[VIEWED 131701
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-15-05 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके मेरो भन्नु: नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो । मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला । जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म । क्रमश:
|
|
|
|
kalo_bhale
Please log in to subscribe to kalo_bhale's postings.
Posted on 04-25-05 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ho ni ta OK bro, Goli kanda bata suru bhayera last ma guchha kanda ma gayera tungeko........ha ha ha
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-25-05 6:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै कमेन्टेटरलाई धन्यबाद दिँदै, मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड ४ स्कुलमा पहिलो दिन त्यति धेरै पढाई भएन। जम्मा ३ जना मात्र सर क्लासमा आउनु भयो। सबै सरहरुले आफ्नो बिषय बस्तुको कुरा गर्नु अघि हेडसरले पठाएको सूचना भनेर एउटा कागज गोजीबाट निकालेर सुनाउनु हुन्थ्यो "अरु स्कुलबाट आउने नयाँ बिद्यार्थीले सकेसम्म छिटो भर्ना गर्नु । यो हप्ता शुक्रबार भित्र भर्ना नगर्नेलाई अर्को हप्ता देखि क्लासमा पस्न दिईने छैन ।" त्यतिखेर कक्षा ६ मा मासिक रु ८ तिर्नु पर्थ्यो । भर्ना फिस र अन्ने के के जाति फिस भनेर एकमुष्ट २५ रुपयाँ गरि जम्मा १ बर्षको १ सय २१ रुपैंया लाग्थ्यो । किताब चाहिँ १५।२० रुपैंयामा सेकेन्ड ह्यान्ड सजीलै पाईन्थ्यो। जति पटक त्यस्ता सूचना सरहरु सुनाउँथे, त्यति नै पटक मेरो मुटुको ढुकढुकी बढ्दै जान्थ्यो। कहिले कुन दिन मलाई क्लासबाट निकाल्ने हुन र म स्कुल कहिल्यै आउन नपाउने होला भनेर मनै कुटुक्क हुन्थ्यो। भित्र-भित्रै छटपटी हुन्थ्यो। म काहाँ जाउँ? कस्लाई भनौ? मेरो ब्यथा कस्ले बुझिदिने? कहिले काहिँ त दोबाटोमा गएर बेस्सरी चिच्याउँ जस्तो पनि लाग्थ्यो। सबैले सुन्ने गरी, गाँउ थर्किने गरी, भीर पहारा पनि हल्लिने गरी। असहायः र गरीबको पुकार सुन्ने भनाउँदा भगवान् को पनि कानै चिरिने गरी । त्यसो गर्दा पनि त यो स्वार्थि संसारमा मैले के पाउँथे? बरु बहुलाको उपमा पाउँथे होला। पागलको दर्जा पाँउथे होला। अनि त झन स्कुलमा मलाई काहाँ ठाँउ हुन्थो होला र? आमाले सानो छँदा भनेको कुरा सम्झिन्थेँ "छोरा यो सन्सार नै यस्तै हो। एक जना हाँस्यो भने सबैजना उ संगै हास्छन् । उस्को हँसाई धेरै जनाको हाँसोको बिचमा त्यतिकै बिलाएर जान्छ। तर उ रोयो भने उ एक्लै रुन्छ र उस्ले रोएको अरु सबैले हेर्छन् र हाँस्न थाल्छन्, केबल उ मात्र रोईहन्छ। " बिहिबार र शुक्रबार पनि त्यस्ता सूचनाका प्रबाहहरु रोकिएनन्। बरु अझ कठोर बन्दै गए। शुक्रबार बेलुका आयो, तर मेरो समस्याको समाधान आएन। सधैं बेलुका आमाले सोध्नु हुन्थ्यो "छोरा, केहि उपाय निस्को त ?" मेरा सधैंका निरास र नकारात्मक उत्तरले उहाँलाइ पनि अब केहि पार नलाग्ने भो भन्ने लागि सक्यो। शुक्रबार बेलुका मैले आमासंग सोधें "आमा म आईतबार स्कुल जानु कि न जानु? भर्ना नहुनेले कक्षामा बस्न नदिने भनेको छ सरहरुले ।" आमाको बोलि अड्कियो । केहि पनि बोल्नु भएन । उहाँका आँखा रसाएर आए । आँसु आखाँमा अट्न सकेनन् । केहि समय पछि सम्हालिंदै भन्नु भो "खै म के भनौं छोरा, अन्तिम सम्म कोशिष गर्नु भन्छन् । एकपटक हेड सरलाई सबै कुरा भन् न त, केहि सहयोग पो गरिहाल्छन् कि।" उहाँले थप्नु भो "अहिले पो मलाई पछुतो लाग्यो, मैले बेकारमा तेरो पुरस्कार पाएको १०० रुपियाँ झिलबहादुर साहुको ब्याज तिरेंछु । बरु म उनको ब्याज त काम गरेर तिर्थें नि । अहिले तँलाई कति काम दिन्थ्यो त्यो पैसाले । कमसेकम १ बर्षलाई फिस त पुग्थ्यो" । मैले भने "हैन आमा, तपाईंले ठीकै गर्नु भो, आखिर हामीले त्यो तिर्नै पर्थ्यो नि । अव केहि उपाय लागेछ भने पढौंला, नभए पनि घाँस-दाउरा गरौंला, गाई-भैंसी पालुम्ला । अलिअलि पाखो बारी छदैंछ, तेहि पसिना चुहाउला । आखिर आफ्नो कर्ममा जे लेखो तेहि त हुने हो नि"। यसो भनिरहँदा पनि पढ्ने मन चाहिँ लागि नै रह्यो । आमाको हेडसरसंग कुरा गर्ने कुराले चाहिँ मलाई अलिक आश पलायो । जे पर्ला पर्ला, आईतबार १ दिन चाँहि स्कुल जान्छु र सबैकुरा हेडसरलाई भन्छु । रामशरण हेडसर पनि राम्रा मानिस हुन भन्ने कुरा त सुनेको थिएँ । यति सोच्ता पनि मनै हलुको भएर आयो । मनमनै सोचे "आहा ! केहि पो भैहाल्छ की"। क्रमशः
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-25-05 6:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सदा झैं आईतबार पनि स्कुल तिर लागें । बिहानको प्रार्थानाको सम्पूर्ण नियमित काम सकिए पछि सबैजना कक्षा कोठातिर गए । म चाहिँ अफिसको ढोकाको छेउबाट डराई डराई चियाई रहेँ, हेड सरलाई हेर्दै । भित्र छिर्ने आँट पनि गर्न सकिन । बाहिर निस्केको बेलामा भन्छु भनेर कुरी रहेँ । सबैजना सरहरु आ-आफ्ना क्लास भित्र छिरे । कक्षा ६ मा घनश्याम सर जानु भयो । अन्तमा हेड?सर पनि बाँसको भाटाको लठ्ठी लिएर निस्कनु भो । मेरो त सातो पुत्लो नै गयो । "को हो यो, आफ्नो क्लासमा गएर बस्" हेडसरको ठूल्ठुलो स्वरले त मलाई औधि डर लाग्यो। म कुद्दै कक्षामा गएँ । घनश्याम सरले के के भन्दै हुनु हुदो रहेछ । म कक्षामा पुग्दा त उहाँले "अब एक छिन पछि हेडसर पनि आउनु हुन्छ" मात्र भन्नु भो । हेडसर आको बेलामा चाँहि अबश्यै भन्छु भनेर मुटु दरो पर्दै बसें । ४/५ मिनेट पछि नै हेडसर पनि आउनु भो र भन्नु भो "ल को को हो अहिलेसम्म भर्ना नगर्ने, उठ"। हामी भर्ना नहुने ३ जना रहेछौं । एक एक गर्दै हेडसरले कारण सोध्न थाल्नु भो । एक जनाले बुबा "नेपाल" जानु भा छ, पर्सि आएपछि भर्ना गर्छु भन्यो । अर्कोले आज बुबा पैसा रीन काढ्न जानु भा थियो, साहु नै भेट भएन रे, भोली चाहिँ म भर्ना गर्छु भन्यो । दुबैले बुबाको नाम लिएर बोल्दा म चाहिँ के भन्ने होला भनेर सोचिरहेँ । मेरो पालो आयो, म केहि पनि बोल्न सकिन । चुप लागेर घोसेमुन्टो लगाएर टोलाई रहेँ । हेडसरले कडा स्वरमा भन्नु भो "बोल्छस् कि बाहिर निकालौं" । तेति बोल्दा बोल्दै हेडसर त मेरो छेउमै आईसक्नु भो । म त डरले ग्वाँ ग्वाँ पो रुन पुगेंछु । तेति नै बेला एकजना केटोले बोल्यो "सर यो केटो त शिबदुती स्कुलबाट आको, जिल्ला फष्ट भको केटा यहि हो सर" । उस्ले तेसो भनेपछि हेडसर टक्क अडिनु भो र भन्नु भो "यो क्लास पछि मलाई भेट्न अफिसमा आउनु" । यति भन्दै उहाँ बाहिरिनु भो। क्लास सकिने बितिक्कै म हेडसरलाई भेट्न गएँ। आफ्नो सबैकुरा (घरको स्थिति, बुबाको मृत्यु, आफ्नो पढ्ने ईच्छा) रुँदै हेडसरलाई भने । सबैकुरा सुनिसकेपछि हेडसरले बहुत माया गरेर भन्नु भो "हेर बाबु, फिः म तिमिलाई मिनाहा गरिदिन्छु, तर तिमीले राम्रो पढ्नु पर्छ । सधैं फष्ट हुनु पर्छ। हाम्रो स्कुलको ईज्जत राख्नु पर्छ । ल जाउ अहिले क्लासमा। भोलीबाट हाजिरकपिमा तिम्रो नाम लेख्न लगाउँला।" हेडसरले तेसो भन्दा म कति खुशि भएँ होला । नढाँटिकन भन्नु पर्दा छात्रबृति पाएर मास्टर्स गर्न अमेरिका आउदा पनि म तेति बेलाको जति खुशि भईन। अब केहि महिना पछि नै मेरो डाक्टर कोर्स पनि सकिन्छ होला । मलाई लाग्दैन कि म त्यो बेलाको जस्तो खुशि यो पी. एच. डी. सक्ता पनि हुन सक्छु। मलाई त्यतिबेला म जति खुशि कोहि पनि छैनन् जस्तो लाग्यो । फुरुक्क पर्दै क्लासमा गएँ । साथिहरुबाट थाहा पाएँ "मेरो बारेमा हेडसरलाई भन्ने केटो त तेहि डम्मरे रहेछ, पहिलो दिन मलाई छिर्किनी लार लडाउने। उ ५ कक्षाबाट प्रथम भर ६ मा गाको रे तेहि स्कुल बाट। अनि मैले उस्लाई जित्छु भनेर मेरो बिरुद्दमा लागेको रे"। उस्को मनमा जे सुकै भए पनि उस्ले तेति भनेर मैले पढ्न पाको जस्तो लागो मलाई त । मनमनै धन्याबाद दिएँ। क्लास सकिने बितिकै छिटो छिटो घरतिर लागें, आमालाई खुशिको कुरा सुनाउन। बाटो हिड्दा पनि मलाई कत्ति हल्का भको थियो, हावा मै उडेजस्तो । साझाल्यान्ड, १२ बैशाख, २०६२
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 04-25-05 6:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(नि:शब्द! आँशु मात्र झरिरहे। अब उप्रान्त म रक्सी खान्न भाई हो। बेकारमा १२१ रुपियाँको दुरुपयोग मात्र।)
|
|
|
meera
Please log in to subscribe to meera's postings.
Posted on 04-25-05 6:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK hajur ko katha padhera sarai dukkha lagyo. Hope this helps: # But the body is not you?and knowing that should make you exceedingly happy. You're an eternal spiritual person, completely distinct from the material body you find yourself in. # Since you're spiritual, your true happiness and fulfillment won't come from the body, but from the spiritual realm. SOURCE: Bhagavad Gita.
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 04-25-05 7:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त सुंक्क सुंक्क के भनु अब त सुंक्क सुंक्क म त केहि .................सुंक्क सुंक्क
|
|
|
ooum
Please log in to subscribe to ooum's postings.
Posted on 04-25-05 7:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओके my friend, म रोइ रहे। आखाँमा रसाएका आसुले अक्षरहरु नै धमिलो भए तर पढ्न छोडिन। ओम
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 04-25-05 7:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 04-25-05 7:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 04-25-05 7:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Mitra OK lai mero salam chha. Teti nai dukha kasta behorera tapaile jasto lamo saicchik yatra pura garne Nepali haru aula ma ganna sakine holan. You deserve all the accolades and your mother more than that. Lau dadagiri bro, Bihana gareko pran belaku birsine hoina ni feri.Natra kura lai dinchhu. JK .
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-25-05 10:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए मेरा प्यारा साथिहरु, दाई-भाईहरु, दिदी-बहिनीहरु, हैन, यहा के को रुवाबासी भन्या? यो धागो त कस्तो रुन्चे धागो भो । सबैले कथा धेर मार्मिक भो भनेर झन् कम गर्दै लगेको त रुवाबासिको पारो त झन् बढ्छ बा ! अब म के गरूँ? सकेसम्म अब चाहिँ कथालाई रमाईलोतिर डोर्याएर लाने चेष्टा गर्नेछु । -------- ओके
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 04-25-05 10:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ के जी, शायद दुई शब्द प्रशंसाका बाहेक केहि नि छैन म संग, म खुशि छु मैले धेरै अबसरहरु पाएका रहेछु तपाइ भन्दा, तर तपाइका कथाको शब्द सुनेर यो मुटुमा आएका मर्मका भावनालाइ रोक्न सकिन, अरु नि चाँडै पढ्न पाम्। मन्जुको प्रबेस भएकोमा खुशि छु। निर्माण
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 04-26-05 12:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओके जी, मार्मिक आत्मकथाका लागि धन्यवाद! अब उप्रान्त पनि तपाईंको कथाको प्रतीक्षामा छु। तपाईंले धेरै नेपालीको प्रतिनिधित्व गर्नुभएको छ। ती सबै (जो तपाईं जस्तै गरी हुर्किएका छन्) एउटा मूलवाटो हिंडिरहेको जस्तो लाग्छ। कठिनाइ र विवषताले गर्दा धेरैले संघर्षको त्यो बाटो रोज्न सकेका छैनन् । जो जसले तपाईंले झैं संघर्ष गर्ने प्रयास गरे, तिनीहरुमध्ये धेरैले बिचैमा अर्को बाटो लाग्न बाध्य भए। खुसी लाग्यो, तपाईंले चाहिं त्यो गरीबीको बाटो पार गर्नु भएछ; प्रेमको वाटोको बारेमा त सुन्नै वाँकी छ। तपाईंको जीवन कसैको लागि प्रेरणाको श्रोत होस् , यही कामना छ । तपाईं जस्ता अरुहरुको आत्मबृतान्त चाहिं कि त तिनीहरुले विगतलाई बिर्सन खोजेर, कि त बिसाउने ठाउँ नभएर, कि गाँथ्ने कला नभएर बाहिर आएका छैनन् जस्तै गाग्छ । तपाईंको यो प्रस्तुतिले मलाई पनि परीक्षामा साथीसँग कलम र २ पान्ना कापी लिएर परीक्षा दिएको, कक्षाको सानो भनेर हेपिंदा एउटा केटाको टाउकोमा ढुङ्गाले हानेको र त्यसपछि हेडसरको साह्रा हातको थप्पड खाएको, स्कूलको होलफस्ट भएको, हाजीर जवाफमा पहिला भएको, आदि आदि आँसु र हाँसोका यादहरु आए। पुन: एकपटक धन्यवाद है!
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 04-26-05 1:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
र, ओके जी, हामी साझाबासीले भने अनुसार चाहिं कथा नमोड्नुहोला है! हाँसीखुसीका कथा त बजारम छ्यप्छ्याप्ती पाइन्छन् । हामीलाई सत्यता पस्कनुहोस्। त्यहीनै हामीलाई स्वागतयोग्य हुनेछ। हुन त तपाईंले, "कुनै पनि कथा पूर्णरुपमा वास्तविक र पूर्णरुमा काल्पनिक हुन सक्तैनन्" भन्नुभा'छ। तैपनि हामीलाई चाहिं वास्तविकतमा नजीक कथा चाहिएको छ। अस्तु:
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 04-26-05 1:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेसी अब गालब बाट नि आउनी भो, नयाँ काव्य भनम् न, केहि दिन पछि। उत्पादनले नै आवस्यकताको श्रृजना गर्दछ। लेख्दिएसी पढ्नी त हामि छम् नि। टाइटलको पो पिर भो त।... ... .. "अनुजा काव्य" लौ जा त, जे जे पर्ला पर्ला। आशा छ है गालब बुरो। तिम्रो नेपालीको चमत्कार कम्तिमा मलाई थाहा छ।
|
|
|
Ardent
Please log in to subscribe to Ardent's postings.
Posted on 04-26-05 3:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
La OK dai ko pani story padiyo....dammi chha ...RUNNAI MAN LAGNE KYA....la lekhdai janu hola ..hami paddhai jaam la....agrim dhanyabad mero tarfa bata... @ Dada giri dai @ aashis poudel dai le pani kahatara lekhnu hudo rahecha ni !!! anee la dai pani sudhrane hunu bhayecha ni १२१ रुपियाँको ko रक्सी nakhayera... good.... la dai ma jastai hunuparcha...only orange and apple juice...he he he
|
|
|
nepaliphilosopher
Please log in to subscribe to nepaliphilosopher's postings.
Posted on 04-26-05 5:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ok jee sabai le ruwabaasi gare bhanera katha lai chahi adulterate nagarnu hai. mero request kya :) tapaai ekjana le lekheko katha ma haami katipaya thaau ma aafnai pani chitra dekhdai chau. mutu nai bhaari bhayera aaucha. tyo secondary school ma black board ma lekhya kura haami le tipna napaaudai teacher le swaatta metya jasto gari chahi yo chitra nametnu kya please. yestai gari continue garnu, aafnai album herya jasto laagdai cha. nepaliphilosopher
|
|
|
ruina
Please log in to subscribe to ruina's postings.
Posted on 04-26-05 7:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
padhdinna bhaneko padhey sad hundina bhanaeko feri sad bhayee. तेति बोल्दा बोल्दै हेडसर त मेरो छेउमै आईसक्नु भो । म त डरले ग्वाँ ग्वाँ पो रुन पुगेंछु । >>>>>>>>>>yo part paadha taa ekchin stop maa ....senti bhayera ni offcourse:( aba taa ali kati story ko sequence change garnu hai:(ma sakdina dherai senti hunu......
|
|
|
harkedai
Please log in to subscribe to harkedai's postings.
Posted on 04-26-05 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK jeee, nice story, k bhanne aba, bhanne sabda nai chaina, ramro le matra barnan hudaina hajur ko katha. Katha sarai cha. Keep it coming and I don't mind to fill my eyes with tears. Padhdinna bhaneko padhey sad hundina bhanaeko feri sad bhayee. >>>>>>>>>> Understandable chinks. aba taa ali kati story ko sequence change garnu hai:(ma sakdina dherai senti hunu...... >>>>>>>>>>>>>> Audience anusaar pani story ko sequence change huncha ra dear, k kura gareko yaar ? Story anusaar po audience ko mood change huncha. After reading this story, i felt I am very lucky to have every thing that I've got and never had to worry for education. I would like to take this opportunity to thank god for providing me every thing that I got from him. harkeDai
|
|
|
manju
Please log in to subscribe to manju's postings.
Posted on 04-26-05 7:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Lau na ni mero barema purai kathai lekhna thalechan kasaile. OK sathi galti gareko ma timilai mafi diyi sake. U_day aheila samma bihe na bhako sukumar kumarilai kaha poila gako bhanera guff phailai dine, bhayena ni teso ta. Ajalai yeti nai, ghas katna lage besi tira.
|
|