[VIEWED 88893
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-11-10 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
नयाँ नेपालको यात्रा (जात्रा )।
(हालै मात्र नेपालबाट फर्केको हुँ, नयाँ नेपालमा जे जती जात्रा देखें भोंगें तिनलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । नितान्त ब्यक्तिगत यात्रा संस्मरण को रुपमा यसलाई लिन हुन अनुरोध छ ।) भाग १ झन्डै चार बर्षको मुग्लान बसाइ पछी घर फर्किने सोच बनाएको थिएं ३ महिना अगावै । उद्देश्य केही ब्यक्तिगत थिए, केही रहरहरु । त्यो भन्दा पनि जन्म दिन श्रद्धयी आमाको ६ महिने पुण्य तिथीको कर्ममा संलग्न हुने उद्देश्यले ९ अप्रिलको साँझ जे एफ के बाट नयाँ नेपाल को यात्रा सुरु गरियो । मनमा अनेक तर्कनाहरु उठे, धेरै को मुखबाट सुनेको काठमाडौको बेहाल हाल, साच्ची कस्तो भयो होला मेरो काठमाडौ ? बत्ती बिनाको जिन्दगी कस्तो होला, इन्टर्नेट बिनाको दिन कस्तो हुन्छ होला, पानी बिनाको माछा कसरी जिउदो होला ? आदी इत्यादी यक्ष प्रश्नहरुको उत्तर खोज्दै एतिहाड एअर को कुर्चीमा केही बेर निदाएं । केही बेर अर्ध निद्रामा बर्बराएं । आमा जिउंदै हुँदा जान नपाएको पीडा दुखिरहेको थियो। अस्तब्यस्त घर परिवारको ब्यथा बल्झिरहेको थियो । देश र शहर बारे त दिन दिनै अखबार पढेकोले अपडेटेड भए छु जस्तो लाग्थ्यो । तै पनि साँच्ची कस्तो भयो होला है हाम्रो गणतन्त्र नेपाल ? अबुधाबी पुगियो साढे १२ घण्टाको उडान पछी । ट्रान्जिट लामै भए नि बस्न होटल र खानाको राम्रो प्रबन्ध भएकोले समय कटियो सजिलै सँग। साझा पनि हेरियो, चौतारीका मित्रहरु सँग भलाकुसारी गरियो । अबुधाबिबाट कथामाडौ जान गेट नम्बर ७ मा जानु थियो, गैयो । गेट ७ को लामो सुरुङ देखी नै नयाँ नेपाल को झझल्को देख्न थालें । यस्तै त होला नि नयाँ नेपाल- अराजक, अनुशासनहीन। नेपाल जाने प्लेनमा नेपाली न भे को हुन्थ्यो र ? ९० प्रतिशत नेपाली र बाँकी बिदेशी। सेकुरिटी चेक् देखी नै लाइन थिएन। बलमिच्याइ र भिडमभिड । अझ त्यसमा बिदेशीहरु समेत जैसा देश वैसा भेष गर्दै ठेलमठेलमा रमाइ रहेका थिए । खाडी मुलुकमा नेपालीद्वारा बेचिएका नेपालीहरु भन्छु म- त्यो भीडलाई । हुन सक्छ, कत्ती बर्ष पछी मरुभूमिमा पसिना चुहाइ, दलालको खर्च कटाइ आफन्तजनको केही इच्छा साकार पार्न पहिलो पल्ट् आफ्नो घर फर्कन हतार गर्दै थिए मदनवाहरु, धनीयाहरु । नेपालीमा कुरा गर्दै गरेकोले केही ले कुरा गर्न आए । देशमा काम पाएन, ऋण लिएर साउदी आएको र बडो दु:ख पाएको किस्सा सुनाउदै थिए अधबैसे च्याङ्बा । हामी सबैको कथा ब्यथा उस्तै थियो । ललितपुर सिद्धिपुरका मचाकाजी त नेवारीमा कुरा गर्न पाएकोमा खुशी थिए। ३ बर्ष भो रे नेवारीमा कसै सँग कुरा गर्न न पाएको । त्यो टर्मिनलको अराजक स्थिती कारण आधा हाम्रो मानसिकता र आधा ब्यबस्थापन( एअर्पोर्ट अथोरिटी) को