[VIEWED 174386
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 11-11-08 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
4
?
Liked by
|
|
भाग-१
( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )
असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।
उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।
अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।
"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?
उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्यो।
"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"
"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।
"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।
"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"
"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।
"को? को रे?" बिबेकले फेरि सोध्यो।
"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्यो।
"ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।
क्रमश:...
Last edited: 21-Nov-08 06:20 PM
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 12-11-08 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
भाग - १०
त्यो रातभरी उ फेरि साक्षी बिहे गरेर ल्याएपछिका ती बिर्स्नै नसकिने क्षणहरु सम्झिन थाल्यो। प्रत्येक अनुभव नौलो र बर्णन गर्न नसकिने खालको। लोग्ने हुँदाको अनुभुति, साक्षीको लज्जालु स्वभाव, शारिरिक तथा मानसिक निकटता सबै उसको दिमागमा फेरि घुम्न थाल्यो। रमाइलो रहस्य जस्तो प्राकितिक सम्बन्ध, जति डुब्यो उति गहिरन मन लाग्ने चाहनाहरु। साक्षीलाइ देख्नासाथ हुने बिजुलीको झट्का जस्तो आकर्षण। एकचोटि उसको पुरै शरीर ज्वरोले पोलेको जस्तो हुन थाल्यो। उ निदाउनको लागि भन्दा पनि बिहान कहिले हुन्छ भन्दै सुत्यो त्यो रात।
भोली पल्ट उसले आफुलाइ सुहाउने कमिज खोजेर लायो, साक्षीले उपहारमा दिएको "पर्फ्युम" लगायो। कपाल मिलायो, ऐना २/३ चोटि हेर्यो। बिहान देखि एकप्रकारको रमाइलो लाग्न थाल्यो उसलाइ। बर्सौं पहिले कसैलाइ भेट्न जाँदा भएजस्तो। दिनभरी कति खेर साँझ होला भन्दै छटपटियो। साँझ हुनासाथ गयो उ हिजोकै ठाँउमा, जहाँ साक्षी आएकी थी। केहि बेर बाहिर कुरेपछि अधैर्य भयो उ, त्यसपछि मन्दिरभित्रै गर्यो। देउता दर्शन गरे जस्तो गर्यो, आँखाहरु साक्षीलाइ खोज्दै थे। एक घन्टा मन्दिर भित्र बाहिर गर्दा पनि साक्षी आइन, त्यसपछि एक राउन्ड टुँडिखेल घुम्यो, तैपनि साक्षी देखा परिन। निराश हुँदै घर फर्क्यो उ त्यो साँझ। हिजोको जस्तो रमाइलो भएन त्यो रात उस्को लागि। थरि थरिको शंका उपशंकाले उसको मनलाइ घेर्यो।
पाँच साँझ उसले त्यसरी नैँ साक्षीको प्रतिक्ष्यामा बितायो, मनले हार मान्न अझै तयार थिएन। इस्कुल पढ्दा सेन्ट मेरिज इस्कुल छुट्टी हुनु अघि कसैलाइ कुरेको जस्तो लाग्यो उसलाइ। जसलाइ हेर्न उ एक घन्टा अघिदेखि पुल्चोकको एउटा पसलमा हुन्थ्यो, उसले त्यो पसलमा एकचोटि पनि हेर्थिन। उ आँट नैं गर्न सक्दैनथ्यो आफुले मन पराएको केटीको अगाडी गएर केहि भन्ने। अनि कसरी केटीले उसको मनमा आफुप्रति न्यानो भावना छ भनेर बुझोस्। तै पनि उसले एक बर्स त्यसरी नैं कुर्यो त्यो केटीको लागि, त्यसपछि त्यो केटी हराइ। कहाँ गइ, के गरी उसले आजसम्म थाहा पाउन सकेन। किशोराबस्थाको पागलपन जस्तो उ फेरि त्यही कुरा दोहोर्याँउदै छ। साक्षी अहिले के गर्छे, कहाँ बस्छे उसलाइ थाहा छैन, र पनि उ साक्षीलाइ कुरिरहेको छ, कहिल्यै नआउने भये पनि कुरिरहेको छ।
छैंठौ दिनमा अप्रत्यासित रुपमा साक्षी मन्दिरमा देखा परी। उसको हर्षको सीमाना रहेन। पहिला साक्षी हतार गर्दैथी, पछि उसको अनुरोधमा केहि छिन कुरा गर्न सहमत भइ।
"भगवानले पनि यति धेरै कुराँउदैन दर्शनको लागि। तिमी चाहिं...." उसले प्रेम-परीक्षा दिए जस्तै गरी भन्यो।
"के भन्या त्यस्तो ?" साक्षी छक्क परी।
"यत्रो दिन किन नआएकी?" उसले सोध्यो।
"काम थ्यो त्यसैले।" साक्षी चुप लागी। त्यसपछि उनिहरु बिर अस्पतालको पछाडीको सानो गल्ली हुँदै असनतिर गए, असनबाट इन्द्रचोक हुँदै फेरि महाबौद्धको गल्ली हुँदै असन तिर लागे। बाटोमा दुबै मौन थिए, कहाँ जाने पनि थाहा थिएन, के भन्ने पनि थाहा थिएन। दोस्रो चोटि असन जाने गल्लीको बिचमा पुग्दा साक्षी अतालिएर बोली।
"बिन्नी! बिन्नी आँउदैछे यतैतिर।" बिबेककी बैनी आफ्नो साथीसङ उनिहरु भएतिर आएको देख्यो उसले। उसले केहि भन्नु अघि नैं साक्षी नजिकैको चुरा पसलभित्र पसी। बिन्नीले साक्षीलाइ देख्यो देखेन उसलाइ थाहा भएन तर उसले साधारण तरिकाले कुरा गरेर औपचारिकता सकायो। बिन्नीहरु गएपछि उ साक्षीलाइ चुरा पसल बाहिर बसेर कुर्यो। धेरै बेरसम्म साक्षी ननिस्किएपछि उ पसलमा गयो। साक्षी केहि सामानहरु किनिरहेकी थी, उसलाइ भित्र आएको देख्नासाथ साहुनीले भनी।
"वहाँ सङ होलानि चानचुन।"
"होइन यही हजारको नोटमा कटाउनुस्न!" हजारको नोट साहुनीको हातमा दिंदै साक्षी अनुरोध गरेरहेकी थी।
"खुद्रा भए त दिहाल्थे नि बहिनी। अघि भर्खरै दुइटा हजारको नोट साटेँ। तपाइको श्रीमान सङ होला नि। एकचोटि सोध्नुस् न।" साहुनीको अन्तिम बाक्यले उसलाइ कस्तो कस्तो बनायो। साक्षीको अनुहारमा संकोच थियो।
"कति दिनु पर्ने?" उसले साहुनीलाइ सोध्यो।
"साठी रुपैयाँ मात्र!" साहुनी दङ पर्दै भनी।
साक्षीले "पर्दैन" भन्दा भन्दै उसले पैसा तिर्यो। दुबै जना पसलबाट अनौठो अनुभब संगालेर निस्के। बाहिर साँझ छिपिन लागिसकेकोथ्यो। साक्षी फर्किने जिद्दि गर्न थाली। उनिहरु फेरि इन्द्रचोकको बाटो हुँदै फर्किन थाले।
"यसरी नहिंडौ।" साक्षीले बाटोमा भनी।
"कसरी हिंड्ने त?" उसलाइ पनि अचम्म लाग्यो।
"अरुले देखे के भन्ला?" साक्षीले उसलाइ हेरी।
"जे सुकै भनोस्। हामीले के गरेका छौं र बाटोमा हिंड्न पनि नपाइने।" केहि नबुझ्या जस्तै गरी उसले भन्यो।
"तपाइं बिहे गर्नुस्!" साक्षीले उसको छातीमा प्रहार गरी एकचोटि।
"हुन्छ ! तिमी गर्ने हो बिहे म सङ?" उसले साक्षीलाइ जिस्काउन थाल्यो।
"कस्तो मान्छे तपाइँ त!" साक्षी बोलीन केहि बेर उनिहरु धरहरा पुग्नै आँटेका थिए। ट्याक्सीहरु देखिएन सहिदगेटमा साक्षी आत्तिन थाली। माइक्रोबसहरु पनि पहिले नैं भरिएर आएका हुन्थे। उसले एक दुइ वटा सडकमा फर्किन लागेको ट्याक्सी रोक्ने कोशिस गर्यो तर सकेन। साक्षी हिंडेर भने पनि जाने जिद्दि गर्न लागी। त्यति अध्याँरोमा उसले साक्षीलाइ एक्लै पठाउन चाहेन। केहि बेर पछि बल्लतल्ल साक्षीले टेकुसम्म मात्र उसको बाइकमा जान मानी। उनिहरु दुबै फेरि बाइक लिनको लागि मन्दिर निर पुगे। साक्षी बाइकमा बस्न एकछिन अनकनाइ। उसले बस भन्यो, त्यसपछि साक्षी उ सङ नछोइकन अप्ठ्यारो गरेर बसी।
"साक्षी, यो बस होइन, धेरै पछाडी सर्यौ भने खस्छौ। म तिमीलाइ घाइते बनाउन चाहन्न। राम्ररी बस!" उसले साक्षीलाइ सम्झायो। त्यसपछि अलिकति नजिक सरी साक्षी। उसले बाइक अति द्रुत गतिमा चलायो। साक्षी डरले उसलाइ समाउन पुगी, मुटुको ढुकढुकी बढ्न थाल्यो। साक्षीको स्पर्शले उ र बाइक झन तिब्र गतिमा दौड्न थाल्यो। साक्षी भयले कतै हेर्न सकिन। मन मनमा भगवान पुकार्न थाली, टेकु पुग्नु भन्दा अगाडी नैं साक्षी "यहीँ रोक्नुस्" भनेर कराइ। उसले बाइक रोक्न करै लाग्यो। सडक पारी दुइटा ट्याक्सी भएतिर साक्षी जान थाली।
"जाने बेला पनि केहि नभनी जाने साक्षी।" उसले बाटो काट्न लागेकी साक्षीलाइ बोलायो।
"किन त्यत्रो स्पीडमा चलाएको?" साक्षी रिसाएको बल्ल थाहा पायो उसले।
"तिमीलाइ पहिला त्यस्तै मन पर्थ्यो होइन?" उसले झनै सम्झाउन खोज्यो।
"पहिला र अहिलेमा फरक छ। पहिला जस्तो केहि पनि अहिले हुन सक्दैन।" साक्षी अलि नरम भइ।
"पहिला पनि तिमी र म बाइकमा यसरी नैं हिंड्थियौं, अहिले पनि त्यही छ। म त त्यस्तो फरक केहि देख्दिन पहिले र अहिलेमा।" उसले फेरि भाबुक भएर भन्यो।
"अब देखि हामी नभेट्ने।" साक्षीले बाटो काटीसकेपछि भनी।
"के रे? के भन्यौ तिमीले?" उसले साक्षीले भनेको कुरा राम्ररी सुन्न सकेन, एउटा ट्याक्सीले हरन बजायो त्यति बेला नै।
"अब देखि तपाइँ मलाइ नकुर्नुस्! अबदेखि हामी नभेटौं" उताबाट साक्षीले अलि ठुलो स्वरमा भनी। बाटो हिंडीरहेका बटुवाहरु उनिहरुलाइ हेरेर हाँसे।
"किन नि?" उसले फेरि सोध्यो साक्षीलाइ।
साक्षी ट्याक्सीमा बसी सकेकी थी। ट्याक्सी कालीमाटीतिर लाग्यो। साक्षी उसलाइ हेर्दै नहेरी गइ।
क्रमश:
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-08 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो पछी लागेको हो यो बिचरा पनि साक्षिको छिट्टै अर्कै केटी खोजिदेउ नत्र पागल हुन्छ यो कबिता छ नि - त्यो सँग फिक्स गर - नत्र वेँ हुने पुरा चान्स छ
चियर्स गरौ भनेको मार्गरिटा नै भेटेन - टकिला हुन्छ
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-11-08 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेई भन्या क्रेजी को 'उ' त साह्रै डेस्परेट नै भएछ,म भईद्या भे कबिता लाई लिएर जान्थे तेही महानकाल थाना साक्षी लाई देखाउन। गल्ती पनि आँफै गर्ने अनी दु:ख पाएछी नि त्यस्तो कठोर त नहुनु नि मौका त दिएको हो नि उस्ले। लौ धन्य हो क्रेजी,एस्तो के गरु के गरु भनेर बसिराको बेला मा एकै छिन् भए नि फ्रेश भईयो तपाईंको कथा पढेर। लौ अर्को भाग को प्रतिक्ष्या मा।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 12-11-08 3:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Serial,
यो लहरेलाइ त मार्गरिटा भन्या नि थाहा रहेनछ।
ल हेर फोटो तल।
la cheers!
बिस्टे ज्यु,
हेर्नु न के गर्ने भन्या उसलाइ ? येसो तपाइले चिन्या कोहि छैन ? एकचोटि कुरा गरु कि म उ सङ।
हे हे हे।
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 12-11-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"खुद्रा भए त दिहाल्थे नि बहिनी। अघि भर्खरै दुइटा हजारको नोट साटेँ। तपाइको श्रीमान सङ होला नि। एकचोटि सोध्नुस् न।" ढयानटरयाङ............... येस्तो म्युजिक आउनु पर्ने यहाँ । यो कथामा माया, प्रेम, धोखा, आनुभुती, ग्लानी, पक्षताप, र फेरी मायाका सँगालोहरु प्रसस्थ रहेछन । कथाले नयाँ मोड लीदै छन जसले गर्दा कथा झन रोमन्चित हुँदै छ । ल फेरी ढयानटरयाङ...............
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-08 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मार्गरिटा के खाने भनेर नि - टकिला नै खाउँ न हुन्न त्यही भएर यि मैले लिएर आएँ, चियर्स गरेर सुरुप्प पार्नु पर्छ है
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 12-11-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"खुद्रा भए त दिहाल्थे नि बहिनी। अघि भर्खरै दुइटा हजारको नोट साटेँ। तपाइको श्रीमान सङ होला नि। एकचोटि सोध्नुस् न।" ढयानटरयाङ............... येस्तो म्युजिक आउनु पर्ने यहाँ ।
ढ्यान्ट्यारना भन्ने बेला म अबदेखि Bhakte ज्यु भन्छु, तपाइँ म्युजिक ब्याकग्राउन्डमा दिनुस् है।
म मार्गरिटा खान्छु तिमि टकिला खाउ है लहरे!
Cheers!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-08 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झन कहाँ कहाँ बाट खोजेर - पैसा तिरेर किनेर ल्याएँ लिदै लिएन,
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 12-11-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन के गर्न लाग्या भन्या, शुक्रबार भोली होइन र? आजै तान्यो भने भोली फेरी हयाङ ओवर होला । लौ बेलामा भन्दया छु ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 12-11-08 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर हेर! कस्तो झुठ बोल्या यो लहरेले।
कपि यान्ड पेस्ट गर्या टकिला राखेर पैसा तिरेर ल्याको रे
क्या गफाडी यो लहरे त!
भक्ते,
अहिले खान लाको होइन, फोटो मात्र हेरेर चित्त बुझाको क्या।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-08 3:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोज्नु पर्यो - खोजेर कपी पेस्ट गरेको टाईम लाग्छ कि लाग्दैन अनी टाईम इज मनी हो कि होइन अनी अनी टाईम खर्च भएको मनी खर्च भएको भएन र -
क्या मिहिनेत गरेर टाईम लगाइ लगाइ खोजेर ल्याएको भयो अब मनी वेस्ट भइहाल्यो मेरो - हुनदेउ -
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 12-11-08 6:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hutihara bichara, kahi napayera tehi dhokebaj, jhagada parera hideki bhaye pani hunthyo, sutukka kehi nabhani bhageki nakachari lai bihe garne man garchha? Arko episode ma bichara le ali dherai nai ramri, padeki pani ra honest keti (sabai keta haru ko criteria yestai nai ho ni keti khojnu paryo bhane, he he) bhetaidinu paryo Crazy ji, tai pani bichara le Sakshi lai bhulthyo ki.
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 12-11-08 8:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेजी जी, कडा बिषयबस्तु छ । बैबाहिक जीवन का बिषम परिस्थितिका पीडित क्षणहरु को चित्रण छ । मलाई राम्रो लाग्यो । पुराना भाग समेत दोहोर्याएर पढे. । भावना र वास्तविकता को दोभानबाट कथा कसरी बढ्ने छ , म जान्नलाई उत्सुक छु । -somewhereondearth
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 12-12-08 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पढ्दैछु साथी म पनि। प्रोफेसनल गफाडी रे, हो त्यो त हा हा तर प्रोफेसनल लेखाडी पनि हो १००%।
|
|
|
bishwashre
Please log in to subscribe to bishwashre's postings.
Posted on 12-12-08 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hello soltee 2 dekhi 8 samma ko part kata herne ho ta?maile ta bhetaudaina ta hai
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 12-12-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
tai pani Crazy le post garihalechha ki bhanera bhitra chhireko ta, ke hunthyo hat ma lagyo sunnya.
bishwashre, click to all the page numbers from 1 to 6 (click on the PAGE link: "<< 123456"), you will find all of them.
|
|
|
ek@l
Please log in to subscribe to ek@l's postings.
Posted on 12-12-08 10:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आइमाई बुज्न सकिन्ना साथी, धेरै कुरा आफुले भोगेको पर्यो यो कथा मा
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 12-14-08 6:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग-११
साक्षीको ब्यबहार देखेर उसलाइ हाँस उठ्यो, कस्तो बच्चा जस्तो कुरा गर्छे साक्षी कहिलेकाँही। अबदेखि नकुर्नुस् रे, भेट्दै नभेट्ने हो भने साक्षी नैं मन्दिर नआए भइ हाल्यो नि। किन उसले नकुर्नु पर्यो? साक्षी त्यसरी कहिले रिसाउदिन थी, शायद गाइनेको संगतले साक्षी नराम्रो कुराहरु सिक्दैछे। नत्रभने कहिल्यै ठुलो स्वरले नबोल्ने साक्षी त्यसरी बाटोमा कराउनु नपर्ने। उ मनमा आफै सङ कुरा गर्दै घर पुग्यो। साक्षीले जे भने पनि उ पीर मान्दैन अब, किनभने मन्दिर भनेको साक्षीको मात्र अधिकारको कुरा होइन, उ जानेछ त्यहाँ जहिले मन लाग्छ तहिले। साक्षीलाइ कुर्ने नकुर्ने कुरा समयले बताँउछ।
उसले साक्षीलाइ बिर्सन नखोजेको होइन। बास्तबमा भन्ने हो भने साक्षीले छोडेर गएको दुइ महिनापछि फेरि साक्षीलाइ नदेखेको भए यी सबै कुराहरु हुने थिएनन् उसको जीबनमा।
नरमाइला कुराहरु नौ दिनमा नौलो, र बीस दिनमा बिर्सिन्छ भन्थे पुराना मानिसहरु। उसको जीबनमा त्यो नियम लागु भएन। सबै कुरा ताजा हुँदैछ अहिले, साक्षीसङको भेट, उ सङका सम्झना सबै जिबन्त हुँदैछन्। उसले चाहेर ब्युँताएको होइन ती भावनाहरु, आफै भइरहेछ सबै कुरा आफ्नै गतिमा। अब त झन् साक्षी उसकी स्वास्नी नभएर प्रेमिका हुन पुगेकी छे, जसलाइ उ आफ्नो भन्न सक्दैन न त पराइ भन्न सक्छ।
ठुल्दिले अर्को दिन पुरानो घरमा बुबा भेट्न जानु रे भन्ने खबर दिनु भयो। साँच्चै बुबालाइ अफिस र कामको सिलसिला बाहेक घरमा नभेटेको पनि धेरै भइसकेको थ्यो उसले। बुबा सानी आमासङ पुरानो घरमा बस्नु हुन्थ्यो, उ साक्षीलाइ बिहे गरे पछि नयाँ घरमा सरेको थ्यो। बुबाको घर र उ बसेको घरबाट पाँच मिनेटको मात्र दुरि थियो। सानी आमाको सन्तान थिएनन्। त्यही कारण हो कि के हो सौतेनी आमा भए पनि सानी आमा दन्त्यकथामा जस्तो नराम्रो ब्यबहार गर्नु हुन्नथ्यो, उसलाइ माया देखाउनु हुन्थ्यो। उ पनि बुबासङ भन्दा सानी आमासङ खुलेर कुरा गर्न सजिलो मान्थ्यो। बुबासङको सम्बन्ध अलि चिसो थ्यो उसको, आफ्नै मान्छे भए पनि को को पराइ जस्तो लाग्थ्यो उसलाइ।
अर्को दिन बिहानै पुरानो घरमा गयो उ। बुबा र सानी आमा उसैलाइ कुरेर बस्नु भएको थ्यो। सामान्य भलाकुसारी पछि खाना पनि त्यहीँ भयो त्यो दिन। जे कुरा नखोतले हुन्थ्यो भनेर उ त्यहाँबाट उम्किन खोज्दैथ्यो, खाना पछि बुबाले त्यही कुरा शुरु गर्नु भयो।
"अब कहिले सम्म यसरी बस्ने त?" बुबाको स्वरमा चिन्ता झल्किन्थ्यो, प्रश्न भन्दा पनि पीर लागे जस्तो।
उ चुप भयो, उसलाइ के थाहा कहिलेसम्म? बल्ल त साक्षी भेट्दैछ उसले। बुबालाइ जे पायो त्यही जवाफ दिनु भएन। त्यसै त हजार प्रश्न गर्नु हुन्छ, बोल्दै नबोलेर बसे आनन्दै हुन्छ। उसले यता उति गर्दै सानी आमा भएतिर हेर्यो।
"हामीलाइ त्यही चिन्ता छ बाबु। कहिले सम्म तिमी यसरी एक्लै बस्ने?" सानी आमाले उसको बुबाको कुरा फेरि दोहोर्याउनु भयो।
"एउटा कुरा आको छ। परिवार पनि राम्रो छ, केटी पनि सुशिक्षित छे, राम्रो संस्कारमा हुर्केकी छे। तँ भन्दा ७ बर्ष सानी छे। बिहे को कुरा चलाउ हामी?" बुबाले बोलाउनुको कारण खुलाउनु भयो।
"बिहे को कुरा" भन्नासाथ उसले साक्षीसङ गरेको बिहे सम्झ्यो, पाँच महिनापछिको घटना र अहिलेको अबस्था। उसले हुन्छ वा हुँदैन भन्न उपयुक्त ठानेन।
"तिमीलाइ कोहि मन पर्छ भने पनि हामी "हुँदैन" भन्दैनौं। यदि होइन भने यो केटी पनि नराम्री छैन।" सानी आमाले सेतो खामभित्र बन्द गरेको फोटो उसलाइ दिंदै भन्नु भयो। उसलाइ खाम खोलेर फोटो हेर्न मन लाग्यो तर बुबाको अगाडी त्यसो गर्न मन लागेन। उसको सानी आमाले कुरा बुझ्नु भयो क्यारे, फोटो हेरे पछि कस्तो लाग्छ, मन पर्यो कि परेन, एकचोटि खबर गर्नु भन्नु भयो।
उ मौका पाउनासाथ "काम धेरै छ" भनेर उठ्यो।
"अनि कहिले खबर दिन्छस् त?" बुबाले फेरि सोध्नु भयो, जुन कुराको उत्तर उ आफैलाइ पनि थाहा थिएन।
"एक दुइ दिन ब्यस्त छु।" भनेर टार्न खोज्यो उसले।
"उनिहरु धेरै कुर्न सक्दैनन्, दुइ हप्ताभित्र खबर गर्नु।" भन्नु भयो बुबाले।
"कि उषालाइ नैं भेटेर कुरा गर्ने हो?" सानी आमाले सजिलो उपाय बताउनु भयो।
"को उषा?" उसले सोध्यो।
"त्यही फोटोमा भएकी। म सोधुँ उषालाइ ? मेरी मिल्ने साथी की भान्जी हो उषा। " सानी आमाले कुरा धेरै अगाडी बढाउन खोज्नु भए जस्तो लाग्यो उसलाइ।
"अहिले पर्दैन, म पछि हजुरहरुलाइ खबर गरुँला।" भन्दै उ त्यहाँबाट निस्क्यो।
ढोका बाहिर के पुगेकोथ्यो, पछाडीबाट सानी आमा "ए बाबु! पर्ख पर्ख।" भन्दै आउनु भयो।
"झन्डै फोटो लान बिर्सेछौ।" उसलाइ अघिको खाम हातमा दिनु भयो सानी आमाले, उसले कति खेर सोफामा खसालेछ उसलाइ होशै भएन।
"एउटा कुरा थाहा पायौ?" उहाँले कसैले सुन्ला जस्तो गरी सानो स्वरमा भन्नु भयो।
"के कुरा?" उसले पनि सानै स्वरमा सोध्यो।
"गाइनेले मरुन्जेल पिट्छ रे नि नखरमाउलीलाइ। ठिक्क पर्यो त्यो नकचरीलाइ। कुकुरलाइ घिउ नपचेको। राम जस्तो लोग्ने छोडेर गुन्डासङ पोइला गएकी थी।" सानी आमा खुशी देखिनु हुन्थ्यो।
उसलाइ त्यो कुरा बिस्वास लागेन। साक्षी र सानीआमाको माइत एकै ठाँउमा थियो। साक्षी पोइला गएपछि त हरेक कुराहरु यसरी नैं आइपुग्थ्यो उ सम्म।
"ह्या, हल्ला नैं बढी हुन्छ हजुरहरुको माइती गाँउमा। लोग्ने स्वास्नीको घर झगडा जस्तो कुरा पनि काँ बाट थाहा पाउनु भयो नि हजुरले चाहि??" अरु कुरा फुस्काउन खोज्यो उसले।
" मिनु, क्या त मिनु ! मेरी भदैनी, हो उसैको टोलमा डेराँमा बस्छन् रे आजकाल गाइने र साक्षी। दिनहुँ झगडा गर्छन् रे, घरबेटी नैं छुटाउन जानु पर्ने गरि।“ त्यो भन्दा बढी उसलाइ केहि सुन्न मन लागेन।
"ढिलो भयो मलाइ" भनेर निस्क्यो उ त्यहाँबाट।
क्रमश:
Last edited: 14-Dec-08 07:25 PM
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 12-14-08 6:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या मिहिनेत गरेर टाईम लगाइ लगाइ खोजेर ल्याएको भयो अब मनी वेस्ट भइहाल्यो मेरो - हुनदेउ -
ha ha ha ha ...
मलाई राम्रो लाग्यो । पुराना भाग समेत दोहोर्याएर पढे. । भावना र वास्तविकता को दोभानबाट कथा कसरी बढ्ने छ , म जान्नलाई उत्सुक छु ।
-somewhereondearth
Thanks Some!
Ctal,
usko parents le khoji diyo re keti, tapaile bhanya jastai.
Thanks for assisting bishwashre.
sannani,
lekhadi ta hoina hola jasto lagcha..
bishwashre Ji,
Padhna milyo ki milena holaa?
ek@l ,
yedi yas kathale tapailai hurt garyo bhane ma mafi chahanchu. sorry la!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-14-08 7:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक हप्ता पछी कथा आउँदा पनि कती छोटो हो अली बढी लेखौ न है -
|
|