सजल जाने दिनमा गीताको पनि बुबा बिरामी हुनु। १ घन्टा अघि गीता निस्किनु अनि त्यसपछि सजल। यो संयोग पनि हुन सक्थ्यो। यदि निलु अप्ठ्यारो मानसिक अबस्थामा नहुँदी हो त। उसको लोग्नेले उसलाइ सामान्य ब्यबहार गरेको हुँदो हो त। यो जन्जाल नैं बुझ्न गार्हो भयो निलुलाइ। के सत्य र के असत्य छुट्याउन नसक्ने भइ उ। मनमा उठेको शंकाको बिउ झन झन् मौलाउन थाल्यो। के थाहा, सजल र गीता दुबै भागेको पनि हुन सक्छन् ? के सजल गीताको लागि यो सब सुखसयलको जिन्दगी त्याग्न सक्छ ? के गीता सजलकि "भित्रिनी" बन्छे? अनि निलुको भुमिका के हुन्छ त तेसोभए ? निलुको सानो मस्तिस्कमा सम्हाल्नै नसकिने प्रश्नहरु उब्जिन थाले।
"भोली दिँउसो मेरो दिज्युका जानु पर्छ है निलु?" सासुको आवाजले निलुको सोचाइमा बिराम लगायो केहि बेरको लागि।
"कति बजे, मम्मि?" निलुको कार्यतालिका नभए पनि सोधी।
"जाँउला नि येसो ११/१२ बजे तिर सासु बुहारी। किन तिम्रो कहिँ जाने प्रोग्राम छ?"
"छैन।" छोटो उत्तर दी निलुले।
"साँझमा फुर्सद छ भने फोटो बनाउन जाँउला नि त उसोभए।" नयन अचानक सम्झे झै गरि बोल्यो।
"हुन्छ नि। उताबाट फर्केपछि निलु र तिमी जाउ न त। निलुलाइ पनि तिम्रो फोटो स्टुडिओ देखाउ।" सासुले नयनलाइ भन्नु भयो। नयन र सासुसङ "शुभरात्रि" भन्दै निलु आफ्नो कोठामा गइ। भित्ताहरु मौन थिए, एक अर्कालाइ हेर्दै बसेका तर बोल्न नसकेका प्रेमिहरु जस्तो। कौसीपट्टिको ढोका खोली, चिसो बतासले उस्को अनुहारलाइ स्पर्श गर्यो। एकप्रकारको आनन्द महसुस गरी उसले। मनमा केहि बिझेको थ्यो, के भनेर सोच्न सकिन। आकाशबाट ताराहरुले उसलाइ नैं हेरेझैं देखिन्थ्यो। उसले सोची, ती ताराहरुले सजललाइ पनि देखिरहेको होला। अनि गीता? सुइरो जस्तो गीताको नामलाइ उसले सकेसम्म मनमा पस्नै दिन। निलुले आफुलाइ सकारात्मक बनाउने मनमनै बाचा गरी। सजल उसको लोग्ने हो र अबस्य पनि निलुलाइ माया गर्छ। खालि यो समयले उनिहरुको मिलनमा तगारो हालेको छ। शायद, बैंककबाट फर्किदा सजलले उसलाइ धेरै खुशीहरु मायामा उनेर ल्याउला। सजलको अङालोमा निदाउने सपना देख्दै निलुले त्यो रातलाइ पनि बिदा गरी।
भोलीपल्ट बिहानै सजललाइ फोन गरी निलुले। ३ चोटी नैं भ्वाइस मेसेजमा मात्र गयो। "मलाइ फोन गर है।" भन्ने खबर छोडी। सजल मिटिङमा ब्यस्त भएर फोन नउठाएको हुन सक्छ भन्ने अनुमान गरी। उ राम्रो मात्र सोच्छे अबदेखि। सोचाइ नैं उसको मनको दुखको कारण हो। मनलाइ फकाउदैं फुलाउदै दिनभरी सजलको फोन कुरी। मोबाइल बज्नासाथ मनमा आशाको फुल फुल्थ्यो। ब्यागमा राख्दा नसुन्ला भनेर उसले मोबाइल हातैमा बोकेकि हुन्थी। दिँउसो अरुहरुको कुरामा मस्त भएपनि उसको ध्यान सजलमा नैं केन्द्रित भएकोथ्यो। बेला बेलामा सासु र उहाँको दिज्युले निलुलाइ जिस्काउनु पनि भयो 'सजललाइ कति धेरै मिस गरेको भनेर'।
साँझमा नयन निलुलाइ लिन आयो। उनिहरु हिँड्दै दरबारमार्ग पुगे। जहाँ नयनको फोटो स्टुडिओ थ्यो। नयन र निलु भएर कुन फोटो ठुलो बनाउने र कस्तो फ्रेम राख्ने भनेर त्यहाँको कामदारलाइ बताए। ७.३० मात्र बजेको थ्यो। घर गएर पनि खासै केहि काम थिएन। निलुले केहि बेर येसो बजारतिर हेर्ने मात्र इछ्या देखाइ। त्यो भन्दा त "आइसक्रिम" खान जाँउ" भन्दै नयनले उसलाइ "हट ब्रेड" मा लग्यो। त्यहाँ त्यति धेरै मान्छे थिएन। निलुले झ्याल नजिकैको टेबुल रोजी र दुबै "आइसक्रिम" मगाएर खान थाले।
"नयन, तिमी सजलको सबैभन्दा मिल्ने साथी हो?" निलुले अनायास प्रश्न गरेको देखेर नयन झस्क्यो। केहि बेर सोच्यो।
"किन र? तिमीलाइ शंका लाग्यो? मनोबिग्यान पढ्नेहरु हरेक कुरालाइ जटिल बनाँउछन्।" हाँस्न थाल्यो नयन।
"म मनोबिग्यानको साधाराण बिध्यार्थी मात्र हुँ। मनोरोग बिशेसग्य होइन। तिमीलाइ डर लाग्यो?" झन् जोड दी निलुले "डर" भन्ने शब्दमा।
"मेरो मनको कुरा x-ray जस्तै पढ्यौ भने नि?"
"म तिम्रो अनुहारबाट धेरै कुरा बुझ्छु।" तर्साइ निलुले पनि।
"तेसो भए अहिले मेरो मनमा के छ त?" जिस्क्यो नयन।
"अति गहिरो मानसिक पीडा। हुनु र नहुनुको पीडा।" आफ्नै मनको कुरा निकाली निलुले।
नयन एकछिन अकमक्कियो। निलुलाइ नहेरी बाटोतिर हेर्न थाल्यो। केहिबेरपछि बल्ल बोल्यो।
"हेर, म जस्तो सोझो मान्छेको मन पढेर के फाइदा तिमीलाइ ? बरु सजलको मनमा के छ मलाइ पनि सुनाउन।"
"त्यहि त भनेको नि। सजलको मनभित्र पस्न मैले के गर्नु पर्छ ? तिमीलाइ थाहा होला नि।" निलु उदास देखी।
"तिमी उसको स्वास्नी, म साथी मात्र। मलाइ कसरी थाहा हुन्छ?" नयन अप्ठ्यारोमा पर्यो।
"सरी नयन! म त तिमी उसलाइ राम्ररी चिन्छौ कि भनेर मात्र सोधेकि। के म तिमीलाइ एउटा कुरा सोध्न सक्छु?"
"मैले भन्न सक्ने भए सोध।"
"के सजल कसैलाइ प्रेम गर्छ?"
"...................................." एक्छिन त्यहाँको बाताबरण नैं मौन भयो। नयन बोलेन। हटब्रेड नैं शुन्य भयो।
"मलाइ यस्तो लाग्छ, नयन। सजलले मलाइ उसको मनभित्र पस्ने ढोका बन्द गरेको छ र उसको दिलमा अरु कोहि छ।"
"खोइ मलाइ त सजल त्यस्तो लाग्दैन। निलु, तिमी धेरै शंका गर्छौ। प्रेममा शंका राम्रो हुँदैन।"
"सजल किन मसङ् बोल्न पनि मन पराँउदैन त ? के कारणले उ तेसो गर्छ?" निलुले भित्रको ज्वालामुखीलाइ लुकाउन सकिन।
"तिमी पनि त उसलाइ उ जस्तो छ, त्यस्तो स्वीकार गर्न सक्दैनौ होला नि। मायामा स्वार्थी हुनुहुँदैन। त्यहि भएर त दुख हुन्छ नि मनलाइ।" नयन अलि दार्शनिक पारामा बोल्यो।
"मैले उसलाइ पाउन के गर्नु पर्छ त?" निलु थकित भएर सोधी।
"पाउनु त स्वार्थ होइन र ? मीराको प्रेममा पाउने कुरा कहाँथ्यो र? तै पनि उसले क्रिश्न भगवानलाइ मनभित्रै पाइ " आदर्श पारामा बोल्यो नयन।
"म मीरा होइन नयन। म उसको बिहे गरेकि स्वास्नी हुँ।" निलुले कुरालाइ धेरै बढाउन चाहिन त्यसपछि।
घर फर्किदाँ नयनले सजलको गुणहरुको मात्र बयान गर्यो। निलु आफै गलत हुनुपरेको कुरा महसुस गरी। मनमा कुरा राख्न नसकेकोमा निलुलाइ आफैसङ रिस उठ्यो। सजल फर्केसम्म कुरेको भए के बिग्रिन्थ्यो र ? भर्खर १ हप्ता पनि भाको छैन बिहेको। निलुको मनमा किन खाली शंका मात्र उब्जिन्छ।
घर पुगेपछि निलुले सासुबाट थाहा पाइ, सजल पर्सी बैंककबाट फर्किदैंछ। निलुको मनको बादल फेरि हट्यो। अब उसको पर्खाइ सक्यो। उसको आफ्नै मनभित्रको द्वन्द सकियो। सजल उसकै हो र उसकै हुनेछ। त्यो रात निलु हलुका भएर सुती।
क्रमश:
Last edited: 21-May-08 07:44 PM