कमजोरी जस्तो लाग्छ । सिक्युरिटी अफिसर बाहेक जम्मै कामदार नेपाली हुनु पनि अराजक आगोमा घिउ जस्तो लाग्यो । प्लेन उड्यो , करिब चार घण्टाको उडान थियो । प्लेन भित्र दिइने खाना खाँदै एउटा सिनेमा हेर्दैमा प्लेन उपत्यका छिरेको उदघोष गरे क्याबिन क्रिउले । झ्याल निर कै सिट भाकोले तलतिर नियालें। साँझको साढे सात हुंदो थियो । तल केही न देखिने चुकघोप्टे अन्धकार थियो। लाग्यो म एउटा टाइम मेशिनमा बसेर एकाइसौं शताब्दिबाट आदिमा युग तिर फर्की रहेछु। प्लेन जती तल तल झर्थ्यो , त्यति टुकी युगको धमिलो आकार देखिन्थ्यो । प्लेनले धावन मार्ग छोयो । एअर्पोर्ट को हाल बेहाल थियो नै । गुन्टा टिपी बाहिर के निस्केको थिएं , अन्धकार बीच ठुलो फ्लोरोसेण्ट होर्डिङ बोर्डमा " बधाई छ आज आउनु भयो - भोलिको नेपाल बन्दमा स्वाग्त छ " भनी लेखिएको जस्तो देखियो । मात्रीभूमीको टेकेको पहिलो पाइला मै नेपाल बन्दको स्वागत । क्रमश:
|
|
|
|
bhijilante
Please log in to subscribe to bhijilante's postings.
Posted on 05-18-10 1:22
PM [Snapshot: 2231]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
महिनाको १० हजार तलब खाइ २ छोरीलाई चाइनामा २० -२० लाख तिरी मेडिकल पढाउने उही । अझै देश खत्तम छ भन्ने ? देशलाई खत्तम पार्ने उहाँ जस्ता हिप्पोक्र्याटहरु सँग मेरो बिमत्ती छ ।
लौ ठुल्दाइको पनि जात्रा साह्रै मजाको पो र छ त ।। हतार भयो केरे अरको भाउ पढन ।। लौ छिटो लेखिहाल्नु पर्यो ।।
|
|
|
arahat
Please log in to subscribe to arahat's postings.
Posted on 05-18-10 1:42
PM [Snapshot: 2247]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले देखेका केहि सकारात्मक कुराहरु धेरै ब्यापारिक भवनहरुको निर्माण पैसाहुनेहरुलाई नेपालमा अझ भनुम काठमाडौँमा नै बसेर ब्रान्डेड लुगा वा वस्तुहरुको किनमेल गर्ने अवसर काठमाडौँ बाट बाहिर अरु सहर (जस्तो पोखरा) जाँदा स्वर्ग झैँ आनन्द लाग्नु (कति सुनसान स्वच्छा हावा, ट्राफिक जाम भनेको पटकै छैन, आहा सम्झिदै कति रमाइलो) अमेरिकामा जस्तै फूड कोर्टहरु, ति पसलहरु (ठमेलमा हैन) मा यहाँ कै जस्तै मेनुहरु पाउनु माइक्रो जति नै नराम्रो भएनि जुन बाटोमा पनि चल्नु (धेरै नै माइक्रोको रुटहरु थपी सकेको) काठमाडौँको नाईटमा बाटाका vendors कति रमाइलो
|
|
|
newlynew
Please log in to subscribe to newlynew's postings.
Posted on 05-18-10 2:58
PM [Snapshot: 2319]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
One more positive development - media and TV. There are Nepali channels besides Nepal TV. Much more professional too.. Gone are the days when you are forced to watch Dr. Subodh Pokhrel in Daura Suruwal while reading news...
|
|
|
pire
Please log in to subscribe to pire's postings.
Posted on 05-18-10 3:09
PM [Snapshot: 2324]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले सानो मुखले ठुलो कुरो गरेको जस्तो हुन्छ, तर मैले के नोटिस गरें भने काठमाण्डु लगायत का कति शहरमा मान्छे असाध्य धनि भएका छन्। काठमाण्डुमा एउटा घर एक करोड पर्छ अहिले। त्यो बेचेर भाडामा दिए मात्र पनि महिनाको बार प्रतिशत को ब्याजदरले हेर्दा १ लाख आउछ। पच्चिसहजार भाडा तिरेर बसे पनि पचहत्तर हजार् महिनामा खर्च गर्न हुन्छ। त्यसैले मासिक कम्तिमा १ लाख रुपियाको आम्दानि हुनसक्नेहरु दश प्रतिशत भन्दा बढि हाउसहोल्डहरु छन होला नेपालभरि गर्दा। यसको अर्थ बिराटनगरका ब्यापारी , धराने रैथाने, सोलुखुम्बु चितवन र पोखराका पर्यटन व्यवसायी, सीमावर्ती शहरका सेठहरु जोड्दा तिसलाख जनसंख्या को प्रतिब्यक्ति आम्दानि मलेशियाहरु जस्तो छ। यसैले गर्दा शहरहरु अमेरिकाको मध्यमस्तरका जस्तो हुन हाम्रो जीवनकाल भित्र संभव छ।कर्णाली आदी मा दरिद्रता छ, तर त्यहाको जनसंख्या थोरै छ, त्यो पनि विर्सनु हुन्न। राज्यले चाहने हो भने शायद त्यहाको समस्या हल गर्न त्यती गार्हो छैन। मेरो लाटो दिमागमा अर्को के पनि कुरो छ भने यो सबै सम्पन्नता भर्खर आर्जन गरिएको हुनाले (पाँच वर्ष जती भयो होला )मानीसहरु यो गुमाउन चाहदैनन र यसैले माओवादी हरु प्रती शशंकित छन र यसैले शहरमा मावोवादी प्रभाव हुन झन झन गाह्रो हुनेछ।
Last edited: 18-May-10 05:24 PM
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 05-18-10 4:11
PM [Snapshot: 2383]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, मैले हिजो जान्ने भएर कमेन्ट लेखि हाले, मेटाउन मन लागेन। ठुल्दाइले सरकारी अफिस र त्यहाका स्टाफहरुबाट धेरै दुख पाउनु भएको रहेछ, त्यसैले पनि दाइको नेपाल बसाइ धेरै असजिलो भएको कुरा यो लेखबाट थाहा पाइयो। म नोवेम्बरमा गएकी थिएँ। हुन त काठमाँडौ बाहिर घुम्न जाने योजना भए पनि समय अभाबले सबै कार्यक्रम स्थगित भयो। साँझतिर म बजारतिर हिँड्न रुचाउथे, प्रत्यक २ मिनेटमा ठुलो ठुलो ब्रान्डेड शपिङ् मलहरु देखेँ। त्यो मलहरु देख्दा मलाइ पक्कै पनि किन्ने सामर्थ्य भएका मानिसहरु पनि बढेको जस्तो लाग्यो। हुन पनि जुन पसलमा गए पनि किन्ने मान्छेहरुको भिँड हुन्थ्यो। तर मैले काठ्मान्डुलाइ मात्र हेरेर नेपाल भन्नु हुदैन। त्यहा मानिसहरु झन् नयाँ technology भएको सामानहरु प्रयोग गरेको देखे। माथि केहि साथीहरुले भन्नु भए जस्तै जग्गाको ब्यापारीहरु पनि ह्वात्तै बढेको देखेँ। करोड भन्दा घटिको कुरा गर्ने मान्छे हरु कमै हुन्थे। हुन सक्छ, अमेरिकाबाट आएको देखेर जग्गामा पैसा हाल्छकि भन्ने आशाले पनि उनिहरुले त्यस्तो कुरा गरेका हुन सक्छन्। साँघुरो बाटोमा धेरै नयाँ कारहरु चलेको देखेँ। हाउजिङ र अपार्टमेन्ट कम्प्लेक्सहरु पनि धेरै बन्दै रहेछन्। तर म काठमान्डुलाइ मात्रै हेरेर नेपालको बिकास भएको भन्न सक्दिन। त्यहाको खानाको स्वाद नै अर्कै थियो। चम्सुर पालुङो, तोरीको साग, भटमास साँधेको अचार, खसीको मासु घरकै साधाराण खाना पनि कस्तो मिठो हुन्थ्यो। फिका चिया पनि कस्तो मिठो लाग्थ्यो मलाइ त। अरु कुराहरु भन्दा पनि त्यहा आफ्नो परिवार, नातेदारहरुको आत्मियता न्यानो लाग्यो। नेपालबाट फर्किनासाथै ती सबै कुरा मलाइ धेरै समयसम्म मिस भयो। ओहो, मैले अलिकति भन्दै धेरै पो लेखेछु यहाँ। राहुलदाइ, भुलचुक माफ गर्नु होला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-19-10 8:47
AM [Snapshot: 2616]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे, रेस्ट को कथा एक रात मै सकियो । अब अर्कै रूमको कथा सुरु हुन्छ । चिप्ले, मेलम्चीको पानी हाम्रो संबिधान सभा जस्ताइ हो । हात्ती आयो आयो फुस्सा को किस्सा जस्ताइ । जीरा, त्यै त बुझ्नेलाई श्रीखन्ड भनेको यही होइन त ? भिजलान्ते, दिनको एक भाग लेख्ने लक्ष मुताबिक लेख्दै छु । आज अर्को भाग आउने छ । अरहत, केही सकरात्मक पक्ष मैले पनि महशूश गरेको छु । आउँदा भागहरुमा तिनको भाग नि आउने छ । newlynew मेडिया को बिकास को एउटा सकारत्मक पक्ष हो नै । तर पार्टी ले मेडिया चलाउन थालेको छ । जनता दिग्भ्रमित पार्ने च्यानलहरुले देशकोलाई अझ अगती गराउने छ नै । पिरे, जग्गा भाउ बढ्नु, घरअको मुल्य आकाशइनु मा जती रेमिटेन्स को हात छ त्यो भन्दा पनि द्वन्दकाल र त्यसपछी पनि लुटिएका अल्याख सम्पतिको हात खुट्टा छ । माओवादीका सामान्य कमाण्डर को पनि अहिले काठमाडौ का घर जग्गा छ । क्रेजी, टिप्पणी सहि थियो । राम्रा कुरा नि देखेको छु । क्रमश: मा आउन बाँकी नै छ । आज आउने नयाँ अंकमा अपत्यारिलो राम्रो कुरा देख्नु हुने छ ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-19-10 10:34
AM [Snapshot: 2688]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ नेपाल को यात्रा भाग ७ । इन्जिनियर साहेबलाई जी आर आइ सुन्ने बित्तिकै वाकवाकी लाग्दो रहेछ, टोफल सम्म पच्थ्यो कि थाहा भएन । इन्जिनियर साहेबको खुबिलियत अलिकती बर्णन गर्नु मनासिब नै होला। उहाँको नाम डाक्टर केसी । इन्जिनियरको अगाडि डा कसरी झुन्डियो, त्यसको पनि रोचक घोचक कथा छ । सरकारी कोटामा एम एस्सी गर्दा को कुरा रे, पुल्चोक बाट । बडा तेजिला विद्यार्थी रे । एम एस्सी को थेसिसमा पानी प्रसोधनको नयाँ काइदा निकाल्नु भए छ उहाँले । Water treatment plant मा १ लिटर पानी हुलेर प्रशोधित पानी २ लिटर निकाल्नु भए छ । प्रोफेसर साहेबले हेक्का राख्नु सक्नु भएन वा अरु नै ठेक्का को काम थियो , एम एस्सी को थेसिस प्रिन्ट भएर, डिफेन्स गर्दा पनि थाहा भएन रे। एक लिटर पानीबाट २ लिटर निकाल्ने अजब को यन्त्र र संयन्त्र बिकास गर्नु भएकोले उहांको नाम डाक्टर केसी हुनु गएको रे । "भोली पर्सी यहाँ आउने काम छ डाक्टर साहेब , बिस्तारइ कुरा गर्दै गरौला भनेर त्यहाँबाट उम्के । ट्याक्सी, टेम्पू र माइक्रो को हुइंक्याइ, कुच्याइ र भुकाइ सँग कायल र घायल भएकोले मोटर् साइकल चलाऊं कि जस्तो लाग्यो। हिम्मत गरी सकेको थिएन, अझ भनुं हिम्मत थिएन । जथाभावी चलाई, नियम मिचाइ, बटुवाको अटेरिर्याइ देखी त्राहिमाम त्राहिमाम भएर तारेमाम गरेको थिएं बाइक लाई । बाइक भे सजिलो र खल्ती भरिलो हुन्छ जस्तो लाग्यो । ब्यान सबेरै " ग्वारामरी" ब्रेकफास्ट पछी नै दाई को बाइक एक छिन चलाउछु अपेक्षाक्रित सून्य सडकमा भन्ने लाग्यो । बाइक लिएर एक चक्कर लगाएं, अली अली आँट आयो । यहाँको गतिमा कसैले ठोकी दिए नि मरिंदैन भन्ने लाग्यो । बिभागमा चिट्ठी लिन जानु थियो । १० नबज्दै बिभाग लागें । लैन चौर पुगे पछी बडेमान को लाम, ट्राफिक जाम । भी आइ पी को सवारि होला भन्थानें । अली अली घिस्रदै मल्ल होटल सम्म पुगे सि बल्ल देखें भी आइ पी को लाम । गाडा वाला रिक्साहरुको जुलुस रहेछ, रातो कपडामा हसिया हठौडा वाला झन्डा सहित् । त्यो सडकमा रिक्सा वर्जित थियो तर झन्डा फहराए पछी दण्डा वालाको पनि केही लाग्दैन । ती नव भी आइ पी हरुको सवारि समाप्त भए सि घुइंघुइं कुइंकुइं गर्दै पुगियो गन्तब्य । लेखा का पुराना मित्रले निजामती किताब खानालाई मैले पाउने उप दान - (जागिर छोडे पछी पाउने दान पनि हैन ,उपदान मात्र,) र तलबको यकिन गर्न पठाएको "पत्र तयार छ आजै हरिहर भावना जानुस्, उताबाट चिट्ठी लिएर आउनुस् , यता प्रशासनबाट् बिदाको रेकर्ड आए पछी निकासाको लागि कोष तथा लेखा नियन्त्रकको कार्यालय पठाउनु पर्छ । छिटो गर्नुस् ", भन्नु भयो। साथीले असली सल्लाह दिनु भयो । भन्दै फेरी हरिहरभवन हिंडे । बाइक ले पायक बनायो । अत्यन्त जिर्ण भवनमा रहेको निजामती किताब खानामा पुग्ने बितीकै प्रथम दृष्टिमा यहाँको काम, ठाम जस्तै हुने भयो जस्तो लाग्यो । प्रशासनमा जागिर खाने हरकोइ लाई सताउनु पर्यो भने सामान्य र किताब खाना मा सरुवा गर्ने चलन अद्यापी छदै छ। निरास, हतास, अपहेलित कर्मचारीको बास हुने अड्डामा काम के हुन्छ जस्तो लाग्नु स्वाभाबिक हो। तर हैन रहेछ, भवन जीर्ण भए पनि काम भने गजबले पूर्ण हुंदो रहेछ । न झोक लाग्दो तोक को प्रतिक्षा गर्नु पर्ने न त हाकिमको पर्खाइ । सम्बन्धित फाँटमा बिभागको चिट्ठी देखाउने बित्तिकै, संगैको कोठामा दर्ता गराइ ल्याउनुस्, एक छिनमा काम हुन्छ भन्नु भयो सुब्बासाहेबले।
किताब खानाको रेकर्ड ब्यबस्थित रहेछ । कम्प्युटराइजड । एक छिनको कम्पुटर चलाई पछी नै काम तामाम भयो । सहि ठोक्ने हाकिम पनि घुम्दै घुम्दै आइपुग्ने रहेछ । २० मिनेट पनि लागेन । यती छिटो काम हुन्छ भनी मैले सोचेको थिइन न त कसैले सोचे होलान। काम सके पछी सबैलाई धन्यवाद दिंदै चिट्ठी लिइ फर्कें । हरिहरभवनबाट् बाँया मोडेर पुल्चोक इनार पुग्न अघी फेरी जाम सुरु भयो । पेटिबाट बाइक को ताँती लाग्न सुरु गरी हाल्यो । पेटी हाक्नेमा अधिकांश सदा झै यसपाली पनि महिला चालकहरु थिए। पेटिबाट हुइंकिदा पनि आखिर सडक नाप्नै पर्छ । पेटीबाट सडक छुने कर्णर मै मेरो बाइक अड्कियो । अत्याधिक मेक अप ले कुरुप देखिएकी, गहनाले घाटी लट्रिएकी नव धनीध्य देखिने महिलाले सडक झर्न बेसमारी हर्न बजाइ । मैले हर्न, टर्न गरी हेरिने र टेरिन।
"पाखे, हर्न पनि नसुन्ने। कस्तो पाखे रहेछ ", महिलाको प्रवचन सुरु भयो । "पेटी पैदल यात्रिको लागि हो कि तपाईंको बाइक को लागि ??" मैले नि दिएं जवाफि प्रवचन् । "कस्तो पाखे रहेछ, मुख मुखै लाग्दो रहेछ", फतफतिंदै थिइ । जाम खुकुलो भयो । बाइक अघी बढाएं ।
क्रमश :
|
|
|
Riten
Please log in to subscribe to Riten's postings.
Posted on 05-19-10 11:49
AM [Snapshot: 2737]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahul-ji, euta kura bujhina mailey. Jaagir bata resignation dina pani kina yetti garho?
|
|
|
newlynew
Please log in to subscribe to newlynew's postings.
Posted on 05-19-10 12:54
PM [Snapshot: 2793]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
RahulJi: Mero pani motorcycle ko experience ustai ustai cha. Chalae pachhi aafai laado raicha bike le..
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-19-10 2:03
PM [Snapshot: 2844]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
यो भाग पनि पढियो ठुल्दाइ - निक्कै रोचक र घोचक छ - जे होस् ठुल्दाइ लाई काठमाडौं बासी ले पाखे को सङ्या दियो होइन त - ल बधाई छ ठुल्दाइ - भिजिलान्ते हुन बाट जोगिनु भो
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-19-10 3:16
PM [Snapshot: 2889]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
लोल ठुल्दाइ लोल, पेटिमा बाइक चलाएर आफूलाई खुब सभ्य ठानेकी रहिछन् तीनले। हरिहरभवनको सकारात्मक कुरा सुन्दा खुशी लाग्यो, साँच्चि नै सरकारी काममा नसोचेको कुरा। अर्को भागको प्रतीक्षामा।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-19-10 3:17
PM [Snapshot: 2906]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नि सुन्दै छु है दाई।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-20-10 9:28
AM [Snapshot: 3098]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रितेन, नेपाल मा जागिर खान सजिलो होला छोड्न र छोड्न लगाउन त्यती नै गाह्रो छ । आगामी भागअहरु पढदै गर्नुस् सब कुरा छर्लङ हुन्छ । newlynew अनुभव बाड्नु भएकोमा धन्यबाद। लहरे, भिजलान्ते हुनबाट जोगियो है । नत्र,,,,,,,,,,,,,,,,,,,,,,,,, । चिप्ले, काठमाडौ मै हुर्की बढी पढि यहाँ सम्म आइपुग्दा आफु पाखे रहेछु भन्ने बल्ल थाहा पाएं । पेटीबाट बाइक न चलाउनु के को शहरीया नि । पुरे , सुन्दै भन्दा नि पढ्दै गरे कसो होला ??
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-20-10 10:40
AM [Snapshot: 3154]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ नेपाल को यात्रा भाग ८ बडो मुश्किल ले सडक संघर्ष गरी बिभाग पुगें, निजामती किताब खानाको हिसाब किताब बोकेर । लेखामा बुझाएं तोक सोक लगाइवरि । प्रशासनबाट बिदा रेकर्ड लिएर आउनु भने । जुन हिसाबले निजामती किताब खानामा काम भयो, २० मिनेट मै , त्यही हिसाबले अन्त पनि काम हुने भए मेरो त्यो जबर्जस्तिनामा पछीको प्रकरण सक्याउन १-२ दिन भन्दा बढी लाग्दैनथ्यो । तर सोचेको जस्तो नहुंदो रहेछ । आँफै १० बर्ष भन्दा बढी समय सम्म काम गरेको अड्डामा ढड्डा पल्टाउने मान्छे भेटिएन । बिदाको रेकर्ड थिएन २-३ बर्षकै । आँफै धाएं । पुरानो दराज खोली बडे बडेमान को हाजिर कापी पल्टाएं। एउटा एउटा हाजिर कापिमा १-१ पाउ धूलो जमेको होला। भाग्यमानी धूलो, हाकिमा भनाउदाहरुको अती महत्वपूर्ण दस्तावेजमा टाँसिन पाएका। रेकेर्ड नि आँफै तयार पारें । ठेलुवामा हाकिमा भएका प्रशासक लाई दिएं । अब हाकिम साहेब बिदाको हिसाब किताबमा लाग्नु भयो । मानौ एक दिन पनि हिसाब मा छुट्न भएन भन्दै एन नियम पल्टाउन थाल्नु भयो । "सर म एक घण्टामा तयार गरेर राख्छु, अहिले खाजा खाएर आउछु भन्दै पावरवाला चस्मा खल्तिमा हुल्दै रेबान लेखेको कालो चस्माले आँखा छोप्दै लागे । आफु नि चिया - चुरोट को पारखी । क्यान्टिन तिर गैयो भने गफ सुन्न सुनाउन आउनेहरु भेटिन्छन् नै । "ओह सर कहिले आउनु भयो ?" " जागिर कस्तो छ उताको ? " "कती पैसा कमाउनु भयो ?? " यी त भए थरी थरी मान्छे का थरी थरी प्रश्न । तर सबैको एउटै कमन सोधाई हुन्थ्यो- " मोबाइल ल्याउनु भएको छैन सर, यो मोबाइल आउट्डेटेड भयो" मानौ कि म मोबाइल फोन बनाउने कारखानाको मालिक हुँं र कौडिको दाममा मोबाइल सेट बन्छ अमेरिकामा । भनुं भनुं जस्तो लागेकोथ्यो, " मोबाइल कारखाना खोल्न जग्गा हेर्न आएको साह्रै महँगो रहेछ यता त , अफ्गानिस्तान तिर खोल्नु पर्ला जस्तो छ , तपाईं पनि काम गर्ने जाने कि, मोबाइल त दिन दिनै फेर्न पाईन्छ "। चिया चुरोट पिइसकी फेरी प्रशासनमा लागें । "सबै हिसाब गरी सकें, अब तपाइ बिदा मा रहंदा घर बिदा पाउने न पाउने चाँही नियमाबली पनि बोल्दैन, एन पनि बोल्दैन । मन्त्रालयमा सोधेको छु , जवाफ आएको छैन । के गर्ने होला? " "हैन सर , त्यो नबोलेको कुरालाई बोल्न लगाउन जरुरी छैन, सिधा हिसाबले कती दिन बिदा संचिती हुने हो त्यो लेखेर दिनुस् न ।" "३६ दिनको सवाल छ सर , १०-१२ हजार पैसा फर्क पर्छ, किन छोड्ने ?" "१०-१२ हजार? यी डाँका हाकिमहरुको प्रताप ले २-३ लाख पाउनु पर्ने रकम त घाटा लागि सक्यो, भैगो छोडि दिनुस् ।" "हुन्न सर, सर को मर्का बुझेरै म यसमा लागि परेको " भन्दै उ फाइल अड्काउने कुरा गर्न थाले । "म सँग टाइम छैन, फर्किने दिन नजिक छ, फेरी २-४ दिन ढिला भयो कि माओवादीले आम हडताल गर्ने कुरो छ , सब बर्बाद हुन्छ । आजै गरौं सर ।" "आजै हुन्छ, मन्त्रालयका उपसचिब सरको फोन कुर्दै छु ।" तर तिनको आशय आज काम नगरने मैले बुझी सकेको थें तै पनि जोड गरी हालें। "त्यसो भए सर म एम्बेसी सम्म गएर आउछु , आधा घण्टा , ४५ मिनेट लाग्ला, त्यतिन्जेल तयार होस् है" - भन्दै एम्बेसिकोमा बुझ्न हिंडे । एम्बेसिको भीडले गर्दा १ घण्टा ठ्यामै लाग्यो । फर्किंदा ठेलुवा हाकिम बेपत्ता। सँगै बस्ने असली अधिक्रितलाई सोधें । एउटा सानो काम छ भनेर निस्कनु भयो शर्मा जि त भन्नु भयो। मोबाइल नम्बर लिइ फोन हानें ।
"सर लाई ४५ मिनेट सम्म कुरें आउनु भएन, बबर महलमा छु, मिटिङ छ कर्मचारी संगठनको । भोली आउनुस् न बिहानै हुन्न ? " हुन्न भन्ने कुरै भएन। आज नि काम नहुने भो भन्दै बिभागबाट निस्कें, मोटरसाइकल पार्क गरेको ठाउँ निर एक जना पुरानो ओसी साहेब ( हाल इन्जिनियर साहेब) भेट भयो ।
"ओह सर कहिले ? हाजिर गर्नु भयो ?? " "अहं ,मा त जागिर छोड्न आएको ।" "जागिर छोड्नै नहुने ?" " उतै राम्रो काम मिल्यो होला हैन ?" "मिलेको त छैन मिल्ला मिल्ला जस्तो छ, त्यसैले छोड्या ।" "तिम्रो छोरा को हाल खबर के छ नि , पढाई त सकिने बेला भो ? " (उनको छोरा र म संग संगै अमेरिका लागेको, १-२ दिनको फरकमा । नेब्रास्का को कुन चाँही युनिभरसिटी मा हो हेक्का भएन ।) "ढिलो भयो नि छोरो को पढाई सर ।" " नेब्रास्काको त्यो युनिभर्सिटी झूर परेछ , जाडो पनि निकै जाडो रे । त्यो कलेज छोडि अर्को राम्रो कलेज ज्वाइन गरेको नै २ बर्ष भईसक्यो ।" "कहाँ छ नि अहिले ?" "राम्रो कलेज पाएको छ , टेक्सास तिर , के कम्युनिटी कलेज भन्थ्यो त्यहाँ गाको छ , अहिले उल्लाई आनन्द छ ।" "यह , कम्युनिटी कालेज, राम्रै भयो नि " भन्दै मैले आफ्नो बाइकलाई लात हानें । क्रमश:
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 05-20-10 11:11
AM [Snapshot: 3181]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेलम्चिको कथा छिमेकिले घर ठड्याइ दिए पछी त आन्फो घडेरी त आहाल पो भएछ, माटो पुराउने क्रममा एउटा बालकले अंकल कहिले घर बनाउने भनी सोधाईमा मेलम्चिको पानी आए पछी पर्खाल बनाउला भन्ने उत्तर सँग बच्चाको प्रत्युत्तर थियो " जिन्दगी भरिनै नबनानु हुने रहेछ " ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-20-10 11:49
AM [Snapshot: 3209]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, काम को अस्त्ब्यस्तता ले गर्द नियमित पढ्न नपाएर गएको ३ भाग पलेटिकसेर पढि सके। झल्झली आँखामै आउने गरी सबै यथार्थ ओगट्नु भको छ्। अद्रिस्य भएर ठुल्दाइको पछी पछी नेपाल घुमे जस्तो लाग्यो। सबै कुरा त कहनु भयो चार हप्ते बसाइ कहाँ कहाँ को कती पिलेट म्:म: भ्याउनु भयो,काठमाडौं खाल्डो भन्दा बाहिरको सवारी भयो कि भएन आदी इत्यादी कुरो सुन्ने इछ्या लागेको छ दाजु।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-20-10 12:28
PM [Snapshot: 3248]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चम्चा चाट्दै आठौ भाग नि पढियो ! तेइ भन्या सरकारी कार्यालय, ट्याउसी, बाटो घाटो, ट्राफिक को हाल अवस्था एकदम ज्वलन्त पस्किनु भाको छ ठुल्दाइ ले यो यात्रा संस्मरनमा ! अर्को भाग को प्रतिक्ष्यामा !
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-20-10 2:06
PM [Snapshot: 3314]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ ठुल्दाइ सरकारी कामकाजका साथै मम खाएको अनुभव पनि बाँड्नु पर्यो है। भोलि अर्को भाग पढ्न पाइेला नि
|
|
|
khurmaney
Please log in to subscribe to khurmaney's postings.
Posted on 05-20-10 4:57
PM [Snapshot: 3389]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सरकारी काम कहिले जाला घाम भन्थ्यो ....... नेपालीहरुमा सुबुद्धी कहिले देखी आउने हो ........ बरू यसो छोएला, कचिला, सपु म्हिचा:, भुटन, सिटन, खुकुरी रुम र आएला को प्रसँग निकल्नुस् राहुल भाई दाई .... मन लोभिने नेपाल जाम जाम लाग्ने
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 05-20-10 9:25
PM [Snapshot: 3444]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल मजा ले सबै भाग पढि सकियो, मेरो जबर्जस्तिनमा ले यहाँ ठाउँ पाएछ, राहुलभाइ लाई धन्यवाद , एउटा कुरा अध्ययन बिदा मा बसेको मान्छे ले घर बिदा पौने नपौने त पहिलो केश होइना होला , त्यो समस्या त जमाना मा नै समाधान भैसकेको हुनु पर्छ, त्यो मान्छे लाई सब थाहा छ पैसा झार्न को लागि अनेक दाउ गर्छन् सरकारी कर्मचारी। कती राजनीतिक revolution मात्रै नेपाल मा अब प्रशासनइक revolution को जरुरत छ, तर तेस्ता खराब कर्मचारी हरु एउटा न एउटा राजनैतीक पार्टी समातेर बसेका हुन्चन, जनता सँग घुस खाएर पार्टी लाई चन्दा दिन्चन तिनिहरु चै कमाओबदि(काम्रेद माओवादी,हे, हे)हुन,चन्द दिन नसक्नीए सोझा साझा कर्मचारी त सामन्ति भैहालेय्। राहुलभाइ लाई फेरी एक्पटक धन्यवाद आफ्नो यात्रा को शब्दचित्र प्रस्तुत गर्नु भएको मा
|
|