[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 संझना दिदी !

[Please view other pages to see the rest of the postings. Total posts: 134]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 65031 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 06-05-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संझना दिदी !


धेरै बर्ष पछि काम बिषेश ले आफ्नो पुरानो स्कूलमा पुगेको थिएं। बिश्व निकेतन को स्वरुप पुरै बद्लिसकेको भए पनि स्म्रिति पटलमा अझै संझनाहरु छरप्रष्ट थिए। आधुनिक भवन, नयाँ नयाँ सर् मिस् हरु। तर पनि हामीले  चिन्ने, हामीलाई पढाउनु भएका सर् मिस् हरु थिए नै
। हेडसर् संगको भेटको क्रम मा उही पुरानो गुनासो भनुं को चिन्ता प्रकट गर्नु भयो।


"बोर्ड ल्याउन सकेन स्कूलले। आजभोलि राम्रा बिद्यार्थीहरु सरकारी स्कूलमा आउन नै छाडे।"

"राहुल्,  आज को लास्ट पिरियड मेरै छ क्लास् टेनमा, संगै हिंड। बिद्यार्थीहरु लाई केही प्रोत्साहन गर्नु पर्यो। यसपालीको ब्याचमा केही राम्रा बिद्यार्थीहरु छन्। बोर्ड ल्याउन सक्ने। मोटिभेशन को कमी छ।"

"हुन्छ सर्!"  मेरो सानो प्रयासले प्रेरणाको संजिवनी  बन्छ भने एक् चोटि त के बारम्बार यो स्कूलमा आउन तयार् छु। आखिर यो स्कूल ले नै त हो नि म जस्तो लड्डु लाई मान्छे हुनुको अनूभुति दिलाएको।" मैले नि दिएं एक भाषण।

हेड् सर् ले मेरो परिचय दिनु भयो,  बढाइ चढाइ । यस्तो थियो राहुल्, उस्तो थियो राहुल्।
आफ्नो पालो मा मैले नि आफुले स्कूल पढ्दा को, गरिबी बिरुद्ध लड्दा को राम कहानी सुनाएं। इङ्लिशमा नेगेटिभ सेन्टेन्स के भन्ने थाहा न पाएको राहुले ले कसरी उच्चत्तम अंक हासिल गरे, नेपाली को एउटा वाक्य शुद्ध लेख्न न जान्ने ले नेपाली मा नेपाल भरि मै सर्बाधिक अंक  कसरी ल्याए, आदि इत्यादि भनें।


अन्तमा हेडसर् ले, दाइ संग केही सोध्नु छ भने सोधी हाल् भनेर बिद्यार्थीलाई भन्नु भयो। एक जना छात्राले मात्र केही सोध्ने हिम्मत गरिन्। उनको जिज्ञासा पुरा गर्न सकें वा सकिन अर्कै कुरा तर उनीमा भएको कन्फिडेन्स ले प्रभाबित पार्यो। फर्किने क्रममा, हेड सर् ले अघि प्रश्न गर्ने छात्राको बारे केही भन्नु भयो।
 सदिच्छा श्रेष्ठ, बाबु ४ बर्षको नहुदै गुमाई, आमा पनि १० बर्ष देखि जापान मै छिन्। बिचरी मामा घरमा  दुखले बसेकी छिन्, तर ट्यालेन्टेड छे।
मलाई आशा छ, यसले केही न केही गर्छे। पारिवारिक चिन्ताले पढाइमा असर गरेन भने छात्राहरु तर्फ बोर्ड ल्याउछे।

 स्कूल छुट्टीको टाइम पनि भयो, हेडसर्  संग बिदावारी गरी स्कूल बाट फर्किने क्रम मा मैले स्कूल को गेट निर सदिच्छालाई देखें। अघि सर् सदिक्षा को बारेमा भन्दा कता कता चिनेचिने जस्तो लागेको थियो। मन ले कहि सम्झना दिदी को छोरी त होइनन् सदिच्छा भने जस्तो लाग्यो। पारिवारिक हुलिया ले त्यस्तै संकेत गर्थ्यो। 


सोधि हालुं जस्तो लाग्यो र बोलाएं-"सदिच्छा!"


एक छिन अलमलीइ उनी। हजुर , तपाईं ले बोलाउनु भएको?

"हो।"


"तिमी संझना दिदी को छोरी हो?" मैले ठाडै सोधी हालें।


"हो सर्,  तपाईले चिन्नु हुन्छ, मेरो मम्मी लाई?" उनको चेहरामा अनौठो चमक् आयो।

 
"हो म चिन्छु दिदी लाइ, कुनै समयमा हामी एउटै अफिसमा काम् गर्थ्यौं"  मात्र  भने। भन्न त मन लागेकोथियो धेरै कुरा तर कलिलो उमेरको कलिलो मष्तिस्क मा गहिरो चोट पर्ला कि भनेर भनिन।  संझना दिदीको जीवन  यात्राका प्रतिकूल् समयमा  केही बाटो मैले नि संगै हिडेको छु, घाउहरु दुखेको छु।

संझना दिदीको बारेमा सुन्ने जान्ने रहर् थियो होला तै पनि साथी सङ्गिहरु सित घर् हिड्न लागेकीले मैले डिस्टर्ब गर्न् उचित मानीन।
मलाइ हतार् छ, कुनै दिन फेरि स्कूल आउला भन्दै थोत्रो के बजाजलाई लात मारें।

संझना दिदी र म एकै ब्याचमा जागिर् भएका थियौं। उमेरले हामी भन्दा सिनियर भएकी ले सबै जना  ना सु संझना श्रेष्ठलाई संझना दिदी भन्ने गर्थे। साह्रै मिजासिला,काम प्रति लगनशील, भलादमि कर्मचारिको रुपमा चिनिन्थ्यो। जागिर् को केही समय मै मेरो शाखा मा सरुवा हुनु भयो। समय मै अफिस आउने अनि भएको काम् सके पछि मात्र जीवनको यावत पक्षमा खुलेर बहस् गर्ने गर्नु हुन्थ्यो। किन यो उमेरमा कसरी हाम्रो अड्डा मा जागिर् खान पुगी देखि लिएर पारिवारिक किचलो, बाल् बच्चाको भबिष्य सम्म को कुरा गर्नु हुन्थ्यो। हाकिम् आफु भए पनि जीवनका धेरै जीवन्त वसन्त भोगेकी, धेरै जर्जर् पटझर् झेलेकी दिदी को कुरा मनन् गर्थें।

सदा झै टाइम अफिस आउने  संझना दिदी त्यो दिन म अफिस पुग्दा पनि देखिएन। हाकिम भएर भन्नु भन्दा पनि नानी देखि लागेको बानी टाइमा अफिस बिरलै पुग्थें। स्कूलमा त ढिला पुग्ने रेकर्ड राख्ने मान्छे।
टाइपिस्ट् लाई सोधें। "संझना दिदी आउनु भएन?"
 
"खै सर्, अहिले सम्म न आएकी ले आउदैन कि?"
"फोन सोन त गरेकी छैन?"
"छैन सिर्।"

नेवारहरु को घर् मा अनेक भोजभतेर् होला त्यसैले न आएकी होली। एुउटा टिप्पण्णि लेख्न दिएको थिएं, फाइल पो कहाँ राखेर गई फेरि, म एक छिन आफै संग कराए।
ड्रयर् खुला थियो, मैले खोजेको फाइल माथी नै रहेछ। अधुरो टिप्पणीको साटो आफै अर्को टिप्पणी लेखेर स्वूक्रितिको लागि कर्यकारी प्रमुख कहाँ पठाइ दिएं।

अर्को दिन पनि संझना दिदी म अफिस पुग्दा सम्ममा देखिएन।  मौसम खराब् छ, बिरामि भयो होला भन्थाने। दिउसो खाजा खाने समय तिर् हस्याङ् फस्याङ् गर्दै आइन्।
मैले केही भन्न न पाउदै भन्न थालिन्।

"सरी सर्, सर लाइ फोन पनि गर्न भ्याइन।"
"के भयो दिदी?"
"मेरो श्रीमान् लाइ हस्पिटल् लगेको। कोइ छैन हेर्नुस् त हेल्प गर्ने।" (बिबशताको उदबोधन!)
 
