[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 -- चौतारी - ९७ --

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 168817 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 02-04-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाई याद रहेछ कुराहरु, एउटा मुभी थियो नि हेरिसन फोर्ड र ब्राड पिट्को आइरिश आतंकवाद सम्बन्धी के रे नाम त्यसको??

ए भनेसि ठूलीको आज फुर्सद??? तो असत्ति पुन्टे बुडाले तिम्लाई नि फोन अरे है??? मलाई त मर्या बाँच्या केइ पत्तो दिँदैनन पातकी बुडा! भनेसि जिम्दै रेछन खुसि लाओ! कति बिजी हुन सक्या हुन, कति पैसो छाप्न पर्ने हो बुडालाई!


 
Posted on 02-04-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल चित्रे आइरिशहरुको ईतिहास बारेको जानकारीको लागि धनीया को पात छ, अरु नि भन है बरु यसो टेम मिला'र
जिम्माल बा, तिम्रा सम्धी बुढाले २ सय फिर्ता माग्या हो क्या, तेत्रो ईशारा नबुझ्ने लाई के भन्नु अब
२ टा औंला ठ्याङै ठम्याएर अरु के गर्छन् त नभये
ठुलि 'भर्खर पून्ते दाले फोन गर्नु भाको। हाम्रा पून्ते दा सारै बिजि हुनुहुन्च रे'
कता कता वाक्य नमिल्या जस्तो लाग्यो
बरु , 'पुन्टे दाईले फोन नै गर्नु भएन पुण्टे दाई एकदम बिजी हुन्हुन्छ' भन्दा मिल्थ्यो होला
लोल


 
Posted on 02-04-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा पून्ते दाले भन्नु भएर्को मिल्यो भने हजुरलाइ भरे फोन गर्चु भन्नु भएको च। एुता कुरा गर्नु च रे।


 
Posted on 02-04-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मी बुडा, त्यो फिलिम 'डेभिल्स ओन' हो क्यारे।

अरू प्रख्यात आइरिशहरू मध्ये हेनरी फोर्ड (फोर्ड मोटरका जन्मदाता, कारका आविस्कारक)
पियर्स ब्रोस्नान (००७ जेम्स बोन्ड, उनी ड्रोहेडा शहरमा जन्मेका थिए, डब्लिनबाट केही उत्तरमा, म गाको छु त्याँ)
वाल्ट डिस्नी (डिस्नी वोर्ल्डका जन्मदाता)

रिट्ठस् पाट, यु वेलकम!

ठूल्लू फूल्लू, पुन्त्स दाइलाइ मेरो हाईईईई भन्दिनु है!


 
Posted on 02-04-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे $५ देउ अनि भन्दिम्ला।


 
Posted on 02-04-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली म लञ्च खाएर आम्छु, पैसो बच्यो भने दिन्छु है $५? 


 
Posted on 02-04-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेपाट लाई आइरिश हरुको भुगोल ईतिहास आदी इत्यादी बारे जानकारी दिएकोमा धन्यवाद। अम्रिकामा नेपाली बारे मा नि केही प्रकाश पार्दिनु हुन्न्छ कि?

लौ म हिंडे अड्डा तिर। हाजिर कापी मा रातो लगाउला फेरी खैरेका सन्तानअहरुले।
 


 
Posted on 02-04-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे चित्रेमुनी, तपाइँले कुन कुन थर आइरिश हो र कुन कुन प्रख्यात व्यक्ती अमेरिकामा सफल भए कहनुभयो। अब कसरि आइरिस आतंकवाद सुरुभयो र कसरी मानिसहरुमा घृणाको भावना बिकसित भयो र आजको मितीमा के कस्ता स्थितीहरु छन् उक्त कुरा पनि कहनुहोस। हे चित्रे मुनि, सम्पूर्ण युरोपको इतिहार कनठ्ष्ठ पार्ने यस्ता हजुरलाई गोटि गोटिको नमस्कार छ। हे चित्रे बहादुर चित्रकार, शीत युद्ध देखि गल्फ युद्ध सम्म,  नेटो देखि वार्सा सम्म,  बिभिन्न मुद्रा देखि युरो सम्मको इतिहासमा नसुल्झेको कुराहरुलाई दिमागमा सुल्झनेगरि राख्न सफल, यस्ता मुनीलाई कोटि कोटि नमस्कार छ!


 
Posted on 02-04-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोभि चित्रे


 
Posted on 02-04-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै खान्चुवाहरु खान गा जस्तो च नि।


 
Posted on 02-04-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई औंला उठाको धेरै अर्थ लगाएछन, औंला सुन्न्या हैन बरु तरुनो भइया जह्तो छ् , बुढ्यौली लागे नि जिउ त तन्दरुस्तै छन हो मेरा
दिना ब्यान बेल्का गरेर माना दुई जाती त दुध खाइन्छ अनी पोटिला भाई हाल्छन नि औला, दुइटै भैंसी छन अझै एउटा पाडो नि छ् अह्ती
भ्रखर मात्रा ब्याको हो , एउटा भैंसी त अस्ती त्यो नारन भिराट झन्डै खुर्मुर्या थ्यो । सम्धी ज्यु हिड डुल गर्न सक्नुउ हुन्न क्य्रार , कुरौनी
खाने इछ्या गर्नु भा रछ म  सानोकान्छो को हाता पठादिउला। अनी २ सय मात्र,तेह्तै खाचो पर्या छ् भने धक नमान्नुस् अरु पात सात सय नि दिउला, सम्धी ज्यु का हुनु र म का हुनु एउटै त हो नि
चित्रे लाई धन्यबाद अैएर्ल्यान्ड को बारे मा धेरै कुरा ज्ञात गरएको मा
बल्ल हसुरेर अैइयो , अब अली फुर्ती आयो।
 
Posted on 02-04-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब हसुर्दै छन् जस्तो छ, बिस्टे मात्र हसुर्न सक्या  जस्तो देखिन्छ।
जे होस्, रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौ का साथ तारेमाम् फ्री।

 
Posted on 02-04-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-04-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीलाई बोर भयो जस्तो छ। हे केटाकेटीहरु हो, केहि रमाइलो गर्म्, हाम्रो बुइनीलाई बोर् भएर् ल्यायो।

 
Posted on 02-04-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त ठूलै स्यान्डविच हसुरियो। ठूली, मसँग त $१ मात्र बाँकि भो, त्यति भए नि दिम्? 

हे जिम्मी बुडा! म अब आइरिश आतंकवादको बारेमा केही कहन्छु, सुन।


आयरल्यान्ड भन्ने टापूमा ३२ वटा काउन्टि मध्ये २६ वटा रिपब्लिक अफ आयरल्यान्ड र ६ वटा बृटेनको अधीनमा छ।
तर यौटै टापूमा भएर पनि  उत्तरी आयरल्यान्ड अर्को देशको अधीनमा भएकोमा आइरिशहरूलाइ
ठूलो रीस छ। त्यसो हुन सक्नुको कारण चैं क्याथोलिक र प्रोटेस्टेन्ट क्रिस्चियनहरू हुन्। रिपब्लिक अफ आयरल्यान्डमा
९७% क्याथोलिक छन्, तर उत्तर आयरल्यान्डमा ५०% भन्दा बढी प्रोटेस्टेन्ट छन्, जस्को कारण त्यहाँका प्रोटेस्टेन्टहरू
बृटेनको अधीनमा बस्न रूचाउँछन् किनकि बृटेनमा अधिकांश प्रोटेस्टन्ट छन्। तिनीहरूलाइ लोयलिस्ट भन्छन् क्यारे जस्का
 नेता इयान पसले (प्यासले) हुन्। तर उत्तरी आयरल्यान्डका क्याथोलिकहरू, अझ दक्षिणतिरकाहरू समेत उत्तरी 
आयरल्यान्डलाइ रिपब्लिक अब आयरल्यान्डमा गाभ्नुपर्छ भन्छन्। तिनीहरूका नेता चैं मार्टिन म्याकगिनिस हुन्। 


आयरल्यान्डमा 'सिन फेन' नामको पार्टी छ जसको मिलिटरी विङ्ग आइ आर ए(आइरिश रिपब्लिकन आर्मी) हो। 'सिन फेन' ग्यालिक शब्द हो जसको अर्थ 'हामी आफैं' भन्ने हुन्छ। यस पार्टीका नेता जेरी आडम्स् लाइ मैले डब्लिनको यौटा किताब पसलमा
देखेको थिएँ, जो उनको बारेको यौटा पुस्तकमा हस्ताक्षर गर्दै सयौं लाइनमा बसिरहेका उनका प्रसंशकहरूलाइ दिंदै थिए।
सिन फेनको आर्मी आइ आर ए र उत्तरी आयरल्यान्डको लोयोलिस्ट आर्मीबीच लामो समय गृहयुद्द चल्यो। ७०, ८०, ९० 
दशकमा सयौं मानिस मारिए। कैयौं बम पड्काइए, ७० को दशकमा उत्तरी आयरल्यान्डमा बृटिशहरूले आइ आर एको
आशंकामा कैयौं आइरिशलाइ मारे, जुन 'ब्लडि सन्डे'को रूपमा चर्चित छ। चर्चित आइरिश ब्यान्ड यु २ ले नि त्यो 
ब्लडि सन्डे नामको गाना गा'छन् क्यारे!


लेट ९० तिर, बृटेनका टोनी ब्लेयर, अम्रिकाका बिल क्लिन्टन र आयरल्यान्डका प्रधानमन्त्री (टीशक भन्छन् आइरिश
भाषामा) बर्टी अहर्नको प्रयासले आइ आर ए ले युद्ध विराम गर्यो। अहिले बिस्तारै हतियार त्याग्दैछन् क्यारे तिनीहरू।
यसरी यौटा रक्तपातपूर्ण गृहयुद्धको अन्त हुँदैछ, तर युध्दले छोडेर गएका घाउहरू अझै केही बाँकि छन्। ई यूको सहायताले
आयरल्यान्डले द्रुत गतिमा विकास गर्दैछ, विश्वको तेस्रो चाँडो आर्थिक वृध्दिदर छ। प्रति व्यक्ति आयमा अमेरिकालाइ
जित्नलागिसक्यो। मानव विकास सूचकमा टप टेनमा पर्छ। 

राहुलदाइ, अम्रिकाका नेपालीहरूको बारेमा रिसोच गरेर भन्ने नै छु।

रिट्ठे, बिस्टे यू वेलकम!

 
Last edited: 04-Feb-08 01:13 PM

 
Posted on 02-04-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Rahul da le kasto thahaa paeko :D

I m bored guysssssssssssssssssssssssssssssssssssssssssss

 
Posted on 02-04-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, कसरी बोर भाको तिमीलाइ? 
लु अब नाचगान गरम् अनि भाग्छ त्यो बोर भन्ने भुत!


 
Posted on 02-04-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चित्रे नाचुम्, नयाँ खर्कमा नाचे जस्तै।

आकाशमा कालो बादल
पानी पर्छ झम झम
नाचन मेरि मारुनी
अंगनीमा छम् छम


 
Posted on 02-04-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु लु चित्रे तिमि नाच हामि चै तालि बजाउला।

 
Posted on 02-04-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाचें राहुदाइ म! (मनमनै: देख्ने हैन क्यारे नाचेको ननाचेको, भन्दैमा के जान्छ र!)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Mamta kafle bhatt is still missing
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
Biden said he will issue new Employment visa for someone with college degree and job offers
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters