[VIEWED 71465
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-25-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस कथाका बिषयबस्तु, पात्र र घटना सबै काल्पनिक हुन। कसैको वास्तविक जीवन सँग मेल भएमा केबल सन्योग मात्र हुने छ।
बिहान उठेर निरनले घडी हेर्यो, आठ बजेको रहेछ। अर्ध खुलेका आँखाले कोठामा चारैतिर हेर्यो। अनी एकछिन अलमल्लमा पर्यो। कोठा अली नौलो पायो। आफ्नो भित्तामा टाँगिएको ठुलो बनाएर राखेको बिहेको फोटो खोज्दैथियो शायद वा खाटको अगाडि राखिएको ठुलो ड्रेसर खोज्दैथ्यो जहाँ एक छेउमा उस्की श्रीमती ले चुरा स्टन्ड मा छपक्क थरी थरिका चुराहरु राखेर सजाएकी थिई र अर्को छेउमा Made For Each Other लेखेको फ्रेममा हनिमूनको फोटो राखेकी थीई जस्मा उनिहरुले एक अर्कालाई प्रेमपुर्बक अँगालेका थिए। आँखा अझ उघारेर सबै तिर नियालेर हेर्यो। अघिल्लो रात को रक्सिले टाउको नराम्रो सँग दुखेको आभाष भईरहेको थियो। उस्ले बल्ल चिन्यो, त्यो कोठा जहाँ आफ्नो विद्यार्थी जीवनको सात बर्ष बिताएको थियो। त्यो डेरामा पहिले उ र बिशाल बस्दथे। पछी उस्ले घर किनेर सरेको थियो। बिशाल अझै त्यही बस्थ्यो, एक्लै। जुरुक्क उठ्यो, बाथ्ररूमको क्यबिनेटमा राखेको औषधीको बट्टा निकाल्यो। दुई ट्यब्लेट Alka-Seltzer लिएर भान्सा तिर लाग्यो र एक गिलास चिसो पानीमा घोलेर एक्कै सासमा तन्कायो। बिशालको कोठाको ढोका खोल्यो। दुबै हात र खुट्टा फिजाउन सक्ने जती फिजाएर निर्धक्क सँग फ्वाँ फ्वाँ निदाइरहेको थियो बिशाल। एक फेर बिशाललाई हेर्यो। निरनको टाउको अझै घुमाइ रहेको थियो। बिस्तारै ढोका लगाएर आफु सुतेको कोठामा लाग्यो।
"कस्तो नराम्रो सँग किक दियो यो पाली, ह्या एक्छिन सुत्छु अनी मात्रा जान्छु घर"-- मनमनै आँफैलाई सम्झायो घर जानु छ भनेर। सुत्न खोज्यो तर सकेन। एकछिन यता उता चल्मलायो। तर मनमा अनेकौ कुराहरु खेल्न थाले। आफ्नो श्रीमती सम्झ्यो। उन्को निर्दोष अनुहार सम्झ्यो र उ प्रती माया उम्लेर आयो। फेरी एकपटक आफ्नो अतितमा पुग्यो निरन। ************************************************************************************************************************************** सपनाको आमा र निरनको आमा नेपालमा एउटै बैंकमा काम गर्नु हुन्थ्यो। धेरै बर्ष देखिको साथी। सपनाले नेपालमै बि. बि. एस. गरेकी थिई र आफ्नो सबै पढाई काठमाडौंमै पुरा गरेकी थिई। बाँकी पढाई बिदेशमा पुरा गर्न चाहन्थी। तर उस्को बाबा मामु सके सम्म बिहे गरेर मात्र उस्लाई बिदेश पठाउन चाहनु हुन्थ्यो। एक त एउटै छोरी त्यो पनि बिहे गर्ने उमेर भाईसकेकी, त्यत्तिकै पठाउन त नातेदारहरुले पनि रोके र अर्को चाँही एक्लै पठाउनु भन्दा बिहे गरेर पठायो भने छोरी को हेर बिचार गर्ने मान्छे हुन्छ, कुबाटो तिर लाग्ने डर हुँदैन भन्ने उहाहरुको धारणा थियो। सपनाले बाबा मामु को कुरा कहिले काटेकी थिईन र सदाझै यो पाली पनि त्यही गरी। उहाँहरुको कुरामा आफ्नो मन्जूरी देखाइ। निरनले १ देखी १२ कक्षा सम्म दिल्लीमा पढेको थियो। त्यस्पछी अमेरिका आयो, BCIS मा ग्र्याजुएट भयो। तुरुन्तै काम पाएन। स्ट्याटस जोगाउन भएपनी मास्टर्स पढ्नु पर्ने भयो। त्यो पनि दुई बर्षमै सिध्यायो। बल्ल सोचेको जस्तै काम पायो। पढुन्जेल अली अली रिन थियो, क्रेडिट कार्डमा। त्यो तिरी सकेको त थिएन तर काम पाएको छ महिना भित्रै घर किन्यो। अब उस्लाई साथी र साथ को आवश्यकता हुन थाल्यो। साथी त थुप्रै थिए तर जिन्दगी भर साथ दिन लायक कोही देखेन। घरमा बाबा मामु बाट पनि बिहेकोलागी कचकच सुरु भयो र आफ्नो आवश्यकताले पनि झक्झकाउन थाल्यो। अब उ त्यही अल्लारे party-boy रहेन। जहाँ पार्टी गर्यो तेही सुत्यो जता मन लागे गयो गर्न पनि उस्को बढ्दो उमेर, काम र समाजमा बिस्तारै बढ्दै गएको इज्जत ले पावन्दी लगाउन थाल्यो । उस्ले बिहे गर्ने निर्णय गर्यो। तर बिहे गर्ने भन्दैमा बिहे भईहाल्ने त कहाँ हुन्थ्यो र? सर्ब प्रथम त केटी नै चाहियो। उ आफ्नो मन मिल्ने साथीको साथ खोज्दै थियो। त्यतिक्कै मा घरबाट सपनाको कुरा आयो। सपना उ भन्दा ५ बर्ष कान्छी थिई। उस्ले छ बर्ष अगाडि देख्दा सपना बच्चै देखिन्थी तर हिस्सी परेकी। मामुले पहिले फोनमा कुरा गर्दा निरनले त्यती उत्साह देखाएन। फोटो पठाउनु पहिले अनी हेरेर भन्छु भन्यो। उस्को नजरमा सपना अझ पनि त्यही निलो स्कर्ट र निलो सर्ट लगाएर जाने भर्खर स्कुल पढ्दै गरेकी फुच्ची थिई। मामुले अब त ठुलि भईसकी भन्दा पनि उस्लाई पत्यार लागेन। "कती नै ठुलि भई होला र?" मामुको कुरा प्रती अबिश्वासको भाव पोख्यो। भोली बिहानै अफिस पुग्ना साथ सधैं झैं पहिलो काम नै ईमेल हेर्यो। मामुको ईमेल देख्यो र खोल्यो। फोटो अट्यच गर्नु भएको देख्यो र फोटो खोल्यो, उ निशब्द भयो। सपना आफ्नो कल्पना बाट धेरै बाहिर पायो। हसिँली, तेजिलो अनुहार फोटो बाटै कुरा गर्ली जस्तो। उ मौन भएर त्यो फोटो हेरिरह्यो। मुटुको धड्कन पनि पनि अली तेज भएको महसुस गर्यो। त्यस्लाई साम्य गर्दै ईमेल बन्द गर्यो। काम गर्न खोज्यो तर सकेन। फेरी त्यही फोटो हेर्यो। सपनालाई दुलहिको जोडामा आफ्नो अगाडि उभिएको कल्पना गर्यो। कल्पनामै उस्लाई थरी थरिका लुगाहरुमा सजाउन थाल्यो र आफु पनि त्यस्मै हराउन थाल्यो।
काम त्यती केही गरेन तर बस्न चाँही ५ बजे सम्मै बस्यो अफिसमा। ५:१५ जती भएपछी घर जाने तर्खर गर्न थाल्यो। कती खेर बेलुकाको सात बज्ला र मामु सँग कुरा गरौला भनेर घडी पनि हेर्दै थियो।
घर पुग्यो। राती पिएको बियर को बोतल त्यतिक्कै भुइमै लडिराथ्यो। सबै हटायो र फ्रिजबाट अगिल्लो दिन बेक गरेको चिकेन निकालेर माइक्रोवेभमा २ मिनेट तताउन हालेर कोठातिर लाग्यो लुगा फेर्न। कटन को सर्ट र प्यन्टस लगाएर उ अफिस बाहेक अरु ठाउमा एक्छिन पनि बस्न सक्दैन थ्यो। लुगा फेरेर, हात मुख धोएर खाना खाइसक्दा झन्डै सात नै बजेको थ्यो। घर फोन गर्यो। मामुले सुरुमै फोटोको बारेमा सोध्नु भयो। उस्ले कुरा अगाडि बढाउनु भन्यो र सपना सँग कुरा गर्न खोज्यो। मामुले निसन्कोच उस्लाई सपनाको ईमेल एड्रेस र सेल को नम्बर दिनु भयो।
क्रमश:
Last edited: 25-Jul-08 10:20 AM
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-28-08 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या कमेण्ट गरेकी प्रेरणाले :) दीपू, ल अघि बढाउ है राम्रोसँग अझै। कुन ठाउंमा हो लहरे बाउचा, ९० पुगेर गर्मी रे। यहाँ ९० मा झर्यो भने त मान्छेहरु लुग लुग काँप्लान्।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-28-08 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एकल हौशलाको लागि धेरै धन्यबाद!
चिप्लु धन्यवाद! हो प्रेरणाले कस्तो समातेकी मैले अर्थाउन खोजेको सम्बन्धलाई। हुन्छ म अघी बढाउछु। राम्रो नराम्रो हजुरहरु भन्नुस् है।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-28-08 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ हुनु चिप्ले फेरी यहाँ जाडोमा तीस मुनी पुग्छ नि, तिमीहरुकै गाउको माथि पट्टिको गाउको पुर्व तिर एक गाउ छोडेर अर्को गाउ भन्नु पर्यो
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 07-28-08 4:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो यो त रोमान्टिक पार्ट पो रहेछ । कस्तो रमाइलो मानेर पढ्दै गर्दा "निरनको चाँही.........................." भन्दा त चसक्क भयो नि बिहे नगरेका हरुले केही सिक्ने मौका पाए, बिहे गरेका लाई पनि अतित मा धकेल्यो है
जे होस् अहिले सम्म "सम्बन्ध" उत्कृष्ट छ
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-28-08 8:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भान्जी नानु दोस्रो भाग पद्छु भनेर बसेको त तेस्रो पनि राखिसकेको रइछौ बोनस। कथा एकदमै मजाले बहेको छ्, मैले अघिन भने झै दोस्रो र तेस्रो भाग पढ्दा पनि भान्जी ले कतै मामा को कथा त लेखेकी हैन भन्ने जस्तो भान भईराछ,खैर कथा पस्कने सैली एकदमै राम्रो छ्,निरेन र सपना को आगामी बैवाहित जीवन को अनुमान लगाएको छु कत्तीको मिल्छ त्यो चाँही अहिले भन्दिन चौथो भाग पढेपछी भनौला।
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 07-29-08 6:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोम दाईको शब्दमा भन्ने हो भने " आज धेरै दिन पछि साझा खोलेँ साझामा धागारहरु थपिसकेछन्"
मेरो शब्दमा चाहिँ ,
झण्डैले यति राम्रो कथा छुटेको सबै भाग एकै छिनमा झ्याप्प पढेर सिध्याएँ ,मनले अरु मागिरह्यो ,यस्तो परिपक्व लेखाई ,हरर भएको बेला मा आकाशबाट जरि बर्से जस्तै लाग्यो भन्या
अनि त्यसमाथि ,
यस कथाका बिषयबस्तु, पात्र र घटना सबै काल्पनिक हुन। कसैको वास्तविक जीवन सँग मेल भएमा केबल सन्योग मात्र हुने छ।
I just loved these lines specially on ur post.
अर्को भागको प्रतिक्षामा !
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 07-29-08 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो भाग त घघडान र'छन्त। काँटी सिक्या हो यस्ता कुरो कुन्नी कथा राम्रो सँग बगेको छ। सम्बन्ध खुल्दै छ। लेखाइ सधैं जस्तै उत्तम। अर्को भाग कहिले हो। आउने बित्तिकै पढम्ला
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-29-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो उता चै दिप यता दिपिका
सल्लाहा गरेर हडताल गरेको त हैन दुबैले
अनसन बस्नुपर्ने नबनाउ है दिपिका सिस
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 07-29-08 4:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-29-08 5:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बत्या ज्यु धन्यवाद! यो भाग चै अली रोम्यन्टिक नै पर्यो।
मामा धन्यवाद!होइन मामा मैले मेरो मामा को कथा त सुरुवात नै खतरा सँग मामा को परिचय बाट गर्छु नि। हो र? यती सम्म पनि मिल्यो। अब चै सच्चि हो मिल्दैन।
फुच्छे धन्यवाद! तिमीले भने जस्तै यो पाली चै अली अलग प्रस्तुती प्रस्तुत गरेकी। कस्तो लाग्यो भन है।
कलेजो तिम्रो हौशलालाई पनि प्रणाम नै गर्ने बेला भईसक्यो होला अब त। धन्यवाद!
मिस दि हा हा हा बस्नु पर्दैन अनसन। म थप्छु नि है।
प्रेरणा, सिसु मलाई खोजेकी हो? :-)
अर्को भाग चिट्टै टाँस्ने छु।
Last edited: 29-Jul-08 05:01 PM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-30-08 8:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
दीपीका नानू, तेश्रो भाग पनि पढियो। अहिलेसम्म कथा मजाले बग्दै छ, भनेपछि केहि होला जस्तो छ।
ल छिटो है छिटो!
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 07-30-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 07-30-08 6:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपु पर्नामै गरेर बसिरा हो कि क्या हो
खै त कथा काँतिर अड्क्या हो
मान्छे ह्या कुरान देको देइ छ कथा बढाउन परेन
|
|
|
Psychosit
Please log in to subscribe to Psychosit's postings.
Posted on 07-30-08 7:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
2866 views already.......speechless........I liked the way you ended the story........so when's the other part coming ??
Dipika, instead of alloting so much time in unicode nepali why don't you write your story in a paper, scan and attach here......just a thought though.........
You rock.......
|
|
|
Dog
Please log in to subscribe to Dog's postings.
Posted on 07-30-08 8:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
This one is totally diferent from your's others story. And i love it . Lekhdai garnus Lekhika Jiu
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-31-08 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग ४...
बिहेको लगतै पछी सपनाको को Visa Interview थियो। भिसाको स्ट्याम्प लाग्यो। नातेदार सँगको भेटघाट र बिदा-बारी मा अर्को एक हप्ता बित्यो। सपना र निरन अमेरिका आए। पहिलो पटक आफ्नो घर भित्र छिरी सपना। खासै सामानहरु धेरै केही थिएन, तर न्यानो लाग्यो उस्लाई आफ्नो घर। त्यो घर घर मात्रै नभएर उनिहरुको सपना थियो। त्यती लामो यात्रा को थकान पनि महसुस गरेनन दुबैले। निरन ले सपनालाई घर आगन सँग परीचित बनायो। फर्केको हप्ता नै निरनले सपनालाई समुन्द्री तट मा पुर्यायो र नजिक को शहरहरु घुमायो। जम्मा पाँच दिनको बिदा बाँकी थ्यो। काममा नयाँ प्रोजेक्ट नआएर कामदारहरु भटाभट निकालि रहेको थियो। त्यस्तो स्थितिमा निरनले अरु बिदा थप्ने सोचेन र त्यही पाँच दिनमा जान भ्याउने शहरहरु देखायो। सानो सानो कुरामा पनि निकै खुशी देखिन्थी सपना, र निरनलाई सपनाको त्यही बानी सबै भन्दा प्यारो लाग्थ्यो। निरनको काम सुरु भयो। उ बिहान निस्किन्थ्यो, सपना उठेर चिया बनाउथी। चिया मग मा खनाएर निरन काममा हिड्थ्यो, सपना फेरी सुत्थी। पछी उठ्थी र घरकै कामहरु गरेर बस्थी। गाडी चलाऊन त आउथ्यो तर यहाँको नियम र बाटो हरु थाहा थिएन, त्यसैले कतै जान सक्दिनथी। निरनले सिकाउने फुर्सद पनि पाएको थिएन। उस्को काम मा निकै नै धर्मर थियो त्यसैले झन ढिलो सम्म बस्नु पर्ने हुन थालेको थियो। सपना घडी हेरेको हेर्यै हुन्थी, निरन थाकेर आउथ्यो। सपनाको हसिलो अनुहार देखेर सबै थकाई बिर्सन्थ्यो र उस्को अँगालोमा बाँधिन्थ्यो। दिनभरी घरमा बन्दी जसरी बसेको हुन्थी सपना। उस्लाई घरको लागि धेरै कुराहरु किन्नु थियो तर गाडी नभैकन कतै जान नसकिने भएर घरमै बाँधिएर बसेकी हुन्थी र निरनको प्रतिक्षामा हुन्थी। निरन आएपछी बाहिरतिर निस्किन्थे दुबै। सपना सुशिल थीइ, सुन्दर थीइ, तर व्यबहारिक पटक्कै थीइन। उस्ले कहिले व्यबहार गर्नु परेन। सधैं बाबा मामु सँग बसेकी। हरेक इच्छाहरु पुरा हुन्थे उस्का उस्ले आफुले व्यबहार गर्नै सिकिन। निरनले पनि पहिले व्यबहार गर्नु परेको थिएन तर अमेरिका आएपछी उस्ले धेरै सिक्यो। मेहेनत गर्न सिक्यो, पैसा को महत्व सिक्यो। र बिस्तारै परिस्थितीले गर्दा व्यबहारिक हुँदै गयो। सपनाले भने त्यो मौका पाएकी थीइन अझै। "हेर त, हाम्रो घर कस्तो खाली-खाली जस्तो लाग्दैन तिमीलाइ? घर भनेको त अली भरीभराउ हुनु पर्ने।" सपना बेला बेलामा गुनासो गर्थी र गुनासो ले निरनको कानमा प्रहार गर्थ्यो। "काम को भर छैन, हातमा green card छैन, सामान मात्रै जोडेर के गर्ने?"---निरन को आफ्नै रेडिमेट जवाफ थियो। "घरमा पनि डेरा जस्तो गरेर के बस्नु? हरेक कोठामा खाटको सेट, भित्ताको रङ अनुसारको गलैचा, त्यस्लाई सुहाउदो पर्दा र भित्तामा पेन्टिङ सम्म त हुनु पर्यो नि निरन" --त्यो सपनाको सपना थ्यो र निरनलाई भन्थी। "अली पछी बिस्तारै किनौ ला नि हुन्न?" सपना को सपनाहरु को सुची लामै थियो। निरन आफ्नु स्थिती सम्झिन्थ्यो अनी अली हिच्किचाउथ्यो। तै पनि सपना लाई निरास भने पार्न चाहदैनथ्यो। "पछी पनि किन्नै पर्छ अहिलेनै किने भै हाल्यो नि"--- सपना जिद गर्थी। निरनको हरेक बिरामीको उपचार थियो सपना सँग। सामान किन्दा सानु कुराहरुमा आँखा लाग्दैनथ्यो सपना को । उस्ले छानेका सबै महङो नै हुन्थ्यो। निरन अहिले चाहिने मात्रै किनौ, फजुल खर्च नगरौ भन्थ्यो। सपना सबै चाहिन्छ भन्थी। निरन हैरान हुन्थ्यो र केही नभनेर चुपचाप बस्थ्यो। प्रश्न-जवाफ-प्रतिप्रश्न को यो क्रम धेरै चोटी दोहोरियो, बिहा भएको पहिलो महिना मै। कहिले सम्बाद लम्बिन पुग्यो। सपना ले आँखा भरी आशु पारेर "मेरो लागि होइन नि निरन सबै घरकै लागि हो" भने पछी निरनको मन पग्लिन्थ्यो। क्रेडिट कार्डमै पैसा चढाएर भए पनि सपनाले देखेको सपनाको संसार लाई बिस्तारै भरी दिन थाल्यो। निरन आफ्नो पिरहरु सपनालाई भन्दैनथ्यो। कामको भने अली पिर नै थियो उस्लाई। फेरी अब त उस्ले आफ्नो मात्रै होइन सपनाको बारेमा पनि सोच्नु पर्ने थ्यो। सपना एम. बि. ए. गर्न चाहन्थी र घर नजिकै को युनिभर्सिटी भने अली महङगो थियो। तर निरनको एउटा पिर भने कम भएको थियो, घर को लागी किनमेल सबै सिद्धियो। घर भरियो सपनाले चाहे जस्तै सामानहरुले। नेपाल बाट फर्केको केही महिना पछी निरनको जन्मदीन आयो। सपना एक हप्ता अगाडि देखिनै निकै उत्साहित थीइ। जन्मदिनको दिन निरन सधैं झै चिया हातमा लिएर काम गयो। सपना बिहानै उठेर पूजा पाठ गरी। निरनको दिर्घायुको कामना गरी, आँफैले केक बनाइ। निरनलाई मनपर्ने कुराहरु पकाइ। घर बेलुन र कागजका रिबनले सजाइ। निरनलाई केही थाहै दिइन। उता निरनले भने सपनालाई थाहै नदिएर डिनेर को लागि दुइटा टेबल रिजर्भ गर्यो। सपना निरन आउनु अगाडि सबै तयार बनाएर राख्नको लागि दिनभरी हतार हतार घर सजाउने र पकाउन गर्न थाली। बेलुका निरन आयो। ढोका खोल्दा सजिएको घर, निलो सारी र स्रिङ्गारमा सजिएकी श्रीमती देखेर हर्शित भयो। सपनाले डाइनिङ टेबलमा खानाका पारीकारहरु राखेकी थीइ। घरभरी मैन बत्ती बालेकी थिई। टेबल मा वाइन को बोतल र दुइटा गिलास ठीक पारेकी थीइ। निरनले टेबल रिजर्भ गरिसकेको कुरा सपनालाई सुनायो। सपनालाई घरमै जन्मदिन मनाउन मनथ्यो, त्यसैले निरनले टेबल क्यन्सल गर्यो। सपना भित्र गइ र जन्मदिनको उपहार भनेर ठुलो बट्टा लेराएर निरनलाई दीइ। निरन छक्क पर्यो। सपना एक्लै किनमेल गर्न जानलाई गाडी चलाऊन सक्दिनथी। निरनको अगाडि केही किनेको निरनलाई थाहा थिएन। निरनले बट्टा खोल्यो। केही दिन अगाडी पसलमा नकिनी छाडेर आएको त्यही लेदरको कोट देखेर झस्क्यो। त्यो कोट सपनालाई निकै मन परेको थियो र निरनलाई एकदम सुहाउछ जस्तो लागेको थियो। निरनलाई भने खासै मन परेको थिएन तर सपनाले मन पर्यो भनेको भएर लगाइ हेर्यो। सुहाएको जस्तो उस्लाई पनि लाग्यो, तर पैसा हेर्दा $९०० देखेर पैसा अनुसारको लुगा जस्तो लागेन। "मलाई लेदरको कोट मन पर्दैन त्यती फेरी यती पैसा हालेर कहाँ जाँदा नै लगाइन्छ र?" निरनले मनमा लागेको कुरा भन्यो। सपना फेरी निरनको मन बुझ्न असफल भई। उस्ले सोची निरनलाई मन परेको थियो तर महङगो लागेर निरनले किनेन। उ केही बोलेकी थीईन त्यती बेला। मनमनै work permit आउने बित्तिकै म पनि काम गर्न सुरु भनेर सोची। उस्ले निरनलाई जन्मदिनमा त्यही उपहार दिने सोची। बिहेमा आएको उस्को आफ्नै पैसा बाट किन्ने बिचार गरी। एक्लै जान सक्दिनथी त्यसैले निरनको सात बर्ष सम्म सँगै बसेको सबै भन्दा मिल्ने साथी बिशाललाई भनी र उही सँग गएर किनेकी थीइ। त्यती पैसा हालेर किनेको र बेक्कारमा बिशाललाई दु:ख दिएको निरनलाई मन परेन। उ आफु पनि सकेसम्म अरुलाई दु:ख दिदैनथ्यो र अरुले दिएको पनि मन पराउदैन थ्यो।
"यती महङगो किन किनेको अहिले, आखिर म यो कहाँ नै जाँदा लगाउछु र?" -- चाहेर पनि उस्ले आफ्नो आक्रोसलाई दबाउन सकेन। "यो मैले आफ्नै पैसाले किनेकी हो, तिमीलाई सुहाएको भएर।" रुन्चे आवजमा सपनाले भनी। "कुरा तिम्रो र मेरो पैसा को होइन सपना, कुरा तिम्रो फजुल खर्च गर्ने बानी को हो" --- निरनको आवज झन चर्को भयो। सपना केही नबोली आँखा भरी आशु पारेर कोठामा गैइ। दिनभरीको उस्को मेहनत र उत्साह एक पल मै चकनाचुर भयो। निरनको मन छताछुल्ल भयो। फकाउन उस्लाई कहिले आएन। आँखा बन्द गरेर सोफामै पल्टिरह्यो। फेरी आँखा खोल्यो सजिएको घर र सपनाको मेहनत प्रती माया जाग्यो। सम्झाएर भने हुने कुरालाई आक्रोसमा आएर भनेको देखेर आँफै सँग रिसायो। कोठामा गयो। सपना भित्ता पट्टी फर्केर सुतेकी थीइ। उस्ले "सपना" भनेर दुई चोटि बोलायो। सपना बोलिन। ढोका लगाएर बाहिर गयो। मनमा आँधी चल्न थाल्यो। थाम्ने प्रयत्न जती गर्यो आँधी झन झन उर्लदै थ्यो। सपना निदाएकी थीइन। सकोस पनि कसरी? जन्मदिनको दिनमा पनि रिसाएर बस्न। आशुको भेल सँगै उस्का उदासिहरु पनि बगेर गए। परेली भिजेकै थिए। त्यही भिजेको परेली लिएर बाहिर गइ। निरनको छेउमा बसी र उस्को छातीमा टाउको राखी। निरनले सपनाको कपाल बिस्तारै सुम्सुमायो र सपनालाई अझ छातीमा टाँसेर टाउकोमा प्रेमपुर्बक चुम्यो। सपनाले टाउको उठाएर निरनको उदासी आँखाहरुमा हेरी। सपनाको आँखामा आफु प्रतिबिम्भित पाएर निरनको मनमा धेरै बेर देखी चलेको आँधी सपनाको एक हेराइमै थामियो।
क्रमश:
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-31-08 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hmmmm..... padhdaichhu hai ma pani! dami chha.
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-31-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माइला दाई, धन्यवाद! केही भयो जस्तो लाग्यो हजुरलाई?
साथी, धन्यवाद! लौ न मैले सबै केटाहरु त्यस्तो भनेको छु त? निरनको पो कुरा गरेकी :)
kalejo, ल आयो कथा :) psychosit ,धन्यवाद! idea नराम्रो त होइन तर त्यो process झन निकै लामो होइन र भन्या? :)
Dog, सधैं झै प्रतिकृयाको लागि धन्यवाद। यो कथा मन परेको सुन्दा खुशी लाग्यो।
Last edited: 31-Jul-08 12:48 PM
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 07-31-08 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथाको यो चौथो भागमा चै भुसमा आगो लागेको देखें।
|
|
|
deojupc
Please log in to subscribe to deojupc's postings.
Posted on 07-31-08 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Keep it up. The presentation is really good . waiting for next part...
Thank you
|
|