[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 निर्मोही लहरी by लहरे

[Please view other pages to see the rest of the postings. Total posts: 91]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 127510 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 09-09-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस कथा का घटना तथा पात्र  हरु काल्पनीक होइनन्, कसैको वास्तविक जीवन सँग मिल्न गएमा कथाकार आफु मात्र एक्लो नभै अरु पनि रैछ भनेर दंग पर्ने छ।  

एक जना नखर्माउली छ शिकागोमा - अस्ती फोन गरी है - के भन्छ भनेको त उस्को समर बिग्र्यो रे टिउसन तिर्ने पैसो छैन रे  - के गर्ने रे - मैले पनि क्रेडिट कार्ड स्वाप गर्ने अरु के गर्ने नि भन्दे है। त्यस्पछी अर्को दिन फोन गरेर वीकेन्द मा उस्को प्लान छ मलाई आउनु पर्दैन रे - बाल मतलब मलाई पनि ठिकै भयो भनेर बसे, नत्र कम पैसो खर्च हुन्थ्यो - पैसो बच्यो भनेर बस्यो दिनभरी सुतियो -- कान पनि हल्का भएको छ नत्र ट्यार ट्यार र टुर टुर गरेर एकछिन बस्न दिदैन्थ्यो।

अब समर कसरी बिग्र्यो भन्लाउ - ल सुन
वीकेन्द काम नगर्ने - बिहान १० देखी राती ६-७ बजे सम्म मात्र काम गर्ने त्यस्पछी दिन्दिनै कहिले के कहिले के, नाच्न पनि उलाई नै पर्ने, घुम्न नि उलाई पर्ने, किन्न नि उलाई पर्ने, महँगो ठाउँ मा उलाई नै खानु पर्ने अनी कार्ड चाँही मेरो घोट्ने - बाबा नसकिने
अस्ती मेरो ठाउँमा  आयो घुम्न - रमाइलो लागेन रे - एस्तो ठाउँ पनि ठाउँ रे, मन परेन रे - मलाई नै आउ रे शिकागो। आफ्नो पैसा खर्च गरेर आएपछी कहाँ हुन्छ त रमाइलो - भन्न लाथे घाँटि सम्म आकोथ्यो - निल्दीएँ

अनी अस्ती ANA गाको नि थाहै नदीकन, साझा मा फोटो देखेर बबाल। त्यो सानचा लाई नि किन फोटो राख्नु परेको होला। अनी त घुम्नु पर्‍यो रे उलाई पनि - अप्सन दिएको मलाई
१ न्यू योर्क
२ वेष्ट कोस्ट
३ फ्लोरिडा
एस्तो नि अप्सन हुन्छ।
बहुला कुकुर ले टोक्या छ र, आफु मरी मरी काम गरेर पैसा कमाउने, उ चाँही यो चाहियो त्यो चाहियो भन्ने। विन्टर मा जाउला वेष्ट कोस्ट भनेर फकाको छु। अहिले देखी नै प्लान सुरु भैसक्यो, अब विन्टर मा नयाँ बाहाना खोज्नु पर्ला। अहिले त ठुस्क्या छ जती ठुस्के नि ठुस्कोस्। किन ठुस्किन मन लाको होला है त्यो नखर्माउलीलाई।

कसरी ठुस्किन्छ भन्ने बारेमा लेखुँ है।


ठुस्किन्छ कसरी भन्दा पनि कसरी लोप पर्‍यो भेट कसरी भो भनेर भनौ न पहिला।

त्यो मोरी शिकागोमा पढ्छ undergrad क्या त्यही। एही सालको मे तिर जाडो सकेर घुम्नु पर्‍यो भनेर शिकागो गएँ। ठाउँ त रमाइलो थियो। घुमघाम गरेर बलिङ खेल्न गैयो। त्यही ठाउँ मा एक हुल भनु कि बथान केटी हरु - अप्सरा भनुन खेलिराथी, खेल्न त्यती नआउने JPT खेल्दैथ्यो, खेल्ने भन्दा नि हाँस्ने धेरै, आफु पनि साथीहरु सँग खेल्न शुरु गेरे। आफुत खेल्न मग्न तर पनि कहिले काही नजर उठाएर हेरिथ्यो। एक जना मेरो साथी ले मलाई खुसुक्क त्यो एक जना केटी ले अघिदेखी मलाई हेरिराकोछ भनेर भन्यो। नाक फुलेर कस्तो मेरो - दंग भएँ अनी यसो हेरेको त मुसुक्क पो हाँस्दो रैछ। हंग्सले झन्डै ठाउँ छोडेको मेरो। राम्री त ब'बाल राम्री नि, सलक्क परेको जिउ, हाइट पनि ठिकै थियो, आँखा को त कुरै नगरु - त्यही आँखा मा डुब्ने रहर जाग्यो - साथ साथै सविन राइको गीत पनि याद आयो।

कोमल तिम्रो त्यो बदन मा
ढल्न मन लाग्यो
एकछिन लाई सारा भुलेर
हराउन मलाई इच्छा जाग्यो

एकछिन पछी म मेरो अडर रेडी भएको लिन गएँ। पैसा बुझाउन्दै थिएँ, मेरो नजिकै आएर उभी अनी हाइ आइ एम ----- भनेर भनी मैले पनि आइ एम सेरिअल भनेर भने। कस्तो मिठो बोली - कानमा ध्वनी बज्यो मेरो। एकछिन पछी हाम्रो साथीहरु सँग उस्को साथीहरु को बिच पनि कुरा कानी भयो - यानी चिनाजान भयो।

अब मलाई खेल्न मन लागेको थिएन, साथीहरु लाई तिमीहरु खेलिराख भनेर म अली पर पट्टी रहेको सोफामा गएर बसे। उस्लाई मौका मिलिहाल्यो, भन्नै परेर आएर बसी। के भो किन नखलेको भनेर सोधी - एसरी शुरु भएको गफ एकैछिन्मा कहाँ पुग्यो कहाँ पुग्यो। मस्किदै मेरो बारेमा सोध्न थाले - मैले  पनि भन्दै गएँ। उस्ले नि आफ्नो बारेमा भनी। उस्ले भनेको एउटा कुरा अहिले पनि मलाई याद छ,  I am a simple girl with simple thinking  रे धेरै हाइ फाइ मान्छे हरु मन पर्दैन रे, रिस पनि चाडै उठ्दैन रे अनी एकदमै सोसिएलाइज हुन सक्ने मान्छे रे अनी मान्छे ठुस्स परेको त मनै पर्दैन रे। मक्ख पर्दै सुन्दै गएँ। आफुलाई के था जाल बुन्दै छ भनेर फसिदै गयो लहरे। मेरो हरेक कुरा मा उ हाँस्थी, मन चाँही आनन्द थियो मेरो। त्यो दिन उसँग एक घण्टा जती कुरा गर्‍यो होला। पत्तै पाएन टाईम गएको।
जाने टाईम भयो, मलाई पनि फर्किनु थियो म्याडिसन, जाने बेलामा हग गरी मोरिले - दिल बागबाग भयो अनी त्यही बेला मेरो पाइन्ट को खल्ती मा केही हाल्द्यो  । जादै गर्दा फर्केर हेरी अनी मुसुक्क हाँसी। मैले खल्टी बाट तो चिज निकाले - काचकुच परेको कागज रैछ, खोलेर हेरे
मैले जे सोचे त्यही थियो फोन नम्बर दिएर गइ मोरिले अनी सँगै लेखेको थियो कल मी।

 

 घर पुग्दा १२:३० भैसकेछ। फोन गरौ त जसो लागेको थियो तर गरिन, मनमा कुर खेलाई खेलाई सुते। बिहान उठ्दा ८:०० बजिसकेछ, सोमबार थियो काम त जानै पर्‍यो, गएँ तर काम गर्ने फिटिकै मन थिएन, चौतारीमा पनि गैन त्यस्दिन। जीवनको सबैभन्दा लामो दिन त्यै दिन जस्तो लाग्यो। बल्ल बल्ल ५ बज्यो, ५ बजेर के गर्नु, हाकिम गएको थिएन, उ नगए सम्म आफु पनि जान मिलेन, कुर्नै पर्‍यो, ५:२० तिर बल्ल उठेर गयो, अनी आफु पनि लागे घर तिर। घर गएँ, एक्लो ज्यान खाना पकाउनै पर्‍यो, मेल सेल चेक गरे - एसो त्यसो गर्दा गर्दै ९ बजिसकेछ। फोन गर्न त मन थियो तर गरिन, खाना खाएँ। जे पर्ला पर्ला भनेर फोन लगाएँ, हेल्लो आवाज आयो उताबाट, मैले परिचय दिएँ - अनी त हिजो किन फोन नगरेको रे, उ कुरिराकी रे फोन आउछ भनेर भन्न थाली। के भनौ के भनौ भयो, तर
बहाना त बनाउ नै पर्‍यो - अनी ड्राइव गर्नु परेको ले धेरै थाकेको अनी पुग्ना साथइ सुतेको भनेर भने। सोमबार मे को तेस्रो हप्ता बाट हाम्रो फोन मा कुरा कानी शुरु भयो अनी त्यस्पछी दिनहुँ जसो कुरा हुन थाल्यो। यसरी शुरु भयो हाम्रो मिलन यात्रा।
      जुन को तेस्रो हप्ता हाम्रो एक महिने आनिवोर्सरी मा फेरी म शिकागो पुगे। त्यो बेला चाँही एक्लाई गएँ, साथीहरुलाई लिएर जाने त चान्स नै भएन नि। पहिलो डेट थियो मेरो र उस्को, घुम्घाम गर्‍यो, त्यो दिन त शिकागो त झनै राम्रो लाग्यो, राती गएर क्यान्डल लाईट डिनर पनि खैयो, मोरी त आज अझ बढी राम्री देखिन्थी, पहिलो पटक मेरो क्रेडिट कार्ड घोटियो। त्यो दिन त खुशी खुशी साथ घोटियो, के थाहा त अब देखी मैले नै हरेक पल्ट मैले नै घोट्नु पर्छ भनेर। त्यस्प्छी कती पल्ट घोटियो भन्ने लेखाजोखा नै छैन। पहिलो महिना सम्म त यो किनिदेउ है भन्दै मस्किन्थी, म पनि के कम भुटुक्कै हुन्थ्यो अनी जे भन्यो त्यही। तर मेन प्रब्लेम त अहिले पो छ त। अहिले त सोध्दा पनि सोध्दिन, खुरु खुरु सामान उठाउठी अनी काउटर मा सामान बुझाएर - ही विल पे भनेर देखाउछ अनी खुरुखुरु घोटिन्छ क्रेडिट कार्ड। अनी बिल नि द ब्याग। कहिलै मेरो हातमा बिल परेन। के किन्यो, कती कतिको किनियो थाहा छैन, बस जम्मा कतिको किनियो त्यो थाहा छ।
     एक दिन चाँही हेर्नै पर्‍यो भनेर उ रेस्ट रूम गएको मौका पारी बिल निकालेर हेरे, सामानको पैसा देखे - ब्लूड प्रेसर पैताला मुनी बाट टाउको सम्म पुग्यो...............................    
       

.....सामानको पैसा देखे - ब्लड प्रेसर पैताला मुनी बाट टाउको सम्म पुग्यो।
एउटा लिप स्टिक को $३३ रे, के छ एस्मा भनेर हेरेँ, साधारण लिप स्टिक नै रैछ, तर नाम चाँही लान्कम रे, - यो हेरे पछी अरु हेर्नै परेन। बिल त्यही छोडि बाहिर निस्के अनी कहिले बाहिर निस्किन्छ भनेर कुरेर बसें। हनी भन्दै उ बाहिर निस्की - अँ भन्नै बिर्सेंको, मलाई उ हनी भनेर बोलाउँछ, यानी म चाँही उस्को हनी, अब हुन पनि हो नि, माहुरी  जस्तै मरिमरी कामगर्ने म, मह काट्ने चाँही उ भएपछी, म भएन त उस्को हनी।

मैले समानको बिल मागें। बिल के बिल भनेर काखै मा बसी अनी भन त किन चहियो बिल बाबा तिमीलाई बिल भनेर जिस्किन थाली। यती मात्र के भनेको थियो, माथा तातेको ११० डिग्री बाट झरेर खर्ल्याम खुर्लुम ९९ डिग्री मा पुग्यो, तर यो पटक आफुलाई सम्मालेर १०२ डिग्री सम्म पुर्याएँ तर जती गरे  पनि ११० पुगेन। उ कुरालाई अर्कै तिर मोड्न प्रयास्रत थियो, र हरेक पल्ट बिफल हुँदै थियो, केही नलागे पछी जुरुक्क उठेर कोठामा गै, अनी समान र बिल सहितको पोका मेरो अगाडि फ्याँकिदियो अनी शुरु भयो डाइलग बाजी जाबो एस्तो सामान किनिदिएर के के न गरिदीएँ भनेर सोचेको होला रे, चाहिया छैन रे कसैले किनिदिन, उ आँफै किन्न सक्छ रे - यस बिच उसले मलाई हनी भनेर एकचोटी पनि भनिन - र अन्त्यमासामान सबै रिटर्न गरिदेउ भनेर आफ्नो कोठामा गै अनी ढ्याआमssssss - यो चाँही ढोका लागेको आवाज।

म पनि के काम, आखिर उस्कै प्रेमी न ठहरीएँ, गएर फिर्ता गरिदीएँ सामान सबै, अनी फर्केर फिलिम हेर्न थालें। मैसाब अझै कोठामै रैछ। म पनि बाल मतलब भनेर फिलिम हेर्न मग्न। १ बजे पछी  भोक लाग्न थाल्यो। फ्रिज खोलेर हेरें केही छैन रैछ, अन्डा थियो पकाउन मन लागेन, जुस लिएर पिएँ। एकछिन पछी महारानीको सवारि भयो कोठाबाट किचन तर्फ, पकाउन लग्या रैछ, अरु केही त थिएन अन्डै होला, हो रैछ अम्लेट। कस्तो मिठो बास्न थियो, ल अब खान पाइने भयो भनेर मख्ख थिएँ। मोरी त पाकेको अम्लेट लाई प्लेटमा हालेर मलाई हेर्दा नि नहेरी लुइँ लुइँ आफ्नो कोठामा पो जाँदो रैछ। फेरी ढ्याआमssssss ढोका लायो।

अब त भएन भनेर केही त गर्नु पर्‍यो भनेर सोचे, रिस त मरेको थिएन, त्यस्माथि भोक लागेको। जुरुक्क उठे अनी गएँ फास्ट फुड रेस्तुरन्तमा, टु गो को लागि चिपोट्ले लिएर आएँ, आएर फिलिम हेर्दै खाएँ अनी पोको चाँही देख्ने गरी ट्रास क्यान मा राख्दें। खाइवेरी महारानी फेरी बाहिर निस्की खाली प्लेट लिएर, प्लेट धोइ, अनी नजर चाँही पोको माथि परी हाल्यो। प्लेट राखेर कोठा तिर जाँदै गर्दा बाटोमा टक्क अडी अनी सि गेभ मि अ कोल्ड हार्ड लूक। मैले नि पुलुक्क हेरें। सवारि फेरी कोठा तिर भयो अनी फेरी ढ्याआमsssssss।

फिलिम पनि सक्यो अनी म कम्प्युटर चलाऊदै थिएँ, यस्तै पाँच बजेको थियो, मैसाब मेरो सामु आएर टक्क उभीइ, हातमा टकिया थियो। मैले केही सोच्न नपाईकन नै मलाई त्यै टकियाले हान्न थाली। सके सम्म त छेके, हादै थियो लगातार, एउटा चाँही मुखैमा लाग्यो, मेरो पाली पनि उस्को हात बाट टकिया खोसेर हान्दे मैले नि, मैने एक मारा वो भि सोलिड मारा भने जस्तै मुखै मा लाग्यो। अली जोडले नै लागेको जस्तो छ टुचुकै बस्यो। मुख चाँही रातो भैसकेको थियो अनी केही उपाय नदेखेपछी
उसले आफ्नो अचुक अष्त्र प्रहार गरी, अष्त्र मात्र हो र ब्रम्हाष्त्र नै हान्यो नि मलाई,  दुइटै आँखा बाट गंगा जमुना बहन थाल्यो उसको।

एकछिन सम्म त वास्ता गरिन, तर कतिन्जेल बच्न सकिन्छ र, आखिर ब्रम्हाष्त्र न पर्‍यो, फकाउनै पर्‍यो भनेर फकाउँन शुरु गरें। तिमी मलाई माया गर्दैनौ रे, उसलाई इउज गर्‍यो रे, केटाहरु त्यस्तै हो हुन्छ रे, केटी नफसेसम्म जे पनि किनी दिने रे अनी फसें पछी बिल माग्ने रे - ल अब भयो त। होइन बा होइन मैले त्यस्तो गर्न खोजेको होइन, यू नो, आइ डोन्'ट मिन ड्याट, अफ्कोर्स आइ लभ यू भन्दै फकाउन थालें। बल्ल बल्ल मानि मोरी। अनी भन्न थाली अघिनै किन नभनेको रे एस्तो, अघि नै
फकाउनु पर्छ रे मेरो दिनभरी टाईम वेष्ट भयो रे - ल भयो त जो चोर उसकै ठुलो स्वोर भनेको एही हो।

अनी राती के गर्ने प्लान बनाउन थाल्यो। जस्तो प्लान बनाएपनी पर्ने त आफ्नै खल्टी न हो। राती खाना नपकाउने रे ग्रोसरी जानु पर्छ, भोली जाउँला आज बाहिरै खाउँ है भने। मैले पनि मुसुक्क हाँस्दे अब के नै गर्न सकिन्छ र। सबै कुरा ठीक भैसकेको थियो मोरिले सामान खोइ, हनी भनेर सोधी। अब फर्साद परेन, फिर्ता गरिसकेको समान कहाँ छ भन्ने। के भन्ने भन्ने साँचो कुरा नै भन्दे। अचम्म उ रिसाइन अनी भनी ठिकै छ नि पहिला मल जाउँ सामान फेरी किनौं अनी खान जाउँला। मैले टाउको
हल्लाएँ। उठेर कोठा तिर जाँदै थियो के सोचेछ कुन्नी टक्क अडेर राती मुभि पनि जाउँ है, नयाँ फिलिम आको छ रे भन्यो, हुन्छ भन्नै पर्‍यो, हदैन भन्ने त कुरै भएन,  अनी कती खर्च हुन्छ भनेर हिसाब गर्दै बसें।

मल पुगियो, सामान किन्न थालियो, सबै अघी नै किनेको थियो। सर्प्राइजsssssssssss, यस पटक अघीको भन्दा दुई तिनवटा सामान बढी नै थियो। How did I not see that coming। अघी तिरेको भन्दा बढी नै तिर्नु पर्‍यो, एउटा बिल के मागेको थिएँ आपत नै आइलाग्यो। क्य्रासिएर ले Sir, Do yo want bill with you or in the bag भनेर सोधी। महारानी ले पनि म तिर हेरेर Do you want bill honey? भनेर सोधी। एसपल्ट चाँही मैले नै भन्दे in the bag।

 

Last edited: 12-Sep-08 04:07 PM

 
Posted on 06-24-09 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुलिस दाई यो धागो फेरी माथि पुर्‍याइदिनु भएको मा


नितिसा, कथा मन पराइदिनु भएको मा धन्यवाद -


 
Posted on 06-24-09 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा लहरे..... कथा चै घच्चीको गयो। एकैइ सासमा पढि सके। पढुन्जेल हाँस्दा हाँस्दा हैरान। घर घरको काहानी नै पेस गर्‍यो लहरे त .... फेरी पनी अरु कथाहरु जाओस ..... लेखै एकदम सरल तर मिठो लाग्यो ....   

 
Posted on 04-25-14 1:03 PM     [Snapshot: 9837]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baucha ko katha
 
Posted on 04-25-14 2:39 PM     [Snapshot: 9901]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial,

Great and funny story. Based on how you have written, I believe that its a true story. But be careful with those who excessively use your credit card coz I know a gal, her BF paid all her tuition for her nursing school for a year or two and went broke while doing so in the hope that his future wife will make money and pay the debt. When he was unable to pay her tuition anymore, she decided to find a new BF who has higher credit limit so he can pay her final year tuition :)
...so think about his (former bf's) situation ..poor guy...:(

When she graduated in 2012 ( I think her new BF was also almost broke by that time) she felt that she needs someone who is financially secure so married another guy who was working as Developer in IT field..:)

Disclaimer: This is a true story but I don't mean to disrespect or generalize the situation. I do respect women in general.
 
Posted on 04-25-14 2:58 PM     [Snapshot: 9938]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you nepboy789,  you are 6 yrs late - wrote this stroy in 2008 - Anyway everything turns out just right. :
 
Posted on 04-25-14 3:39 PM     [Snapshot: 9957]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oops.. I forgot to check the original post date.

Anyway, does that mean you got married and probably have couple of kids by now? If that's the case, you never invited any of the sajha users who were expecting a party as per above thread :)

Wish you all the best!
 
Posted on 04-25-14 4:43 PM     [Snapshot: 9990]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good job Serial, enjoyed it. Don't remember when the last time I read whole story on Sajha, this time I did. Keep it up
 
Posted on 04-25-14 11:06 PM     [Snapshot: 10110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

just read this story. Interesting.
wonderful chemistry. own's way of sharing love.
must be a wonderful couple.
Best wishes.
 
Posted on 04-26-14 9:32 AM     [Snapshot: 10197]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks smtzac and sojoketo
 
Posted on 04-22-15 3:57 AM     [Snapshot: 15862]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो


 
Posted on 01-05-16 12:10 PM     [Snapshot: 25895]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters