[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 110803 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 07-29-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-30-06 4:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिलिम कस्तो रैच त तितौरी?
ङिच्च दाँत देखायोउ त ।
**********************
३ दिन भयो हन्हनी जरो आ'र चौतारीमा आ'र गफ सुन्न नपाको!
त्यो तल्ला घरका बोउसिनी बुढीले बौसी लगाइदिचन क्यारे! कोइ छ याँ जान्नि लामा, धामि, झाँक्री ?
बरु कालो भाले चडाम्ला ।
आछ्चुचुचुछु! कस्तो जाडो भएर आयो याँ यो गर्मी बेलाँ नि!
मर्नी बेलाँ पनि बौसी बुढीले छोड्नी भइनन्!
हे राम तेस्को मैले के खाइदेथें र ?
ह्याल्प ह्याल्प गाम्ले हो!
 
Posted on 07-30-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज आइतवार बिहान, म ओछ्यानमा त्यत्तिकै लडेर बसिरहेको छु। अघि आमाको आरती मन्त्रले मेरो निन्द्रा टुटाइसकेको थियो। आज बिहान मलाइ कुनै किसिमको हत्तार छैन। आइतवार बिहान मलाई हफ्ताभरिका घटनाहरु सम्झेर बस्न मनलाग्छ। मलाइ हिजो बेलुकी भएको त्यो रमाइलो घटनाको अझै याद आइरहेकोछ।

"हैन कत्ति ढिलो गरेको होला" क्रीश ब्रो छट्पटी रहेका थिए।
क्रीश ब्रो को छट्पटी जायज थियो उनको लागी। हुन पनि किन नछट्पटिउन? उनको लागि त यो जिन्दगीको एउटा नविन अनुभव थियो।
"हैन भाई, कत्ति बज्यो तिम्रो घडीमा?" क्रीश ब्रो सङ्ग नि घडी थियो, तर उनलाई आफ्नो घडीले देखाएको समय पत्यार लागेकै थिएन।
"दाइ समय धेरै भएकै छैन, त्यहि हो पौने पाँच।" मैले उनलाई नआत्तिन सहयोग गरिरहेको थिएँ।
"कत्ति बजे आउने भनेको थियो नि?"
"पाँच बजे नि, अझै १५ मिनट छ" मलाई क्रीश ब्रो देखी झ्वाँक चलिसकेको थियो।
क्रीश ब्रो घरी यता घरी उता गर्दै समय बिताउदै थिए। म भने हातमा रहेका तिनवटा टिकटहरु खेलाएर बसिरहेको थिएँ।
क्रीश ब्रो को चाल एक्कासी रोकियो। मैले उनलाई हेरेँ, उनको अनुहार एक्कासी बदलियो। मैले बुझ्ने प्रयास गरेँ। उनको अनुहारमा एक किसिमको चमक आयो, अलि अलि खुसी, अलि अलि रोमान्चित, अलि अलि लजाएको भान हुन्थ्यो उनको अनुहार हेर्दा।
"उ त्यहाँ!" उनले हातले इशारा गरेर पर गेटमा देखाए।

गेटमा मान्छेहरुको भिडमा एउटा बेग्लै, अत्ति सुन्दर, सबिना दि आउदै थिइन। अरुको भन्दा बेग्लै पहिरन थियो उनको। उनि वास्तबमै राम्री थिइन। उनलाई देख्ने जो कोहिले नि उनलाई फर्केर हेर्थ्यो। उनलाइ देखिसके पछि कोहि नि खुसी भएनन होला। बुढाहरु अलि छिटो जन्मियौँ भनेर दु:खी थिए, सानाहरु अलि ढिलो जन्मियौँ भनेर दु:खी थिए अनि सङ्गैकाहरु एउटै समयमा जन्मेर नि केहि गर्न सकिएन भनेर दु:खी थिए।
उनको हिडाई, चालढाल, उनले लगाउने तरिका, उनको बोली, उनको हँसाइ, उनको कपाल, सायदै केहि थियो होला टोलका केटाहरुले कविता बनाउन बाँकी। हरेक दिन एउटा कवि जन्मिन्थ्यो। ति सबै कि सपना कि राजकुमारी सबिना दि क्रीश ब्रो सङ्ग पहिलो पटक चलचित्र हेर्न आएकी थिइन्। क्रीश ब्रो नआत्तिने त कुरै भएन।

"के छ भाई?" सबिना दि अलि लजाउदै म सङ्ग बोलिन।
"ठिकै छ दि, हजुरको नि?" मैले नि औपचारिक्ता पुरा गरेँ।
उनले आफ्नो लामो कपाल देब्रे हातले सम्हाल्दै क्रीश ब्रो तिर छड्के आँखा लाउदै हेरिन। मैले नि क्रीश ब्रो लाई हेरिरहेको थिएँ। क्रीश ब्रो साँच्चीकै स्वर्गमा पुगेको अनुभव गरिरहेका थिए।
"किन ढिलो आएकी नि?" क्रीश ब्रो ले बरफको ढिक्का फुटाए।
"कहाँ ढिलो हुनु नि, टाइममै त आएकी छु, त्यो पनि घरमा साथीहरुसङ्ग सिनेमा हेर्न जान ला'की भनेर आएकी हुँ" उनले क्रीश ब्रो लाइ दोस्रो मौका नदिने गरी उत्तर दिइन।

क्रीश ब्रो एकछिन घोरिए, सायद अब के भन्नु पर्ने हो उनलाई थाहा भएन।

"ल अब जाऔँ त्यसो भए।" मैले दुबैलाई सजिलो पार्ने प्रयास गरेँ।
"हुन्छ" भन्दै सबैजना सिनेमाघर तिर लाग्यौँ। मलाई सिनेमा हेर्ने रहर थिएन। हुनत हामी तिनजना मा सायद कसैलाई नि म सिनेमा हेरोस भन्ने थिएन होला। मैले त्यहि बुझेर त्यहाँबाट उम्किने बिचार गरेँ।
"तपाईँहरु जाँदै गर्नुस म पछि आउछु" मैले दुइवटा टिकटहरु क्रीश ब्रो लाई थमाएँ।
"भाई, कहाँ जाने नि? हामी पर्खिन्छौँ नि" सबिना दि ले फेरि अर्को औपचारिक्ता निभाइन।
"हैन, हजुरहरु जाँदै गर्नुस, म आइहाल्छु" भन्दै म त्यहाँबाट बाहिर निस्किएँ।
क्रीश ब्रो एक शब्द बोलेनन्। उनलाई त्यसरी कुरा गर्नै आउदैन। उनको मनको कुरा सररर पढ्न सकिन्छ।
उनिहरु सिनेमाघर तिर लागे, म भने आफ्नो साथीहरुलाई भेट्न अड्डा तिर लागेँ।

राती क्रीश ब्रो ले मलाई फोन गरेर भने, "भाई, सार्‍है रमाइलो भयो,हामी भोली नि भेट्दै छौँ।" उनि साँच्चिनै रोमान्चित थिए।
"क्रीश ब्रो कस्तो अनुभव हुँदो रहेछ त प्रेम गर्न?" मैले जिस्किदै सोधेँ।
"भाइ, जिन्दगीमा एकचोटी माया गर्नु जसरी भए पनि। साँच्ची तिमीले अहिले सम्म कसैलाई माया गरेका छौ?"
मैले केहि उत्तर दिइन, मलाइ नै थाहा थिएन यस्को उत्तर। म आफैलाइ सोधिरहेको थिएँ "के मैले जिन्दगीमा कहिले माया गरेको थिएँ?"

अहिले बिहान मलाई फेरि त्यही प्रश्नले पिरोलेको छ।

मेरो आँखा मेरो भित्तामा रहेको एउटा फ्रेममा पर्छ। त्यस फ्रेममा एउटा बाल हातले कोरिएको माछाको चित्र छ। त्यो चित्र मैले पाएको पहिलो कोसेली हो। म त्यही चित्र सङ्गै त्यो पुरानो चौतारीमा पुग्छु।

"कुम्ले, शहर भनेको कस्तो हुन्छ?"
उनले मलाई बोलाउने नाम जत्ति प्यारो लाग्थ्यो त्यत्तिनै उनले गर्ने हरेक प्रश्नहरु।
"अँ! बा ले भन्नु भा'को, शहराँ त ठुला ठुला घरहरु हुन्छन रे, मोटर हुन्छन रे।" मैले उनको प्रश्नको उत्तर दिदै गएँ।
"मोटर कस्तो हुन्छ, कुम्ले?" उनि उत्तर सुन्न उत्सुक भइन।
"मोटर भनेको त घोडा भन्दा छिटो दौडिन्छ रे। अनि त्यस्को त पेट भित्र बस्नु पर्छ रे। घोडाको जस्तो ढाडमा बस्न मिल्दैन रे।" मलाई बा ले भनेको हरेक कुरा उनलाई सुनाउने रहर थियो।
"म त पछि ठुलो भएपछि, हवाइजहाजमा चडेर ठुलो सहरमा पढ्न जान्छु" उनले भनिन।
मैले उनको कुरो बुझिन, कसरी चड्ने होला हवाइजहाजमा, त्यो त आकाशमा हुन्छ, त्यस्मा चड्ने भर्‍याङ कत्ति अग्लो होला?
"तिमी त्यसो भए भोली नै जाने हो सहर?" खाँदा खाँदैको काफल फ्याल्दै उनले मलाई सोधिन।
"हो" मैले सजिलो उत्तर दिएँ
"नाई! तिमी हामी सङ्गै बस्ने। मैले आमालाइ भनेको कुम्लेलाई हामी सङ्गै घरमा राख्ने, नत्र म खाना खान्न भनेर। अनि आमाले हुन्छ भन्नु भएको छ" उनले ढिपी गरिन।
मलाई उनले ढिपी गरेको सार्‍है मन पर्थ्यो। उनलाई नि ढिपी गर्न सार्‍है मनपर्थ्यो।
"तर मेरा बा आमाले मलाई बस्न दिदैनन्" मैले भने।
धेरै बेर सम्म उनले मलाई रोक्ने प्रयास गरिरहिन। मेरो बसको कुरा थिएन। मलाई नि छाडेर जाने मन थिएन। तर जानु पर्ने थियो। मामाले बा अनि आमालाइ सहरमै बस्ने गरि आउनु भनेर बोलाउनु भएको थियो।
धेरै बेरको कुरकानी पछि म घर जाने बेला भयो। उनले हिजो टिपेको काफल खाएर सकिन लागिसकेको थियो।
"कुम्ले, तिमी एकछिन यहिँ बस है, म क्लास पुगेर आउछु" भन्दै उनि क्लास तिर दौडिन्।
म उनलाई पर्खी रहेँ।
एकैछिन पछि उनि एउटा कागज लिएर आइन।
"कुम्ले, यो मैले हामीहरुले हिजो समातेको माछाको चित्र बनाएकी छु, तिमी यो लिएर जाउ है? अनि मलाई यहि चित्र हेरेर सम्झिनु, ल।" उनले सार्‍है राम्रो चित्र बनाएकी रहिछन। रातो अनि सुनौलो रङ लगाएको त्यो चित्र साँच्चिकै माछा जस्तो थियो। मलाई सार्‍है राम्रो लाग्यो।

म त्यो चित्र लिएर घर फर्किएँ।

भोलीपल्ट हामी सहर हिड्न बाटो लाग्यौँ। बाटोमा उनको घर पर्थ्यो। मैले उनलाइ उनको घरको कौशीमा देखेँ। उनि मलाई हेरिरहेकी थिइन। मेरो पाइला अगि बढिरहेको थिएन। तर पनि जानु थियो। मैले आमाको हात समातेँ अनि आमाकै बलमा पाइला बढाएँ। उनि मलाई एकटक्क हेरिरहेकी थिइन्, उनको आँखामा बिछोडका पिडा छछल्कीरहेको थियो। म टाढासम्म पुग्दा पनि उनि मलाई हेरिरहेकी थिइन्, म पनि पछि फर्किदै उनलाई हेर्दै अगि बढीरहेको थिएँ।

"ल यो त अझै उठेको छैन, मैले त चिया लिएर आइसकेँ" आमाले टेबलमा चिया राख्दै भन्नुभयो।

म एकोहोरो भित्ताको चित्रलाई हेरिरहन्छु।

आमाले मेरो आँखामा हेर्नुभयो अनि त्यो चित्र नजिकै गएर भन्नुभयो, "साँच्ची कस्तो राम्रो छ है यो चित्र। मलाई नि सार्‍है मनपरेको ले फ्रेम गरेर राखिदिएको तेरो लागी। अहिले त उनले अझ राम्रो राम्रो चित्र बनाउछिन होला है? तँलाई उनको याद आउछ? तँलाई उनि सङ्ग भेट्न मन लागेको छैन?"

मैले त्यो चित्रलाई एकटकले हेर्दै भने, "आमा, म पनि बिदेशमा पढ्न जान्छु है?"

समाप्त
 
Posted on 07-30-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा मन ठेकानमा छैनन् अचेल गाँठे! जो अगाडि प-यो उसैलाई मारसंग भकुरौँ जस्तो हुन्छ।

एउटा गामखाने कविता राख्नुप-यो यो लौतन्तर चौताराँ, जवाफ पनि कवितामै दिनु, नत्र नदिनु!(जवाफ मलाई पनि थाहा छैन, गम्दैछु।)

"कस्को मुन्तिर के आयो?"

सांसदले सपना देखेछ,
सपना देखेर सांसद करायो
'सेना मेरो टाँग मुन्तिर आयो!'
गाम्लेले देखे के को सेना मुन्तिर आउनु नि
सांसदकै टाउकोमा पो सेनाले टाँग अड्यायो!
साँसदको टाँगमुनि त पूच्छर पो आयो
घुम्रिएको सानो लुतुर्के पूच्छर आयो!
हिजोसम्म त सग्लै थियो यो सांसद
ल भन गाम्ले हो-
सांसदको पूच्छर कसरी पलायो?
 
Posted on 07-30-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D
आएछ कुम्लेको कथा । पक्कै पनि राम्रो होला
म पढु है त :) :)
 
Posted on 07-30-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle katti raamro kathaa lekheko ho
tara sabina di laai pattyako kuraa chai kina nalekhe ko ni :D ramaailo thiyo hola ni. :D
 
Posted on 07-30-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गोताएँओ प्रश्नको उत्तर।तर अरु नि सयौँ उत्तर हुन सक्छन्,


मान्छेहरु मिलेर बाघ मारे.
लुकेको स्यालहरु लुसुक्क निस्के,
जङ्गलको राजा मै हुँ भने,
भोज गरे, मोज गरे
नङ्ग्रा काट्नु पर्ने बिरालाहरुको,
नङ्ग्रा नभएको अनुमान गरे.

के को हिजो सम्म सग्लै हुनु नि,
स्यालको पुच्छर सधैँ टाङमुनी हुन्छ.
आज झिङ्गा धपाउनलाई
बिस्तारै डराई डराई निकालेका हुन.
तर, स्यालहरुलाई शायद थाहा छ;
संसदमा जति पुच्छर हल्लाए नि
झिङ्गा सम्म उड्दैन!
 
Posted on 07-30-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरोढ सिछ्छा, रोल लम्बर १, बिर्खे माईला..
" हाजिर माष्टरनी नानी!"

**********************

हन कुम्लेले आफ्नै साँचो कथा हालेओ अस्तो छ है गाम्लेओ...गजप छ कुम्ले अरु नि जावस बिस्तारै :)
 
Posted on 07-31-06 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे भन्दा कुरो ठूलो गर्नु पर्ने भाषण
कहिले भट्टि कहिलेघर कहिले त भ्रमण्
जुन बेला नि हल्लिरहने जस्तो"कुकुरको पुच्छर"
न काम छ नफुर्सद् कुर्सिको चक्कर
झिंगानि मार्न नसक्नेको छी: कस्तो आडम्बर्
यिन्को नपलाए कस्को पलाउछ त पुच्छर?


:D :D
 
Posted on 07-31-06 2:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायणहिटी दरवार, मसानघाटे घरबार ।
जंगलका बेकार, धम्क्याउने सरकार ।
जनतालाइ उपहार, फुटेको खप्पर ।
संसदको पुच्छर,लौरो न हतियार ।
 
Posted on 07-31-06 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन डार्विन कान्तिपुरी पुगि गया, लोकको गरुँ नजर् भनी,
स्वयंभू ताहीं थिया, परया चरणमा, खुसी गरया पनि।
अब ता पशुपतिको शरणमा जान्छु, भनी हिंडया जसै
असनको बजारमा हराउँदा ता, गोतामे भेटया तसै॥१॥

विज्ञानका गुरुलाई भोले बाबाको, दर्शन गराऊँ त साँच्चि कै
भनी गोतामे हिंडया अमरावती, कान्तिपुरीको बिचबिचै ।
सिंह दरबारमा आइपुग्या जसै, भेटियो एक हुल मनुष्य
बिचित्रको प्राणी देखेर डार्विन पनि, अचम्म परे अवश्य॥२॥

'हे गुरुदेव! यो महलमा देशको, नियम कानून लेखिन्छन्
यी मनुष्य भएर पनि पुच्छर, पलाए जस्तो देखिन्छन्।
किन होला यस्तो गुरुदेव?,' गोतामेले भन्दा भए
डार्विन पनि ती प्राणी हेरी ध्यानदृष्टिले, बिचारमग्न भए॥३॥

'हे वावु! ब्रह्माजीले सृष्टि गर्दामा, वानर नै वानरै थिए
जो जोले पुच्छर चलाउन छाडे, तिनका पुच्छर चुँडिगए।
त्यसैले हे चेला यी प्राणीका, पुच्छर पलाएका होइनन्
देख्दामा मनुष्य जस्ता देखे पनि, यिनका पुच्छर हराएनन्'॥४॥

'यी भोका छन् यी नाङ्गा छन् यिनलाई, सम्पत्तिले पुगेको छैन
भन्डार एउटा छ यी छन् दुई सय पाँच, बाँडेर भाग आँउँदैन।
आफ्नो भाग खोस्ने कोही आउला भनी हरपल, पुच्छर चलाउँछन्
आफूलाई जित्ने कोही देखा परेमा, त्यै पुच्छर तेर्स्याई लडाउँछन्' ॥५॥

'रातभरि मदिरामै अनिंदा, संसद थलोमा शयन गर्दछन्
निद्रामा टोक्ने लामखुट्टे धपाउन, पुच्छर नै चलाउँछन्।
अतएव: यी प्राणीजनका पुच्छर, अँझै झरेका छैनन्
अँझै यो लोकमा यस्ता प्राणीले, चाँडै छोड्ने नि हैनन्'॥६॥

यती भन्दै गुरुचेला गौशालाको चोकमा आइपुग्या अनि
'लौ गुरु! लागें, विदा पाऊँ अब ता', भने गोतामेले पनि।
फर्किऊँ भन्दा ४ खुट्टा लङ्गुर वानर, देख्या गोतामेले जसै
'यी लङ्गुर र अघिका प्राणीमा फरक के?', सोच्न थाल्दा भए तसै॥७॥
 
Posted on 07-31-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल आज ज्वरो अलि कम भएको छ!
चाइनिज (ताओइस्ट्) हरुको "हङ्री घोस्ट्" अघाएर फर्के जस्तो छ पृथ्वी लोक बाट्!
****************************************
कामे ब्रोको कथा मज्जाको लाग्यो, नाइस् वान ब्रो!
***********************************
गोतामे, बिर्खे माइला अनि मिस् पनि के कम ?
पुच्छर दोहरि कबिता दामि छ ।
नमे पनि कम छैन ।
बिग ह्यान्ड चैं गालबलाई ।
था' थिएन साझामा यस्ता-यस्ता कवी यत्री हरु द्बारा कविता वाचन हुन्छ भन्ने ।
एनिवेज्, कीप द स्पिरिट अप गाइज्!
रोल न १५, मिस्टे
हाजिर मिस्
 
Posted on 07-31-06 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस: कथा पढ्नु भयो? :पि

तितौरी: हा हा हा!! तिमीलाई चाँहि सबिना दि कै मात्र ध्यान छ है? कथा भित्र त दुइवटा भाग छन नि, दोस्रो भाग कस्तो लाग्यो? :पि, कथा पढिदिएको मा धन्यबाद।

माल्दाई: धन्यबाद, आफ्नै कथा हो नि। :डि

मिस्टे: निको भएछौ खुसि लाग्यो: पि, कथा राम्रो भनेको मा धन्यबाद।

त्यसै गरी कथा पढिदिनु हुने सबैलाई धन्यबाद।

एउटा कुरा चाँहि मैले भन्नै बिर्से छु, यदि तपाइँहरुले मेरो शुरुका दुइवटा कथा पढ्नु भएको छैन भने यो कथाले खासै अर्थ नदिन सक्छ। त्यहि भएर यदि mixed up भएको अनुभव गर्नु भयो भने क्षमा माग्छु।
-----------------------------------------------------

आज कविताहरु राम्रा राम्रा आएका रहेछन् चौतारीमा। सबै एक से एक। माल्दाई, मिस, नमे, गालब जी हजुरहरुलाई कविताको लागी धेरै धेरै धन्यबाद।
 
Posted on 07-31-06 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खालि शुरुका दुइटा कथा मात्र हो र? तितौरिको कथा पनि पढ्नु पर्छ कुम्लेको कथा बुझ्नलाई। कस्तो ट्याक्कै मिलाएको कुम्ले कथा त सारै राम्रो छ ल।
 
Posted on 07-31-06 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि हजिर भए । सबै गाम्ले दाजु भाई दिदी बहिनी हरु लाई मेरो नमस्कार ।
रोल # ६
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र मास्टरनी दिदी
 
Posted on 07-31-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ब्रोको कथा खास्सा छ । कविताहरु पनि एक से एक । ।
मेरो रोल लम्बर कति रे ? ? खै कति कति वीरस्यो ...... जती भए पनि हाजिर मिस ......

आलु र तामा हजुर छेपारोलाई जामा, भ्यागुतोलाई इस्टकोट....... आ है भ्यागुतोलाई इस्टकोट ......
 
Posted on 07-31-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नानी: मेरो पोल खोल्दिने?? :D, अनि थाहा पायौ त अस्ति तिमीले किन काफल चाख्न पनि नपाएको भनेर? हा हा हा!! धन्यबाद।

ग्वाँचे जी: मलाई त्यो दिन तपाईँको कविता साँच्चिकै सापट लिनु पर्ने भा'को थियो।:D थ्यान्क्यु!!
 
Posted on 07-31-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे जि ,मिस् ,गालब् को कबिता कति राम्रो:-)
मिस्टे तिमि लाइ ठिक् भएछ राम्रो भयो ,अस्ति हावा अलि बढि खायौ जस्तो छ :D ,हावा खादै छु भन्दैथ्यौ चौतारीमा बसेर ।
कुम्ले , दोस्रो भाग् नि छ , मैले त एउटा कथा जस्तो पो देखे त ;-)
ग्वाचे जि, ल त्यो गीत् आलु र तामा त मेरो फेवरेट् गीत् हो म सानो हुदा को ,तर मलाइ नि त्यो एकै लाइन् मात्र आउथ्यो , तपाइ लाइ आउछ अरु आउछ भने सुनाउनुस् न?:-)

लौ कुरा धेरै भएछ
हाजिर् गर्न झन्डै बिर्सेको
रोल्न् २२ येस् मिस्।
 
Posted on 07-31-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ५ हाजीर मिस

गोतामेजी, मिस, गालब, जिम्माल बा अनि नमेको कबिता सारै राम्रो हो रेछ बल्ल पढि सिध्याएँ सबैको कबिता। ग्वाँचे को कबिता पनि राम्रो थियो अस्तिनको।

ए ठुल्नानी, तिरु के छ खबर? आज काँ खेल्न जाने हँ हामी?

नेप्चेलाई जन्मदिनको ढिलै भए नि धेरै धेरै शुभकामना, हिजै हो क्यारे।
 
Posted on 07-31-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जति माया लाए पनि
जति कसम खाए पनि
निस्ठुरीले बाटो लाग्दा........!!"

ओ मिस! त्यो लास्टको नाममा पनि हाजिर गरिदिनुहोस त म यसो घुमेर आउछु! हिजो राती थापेको बल्छिमा माछा पर्‍यो कि।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters