जगटाधारि भाईको लाईन लाई लिएर धागो बुनेको छु । भाई धन्यबाद, नसोधि लेखे । मलाई हक छ नि है ॥
“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटि राम्री छ, एकचोटि हेर” आमाले
चिया संग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटि संग हो, तर पनि यो मामला
मा किन किन म decision गर्न एकदम weak भएरहेको थिंए ।
“खान्दानि छन् रे, आंगन पनि ठुलो छ“ आमाको भनाईको आसय मैले प्रष्टरुपमा
बुझेको थिए । तर कुनै विबाद नगरि म चुप् लागेर कुरा सुनि रहे ।
“एक्लि छोरी, काठमाण्डौंमा दाजु भाई संग बसेर पढेकि, शिल स्वाभाव
राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चियो भन्दा ति कुरा र
बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै
हुनुहुन्थ्यो ।
“मलाई त मन खायो, तंलाई भनेर फोटो मगाएकि छु, ला” आमाले २ वटा फोटो
हातमा राखिदिनु भयो ।
आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटि त राम्री नै हो । मैले
झलक्क हेर्दा त्यहि देखें ।
म रिमोट बटारि रहेको थिंए । ०-५२ फेरि ० च्यानल सम्म बटार्नु मेरो
पुरानो बानि । भरे बुआ आएपछि कुरा गरौला भनेर आमा गिलास उठाउँदै जानु भयो । आमा
गएपछि ‘केटिलाई’ नियालें ।
मुहार त राम्रै हो । कपाल कत्रो हो प्रष्ट संग देखिएको थिएन । कुर्ता
सलवार, बाहुला नभएको (sleeveless) ले उनका पाखुरा राम्रो संग देखिएको थियो । गोरो
रंगमा खुलेको । ग्लामसर जस्तो । चस्मा
लगाएकि, गोरि, मोटि-मोटि। मैले त्यो फोटोमा मेरि दुलहि खोज्न थालें ।
आमा खाजा लिएर आउनु भयो । फेरि त्यहि उसिनेको तरुल र टमाटर को चट्नि ।
मीठो लाग्छ भन्दै मा दिनै पिच्छे खुवाएर हैरान ।
मैले मुख फोरेर भने । पहिले म भेटछु, कुरा गर्छु अनि मात्र हजुर हरु ।
आमा मान्नु भयो ।
म पनि दंङ्ग परे । खोजे जस्ति श्रीमति पाईने भयो भनेर । खाजा त्यसै
मीठो भयो ।
बुआ पनि ढिलो ढिलै आउनु भयो । ‘बुढाले बियर दन्काएछन’ मन मनै भने ।
‘केटि त अर्कै खोजौ है” बुआले खाना पछि भन्नु भयो ।
“किन नि” आमाले अलिक कडा स्वरमा भन्नु भयो ।
“आऽऽऽऽऽऽ अर्कि खोजौ न, मलाई अलिक मन
खाएन “
“बिहे तपाईंले गर्ने कि कान्छाले” आमा रिसाउनु भयो ।
मेरो मन कुडिंयो । कस्तो कस्तो कल्पना गरिसकेको थिए, त्यो फोटो कि
दुलहि संग । बुआ, बुढा खुब संसार उनैले बुझेको जस्तो । मलाई पनि रिस उठ्यो ।
“ मैले त उ बेला नै ल्याएको नि तंलाई । कान्छाकै लागि भनेको । अझै
राम्री खोज्न पर्यो भनेको ।“ बुआ हांस्नु भयो । यसपालि आमाले पनि हुन्छ भन्नु भयो
। मैले कुर बुझिन, त्यसै मन खिन्न भयो ।
रात भरि खट्पटि भईरह्यो । किन बुआले मन बटार्नु भयो । के भएछ । केटि त
गतिलि जस्ति छे । पढाइ पनि ठिक छ । राम्रि पनि हो । बुआ आमाले आश गरेको जति देलान
नै, नत्र म के काम । फेरि त्यति को लागि मेरो बिहे के रोक्नु हुन्थ्यो बुआले । किन
किन, मैले पत्तो लगाउन सकिन ।
बिहान ४-५ बजेको हुंदो हो । त्यसै बिउंझिए । आमा बुआ गुनगुनाउदै
हुनुहुन्थ्यो । मैले कान थापेर सुनें ।
“कहिले रहेछ?” आमाले सोध्नु भयो ।
“खोई BA पढ्दा अरे “
“नेवार केटो थियो रे । खुब संगै हिड्थे रे । टोल छिमेकमा कुरा उठेछ । के
के भयो दैब जानुन । अर्काकि छोरि नदेखि नसुनि बात लाउन हुन्न । अनि पढाईको बिचमा नै
दाजु संग काठमाण्डौं पठाएका रे “
“होस, किन हामी अघि बढ्ने । कुरा उनैले राखेका हुन । छोरो मानेन भनिदिउंला”
आमाले भन्नु भयो ।
“कान्छालाई नभन्नु, चित्त दुखाउँछ । फेरि यति सानो कुरा भन्दै उफ्रन्छ
। केटा केटि नै छ, एसो केहि भनेर टारिदे न”
मलाई बिस्मात त भयो । तर हांसो पनि लाग्यो । मन मनै सोचें “अब म I
Sc, BE, M Sc पढ्दा जति केटि साथि संग हिडे, डुले, खाजा
खाए, बरै कसै को बिहे नहुने भयो । कठै मेरा केटि साथि हरु । “
जित्नु केहि थिएन । त्यसैले बुआ, आमाको कुरा मैले प्रतिवाद गरिन ।
बिहान अफिसको लागि निस्कन लाग्दा आमा फोन मा कुरा गर्दै हुनु हुन्थ्यो
“एएऽऽऽऽऽ, सापकोटा? हो हो चिने । ल ल म भरे आँउछु। अनि कुरा गरौंला ।“
---------------------------------------------------------------------------------------------------------------
अरु कुरा अर्को पटक ।
meaninglessthinkings@somewhereondearth
--------------------