[VIEWED 91180
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-22-08 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
पछील्ला केही दिनहरु अत्यन्त ब्यस्तताका साथ बितेका थिए। टिकट, पैसा आदिको काम, किनमेल र नातागोता अनि साथीभाईसँगको बिदाइ भेटघाट आदिले प्रशस्त समय खाएको थियो। २०५० भाद्र ६ अर्थात् १९९३ को अगस्ट २२ मेरो नेपाल बसाइको अन्तिम दिन थियो। आईतवार परेकोले बुवा आमा दुबै जनाको अफिस छुट्टी थियो। बिहानीको खाना खाए पछि बुवालाई सपरिवार फोटो खिचाउन मन लागेछ। सपरिवार भनेको बुवा, आमा र म। किनमेल पनि सिद्ध्याउँ अनि प्रोफेसनललाई नै फोटो खिचाउँ भनेर नयाँ सडकतिर लागियो। चार पाङ्ग्रे थिएन हाम्रो। सपरिवार कतै जानु पर्यो भने म चाँही मेरो साईकलमा (जसलाई मैले ग्लोबल एक्स्प्रेस भनी नामाकरण गरेको थिएँ, स्कुल पढ्दा रानीपोखरी र पानीपोखरी बीचको अन्तर्महासागरीय बाटो तय गर्नु पर्ने भएकोले अनि अरु बेला त्यसैमा जहाँ पनि जाने भएकोले), बुवा र आमा चाँही मोटरसाईकलमा जानु पर्थ्यो। बुवा एकदम सचेत चालक तर म चाँही आँखै नहेरी कुदाउने भएकोले समयको त्यति धेरै अन्तर हुँदैन थियो एकै समयमा निस्किए पनि। जे होस्, फोटो कन्सर्नमा तीनै जनाको सामूहिक फोटो खिचाएर बाँकी किनमेल अलिअलि गरेर घर फर्कियौं। फेरि सानोतिनो फोटो सेसन चल्यो। कुनै बुवासँग, कुनै आमासँग, अनि ग्लोबल एक्स्प्रेस सहितको एउटा अनि कुकुरसँग एउटा। साँझमा सुटकेस पोको पार्ने काम भयो। बुवा आमासँग केही गम्भिर केही ठट्यौला अनि केही सामान्य कुराकानी भए। सामान्यतया मेरो निंद्रा कुम्भकर्ण मार्काकै भए ता पनि त्यो रात भने अनिंदो रह्यो। मनमा अनेक कुराहरु खेलिरहेका थिए। उत्साहित थिएँ नयाँ ठाउँमा नयाँ जीवन शुरु हुन लागेको भनेर। डर पनि लागिरहेको थियो, परिवारबाट टाढा अनि नितान्त भिन्न ठाउँमा एक्लै सर्दाको ट्रान्जिसन् कस्तो हुने हो, त्यहाँ पढाईमा सफल हुन सक्ने हो कि होइन, त्यहाँको बाताबरणमा घुलमिल हुन सक्ने हो कि होइन आदि आदि कुराहरुको। बल्ल बल्ल अलिअलि सुतियो। भोलिपल्ट बिहान पनि यताउती केही गरुँ कि भन्यो, फोन अनि घरमा मान्छेहरु आउने क्रम पनि बाक्लै थियो। घरैबाट एअरपोर्ट जानेको पनि ठुलै जत्था बन्यो। हाम्रो घर मूल बाटो भन्दा केही भित्र भएकोले एउटा ट्याक्सी बाहिरबाट खोजेर ल्याउनु पर्यो। त्यसैमा हामी ३ जना र अर्को एक जना चढ्यौं। अरु कोही आफ्नै सुरमा एअरपोर्टतिर लागे भने कोही आफ्नो बाटो लागे। सिमसिम पानी परीरहेको थियो। कुपन्डोलतिरको बाटोमा खाल्डा खुल्डी धेरै भएकोले हिलाम्य थियो। कुपन्डोलबाट ट्याक्सी उत्तरतिर मोडियो, बागमतीको पुल तरेर थापाथली हुँदै माइतिघरसम्म। सोच्दै थिएँ, दैनिक जसो हिंड्ने गरेका यी बाटाहरुमा अब फेरि कहिले आइने हो भनेर। केही बेरमै नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै बिमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको अगाडि रोकियो। पानी पर्न पनि रोकिएको रहिछ। सामान बोकिदिन खोज्नेहरुलाई पर्दैन पर्दैन भन्दै भित्र पसियो। बुवालाई पनि भित्र जान दियो, "पहिलो चोटि बिदेश जान लागेको छोरा, अलमल्लिएला कि भनेर" भन्दै प्रहरीसँग अनुरोध गरेपछी। आँफै नसक्ने त होइन, तैपनि। लस एन्जलससम्म सुट्केस चेक गर्न मिल्यो, त्यहाँको भन्सार क्लेअर गरेर फेरि आन्तरिक उडानलाई चेक गर्नु पर्ने रहेछ। बैंककसम्मको लागि झ्यालकै सिट मागें। बोर्डिङ पास चाँही बैंककबाट फेरि लिन पर्ने रहेछ। यात्रुहरु त्यहाँबाट भित्रैबाट माथि जान पाँउथे। दोस्रो तलामा अध्यागमन तर्फ छिर्ने ढोका र त्यो भन्दा माथिल्लो तल्लामा एउटा रेस्टुराँ अनि कौसी थियो। गैर यात्रुहरुले चाँही टिकेट काटेर बाहिरैबाट माथि जान पाउँथे। १९९९को ईण्डियन एअरलाइन्सको बिमान अपहरण पश्चात् ती सुबिधा बन्द गरिए। कौसिमा झन्डै एक दर्जन जतिकै भीड जमिसकेको रहिछ। अब त्यही त हो नि, राम्रोसँग बस्, पढ्, केटी चाँही नेपालकै बिहे गर आदि भन्ने प्रश्स्तै थिए। हामीलाई पनि त्यतै तान भन्नेहरु पनि थिए। फेरि फोटो सेसन शुरु भयो। त्यसै बीच थाइ एयरवेजको बिमान अवतरण गर्यो। क्रमश:
|
|
|
|
amiran
Please log in to subscribe to amiran's postings.
Posted on 09-26-08 7:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks a lot Chiple ji.Yeha ko last suggestion le kaam garyo.Unicode ma gaye ani unicode (UTF-8)click gare then problem solved bhayo.Aaba story padera comment ta garne nai chhu.Keep waiting hai ta.
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-26-08 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
छात्रावास भवनको माथिल्लो तल्लामा थियो त्यो सानो कोठा। ढोकाको सीधा ओछ्यान थियो, र ढोका खोल्न पुग्ने भाग बाहेकको कोठाको लम्बाइ ओछ्यानले नै ओगटेको थियो। ढोकाको छेउको भित्तामा एउटा फोन सेट थियो, जसको तारको लम्बाइ कोठाको लम्बाइ भन्दा बढी थियो होला। त्यही कुनामा एउटा सानो क्लोजेट थियो। ओछ्यानको बिपरीत भित्ताको बाँकी लम्बाइ भित्तैमा जोडिएको टेबलले ओगटेको थियो भने त्यसको माथि किताब आदि राख्ने मिल्ने एउटा rack थियो। बीचमा मुस्किलले एक मिटर ठाउँ थियो होला। फोन सेटको मुनी एउटा सानो दराज जस्तो थियो, अनि टेबलको अगाडि एउटा मेच। ओछ्यानको तल चारवटा ससाना घर्राहरु थिए। त्यही कोठामा अमेरिकाको मेरो पहिलो रात बित्यो। राम्रोसँग निंद्रा त के लाग्थ्यो, एकै छिन् निदायो, फेरि बिउँझियो। पछिल्लो चोटि बिउँझिदा त उज्यालो भैसकेको रहेछ। घडी हेरें, बिहानको ७ जति बजेको थियो। कोठाको बन्द पर्दा उघारेर हेरें, ठाउँ त सुन्दर नै रहेछ। जताततै रुखहरु थिए, अनि २ देखि ३ तलाका भवनहरु बीच बीचमा। अलिकति अग्लो ठाउँमा रहेछ त्यो क्षेत्र। तल अलि गहिरोमा सडक थियो। कोठाको बाहिर पट्टी एउटा कोरिडोर जस्तो थियो। एकातिर सिन्क र अर्कोतिर शौचालय र नुहाउने ठाउँ थिए। सिन्कको दुई छेउमा दुई दुई कोठा थिए। चार कोठाको साझा रहेछ त्यो ठाउँ। हात मुख धोएर कोठामा फर्किएँ। जम्मा एक सरो जगेडा लुगा बाहेक अरु सबै कुरा हराएको सुटकेसैमा थियो। त्यही लुगा लगाएर निस्किएँ कलेज वरिपरि डुल्न पर्यो भनेर। कोठा बाहिरको कोरिडोरको अर्को ढोका खोलें। सानो भान्सा जस्तो रहेछ, जहाँ एउटा सानो फ्रिज, चुल्हो र माईक्रोवेभ (माईक्रोवेभ ओभन हुन्छ भनेर अलि पछि मात्रै थाहा पाएँ, नेपालमा त त्यसको नाम सम्म पनि सुनेको थिइनँ) थिए। अनि छेउमा केही सोफा र टेबल राखिएका सानो बैठक कोठा जस्तो थियो। बैठकमा छिरेर बाहिर निस्किएँ, बार्दली जस्तो रहेछ। अनि सम्झिएँ भित्रैबाट पो माथि आएको थिएँ त भनेर। बैठकमै ३ वटा ढोका रहेछन्। एउटा त भान्सातिर छिर्ने भैहाल्यो, अर्को चाँही आफ्नो कोठा भएतिर जाने रहेछ। अर्को ढोका चाँही त्यस्तै अरु चार कोठा भएतिर जाने रहेछ। भान्सातिर जाने ढोकाबाट निस्किएर फेरि अर्को ढोकाबाट निस्किएर बल्ल तल जाने भर्र्याङ् भेट्टाएँ। ३ तला झरेपछि छात्राबासको बैठक जस्तोमा पुगें। एउटा बिशाल टि.भी बिना दर्शक चलिरहेको थियो। अझ तल्लो तल्लामा चाँही अर्को टि.भी, केही भेन्डिङ मेशिन (त्यो चाँही नेपालमै टि.भीमा देखेर थाहा थियो) र पूल टेबल (सुनेको तर नदेखेको) र अर्को भान्सा जस्तो थिए। मध्यरात पश्चात थकित भएर कहाँबाट पसेको पनि राम्रो सम्झना थिएन मलाई त। बेसमेन्ट (पछी जानेको शब्द है यो पनि) बाट नभै भुइँ तल्लाबाटै पसेको जस्तो लाग्यो र, त्यही बिशाल टि.भी छेउको ढोकाबाट बाहिर निस्किएँ। करीब आठ हजार जनसंख्या भएको सानो शहरमा करीब १५०० बिद्यार्थी पढ्ने लिबरल आर्ट्स् कलेजमा भर्ना भएको थिएँ म। आफूसँग भएका कागजातबाट आएर कुन कुन कार्यालयहरुमा सम्पर्क गर्ने भन्ने थाहा भए तापनि ती कहाँ कहाँ छन् भन्ने कुराको कुनै पत्तो थिएन मलाई। यत्तिकै वरिपरि डुल्न थालें random दिशाहरुमा। छात्रावास चाइनिज ईटाको जस्तै भवन रहेछ। घुम्दै जाँदा बिभिन्न भवनहरु देखें। हरेक भवनको अगाडि काठको साइनबोर्डमा भवनको नाम, त्यहाँ रहेको कार्यालय, र भवन निर्माण भएको बर्ष खोपेर लेखिएका थिए। अगाडिपट्टी चाँही फराकिला पेटीहरु थिए भने पछाडिपट्टि चाँही गाडी चल्ने पीच सडक थिए। त्यस्तै आठ दश भवनहरु बीच एउटा बिशाल चौर थियो जसका बीच ठूला ठूला रुखहरु थिए र बस्ने केही बेन्चहरु पनि थिए। हरेक भवनको अगाडि पर्ने गरी चौरलाई ढलान गरेको फराकिलो पेटीले घेरेको थियो भने चौरलाई नै छिचोलेर जाने पनि केही पेटी थिए। पेटी र चौरमा थुप्रै लोखर्केहरु देखिए। कोही रुख चढ्दै थिए, कोही चौरमै रमाइ रमाइ के के खाइरहेका जस्ता देखिन्थे। लोखर्केहरुले खाइरहेको द्रीश्यसँगै आफूलाई पनि भोक लाग्न थाल्यो। अघिल्लो दिन सार्लोटसम्मको उडानमा आधा भाग खाएको खल्लो कुखुरा पश्चात अन्तिम उडानमा एक पोका बदाम र कोक बाहेक खाएको थिइनँ। तर कहाँ गएर के खाने भने थाहा थिएन, आफूले नेपालबाट केही ल्याएको पनि थिइनँ। बिचार गरें, एकैछिन डुलेर छात्राबास फर्केर भेन्डिङ मेशिनबाट केही खानुपर्ला भनेर। चौरलाई छिचोलेर अरु भवनहरुको अगाडि हुँदै मूल बाटो जस्तोमा पो पुगेछु। त्यतिबेलासम्म आफूले सम्पर्क गर्नु पर्ने कुनै पनि कार्यालय देखेको थिइनँ। बाटो काट्ने ठाउँमा त ठूला ठूला अक्षरमा DON'T WALK भनेर रातो संकेत बलेको थियो। नहिंडिकन कसरी बाटो काट्ने त भने जस्तो भयो। यसो खम्बामा हेरेको, "push button for walk signal" लेखिएको रहेछ। छेउको डल्लो बटन थिचेर केही बेर कुरें र हरियो अक्षरमा WALK लेखेको आए पछि बाटो काटें। त्यता चाँही पसलहरु रहेछन्। कुनै बन्द थिए कुनै खुलिसकेका थिए। पछि थाहा पाएँ downtown भनेको त्यही रहेछ, मुस्किलले २०० मिटर लामो ब्लक थियो। शायद नौबिसे बजार त्यो भन्दा ठुलो होला। बाटो काटेर एक मिनट पनि हिंडेको थिइन होला, एक मोटो न मोटो अधबैंसे जोडी हात समात्दै बिस्तारै मेरो बिपरीत दिशामा हिंडिरहेका थिए। त्यति बेलासम्म काठमाडौंमा हात समातेर हिंडेको द्रीष्य बिरलै देखिन्थ्यो, देखिए पनि तन्नेरी जोडीहरु हुन्थे। त्यति मोटा मान्छे पनि आफूले कहिले देखेको थिइनँ। कस्तो हाँसो उठ्यो के। अब उनीहरुको अघिल्तिर हाँस्न भएन, त्यसैले फर्किएर मुसुमुसु हाँस्दै जिन्दगीमा दोस्रो चोटि बटन थिचेर बाटो काटें, छात्राबासतिर फर्किने बिचार गर्दै। फर्कन्छु त भनें तर बाटै अलमल्लिएँ। हिंड्ने मान्छे पनि नगण्य देखिन्थे, त्यो पनि टाढा टाढा कसैलाई सोधूँ भने पनि। यत्तिक्कैमा एउटी कालो बर्णकी महिलाले मलाई नयाँ विद्यार्थी हो भनेर सोधिन्। मैले हो भनें, र परिचय गरियो। ऊनी हाइटीकी बिद्यार्थी रहिछन्, नाम चाँही फ्लोरी। संयोगबस नयाँ बिदेशी बिद्यार्थीहरुलाई सहयोग गर्ने जिम्मा उनले लिएकी रहिछन्। अघिल्लो राती आएको र अहिले बाटो हराएको अवगत गराएँ। उनले ब्रेकफास्ट खान पनि हुन्छ, अनि अरुसँग पनि परिचय हुन्छ भनी उनैसँग आउन आग्रह गरिन्। मान्छे भेटिने अनि भोक मेटाउन पाउने आश गर्दै म पनि उनैसँग हिंडे। क्रमश:
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-26-08 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्रोको कुरा सुनेर पिल्सिङभान्या को स्लिपरी रक भन्ने महाबिद्यालयलाई सम्झिएँ--- कुरो उस्तै।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 09-26-08 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dami dami... ajhai jawos!!!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-29-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अमिरनजि, फन्टको समस्याले गर्दा पढ्न कठीनाइ हुँदा हुँदै पनि प्रयास गरिरहनु भएकोमा धेरै धेरै धन्यवाद छ। आशा छ, अब त बिना अवरोध पढ्न सक्नु भयो होला भनेर। तपाईंको आज्ञा मुताबिक प्रतिकृयाको प्रतीक्षामा छु है। दीप पर्भो, जावस् न त पिल्सिङभान्या को स्लिपरी रक भन्ने महाबिद्यालयको सेरोफेरोको कथा पनि दुई चार वटा। चेली, धन्यवाद। जान्छ जान्छ अरु पनि बिस्तारै, ढुक्क भै बसम्।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-29-08 5:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले गुरु को संझना शक्तिको भक्ती गर्नु पर्ला जस्तो छ। खास मा यो आलेख त्यही लौका लाई पढ्न लगाउनु पर्ला जस्तो छ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-30-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुँदैन ठुल्दाइ, के भन्नु भएको त्यस्तो? यो पढेर ईमेल हान्या हान्यै गरेर मलाई समेत दु:ख दिन थाल्ला त्यो लौकाले
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-30-08 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब काहानी अघी बढीराखेको बेलामा बिचमा लोप स्टोरी पनि हाल्ने होकी - ब'बाल हिट हुन्छ ल एउटा कुरा है - यो भाग लेख्नु भन्दा पहिला कलेज फेरी एक चोटि घुमेर आको हो - कस्तो याद रैछ मान्छे लाई त
अनी मलाई दिनु पर्ने छ नि बाँकी पैसा त्यो याद छ कि छैन,
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-30-08 4:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पेन्सलभानिया को स्लिपरी रक.... अर्थात्....पेइसलभन्याको चिप्लो रक.....अर्थात पेइसिङ भन्जयाको चिप्लो चट्टान.....अर्थात् पिलसिङ भन्ज्याङको चिप्लेढुङ्गा!
