अम्रिका जाने कसरी ? हामीलाई नि सिकाइ दिनु पर्यो। यो देशमा बसेर केही हुन्न । खत्तम छ ।" मन मनै भन्न मन लागेको थियो । मन मनै गुम्साए । महिनाको १० हजार तलब खाइ २ छोरीलाई चाइनामा २० -२० लाख तिरी मेडिकल पढाउने उही । अझै देश खत्तम छ भन्ने ? देशलाई खत्तम पार्ने उहाँ जस्ता हिप्पोक्र्याटहरु सँग मेरो बिमत्ती छ ।
"पैसा नि निक्कै कमाइयो होला नि ? " "अं , कमाएं, विद्यार्थी लाई पनि टन्नै पैसा दिंदो रहेछ अमेरिकामा ।" "आउनुस् तपाईं पनि । किन २-४ हजार को पी सी ( इन्जिन्यरिङ्ग भाषामा कमिशन ) को लागि ठेकेदार को तलुवा चाट्नु हुन्छ ।" "हैन साच्चै भन्नुस् ", " आउने कसरी ?" "जी आर ई दिनुस् , युनिभर्सिटी मा आप्लाई गर्नुस् । तपाईं जस्तो विद्वानअलाई लाई ली हाल्छ नि ? " "जी आर ई त..................... । " क्रमश :
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-18-10 11:05
AM [Snapshot: 2125]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेघ गर्जियो, बर्षा भो । बाढी आयो। "रेस्ट रूम इज द बेस्ट रूम " भयो । ल यो भाग नी पढि सकियो - मज्जाले गैराछ ठुल्दाइ - ब्राभो
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-18-10 11:28
AM [Snapshot: 2148]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, मेलम्चीको पानी आएको भए पनि रेस्ट रूमको प्रयोग केही सहज् हुँदो हो। महिनाको १० हजार तलब खाइ २ छोरीलाई चाइनामा २० -२० लाख तिरी मेडिकल पढाउने उही । अझै देश खत्तम छ भन्ने ? देशलाई खत्तम पार्ने उहाँ जस्ता हिप्पोक्र्याटहरु सँग मेरो बिमत्ती छ । तपाईंसँग पूर्ण रुपमा सहमत् छु यो तीतो यथार्थमा। सरकारी कामकाजको पनि दुरुस्त चित्रण गर्नुभएको छ। लौ अर्को भागको प्रतीक्षामा।
|
|
|
jira
Please log in to subscribe to jira's postings.
Posted on 05-18-10 11:43
AM [Snapshot: 2173]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""जी आर ई त..................... । " ..Rahulvai.......! you said it all there.....
|
|