[VIEWED 71464
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-25-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस कथाका बिषयबस्तु, पात्र र घटना सबै काल्पनिक हुन। कसैको वास्तविक जीवन सँग मेल भएमा केबल सन्योग मात्र हुने छ।
बिहान उठेर निरनले घडी हेर्यो, आठ बजेको रहेछ। अर्ध खुलेका आँखाले कोठामा चारैतिर हेर्यो। अनी एकछिन अलमल्लमा पर्यो। कोठा अली नौलो पायो। आफ्नो भित्तामा टाँगिएको ठुलो बनाएर राखेको बिहेको फोटो खोज्दैथियो शायद वा खाटको अगाडि राखिएको ठुलो ड्रेसर खोज्दैथ्यो जहाँ एक छेउमा उस्की श्रीमती ले चुरा स्टन्ड मा छपक्क थरी थरिका चुराहरु राखेर सजाएकी थिई र अर्को छेउमा Made For Each Other लेखेको फ्रेममा हनिमूनको फोटो राखेकी थीई जस्मा उनिहरुले एक अर्कालाई प्रेमपुर्बक अँगालेका थिए। आँखा अझ उघारेर सबै तिर नियालेर हेर्यो। अघिल्लो रात को रक्सिले टाउको नराम्रो सँग दुखेको आभाष भईरहेको थियो। उस्ले बल्ल चिन्यो, त्यो कोठा जहाँ आफ्नो विद्यार्थी जीवनको सात बर्ष बिताएको थियो। त्यो डेरामा पहिले उ र बिशाल बस्दथे। पछी उस्ले घर किनेर सरेको थियो। बिशाल अझै त्यही बस्थ्यो, एक्लै। जुरुक्क उठ्यो, बाथ्ररूमको क्यबिनेटमा राखेको औषधीको बट्टा निकाल्यो। दुई ट्यब्लेट Alka-Seltzer लिएर भान्सा तिर लाग्यो र एक गिलास चिसो पानीमा घोलेर एक्कै सासमा तन्कायो। बिशालको कोठाको ढोका खोल्यो। दुबै हात र खुट्टा फिजाउन सक्ने जती फिजाएर निर्धक्क सँग फ्वाँ फ्वाँ निदाइरहेको थियो बिशाल। एक फेर बिशाललाई हेर्यो। निरनको टाउको अझै घुमाइ रहेको थियो। बिस्तारै ढोका लगाएर आफु सुतेको कोठामा लाग्यो।
"कस्तो नराम्रो सँग किक दियो यो पाली, ह्या एक्छिन सुत्छु अनी मात्रा जान्छु घर"-- मनमनै आँफैलाई सम्झायो घर जानु छ भनेर। सुत्न खोज्यो तर सकेन। एकछिन यता उता चल्मलायो। तर मनमा अनेकौ कुराहरु खेल्न थाले। आफ्नो श्रीमती सम्झ्यो। उन्को निर्दोष अनुहार सम्झ्यो र उ प्रती माया उम्लेर आयो। फेरी एकपटक आफ्नो अतितमा पुग्यो निरन। ************************************************************************************************************************************** सपनाको आमा र निरनको आमा नेपालमा एउटै बैंकमा काम गर्नु हुन्थ्यो। धेरै बर्ष देखिको साथी। सपनाले नेपालमै बि. बि. एस. गरेकी थिई र आफ्नो सबै पढाई काठमाडौंमै पुरा गरेकी थिई। बाँकी पढाई बिदेशमा पुरा गर्न चाहन्थी। तर उस्को बाबा मामु सके सम्म बिहे गरेर मात्र उस्लाई बिदेश पठाउन चाहनु हुन्थ्यो। एक त एउटै छोरी त्यो पनि बिहे गर्ने उमेर भाईसकेकी, त्यत्तिकै पठाउन त नातेदारहरुले पनि रोके र अर्को चाँही एक्लै पठाउनु भन्दा बिहे गरेर पठायो भने छोरी को हेर बिचार गर्ने मान्छे हुन्छ, कुबाटो तिर लाग्ने डर हुँदैन भन्ने उहाहरुको धारणा थियो। सपनाले बाबा मामु को कुरा कहिले काटेकी थिईन र सदाझै यो पाली पनि त्यही गरी। उहाँहरुको कुरामा आफ्नो मन्जूरी देखाइ। निरनले १ देखी १२ कक्षा सम्म दिल्लीमा पढेको थियो। त्यस्पछी अमेरिका आयो, BCIS मा ग्र्याजुएट भयो। तुरुन्तै काम पाएन। स्ट्याटस जोगाउन भएपनी मास्टर्स पढ्नु पर्ने भयो। त्यो पनि दुई बर्षमै सिध्यायो। बल्ल सोचेको जस्तै काम पायो। पढुन्जेल अली अली रिन थियो, क्रेडिट कार्डमा। त्यो तिरी सकेको त थिएन तर काम पाएको छ महिना भित्रै घर किन्यो। अब उस्लाई साथी र साथ को आवश्यकता हुन थाल्यो। साथी त थुप्रै थिए तर जिन्दगी भर साथ दिन लायक कोही देखेन। घरमा बाबा मामु बाट पनि बिहेकोलागी कचकच सुरु भयो र आफ्नो आवश्यकताले पनि झक्झकाउन थाल्यो। अब उ त्यही अल्लारे party-boy रहेन। जहाँ पार्टी गर्यो तेही सुत्यो जता मन लागे गयो गर्न पनि उस्को बढ्दो उमेर, काम र समाजमा बिस्तारै बढ्दै गएको इज्जत ले पावन्दी लगाउन थाल्यो । उस्ले बिहे गर्ने निर्णय गर्यो। तर बिहे गर्ने भन्दैमा बिहे भईहाल्ने त कहाँ हुन्थ्यो र? सर्ब प्रथम त केटी नै चाहियो। उ आफ्नो मन मिल्ने साथीको साथ खोज्दै थियो। त्यतिक्कै मा घरबाट सपनाको कुरा आयो। सपना उ भन्दा ५ बर्ष कान्छी थिई। उस्ले छ बर्ष अगाडि देख्दा सपना बच्चै देखिन्थी तर हिस्सी परेकी। मामुले पहिले फोनमा कुरा गर्दा निरनले त्यती उत्साह देखाएन। फोटो पठाउनु पहिले अनी हेरेर भन्छु भन्यो। उस्को नजरमा सपना अझ पनि त्यही निलो स्कर्ट र निलो सर्ट लगाएर जाने भर्खर स्कुल पढ्दै गरेकी फुच्ची थिई। मामुले अब त ठुलि भईसकी भन्दा पनि उस्लाई पत्यार लागेन। "कती नै ठुलि भई होला र?" मामुको कुरा प्रती अबिश्वासको भाव पोख्यो। भोली बिहानै अफिस पुग्ना साथ सधैं झैं पहिलो काम नै ईमेल हेर्यो। मामुको ईमेल देख्यो र खोल्यो। फोटो अट्यच गर्नु भएको देख्यो र फोटो खोल्यो, उ निशब्द भयो। सपना आफ्नो कल्पना बाट धेरै बाहिर पायो। हसिँली, तेजिलो अनुहार फोटो बाटै कुरा गर्ली जस्तो। उ मौन भएर त्यो फोटो हेरिरह्यो। मुटुको धड्कन पनि पनि अली तेज भएको महसुस गर्यो। त्यस्लाई साम्य गर्दै ईमेल बन्द गर्यो। काम गर्न खोज्यो तर सकेन। फेरी त्यही फोटो हेर्यो। सपनालाई दुलहिको जोडामा आफ्नो अगाडि उभिएको कल्पना गर्यो। कल्पनामै उस्लाई थरी थरिका लुगाहरुमा सजाउन थाल्यो र आफु पनि त्यस्मै हराउन थाल्यो।
काम त्यती केही गरेन तर बस्न चाँही ५ बजे सम्मै बस्यो अफिसमा। ५:१५ जती भएपछी घर जाने तर्खर गर्न थाल्यो। कती खेर बेलुकाको सात बज्ला र मामु सँग कुरा गरौला भनेर घडी पनि हेर्दै थियो।
घर पुग्यो। राती पिएको बियर को बोतल त्यतिक्कै भुइमै लडिराथ्यो। सबै हटायो र फ्रिजबाट अगिल्लो दिन बेक गरेको चिकेन निकालेर माइक्रोवेभमा २ मिनेट तताउन हालेर कोठातिर लाग्यो लुगा फेर्न। कटन को सर्ट र प्यन्टस लगाएर उ अफिस बाहेक अरु ठाउमा एक्छिन पनि बस्न सक्दैन थ्यो। लुगा फेरेर, हात मुख धोएर खाना खाइसक्दा झन्डै सात नै बजेको थ्यो। घर फोन गर्यो। मामुले सुरुमै फोटोको बारेमा सोध्नु भयो। उस्ले कुरा अगाडि बढाउनु भन्यो र सपना सँग कुरा गर्न खोज्यो। मामुले निसन्कोच उस्लाई सपनाको ईमेल एड्रेस र सेल को नम्बर दिनु भयो।
क्रमश:
Last edited: 25-Jul-08 10:20 AM
|
|
|
|
Nepali Thita
Please log in to subscribe to Nepali Thita's postings.
Posted on 08-06-08 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
........speechless.....
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-06-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भगवान के लिये केहेदो कि ये झूट है
दीपीका प्लिज अन्तिम भाग लाई रिवाइन्ड गरेर फेरी अर्को लेख न ! एकदम नमज्जा भयो !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-06-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्बन्ध तास भयो, अनुबन्ध लाश भयो।
मार्मिक, तार्किक कथा । एकै सास ले पढें, लाश उठ्ला भन्ने आश थियो। निराश भएं । सम्बध हो यो दुई आत्महरुको। संझौता मा झांगिएको सम्बन्ध को अन्त्य यो भन्दा दर्दनाक हुन सक्छ। प्रेमी थियो भन्ने थाहा हुंदा हुंदै यो पातल देश मा भास्सिन किन आउछन, नक्कली सम्बन्धमा टास्सिन किन आउछन। सोचनिय छ। अनी आबेश मा तिनै सम्बन्ध को नाममा बखेडा किन झिक्छन? रि-सोचनिय छ। जे होस् ज्ञान बर्धक कथा छ, ध्यानपूर्बक पढ्नु होला।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-06-08 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपू, सार्है दु:खदान्त रहेछ कथा। साँच्ची नै हो, कहिलेकाहीं सामान्य लाग्ने कुराले पनि कती गम्भिर र घातक परिस्थिति निम्त्याउँछ। वास्तविक जीवनमा कसैलाई यस्तो नपरोस। लेखाइ उत्कृष्ट छ तिम्रो। अरु पनि लेख्दै गर है।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-06-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
My wife's murder ma Anil Kapoor ko aakhama dekhieko pachhutau Niren ko aakhama ni prashta dekhe maile dipika. You have written it perfectly, kudos.
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 08-06-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुखद अन्त्य। "रिश परम शत्रु हो" भन्ने कुरा सत्य हो। दिपिका, तिम्रो यो कथा पहिलेका भन्दा अलग्गै छ भन्ने त अनुमान गरेको थिएँ तर यती अलग्गै होला भन्ने कल्पना पनि गरेको थियिन। तिम्रो लेखाइको स्तरमा धेरै नै प्रगती देखेँ मैले। अरु पनि प्रगतिको कामनाका साथै पढ्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गर्दछु।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 08-06-08 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहो, कस्तो दर्दनाक अन्त्य। जे होस लेखाइ राम्रो छ। सम्बन्ध भित्र को जटिलता अनी मन भित्र का अन्तर्द्वन्द, रिस को आवेगमा हुन सक्ने अकल्पनिय घटनाहरु : धेरै कुरालाई समटेको छ कथा ले।
मानब भएर जन्मिए पछी नचाहदा-नचाहदै पनि कहिले कही गल्ती हुन पुग्छ। अनी ति गल्तीहरु को लागी माफ माग्नु अनी प्रायस्चीत गर्नु बाहेक अर्को कुनै बिकल्प रहदैन। आफ्नो गल्ती स्विकार गरेर प्रायस्चीत गर्नु नै गल्ती सुधार्ने उपाय हो। तर कहिले काही बिधी को लेखाइ आफ्नो सोचाइ भन्दा फरक हुने रहेछ। समय बगेर धेरै टाढा पुगी सक्छ, आफ्नो गल्ती सम्झेर प्रायस्चीत गरुन्जेल। शायद रिस को झोकमा ढोका ढ्याम्म पारेर हिंड्नु अगाडी निरनले एक चोटी फर्केर सपना लाई हेरी देको भए मात्र भोली पल्ट आएर सपना को रगतले आफ्नो हात रङ्याउनु पर्ने थिएन होला।
|
|
|
mauj_garau
Please log in to subscribe to mauj_garau's postings.
Posted on 08-06-08 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wot a tragedy..naak maa saarai dard hune story
Love your spouse folks no matter wot!!
Last edited: 06-Aug-08 11:52 AM
|
|
|
Nepal Premi
Please log in to subscribe to Nepal Premi's postings.
Posted on 08-06-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipika ji,
Dhilai bhaye pani tapainko katha padhi bhyaye. It was pretty good as usual. Kalpanik ghatana bhayeko karan ending chahi marmahik bhanda pani sukhat roop bata antya garda pathak haru lai haluko mahasus hunthyo hola. may be u wanted to reveal different thing that i mayn't know. i really appreciate the dialogues part. it was very perfect. dui patra bich sambat huda, sambat bahek pani tehako environment ko ajha badi barnan garna paye, sambat ma ajhai kautuhalta milna sakthyo ki. ani writings ma ajhai sahitik sabdha, byanga, example haru thapda kasto hola bhanera jigyasa rakchu. this story should give the sweet sandesh to all the readers and thanks for ur writngs once again.
Nepal Premi.
|
|
|
Nepali Thita
Please log in to subscribe to Nepali Thita's postings.
Posted on 08-06-08 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Now Its feeling good...........My heart could not bear the tragic for a moment....sarai nai beoganta katha bhayo, Have learnt a lot of lessons ......
Thank You
Nepali Thita
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-06-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे, धन्यवाद साथी! कथाको सुरुवात देखिनै साथ दियौ तिमीले र निकै नै हौशला पनि दियौ। हो यो कथा को अन्त्य नरमाइलो छ। खुशी को कुरा यो सबै काल्पनिक हो। कसैको जिवनमा पनि यस्तो घटना नघटोस। मर्ने त मरेर जान्छन बाँच्ने ले भोग्नु पर्छ। त्यसैले रिसलाई नियन्त्रण मा राखेको नै बेस हो र यो कथाको सार पनि यही हो।
नेपाली ठिटा, धन्यवाद! हजुरले पनि मलाई यो कथाको सुरुवात देखिनै साथ दिनु भयो र बारम्बार हौसला बढाईरहनु भयो। कथाको अन्त्य दर्दनाक छ। कसैले भोग्न नपरोस भन्छु तर शिक्षा पनि पाईन्छ जस्तो लाग्छ मलाई। कुनै कुनै गल्ती देख्दा सामान्य भएपनी परीणाम घातक हुन सक्छ भन्ने ज्ञान मात्र दिन खोजेकी हुँ।
रिट्ठे, धन्यवाद साथी! मेरो कथाको सार नै अन्तिम भागमा छ। त्यसैले यस्लाई रिवाइन्ड गरेर फेरी लेख नभन साथी। हो पढ्दा नरमाइलो लाग्छ तर यस्तो कुरा को ज्ञान पनि हुनु पर्छ। आबेग ले धेरै नराम्रो स्थितिहरु निम्त्याउछ। कुनै गल्तिहरु सुधार्न सकिन्न र यो पनि एउटा त्यस्तै गल्ती हो जस्ले गर्दा जिन्दगी भर पस्चाताप को आगोमा जल्नु पर्ने हुन सक्छ।
ठुल्दाइ, धन्यवाद! हजुरले पनि कथाको सुरुवात देखी साथ दिनु भयो र सधैं झै यो पाली पनि मेरो हौसला बढाईरहनु भयो। यो कथा मैले अरु भन्दा बेग्लै र हाँस्य भन्दा ज्ञानबर्धक बनाउन खोजेकी हो। यो दुई प्रेमिको कथा हो। एक अर्कामा प्रेम हुँदा हुँदै पनि परिस्थिती बलियो भईदियो।
चिप्लु, धन्यवाद! हजुरले पनि कथाको सुरुवात देखिनै मलाई साथ दिनु भयो र हौसला बढाइरहनु भयो। हजुरले मेरो मनको कुरा बुझ्नु भयो। कहिले समान्य लाग्ने कुराले पनि घातक स्थिती निम्त्याउछ। निरनलाई के थाहा थियो र उस्को आबेगको त्यस्तो परीणाम होला भनेर। हो, कसैको जिवनमा पनि यस्तो नघटोस।
नेत्र, धन्यवाद! तिमीले पनि कथाको सुरुवात देखिनै साथ दियौ तिमीले र निकै नै हौशला पनि दियौ। हो यो कथा मैले कसैले कल्पना गरेको भन्दा अलग नै बनाउन खोजेकी हो र शिक्षा पनि दिन खोजेकी हो। आबेग मा जो पनि आउछ। कहिले परिस्थितीले नै आबेग लाई निम्त्यौछ र घातक अन्त्य बनाउछ। कसैको जीवनमा पनि यस्तो नघटोस यही मेरो शुभकामना।
सान्नानी, धन्यवाद! हजुरले पनि कथाको सुरुवात देखिनै मलाई साथ दिनु भयो र हौसला बढाइरहनु भयो। त्यो सिनेमा मैले धेरै अगाडि हेरेकी हो र यो कथा लेखुन्जेल मलाई सुचित्रा पनि आँखामा अइरहेको थियो। मैले जे देखाउन खोजेँ हजुरले त्यही देख्नु भयो। एकदम खुशी लाग्यो।
नेप्चु, धन्यवाद! तिमीले पनि कथाको सुरुवात देखिनै साथ दियौ र निकै नै हौशला पनि दियौ। हो कुनै परिस्थिती निकै बलियो भईदिन्छन र परीणाम घातक हुन जान्छ। निरनले फर्केरै हेरेको भए पनि हुन्थ्यो होला तर हेरेन। जब हेर्यो धेरै ढिलो भईसकेको थियो। ल अब चाइ तिम्रो रमाइलो कबिताको पालो है।
मौज गरौ, धन्यवाद! मेरो कथाको सार एक वाक्यमै पुरा गरिदिनु भएको मा धेरै खुशी लाग्यो। कथा अली दर्दनाक छ। तर काल्पनिक हो। कसैको जिवनमा पनि नघटोस यही मेरो शुभकामना।
नेपाली प्रेमी ज्यु, धन्यवाद! धेरै पछी हजुरलाई मेरो धागो मा देखेर खुशी लाग्यो। हजुरको प्रतिकृया को त म सधैं कदर गर्छु र त्यो मैले पहिले पनि धेरै पटक भनेकी छु। म अझ पनि सिक्दै छु। साहित्यको भण्डारलाई त मैले कोट्याउन पनि सकेकी छैन। तर प्रयास जारी नै राख्ने छु। हो कथाको अन्त्य दु:खदायी भयो तर यो कथाको सार नै त्यही हो। यो काल्पनिक हो र त्यही मार्फत शिक्षा पनि दिन खोजेकी हो। आबेग ले निम्त्याउने परिस्थिती को ज्ञानमात्र दिने जमर्को गरेकी हो। हौसलाको लागि फेरी पनि धन्यवाद।
पढेर प्रतिकृया नदिने पाठकहरुलाई पनि धेरै धेरै धन्यवाद पढिदिनु भएकोमा।
यो कथा को अन्त्य दर्दनाक नै भयो। मैले सुरुवात मै अन्त्य त्यसरी गर्ने सोचेकि थिएँ र गरे पनि। हास्य रचनाहरु धेरै पढियो जीवनको अर्को पाटोलाई पनि नियालेर हेर्ने जमर्को गरेकी हुँ। यो कथा पूर्ण रुपमा काल्पनिक हो। सबैको दाम्पत्य जीवन सुखमय रहोस्। यही मेरो शुभकामना। अर्को चोटि रमाइलो कथा लिएर आउनेछु। धन्यवाद!!!
दिपिका
Last edited: 06-Aug-08 02:14 PM
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-06-08 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipu!
Sapana lai kasto chito mareko yaar timile! kasto dikka lagyo. aba sapanako aatmaa bhaDkincha hola ani niran laai tarsaaucha. katha sakeko chaina.. la la nanu arko bhaag lekha ta horror story..
sapana ra niranko bihe bhaera sapana mareesaki. yo prezz chahi bepattaa chhe.
Preranaaaaaaaaaaaaaaaaaaaaaaaaa
Preranaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
chito aau, yaha kathamaa k k bhai sakyo.
Preranaaaaaaaaaaaaaaaaaaa
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 08-06-08 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oh my god, she died! but a very nice story, completely different than your other stories. wow, has this happened in someone's life or you just come up with it? whatever it is, speechless! ending was completely unpredictable, i was thinking of at least divorce but not to that extent. would love to read more, please keep on writing without taking a break
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-06-08 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
crazzzzzzzzzz where have you been yar? thanks dear....
tyahi ta ekatira craz gayab utaatira prerana...kataatira maatrai khojna jaau ma ...uff...
la jaau jaau timi prez lai bolaaera lerau ta ahile nai
sapana ra niran ko bihe bhaera sapana marisaki hamro sisu ko atto patto chaina
library ma holi pakkai
Thank you kancha for your continuous support :)
Last edited: 06-Aug-08 02:33 PM
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-06-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानो असम्न्जस्यताले गर्दा निम्तिएको ठुलो दुर्घटना सहितको दु:खद अन्त्य नरमाइलो लाग्यो। अनेक उथलपुथल बिच गुज्रने जिन्दगी मा कती कुरा हरु रोक्न चाहेर पनि सकिन्न। सोचे जस्तै गरी दुबै जनाको मन मिल्ने भए त सायदै दु:ख हुन्थ्यो होला, कती सम्म कुरा कम्प्रमाइज गर्न सकिन्छ भन्ने नै मुख्य हो । एक अर्काको दोश देख्नु नै मुख्य जड् होला शायद
जे भए पनि आशातित सुमधुर सम्बन्ध को एउटा दु:खद अन्त्य लाई उत्कृष्ट ढंगले लेख्नु भयो , कथाको लागि धन्यवाद !!
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 08-06-08 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-06-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बत्य ज्यु धन्यवाद! त्यही त कथाको अन्त्य दु:खदायी नै भयो है। पहिले धेरै हसाएकी थिएँ अब यो पाली चै अली फरक कथा प्रस्तुत गरेकी।
रबी धन्यवाद! यो कथा काल्पनिक हो। कसैलाई यस्तो नपरोस होइन त?
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 08-06-08 4:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dear 'Sathi' U R absolutely AMAZING.
The best story, Ive ever read from you.
---------
(Few critical comments to be followed soon hai), writing ko barema hoina hehhehe only few scenes..)
Last edited: 06-Aug-08 05:00 PM
|
|
|
lootekukur
Please log in to subscribe to lootekukur's postings.
Posted on 08-06-08 4:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hahaha...la asti samma ta thikai thiyo...slow romance gai ra thyo amidst lil misunderstanding and incompatibility (which is understandable in a new relationship since no one's perfect :P)...tara last 2 bhaagma sab bhatabhunga!!! ...kasto rish uthdo hola yo bloodshed huna thalepachi ma ekdam squeamish huna thalchu tesmathi ekdum chhitto sab kura bhaye jasto lagyo ki is it just me? aba tyo raat niren frustrated bhayera ghar aaunu, sapana sanga ramro sanga naboli drinks garna thalnu, ani tehi time ma jiya le phone garnu (what great timing hahaha)..ani thak thuk parnu ..ani niren le jhappad hannu ,,ghar chhodnu ...ani sapana le suicide garnu...damn!!! quite an impulsive couple i must say or is it that the writer herself is impulsive? hahaha..:P yetti chhito sab kura ta movie lai fast forward gare matra huncha, hoina ra?..:P... u r a good writer no doubt and you know how to narrate. in this, storyline ma full control nabhaye jasto lagyo (especially last ma) although u knew what to write ;P...u should have extended it by a couple of more parts and made the suicide look more realistic..by slowing things down...creating more tension in the atmosphere and thereby forcing sapana to commit a suicide (like as if she had no other choice from her perspective) to make it look more real ....but this is like pushing sapana to die coz the writer wanted to finish the story off in five parts :P... that said, i totally understand that it's easier to comment than write a story. your giving time and energy to write it for us readers(which includes obnoxious ones like me :P) is really very commendable (and sweet). keep it up. :D
|
|
|
_SAAJAN_
Please log in to subscribe to _SAAJAN_'s postings.
Posted on 08-06-08 4:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oh God,
|
|