"के भएको किन लगेको?
अस्ति नै टाइफाइद भएको निको भैसकेको भनेको होइन?"
 
हो सर्, ज्वरो बल्झियो, बेहोस् हुनु भयो घर् मै। अनि हस्पिटल् लगेको।

"डाक्टर् साहेबहरु के भन्छन् त?"

खै टेस्टहरु को रिजल्ट नआउन्जेल केही भन्न सकिन्न रे। के हुने हो के? म त साह्रै टेन्सन् मा छु।

"टेन्सन् न लिनु, टेन्सन् लेने का चिज नहि है, देने का है भन्थ्यो इलाहाबाद मा।"

भोलि सम्ममा टेस्ट् को रिपोर्ट आउछ भनेको छ, सर् ले कोइ डाक्टर् चिन्नु भएको छ भने भन्दिनु पर्‍यो, मेरो बुढा लाइ खास के भएको हो?

उनको स्वरमा नमिठो त्रास् को अक्म्पन थियो। आत्तिएकी, बिबश नारी को अन्तर्आत्माको आवाज सुने जस्तो लाग्यो।

"बीर हस्पिटलमा होइन?"
 
हो सर्, मेल् मेडिकल् वार्ड्, २०१ नम्बर् को बेडमा।


 "त्यता भए त म संगै पढेका ३७ जना डाक्टर् छन्, कोइ न कोइ त भेटिएला। म भोलि अफिस् सकिना साथ त्यतै आउछु। धन्दा नलिनु। बिरामी लाई राम्रो सङ हेरबिचार् गर्नु।

 "हस सर्" भन्दै हतार् हतार् पाइला बढाइन्। क्रमश:


 


 
Posted on 06-11-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hamilai ni tha cha dipu, timro chita 1 nai cha bhanera.. arko chita feri prakat huna ber chaina.

baru tyo preranako chita 2 bhayo re ho? timilai tha hola ni? u ta khatara muskan dine raiche. 1 choti muskaauda 5 jana behosh re.. lau na usalai muskauna ban garnu paryo ...

Dipu, timro katha khoi bhanya??????????


 
Posted on 06-11-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ni  Preranako chitta 2 bhayo bhanchhe, ani ho ta usko muskaan ko ta kurai nagara, 5 jana maatrai ho ta..anaginti...asti baatoma u ra ma jaadai thiyau, maanche ta bhuku bhuku dhalera  kasto aapat. Balla talla pasal maa euta burka payaau ani tehi lagaideki maile Preranalai , feri ti dhalne harule sue garlan bhanera.

Crazy, la aba chai mero katha chhittai aauchha hai


 
Posted on 06-11-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai, katha nikai  tragic  jasto  hudai raicha. ramro cha.
 
Posted on 06-11-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बियोगान्त होला जस्तो छ कथा ठूल्दाई!!

छिटै थप्नोस भाँकि भाग!


 
Posted on 06-11-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

eh ketiharu crazz and dipps mero kura katdai basecheu  jau baru gaera dubai jana le ek -ek wota katha lekhera ao, herau ko first hundo raicha la la ..
 
Posted on 06-11-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाको सुरुवात र अहिलेको दोस्रो भाग हेर्दा कथा साँच्चिकै मार्मिक रहेछ राहुलदाई, मलाई यस्तो बिमारी भएको कथाहरु पढ्दा साह्रै नमज्जा लाग्छ। अर्को भाग पढ्न मन पनि लागेको छ अनि त्यत्तिकै कथालाई बिर्सिन मनपनि लागेको छ। के गर्ने के? तरपनि अर्को भागको प्रतिक्षामा छु! लेख्दै गर्नुहोला!
 
Posted on 06-11-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prerana nai ma yo katha lekhne competition ta nagarne crazz saga, jiti halcheni  malai.  ma ta sidhai harchhu. uslai harek bishayama gyan chha, jesko barema lekhe pani fas hunche aru nai kehi bhanana k

 


 
Posted on 06-11-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ त्यो फुट्बल सुट्बल हेर्न छोडेर अर्को भाग भटाभटि लेख्नु पर्‍यो अब ! ह्य आर्का लाई कस्तो भईसक्यो !
 
Posted on 06-11-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुखीको घरमा मात्र तेरो बाश हुने भये हे ईश्वर दया गरी मलाई अझै दु:ख दे।
यो लाइनले निक्कै कुरा चल्यो दिमागमा:
रिपोर्ट का साना साना अक्षर भित्र ठुला ठुला घट्ना - दुर्घट्ना लेखिएको हुनु पर्छ, डा जोशी को भावमा चिन्ता स्पष्ट टल्किरहेको थियो।
 
Posted on 06-11-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ त्यो फुट्बल सुट्बल हेर्न छोडेर अर्को भाग भटाभटि लेख्नु पर्‍यो अब ! ह्य आर्का लाई कस्तो भईसक्यो !

 
Posted on 06-11-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Katha dherai nai dukha lagdo jasto lagyo malai Rahuldai. I hope you will prove me wrong.
 
Posted on 06-11-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल राहुल दाई अधिकान्श पाठक ब्रिन्द को चाहना लाई ध्यान मा राख्दै यो कथा लाई धेरै बियोगान्त नबनाउन हुन अनुरोध गर्दछु

ह्या दिपप्स तिमी पनि कोम्पिटिसन म भाग नली हार स्विर्कार गर्देको -- उ हेर क्रेजी जस्तो हुनु पर्छ, खुरु खुरु कथा लेख्दै छे, भरे सम्मा मा अर्को हाडीघोप्टे को कथा लेराउछे 


 
Posted on 06-11-08 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oyi Dipps and Prez,

malai ekchin pani shanti sanga sutna nadina bhayau hai mori ho. afulai yeha nidra matra lagera hairan.

Dipps, timro stroy kurda kurda mero jiban nai jaane bho. chito lekha na sathi.

Prez, plzzzzzz timro love poem sunau na bhanya.

la aba Dipps ra Prez ko competition kasle pahila post garne ho? first hunelai euta upahar cha cheli ko, nabhaye spring le sunscreen dine bhanya cha. la la chito chito..

Thuldai, plzzzzzz don't mind hai, hamiharuko kura haru...


 
Posted on 06-11-08 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

woi crazz kati sutna sakeko hola, duisai pani fwa fwa sutnu hunchha alchhi , ghureko aawaz yeha samma suniraathe la

Ahile Prez lai dherai disturb nagara tya, kasto dhyan dera lekhiraache love poem. Aba tyo lekhisake pachi malai pani sikaauchhu bhaneki chha, ma ta tehi bhaera kurira ho

Thuldai, plzzzzzz don't mind hai, hamiharuko kura haru...


 
Posted on 06-11-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास मा राहुलदाइ ले दिपस क्रेजस र म लाई हल्लाबाज भन्दै यो  धागो मा आउन ब्यान गर्नु होला भन्ने त्रास हुँदा हुँदै पनि आए।

क्रेज खै त हाडीघोप्टे को कथा -- ल आधा भहए पनि टासन यार ढिलो गर्‍योउ भने दिपप्स ले  सअन्स्क्रीन उपहार जितेर लाने भाई है ,  साथी भनेर  अहिले नैभन्द्या छ

 


 
Posted on 06-11-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको अर्को भाग आयो होला भनेर च्याको त ठुल्दिदीहरु पो चिच्याका रइछन
Last edited: 11-Jun-08 09:06 PM

 
Posted on 06-11-08 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा रिट्ठे पनि अैपुगेछ हल्ला गर्न, प्रेरणा अब त भागनै पर्ने भयो नत्र त धुलाई भेट्ने भयौ ठुल्दाइको
 
Posted on 06-18-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संझना दिदी
भाग ३

घर जाने बाटोभरि मनमा अनेक कुरा खेल्न थाल्यो। संझना दिदीको जीवन मा आउन लागेको तूफान को बिध्वंसता अकल्पनिय मेरो लागि त छ भने उहाँको लागि ?  दिदीलाई अन्दाज छैन। दशैंको बेला, साना छोरा छोरीले रामो नानाको चाहना गर्ने बेला, ठुलाबडा संग आषिश थाप्ने बेला म्रित्युको नमिठो घण्टा पर मसानघाटमा बजे जस्तो लाग्यो मलाई।

बिदेश लिएर त जाने भनेर कस्सिनु भयो संझना दिदी, पैसाको जोहो पो गर्ने कसरी हुन्? पीडा अनि  शंकट लाइन लागेर आउछन् भन्छन्, बिश्वास् लाग्यो।

२ दिन पछि टिचिङबाट्  ब्लड टेस्टको रिपोर्ट आयो। संझना दिदीले फोन गरेर मलाई जानकारी दिनु भयो। हिजो अस्ति भन्दा आज उहाँको स्वरमा निराशा बोलिरहेको स्पष्ट् सुनिन्थ्यो।  मैले साथीलाई लिएर अौछु, चिन्ता न लिनु भनें।


बीर अस्पताल गएं। बिरामी को हालत हिजो अस्ति भन्दा पक्कै राम्रो थिएन। निको हुने रोग लागेको भए त प्रगतिको रेखा देखिन्थ्यो- आफ्नै मनले संझायो।

डाक्टर् जोशीले रिपोर्ट् हेर्ने बित्तिकै नाक खुम्च्याए। बुझ्ने लाई इशारा काफि, मैले बुझें। रक्त परिक्षणको नतिजामा उहि WBC, RBC अनि Plateles को संख्या घट्ने क्रम जारी । Clinical Haematolgy पुस्तक मा लेखिएका पंक्ति हरु झल्झलि याद आयो। जीवन यात्राको अन्तिम पदाव अब धेरै दिन को छैन। कसरी भनुं यो कटु सत्य, संझना दिदी लाई। भन्न हुन्छ या हुंदैन मैले निर्णय गर्न सकिन। डा जोशी को हाउभाउले संझना दिदीको उमेर खाएको दिमागले पनि बुझे। आँखाबाट् असारे झरि बर्स्यो, अनियन्त्रित, अबिरल्।

"सर भन्नुस् न मेरो बुढा लाई साच्चै के भाको हो? निको नहुने रोग त होइन होला नि? "
निराशा बीच अझै आशा प्रकट गरिन।


"यो रिपोर्ट् र पुरानो रिपोर्ट उस्तै उस्तै छ। लक्षण राम्रो छैन। मलाई अझै बिश्वास् छैन, यहाँको ल्याबको रिपोर्ट्। यस्तो सेन्सिटिभ म्याटरमा सिरियस नै हुंदैन, यहाँका ल्याबहरु।  दिल्ली लिएर जानुस्, ढिला नगर्नुस्, ढिलो भए जे पनि हुन सक्छ।"
 डाक्टर् जोशीले घुमाउरो पारामा रोगको प्रक्रिति बारे संझना दिदी लाई संझाउनु भयो।

डा जोशी अफ्नो काममा हिडे पछि दिदी एक छिन बेस्सरी रुनु भयो, आफ्नो कर्म र भाग्य लाई दोष दिन थाल्नु भयो।
संभवत अस्पताल वरिपरि घुमि रहेका यमराजका दूतहरुको धूमिल छायाँचित्र देख्न थालिसक्नु भयो।
सके सम्म आफुलाई सम्हाल्दै संझना दिदीले भन्नु  भयो- "सर् म जसरी भए नि मर्न दिन्न उहाँलाई। भोलि नै दिल्ली लैजान्छु। पैसा को बन्दोबस्त गर्न सहयोग गरिदिनु पर्‍यो सर् ले।"

"डा जोशी को सल्लाह पनि छिटो दिल्ली लैजानु भन्ने छ, तर भोलि नै संभव हुन्न। दिल्लीको कुन हस्पिटलमा को डाक्टर लाई देखाउने? फेरि १ लाख भन्दा कम् पैसा ले के हुन्छ, को को जाने, सबै मिलाउन टाइम लाग्छ। भोली होइन पर्सी सम्म मा उड्ने गरी अहिले देखि बन्दोबस्त गरौं।"
 
सर् को कुरा मनासिब हो।  सर्, दिल्लीमा कहाँ कसका लिएर जाने? कस्लाई थाहा होला? सर् को दाई हुनुहुन्छ नि डाक्टर् साहेब, उहाँलाई थाहा छ कि?

उसैले प्रश्न सोधी, अनि उत्तर् पनि।

"एकदम् सही कुरा, उहाँले अबश्य सहयोग गर्नु हुन्छ यसमा। म आजै गएर सल्लाह गर्छु।"
 
"होइन सर्, अहिले नै जाउं न त, म आफै अनुरोध गर्छु, मिल्छ भने, केही सोध्नु पनि छ।"

शायद अनिल दाइको बिद्वता बारे धेरै प्रसङमा मैले भनिसकेकोले होला, अनिल दाई सल्लाहमा अलि भरोसा देखाउनु भयो।

"हुन्छ, बिरामी कुरुवा त कोइ हुनु पर्‍यो नि।"
 
मेरो बाबा खाना लिएर आउछु भनिसिए थियो, अैपुग्ने बेला भयो।

संझाना दिदीको बुबा नभन्दै थर्मसमा खाना लिएर अौनु भयो।

 पहिला खाना खानुस्, यतिन्जेल म दाई कहाँ हुनुहुन्छ, घरमा फोन गरेर सोध्छु, दाई जहाँ हुनु हुन्छ त्यतै जाउला।

यति भन्दै म फोन गर्न हिडें, बाहिरको औषधि पसलबाट् रु २ तिरी फोन गरें। बेलायत जाने दिन नजिक भएकोले छुट्टी लिएर घरमै बस्नु बहेको रहेछ। राम्रो नै भयो, अस्पताल भन्दा त घर् जानु नै बेस हुन्थ्यो।
रिपोर्टको ठेली बोकेर हामी दुइजना सिधै अनिल् दाइको घर तिर लाग्यौं। दाई संग पहिले नै कुरा भै सकेकोले धेरै बताइरह्नु परेन। रिपोर्ट हेर्ने बितिकै यो रिपोर्टको लक्षण ठीक छैन- भन्नु भयो।

"दिल्ली लिएर जाने बिचार गरेको दाइले सल्लाह दिनु पर्‍यो। को संग कहाँ जचाउने?" दिदीले सिधै कामको कुरा निकाल्नु भयो।

"दिल्लीमा मेरा प्रोफेसरहरुले प्राइभेट् हस्पिटल् खोलेका छन्, यो फिल्डमा डाक्टर एन के सिंह एक्स्पर्ट हुनु हुन्छ, बत्रा हस्पिटलमा लैजानुस्, म चिट्ठी लेखि दिन्छु।"
समयाभाव को भाव बुझेर दाइले आफ्नो प्याड निकाली लेख्न थाल्नु भयो।

"अलि महंगो छ तर अन्य अस्पताल भन्दा राम्रो छ। एम्समा नि राम्रो हुन्थ्यो तर त्यहाँ जचाउन त्य सजिलो छैन।" यति भन्दै चिट्ठी संझना दिदीको हातमा थम्याइ दिनु भयो।
 हस् त दाई हामि लाग्छौ भनेर बिदा मागेर हामी तल ओर्लियौं।
संझना दिदीको मनमा के ज्वारभाटा चल्यो, एक छिन् दाई संग कुरा गर्नु छ, अघि बिर्सें भन्दै माथि उक्लिन थाल्नु भयो। म पनि संग संगै गएं।

"दाई, मेरो बालबच्चाको कसम्, नढाँटी भन्नुस्, उहाँलाई के भएको  हो? निको हुन्छ कि हुंदैन? दिल्ली लिएर जानुको अर्थ छ कि छैन?"

 एक सासले बडा निडर ढंगले सोध्नु भयो। दाइले पनि संझा दिदीको अवस्थाको मुल्यान्कन गरी सक्नु भएको हुनु पर्छ र भन्नु भयो।

"हेर्नुस्, यो रोग भनेको टाइफाइडको  औषधि क्लोराफेनिकलको रियाक्सन् हो। १ लाखमा एक जना लाई हुन सक्ने न्यून संभवना भएको रोग हो। दिल्ली लिएर जानुस्, यो रिपोर्ट गलत होस् भन्ने कामना गरेर  जानुस्। उता सबै फेरि टेस्ट् हुन्छ।

"यो रिपोर्ट् नै निस्कियो भने?" संझना दिदी को डर स्पष्ट बोल्यो।

" भगवान प्रति बिश्वास गर्नुस्, यो रिपोर्ट गलत हो भनेर। दुर्भाग्य बस यही रिपोर्ट निस्कियो भने बिरामी को बाच्ने लक्षण धेरै कम छ। यसको लागि मानसिकरुपमा तयार हुनु होस्। मेडिकल साइन्समा धेरै पटक धेरै ठाउँमा मिराकल भएको छ। मिराकल को कामना गर्छु म पनि।  तर मेरो सल्लाह छ, दिल्ली चाहिँ लिएर जानुस् नै। कम् से कम मनमा शान्ति मिल्ने छ, संभव भए सम्म गर्नै पर्छ।"

दाइले स्पष्ट संग बिरामीको संभाब्य गन्तब्य समेत खोलि दिनु भयो। संझना दिदीले यति बेला आफुलाई निकै कठोर बनाइ सक्नु भएको महशुस भयो मलाई। उहाँ आँखा आँशु थिएन। दिल्ली गएर स्वस्थ पति लाई फर्काउछु भन्ने दरो प्रतिबद्धता देखें।

दाई को घरबाट् फर्क्यौं। बाटोमा दिदीले " सर् ले अफिसका साथीहरु सङ सल्लाह गरेर अलि पैसा जुटाइ दिने काम् गर्नु होस्, म जे गर्न सक्छु, जम्मा गर्छु। सके सम्म पर्सि दिल्ली उड्छु।"

हुन्छ, म भोलि नै पैसाको लागि अफिस् मा कुरा गर्छु, अहिले घर जान्छु, भोलि दिउसो फेरि अौला।
 
अफिसमा दशैंको पेश्की समेत तलब बाड्ने दिन रहेछ। मैले हाम्रो ग्रुपका सबै साथीहरु संग सल्लाह गरें। सबैमा संझना दिदीको खबर बेखबर थिएन। सबैले आदरपूर्बक संझना दिदीलाई दिदी भन्ने गर्थे।  सहयोग गर्न तयार भए। एक जनाले २ हजार दिने भए। सबै गरेर २८ हजार पैसा उठ्यो।
त्यसको जानकारी मैले संझना दिदीलाई अस्पतालमै गएर दिएं।

सर् मैले अनेक प्रयास गर्दा नि ५० हजार भन्दा बढि पैसा जोगार् गर्न सकिन। अब के गर्ने होला? सानेपामा ३ आना जग्गा छ, बेचौं भन्दा नि अहिले को अहिलेइ संभव छैन। शंकट माथि अर्को शंकट।

"जग्गा बेच्ने कुरा नगर्नुस् दिदी, बालबच्चाको लागि भए पनि भोलि काम् गर्छ।"

अब के गरौं त? सर् ले नै सापट् दिनुस् त?

"म अवाक भएं। मैले फाल्गुण मा हुने आफ्नो बिहेको खर्चको लागि भनेर जम्मा पारेको केही हजार रुपैयालाई म्रित्यु संगै जुझ्दै गरेको ब्यक्तिलागि सापट दिनु बाहेक अर्को उपाय थिएन।  घरमा कसैलाई न भनी यो शंकटलाईपार लगाउनु नै धर्म संझे।

कति जति चाहिन्छ?
"अर्को ३० हजार"

ल त्यो पनि ब्यबस्था हुन्छ, म दिन्छु।

"सर् को बिबाह्  नजिक छ, सर् संग पैसा लिएर फर्काउन सकेन भने?"  पैसालिन अलि अप्ठेरो लाग्यो, संझना दिदीलाई।

उहाँको ज्यान र दिदीको जीवनको खुशी पहिलो कुरो हो, मेरो कार्यक्रम त अझै ४-५ महिना छ, बन्दोबस्त गर्न सकुंला नै।

अहिले सबै भन्दा पहिला, बिरामीलाई डिस्चार्ज गराउनु पर्‍यो। यहाँबाट् रिफर लेटर् लेखाउनु पर्‍यो।

"मलाई केही थाहा छैन सर्, कहाँ गएर भन्ने?"

त्यही डाक्टर आर् डी श्रेष्ठलाई भेट्ने।
मलाई डर् लाग्छ, सर् पनि संगै। मैले कुरा बुझिहालें।

"लौ हिड्नुस्, ढिला गर्नु काम् छैन।"

डाक्टर श्रेष्ठले डिस्चार्ज गर्न मान्नु भएन। यहीँ उपचार् हुन्छ, बिदेश लैजान हामी रिफर गर्न सक्दैनौ भन्नु भयो। मैले प्रश्न राखें।

"किन, रिफर गर्न सक्नु हुन्न?"

किन कि देशको सबैभन्दा जेठो र राम्रो अस्पताल् को बेइज्जत हुन्छ। हामीले उपचार गर्न छोडेका छैनौं।

"येह् त्यसो पो।"  मलाई रीस उठ्यो, देशका सबै भन्दा वरिष्ठ डाक्टरको तर्क सुनेर।

 "तपाईहरु ले सहि डाइगोनोसिस् त गर्न  सक्नु हुन्न, के उपचार् गर्नु हुन्छ? प्यानसाइटोपेनिया भएको बिरामीलाई थम्बोसाइटोपेनिया भनेर लेख्नु हुन्छ? हेमाटोलोजी पढ्नु भाको छैन कि?  आफुलाई थाहा न भए अरु सङ कन्सल्ट गर्नुस् न। अनि अझै बाहिर लैजान्छु भन्दा रिफर् गर्न मिल्दैन भन्नु हुन्छ।"
 
मेरो रिसले डाक्टरको पारो घटाइ दियो। 

"रिफर् त गर्न मिल्दै मिल्दैन, रेकोमेण्डेशन जस्तो चाहिँ लेखिदिउला। बाहिर लगेर पनि केही हुने होइन।"
 डाक्टर् बल्ल आफ्नो औकातमा आयो।

फूलपाटिको एक दिन अगाडी संझना दिदी, आफ्नो भाइ संग बिरामीलाई लिएर आर् एन् ए सी को जहाजबाट् दिल्ली उड्नु भयो।

क्रमश:


 
Posted on 06-18-08 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भगवान प्रति बिश्वास गर्नुस्, यो रिपोर्ट गलत हो भनेर। दुर्भाग्य बस यही रिपोर्ट निस्कियो भने बिरामी को बाच्ने लक्षण धेरै कम छ। यसको लागि मानसिकरुपमा तयार हुनु होस्। मेडिकल साइन्समा धेरै पटक धेरै ठाउँमा मिराकल भएको छ। मिराकल को कामना गर्छु म पनि।  तर मेरो सल्लाह छ, दिल्ली चाहिँ लिएर जानुस् नै। कम् से कम मनमा शान्ति मिल्ने छ, संभव भए सम्म गर्नै पर्छ।"

 

यो माथिको लाइनले अर्को भागमा चै केही रमाइलो कुरा सुन्न पायिन्छकी भन्ने आसा गरेको छु मैले, बियोगान्त कथा सम्योगान्त तिर उन्मुख हुन्छ जस्तो लाग्न थाल्यो है मलाई चै।

 
Posted on 06-18-08 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै नै दु:खद कथा राइछ, मैले पनि पढे,
मिराकल होस् ल, सास रहुन्जेल आश हुन्छ भन्छन् ठीक होला नि

 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
All the Qatar ailines from Nepal canceled to USA
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters