[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 171470 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-29-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उकालीमा पनि हजुर मोटर जाँदो रहिछ
ड्राइभर दाईलाई छ सलाम माया सलल जाउँ हिँड रेलैमा

गाइजात्रे जदौ यो बिर्खेमाइलाको।

लौ एक से एक गायकहरु रहिछन् हाम्रो चौतारीमा।
ग्वाँचेको निवेदन स्वीकार नहोस् है।
ठुलि, कस्तो चल्दैछ त तरकारीको ब्यापार?
 
Posted on 08-29-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हहहाअहा,
खै रिठ्ठे कहाँ मर्‍या हुन आज गाम्लेहरु? हिजो को क्वाती बढि भयो कि? जनै पार्टीमा हराएको जनै खोज्दै हुन् कि? आजा गाइजात्रा बिषेशांक जमाउनु पर्ने हो? सबले धर्म बिर्से , कर्म बिर्से। यो बुढो एक्लै कराएर केही हुने वाला छैन। आज भोली कुरा सुन्ने भन्दा नि चुरा सुन्ने बानी परेछन् गाम्लेलाई।
के भन्नु के न भन्नु।
 
Posted on 08-29-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम ठीक कूरा गर्नु भो ठुल्दाइ, बिर्सें बिर्सें सप्पैले धर्म सन्स्क्रिती सबै बिर्सें भातमाराहरू

आज भोली कुरा सुन्ने भन्दा नि चुरा सुन्ने बानी परेछन् गाम्लेलाई। .......................... एकदम घत् लाग्यो दाई यो
 
Posted on 08-29-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी आइडल प्रतियोगिता (समूह २)

पून्टेदाइ:


अन्तरे:
क)

ख)




कुम्ले:


सुन्तले:


दुर्गे भाउजू:



मास्टर्नी दिदी:




भोटीङ् बुथ





 
Posted on 08-29-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको गाइजात्रे समाचार्।
१। हिजो जनै पूर्णिमाको उपलक्षमा क्वाति को मात्रा न पुगेर अमेरिका बा बस्ने बुज्रुक नेपालीहरुले जनै फालेर, जनै बालेर एतिहासिक प्रदर्शन।

२- चौतारिका वरिष्ठ तर सबैकी बहिनी ठुलीले हुने खाने जागिर छोडेर तरकारी ब्यापारमा अपार नाफा छ भनेर डी सी छेउको तरकारी बजारमा नया स्टल खोल्नु भएको सुखद समाचार् प्राप्त भएको छ। सो स्टल उद्घाटनको लागी पाल्नु भएका प्रमुक्ख अतिथी जिम्माल बा र अन्य बिच हातहाला हाल हुंदा बुढाको जनै चुँडिएकोले केही नराम्रो घट्ना नेपालमा घट्न सक्ने वा बढ्न सक्ने अनुमान गरिएको छ।

३- यतिकै मा हालै मात्र चौतारी आइडोल जित्नु भएका मदनवाले ठुली को तरकारी दुकान् न हाटाए अनशन बस्ने एलान् गर्नु गर्नु भयो। उहाँ भन्नु हुन्छ" सला, त्यो सब्जि वब्जीका बिजिनेस जो छ, त्यो हम्रो खान्दानी पेशा हो" गना गाउनुस्, चना खानुस् तर सब्जि हमिले मात्र बेच्छ। गाँु देहात्, गल्लि चोक मा सला हम्रो बिरादरी दिन् रात आलु गोबी भन्टा बेचि लिन्छ, शहरमे ठुली? यो त हमरी जातिय स्वतन्त्र माथी आट्याक् हो हजुर्"।
 
Posted on 08-29-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

लु गाम्लेहरू भोट दिम्, मेरो नि आज त्यति फुर्सद छैन!

ट्याम ट्याममा चियाउँला।
 
Posted on 08-29-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu sabai gaamle harulai feri ekchoti namaste garehai ta dc bata.
Deep jyo thanks u so much tara पेसल baneko ke ho?
gwache ek choti darta gare chi firta lina paudaina. :P

chiplu tarkari bajar maramar chali ra cha. afno kaam sakar ni aru lai help gernu perne. yo hari le aakha lagara ta ho ni

rithe ke mora timro halchal
chitre ke cha
 
Posted on 08-29-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ठुल्दाइ

 
Posted on 08-29-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि आइछिन , कती पैसोको तरकारी बेचेउ ए ठुलि? भरै आउँदा १ किलो आलु र २ किलो काउली मलाई पनि ल्याइदेउ पैसा त्यो अस्तिको बाराना मi कटाउला नि है .



 
Posted on 08-29-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Maile miss ko ra durge bhauju ko gana suneko chhaina. Suneka gana haru madhya ramro chahi poonte dai ko ra Suntale ko! Vote for Poonte and Suntale!

:-)
 
Posted on 08-29-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोर आपत्ति नियमापत्ति ।

पहिलो महिला स्वर र ग्वाँचे लाइ जनताको भोट दिने अधिकारबाट बञ्चित गर्न पाइन्न । टायर बालुम कि अनसन बसुम ?

भो भो, वाइस्याल किन बन्नु परो के रे, वार्ता गरम अब,

तो हाउँरो वाइल्ड कार्डतिराट यस्स छिराउन मिल्छ कि ?
 
Posted on 08-29-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूनश्च: ग्वाँचे र पहिलो महिला स्वरलाइ समूह ३ मा अरू इन्ट्रीसँगै सहभागी गराइनेछ।
अरू ईच्छुक महानुभावहरूले समूह ३ को लागि अडिशन पठाउनु होला।

किप भोटिङ्।

आज बिजी छु, धेरै बोल्न पाइएन, सरी है गाम्लेहरू! फेरी जदौ सबैलाइ!
 
Posted on 08-29-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ठुल्दाइ


सुरु भे छ, दोस्रो राउन्ड पनि, धर्म संकटमा परीयो, कल्लाई भोट हाल्ने कल्लाई नहाल्ने, क्या फसाद!
लौ है म चाइ भोट हाल्न सुरु गरें, माथिबाट।

आज गाइजात्रा केइ लेख्न सकिया हैन, पोर साल जिम्माल्बा सँअ काठमान्डु जाँदाको अनुभब जिम्मल्बाले टाँस्नु भा थ्यो क्यारे तेइ खोजेर टाँसेको छु तल।



एउबाजी शहर ग'र गाइजात्रा नि हेरुम एसो एउजोडा राम्रो लुआको दौरा सुरुवाल नि हालुम हनि चाइन्जो भउवानको दरशन नि अरम भनेर ग्वाँचेलाई ले'र शहर गा'को गाम्लेओ, कसरि पुगियो मलाई मात्तै था छ।
टेशनको कुरो त ग्वाँचेले अरिहालो। बसाँ मजाले झ्याल पट्टि बसेर तल खोलो हेर्दै शहर जाने मन थ्यो, बस गुडेओ एउछिन पछि त ग्वाँचे अमिलो मुख ला'र ठुस्स परेर " जिम्माल बा मलाई त होला अस्तो छ" भन्छ। कुरो बुझे मार्दिनु।
" ए ग्वाँचे के होला अस्तो छ?" भनेर सोधेओ केइ नबोलि अघिको भन्दा नि मुख चम्र्याक चुम्रुक्क पारेर बज्जेको साह्रो कुइन्यूले मेरो बुडो छातिमा ठेलेर बसको झ्याल खोल्छ बा।
त्याँसि बल्ल बुझेँ मोराको आन्द्रा बटारिएछ भनेर। अनि तेसपछि त कताटी झ्यालको सिठमा बस्न पाउनु नि।
छेउमा बसेर गुडियो। बेला बेलाँ घुम्ति र जोल्ठिङ आउँदा कहिले ग्वाँचेले हुSS...व्वाSS.... अरेको सुनिन्छ, कहिले छेउको च्याङ्ग्रो दुई हात पर पुगेर फेरि आफ्नै खुट्टो हान्न आउँछ। बडो सकसले मुउलिन सम्म पुइयो गाम्लेओ।
गर्मिले घाँटि नमजाले सुकाएको त्यो, तल ओर्लेर धाराको टुटिमै मुख ला'र एउ भुँडि पानी टन्न भरेर बसाँ चढेँ। " जिम्माल बा, मेरो भुँडि त ढिँडोको पानी उम्लेओ जसरी उम्लिराछ लौ न के अर्ने होला" भनेर पो भन्छ त ग्वावचे मोरो त।
झन म बुडालाई भर हुन्छ भनेर बज्जेलाई ल्याको यसैको स्यार अर्नु पर्नेभो भनेर मनमनै मुरमुरिँदै फेरी बाहिर गाएँ। बाहिर ग'र..." अब तेल्लाई केई नुनिलो पिरो कुरो खान दिनु परो, छाद्दैन कि?" भनेर यताउता हेरेँ। एउडा भात खानि होटेलको बाहिरपट्टी काँक्रो बेच्न राखेओ रेछ एउडा ठुलो काँक्रो किनेर काजतको पोकामा एउ पोका नुन खुर्सानि ले'र बस चडेओ।
एक टुक्रो खान पा छैन ग्वाँचेले त तेई काँक्रो र अलिकता मोराको भुँडिभित्रको पित्त समेत
फेरी हुSSS...व.वाSS..अरेर फालो।
"लु भएन मरि त हाल्दैन होला, छाद्दै छाद्दै भएनि शहर त पुग्ला नि" भनेर मन मनै सोच्दै काँक्रो नुन खुर्सानीमा चोपेर चपाउँदै ठिटा हुँदा जिम्माल्निलाई फकाको कुरो सम्झिराको सपै खाएर सकाइछु। पेट डम्म भ'र एकछिन मजाले निदाइछु।
सपनामा त गैरीबारीको डिलमा बसेर तल बेसि हेर्दै कान्लो भिजाउन खोजेको देखिरा, सुरुवालको ईँजाल खोल्न खोज्छु रे खुल्दै खुल्दैन, यता ईँजार खुलेओ छैन उता खुट्टोमा चिसो लाग्छ बा! सपनैमा "हन कसरि भो यस्तो" भन्ठानिराको त निँद्राबाट झल्याँस्स बिउँझिएँ। आफ्नो त उहि हाल रेछ तुरन्तै ओर्लेर भित्तो तिर जानु पर्ने तर मेरो खुट्टोमा चाइँ च्याङ्ग्रा महोदयले बडो शान पुर्वक सिँचाइ गरिदिनुभएछ!!
 
Posted on 08-29-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यसपाली त धेरै भोट ल्याउनेलाइ आउट गर्नु पर्ला जस्तो छ,

भोट हाल्दा हाल्दा हाउँरो मुसा नै बिमार पर्यो, क्यार्नु हौ गाम्ले ? मुसाले त खोरै भत्काम्छु भन्छ त
 
Posted on 08-29-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा , ठुल्दाइओ कविता नि सुनियो, ठुल्दाइओ एस्तो राउँरो स्वर छ, लु महिलाबृन्दलाइ च्यालेन दिन ठुल्दाइ अगि सर्न परो, नत्र हारिन्छ है, पुण्टे बुढा ब्यान ब्यान सात्तोपुत्लो उडा'र हाप्ने कुरो अर्न थालिसको । सुन्तले र अन्तरेले कति भोट ल्याम्छन कुन्नि, नकआउट होला भन्नि पिर परो मुलाइ, हा हा हा ।

गाइजात्रे कहानी दामी लायो, ग्वाँचेले पुरानो भने नि, आफुलाइ नयाँ लायो, वाह वाह वाह ।
 
Posted on 08-29-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन पुन्टे बुढाले बुथ कब्जा गरे कि क्या हो (हुन त राम्रो छ, कब्जा गर्नै पर्दैन्)!

अनि त्यो नाम फिर्ता लि' सक्या मान्छेलाइ फेरि तेस्रो भागमा सहाभागि गराउने रे? ओए चित्रे काका पर्दैन है नत्र फेरि मैले वाइस्याल बोलाउनु पर्ला नि।

भोट फर....

punte daai
antare som
kumle bro
suntale dost
durgi bhaauju
miss didi

आफ्नो मताधिकार प्रयोग गरौं, एउटा मात्रै भोट दिन पाउने भा भे पो एक जनाको मात्रै प्रचार गर्नु पर्थ्यो जती भोट दे नि हुने भे'सी त सकेजती भोट सबैलाई दिँउ!


- चौतारी आइडल प्रचार प्रसार समिती
राउण्ड २
 
Posted on 08-29-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचे,
जिम्माल बा को काठमान्डु जाँदाको अनुभब राखेको मा धन्यवाद
अच्छा छ एकदम हा हा हाहा हा हाहा हा हाहा हा हा


 
Posted on 08-29-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाइ त्यतिबेला पुन्टे दाईको रियाक्सन!


हिजो बल्ल हो अलिकति फुर्सद पा'को। साली घउते काजीको जिम्म लाएसि अब यो बुढो ज्यानलाई आँखा लाउनि मेरी जेठी र धोबिनी बाहेक कोई रहेनन्। हिजो चईनि जेठी उनकी दिदी सुतकेरी सम्हाल्न भनि एक साता जतिलाई गई के रे। म चाईं आफूले न स्यार्ने, न सुसार्ने, बरु तिम्लाई लिन आम्नि बेलाँ भेट घाट अरम्ला के रे भुनेर घरै बसें।

साँझ पख साली को झल्झली याद आयो। ए भेना! भन्दे खितिति हाँसेको जस्तो लाउनि तै ढोका बाहिर। भउतेको ग्वाङ्ग्रे आवाजले फेरि झस्काईदिनि।

जेठीले कठै पोईलाई भुनेर गाबाको तिऊन र ढेंडो एक सातालाई पुग्ने अरि बना'र हा'की थि के रे। तेई बेलाँ धोबिनीले डाके डाके जस्तो लाओ। अन्खेर लु त नि भुनेर हुत्तिएँ म नि उतै तिर।

धेरै दिन पछि ग'को के रे। धोबिनी त रमाई। उही पुरानो च्यात्त्या पेटिकोट चुलो पास्तिर झुन्डाई रा' रईछे। बरकको दुई पटक धुन्छे के रे। यई बेलाँ परेछ। मोरीले तुरुन्तै फेरि एउटा हाँसको गर्धन बट्टारेर कर्‌याक्कै पाति हाली। समात्न न एकेछिन गारो भ'थ्यो के रे धोबिनीलाई। "आ! आ! आ! मेरी हाँस आ! बाबु राजाको आहार बन्न आ!" अर्दै थि, कुन बेलाँ च्याप्प पारेर झ-याप झुरुप नि पारि सकिछे।

कोदाऽ रउसी फेरि मेरी धोबिनीकाँ हाँडी मै चुर्लुम्म डुबौं डुबौं अरि बान'र राख्छे, हर हरि बास्ना आम्नि। अन्खेर तो हाँसलाई पोलुन्जेन त रमईलो कुराकानी भइ र'त्यो के रे। गाम पुरै चार्दै हिँड्नि मेरी धोबिनी, सबको कुरा सुनाम्छे। "के भने थेउ र ए पात्त्या बुढो? मास्टर्नि नानी त खुब रिसा'छ रे तिमी संग!" रे!

"सारै लठेप्रो छौ के तिमी नि बुढो! हाम्संग पो तेस्तरी कुरा अर्नि! पढेलेखेका, अरुलाई पढाम्निहुरले काँ बुझ्छन् त नि हामी जस्ताका काम, कुरो, मर्म?" भन्दा पो सारै घत् परो, गाँठे! बेलाँ नपठेर अल्लारिएसि मर्ने बेलाँ पनि हेप्छन् के रे जान्नि ले, जस्तो लाओ। क्या्नु? अब बेलाँ पढिएन के रे, अनि जिम्मालको जस्तो पुरोढ सिछ्छे जान नि जाँगर छैन।

तो हाँसको सिकार त खुब पछ्नि हो फेरि कोदा रउसीसंग। सिंगै हाँस एक्लैले घिचेम् के रे। तेस्को आन्द्रा, भुँडी, एउटा सानो टुक्रो हड्डी, केई बाँकी राखेनम् के रे। धन्न ति धोबिनीले पोल्न अधि भुत्लाइ सकेर मात्र हो तो हाँसलाई, नत्र भुत्ला सुत्ला सबे चपाईदिन्थें के रे।

हाँडिआँ कनिका हुन्जेल राँ**लाई के निन्द्रा लाग्थ्यो फेरि? पुरे रित्ताएँ के रे। धोबिनी नि के के भुनेर बर्बराई रा'थि। बुझे त मरिजाम्। बरु, तेस्को अनुहार हेर्दा चईं ४-५ वटा हिन्दि फिलम को होरोन ऐस्वर्जेको मुहार आम्नि। एउटालाई समात्न खोज्यो, मिलिक्क बिलाम्नि, अनि अर्को खित्त हाँस्नि। तेल्लाई समात्न खोज्यो, फेरि तो बिलाम्नि, अनि अर्को खित्किनि। अर्दा अर्दै कुन बेलाँ भुक्लुक्कै ढलेछु, पत्तै भएन।

बिहान पखपो फेरि धोबिनी ले घच्घचाउन आई।

"ए, पात्त्या बुढो! जाग है, जाग! सँधै तिम्लाई ले'र सहर जानी जिम्माले त आज देखुन तिम्लाई माया मारेच। तो ग्वाँचेलाई ले'र गयो रे!" भुनेर कानै सेकाई।

हुन नि, उठाम्न आ' भे त नउठ्नि काँ हो र हाम्पुनि? बसाँ फेरि सुत्दै जानी त हो नि! एउटा बहाना चाईएको तो जिम्मालेलाई!

एउटा छातेर झन्डै खुस्केछ के रे, अर्कोऽ गोडाँ भेंडा हो कि बाख्रोले मुत्देछ।


(दुइटै टुक्रा सभार: चौतारी गाइजात्रा बिशेष २००६)
 
Posted on 08-29-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'छोराको स्वर राखेर 'महिला' हो भन्न नपाई':P

(मन्मनै आज नाटक गर्दिन) गौतमदाजु धन्यवाद त भन्नै आएन । ति माया हो जस्ले चौतारीमाएतिनजिक र टाउको उठाएर देखाउन सक्ने साईनो गासेको छ
हजुरको अभिब्यक्तिबाट यो मन निकै खुशीछ आज :)

अनिखेरी अन्तरेजी किन हो केही प्रतिकृया नदेखएको अस्तिको झटारो त पक्कै होइन होला (मनमनै प्रतिद्वन्दी संग के कुरा गराइ भो र:P यु नो ह्वाट आइ मिन---कुरो अन्यथा नजाओस है मजाक अरेकिम भन्छु ):)

दुर्गी सिस चनादाजु चित्रेभाइ ठुलि पुन्टेदा रिठ्ठे ग्वान्चे दादा हरी स्बैलाई धेरै धन्यवाद है

दिप दा मैले हजुरको भोट त पाम्ला के रे भन्छु र :)

ग्वाँचे ,
नया लेख्न अल्छि लाग्यो? जे होस् सेकेन्ड राउण्ड पढ्दा नि उत्तिकि मज्जा मानेकिम के रे मुइले

_________________________________________________
धाधली नहोस् है भोट्दिने मुन्छेको टाउको गिन्ती गर्नुपर्ला फेरी


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters