[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 200]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 104890 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-30-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९८ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !

 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 198 editions.

Last edited: 30-Jul-10 09:59 AM

 
Posted on 08-05-10 9:04 AM     [Snapshot: 999]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



पति : तुमसे शादी करके मुझे बहुत बड़ा फ़ायदा हुआ है। 
पत्नी (खुशी से) : वह क्या? 
पति : मुझे मेरे गुनाहों की सजा जीते जी ही मिल गई.

 
Posted on 08-05-10 9:32 AM     [Snapshot: 1010]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी तारेमाम ठुल्दाइ रिट्ठे
हो नि ठुल्दाइ गणेशथान मा गर देवी को दर्शन गरेर आईयो,बगलमुखिमा त कुमार हरुको भिड होला।
ठुल्दाइ त्यो फाईदाको त कुरै नगरम फाइदै फाईदा।
 
Posted on 08-05-10 9:46 AM     [Snapshot: 1019]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे ,
त्यै त फाईदा र काइदा को कुरा गर्दा केटा केटीलाई  न पच्ने भन्या । अझै चर्को घाम मा अर्को आउछ कि भनेर कुरिराख्या छन ।

 
Posted on 08-05-10 9:57 AM     [Snapshot: 1027]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ मैले त्यो केटा केटी को फाईदा को कुरा अर्या हैन त्यो माथि को पती को फाईदा को कुरा अर्या क्या कुरो बुझ्या खै।
 
Posted on 08-05-10 10:04 AM     [Snapshot: 1030]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिस्टे लोल ।



सत्य नि कहिले काही मिठो नै हुन्छ भनेको त्यही हो, मखुला ??


 
Posted on 08-05-10 10:04 AM     [Snapshot: 1024]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम अली बिजी छु - पछी भेटौँला

 
Posted on 08-05-10 11:25 AM     [Snapshot: 1053]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता लागे सप्पै

आज त बिहीवार मात्र हो नी शुक्रबार भाकै छैन

के ताल हो यो गाउले हरुको

एसो आउनु - चिया सिया ल्याउनु - विथ समोसा आलु तरकारी चना - उसिनेको अन्डा, पकोडा

अनी पो दिन बन्छ त -

 
Posted on 08-05-10 11:30 AM     [Snapshot: 1055]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ।



एक्लै के कराइ राख्या ??



सान दाई ले नि के गर्‍या हुन , फ्लाग अप डाउन को आधार मा पोस्टिङ् लाई तल माथि गरेर । लौ लहरे सान दाई लाई उजुरी गरौं , हाम्रो चौतारी लाई यसरी तल पार्नु भएन नि ? ठुलै षडयन्त्र भा जस्तो छ ।


 
Posted on 08-05-10 11:45 AM     [Snapshot: 1058]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या ठुल्दाइ मलाई नि मन परेन यो पारा त ! हाम्रो चौतारी त कान्ला मुनी पुगेछ !


के छ लहरे गुरु? लन्च भो सुरु?


 
Posted on 08-05-10 12:17 PM     [Snapshot: 1066]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Chautaree
Last edited: 05-Aug-10 12:18 PM

 
Posted on 08-05-10 12:19 PM     [Snapshot: 1071]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँफैलाई भार भयो आज आफ्नै जिन्दगी
कहाँ गै बिसाउँ म निरस यो जिन्दगी


बिहिबारे बगलामुखीय जदौ सबै औतारीहरुमा।


अलिकती झर्न लागेको रहेछ फेरी, माथि उठाइदिएँ है ।
सबैको हसुराइ भैसक्यो वा हुँदैछ भन्ने मानिछु।  


 
Posted on 08-05-10 12:19 PM     [Snapshot: 1074]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई बगलामुखिमय बिहीवारे जदौ ।।  
लारेमाम लहरे, ठारेमाम ठुल्दाइ, रारेमाम रिट्ठे, बारेमाम बिस्टे ...अरु लाई भने तारेमाम।

नारायण
नारायण, के भन्छ यो चिप्ले? अल्कोहोल खाएर dehydration भको हैन हौ। त्यो
बिजुली-पानी त टाढा बाट हेर्ने मात्रा गर्या छ, खाने गर्या छैन। सधैं
अल्कोहोल खाएर dehydration हुने मान्छे लाई के था, dehydration अरु  कुरा
ले नि हुन्छ भनेर?

एका
बिहानै देवी दर्शन मा गाको, फर्किदा एती खेर भयो। हन यो काठमाडौं मा
अल्लारेहरु धेरै भएछन क्यारे, लाइन पनि कती लामो हो। तर एक किसिम ले ठिकै
पनि हो, जती लामो लाइन तेती धेरै देवी को दर्शन हुने।    रिट्ठे ब्रो नि लाइन मा थ्यो? मैले त देखिन त। 

लु पेट मा मुसाहरु आन्दोलन गर्न थाले, चारा हालेर आउनु परो। 

 
Posted on 08-05-10 12:30 PM     [Snapshot: 1079]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


शुभ मध्यान्ह चौतारी!


ठुल्दाइ, लहरे, बिस्टे, रिठ्ठे, चिप्ले गुरु, नेप्चे, सिसी लगायत सम्पूर्ण औतारिहरुलाई जदौ!


हिजो साइलीको सम्झनामा दन्काएको अलि बढी नै भएछ, बिहान त उठ्नै सकिएन; केटाहरुको भने बिहानै देखी बगलामुखीमा लाइन; मोराहरु हेर्दै बगलिमारा जस्ता छन्, बगलामुखिमा लाइन बसेर मात्र कसरी लडकी पाउनु?


 


 
Posted on 08-05-10 12:47 PM     [Snapshot: 1086]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम जिते, चिप्ले , रिट्ठे , नेप्चे ।


जिते ले टाइम टाइम मा असली  कुरा हाल्छ , हेर्दै बगलिमारा जस्ता देखिने ले के लरकी मारा गर्छन् , शंकै लाछ , मखुला ??


 
Posted on 08-05-10 1:00 PM     [Snapshot: 1091]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




ओहो यहाँ त रमाइलो भएको रहेछ हिजो ..... हुन त आफ्नो नि हिजो कि दिन बिन्दास भयो ........ पछी भनम्ला ....

ल भर्खर उठियो ...... आज पनि घुम्नु छ ........ ल अब हिंड्न तयारी गरिदै छ .........

 बगलामुखी नि जान पायिएन ...... त्यो फर्र र् र् र् कपाल पारेर गुलाबी कुर्ता मा आउन्छु भन्थी ...... कोइ औतारी ले हेर्ने हैन है  ..... त्यो मेरो हो ..... नत्र

 
Posted on 08-05-10 1:16 PM     [Snapshot: 1097]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"  हेर्दै बगलिमारा जस्ता देखिने ले के लरकी मारा गर्छन् "


म त हाँस्दा हास्दै मर्छु कि क्या हो


 
Posted on 08-05-10 1:17 PM     [Snapshot: 1099]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे ब्रो म त १ घण्टा लाइन मा बसेर बगलामुखी माता लाई प्रशाद सौभाग्य सबै चढायेर बल्ल आको ! आफु त सोझो साझो मान्छे छक्का पन्जा जान्दिन बाइ
 
Posted on 08-05-10 3:33 PM     [Snapshot: 1119]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म पनि भूमिगत जिबन बाट बाहिर निस्के
सबै लाइ  ठिक ठाक   छ? चोरेर कविता पोस्ट गर्या भनेर झन्डै police  ले समात्या
तेही  डर ले फेरी कविता लेख्न सुरु गर्या छु
तर अहिले लै एउटा joke 

TechGuy :TMS  म treatment  को लागि vacation  लिएर आको
TMS : TechGuy  तपाई त्यो अर्को building  मा जानुस treatment  को लागि, यो veterinary  क्लिनिक हो.
TechGuy : हैन मा तपाई संगै treatment  गर्ने
TMS : तर veterinary  doctor  ले मान्छे को treatment  गर्न सक्दैन
TechGuy : थाहा छ TMS तर म येही treatment  गर्ने,
TMS : किन?
TechGuy :मा बिहान उठ्दा ताजा फुर्तिलो हुन्छु, घोडा जस्तै तर म हरिण जस्तै लुरु लुरु आफ्नो काम मा जान्छु ,
TMs : अनि?
TechGuy : Office  मा गधा ले जस्तो घोटिएर   काम गर्छु, घर मा बच्चा हरु संग बादर जस्तो भएर खेल्छु
TMS : अनि?
TechGuy : अनि  श्रीमती को अगाडी म खरायो जस्तो  हुन्छु
TMS : ओहो TechGuy  तपाई programmer  हो?
TechGuy : हो
TMS : तेसो भए मैले जस्तो राम्रो treatment  अरुले गर्न सक्दैन, ल आउनुस

 
Posted on 08-05-10 3:37 PM     [Snapshot: 1127]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम साथी ,
गज्जब को जोक गयो नि ? कोइ न भेर झोक चली राख्या बेला। बरु यही उपलक्षमा कोक खाने कि ??

 
Posted on 08-06-10 8:44 AM     [Snapshot: 1188]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारीयन्स !


आज त शुक्रबार हाफ डे !


गर्मी सार्है छ यता पसिना खलखल
नसताएको कहाँ छ र तिम्रो यादले पलपल
आँखामा आइरहन्छन तिम्रै तस्बिर झलझल


बिर्सेंको छैन अनुहार तिम्रो निधारमा छरिएका केशहरु
ओठ्मा लाली गाजलु आँखा
बोलिमा तिम्रो नशालु भाका
स्वप्नेली रङमा रंगेकी तिमी स्वर्ग कि परि हौ कि


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters