[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 223421 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-19-07 6:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिर्खे माइलाको ।
 
Posted on 09-19-07 6:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देख्यौ साथी कस्तो हुन्छ हृदयको घाऊ
जताततै दुख्छ अब मलाई नसमाउ
दुख्नु नै त जिन्दगी हो जती दुखे पनि
हाँस तिमी लुकी चोरि मलाई नहसाउ



बुधबारे घमाइलो अभिबादन!
सबैलाई सँचै होला क्यारे!
 
Posted on 09-19-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमे नि आ'चन्।

उसो भे नमे, भउते, कुम्ले, सिरे सप्पै आफ्नै क्याम्पसका भाईहरु भेट भ'च याँ खुसि लाओ। हुनत आफू यसै नि पुल्चोकाँ तिन वर्ष ढिलो छिर्‍या हो, आफू संगैका ईस्कूलका साथिहरु निस्किन ला थे आफू छिर्दा। मिलेनियममा चांहि पोखरा तिर अड्डा धाईँदै थ्यो क्यार।

अनि सप्पैले चिनाए चिन्नि र'चन्। आफू बदनामै परियो उति बेला। अनि कत्ति थे आफू अगाडि कसरी चिन्नि होला भन्लान्, सिभिल र मेकानिकल दुबैले नचिन्नि कुरै भ'न। झन् मेकानिकलको त बेलेक्स संग पानी बाराबार झैं थ्यो हाम्रो पाला सम्म, झन् म त दुश्मन नम्बर एक।

इस्पोट्स वीकाँ किरकेट हेर्नि गर्‍या भे पक्कै चिन्छन्। तो बेलेक्सको अलि शुरु तिरको ब्याचको लामो कपाल हुनि किर्केटको कप्तान थो नि, एक चोटि बलिंग् गर्दा १७ चोटि कपाल मिलाम्नि, हुल्याहा हुल्याहा टाईपको, हेरि तो हुल्याहा यै अन्तरे हो।
 
Posted on 09-19-07 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
के छ ताअाअाअाअाअाअा?

म त दूर् देखि आएं, तिम्रै नाम बोकेर
संबोधन गर्दा गर्दै गैगयो छोडेर'
 
Posted on 09-19-07 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई तारेमाम।

के छ ताअाअाअाअा

आफू त साह्रै ब्यस्त यो हप्ता, रामरी आउननि पाईया छैन चौतारी।
 
Posted on 09-19-07 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे तारेमाम्,
पुल्चोक संग मेरो प्रत्यक्ष सम्बन्ध छैन र पनि कहिं न कहिं पुल्चोक आस्थाको केन्द्र रह्यो नै। पटक् पटक मास्टरको जागिर् खोज्न अन्तर्वार्ता दिन भने धाइेको थियो।
हाम्रा पालाका राजेश कार्की, बिनोद केसी, निशा, ज्योति तण्डुकार् पनि एलेक्ट्रिकलइलेक्ट्रिनिक्स मै मास्टर थिए।
पछि २००३-४ मा भने वातावरण इन्जिनियरिङका स्नातकत्तोर बिद्यार्थीलाई भने पढाउन पुगेको थिएं।
 
Posted on 09-19-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ति सबैले हाम्लाई पढाका हुन ठुल्दाई। एक जनाले त एक बाजि ल्याबबाट निकाल्द्या हुन् हाम्लाई धेर चकचक गरेर।

अनि तिनै सरले एक् चोटि चाँहि बिध्यार्थिलाई धेर प्रश्न सोधे भनेर खातेहरु भनि गालि गर्दा कम्ता बबाल भा थेन, कक्षा सब बन्द कति दिन। क कल्ले माफि माग्नु पर्‍या थ्यो क्यार।
 
Posted on 09-19-07 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त आफू संगै एस एल सी देका एक जनाले पढाउन नि भ्या थे पुल्चोकाँ आफूलाई। कक्षामा सर, तपाईँ भनिन्थो, बाहिर तिमी।

अरुले बिध्यार्थीले थाहा पाउलान् र बिजेत होला अनि बढि नम्बर द्यो होला साथी भनेर भन्ठान्लान् भन्नि पिर कत्रो उन्लाई।
 
Posted on 09-19-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीको अन्धेरी बिहानिको सुनौलो
यही नै संसारको रित हो साथी
हरेक पल मा दु:खै दु:ख छ सुख त बाहाना नै


अइया........., लु बल्ल बिसाये भार चौतारीमा

नमस्ते अरम पैला सप्पै लाई होलसेलाँ । अनी अब हालखबर त राम्रै होला क्यार !
लु अन्तरेले पुराना मित्रहरूलाई भे'टे छ आफुलाई पनि खुस्सी लाग्यो
 
Posted on 09-19-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste sabailai!!!
 
Posted on 09-19-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste सान्नानी के छ? अनी हामी सञ्चै?
 
Posted on 09-19-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी खै त आज?
 
Posted on 09-19-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, रिठ्ठे, अन्तरे, ठुल्दाइ, ग्वाँचे सोल्टी, ठुली, पछी आउने सप्पैलाई - नमस्कार है!

हन हाम्रो मामा कता लाए, घराँ नलिखुट्टो सेकेर बस्ने हो भन्थे चौतारीतिर नि उक्ल्या छैनन त। हाम्लाई पदक भिरा'र आफुनि पदक थाप्ने दाउ गरे क्या हो?

सोल्टी, बीस२० किरकेटाँ त फेरी कँगारुहरुसँग जसको शक्ति उसको भक्ति हुन ला रे हो लँकेहरुको?? जिते माथी, हारे घर रे भनेर भन्थो एउटोले।

ठुल्दाइ, सारै भो हो अनुराधाको कथा, टेलिफिलिम हेरेको जस्तो, अलिकति आउछ अनि क्रमश: रे, बढाउनु परो अल्लि।
 
Posted on 09-19-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हरि, भन्न पायो भने भन्दिने मन परि?
आज भोलि म पनि यही २०-२० को क्रिक्रेटमा ब्यस्त छु, अनि कहाँ पाउनु ट्याम अनुराधा लाई ?
 
Posted on 09-19-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी "पदक बिजेता" लाई जदौ
जिम्माल बुढा नि पदक पाउने तर्खर मै होलान
हिजो अस्ती एती खेर उहिले उक्लिसक्थे बुढा स्वा स्वा र फ्वा फ्वा गर्दै । आज नलीखुट्टोले अली निक्कै नै बैमान गर्‍यो जस्तो छ । ठुल्दाइ किन गुप-चुप गुप-चुप?
 
Posted on 09-19-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी त सकुशल छम् रिठ्ठे, मौसुफ को गाथमा नि आराम होला भन्ने आशा गर्दछौ।

मिस दिदी त बाख्रालाई घाँस् काट्न गा होलिन् नि कि भान्टे पुन्टे लाई स्कुल पुराउन गइन होला नभे करेसा बारी गोडदै होलिन हैन भने बुहारी, नाति बुहारी को कुरो काट्दै होलिन पधेँरामा त्यो नि नभे तिते करेलाको अचार बनाउँदै होलिन्।
 
Posted on 09-19-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी टाढा हुन्छौ जती
त्यती धेरै मेरा बैशहरु आत्तिदिन्छन्
तिमी नजिकै हुन्छौ जती
त्यती धेरै मेरा यौवनहरु मात्तिदिन्छन्

बुधवारे जदौ यो बिर्खे माइलाको

ठुल्दाइ, अनी भोलिपल्ट के भयो?
ठुलि, कस्तो चल्दै छ त तरकारीको ब्यापार?

माओवादी सरकारबाट बाहिरिनु र चौतारी सुस्ताउनु एकै साथ पर्नुको रहस्य के होला? म त अली ब्यस्त हुनाले बिजी भएर फुर्सद नभएकोले आउन नभ्याएको हो, सबैको त्यही त हैन होला।
 
Posted on 09-19-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मौसुफ को गाथमा नि आराम ........

हसाउछिन हौ सान्ननीले बेला मौका पारेर, चिप्लेलाई जदौ अनी हामी सञ्चै?
 
Posted on 09-19-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



'नाति बुहारी को कुरो काट्दै होलिन पधेँरामा'---
ओइ प्रितिनानी,
कुरो काँटेत काटे मेरै नातिनिबुहारीको काटे तिम्लाइ के को खोजिनिति ह? तिमि पनि कम्ताकि छैनौ पोहरसाल नातिनिबुहारीले एकसर्को चिया पनि खान दिन भनेर मै सअ आ'र तेतिबिधि कुरो ओकलेर गथ्यौ मोरी । मेरी नातिनि बुहारी हिराको टुक्रो अस्ति छिन किन कुरो अर्दि हुम । कुरै अरे नि राउरो कुरो मुयाको कुरो ,तिउरो नाम अस्तो कुरो अर्चम तिमिले अर्या अस्तो ,अस्तो नराउरो कुरो अर्दैनम बुझेउ
कुरो हर्यो कुरैको दु:ख । पर्खिउ न तिम्रो मुखाँ तइ तितेकरेलाको आचार बना'र कोचाइ दिन्छु अनि मुखै तितो हातै तितो लु ज्ज्ज्जाsssss !!!!!


**********************************************************
बिहानिको सितल पवन सरि
मनभरि बनभरि तिमी छाएको छौ
उदास नभइदेउ प्रिय!
हरेक मिरमिरेसंगै
नया उमंग खोज्ने यि आँखा हरु
साउनको भेल जस्तो
आँशु बग्न चाहादैनन अब ----समर्पित उनैको लागि
‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌************************************************************

लौ नमस्ते अरे है यहाँहरु सप्पैलै अनि मौसुफ हजूर(प्रिति)लाई दर्शन टक्र्याए है
रिठ्ठे मुलाइ किन खोजेको हजुरले ?:) झगडा अर्न मुन ला'र त होइन है
Last edited: 19-Sep-07 09:47 AM

 
Posted on 09-19-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्। सान्नानी, तारेमाम् मिस् नानी।
म त सन्चै छु, हजुरहरु नि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters