[VIEWED 204691
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-19-05 7:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am going to continue this trend as it proved to be pretty productive for me. Thanks for every one who supported with positive suggestions and active participation. Here is the link for previous discussions: http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595 Lets make it more fun. To begin with, here is one UNDER CONSTRUCTION मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ ! छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ ! (पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ) OR मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको, चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ ! बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ ! कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ? तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ ! प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक, कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 01-31-06 6:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै पछि आज एउटा कलिलो घाम पाएको छु कति हण्डर ठक्कर खांदै तिमीसम्म आएको छु
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-31-06 7:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुरुहरुलाई धेरै धेरै धन्यवाद। अनि शिरिष गुरु, अन्यथा मान्ने त कुरै भएन नि! मिल्छ कि मिल्दैन भन्ने थाहा नभएरै गुरुहरुसंग सोधेको हुँ। ladyinredजी, नाम झिक्नु भनेर साथ छोड्ने कुरालाई जताउन खोजेको हुँ।
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 01-31-06 7:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यै नलेखे पनि म शिरिष जी र गौतम जीको यो गजल सहयात्राको नियमित पाठक हो है। सबै गजल सारै मन परिराखेका छन। जतिखेर नि "वाह वाह" मात्र गरिराख्दा नि चाकडी- चाप्लुसी गरे जस्तो देखिनी के। शिरिष जी को लगाव देखेर कहिले काहीँ त सबै काम छोडी गजल-लेखनमै हाम्फालुँ जस्तो हुन्छ। लेख्न बस्यो क्यै फुर्दैन। यो लेख्ने काम हलो जोते जस्तो मेलो सक्काम भनेर नहुने र'छ। अझ सोचाइमा बिर्को लागे पछि त झन नहुनी। मेरो त बिर्कोमा खिया पनि लागे जस्तो छ। :-) :-) -भउते
|
|
|
ladyinred
Please log in to subscribe to ladyinred's postings.
Posted on 02-01-06 4:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्झ ने पनि हजार भेटें बिर्सने पनि हजार भेटें हिरा बनेर कांच जस्तै चर्कने पनि हजार भेटें चाकडीका शब्द घोली भजन नगर अब चाप्लुसीका गीत गाउने चलन नगर अब घृणा कसैले गरेर को भो ? आंखा कसैले तरेर के भो ? - रबि प्रान्जल (उहि बाढी उही भेल) ---------------------------------------------------------------------------------------------------------- Cool...I like this... :)
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-01-06 11:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरीष, गौतम, ल मैले फेला पारें एउटा नियमित काफियाविहिन गजलको नमुना: 'जिगर' श्योपुरी गजल अब समझने लग गये खुद से जुदा दुनिया को हम कह न दें गबराके आखिर अलविदा दुनिया को हम हो जो ख्वाहिशमन्द जीने का वही पुजे इसे ना कभि माना, ना मानेंगे खुदा दुनिया को हम अब हमे नंगा नजर आने लगा हर एक शख्स कल तलक समझा किये तन की रिदा दुनिया को हम (रिदा = cover) ये जहाँ देता रहे दुनिया को इक मेले का नाम मानते हैं हम फकत राहे-खुदा दुनिया को हम जब तलक जिन्दा रहे दुनिया ने ठुकराया मगर वक्ते-आखिर कर चले खुद पर फिदा दुनिया को हम दो घडी मिल बैठ कर पी और उठ कर चल दिये ऐ 'जिगर' बस मानते है मयकदा दुनिया को हम ___
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-02-06 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thank you Nepe I need one more thing: The proof that particular posting is a or variation of ghazal. It will make every body's life easier.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-03-06 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरीष, यस्तो खालको काफियाबन्दी एकदमै विरल देखिने हुनाले, यसलाई त्यसै अनुसार बुझ्नु र प्रयोग गर्नुपर्छ भन्ने लाग्छ । तैपनि आधिकारिक जानकारी पाए हुन्थ्यो भन्ने छ मलाई ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 02-03-06 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसरी गजल लेख्न सकिने रहेछ भने धेरै सजिलो हुन्थ्यो होला! माथिको मेरो एउटा गजल (गोतामेको गजल -११) लेख्ने बेला धेरै कनेर सोच्दा पनि 'आत्तिनु' र 'मात्तिनु' संग पूरै अनुप्राश मिल्ने शब्दहरु भेटिंन। एउटा 'पात्तिनु' छ, तर अलि फरक प्रसंग भएकोले प्रयोग भएन। फेरि कहिलेकाहिँ मनमा उठेका केहि भावनाहरुलाई गजलकै रुप दिऊँ भन्ने लाग्छ। माथिको गजलमा मैले जुन भाव राख्न खोजें, त्यो भाव मेरा लागि अत्यन्त प्रिय छ; कसै गरे पनि यसलाई मुक्तक बनाउन मन लाग्दैन। राम्रो गीत बन्छ भन्नु भएको छ शिरिष गुरुले। अब त्यतातिर झन केहि पनि थाहा छैन। आजसम्म एउटा गीत पनि लेखेको छैन।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-03-06 9:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शब्द समुह एकै जस्तो सुनिने तर काफियामा rhyme नगर्ने नेपाली गजल भेटें ! - बिजय सुब्बा (बिजय सुब्बा का गीत र गजलहरु पेज ६४) ढोगी रहें सत्य मानी अझै सम्मान पुगेन कसो गर्दा हुने हो कि क्या अनुमान पुगेन अन्जानमा हातले नै छुन नपरोस् भनेर समाचारमा सबै थियो अझै सामान पुगेन ? तिमीलाई नहेर्नू नि महाभूल पो भएछ कसै गर्दा पनि अब यहांको मान पुगेन माटो थाप्दा धृणा थाप्छु निकै जलेर बस्या छु यति थुक्दा पनि अझै के अपमान पुगेन ? तेर्हथुम २०५० कार्तिक गौतमजी क्षमा प्रार्थी छु ! यस्ता पनि गजलका रुप हुन्छन् भन्ने प्रमाण पाए क्या हुन्थ्यो !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 02-04-06 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै दिन देखि दिमागमा खाका बनाउदै थिएं आज reinforcement बनाए र कुनै दिन ढलान गर्नु पर्ला ! बिद्रोहीको संसर्गमा सत्ता थर्कायो सडकले आज तिनकै बिरुद्द नारा चर्कायो सडकले! कहिले बहुलट्ठीदै बुटको तलुवा चाट्यो कहिले हिड्दै गरेको खुट्टा मर्कायो सडकले! अघिल्तिर हिड्नेको आंखामा कालो पट्टी बांधेर हूललाई फेरि गुफामै फर्कायो सडकले ! प्रेम प्रेमीको खरीद बिक्री हुंदा हर पल आफ्नो नाफामा अरुको भाबना लर्कायो सडकले!
|
|
|
Echoes
Please log in to subscribe to Echoes's postings.
Posted on 02-04-06 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै राम्रो । तर बिज्ञहरुलाई एउटा प्रश्न: दक्षिण एसियाली भाषाहरु मध्य के कुनै एक भाषा अर्को भन्दा गजलको लागि बढी उपयुक्त छ ? अर्को शब्दमा, उर्दु र नेपाली शब्दाबलीको समान ज्ञान भएको एक गजलकार लाई के नेपालीमा भन्दा उर्दुमा गजल स्वत:स्फुर्त हुन्छ ?
|
|
|
Guruba
Please log in to subscribe to Guruba's postings.
Posted on 02-04-06 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 02-04-06 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहिले बहुलट्ठीदै बुटको तलुवा चाट्यो कहिले हिड्दै गरेको खुट्टा मर्कायो सडकले! नि:शब्द ! गुरु। आजकाल मन्द बिषलाई भन्दा तर्वारको अचुक प्रहारलाई बढी महत्व दिन थालेको छ मेरो सोँचाइले। :-) -भउते
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-04-06 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरीष, एकदम थर्काउने गजल गयो यसपाली । गज्जबको छ । **** *** *** *** प्रतिध्वनी (Echoes) ज्यू, न्युन-अक्षरे शब्दहरु र एकानुप्रासयुक्त (mono-rhyming) शब्दहरुको प्रचुरता शायरीमा चाहिने संक्षिप्तता र तुकबन्दीको लागि ज्यादै आवश्यक हुन्छन् । हिन्दी-उर्दु भाषा यस मामलामा समृद्ध छन् र त्यसैले गजलको लागि अति मैत्री । हिन्दी-उर्दुको तुलनामा नेपाली भाषामा एक अक्षरे र एकानुप्रासयुक्त शब्दहरु साह्रै कम छन् । त्यसैले नेपाली गजलको काफियाबन्दीमा अतिरिक्त उदारताको पक्षमा छु म । काफियाबन्दीमा निम्न उदारताहरुको पक्षमा छु म, १) ट-वर्ग र त-वर्गको अक्षरलाई एउटै वर्गको मान्ने, २) श, ष र स मा भेद नगर्ने ३) अनुस्वारयुक्त र अनुस्वारविहिन अक्षरमा भेद नगर्ने भनिरहन पर्दैन, माथिका अलग अक्षरहरुमा स्वरात्मक भिन्नता ज्यादै ठूलो छैन, त्यसैले वाचन/गायन हुँदा तिनको तुकबन्दी खल्दैन । अलिकति खले पनि सर्वस्विकृत भईसके पछि खल्ने कुरा आउदैन । न्युन-अक्षरे शब्दहरुको अभावको क्षतिपुर्ति खाँदिएको अनौपचारिक शब्द (contracted informal words) बाट गर्न सकिन्छ । जस्तै: पनि= 'नि, थियो= थ्यो', भनिरहेको छु= भनिरा' छु, आदि । यस्ता उदारता बेगर नेपाली गजल हिन्दी-उर्दु भाषाको समकक्षमा फस्टाउन नसक्ने निश्चित छ । तर कति भने पहिले यसबारे एउटा औपचारिक समझदारी-सम्झौता हुनुप-यो । प्रज्ञा प्रतिष्ठान वा कुनै लेखक प्रतिष्ठानले त्यसको पहल गरे हुन्थ्यो । *** *** *** बङ्गाली, शिंहाली र जोङ्खा भाषा संभवत: नेपाली जस्तै अनुप्रासविपन्न होलान् भन्ने ठान्छु । तर यो अनुमान मात्रै हो है । त्यसैले उर्दु जतिको गजल मैत्री भाषा होओईनन् भन्ने ठान्छु दक्षिण एशियामा । कोही भाषाविज्ञहरु ? ___
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-06 6:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरीष गुरु! नि:शब्द! यस्तो गजललाई ढलान गर्ने कुरा गर्नुभयो मलाइ त अहिले नै परिपक्व लाग्छ! :):) मलाइ पनि लहड चलेको चल्यै छ। एउटा टाँस्दै छु है त? अलि बेहर नमिलेको जस्तो लागिरहेको छ गुरुहरुको केहि सुझाव? गजल “अब दु:ख हुँदैन”, आमालाई मनाउन खोज्दै छु बिग्रिएको मेरो घर, अब मिलाउन खोज्दै छु। बाली खाने साहुको, मलामी तयार छन् बन्दकिमा रहेको, खेत छुटाउन खोज्दै छु! बाढिले धेरै लग्यो, मेरो आफ्नो घरबारी बाँध बाँधि खोलो, उल्टो बगाउन खोज्दै छु! ‘नरबलि’ मेरो भाईको, दिन्न अब पुजारिले मुर्ती फाल्न त्यो, पर्खाल हटाउन खोज्दै छु! कयौँ पटक पोइलिएकी, स्वास्नी नभै भएन! काटेर त्यो ‘जार’, स्वास्नी ल्याउन खोज्दै छु!
|
|
|
Echoes
Please log in to subscribe to Echoes's postings.
Posted on 02-04-06 8:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे दाजु, ज्यादै ज्ञानमुलक (englightening) । धन्यवाद । थप (follow up) जिज्ञासा के छ भने समकालीन उर्दुमा गजल बिधा (genre) को योगदान कुन हद्सम्म छ ? गजलका प्राविधिक आबस्यकताहरुले भाषाको बिकासक्रम (evolution) मा कत्तिको प्रभाब पारेका छन् ? पुरातनबादी भाषाबिद्हरुले आपत्ति मान्नसक्ने बिषय भएको हुनाले अन्य भाषामा त्यस्ता प्रभाबका उल्लेखनिय उदाहरणहरु भए थप (additional!) बल पुग्ने थियो होला । बिश्वास नलाग्न सक्छ, यति लेख्नको लागि आबस्यक शब्दहरु सोच्न आधा घण्टा लाग्यो । :-( नेपाली औपचारिक (formal) शब्दज्ञान बढाउन बिशेष के गर्न सकिएला!!!
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-05-06 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ईकोजजी, उर्दु साहित्यको वर्तमान अवस्था र विविधता बारे अनभिज्ञ छु । तर फाट्टफुट्ट सुनेको सन्दर्भको आधारमा के भन्न सक्छु भने पुरानो जमानामा गजल नै उर्दु कविताको पर्यायवाची शब्द (synonym) थियो भने आधुनिक कालमा पनि गजल पद्यको सबभन्दा प्रचलित विधा रहेको छ । गजल बाहेक परम्परागत नज्म (सबै प्रकारको गीत), रुबाई (मुक्तक) र अपरम्परागत गद्य-कविता पनि प्रचलित हुँदैछन् । गद्यको हकमा पुरानो समयमा 'दासता' (उपन्यास निकट) र 'अफसाना' (छोटा कथा) प्रचलित थिए रे । अब अहिले समयको आवश्यकता अनुसार सबै प्रकारको विधा र विविधता होलान् नै । जहाँसम्म गजलका कठोर नियमहरु कविताकै विकासमा वाधा पुगेका होलान् कि नहोलान् भन्ने जिज्ञासा छ, त्यसको उत्तर त संभवत: गालिबले नै जमानामा दिईसकेका थिए । उनले एक पटक भनेछन्- शायरी उनका सबै भावनाहरु पोख्नको निम्ति पर्याप्त छैन । उनले त्यसो भने तापनि उनले शायरी बाहेक अन्य विधामा हात भने हालेनन् । किन हालेनन्, दैव जानुन् । संभवत: वफादारीको मामला थियो, या परिचयको । मलाई पर्याप्त छैन, तर म पर्याप्त छु म पर्याप्त छु, त्यसैले म व्याप्त छु यो गालिबको शेर होईन । तर उनले यस्तै सोचेर शायरीमै सिमित रहने निर्णय गरे हुनन् भन्छु । ____
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-05-06 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ईकोजजी, नेपाली भाषाको शब्द भण्डार विस्तृत गर्न त नेपाली साहित्य अध्ययन गर्ने बाहेक के सल्लाह राम्रो हुन सक्छ र ? ईश्वरवल्लभ र अभि सुवेदी जस्ता कुमारी (virgin) शब्दहरु प्रति विशेष अनुराग भएका लेखकहरुलाई नियमित पढ्नुहोस् । संस्कृतबाट अंग्रेजी अनुवादको आवश्यकता परे Monier Williams Sanskrit English dictionary यहाँ छ, - http://www.ibiblio.org/sripedia/ebooks/mw/ अंग्रेजीको संस्कृतमा गर्न परे, - http://webapps.uni-koeln.de/tamil/ आशा छ, यिनलाई सहयोगी पाउनुहुनेछ ।
|
|
|
Echoes
Please log in to subscribe to Echoes's postings.
Posted on 02-05-06 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे दाजु, धेरै धन्यवाद । नेपाल बाट केही पुस्तकहरु झिकाउने प्रयास गर्दैछु । यहाँले उल्लेख गर्नुभएका लेखकहरुलाई अबश्य समाबेस गर्नेछु ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-05-06 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ईकोजजी, खुशि लाग्यो सुनेर । सुखद पठन ! ***** ***** ***** ***** बिर्खेजी, हो, बेहर मिलाउन बाँकी छ । तर काफिया भने पूर्ण छ । र बडा समसामयिक र सटिक सन्देशहरु । वास्तवमा हामी यस्तो भीमकाय र गहन द्वन्दबाट गुज्रिरहेका छौं, त्यसबाहेक अन्य कुरामा कलम चलाउँदा पनि अपराधबोध हुन्छ । एउटा छुद्र भाषिक संसोधनको सुझाव, बाँध बाँधि खोलो, उल्टो बगाउन खोज्दै छु! 'उल्टो' अलि खट्कन्छ । त्यसलाई 'सुल्टो' बनाउँदा कसो होला ? यसरी, उल्टो बाढीले लग्यो, मेरो आफ्नो घरबारी बाँध बाँधी खोलो, सुल्टो बगाउन खोज्दै छु! __
|
|