वहुदल र गणतन्त्र भन्दा पंचायती व्यवस्था राम्रो थियो भन्नु आआफ्नो हेराई बुझाई र भोगाईमा पनि फरक पर्छ|
दुवै व्यवस्थाको आफ्ना आफ्ना गुण र दोषहरु छन्| राजतन्त्र धराशय भएको आफ्नै ओजन भारी भएर हो| राजा बीरेन्द्र झुकेनन्
र असल थिए भन्नु पनि कुन कोणबाट नियाल्ने हो त्यसमा भर पर्छ| ऐश्वर्यलाई आफ्नो मर्यादा भित्र रहन कसरत गराएको भए
उनको महत्वकांक्षाले देशैलाई समेत पीरोल्ने थिएँन होला| अहिलेको समय र हिजको समयमा धेरै परिवर्तन आएको छ|
आजको समयको दृष्टिले हिजलाई हेरेर हुँदैन| पाद्न्या र थुकन्या कानुन बनाएर राणाहरुले कसरी शासन गरे त्यो न्यायोचित ठहराउनेहरु
आज पनि होलान| पंच्यायत कालमा यो यो कारखाना र उद्योग धन्धा खुलियो र राजमार्ग बने भनेर वर्तमान स्थिति संग तुलना गर्दै
पंचायत व्यवस्था राम्रो भन्नेहरु पनि छन्| इन्डियामा धेरै बुढाहरुले ब्रिटिशको राजमा ऐसा होता था, डिसीप्लेन था, एस्तो उस्तो भनेर
जयगान गएको पनि सुनिन्छ| हाम्रै यँहा पनि राणा शासनमा कति शान्त थियो, ऐले जस्तो चोरी डकैती थिएँन, सजाय कडा थियो भन्ने बारम्बार
पुरानाहरुले भनेका सुन्दै आएका छौ| किर्तिनीधि प्र म हुँदा ईलाम गएका थिए माझ बर्खामा| दिउँसो टुँडिखेलमा दुई दिन देखि बसमा र
हिंडाएर गाउँ पंचायतले ल्याएको सोझा निमुखा जनतालाई किर्तिनीधिले भाषण छांटे, पंचायत व्यवस्थाले बिकाशको लहरी फैलाएको छ,
जता हेर्यो चारैतिर हरियाली हरियाली छ| हिउंदमा आएको भए बिष्टजीले के भन्ने थिए कुन्नी| सायद भन्ने थिए होलान यी चियाबारी र
कन्चंजंगा हिमालले बिकाशको शंख र घन्टी बजाई रहेको छ| त्यो भयो इतिहास |शान्त सुदर र बिशाल हाम्रो देश|
अहिले को स्थिति बेसक हामीले चाहेको जस्तो छैन तर देश सक्रमण स्थितिबाट गुज्रिरहेको छ| यतिका शताब्दी सम्म एकै संस्कारले
राज्य संचालन गरिरहेको अहिले आएर परिवर्तनको संघारमा छ| पृथ्वी नारायणले झिनो धागोले बाँधेको नेपालमा भावनात्मक रुपमा
सबैलाई नसमेटेको प्रस्ट छ| यतिका बर्ष सम्म देश असमावेशी रह्यो, केन्द्रिकृत शासन रह्यो| जो बाहिर थिए, उनीहरुलाई मुलधारमा
ल्याउन हुनपर्ने प्रयास भएन| जनयुद्ध त्यसैको परिणाम हो|
मान्छेलाई चाहिएको स्वतन्त्रता र समानता हो| जति बुझ्दै गयो यसको चाहना अझ प्रबल हुँदै जान्छ | बिकाश सबैथोक होइन| स्वतन्त्रता,
समानता र पहिचान मान्छेले खोजेको खुराक हो| यो बुझ्नको लागि समाजशास्त्रको विद्वान हुन् पर्दैन| विगत र वर्तमानलाई पंचायत व्यवस्थाले
दुइटा कुण्ठित पार्यो| एउटा सानो समुहलाई काखा र अरुलाई पाखा गर्यो| जे जति इतिहास लेखीए, पाठ्यपुस्तक लेखीए, पुर्बाग्रह मज्जाले फस्टाउँन दिए|
स्तुतिगान र चाप्लुसीले प्रश्रय पाए| २००७ सालको
राणा शासनले भिन्नै रुप लिएर निरन्तरता पायो| राज चलाउने उही भए जो पहिले थिए| पंचायत व्यवस्था माटो सुहाउँदो भएन| २०३७ मा मुट्ठी खकुलो
गर्न खोजे तर खाईपाई आएकाहरुले र जसको हालीमुहाली थियो त्यसले पनि निरन्तरता पाउँदै आयो| यतिसम्म कि पंचायात कालमा पहुँच नभएकाहरुले
पासपोर्ट पाउन पनि कठिन थियो|
अमेरिका, क्यानाडा र युरोपमा पढ्दै आएका र बसोबासो गर्दै रहेका हाम्रा दाज्यु भाई दिदि बैनी हरुले बिशेष बुझिदिन पर्यो| यो साझामा
व्यक्त गरिएका कतिपय मन्तब्यहरु पढ्दा कतिजना सावनमा आँखा फुटेका गोरुले संधै हरियो देख्छ भने जस्तो लाग्छ| देशमा आमुल परिवर्तनको
आवश्यकता छ| आफु दलित भएर जन्मेको भए वा जनजाती भएर वा मधेसी भएर जन्मेको भए के गर्नुहुन्थ्यो यी सब हालत बुझ्दै आएपछि?
हामी प्रत्येकको भूमिका के हो? आफै मात्र खाउँ आफै मात्र लाउँ भन्ने संस्कारले अहिलेको स्थिति सिर्जना गरेको हो| जे होस् अहिलेको जमाना
सुचना प्रवाहको जमाना हो, के भैराछ सबैलाई थाहा भैहाल्छ| सबै नेपाली समान हुन् र समान अधिकार र अवसर पाउन त्यो सोचौ| आफु
भर्यौंगमा उक्लेर माथि पुगेपछि भर्खरै पहिलो खुड्किलोमा चडन प्रयास गर्नेलाई पनि सहयोग गरौ|
सम्पूर्ण न्यायपालिका लगायत सम्पूर्ण कर्मचारीतन्त्र, नेपाली सेनामा गणतान्त्रिक मर्यादा अनुरुप आमुल परिवर्तनको आवश्यकता छ|
पंचायत व्यवस्थाले उचित बिजारोपण गरेर सम्हाली हुर्काएको भए आज नेपाली जनताले जनयुद्धको मार खप्न परने थिएँन, प्रचण्डको
नाउँ सुन्ने नै थिएँन| यसैले, कसैमा बचे खसेको पंचायतको कुँडो कुचिला अझ अल्झेको छ भने यसलाई परिष्कार गरौ|