निर्लज्जताको बाढी आएको छ
दसैं तिहारको संघारमा
महिनौ देखी खारिएका बोकाहरुको भेल बढेको छ
पर्सिएर मार खाने रहरले हो कि
उताउलापनले हद नाघेको छ
श्लील-अश्लीलका अद्रिश्य पर्खालहरु धमाधम भत्काइदैछ
वाक-स्वत्रन्ताको नाममा घिनलाग्दा साहित्य पस्कीइदैछ
यहाँ कसैको कपोकल्पित ब्यक्तिगत यौन जिबन
सबैका लागि खुला सिनेमा बनेका छन्
यहाँ छिल्लिएका नाङा देह बिचरण गर्नु र गराउनु
कसैको लागि पुण्यको काम भएको छ
छाडापनलाई सामान्यताको खास्टोले ढाक्नु
बिरताको कसी भनेर औल्याइएको छ
भाव-आवेशमा आएर म कहिले सोच्छु
कसरी सक्ने होला भनेर
जहाँ कसैले दाई भनेर सम्बोधन गर्ने बहिनी पनि आउछिन
अनी खाना बनाउन सिकाउने भनेर कसैको आन्टी पनि आउछिन
लाज, शरम, धक, भन्ने कुनै कुरा पनि छैन कि?
यो मलाई मात्र हो कि, सबैलाई यस्तै हो?
म सजिलै देख्छु फगत एउटै मनुवा
कसरी बिभिन्न रुप धारी आउछ
र बिभिन्न लवजको लेपमा ब्यङ लेख्छ
अनी आफुलाई यहाँको रैथाने भन्नेलाई पनि सजिलै लोप्पा खुवाउछ
त्यस्तो रैथानेपनले के गर्नु हो?
गए हुन्छ गाउमा खेती गर्न, अमेरिका बसेर पो के काम भो र?
राजनीतिको गफ्फामा पी एच् डि गर्ने धेरै आए र धेरै गए
आफु माथि भएको राजनीतिको व्याख्या गर्ने कहिले?
आफ्नो दिमागको दही भएको देख्ने कहिले?
अन्तरङ अङहरुको अबिस्मरणिय अनुवादहरुले
बग्रेल्ती अश्लील सस्मरणहरुको माझ
निर्लज्जताको बाढी आएको छ
अफसोस,
सालीनताको पहिरो गएको छ।