कुरो मिल्यो दिल खुल्यो, तारेमाम्।
जावस प्रभो, अरु पनि पेलान जावस!!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-01-08 4:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के के भन्छ यो बाउचा पनि। आफू कलेजबाट झन्डै ५०० कोश टाढा छु, कसरी घुम्न जान पाउनु नि यो लेख्न अघि। तर एउटा कुरा नि, मेरो जीवनको सबैभन्दा स्मरणीय दिनहरु भनेको नै उक्त कलेजमा बिताएका चार बर्ष हुन्। लभ स्टोरी त कसरी लेख्नु नि, च्वाँक केटीले आफूलाई हेरेनन् आफूले पनि झुर केटी हेरिएन, त्यसैले कथै बनेन। त्यसमथि न आफूसँग सेल फोन थियो न त गाडी तिमी जस्तो कहिले शिकागो कहिले कता जानलाई। जिम्माल्बा, यो चाँही गजब गयो। प्राय: सबैले पोखराको चिप्लेढुङगासँग मेरो नाम जोड्थे, दीप पर्भोले भने पेन्सलभानिया को स्लिपरी रक। पिलसिङ भन्ज्याङको चिप्लेढुङ्गा भनेर गजबसँग सन्तुलन मिलाउने कार्जे भो जिम्मालबाट। आफू नपेलिएको भए अवश्य पेल्ने थिएँ, तैपनि यो हप्ता अर्को एक भाग पेल्ने प्रयास गर्छु।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-10-08 5:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
एक मिनट पनि फ्लोरीसँग हिंडिएको थिएन होला, जीवनमा तेस्रो चोटि बटन थिचेर बाटो काट्ने अवसर मिल्यो। अलिकति अगाडि हिंडेपछि सीधा पर्ने भवन देखाउँदै "फूड सर्भिस" सुचारु भएपछि खाना खान जाने ठाउँ त्यही हो भनेर देखाइन्। हामी भने दाँया पट्टिको अलि पुरानो खालको अर्कै भवनमा छिर्यौँ। पस्दा पस्दैको ठाउँमा भित्ताभरि असंख्य स-साना बाकसहरु जस्ता थिए। कलेजमै आधारभूत हुलाक सेवा उपलब्ध रहेछ। त्यो ठाउँको औपचारिक नाम कलेज पोस्ट अफिस, छोटकरीमा CPO अनि बोलीचालीको भाषामा सिपो भनिंदो रहेछ। हरेक बिद्यार्थीलाई एउटा बक्स अनि खोल्नलाई कम्बिनेसन नम्बर उपलब्ध गराइंदो रहेछ। यी कुराहरु सुन्दै अझै भित्रपट्टि रहेको एउटा कार्यालयमा पसियो र परिचय गर्न थालियो। त्यहाँ केही नयाँ बिद्यार्थी र एक कर्मचारी थिए। फ्लोरीले नेपालबाट आएको नयाँ बिद्यार्थी भनेर परिचय गराउँदा सबैले अलि अचम्म मानेर हेरे। कारण के हो बुझिएन, अनि किन अचम्म मानेर हेरेको भनेर सोधिहाल्न पनि मिलेन। सबैभन्दा पहिले परिचय भएको बिद्यार्थीले आफू मंगल ग्रहबाट आएको भनि बतायो। अनि आँफैंले भन्यो, बंगलादेशबाट आएको अनि टाढाको ठाउँबाट आएकोले मंगल ग्रहबाट आएको हो भन्न मन लाग्छ भनेर। त्यस्तै गरी मलेशिया र इथियोपियाबाट एक एक जना आएका थिए। ती तीन जना नै मेरा सबैभन्दा मिल्ने साथीहरु मध्येका हुन पुगे र अझै पनि सम्पर्कमा छन्। मैले केही समय अघि लेखेको "बस नम्बर १०१" का सहयात्री पनि तीनै मलेशियाली हुन्। युनाईटेड वोर्ल्ड कलेजबाट एक बर्षको लागि इटली जाँदा एकजना नेपाली साथी भएको र "कान्चीलाई खाट्टमान्डु गुमाउने सहरा" भन्ने गीत उनैसँग सिकेको कुरा पनि त्यही बेला बताए। इथियोपियाली पनि रमाइलो, हँसाइरहने खालको मान्छे रहेछ। त्यसै गरी जापानको ओसाका स्थित कान्साइ विश्वबिद्यालयबाट एक्स्चेन्ज कार्यक्रममै चार जना आएका रहेछन्। ती लगायत अरु केही बिद्यार्थीहरुसँग पनि परिचय भयो। कलेजको "फूड सर्भिस" अरु केही दिन नखुल्ने भएकोले खानाको लागि अस्थायी ब्यवस्था गरिएको रहेछ। ब्रेकफास्ट भनेर कार्यालयमै अलिकति डोनट, डानिश, केही फलफूल र जुस राखिएको थियो। डोनट त चिनीको पोको जस्तो नै थियो, बरु नेपालमै पाइने मीठो। अनि लन्च र डिनरलाई फुड सर्भिस भएकै भवनमा रहेको स्न्याक बारको भौचर पनि थमाइयो। त्यही बेला नै कलेजको वरिपरि के के छ भन्ने पनि जानकारी दिइयो। केही बेर पछि हामी बाहिर निस्कियौं। दुई चार जना पुराना बिदेशी बिद्यार्थीहरु बाहिर गफ गरिरहेका थिए। सानो कलेज न पर्यो, नयाँ बिद्यार्थीहरु भनेर चिनिहाले। देख्नासाथ मलाई सोधे, थाइल्यान्डबाट आएको हो भनेर। होइन, नेपालबाट हो भन्दा अचम्म मान्थे। अनि सोध्न थाल्थे रामे (त्यहाँबाट भरखरै स्नातक भएका छात्र) र गौंथली (त्यहीं अध्ययनरत छात्रा)लाई चिन्छस् भनेर। त्यति बेला बल्ल बुझें अघि फ्लोरीले नेपाली भनेर परिचय गराँउदा किन अचम्म मानेर हेरेका भनेर। मैले लगाएको टीसर्टमा सूर्योदयको प्रीष्ठभूमिमा मन्दिर र डुङ्गाको चित्र अंकित थियो र बैंकक थाइल्यान्ड लेखिएको थियो। मलाई सबैभन्दा मनपर्ने टीसर्टहरु मध्येमा त्यो पर्दथ्यो। सामान हराएकोले झोलामा बाँकी रहेको एउटै सफा टीसर्ट त्यही नै थियो। झोलाको अधिकांश तौल र ठाउँ त क्यासेटहरुले नै ओगटेका थिए (किन त्यसरी क्यासेटहरु बोकेको भन्ने जस्तो लागेको भए यो संस्मरणको दोस्रो भागको अन्तिम अनुच्छेद हेर्नुहोला)। आएको पहिलो दिनमै त्यस्तो लगाए पछि के होला भनेर त्यति बेला सोच्दा पनि सोचिएको थिएन। अहिले गएर फेरूँ भने पनि बिकल्प थिएन। जे होस्, उनीहरुले रामेको निक्कै प्रशंसा गरे एकदमै "नाइस" र "कूल गाई" भनेर। नजिकै बस्छ र बेला बेलामा आइरहन्छ भन्थे। त्यसै बीच अरु केही पुरानाहरुसँग पनि भेट भयो र उही थाइल्यान्डबाट होइन नेपालबाट हो भन्ने कुरा प्रष्ट गर्ने काम दोहोर्याइयो। केही बेरमा एक जनालाई "तेरो देशको मान्छे आएको छ" भनेर म तिर देखाए। एक छिन त पत्याएन उसले तर उसले नेपालीमै सोध्यो नेपाली हो भनेर मलाई, अनि बल्ल पत्यायो। लामै रहेछ त्यो रामेको आयु पनि, कुरा गर्दा गर्दै आइपुग्यो। ऊ काठमाडौंको रैथाने नेवार रहेछ। स्नातक सिद्ध्याएर नजिकैको ठाउँमा काम गरिरहेको रहेछ अनि अर्को हप्ता नै स्नातकोत्तरको लागि अलि टाढाको ठाउँमा जान लागेको रहेछ। आफ्नो बैंकको खाता बन्द गर्न आएको, तेरो खोल्ने भए हिंड भन्यो, म पनि हुन्छ भनेर लागें। आफूले ल्याएको केही नगद र ट्राभलर्स चेक साथै बोकेको थिएँ। अगाडी चार ब्रीत्त भएको पुरानै थियो गाडी। पछि थाहा पाएँ आउडी भन्ने जर्मन गाडी रहेछ भनेर। गाडी स्टार्ट गर्ना साथ साईनो चलचित्रको "सुन कथा एउटा गीत" बज्न थाल्यो। नेपाल बसुन्जेल त्यति वास्ता नगरेको गीत भए पनि त्यहाँ सुन्दा भने एक्कासी नेपालै पुगे जस्तो लाग्यो। दुई चार मिनटमै बैंक पुगियो। खाता पनि कति थरी हुँदा रहेछन्, आफू त रणभुल्लै भैइयो। फेरि त्यहाँकी कर्मचारीले बोलेको आधा जस्तो आफूले बुझ्न सकिन। रामेले सहयोग नगरेको भए गार्है हुन्थ्यो। बैंकको काम सिद्ध्याएर फेरि कलेजतिरै फर्कियौं। त्यही बेला उसले अरु नेपालीहरुसँग लन्च खान जाने कुरा निकाल्यो जसलाई मैले सहर्ष स्वीकारें। एउटा भवनको पछाडि गाडी रोकेर एक जना अर्को साथी छ कि हेरेर आउँछु भनेर मलाई गाडीमै छोडेर गयो र ५ मिनट जति भित्रै साथीलाई लिएर फर्कियो। पछि पो थाहा भयो त म बसेको छात्राबास त्यही रहेछ भनेर। उसको साथी अलि कस्तो कस्तो तालले नेपाली बोल्ने रहेछ। अरु नेपाली छन् भन्ने त थाहा थिएन मलाई। तिब्बत्ती मूलको रहेछ दार्जिलिङ बस्ने। त्यही बेला थाहा पाएँ, बिशेष कार्यक्रम अन्तर्गत कलेजले तिब्बत्ती शरणार्थीहरुलाई भर्ना लिंदो रहेछ। दार्जिलिङ, काठमाडौं र धर्मशालाबाट ९ जना तिब्बत्ती बिद्यार्थीहरु रहेछन्। अघिल्लो राती हिंडेको भन्दा साँघुरो बाटो भए पनि करीब ६० माइल प्रतिघन्टाको गतिमा गाडी हुइँकियो साइनोको गीत घन्काउँदै। दुबैतिरबाट एक एक वटा मात्रै गाडी जाने खालको बाटो थियो र अधिकांश भाग ग्रामीण क्षेत्रमै पर्थ्यो। बाटो छेउछाउमा लोभै लाग्दो देखिने हरिया ( टि.भी मा देखिने बिदेशी रङशालाका जस्तै) घाँसहरु थिए र एकदमै ठूला देखिने गाइहरु चरिरहेका थिए। १५-२० मिनटमा फेरि शहर पसियो र बाटोमा त्यस्तै १५-२० तलाकै दुई भवन देखियो। ओहो स्काइ स्क्रेपर पनि देखियो भनेर दङग परें। हुन त न्यू योर्क र शिकागोमा १०० भन्दा बढी तलाका घर हुन्छन् भनेर सुनेको थिएँ तर त्यस दिन त्यही देख्नु पनि मेरो लागि ठूलो उपलब्धी भएको ठानें। पछि थाहा भयो, त्यो शहरको जनसंख्या २५ हजार जति, अनि त्यहाँको १७-१८ हजार बिद्यार्थी पढ्ने विश्वबिद्यालयको छात्रावास भवन देखेको रहेछु भनेर। केही बेरमै गाडी रोकियो। त्यतिन्जेलसम्ममा क्यासेट पल्टिएर लाहुरे चलचित्रको गीतहरु बज्न थालेका थिए। क्रमश:
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 10-14-08 4:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lahure ko kun geet ni? "Birta ko chino, bir ko santan..." ho ? Barsau aghi ko kura ni yasari yaad hune??? Guff dya ta hoina hai?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-15-08 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली, कुन गीत भन्ने सम्झिएको भए त लेखिहाल्थें नि। गफ दिएको होइन है, दिन जान्ने भएको भए त कस्तो कस्तो दिन्थें होला। एउटा कुरा म के स्वीकार्छु भने, पुराना कुराहरु जति सम्झिन सक्छु, नयाँ कुराहरु त्यति बिस्तारमा सम्झिन सक्दिनँ। शायद ढल्किंदो उमेरको प्रभाव हो कि।
|
|
|
notavailable
Please log in to subscribe to notavailable's postings.
Posted on 10-15-08 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chilpedhungama umer pani katinjel chup lagera basos, bichara chiplya chiplai.. daju chipledhunga bido va vai.... Anyways, thanks for the great story.. Memory power ta mannai parne.... computerko bhanda manchheko memory badi hunchha vaneko ta suneko thiye tara, ho rahechha... dajuko memory dekhda ta. aru pani peldim hai... praya sabai katha padna pauchhu tara comment garna k mildaina k.
|
|
|
boulevard dreams
Please log in to subscribe to boulevard dreams's postings.
Posted on 10-15-08 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Chipledhunga bro all the experience that u have written in the story exactly reminds me of the very day when i put my first step at US.. well that was so memorable and now i think that those days were nice and entertaining than now because everthing you do at that time was the first time and that was the real experience.... let me tell you one of my funny experience..
शायद मेरो दोश्रो दिन थियो होला अमेरिकामा अनी कलेजको पहिलो दिन क्लास सकिएर एकदमै भोक लागेर लाइब्रेरी सँगइ भएको SEVEN ELEVEN मा गएर त्यही तपाईंले भनेको जस्ताइ doughnut खाएको थिए । नेपालमा चिया सँग पाउरोटी चोबेर खाएको बानी अनी cappucino को नाम सुनेको थिए तर जिन्दगी म खाएको भने थिएन । मैले त cappucino भनेको खाने कुरा होला भनेर सोचीको थिए तर पिउने कुर पो राइहेछ अनी त्यही पिउनका लागि cappucino मसिनको बटन थिछेको त तेस्को आवजले एती सँग तर्से कि अब जिन्दगी न कहिले नि कप्पुसिनो खआन्न जस्तो भयो तर अैले चै खन्छु तर पनि आझै कप्पुसिनो खदा त्यो दिन को झजल्को सधैं आउछ मनमा ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-28-08 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्पूर्ण पाठकबर्गमा दीपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। बिबिध कारणले गर्दा यो संस्मरणलाई अघि बढाउन नसकेकोमा क्षमा प्रार्थी छु। अनुपलब्धजी, हेर्नुहोस् न बुढो भएर किबोर्डमा औंला चलाउन पनि गार्हो भएको छ अहिले त। सकेसम्म छिटो अगाडि पेल्न प्रयास गर्नेछु है तै पनि। बुलभर्डजी, आफ्नो रमाइलो अनुभव बांड्नुभएकोमा धन्यवाद। यस्ता घटनाहरु हुँदा कति चोटि लाज मर्दो तथा अत्यास लाग्दो भए पनि अहिले सम्झिंदा भने रमाइलो लाग्छ, कसो? यस्तै थुप्रै अनुभवहरु यही संस्मरणमा लेख्ने बिचार थियो तर मिलिरहेको छैन। बरु यसो आफूले भोगेका अरु कुरा पनि लेख्नुहोस् न।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-17-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लामो समयसम्म यो संस्मरणलाई अघि बढाउन नसकेकोमा क्षमा प्रार्थी छु। दुई महिना भन्दा लामो अन्तराल पश्चात यसलाई पुन: निरन्तरता दिने प्रयास स्वरुप संस्मरणको दशौं भाग यहाँहरु समक्ष प्रस्तुत गर्दैछु। (केही बेरमै गाडी रोकियो। त्यतिन्जेलसम्ममा क्यासेट पल्टिएर लाहुरे चलचित्रका गीतहरु बज्न थालेका थिए।) गाडीबाट ओर्लिएर एउटा पसलतिर लागियो। अलिकति ग्रोसरी गर्नु पर्ने रहेछ। ढोका नजिकै पुग्दा आँफै खुल्यो। अघिल्लो दिन मात्रै जापानमा स्वचालित रुपमा फ्लश हुने शौचालय देखेको थिएँ, भोलिपल्ट आँफै खुल्ने ढोका देखें। यी जापानी र अमेरिकीहरुले कस्ता कस्ता प्रविधिहरुका बिकास गर्न सकेका हुन् भनेर मनमनै सोचें। रामेले प्लास्टिकको एउटा सानो बास्केट उचाल्यो। धेरै सामान किन्न नपर्ने रहेछ, कतिले टन्न सामान भरिएका गाडाहरु ठेल्दै थिए। सबैभन्दा पहिले तरकारी र फलफूल भएका ठाउँमा पुगियो। कस्तो लोभ लाग्दो देखिएका सबै कुरा। जे हेर्यो सफा, ठूला अनि सलक्क परेका। त्यहाँ नरोकिकन मासु भएको ठाउँमा पुगियो। पहेंलो बट्टामा पारदर्शी प्लास्टिकले छोपिएका कुखुराको मासुका दर्जनौं पोकाहरु देखियो। कुनै पोका ठूला थिए कुनै साना। कुनैमा खुट्टा, कुनैमा पखेटा, कुनैमा छाती आदि थिए अनि कुनैमा हाड छाला झिकिएका मासु थिए। सबै पोकाहरुमा तौल अनुसारको मूल्य उल्लेख गरिएको हुँदो रहेछ। तीनै पोका मध्ये एउटा छानेर रामेले बास्केटमा हाल्यो। उसले नजिकै राखिएका गाई र सुङुरका मासु पनि देखाइदियो। ती पनि त्यस्तै गरी पारदर्शी प्लास्टिकले छोपिएका तर सेता बट्टामा थिए। गाइको मासु गाढा रातो हुँदो रहेछ, अनि सुङ्गुरको चाँही अलि फिक्का। त्यसपछि शीसाको ढोका भएका लामा दराजहरु भएको ठाउँमा गइयो। कहाँबाट दराज हुनु नि, फ्रिजर पो रहेछन् त। त्यहींबाट तरकारीका केही पोका बास्केटमा हालेपछि पैसा तिर्ने ठाउँमा लाइन बसियो। पैसा तिर्ने तरीका पनि चाख मानेर हेरें। आफू भन्दा अगाडिको मान्छेले गाडाबाट सामान झिक्दै काउन्टरमा फिंजायो। खजान्चीले एउटा यन्त्र (scanner भनेर पछि थाहा भयो)ले सामानको निश्चित भागमा निशाना लगाउँदै मेशिनमा चढाउँदो रहेछ। कुनै कुनै कुरा चाँही हातैले इन्टर गर्नु पर्ने रहेछ। काउन्टर त लामै थियो, तर टाढाको सामान लिन हात फैलाउन नपर्ने। कताबाट हो एउटा स्विच थिचेर आफ्नो नजिक तान्न मिल्ने रहेछ। इस्क्यान गर्दै सामान प्लास्टिकका झोलाहरुमा हाल्दै गरेको देखें। पैसा तिरेपछि झोलाहरु त्यही गाडामा हालेर ठेल्दै आफ्नो गाडीमा लग्नु पर्ने रहेछ। अगाडिको मान्छेको सामान अलि अगाडि पुगेपछि प्लास्टिकको एउटा सानो लट्ठी जस्तोले रामेले ठाउँ छुट्ट्यायो र बास्केट खाली गर्न थाल्यो। एक पोका मासु र दुई तीन पोका तरकारी काउन्टरमा फिंजियो। बास्केट चाँही खजान्चीले नै राख्यो। पैसा तिरेर प्लास्टिकका दुई झोला बोक्दै स्वचालित ढोकाबाट निस्किएर हामी गाडीतिर लाग्यौं। उसको बस्ने ठाउँ पुग्न त्यस्तै दुई वा तीन मिनट मात्रै लाग्यो होला। ढोकाबाट छिरेर कार्पेट बिछ्याइएको भर्र्याङ् चढ्दै उसको अपार्ट्मेन्ट्मा पसियो। पस्दा पस्दै दाँयातिर डाइनिङ टेबल र बाँयातिर बैठक रहेछन्। बैठकको भित्री छेउमा भान्सा थियो। बैठकमा अरु दुई नेपाली रहेछन्, एक जना केटा र अर्की केटी। नयाँ नेपाली भनेर रामेले चिनाएपछि केटाले आफ्नो नाम दिंदै हात मिलायो, मैले पनि आफ्नो नाम दिएँ अनि केटीले पनि आफ्नो नाम दिइन्। अनि केटाले सोध्यो, श्रीलंकाबाट आएको हो भनेर। बिना आश्चर्य मैले होइन, नेपालबाट हो भनें। त्यसपछि पो झसंग भएँ त म। बैंकक लेखेको टीसर्ट लगाएको कारण सबैले मलाई थाइ सम्झिएका थिए कलेजमा, अनि नेपाली हो भन्दै बुझाउनु परेको थियो। अझ नेपालीमै कुरा गरिरहेको बेला कहाँबाट श्रीलंकाको कुरा आयो होला। मैले केही बोल्न नपाउँदै उसले हाँस्दै भन्यो, "लौ कस्तो कुरा सोधिरा मैले पनि।" दुबैसँग घर कता, कहिले आएको, अहिले के पढ्दै, नेपालमा कहाँ पढेको जस्ता सामान्य परिचयका कुराहरु भए। दुबै स्नातक तहका बिद्यार्थी थिए। केटो काठमाडौंको रैथाने नेवार थियो र बोलीमा हलुका नेवारीपन थियो तर त्यसलाई चर्कै दार्जीलिंगे लवजले जितेको थियो। केही बर्ष दार्जिलिङ पढेको रहेछ अनि उसको बोलीमा त्यसैको प्रभाव रहेछ। केटी पनि काठमाडौंकी नेवारनी थिइन् अनि उनको "नेपाली" बोलाइमा अंग्रेजी शब्द तथा वाक्यहरुकै बाहुल्यता थियो। नेपालको खबर सोधे दुबैले। बाढी पहिरोको कुरा गरें। मैले नेपाल छोड्न केही हप्ता अघि मध्य नेपालले बाढीको ठूलो प्रकोप झेलेको थियो। खास गरी सर्लाही, रौतहट, र मकवानपुर जिल्लामा सयौंको संख्यामा ज्यान गएको थियो। कुलेखानीको बिद्युत उत्पादन पनि अवरुद्ध भएको थियो कुन्नि के बगाएकोले। पृथ्वी राजमार्गका आगरा, बेल्खू र मलेखू खोलाका पुलहरु एकैसाथ बग्नुका अतिरिक्त जोगीमारा (शायद कृष्णभीर नै हुनसक्छ जहाँ केही समय अघिसम्म बर्षेनी पहिरो जान्थ्यो)मा पहिरो गएको थियो भने त्रिभुवन राजपथको भैंसेमा पुल बग्नुको अतिरिक्त ठाउँ ठाउँमा पहिरो गएको थियो। यसले गर्दा काठमाडौं नाकाबन्दिकै अवस्थामा पुगेको थियो। अमेरिकी सरकारले एन्तोनोभ बिमान मार्फत ढुवानी गरेका बेली ब्रिज जडान गरेपछी मात्र राजमार्गहरु सुचारु भएका थिए। काठमाडौंसम्म सीधा आवागमन सुचारु हुन ३ हप्ता जति लागेको थियो। अर्को समाचार थियो बिमान दुर्घटनाको। थाइ एयरवेजको बिमान दुर्घटना भएको ठीक एक बर्ष पुगेको दिन अर्थात् जुलाई ३१ १९९३ को दिन काठमाडौंबाट भरतपुरतर्फ उडेको एभरेष्ट एयरको बिमान तनहुँमा दुर्घटनाग्रस्त हुँदा बिमानमा रहेका सबैको मृत्यु भएको थियो। अलि पुरानो तर त्यतिबेलाको प्रमुख समाचार भनेको दासढुङ्गा काण्ड अर्थात् नेकपा एमालेका नेताहरु मदन भण्डारी र जीवराज आश्रितको रहस्यपूर्ण मृत्यु थियो। पोखराबाट कता जाँदा हो, मुग्लिङ र नारायणघाट बीच पर्ने दासढुङ्गा भन्ने स्थानमा ती दुई नेता चढेको गाडी त्रिशूली नदीमा खसेको थियो। दुई नेताको लाश घटनास्थलबाट निकै तल नारायणी नदीमा केही दिनपछि मात्रै भेट्टिनु तर चालक अमर लामा (जसलाई घटनाको करीब एक दशक पछि कीर्तिपुरमा हो क्यारे माओवादीले हत्या गरे)सामान्य चोटपटक लाग्नु बाहेक कुशल रहनुले घटनालाई रहस्यपूर्ण बनाएको थियो। यसैलाई लिएर काठमाडौंमा (शायद अन्यत्र पनि भयो होला) धेरै प्रदर्शनहरु भए र दुई चार जनाको मृत्यु नै समेत भयो। दुर्भाग्यबश यी भन्दा राम्रा समाचार सुनाउन सकिनँ मैले। एकैछिन सबैजना गम्भीर भयौं। रामे एक जनालाई लिन भनेर गएको थियो, एउटी राम्री नै केटी लिएर त आयो तर उसकी मायालु पो परिछ। चिनजान पश्चात ती दुई भान्सातिर लागे। अर्की केटी (दिदी बहिनी रहेछन्) चाँही काम भ्याउन भनेर निस्किन्। हामी ३ केटा भने गफ गर्न थाल्यौं। केही बेरमै खाना तयार भयो। लेदो पारी बनाएको कुखुराको मासु, गलाएर बनाएको पीरो फ्रोजन तरकारी, भात अनि सिसिको भारतीय मिक्स अचार त्यतिबेला मेरो अमेरिका प्रवेश पश्चातको सबैभन्दा मीठो भोजन हुन पुग्यो। नेपाली शैलीको भोजन गर्न त्यसपछि मैले अर्को ४ महिना कुर्न परेको थियो। क्रमश:
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-17-08 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिल खुश भयो, चिप्लेको यात्रा संस्मरण पढेर।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-17-08 4:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले गुरु तल तल लागेर के गरु के गरु लाग्या बेला मा एक खिल्ली अगाडि ल्यार द्या जस्ताइ भो मलाई त। धेरै पछी लेरायोउ नि यो भाग रमाइलो भयो १४ बर्ष अघी गएर चिप्लेको सिनेमा हेर्न। ल ल अर्को भाग राख्न फेरी गायब हुने हैन।
ए त्यो बढी पैरो आको समयमा म हेटौंडा मा २ हप्ता अड्केको थिए,२ हप्ता पछी पनि ३ वटा बस चढेर, झुन्डिएर खोला तरेर अनेक गरेर काठमान्डौ अैइपुगिएयोको थियो,चिप्ले तेती बेला अम्रिका आईसक्या रईछ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, पढेर केही लेखिदिनु भयो, हमारो दिल भि खुश भैइगयो। बिष्टे, त्यति बेला म भने रमिते भएर दुइ चोटि हेर्न गएको थिएँ। पहिलो चोटि जाँदा बेलिब्रिज जडान भएको थिएन। बगाएको पहिलो पुल अर्थात् महादेवबेंशीसम्म गएँ त्यो बेला। पुलको आधा भाग बगाएर शायद २०० मिटर जति पर पुगेको थियो होला। अस्थायी घिर्लिङ (तुइन)मा उर्लंदो अनि धमिलो आगरा खोलाको पानीको सतह भन्दा मुस्किलले दुई मिटर माथि झुन्डिएर खोला पार गरिएको थियो। खोलाको बगर हेर्दा थाहा हुन्थ्यो बाढीले कति भयानक रुप लिएको थियो भनेर। वर नौबिसेमा पनि सडकमा ठूला ठूला धाँजाहरु फाटेका थिए। बेलिब्रिज कस्तो हुन्छ हेर्न भनेर पुलहरु जडान भए लगत्तै फेरि मलेखूसम्म गएको थिएँ।
|
|