"तिमी नि तिमी!" नीलको स्वर लै कडा सुनियो। "तिमी मलाइ देख्नासाथ आउने तिम्रो आँखाको चमकलाइ लुकाएर जहिले पनि सगरकै कुरा गर्छ्यौ। तिमी आफुलाइ "कुकून" भित्र सुरक्षित महसुस गर्छयौ। सगर खालि तिम्रो बहाना हो, बास्तबमा तिमी जिन्दगिमा गति लिन चाहन्नौ। तिमी त्यही सगर नामको जालोभित्र खुम्चिएर बस्न चाहन्छौ। तर एउटा कुरा तिमी स्वीकार गर्न सक्दैनौ। मलाइ थाहा छ, तिमी पनि मलाइ चाहन्छौ। फरक यति छ, म ब्यक्त गर्छु, तिम्रो आँखाहरु बोल्छन।" नीलले मनको कुरालाइ जस्ताको त्यस्तै उतारिदियो नेहाको अगाडी।
"तिमीहरुको कुरा मिल्यो कि मिलेन?" सारा फेरि ढोकामा उभिएर हाँसी। नील र नेहा दुबै केहि बोलेनन्।
"खाना खान आउ अब!" भन्दै सारा फेरि भित्र गइ, नील चुपचाप साराको पछि पछि लाग्यो, नेहा नील गएको एक्छिन पछि भित्र पसी।
भाग-१२
बुक-क्लबको भेटपछि नील फेरि उसको मुख्य अफिसमा ब्यस्त भयो, केहि दिन उसको नेहासङ भेट हुन सकेन। ती दिनहरुमा आफैमा हराउन थाली। नीलको आरोप र बास्तबिकताबिचको दूरीबारे सोच्न थाली। कहिले उसलाइ नील ठिक जस्तो लाग्थ्यो, कहिले आफै। नीलले भनेजस्तै नील सगर र उसको बिचको माध्यम भएकोथ्यो वा सगर नील र नेहाबिचको माध्यम हुन आएकोथ्यो, उसले छुट्याउन सकिन। उ हरेक रात आफ्ना कुराहरु ताराहरुलाइ सुनाँउथी, चन्द्रमासङ सोध्थी र आकाश हेरेर रुन्थी। कहिलेकहिँ असारे फूलहरुसङ आफ्नो बह पोख्थी। उ कोशिशमा थी नीलको को आरोप साँचो हो वा उ आफै संकिर्ण घेराभित्र सुरक्षित रमाउने केटी हो?
यस्तैमा उसलाइ रुघाखोकीले सताउन थाल्यो, केहि दिन औषधी नखाएर सही, तर अति भएपछि बिरामी बिदा लिएर आराम गर्न कर लाग्यो। नेहा बिदामा बसेको दिन नील अफिस आयो, उसको पहिलो खोज नैं नेहा थियो। नेहालाइ नदेखेपछि शुरु भयो उसको बेचैन मनको छटपटी। साराले नेहालाइ बिसन्चो भएको कुरा बताइ। सामान्य रुघाखोकि मात्र भने पनि नीललाइ नेहाको अनुहार एकचोटि नहेरी सन्तोष भएन। उसले सारालाइ नेहालाइ भेट्न जाउ भनेर अनुरोध गर्यो। साराले ब्यस्त भएको कारण त्यो दिन जान नसक्ने कुरा बताइ। अर्को दिन सम्म नील कुर्न नसक्ने भएकोथ्यो। उसलाइ भित्र भित्रै नेहाको चित्त दुखाएकोमा ग्लानि पनि भइरहेकोथ्यो। नील सारालाइ जसरी पनि समय मिलाउन अनुरोध गरिरहेकोथ्यो नेहालाइ हेर्न जान। साराले समय मिलाउनै सकिन, नील निराश भयो।
सूर्य दिनसङ बिदा माग्दै अस्ताउन लागेको बेलामा नेहाको ढोकामा कोहि "ढक ढक" गर्दैथ्यो। आलस्य शरीर र अनुहारभरि छरिएको केशलाइ सम्हाल्दै नेहाले ढोका खोली।
"साराले तिमीलाइ कस्तो छ भनेर हेर्न पठाएकी!" नीलले अफिसदेखि तयार गरेको बाक्य बोल्यो।
नेहा एक्छिन छक्क परी, केहिबेर नीललाइ हेरी, अनि भित्र बोलाइ।
"साराले आज हामीलाइ झगडा नगर्नु भनेकी छे।" नीलले अर्को बाक्य पनि गल्ती नगरीकन बोल्यो।
नेहा अलिकति हाँसी तर पनि केहि बोलीन। नेहा हाँसेपछि नीलको साहस बढ्यो।
"अहिले तिमीलाइ कस्तो छ?" नील नेहाको अनुहारमा केहि खोजिरहेकोथ्यो, त्यो उसलाइ पनि थाहा थिएन।
"हिजो भन्दा आज धेरै राम्रो छ। दिनभरी औषधी खाएर सुतेको, बल्ल उठें। भोक पो लाग्न थाल्यो।" भन्दै नेहा उठी।
"के खाने त? म किनेर ल्याँउछु।" नीलले सोध्यो।
"खासै केहि खान मन छैन, तातो तातो सुप खान मन लाग्यो। तिमी के खान्छौ? अरेन्ज जुस कि पानी?" नेहाले किचेनतिर जाँदा सोधी।
"पानी मात्र!" नीलले फेरि सोध्यो "म सुप किन्न जाँउ त?"
"पर्दैन! यहाँ चिकेन छ, त्यसैको सुप बनाएर खान मन लागेको छ।" नेहाले पानी दिंदै भनी।
"म पकाइदिन्छु, तिमी आराम गर। कहाँ के के छ देखाउ, मलाइ चिकेन सुप मिठो बनाउन आँउछ।" नील पानी पिइ सकेर किचेनमा आयो।
"म दिनभरी आराम गरिराको त हो नि! भैगो, तिमी पाहुना जस्तो भएर बस।" नेहाले फ्रिजबाट चिकेन झिकी।
"म तिम्रो पाहुना हैन। मैले बनाको सुप त खाएर हेर आज! सधैं बनाउ भन्छौ तिमी मलाइ। तिमी आराम गर्न बस।" नीलले जिद्दि गरेपछि नेहाले कहाँ मसला, नुन, तेल, गोल्भेडा, चाहिने जति सामानको ठाँउ देखाइदी, नील सुप पकाउन थाल्यो। नेहा टि बि हेर्न थाली। बेला बेलामा उठेर किचेनमा पनि हेर्न जान्थी। नील एकोहोरो भएर चिकेन सुप पकाउन थाल्यो।
"खै तिम्रो चिकेन सुप पाक्न कति बेर लागेको? मलाइ यहाँ भोक लागि सक्यो।" नेहाले १० मिनेटपछि सोधी नीललाइ।
"पाक्नै लाग्यो एकैछिन धैर्य गर।" नीलले किचेनबाट भन्यो।
केहि बेरपछि नीलले ठुलो कचौरामा चिकेन सुप ल्याइदियो नेहालाइ। नेहा उठी र डाइनिङ् टेबलनिर गएर बसी। सुपको बासनाले नेहाको पेटमा इन्जाइम्सहरु दौडिन लागेका थिए। फु -फु गर्दै नेहाले सुप खान शुरु गरी। नील नेहालाइ हेरिरहेकोथ्यो।
"एक्दम मिठो बनाउदो रहेछौ। के के हाल्यौ सुपमा?" नेहा सुप पिउनमा ब्यस्त थी।
"माया!" नीलले एकै स्वाशमा भन्यो।
नेहा चुप लागी, केहि नबोली सुप पिउन थाली। नीललाइ अप्ठ्यारो लाग्यो, बेकारमा फेरि के बोलेछु जस्तो भयो।
"तिमी के खाने नि?" नेहाले एकछिनपछि सोधी।
"म त तिमीले सुप खाएको देखेरै अघाँए।" नीलले हाँस्दै भन्यो।
"साँच्चै हो? नत्रभए, त्यहाँ फ्रिजमा के के छ, आफै पकाएर खाउ। मलाइ तिमीलाइ जस्तो मिठो पकाउन आँउदैन" नेहाले आफै पकाउने दुख गरिन।
"नेहा!" नीलले बिस्तारै बोलायो।
"हुँ--" नेहा सुप खानमैं ब्यस्त थी।
"मलाइ एक चम्चा तिम्रो सुप खुवाउ न।" नीलको स्वरमा अनुरोध थियो। नेहा एकछिन सकपकाइ, तर केहि नसोची एक चम्चा सुप आफ्नै हातले नीललाइ खुवाइ। नील दङ पर्यो। नीलको शब्दकोशमा त्यो क्षणको खुशी बर्णन गर्ने शब्द थिएन।
"एकछिन बाहिर जाने?" चिकेन सुप सकेपछि नेहाले सोधी।
"कहाँ?" नीलले सोध्यो।
"यहीँ बाहिर अलिकति हिंडौ न है। मलाइ कोठाभित्र बस्दा बस्दा वाक्क लागि सक्यो।" नेहाले कारण प्रष्ट बताइ।
"हुन्छ।" नीललाइ के आपति हुन सक्थ्यो।
"आज त मौसम पनि कति राम्रो है?" नीलले नीलो आकाश हेर्दै भन्यो। उनिहरु नजिकैको "स्विमिङ् पूल" हुँदै केहि हरियो रुख भएतर्फ जाँदै थिए। बाटोमा रातो, कलेजी, पहेंलो थरि थरि फूलहरु एकै लाइनमा फुलेका थिए। नजिकैका रुखहरुमा हरियो सिल्क जस्तो नरम पालुवाहरु थिए। केहि पर असारे फूलहरु नेहालाइ मुस्काएर स्वागत गर्दैथे।
"नील मलाइ यी फूलहरु असाध्यै मन पर्छ।" असारे फूलहरुलाइ देखाँउदै भनी नेहाले।
"यति राम्रा फूलहरु कसलाइ मन नपर्दो हो?" नील गुलाबी फूलहरुलाइ निहार्दै थ्यो।
"तिमीलाइ पनि मन पर्यो?" नेहाले सोधी।
नील नेहाको प्रश्नको उत्तर नदिकन अगाडि गयो र एक झुप्पा असारे फूल टिप्यो, नेहालाइ दिदैं भन्यो "यो तिम्रो लागि!"
नेहाले "धन्यबाद" भन्दै लिइ।
"हेर न! यी फूलहरु कति सहनशील छन्, बर्षा, घाम, हुरी जे मा पनि यस्तै मुस्काइरहेका हुन्छन्। मलाइ यिनीहरुको सार्है माया लाग्छ।" नेहाले फूलहरुलाइ चुमी र छातिमा लगाइ।
"अनि फूल दिने मान्छेको नि?" नीलले ठिक समयमा सोध्यो।
"के?" नेहाले नबुझेको जस्तो सोधी।
"तिमीलाइ मेरो माया लाग्दैन?" नीलको यो सोधाइले नेहा गुलाबी भइ, अलिकति लजाइ फेरि आफैलाइ सम्हाली।
"भन न, नेहा! तिमीलाइ मेरो माया लाग्दैन?" नीलले फेरि सोध्यो।
"सबै कुरा भन्न जरुरी छ?" नेहाले बनावटी रिस देखाइ।
"छुच्ची!" नीलले पनि रिसाएको जस्तो गर्यो।
"छुच्चो!" नेहा नीललाइ जिस्काँदै हाँसी, नील पनि हाँस्न थाल्यो। दुबैजना धेरै बेरसम्म हाँसिरहे। असारे फूलहरु उनिहरु सङै हाँसिरहेका थिए, आकाश मुस्काइरहेकोथ्यो। बसन्त, पालुवा, सबै फूलहरु उनिहरुलाइ हेरेर रमाइरहेका थिए।
समाप्त!
Last edited: 03-Jun-09 01:35 PM
Last edited: 03-Jun-09 02:17 PM