[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 106385 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 07-27-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन त अब मन भैगो मन लागि त गर्ने नै भो
मनको संगतमा,ज्यान् लाइ नी अचेल त थाम्नै गारो भो

ब्याको बाजा त सुन्नै हुन्न जाउँ जाउँ लाग्छ जग्गेमा किन हो
जन्ति अब नजाने बरु लाने भन्ने यो मन र ज्यानको सल्लाह भो

सुन्दरी एउटी देखे उनैमा दुइटी देखे दुइमन भै जान्छ, अब भो?
सम्हाल्थेँ नी एउटा भाँडिए त, दुइटैले गति छाडेर खत्तम् भो।

****
 
Posted on 07-27-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले सबैलाई नमस्कार छ है मेरो!

साहिंलाको कथा पढें, साह्रै राम्रो लाग्यो। शव्द चयन, संयोजन, प्रयोग सबै उच्चकोटीका छन्, साथै प्रतीकात्मक हुनाले झन् उत्तम भएको छ।

तितौरीको कथा मार्मिक र प्रस्तुति आकर्षक छ।

अचेल चौतारीबासी गाम्लेहरूबाट राम्रा राम्रा कथा, कविता प्रस्फुटित हुन थालेकोमा हर्ष लागेको छ। अरू नि जाओस्, दीपजीको कविता पनि मज्जाको छ ल। यतिका दिनसम्म लुकेर रहेका प्रतिभा बल्ल पो बाहिर आउन थाल्यो त।
 
Posted on 07-27-06 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपको कविताको त फ्यान नै हो म, कति तुरुन्त तुरन्तै लेख्न सकेको?
 
Posted on 07-27-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिशरणम् !!!!!!!!!!!!!!
ल यहाँहरु सबैलाई दर्शन गरे है मैले.

तिरु तिमी कस्ति छौ नानी? तिम्रो स्वभाव को अन्दाज् गरे मैले तिम्रो गन्थन् बाट:)

दीपजी चाहिँ नबोलेर कविता मात्र लेख्ने हो कि कसो??अन्तिमको हरफ त मज्जाको पो रहेछ त।:D :D
 
Posted on 07-27-06 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिती- धन्यबाद् तिमि लाइ मेरो कथा मन् पराइ देकोमा । कथा तिम्रै हो नाम् मात्र फरक् , प्रीति ठुल्नानि या तितौरि के फरक् भो र हैन?

जिम्माल् बा -हजुर् ले लौ तितौरि हामि "सबै ले भोगे को" भन्दिनु भएर म धन्य भए, कोशेलि सङै अरु कत्ति खुसि पाउने जिम्माल् बा हजुराट् ।

चित्रे - धन्यबाद् धेरै धेरै ।

मिस् - हजुर् त के आँ गर्दा अलन्कार् बुझ्ने हजुर् सङ कस्ले सक्छ र । धन्यबाद् धेरै धेरै ।

-तितौरि रोल्न् २२ :D
 
Posted on 07-27-06 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु केइ न गरे पनि हजिर चै गर्नु परो।

रोल नम्बर २१ : नेप्चे
यस मिस

:p
 
Posted on 07-27-06 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु सबैलाई जदौ! चौतारीको हावा एक राउण्ड खाएर हिने है म मेलोतिर।
अँ साँच्ची, दिपेका कविता असाध्यै राम्टिके ( romantic ) छन्। पढ्दा पनि मनै हररर---- भएर आनन्द लाउच।

तितौरी नानीले कति मार्मिक कथा लेखेको रच। यस्तै हो हेर तितौरी नानू, यो पराई ठाममा आमाको नियास्रो खूब लाउच। नआत्तिइकन पढ है, धेरै पढेर ठू----लो मान्छे बन्नुपर्च, आमाले पनि त्यै भन्नु भ' होइन?
 
Posted on 07-27-06 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुनचाहिँ साईँध्वा इस्कूल'ट भागेर खोलाँ माछा मार्न गा'को? कुम्ले हो कि के हो? मैले इस्कूल जानु पर्दैन तँलाई भनेर सोधेको, "आज यहीँ'ट हात ठड्याम्छु, मिसले हाजिर गर्दिहाल्नुहुन्च नि!" भन्थ्यो।

 
Posted on 07-27-06 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी झुक्किनुभो क्या'र । यो त नेप्चे जस्तो पो छ त। केइगर्न नसकेनि हाजिर् चै गर्छु भन्दै थियो अघि

:D :D
 
Posted on 07-27-06 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali font checking : Sorry guys, I want to know whether I can post the unicode Nepali which is typed in another computer which has Nepali Unicode Installed but not connected to internet using the computer which does not have Nepali Unicode but has internet connection.

-General

Below is the text:
अटोमेटिक, हस्पिटल, पोष्ट अफिस
 
Posted on 07-27-06 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन दिपे, चाइन्जो तेस्तो तखत परेओ भए चार-पाँच भाग लाम्ने नि, अनि दुई तिन ले गति छाडे नि केइ लछार्दैन। अब जग्गेओ कुरो अर्ने भ' चाइँ, आफूलाई त आफैँ जग्गेमा बस्न भन्दा जग्गेमा बस्ने मुन्छे सँअ साइडमा बसेर अर्को छेऊको साइड मा साइड लगाउने साइत मिले काइता हुन्तो अस्तो लाउछ। :)
------
तितौरी नानू तिमि अमेरिखर्क तिर छौ कि केनडाँडा तिर छौ हँ?
---------
सलाम जर्नेल(General) साप!, चाइन्जो नेपाली फनट चेख त अर्नु भो तर शब्द जति अउँरेजी कै लेख्नु भएछ हे हे हे । स्वचालित्, अस्पताल, हुलाक भन्न खोज्नु भाको होला।
 
Posted on 07-27-06 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले:
घर त मेरो याँ हैन लुम्ले हो
घर त मेरो याँ हैन लुम्ले हो!
पढाइ २ पास, नाम मेरो कुम्ले हो
खेलौँ जुहारीऽऽऽ
तिमी हामी घुम्न जाउँला, फेवा ताल पारि
तिमी हामी घुम्न जाउँला, फेवा ताल पारि

आपताउन गाल:

आकाशैमा तिन तारे तिन तिर
बुढी बाख्री बेचेर ऋन तिर
माया बैगुनीऽऽ नभै नहुनी
या ओ! माया बैगुनी नभै नहुनी!

कुम्ले:

पानिमुनि घुमाउने साँचो
तिम्लाई मेरो बाख्रीको खाँचो ?
माया बैगुनीऽऽ नभै नहुनी
या ओ! माया बैगुनी कुम्ली नभै नहुनी!
कुम्ली नभै नहुनी

... ... ...

 
Posted on 07-27-06 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउलेबासी हरु सबै लाई मेरो नमस्कारम्,
हैन मिस् के हो आफ्नो रोल आँफै रोज्न पाउने ? तै पनि तपाईं ले दियको रोल नै सुइकार गर्छु । रोल २५ हाजिर छु ।
धरै राम्रा राम्रा कथा र कविता हरु पढियो आज । "आफ्नो कथा" आफ्नै जस्तो लाग्यो, दिप्जी को कविता रमाइलो लाग्यो, ल त आज हाफ छुट्टी म नै भागनु पर्‍यो,
जय भोले । ।
उहि म चमेली
 
Posted on 07-27-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो दादा,
हरिप गै रहेको छनी! । ।
चमेली
 
Posted on 07-27-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटी:
दिन र रात यहां त्यतिकै गैरा'ख्या छ
आफ्लै यहां कस्तो कस्तो भैरा'ख्या छ,
बुझेर पनि बुझ पचा'को हेर्न मारोगी,
सपना' मत्र आ'र चुप्पा खाइराख्या छ।

केटा:
आंखाको भाखा बुझिसके मैले
कटाक्ष नगरे त भै गयो,
मेरो निन्द्रा' काल किन बन्न खोज्छ्यौ,
चुप ला'र घर गए त भै गयो।
 
Posted on 07-27-06 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, तितौरी, सन्जु (साझायुजर) लगयात सबैलै कथा मन पराइदेकोमा धन्यबाद।
 
Posted on 07-28-06 5:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै घ्त लाग्ने कविता लेख्नु भयो त साँहिला दाई,
चुप लागेर जाने भय त दुखेसो पख्ने थिइन्न नि उनि ले पनि कि कसो । ।

रोल २५ आजो को मिती म हाजिर भयको छु ।

म चमेली
 
Posted on 07-28-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सब गाउले दाजु, भाइ, दिदी, बहिनिहरु सबै लाई नमस्ते । गौतम ज्यु ले आफ्नो फोटो नि तस्नु भएछ ।
सबैले कति राम्रो राम्रो कबिता लेखको हुन्न्न्न्न्न्न्न । सबै राम्रो छ ।
रोल #६ ठुलि
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र मिस्
 
Posted on 07-28-06 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnani हुन्न्न्न्न्न्न्न? :D
 
Posted on 07-28-06 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन सानानीईईईईईईइ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters