[VIEWED 71459
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-25-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस कथाका बिषयबस्तु, पात्र र घटना सबै काल्पनिक हुन। कसैको वास्तविक जीवन सँग मेल भएमा केबल सन्योग मात्र हुने छ।
बिहान उठेर निरनले घडी हेर्यो, आठ बजेको रहेछ। अर्ध खुलेका आँखाले कोठामा चारैतिर हेर्यो। अनी एकछिन अलमल्लमा पर्यो। कोठा अली नौलो पायो। आफ्नो भित्तामा टाँगिएको ठुलो बनाएर राखेको बिहेको फोटो खोज्दैथियो शायद वा खाटको अगाडि राखिएको ठुलो ड्रेसर खोज्दैथ्यो जहाँ एक छेउमा उस्की श्रीमती ले चुरा स्टन्ड मा छपक्क थरी थरिका चुराहरु राखेर सजाएकी थिई र अर्को छेउमा Made For Each Other लेखेको फ्रेममा हनिमूनको फोटो राखेकी थीई जस्मा उनिहरुले एक अर्कालाई प्रेमपुर्बक अँगालेका थिए। आँखा अझ उघारेर सबै तिर नियालेर हेर्यो। अघिल्लो रात को रक्सिले टाउको नराम्रो सँग दुखेको आभाष भईरहेको थियो। उस्ले बल्ल चिन्यो, त्यो कोठा जहाँ आफ्नो विद्यार्थी जीवनको सात बर्ष बिताएको थियो। त्यो डेरामा पहिले उ र बिशाल बस्दथे। पछी उस्ले घर किनेर सरेको थियो। बिशाल अझै त्यही बस्थ्यो, एक्लै। जुरुक्क उठ्यो, बाथ्ररूमको क्यबिनेटमा राखेको औषधीको बट्टा निकाल्यो। दुई ट्यब्लेट Alka-Seltzer लिएर भान्सा तिर लाग्यो र एक गिलास चिसो पानीमा घोलेर एक्कै सासमा तन्कायो। बिशालको कोठाको ढोका खोल्यो। दुबै हात र खुट्टा फिजाउन सक्ने जती फिजाएर निर्धक्क सँग फ्वाँ फ्वाँ निदाइरहेको थियो बिशाल। एक फेर बिशाललाई हेर्यो। निरनको टाउको अझै घुमाइ रहेको थियो। बिस्तारै ढोका लगाएर आफु सुतेको कोठामा लाग्यो।
"कस्तो नराम्रो सँग किक दियो यो पाली, ह्या एक्छिन सुत्छु अनी मात्रा जान्छु घर"-- मनमनै आँफैलाई सम्झायो घर जानु छ भनेर। सुत्न खोज्यो तर सकेन। एकछिन यता उता चल्मलायो। तर मनमा अनेकौ कुराहरु खेल्न थाले। आफ्नो श्रीमती सम्झ्यो। उन्को निर्दोष अनुहार सम्झ्यो र उ प्रती माया उम्लेर आयो। फेरी एकपटक आफ्नो अतितमा पुग्यो निरन। ************************************************************************************************************************************** सपनाको आमा र निरनको आमा नेपालमा एउटै बैंकमा काम गर्नु हुन्थ्यो। धेरै बर्ष देखिको साथी। सपनाले नेपालमै बि. बि. एस. गरेकी थिई र आफ्नो सबै पढाई काठमाडौंमै पुरा गरेकी थिई। बाँकी पढाई बिदेशमा पुरा गर्न चाहन्थी। तर उस्को बाबा मामु सके सम्म बिहे गरेर मात्र उस्लाई बिदेश पठाउन चाहनु हुन्थ्यो। एक त एउटै छोरी त्यो पनि बिहे गर्ने उमेर भाईसकेकी, त्यत्तिकै पठाउन त नातेदारहरुले पनि रोके र अर्को चाँही एक्लै पठाउनु भन्दा बिहे गरेर पठायो भने छोरी को हेर बिचार गर्ने मान्छे हुन्छ, कुबाटो तिर लाग्ने डर हुँदैन भन्ने उहाहरुको धारणा थियो। सपनाले बाबा मामु को कुरा कहिले काटेकी थिईन र सदाझै यो पाली पनि त्यही गरी। उहाँहरुको कुरामा आफ्नो मन्जूरी देखाइ। निरनले १ देखी १२ कक्षा सम्म दिल्लीमा पढेको थियो। त्यस्पछी अमेरिका आयो, BCIS मा ग्र्याजुएट भयो। तुरुन्तै काम पाएन। स्ट्याटस जोगाउन भएपनी मास्टर्स पढ्नु पर्ने भयो। त्यो पनि दुई बर्षमै सिध्यायो। बल्ल सोचेको जस्तै काम पायो। पढुन्जेल अली अली रिन थियो, क्रेडिट कार्डमा। त्यो तिरी सकेको त थिएन तर काम पाएको छ महिना भित्रै घर किन्यो। अब उस्लाई साथी र साथ को आवश्यकता हुन थाल्यो। साथी त थुप्रै थिए तर जिन्दगी भर साथ दिन लायक कोही देखेन। घरमा बाबा मामु बाट पनि बिहेकोलागी कचकच सुरु भयो र आफ्नो आवश्यकताले पनि झक्झकाउन थाल्यो। अब उ त्यही अल्लारे party-boy रहेन। जहाँ पार्टी गर्यो तेही सुत्यो जता मन लागे गयो गर्न पनि उस्को बढ्दो उमेर, काम र समाजमा बिस्तारै बढ्दै गएको इज्जत ले पावन्दी लगाउन थाल्यो । उस्ले बिहे गर्ने निर्णय गर्यो। तर बिहे गर्ने भन्दैमा बिहे भईहाल्ने त कहाँ हुन्थ्यो र? सर्ब प्रथम त केटी नै चाहियो। उ आफ्नो मन मिल्ने साथीको साथ खोज्दै थियो। त्यतिक्कै मा घरबाट सपनाको कुरा आयो। सपना उ भन्दा ५ बर्ष कान्छी थिई। उस्ले छ बर्ष अगाडि देख्दा सपना बच्चै देखिन्थी तर हिस्सी परेकी। मामुले पहिले फोनमा कुरा गर्दा निरनले त्यती उत्साह देखाएन। फोटो पठाउनु पहिले अनी हेरेर भन्छु भन्यो। उस्को नजरमा सपना अझ पनि त्यही निलो स्कर्ट र निलो सर्ट लगाएर जाने भर्खर स्कुल पढ्दै गरेकी फुच्ची थिई। मामुले अब त ठुलि भईसकी भन्दा पनि उस्लाई पत्यार लागेन। "कती नै ठुलि भई होला र?" मामुको कुरा प्रती अबिश्वासको भाव पोख्यो। भोली बिहानै अफिस पुग्ना साथ सधैं झैं पहिलो काम नै ईमेल हेर्यो। मामुको ईमेल देख्यो र खोल्यो। फोटो अट्यच गर्नु भएको देख्यो र फोटो खोल्यो, उ निशब्द भयो। सपना आफ्नो कल्पना बाट धेरै बाहिर पायो। हसिँली, तेजिलो अनुहार फोटो बाटै कुरा गर्ली जस्तो। उ मौन भएर त्यो फोटो हेरिरह्यो। मुटुको धड्कन पनि पनि अली तेज भएको महसुस गर्यो। त्यस्लाई साम्य गर्दै ईमेल बन्द गर्यो। काम गर्न खोज्यो तर सकेन। फेरी त्यही फोटो हेर्यो। सपनालाई दुलहिको जोडामा आफ्नो अगाडि उभिएको कल्पना गर्यो। कल्पनामै उस्लाई थरी थरिका लुगाहरुमा सजाउन थाल्यो र आफु पनि त्यस्मै हराउन थाल्यो।
काम त्यती केही गरेन तर बस्न चाँही ५ बजे सम्मै बस्यो अफिसमा। ५:१५ जती भएपछी घर जाने तर्खर गर्न थाल्यो। कती खेर बेलुकाको सात बज्ला र मामु सँग कुरा गरौला भनेर घडी पनि हेर्दै थियो।
घर पुग्यो। राती पिएको बियर को बोतल त्यतिक्कै भुइमै लडिराथ्यो। सबै हटायो र फ्रिजबाट अगिल्लो दिन बेक गरेको चिकेन निकालेर माइक्रोवेभमा २ मिनेट तताउन हालेर कोठातिर लाग्यो लुगा फेर्न। कटन को सर्ट र प्यन्टस लगाएर उ अफिस बाहेक अरु ठाउमा एक्छिन पनि बस्न सक्दैन थ्यो। लुगा फेरेर, हात मुख धोएर खाना खाइसक्दा झन्डै सात नै बजेको थ्यो। घर फोन गर्यो। मामुले सुरुमै फोटोको बारेमा सोध्नु भयो। उस्ले कुरा अगाडि बढाउनु भन्यो र सपना सँग कुरा गर्न खोज्यो। मामुले निसन्कोच उस्लाई सपनाको ईमेल एड्रेस र सेल को नम्बर दिनु भयो।
क्रमश:
Last edited: 25-Jul-08 10:20 AM
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-05-08 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपु,
अलिक रुखो आवाज रहेछ सपनाको तर किन झापड नै दिनु पर्ने होला फेरी ? किन हतार गरेकि नि
अब अर्को भाग कहिले त?
Last edited: 05-Aug-08 01:17 PM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-05-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dipikale balla balla euta bhag rakhi afulai chahi aru bhag padhna man lagisakyo launa ke garni hola?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-05-08 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ek@l
Please log in to subscribe to ek@l's postings.
Posted on 08-05-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई लग्दैना की एउटा आइमाई ले उसको लोग्ने हिजो २ बर्ष अगाडी नै किना नहोस अरु आइमाई संग सुतेको होस /
अहिले को समाया को सान्दर्बिक प्रस्तुति त हो जस्तो लाग्यो तर अली धेरै स्वंत्रता को उपभोग गरेको लोग्ने मंचे को झल्को दिएको देखे मैले चै यदि कथा ले लोग्ने मान्छे लाई मात्र अली तल देखाउने कोसिस गर्यो भने चै आन्याया हुन्छा की.
Last edited: 05-Aug-08 01:22 PM
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 08-05-08 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल मैले राखेको कमेन्ट कहाँ गयो? मैले मिस दिदी पछी गरेको थिए। ल जे होस् फेरी तेही कुरा लेख्छु। भनेपछी सम्बन्धमा तुसारापात हुन लागेछ? सधैं झै सलल बगेकोछ कथा, दिपिका। अर्को भागको प्रतिक्षामा छु।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-05-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Norton,
हजुरको कमेन्ट प्रिती सिसले मिल्काइद्या हुनुपर्छ हो साच्चि
( मनमनै:भाग् मिस अब प्रितीले मार्छिन तलाई)
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 08-05-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो मिस दिदी मलाई पनि त्यस्तै लाग्यो। वो सान्नानी, के हो तिम्रो चाला?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-05-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kasari tha pako mis di le ma ta jhan kallai ni tha hunna bhanera dhat borai bho netre le maarchha aba.
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-05-08 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर कसरी भन्न सकेकी तिमीले--
मेरो पनि उतिखेरै छुटेको कुरो लेखेकिम तर १० मिनेट पछि बल्ल तल्ल देखापर्यो --- त्यहा तिमी नै थियौ -- हेर है सिस अर्को पटक फेरि बदमासी गरेउ भने आर्नाको फेला परौली
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 08-05-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपु, यो भाग पनि रमाइलो लाग्यो। लेखाइ मज्जा को छ, बैबाहिक जीवन भित्र मचिन सक्ने आधीब्रेरी को सचित्र बर्णन। भन्न त "लोग्ने शवास्नी को झगडा परालको आगो" भन्थे। तर कथा को स्थिती हेर्दा त पराल हैन, पुरै घरमै आगो लाग्ला जस्तो छ।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 08-05-08 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी किन मुख ठुस्स बना? म अहिन्सा प्रेमी सग डराउनु पर्दैन।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-05-08 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
miss di ni yasto kura prachar gardai hidne ke aba ke garnu ni feri aba ta jalle gareni malai nai dosh aailagi halchha ni ke
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-05-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपु, सधैं झै सलल बगेको छ् लेखाइ,निरेन र सपना कसैलाई पनि दोशी देख्दिन म यो समय र परिस्थिती ले श्रीजना गरेको सानो फाटो मात्रा हो, केही समय लाग्छ जोडीन लाई। बर्तमान पारीबेस लग्भग सबै नब जोडी हरु यो फेज बाट जान्छन। तर सानो तिनो फाटो लाई ठुलो बन्न दिनु हुन्न,निरेनले एकदम सतर्कका साथ पाइला चाल्नु पर्छ, अब हेरम न त निरेन र सपना को फाटो ले चै कस्तो रुप लिदो रइछ। अर्को भाग लाई चै अस्ती जस्तो धेरै नकुराउ है ।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 08-05-08 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मार्यो। यो त दिपीकाको कथा पो रहेछ। यादै नगरि, म त चौतारी हो भन्दै नाना भाती फलाक्दै बस्या रहेछु।
Dipika, sorry for tarnishing your post.
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-05-08 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रिती सिस, किन रिसाएकी नि ?
म नि सत्यप्रेमी हु डराउनु पर्दैन नेत्रेसंग
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-05-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रबी धन्यवाद! धेरै दिन पछी देखिनु भयो नि। चौतारीमा पनि आउनु हुन्न। सञ्चै हुनु हुन्छ?
हर्क दाई धन्यवाद! हो है यी सम्बन्ध, माया, पिरती भन्दा त पूजा कै कथा रमाइलो। मलाई पनि त्यस्तै लाग्छ। धेरै बुझ्न पनि नपर्ने।
रिट्ठे धन्यवाद! त्यही त हेरन बेक्कारमा नराम्रो रुप लियो सम्बन्धले। हो तिमीलाई सपनाको केही कुरा जायज लागेन। त्यस्तै हो साथी कसैलाई सपनाको कुरा जायज लाग्दैन कसैलाई निरनको। सम्बन्ध बढाउन कती गाह्रो हुन्छ बिग्रन के नै बेर लाग्छ र है?
साजन धन्यवाद! हेरन कथा अगाडि बढाउने त हो तर समयले थिचेर हैरान पार्यो। यस्तो स्थिती आउँला भन्ने थाहा पाएको भए त कथा सुरु नै गर्दिन थिएँ होला। तै पनि अर्को भाग चाइ छिट्टो गर्छु।
मिस दि धन्यवाद! निरनले आफुलाई सम्हाल्न त खोजेको हो तर परिस्थिती नै त्यस्तै पर्यो क्या। उस्लाई पछुतो त पक्कै हुन्छ होलानी आफ्नो श्रीमती माथि हात उठाएको। सपनाको पनि रुखो बोली त होइन तर धेरै कुरा मनमा बाँधियो भने एक्कै चोटि उर्लेर आउछ नि, त्यही भयो जस्तो छ क्या :)
सान्नानी अर्को भाग म छिट्टै राख्छु यो पाली त है। मैले कुनै पात्र माथि अन्याय गरेको जस्तो लाग्यो भने भन्नुस् है।
लहरे धन्यबाद साथी! यो भाग पनि राम्रो लाग्यो? ल खुशी लाग्यो। तिमीले सुरुमा तिम्रो आफ्नो जीवन सँग मिल्न गयो भन्थ्यौ नि। मैले अब मिल्दैन किन भनेकी थाहा भयो नि है साथी तिमीलाई?
एकल, धन्यवाद! एकदम ठीक कुरा गर्नु भयो। कुनै पनि केटीले उस्को र श्रीमान बिच अरु कोही आएको सहन सक्दैन। सपनाले विवाह भन्दा पहिलेनै स्विकारेकी थीइ उस्को अतितलाई। तर उस्लाई अब फेरी त्यो अतित ले निरन्लाई घच्घच्चौदा डर लाग्यो कतै निरनको अतितले उनिहरुको बर्तमान लाई असर गर्ने त होइन भनेर र उस्ले सतर्कता अपनाउन चाही जुन हर स्वास्नी मान्छेले गर्छन् जस्तो लाग्छ मलाई।
निरन एक स्वाभिमानी लोग्ने हो। उस्ले सपनासँग केही कुरा लुकाएको छैन र आफ्नो कर्तब्यबाट पछी परेको पनि छैन। उस्को भुतकाल आफ्नै ठाउमा छ जुन सपनाले पहिले नै स्विकारीसकेकी थीइ। हो दुबै जना आबेगमा आएर उनिहरुको बिचमा सानो फाटो आयो तर मैले यसमा लोग्ने मान्छेलाई तल देखाउन खोजेकी होइन। मलाई सोध्नु हुन्छ भने म न निरनको गल्ती देख्छु न सपनाको। त्यसैले मलाई दुबै पात्र प्रती अन्याय भएको जस्तो लाग्दैन। मलाई यस्तो प्रतिकृया सधैं राम्रो लाग्छ। धेरै धेरै धन्यवाद यस्तो प्रतिकृया दिनु भएकोमा।
नेत्र धन्यवाद! हो भनेको हेरन सम्बन्धमा त तुसारपात नै आउन लाग्यो जस्तो छ।
नेप्चु धन्यवाद! त्यही भनेको हेरन यो सम्बन्ध भन्ने कुरा साह्रै गाह्रो हुने जस्तो छ बुझ्न पनि। त्यो परालको भुशको स्टोभको चुलोको सबैको आगो देखिन्छ कि क्या हो?
मामा हजुरले कस्तो भान्जिको मनको कुरा बुझनु भएको। म पनि दुबइको केही गल्ती देख्दिन। समय कमजोर भएको होला शायद सतर्कता दुबइले अपनाय राम्रो नि होइन त मामा? अब अर्को भाग चै छिट्टै आउछ मामा।
|
|
|
Nepali Thita
Please log in to subscribe to Nepali Thita's postings.
Posted on 08-05-08 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Wow, I was expecting something like this.... really...It happens... It takes at least a year or two for anyone to adjust all those things in a relationship..
Dipika02 you have really presented it in a great way.... like it
Waiting for the next part!!
Nepali Thita
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-05-08 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाली ठिटा धन्यवाद! ए हो हजुरले त्यही सोच्नु भएको थियो :) अब अर्को भाग मा के हुन्छ होला जस्तो लाग्छ? :)
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-06-08 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तिम भाग ....
निरन बोझिलो मन लिएर बाहिर निस्क्यो। रक्सी को मात अली अली लागेकै थियो, रिस पनि उठेको थियो। कता जान लागेको उसैलाई थाहा थिएन। गाडी लिएर उ सबै भन्दा मिल्ने साथी बिशाल को डेरामा पुग्यो। बिशाल खाना बनाउदै रहेछ, निरन चुपचाप आँखा बन्द गरेर सोफामा पल्ट्यो। निरनको अनुहारमा उदासिनताका रेखाहरु बिशालले देख्यो तर केही सोधेन। बेला बेलामा निरनलाई हेर्दै थियो बिशाल तर निरन सोफामै सिथिल अनी अचल भएर पल्टिरह्यो। निरनको मनमा चलेको आँधिबेरी बिशालले कल्पना पनि गर्न सक्दैनथ्यो। निरन र बिशाल धेरै बर्ष सँगै बसेका थिए। बिशाललाई निरनको बानी थाहा थियो। निरन यसै पनि गम्भिर मिजासको मान्छे थियो र उस्को कुराहरु खासै अरुलाई थाहा हुँदैन थियो। जती पिर पर्यो, उती मौन हुन्थ्यो निरन र त्यो पनि बिशाललाई थाहा थियो। "सपना खोइ निरन? एक्लै आईस नि" ---बिशालले सोध्यो। "घरमै छे सपना" ---निरनले आँखा बन्दै राखेर उत्तर दियो। त्यसपछी निरन जुरुक्क उठ्यो र फ्रिज खोल्यो। बियर निकाल्यो र केही नबोली एकछिनमै त्यो सिध्यायो। बिशाल उस्लाई हेरिरह्यो। बिशाललाई लाग्यो जे उस्ले सोचेको थियो, त्यही सत्य हो। निरनले फेरी अर्को बियर को सिसी निकाल्यो। भुइमा राखेको गलैचालाई घोरिएर हेरिरह्यो। मनमा धेरै कुराहरु खेलिराखेको थियो, उस्ले त्यो गलैचा हेरिमात्र रह्यो तर देखेको केही थिएन। बिशालले केही कुरा बुझ्यो र केही बोलेन। खाना पकाउदै थियो, खाना पनि पाक्यो। "आ खाना खान" ---बिशाल ले बोलायो। "मैले खाएरै आएको हो, तँ खा "---निरनले ढाट्यो। तर उस्लाई खान मन पनि थिएन। बिशाल गएर अर्को सोफामा बस्यो। एक्छिन निरनलाई हेरिरह्यो र सोध्यो "सपना सँग झगडा गरेर आइस कि के हो?" "अँ अलिअली किच्किच पर्यो"---निरनले त्यती मात्रै भन्यो। उस्ले कुरालाई बढाउन खोजेन। बिशालले त्यो बुझ्यो र उठेर खाना खान थाल्यो। निरनले अरु चार बोतल जती बियर पियो, अनी बल्ल उस्को आवाज निस्कन थाल्यो।
"कस्तो वाइयात जिन्दगी भो यार न आफु खुशी हुन सकेँ न स्वास्नीलाइ नै खुशी दिन सकेँ " बिशाल छक्क परेर हेरिरह्यो। निरन त्यसरी आफ्नो कुराहरु भन्ने मान्छे होइन र अझ श्रीमतीको कुरा निकाल्नु भनेको त अचम्मकै कुरा थियो। "तैले धेरै पीइसकिस। अहिले सुत भोली कुरा गरौला"---बिशाल ले भन्यो।
"अहिले पनि यही हो। भोली पनि यही हो। बाचुन्जेल यही हो। मरे पछी लाश हो। " ---नशाले मातिएको सुरमा निरनले हाँस्दै भन्यो।
"सपनालाई थाहा छ तँ यहाँ आएको कुरा?"---कुरा बुझ्न खोज्दै थ्यो बिशाल।
"मलाई आँफैलाई त थाहा थिएन म कहाँ जान्छु भनेर, उस्ले के थाहा पाइ होली र?"---फेरी उही तालमा बियरको सिसी कुना तिर मिल्काउदै निरनले भन्यो। "तँ गएर सुत जा। म फोन गरिदिन्छु तँ यहाँ छस भनेर"---निरनले मिल्काएको बोतल उठाउदै बिशाल ले भन्यो। "सुतेर पनि के गर्ने? फेरी भोली उठ्नु पर्छ। बरु उठ्नै नपर्ने गरेर सुत्न पाए हुन्थ्यो"--- हल्लिदै कोठातिर लाग्दै निरनले भन्यो।
बिशाल ले उस्लाई हेरिरह्यो। "त्यस्तो हरेस खाने मान्छे त यो होइन, शायद सपना सँग झगडा परेर होला"--- बिशालले मनमनै सोच्यो र सपनालाई फोन गर्यो। सेल फोन थिएन सपना सँग त्यसैले ल्यान्ड लाइनमा गर्यो। फोन उठेन। उस्ले खबर मात्रा छोडिदियो, निरन उ सँग छ पिर नगर भनेर। निरन को ढोका खुल्यो। "तँ उठिस"---बिशाल ले भन्यो। बिशालको स्वर ले झर्सँग भयो निरन र फेरी आफ्नो बर्तमानमा आयो।
********************************************************************************* "म चिया बनाउदै गर्छु"---बिशाल ढ्याम्म ढोका लगाएर बाहिर निस्क्यो। निरनलाई हिजो को आफ्नो व्यबहार देखेर आफु प्रती नै घ्रिणा लाग्न थाल्यो। अनेक कुराहरु मनमा खेल्न थाले। "मैले हात उठाउन नहुने थियो। त्यसरी उस्लाई राती एक्लै छोडेर हिंड्न नहुने थियो। बिचरी सपना न कतै एक्लै जान सक्छे। मैले उस्को सुरक्षाको जिम्मेबारी लिएपछी त्यसरी रातिको समयमा असुरक्षित छोडेर हिंड्न नहुने थ्यो। रातभरी कती डराइ होली। कहिले त्यसरी उ रिसाएकी थीइन। शायद लिया सँग बोलेको उस्लाई धेरैनै नराम्रो लागेको थ्यो होला। उस्को ठाँउमा म भएको भए मलाई पनि रिस उठ्थ्यो होला। उ त म भन्दा सानी छे। मैले बुझाउनु पो पर्थ्यो त्यसरी छोडेर हिंड्न नहुने थ्यो। म कता गएँ भनेर कती पिर गरी होली। मैले पनि आजकाल समय दिएको छैन। दिनभरी मलाई नै कुरेर बस्छे र म घर आएपछी कती फुरुङ पर्छे। साना तिना पिर त सबैलाई हुन्छ तर मैले त्यस्तो पशु जस्तो व्यबहार गर्न नहुने थ्यो। मेरो लागि सर-संसार छोडेर आएकी छे बिचरी। आखिर म बाहेक उस्को अरु को नि छ र? मेरो हात कसरी उठ्यो? म कसरी त्यस्तो मुर्ख भए एक कमजोर माथि हात उठाउन। मैले शब्दहरुले नै पनि त उत्तर दिन सक्थे"---उस्को मनले झन झन बिद्रोह गर्न थाल्यो। अन्तरआत्माले उस्लाई गाली गर्न थाल्यो। "अब देखी त्यस्तो कहिले गर्दिन। कहिले हात उठाउदिन। सपना सँग एक चोटिलाई माफि माग्छु। एक चोटि भूल भयो म बाट तर अब कहिले त्यो दोहोराउदिन"---आफै सँग प्रतिज्ञा गर्यो निरनले। उस्को मन निकै नै बोझिलो भईरहेको थियो। बाहिर निस्क्यो। बिशालले चिया दियो। दुबै जना चिया पिउदै थिए र चुप थिए। "यहाँबाट सिधै घर जान्छस"---बिशाल ले सोध्यो। "अँ" ---छोटो जवाफ दियो निरनले। "सपनालाई हिजो फोन गरेको, उठेन त्यसैले भोईस मेलमा खबर छोडेको थिएँ तँ यही छस भनेर"--- बिशाल ले भन्यो। निरन केही बोलेन। आफ्नो कृयाकलाप प्रती पछुताइरहेको थ्यो निरन। दुबै जना मौन भए। चिया सिद्धियो र निरन जुरुक्क उठ्यो। "ल बिशाल म जान्छु। सपना पिर गरिराकी होली"---यती भन्दै जुत्ता लगाएर बाहिर निस्क्यो निरन। निरन बाटो भरी सपनालाई सम्झिरह्यो र कती खेर घरमा पुगेर उ सँग माफि माँगु जस्तो भएको थियो। घर पुग्यो, ढोका लक गरेकै रहेनछ। जस्तो उस्ले हिजो राती ढ्याम्म लगाएर हिंडेको त्यस्तै थियो, भित्र छिर्यो। सपना भुइमा लम्पसार परेर लडिरहेकी थीइ। कन्चेटबाट रगत को धारो बगेर भुइ रगताम्य भएको थियो, निरन आत्तियो। उस्ले हिजो आबेगमा आएर गालामा चड्काउदा सपना रन्थन्नी सकेकी थीइ र झन उस्ले हुत्याइदिदा सपना धर्मरिदै सोफामा लड्न पुगी। टाउको गएर सोफा को छेउमा राखेको टेबलमा बज्जारियो। त्यस्को धारिलो टुप्पमा कन्चेट पर्यो। सपना त्यही ठहरै भई। निरन त आबेगमा आएर ढोका ढ्याम्म लगाएर बाहिर निस्किहाल्यो र सपना लडेकी थाहा पनि पाएन।
सपनाको द्रिसय देखेर निरन बेहोस झै भयो।
"सपना"...... "बाबा के भयो?"....."सपना आँखा खोलन"....."सपना"----सपनालाई आफ्नो काखमा राखेर निरन बेहोसी मै चिच्च्याउदै थियो।
"सपना"......"सपना"......"बाबा मलाई हेरन"....."कती रगत बगेछ"...... "सपना"....."मेरो बाबा"----सपनाको गाला थप्थपाउदै उस्लाई उठाउने प्रयत्न गरिरह्यो, सपनालाई बोलाइरह्यो।
सपनालाई आफ्नो काखमा राखेर रगतले लत्पत्तिएको सपनाको टाउको आफ्नो मुटुमा टाँस्यो। सबैतिर अध्यारो लाग्न थाल्यो। आफु पनि सपनाको रगतमा भिजेको थियो। दिमाग शुन्य थियो। पुलिसलाई (911) फोन गर्यो। "May I know your emergency ?"---उता बाट केटा मान्छेको स्वरमा प्रश्न आयो। "My wife is dead?"---लाश झै भएको थ्यो निरन र बेहोशिमै भन्यो। "Sir, can I have your address?"---अझ नरम स्वरमा उता बाट प्रश्न आयो। निरन केही बोलेन। आवाज आइरहेको थियो तर निरनले केही बुझेन। "बाबा मलाई माफ गरिदेउ। म कहिले तिमीलाई छोडेर कतै जान्न। तिमी पनि नजाउ। एक्चोटी आँखा खोल। म बाट त्यो भुल अब कहिले हुन्न। मलाई यती ठुलो सजाय नदेउ" ---निरन बर्बराइरहेको थ्यो। सपना सिथिल झै उस्को काखमा सुतिरहेकी थीइ। उनिहरुको सम्बन्ध तास को महल झै एउटा सानो हावाको झोँका ले नै तहस नहस बनायो। टाढा बाट पुलिसको गाडी को साइरन बज्न थाल्यो। आवाज झन झन नजिक हुँदै थियो र जती नजिकियो आवाज उती नै सुन्यतामा निरन बिलाउदै गयो। समाप्त
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो नरमाइलो लाग्यो - जे भएपनी सपना लाई मार्न नहुने हो के यो कथामा अन के भन्ने मार्दी हाल्यो -
|
|