[VIEWED 262175
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-27-07 10:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी स्वर्ण महोत्शब~ सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला । चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
((((Go chautari Go)))) ((((Go chautari Go)))) ((((Go chautari Go))))
Chautari (Chow-tar-ee) :
(World's first and finest
internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest
dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम । उ को हो म को हो यो जात्रामा पुरानो हाम्रो चिनजान तर भेट हुन्छ अनि बिदाई पनि यात्रामा गन्तब्य काँ हो के ठेगान छ र आउ ओभाउ पसीना आफ्नै हो फलैंचा आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा आऊ समाहित होउ मायामा, अनि सदभावको प्यालाहरु, थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु निभ्नै नपाओस यो पानस थपिरहू यस्तै नै कामना-रुपी तेल थोपाथोपा बलिरहोस अनन्तसम्म अक्षुण्ण 'दिप' भएर हाम्रो चौतारी'!
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-05-07 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारिको सबै सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाइहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल! मो त लास्टै बिजि भयो कि अन्त डेलि एक लुक्स चौतारिमा दियो माइनस भयो, आबो खोक्स दिने हो मो पनि!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-05-07 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धरै दिन भो मेरो कान सुन्ने भरको बल्ल निस् दाइ को दिङो जुत्ता को आवाज सुन्न पाइयो । निस् दाइ हजुर लाइ सञ्चै ।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-05-07 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो मस्ति छ ठुल्स! लास्ट शनिबार हर्रामि फाइट पर्यो नि हौ हाम्रो ग्याङ र भानुचोकको झारपात हरुको! नराम्रो भेट्यो नि फिरि तोर्पेहरुले! मो त ट्रिपमा चौरिमा सुतिराको कि, बाङ्गे र दिप सोम आएर मोलाई उठायो अन्त स्पट मा लग्यो! हाम्रो केटाहरुलाई ठोकिराको रैछकि झारेहरुले, अन्त मो त मातेको झोकको बाइको चेन उठायो है अनि नराम्रो दियो हौ मोइले त! एउटा क्वाँकेको कन्चटमा दह्रो हानेको कि सोम त ड्याम्म ढलेर सुत्यो नि हौ! आबो मोर्यो भने त बबाल हुन्छ भनेर हामि सब ३५ दिनको लागि सिलिगुढि भागेको नि हौ! गोर्खापत्रमा नोटिस हालिदिने के फिरि अफिसको सुड्डाहरुले हामिलाई समात्न!
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-05-07 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो के छ नि हौ खबर ठुल्स? आबो धेरै दिन भयो कि तिमीलाई नभेटेको अन्त एउटा कुरा सोध्न मन लाग्योन्तनि मोलाई! मो नभएको बेलामा झारेहरुले र्र्याग त गरेन तिमीलाई? आम्मामामा हरिप च्वाँक भएछौ नि हौ! मो गग लाएर आउँछु ल नत्र आँखा लाउन बेर मान्दैन हौ मोइले त!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-05-07 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाजुको अगाडि बोईनीलाई साईड हान्नु आँटेकै हो निस झारेले! चाउमिन खाई रा'को येई चोपस्टिकले घोचेर फिरि सोमको आँखा साँखा प्याच पुच्च पारिदिन्छु कि, अन्त फुटेको आँखा माथि लाउलाऊ कि तिम्रो त्यो कालो चेस्मा!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-05-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खित खित खित के भन्छ यो निस् दाइ अब कोही नपार मलाई जिस्काउ थालेको हो कि क्याहो । पून्ते दाइ हो निस् दाइ को आँखा मा चाउमिन खाई रा'को येई चोपस्टिकले घोदिनुस् अनि तपाईंले भने जस्तै त्यो फुतेको आँखा म गग लगाइदिमाला।
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 04-05-07 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है सप्पैलाइ ! मन्तयेक ला? आज त किरिकेटि नि छैन क्यारे हो ठुल्दाइ ? हिजो १२ हाते रुमाल चाइन्छ भनेर ठीक्क तयार पारेको, आज फेरी २ मिटर (झन्नै ५ हात) भए पुग्छ रे ?!!! अब बाँकि ७ हात रुमाल कसलाइ दिने होला? फेरि भरे सम्ममा १ फिट भए पुग्छ भन्यो भने त बर्बादै हुने भो । ल निशपाट कोता गोएछ भनेको त फाइट दिएर टाप देको रैछन्त । मो त कथा भन्न ला'को छुन्त । चपस्टिकले आँखाँ घोच्ने ? हे हे हे हे पुण्टे दा - आइडिया त माने ल । गज्जप लेख्यो ल रामेले । म नि एउटुक्रो लेर आ' छु के रे । रामेको जस्तो दील धकधक गराउने कथा हाल्न सिकिएन उ बेलाँ । तै पनि, यस्स बाल कथा लेख्न बसियो - बीचाँ के छोडुम भनेर नि । नराउँरो भए गाली नगर्दयाओ है गाम्लेहरु । भाग - ४ ------------------ कक्षा एउटै भए नि पुर्ण चनाभन्दा ४ बर्ष जेठो, बिमल २ बर्ष, रत्न, रामकिस्न १ बर्ष जेठो, , लक्ष्मि, प्रतिमाहरु पनि केहि महिना जेठो यस्तै यस्तै थियो । त्यो age gap ले गर्दा पनि कतिपय कुराहरुमा सोचाइ-बुझाइको स्तर नमिल्दो थियो । तैपनि संगत गुणाको फल - चनाले बिस्तारै यस्तो लभसभको कुरो बुझ्न थाल्यो । शायद उसको स्वभाविक उमेरभन्दा चाँडो नै । छिमेकको बलबहादुर दाइ, ९ कक्षाको फर्स्टब्वाइ, टोलमा स्कुलमा सबैले उनको वाहवाहि गर्ने, सित चिनजान भएपछि चनाले "लभर महात्म्य", "इश्क मोहब्बत" र "साइकोलोजि" का कुराहरु समेत बुझ्न थाल्यो । बलबहादुर दाइ पढाइमात्र हैन "लभ"को मामिलामा पनि फर्स्टब्वाइ नै रहेछन - अति उत्कृष्ट लभलेटर लेख्न जान्ने । उनले लेखिदिएको लभलेटर दिएर धेरैले लभ गरेका रहेछन । चनाले भने बलबहादुर दाइको लभलेटर पास गर्ने काम गर्न थाल्यो । बलबहादुर दाइको लभर ८ कक्षाको कमलादिदिको घरसम्म लभलेटर पुर्याइदिन्थ्यो चनाले । कमलादिदिलाइ राम्रो लेटर लेख्न आउदैन थियो, अलि अलि लेखेर चनालाइ सुनाउथ्यो पहिला, अनि फेरि केरमेट गरेर, अर्को पानामा राम्ररी सारेर दिएर पठाउँथिन । अनि "मैले यसमा राम्ररी लेख्न जानेन, मैले धेरै माया गर्छ भन्देउ है तिम्रो दाइलाइ" भन्थिन सधै - फर्मुला जस्तरी । "कन्जरभेटिव" समाजमा खुल्लमखुल्ला भेटघाट गर्न डराउँथे लभरहरु त्यसबेला । बिभिन्न बहाना बनाएर कमला दिदि र बलबहादुर दाइको बीच भेटघाट गर्न सघाउँथ्यो पनि चनाले । यस्तो सहयोग गरेवापत होटेलमा लगेर दुधपाउरोटी खान दिन्थ्यो बलबहादुर दाइले र भन्थ्यो "चना ! मेरो देखासिकि गरेर तिंमीले लभसभ गर्ने होइन है । यसमा ध्यानै दिन हुदैन है, तिमी सानै छौ । अहिले बेला भएको छैन तर थाहा पाइराख्नु पर्छ बुझ्यौ । " बलबहादुर दाइको रोमाञ्चक कुराहरु सुनेर, उनले लेखेको चिठिहरु पढेर यस्तो मामिलामा चना बिमल रत्नहरु भन्दा टाठो बनिसकेको थियो केहि महिनाभित्रै । त्रैमासिक र अर्धवार्षिक जाँच भइसक्दा सम्म चना, प्रतिमा, रामकिस्न, लक्ष्मी आदिले बि सेक्सनको राम्रो बिद्यार्थि भन्ने परिचय बनाइसक्यो, साथै रत्न र चना केटाहरुको लिडर, प्रतिमा र लक्ष्मी केटीहरुको लिडर जस्तै भएको थियो । यता साथिहरुमाझ "चना प्रतिमाको लबर" भन्ने गाँइगुँइ पनि फैलँदो थियो । हाजिरजवाफ इत्यादिमा चना र प्रतिमा बि सेक्सनबाट सँगसँगै भाग लिने, अफिस गएर सरमिसलाइ केहि भन्न पर्यो भने पनि सँगसँगै जाने भएकोले पनि होला शायद धेरै हल्ला चलेको । तर हल्लाको बिउ भने त्यहि सबैको अगाडि प्रतिमाले आफै "हेर न, कस्तो मात्तेको केटाहरु । उनिहरले मलाइ त तिम्रो लबर भनेर पो जिस्काउँछ ।" भनेको बेलादेखि नै हो । फेरि एउटाको लबर भनेर हल्ला चलेपछि अर्कोले आँखा नगाड्ने अघोषित परम्परा पनि थिएछ त्यहाँ । स्ववियुको चुनावमा उठेको रत्न, जसलाइ चनाको ग्याङले सक्रियसहयोग गरेर जितायो पनि, भने प्रतिमाको आशिक थिएछ । अलि हाउडे र मुर्ख टाइपको रत्न मजाको मान्छे भएपनि केटीहरु ऊसित परै बस्न रुचाउँथ्यो । रत्नले प्रतिमाको नजिक पर्न सकेसम्म खोज्दो थिएछ तर प्रतिमाले वास्ता गर्दैन थ्यो । बलबहादुरदाइको थ्योरीबाट दिक्षित चनाको नजरमा "लक्ष्मीले चनालाइ मनपराउँछ ।" भन्ने पर्न थालेको थियो । बोर्डिङस्कुलबाट आएकि, टीचरलाइ इङ्लिसमै क्वैशन गर्न जान्ने र बोल्दा नेपांग्रजि बोल्ने, सँधै सुकिलो सफा ड्रेस लाउने थोरै मोटी हिसि परेकि लक्ष्मी त्यो सरकारी स्कुलमा आकर्षण थिइन । धेरै केटाहरु नजीक हुन चाहन्थे तर लक्ष्मी भने चनासित मात्रै राम्ररी कुराकानी गर्थिन । उनलाइ धेरै केटीहरुले घमण्डी भनेर बोल्दा पनि बोल्दैनथे । केटाहरुको छुट्टै बेञ्च, केटीहरुको छुट्टै बेञ्च हुँदा पनि लक्ष्मी आएर चनासित एउटै बेञ्चमा निर्धक्क बस्थिन । (कहिलेकाहि केटीमान्छे केटासित त्यसरी बसेको देख्दा टीचरहरु पनि अनौठो मान्थे ।) कि नभए लास्टबेञ्चमा एक्लै बस्थिन । अरु बिषयमा कमजोर लक्ष्मीले चनासित सिक्ने र चनालाइ अंग्रेजि सिकाउने गर्थ्यो । पढाइसढाइको कारणमात्रै धेरै नजिक परेको पो हो कि भन्ने पनि लाग्थ्यो चनालाइ किन कि पढाइबाहेकको अरु कुरा नगर्ने अनौठो बानी थियो लक्ष्मीको । कक्षामा प्राय: सँगै बसेतापनि "चना र लक्ष्मी लबर" भन्ने हल्ला चनाले कहिल्यै पनि सुनेन । हुन त बिमल, रत्नहरुले पहिल्यै देखि "पुर्णले लक्ष्मीलाइ मन पराउँछ" भन्ने गरेको चनालाइ थाहा थियो । पुर्ण शायद चनासित भित्र भित्र जल्थ्यो होला तर पुर्णले कहिल्यै जलनको प्रदर्शन गरेन बरु चनासितै अघिपछि बस्दै बिस्तारै बिस्तारै लक्ष्मीसित बोलिचालि गर्न थाल्यो । बार्षिकपरिक्षाको नतीजासम्मनमा फरकफरक बाटोहरु छुट्टिदै आयो । चना, प्रतिमा र रामकिस्न ए-सेक्सनमा पुग्ने भए । मेहनत गरेर पनि ए-मा उक्लन नसकेकि लक्ष्मीले स्कुल-चेन्ज गर्ने भइन । थोरै नम्बरले बि-मै थन्किने हुँदा उनी नराम्ररी निराश देखिएकि थिइन तर भन्ने बेला "यो स्कुल पढ्न पुग्यो अब अर्को स्कुल जाने" भनिन् । उनी जुन स्कुल जान्छिन त्यहि भर्ना हुन जान पुर्ण कस्सियो । बिमल, रत्न र अरु बि-सेक्सनमै रहने भए । नयाँ कक्षा, नयाँ सेक्सन र तेज साथिहरुका माझ नेवारी राम्ररी नबुझ्ने चना आकर्षण बने किन कि लास्ट रोल नम्बरबाट रोल नं ५ सम्म चनाले हानेको जम्प त्यो स्कुलमा पहिला कहिल्यै भएको थिएन रे । प्रतिमा १९ नं र रामकिस्न ३२ नं मा उक्ले । बि-बाट आएका यी तीनजनाको स्वागत ए-सेक्सनमा राम्ररी नै भयो । *******************************************************************************************
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 04-05-07 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी स्वर्ण महोत्सब लाइ मेरो कोशेलि :) "ओइ नबिर्सिनि फेरि भोलि अरुना को मा जानु छ" हेल्लो भन्न नपाउदै चिच्याइ समिधा । "त्यहि सम्झाउन लाइ फोन गरेको " फेरि थपि। "ल ल बिर्सिन्न के बरु तेरो फट्याङ्रा मा चै नजानि भन्द्या छ ऐले नै" मैले भने ।"फट्याङ्रा" समिधा को स्कुटर लाइ मैले राखेको नाम। नाम नखेर के गर्नु नि चलाउन पनि राम्ररि नजान्दै मलाइ राइड दिने भा'कि नराम्रो सङ पछारे कि छे मलाइ एक्दिन अनि। मैले फट्याङ्रा भन्दा त्यसो पारो यस्तो चड्छ कि :D "नाम चै नराख है भन्द्याछ नजानि भन न पुगिहाल्छ नि" थर्काउ छे उ मलाइ। न थर्का है ऐले जान्न र एक्लै जानुपर्ला अनि" म झन के कम। "चुप लाग्" दिदि हुनु को फाइदा उठाउन बिर्सिन्न उ फेरि। समिधा को साथि अरुना दि को मा पुजा हुने निम्तो मैले नि पा भएर जानु पर्ने थियो भोलि। मैले घर मा अस्तिनै सुनाइ सक्या थि जानि भनेर । "जान लाइ जाउ तर आउदा घुडा फुकलेर आउने होइन अस्ति को जस्तो अनि बेलै मा फर्किनु पनि!" मामु को चेतावनि निस्किने बेला मा। "हस्" गेट सम्म पुग्या के थि फेरि मामु को आवाज् आउछ " आउदा माइजु ले फुल को बेर्ना दिन्छु दिन्छु भन्दै थि ल्या'र आउ है त" "ह्या मामु कता अरुना दि को मा जाने फुल को बेर्ना सेर्ना को कुरा गर्या फेरि मर्छ के घाम ले " एउटा न एउटा काम सम्झि हाल्ने कि मामु पनि। "फर्किदा ल्याउन बरु त्यो भ्यागुत्ते फुल् नि र'छ भने ल्यानु है " मेरो मामु लाइ खुब् फुल हरु लगाउनु पर्ने , मलाइ खासै मत्लब लाग्दैन थ्यो चिन्दा पनि चिन्दिन फुल हरु । तर भ्यागुत्ते फुल् भन्या सुनेर जैले नि हासो लाग्छ मलाइ:D :D:D , एनिवे जे भए नि त्यस्को नाम होला केहि तर मामु चाइ जैले नि भ्यागुत्ते फुल् भन्ने । "एक्दिन् मज्जा ले हेर्नु पर्ला यो भ्यागुत्ते फुल् कस्तो रे'छ "मन् मनै हास्दै हिडे। मामा घरमा पुग्दा समिधा स्कुटर बाहिर निकालेर तयार परेर बस्या छे : O। "इहि.. नाइ नभन है स्कुटर मा जाने के" लाज पचाएर हिहि गर्छे केटि। "त एक्लै जानत मरे नि जान्न म त्यस्मा" उठन् सम्म रिस् उठ्यो मलाइ। "त किन डराउछेस् भन्या म कत्ति एक्लै एक्लै चलाउछु , कहा कहा गएर आउछु कैले केहि भा छैन पर्फेक्ट् भैसके के चलाउन म त्यो अस्ति लड्या त भर्खर् सिक्या भएर नि आइज खुरुक्क बस ।" शान् सङ स्टार्ट् गर्दै भन्छे । "लास्ट टाइम हो यो बुझिस यस्तो थाहा पा भे' अघि नै आउने थिइन " घुर्कि लाउदै बस्छु मा। "हिहिहि" उस्को कुरा मनाउन पा खुशि मा दङ छे उ। अरुना दि को मा रमाइलो भयो , दुइ तिन घन्टा बसिम पुजा को प्रसाद् खायौ अन्टि( अरुना दि को मम) ले नाइ नाइ भन्दा भन्दै पनि घर् को लागि भनेर प्रसाद् हरु राख्दिनु भयो। अनि फर्कियौ। आहा जादा राम्ररि पुराइ साचै पर्फेक्ट् भैछे समिधा स्कुटर् चलाउन ढुक्क भए म फर्किदा, चड्ने बेला म त्यति डर लागेन। त्यहि त हो उ झन् के कम् कस्तो युफोरिक मुड् मा छे नपछारि चला भ'र होला नि :P " ए सुन् न अब पन्द्र दिन् छ निशान्त आइपुग्न ।" कैले काहि ३-४ पल्ट सुनाउछे यहि कुरा नत्र दिन् को एक्पल्ट चाइ ज्यान् गए नि बिर्सिन्न सुनाउन । "ल ल एक् हजार एक पटक सुनाइ सकिस् राम्ररि चला बरु" बौद्ध् माहन्काल निरि आइ पुग्या थियौ। भन्दा भन्दै स्कुटर् बाटो को पानि जमेको खाल्डो मा जाकियो ,सोच्न पनि नभ्याउदै पछारियौ नराम्रो सङ। जिन्स कता लाएर पुजा मा जानि भन्दै कुर्था-सुरुवाल् लाएर गा' घुडा को छाला घस्रेर नराम्रो सङ घाउ भएछ रगत बग्ने गरि । हिलो ,उछिटिएर लुगा भरि भा :( ऐया रुनु पनि कसरि बाटो मा बसेर लाजै लाग्ने उता समिधा को त झन् हालत खराब त्यस्को त खुट्टा काटे छ पनि । हरिबिजोक्! एउटा मान्छे आएर लड्या स्कुटर् उठाइ दियो। अर्को जान्ने भएर हस्पिटल् गैहाल्नुस् भन्दै थ्यो। समिधा रुनु न हास्नु "बिचरा" अनुहार् लिएर मलाइ हेर्दै थि अनि म चाइ ummmm... म चाइ खै के भनुम्..... त्यति बेला त समिधा लाइ मार्दिम् जस्तो भा थियो ऐले सबै सम्झिदा रमाइलो ..हासो ...रिस्(अलिअलि) ..समग्रम बिर्सिनै नसकिने उटपट्याङ क्षण जस्तो लाग्छ। :) (अस्ति देखि छुटे को सबै हेर्न त बाकि नै छ कस्तो राम्रो राम्रो कथा हरु आए जस्तो छ ल म गए है हेर्न ।)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-05-07 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चना अनि भन्नुस् त तपाईं लाइ लक्ष्मी मन्पर्थ्यो कि थिएन । तिरु निसान्त् भनेको चै को नि?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-05-07 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"बार्ह् बर्ष रामायण सुन्यो सिता कस्कि ज्वाईँ" भन्या जस्तै सोधी है ठुलीले त अहिले। निशान्त को रे, भो अब? साच्चै चनालाई चाहीँ को मन पर्थ्यो नि? अनि अरु के भयो त? तिरुले हसाई। अब क-कस्को आउने हो फेरि हाहाहाहाहा च्यात्या र हिलाम्मे भा लुगामा घर जाँदा कत्तिको गाली खाएउ नि? :D
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-05-07 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ये! कुरो तेस्तो पो? जमानामा बौद्ध महांकाल नेर म:म: मुखां हाम्लै ला' बेलाँ, को दुईटी तरुणी स्कुटर पल्टेर लड्या देखेर झन्डै म:म: को अचार सर्किउन्जेल हाँसो उठ्या थ्यो! :p सान्नानी, तो अस्तिको कुरो नहुने भो। :( खै के के के के, १० जनाको १० थरी कुरा हुने, अनि वाक्कै लागेर भैगो भन्दिएं मेरो पाल। ठुल्लु!!!!!!!! मुहाऽऽऽऽऽऽऽऽ! :D
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-05-07 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई याद छ कचा ९-१० म पढा होलिको बेला सिधाथ बनाशतलिको केटा हरु ले स्कुलको बस बाट पानी भारेको बेलुन ले हानेको । तेती मात्र कहाँ हो र एउटा बेलुन्ले त मेरो लेफ्त गाला मा पर्द त तेती बेलाइ मैले ५ ताता देखेको पनि थिए ।जब होलि आउन लाग्यो भने थाहा हुन्त्यो तेति बेला हमि सबै कसरि ये सिधाथ बनस्तलिका केता हरु सङ बच्न भाने सोच्थेयु। ufffffffffff i used to hate holi eventhough i was born on that day. n i used to hate SVI guys but nowdays i really miss those day n those guys . i miss u SVI GUYSSSSSSSSSSSSSSSSS.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-05-07 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
poonte daai muahhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh. how r ya feelin dai? saanaani ke cha ho timro?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-05-07 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चनेको लछिमी नि चिने चिनेऽऽऽऽऽऽऽऽऽ जस्तो लाओ! खुब मिठो चना चटपट बनाम्थी। "पुरानो ईस्कको सम्झनामा यस्तो मिठो चना बनाउन सिकेकी हुम्" भुनेर भन्थी!
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 04-05-07 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो अप्ठेरो क्वैशन गरेको ठुलीले । हा हा हा ॥ सान्नानी ले नि दियो है दनक मौकामा । साँच्चि तितौरी गाली खायो घरमा गोएर? खास भन्ने हो भने बलबहादुर दाइको थ्योरी कथामा हाल्न छुटेछ के । बलबहादुर दाइको थ्योरी के थियो भने "आफुले मन परेको नपरेको हेर्ने होइन, आफुलाइ मन पराउँछ कि पराउँदैन हेर्नु पर्छ, नत्र दु:ख मात्रै पाउँछ ।" रे । त्यसैले आफुलाइ मन पर्थ्यो कि पर्थेन भनेर सोच्दै सोचेन चना ले । खाली लक्ष्मीले मन पो परायो कि भनेर मात्रै सोच्दै बस्यो मनमनै । कसैलाइ भन्न नि भएन पुर्ण थियो लाइनमा । परम्परा के थियो रे? - "एउटाको लबर भनेर हल्ला चलेपछि अर्कोले आँखा नगाड्ने अघोषित परम्परा पनि थिएछ त्यहाँ । " कुरो यस्तो पर्यो क्या । जे होस लक्ष्मीले स्कुल छोडेर गएसि सक्कियो त्यो त्यहिं ।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 04-05-07 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भन्या हो सान्नानीले, सीता कसकी ज्वाईं रे, :) जोई होला! चनेको लभ स्टोरी सुरु होला जस्तो भन्ठान्या त स्कुलै छाडौर गयो रे ?! हैन होला :P पुण्टे दाइ म:म: खानला बेलाँ पनि कता तरुणी हरु देखिन्छन भनेर खोजेसी सर्किने नै भयो नि :P तिरुको जस्तै जस्तै पीडा मेरो नि भा'छ। एस एल सी देर बस्या बेलाँ साइकल सिक्या, अब त मजाले जानि हालियो नि भनेर काम न काज सँज डुलिराको। के के न संसारै हाँक्न सक्ने भा जस्तो लाग्ने। भरतपुर यारपोर्ट निर हाईवेमा गइराको, आफ्नो पछाडिबाट ट्रक आको जस्तो लाइराथ्यो, अगाडि बाट पनी आइराको देखें, त्यही बेलाँ ३ जना मान्छे नि आफ्नो अगाडि ठ्याक्कै, अनि त के गर्ने के गर्ने डर ला जस्तो भयो। साइकिल को ह्याण्डील बाङ्गीन थाली हाल्यो। यताउता गरेर सोझ्याउन लाथें, बाटोबाट टाढा पट्टी लग्नलाई, त्यो तीनजना मान्छे मध्य छेउतिरको लाई गएर साइडमा ड्याम्मै लाइहाल्यो। आफु ५ मिटर उता, साइकिल आफ्नो माथी, निस्किन सक्या हैन। त्यो मान्छेहरु आफुतिर आइराको जस्तो ला'थ्यो। नजिकै आए, के भनुम के भनुम भो। यस्सो साइकिल उठाइदेलान भन्ठानेर सरी दाइहरु भन्या त झन तीनजनाले एकैचोटी तीनथरी गाली पो गर्न थाले, म साइकिल मुनि चुप लाएर सुनिरहें। भन्नु नभन्नु भनेसी साइकिलले लाग्ने चैं लाइ दया लाएर आएच क्या हो ल ल भैगो छोड्दे भन्यो साथीहरुलाई। साइकिल पनि उठाइदियो। अनि १ किलोमिटर जति थ्यो होला, खै किन हो चढ्ने आँट नआ हो कि चढन मन नला हो डोराउदै फर्कें। अहिले सम्म नि हिरो जेट साइकिल देख्दा तेइ दिन सम्झिन्छु।
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 04-05-07 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानि र चना को बाल्यकाल् पढेर भ्याए सान्नानि :( के भा'थ्यो राजुदाइ लाइ? कस्तो राम्ररि लेखेकि। चना कस्तो रमाइलो छिट्टो अरु नि लेख्नुस् न :) हरि कथा बनाएर लेख्ने कि? :P पुन्टे दा सन्चो भयो फ्लु? :S ठुल्नानि आरामै छौ? :P ल म फेरि बाकि कथा पढ्न गए है :D
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-05-07 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आज त चने को बाल प्रेम कहाँनी र तिरु को चन्चल कहाँनी पढेर नै दिन जाने भो । आज क्रीक्रेट न भाको दिन कथा लेखुम्ला भन्दै बसेको अल्छि लाई के को बहाना भने जस्तो भो । तै पनि हरेश खाको छैन ( चरेश भए खान्थे) । भरे सम्म मा लेखिन्छ कि ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-05-07 5:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" धेरै पहिलेका संझनाहरुलाई पल्टाइ हेर्दा, अहिले म जुन कहानी सुनाउन गैरहेछु, त्यो घट्ना बाहेक् मेरो स्मृतिपटलमा सबैभन्दा पुराना घटना क्रमहरुमा राजा महेन्द्र को देहाबसान्, सिंह दरबार को आगलागि र राजा बिरेन्द्र को राज्यभिषेक मात्र बाकि छन् । कुरो म १ किलास पढ्दाखेरि को हो। ६ बर्ष को हुंदो हो, एउटा बिशेष समारोह् को याद् छ मलाई। मेरो पिताजीलाई समाजिक् र धार्मिक कार्यमा उल्लेखनिय कार्य गरेको भनी, हाम्रो समाजले स्वर्ण पदक र दोसल्ला ले बिभुषित गरिएका थिए। बाजा गाजा सहित् सिन्दुर् जात्रा गरेका थिए। तत्कालिन मन्त्री ( सायद् प्रयाग् राज् सिंह् सुवाल् हुनु पर्दछ)को आतिथ्यमा भएको सो कार्यक्रम् किन के का लागि गरिएका थिए, बालक राहुलेलाइ थाह् थिएन र पनिताली खूब सँग बजाइएको थियो । त्यतिबेलाको जमानामा त्यस्ता सम्मान कार्यक्रम हरु बिरलै हुन्थें । फोटोहरि खिचिए, अझ श्याम स्वेत फोटोलाई रंग भरेर रंगिन बनाइए । समय सधैं एकनास् कहाँ हुन्छ र । त्यसको लगतै भिमकाय सयुक्त परिवार मा खिचडी पाक्न थाले । ६ जना दाजुभाइ र २ बिहे भैनसकेका बहिनी हरुको जेठा परे पिता जी । कलह् बढ्दै गयो र २ किलास् मै स्कूल् जान बाट् बन्चित् भएं म। सबै जना लाई स्कूल् जान समेत् प्रतिबन्ध लगाइ दियो, बाजे ले। जिन्दगी भरि समाज को लागि काम गर्दै आएका पिताजीलाई त्यो कच कच मन परेन । शायद आमा सँग पनि सल्लाह नगरी पिताजी ले कुनै पनि पैतृक अंश न लिने गरी घर बाट बाहिरिने निर्णय गर्नु भो र सोही अनुसार को कानूनी कागजातमा सही गरी दिनु भो । हामी साना थियौं, सबै भन्दा जेठो दाइ नै १४-१५ बर्स् को थियो। केहि बुझेका थिएनौ। सानो झोपडि एउटा बुबा ले ओत लाग्न माग्नु भएको थियो। त्यही झोपडिमा हाम्रो जिन्दगी को दोस्रो अध्याय सुरु भो । स्कूल पुन : भर्ना भयौं । छुटेको बर्ष छलाङ लगाइयो । एकै चोटि ४ किलासमा जम्प मारें । घर सरेको लगत्तै बुवाले आफ्नो परम्परागत सीप को काम को थालनिको लागि अंग औजार हरु जोराजाम गरी काम सुरु गर्नु भो । नयाँ आशा, नयाँ उमङ्ग सहित बुवाले के काम थाल्नु भएकोथ्यो, धेरै दिन देखि कुरेर बसेको दु:ख र पिडाहरु लावा लस्कर सहित धावा बोले । पिताजी अचानक बिरामी पर्नु भो । सुरु मा ज्वरो आए जस्तो भएको थ्यो । २-४ दिनमै पिताजी को कुनै पनि अंग चलेन । दुबै हात्, दुईटै खुट्टा चलेन, बोली पनि बन्द भो । तत्काल अस्पातल लागियो । अनेक थरिको परिक्षाण गरिए, बीर अस्पतालका तात्कालीन सबै बिशेषज्ञ हरु को जमघट भए । केही पत्ता लागेन । यसरी बुवा बिरामी पर्नु भए पछि दु:ख सुस्त सुस्त बेइमानीका चाल हरु सँगै मुस्कुराउंदै आए । कमाउने कोइ थिएन । दाई सोह्र बर्ष लागेको मात्र । राहुले ४ -५ किलास्, अझ भाई त १ किलास् मा पढ्ने । खाने पेट कराउन थाले । अस्पताल र औषधी खर्च चिच्याउन थाले । चांडो बिसेक हुने आस मा आमा ले एक एक गरी सुन का गर गहना बेच्न भन्नु भो दै लाइ र त्यहि सुन् बेचेको पैसाले चुलो बल्थ्यो, ओखति जोगार् हुन्थ्यो। दिन् बित्दै गए, ८-९ महिना सम्म् पनि बुबाको स्वस्थस्थितिमा कुनै सुधार् को लक्षण देखा परेन। दाइ र दिदिले स्कूल् छोड्नु भयो। म र भाइ भने गैरह्यौं। किन छोडे दाइ र दिदिले त्यति बेला यो फुच्चे राहुले लाइ थाह थिएन। गरगहना सकियो, चाँदिका भाँडावर्तन् को पालो आयो। त्यो पनि कति थियो र? सकियो। ओखति र भोक त बाकि नै थियो। यति बेला राहुलेलाई नै समय भन्दा चाँडो बुढो बनायो। स्कूल् जान्थें तर घरमा भात् न पाक्ने हुन् कि भन्ने चिन्ता हुन्थ्यो। पढ्न नि मन नलाग्ने, सधैं घर् को बेहाल् हाल् ले सतै रहन्थ्यो। एक दिन् बेच्न हुने( बेचेर पैसा आउने) सबै सर्सामानको स्टक सकियो। सबै जना चिन्तित थिए। सक्ने र हुने सम्म सरसापट पनि भै सकेको थ्यो। अब एउटै मात्र उपाय बाकि रह्यो, भोकै मर्ने वा पिताजी गौरब त्यो "सुनको तक्मा" बेच्ने। तक्मा बेच्ने निर्णयमा पुग्यौं। पिताजीलाई एक बचन् त सोध्नै पर्यो। त्यो दिन् म र दाइ दुबै जना अस्पताल् पुग्यौं र तक्मा बेच्ने अनुमती माग्यौं। बोल्न न सक्ने पिताजी ले आँखाले इशारा गरेर बेच के भन्नु भयो, पिताजी को आँखा बाट् बलिन्द्र अश्रुधारा बगेको बगेइ भए। क्रमश:
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 04-05-07 6:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुँक्क सुँक्क, पहिलो भागै यस्तो दर्दनाक । पछिको झन के हुने होला । कहानीमा उल्लेख गर्न नचाहेको तर आफ्नै मनको एउटो कुनोमा सँगालो बनेर बसेका अतीतका दर्दहरु उत्तेजित हुनेरहेछ ठुल्दाइको कहानी सुन्दा । रमाइलो चौतारीको सक्रिय पात्रहरुले टेकेर हिडेको दर्दभरा मैदान सित परिचित हुन पाउनु अहोभाग्य हो । थप कहानिको आशमा ।
|
|