[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शृंखला

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 109157 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 07-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला

 

हाम्रो टोलाँ एउटा परीबार बस्न धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।

 

त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ।, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।

 

अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने उस्को प्रतिद्वन्दी नै थिईंन। सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?

 

संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।

 

शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।

 

एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।

 

एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।

 

एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।

 

यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।

 

"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।

 

मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्‍याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।

 

शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।

 

शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।

 

बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।

 

आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।

पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।  

 

टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।

 

त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।

 

 

त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।

 

शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि। 

 

एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।

 

उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"

 

"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।

 

बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।

 

उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले  बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

 

 


 
Posted on 08-18-08 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्षितिजले यस्तो भन्या भएनी हुन्थ्यो नि

Vaapas Kar Aayi Baabul Ko Main Shaadi Ka Joda

Maine Pyaar Ko Pahan Liya Hai Pyaar Ko Sar Pe Odha

Phek Di Maine Gali Mein Jhoothi Rasmon Ki Angoothi

Tod Diye Sab Laaj Ke Pehre Main Har Kaid Se Chhooti

Pag Pag Thokar Khaaon Chalti Jaoon Akhiyaan Meeche

Aage Mere Saajan Ka Ghar Duniya Reh Gayi Peechhe

 

-daum


 
Posted on 08-18-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one!  Keep it up!
 
Posted on 08-18-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो कामले पेलिएर तेल निस्कन लाग्दा यता दीपले पेलान दिएर धुनधान रहेछ!

लौ प्रभो माथिका संवादले मलाई पनि ठिटो हुँदाका पुराना सम्झनाहरुले छोपे!

अनि गाथमा आरामै होला नि हैन?


 
Posted on 08-18-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe,

"बस्टन तिर शुट गरेको फिलिम होला .."

जता शुट गर्या भए नी लाग्यो मनमै र पो मार्यो त ब्रो।

Khitititititiiii ,

"ma sanga sabda bhayena tarif garna lai... Chhitiz ko Sundarta...."

--उस्को सुन्दरता बयान गर्ने शब्द सकिएर म त टाट पलट्या उही बेला देखी हो प्रभो--अनि गीत त बबाल रे छ। मन पर्यो।

Dipika02,

"यो पढ्दा त कस्तो नरमाइलो लाग्यो।"

पढ्दै नरमाईलो लागेछ म त झन फेलै पर्या। के गर्नु? अतित सँग बाँच्न पनि नमिल्ने भाग्न पनि।

Poonte,

"Malai ta Haandigaaon nai ramaailo laagthyo..."

हो प्रभो, मलाई पनि। तर मलाई माहाराजगन्ज झन रमाईलो लाग्ने। बुझियो हैन त प्रभो?

serial,

प्रभो पनि खाल्टाँ परीसक्या मान्छे हो कि के हो?

swopnilcheeta,

are a gifted writer ..."

कोशीश गर्दै छु प्रभो उपहार खोल्न।

somewhereondearth ,

"डुबौ प्रभो डुबौ "

मलाई राम्रो पौडिन आउँदैन भन्ने थाह पाएर डुबौं डुबौं भन्या हैन त?--- हँ प्रभो?

daum,

कुरा त ल्याको हो प्रभोले -- तर अलि डेन्जर डेन्जर कुरो पर्यो।

paradeshi ,

ood one!  Keep it up!"

हस।

Birkhe_Maila ,

"आफ्नो कामले पेलिएर तेल निस्कन लाग्दा ..."

कुन काम हो प्रभो? संसकृतको हो कि, अर्कै?

*******

अर्को शृङ्खलाको बेला भैसक्यो क्यार-----

 

Last edited: 18-Aug-08 11:17 AM

 
Posted on 08-18-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी भित्र लागिम। मेघना नै अघि लागेकी थिई। उस्को पछि क्षितिज थिई। आदित्य त्यस पछि, अनि रबिन अनि म। .....

बैठक कोठामा एकातिर सँग रबिन बसेको थ्यो, क्षितिज सँग मेघना बसेकी थिई अनि आदित्य एक्लै। रबिन पूर्ब फर्केर बसेका थिईम--मेरो बायाँ तिर रबिन थ्यो। मेघना क्षितिज उत्तर फर्केर बसेका थिए। क्षितिजको दायाँ तिर मेघना थिई। सोफाले छुट्टाएको थियो नभए क्षितिज संगै थिईम। मैले दायाँ हात तिर उस्ले बाया हात तिर बढाएको भए हाम्रा हातहरु सजिलै भेटिन्थे। आदित्य दक्षिण फर्केर बसेको थ्यो। रबिन आदित्य कुरा गर्दै थिए। मेघना क्षितिज पनि कुरा गर्दै। केही पलको लागि फुर्सद थिएँ। आफ्नै घरमा पाहुना जस्तो।

कोठाको बाताबरण धपक्कै बलेको थ्यो। अनायसै क्षितिजका हेराईहरु तिर फर्के--उस्का हेराईहरु तर्फ बढेका आभाष के भएको थियो मेरा आँखाहरु उस्का ति हेराईहरुको अभिबादनका लागि उठी हाले। उस्का मेरा हेराईहरु निमेष भरका लागि जुधेका थिए होलान, फिलुङ्गाहरु तर कोठा भरी छरिए। मनले ठोकेको दमाहमा थर्किदो मेरो टि शर्टलाई सम्हाल्दै थिएँ, आदित्यले उस्का शब्दहरु तिर सोझ्यायो। औपचारीकताका शब्दहरु थिए ती।

आदित्य मेरा कुरा हुँदा मैले आफ्नो दाइने आँखाको कुनाबाट देखेको थिएँ क्षितिजले मलाई हेरीरहेकी।

कुराकानीको सिमा फैलिएको थियो अहिले। क्षितिज मेरो बाहेक सबैको सबै सँग दोहोरो कुरा हुँदै थियो।

कुम भन्दा अलि तल सम्म उस्का कपालहरु झरेका थिए। चुराहरु टन्नै लगाएकी थिई उस्ले। पटक पटक आफ्ना हात उठाएर कपालका केही लहरहरुलाई कानको पछिल्तिर लैजान्थी। त्यसो गर्दा उस्का चुराहरु सर्थे अनि ती चुराहरुका मधुर झंकारले केही भन्न खोजे झैं लाग्थ्यो मलाई।

मेघनाले खानाको बारेमा सोधी, उनीहरुलाई केही हतार नभएको आदित्यले भन्यो। के खाने, के गर्ने, कसो गर्ने त्यो सबैको जिम्मा मेघनाले लिएकी थिई। मेघनालाई हेर्दा लाग्थ्यो साँच्ची नै मेरै बहिनी घर आएकी छे। उस्ले मेरो घरलाई उस्कै जस्तो ठानेकी थिई। मलाई राम्रो लाग्यो।

बियर, वाईन, अनि मेघनाका परिकारहरु मुक्त भएका थिए।

"चुरोट चल्छ?" आदित्यले एक घुट्की उस्को गिलासबाट पिउँदै सोध्यो।

"कैले काहीँ" मैले भनें।

बार्दली तिर देखाउँदै उस्ले भन्यो "त्यतै होला नी, हैन?"

मैले हो भने। उठ्यो, रबिन पनि। -आफ्ना पेय पदार्थ खानेकुरा बोकेर पुगिम बार्दली। मेघना क्षितिज भित्रै थिए।

आदित्य खुल्दै थियो। उस्ले मलाई चिनेको थिएन। मैले उस्लाई चिनेको थिएँ। त्यो उस्लाई थाह थिएन। त्यसैले जति खुल्न सकेको थिईन। तर उस्ले त्यस्को गलत अर्थ नलगाओस भनेर सतर्क थिएँ।

चुरोटका धुबाँ सँगै गफ उडाईयो। आदित्यको रित्तो गिलास तिर संकेत गर्दै रबिनले सोध्यो बियर नै ल्यादिम कि ह्विस्की ट्राई गर्ने?

"ट्राई गरम " आदित्यले सजिलै भन्यो। मैले चै सोचें "फिटान भयो भए घर कसरी जान्छ कुन्नी" तर सोध्ने कुरा भएन।

मंगलबार एल जाने अनि त्यहाँ एक हप्ता बसेर नेपाल फर्किने कुरा सुनायो आदित्यले। नेपालमा के गर्छ त्यो भन्यो।आदित्य सँग कुरा गर्दै जाँदा मान्छे मलाई राम्रै लाग्यो। क्षितिजले राम्रो मान्छे पाएकोमा खुसी पनि।

खानाको कार्यक्रम तोकी मेघनाले। त्यै अनुसार भयो। परिकारहरु -आफैले लिनु पर्ने। खानेकुरा लिएर आदित्य फेरी बार्दली तिर लाग्यो। साथ दिनै पर्यो। पनि गएँ। रबिन पनि आयो। मेघना क्षितिज भित्रै बसे। मलाई सँगै बसेर खान मन थियो। अब उनीहरु बार्दलीमा नआउने आदित्य बार्दलीमा बस्ने भन्ने। रबिनलाई मात्रै आदित्य सँग छोडेर मलाई मेघना क्षितिज सँग भित्र बस्न सजिलो लागेन। क्षितिजको ठाउँमा अरु कोही भैदिएको भए सायद बस्थे पनि होला।

एक किसिमको खानेकुरा खाईरा आफुले-- मेघनाले बनाएका खानेकुराहरु एक दम मिठो लाग्यो। सेकेण्ड राउण्ड हान्नु पर्यो भनेर भित्र छिर्या क्षितिजको पनि थप्ने बेला भा रे छ। के गरुँ के गरुँ भो।

" मौकामा आउनु भयो दीपदाई। जानी जानी होला नी।" मेघनाले हाँसेर भनी। झसँगै भए। फर्केर हेरें बार्दलीको ढोका लागेको थ्यो। क्षितिजले तिर पुलुक्क हेरी। झन्नै झन्नै रित्तो प्लेट बोकेर उभिएको थिएँ।

उस्ले भन्न केही भनीन तर मेरो प्लेटमा खानेकुरा हाल्दिन थाली।

"टन्न ख्वा है दीपदाईलाई--पुर्या रहर" मेघना जिस्क्याउँदै थिई।

अझै बोलेकी थिईन। तर मुस्कुराईरहेकी भने थिई।

"हामी पनि थप्नु पर्यो" रबिन आदित्यले पनि भित्र छिर्दै भनें।

क्षितिज संग गर्नलाई मन भरी कुरा थिए सँग। उस्लाई के भनेर सम्म पनि सोधेको थिईन मैले। मौकै परेको थिएन। हुन उस्ले पनि सँग एक शब्द सिधै बोलेकी थिईन। भैरहेका कुरामा उस्का मेरा बोली मिसिएका थिए तर हाम्रो बोलचाल भएको थिएन। त्यो स्थितीले मलाई बिचलित गर्दो थ्यो।

बाँकि खानेकुरा भित्रै खाईयो। हामीले खाईसक्दा नसक्दै मेघनाले क्षितिजलाई "रबिन दीपदाईलाई धन्ना गर्न पाएन भने निन्द्रा लाग्दैन रे -- " भन्दै भान्साबाट लिएर उस्को सुत्ने कोठातिर गै।

हामी जुँगेटोली फेरी बार्दली तिर लागिम।

साथीभाई हरु सँग ट्वाँट चुरोट भए पछि कि तरुनीका गफ हुन्थे नभए नेपाल सुधार्ने। अब तरुनीको कुरा गर्न अलि खतरा भएर होला कुरा नेपाल सुधार तिर लाग्यो। आदित्यले उस्को प्रोजेक्टको कुरा गर्न थाल्यो। उस्को कामले कसरी नेपाल सुध्रिन्छ भन्न थाल्यो। रबिन सुन्दै थिएम। उस्को कार्यक्रम उस्ले ईन्टरनेटमा देखाउने भयो। मैले ल्यापटप ल्याउनु पर्ने भो।

मेरो कोठामा आएँ ल्यापटप लिन। क्षितिज मेघना मेरै कोठामा मेरै ओछ्यानमा के हो ताना तान गरेर बसी रा रेछन।

"के गरी रा हँ तिमीहरु?" कोठामा पस्दै मैले सोधें।

क्षितिज जर्याक जुरुक ओछ्यानबाट उठी। मेघनाले चै ओछ्यानबाटै भनी "हेर्नु दीपदाई-- तपाईको एउटा चिज यो क्षितिजले मलाई हेर्न दिन्न---"

"के चिज?" मैले सोधे।

मेघनाले केही बोल्नु अघि नै क्षितिजले उस्ले समातेको चिजलाई उस्को छातीमा उस्का दुबैहातले अरु लुकाएझै गरेर मेरा आँखामा सिधै हेरेर भनी "मेरो किताब हो नी"

गए राती उस्कै किताब सँग निदाएको थिएँ। फिर्ता राख्न बिर्सीएछु। त्यहीं टेबलमा थ्यो। पछि राख्छु भन्दा भन्दै त्यतिकै भएछ।

त्यो किताब हो उस्कै। त्यही भएर मलाई त्यस्तो प्यारो थियो। मेरै भएको भए कुन बेला कहाँ पुगीसक्थ्यो होला।

मैले केही भनीन। मेघना उठेर जान ला थी मैले रोकें। मलाई क्षितिज सँग मात्रै त्यो कोठामा हुन उचित लागेन।

मैले देखें "मेरो अगाडी कसैकी श्रीमती उभिएकी छे, मेरी क्षितिज हैन।"

साईडटेबलमा भएको मेरो ल्याप टप उठाएर फर्किन लागेको थिएँ "दीप" क्षितिजको मधुर तर कम्पनले भरीएको स्वर मेरो कानमा ठोक्कियो। रोकिएँ। आज मात्रै हैन, कति बर्ष पछि पहिलो पटक उस्ले मलाई त्यसरी सम्बोधन गरेकी थिई।


उही आवाज। मैले फर्केर उस्लाई हेरें। उही मान्छे। उही क्षितिज।

मेरो अलि नजिक आई। किताब उस्ले अझै बोकेकै थिई।

"किन राखेको यो किताब अझै?" उस्ले सोधी। मैले उस्का आँखामा हेरें--उही मदहोस बनाउने हेराई।

के जबाफ दिउँ? जबाफ नभएको हैन। तर जुन जबाफ सहि थ्यो त्यो जबाफ दिनु सायद उचित थिएन--बनाबटी जबाफ दिन मलाई मन लागेन। 

"यो किताबमा लेखिएका शब्दहरु बिर्सेको छैन?" उस्ले फेरी सोधी।

"एक एक शब्द मनले सम्झेको " यस पटक मैले जबाफ दिएँ।

"मनले शब्दहरु मात्रै सम्झेको दीप कि ती शब्दहरुमा आफ्नो मन दिने मान्छेलाई पनि?"

मेरो मनमा आँधी चल्न थाल्यो। कसैलाई पनि चाहेर बिर्सिन सकिन्न। त्यो झन सम्झिने उपाय हो। सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन।

----


 
Posted on 08-18-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन।"
Yo line ley ta maan nai choya ni.....
wah wah deep bro....


 
Posted on 08-18-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीभाई हरु सँग ट्वाँट चुरोट भए पछि कि तरुनीका गफ हुन्थे नभए नेपाल सुधार्ने।

अनायसै क्षितिजका हेराईहरु तिर फर्के--उस्का हेराईहरु तर्फ बढेका आभाष के भएको थियो मेरा आँखाहरु उस्का ति हेराईहरुको अभिबादनका लागि उठी हाले

प्रेम कथा त दामी छ है । लब नपरेकालाई त भावुक बनाउने रहेछ, वास्तविक भोग्ने हरुलाई कस्तो भयो होला? 


 
Posted on 08-18-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बैठक कोठामा एकातिर सँग रबिन बसेको थ्यो, क्षितिज सँग मेघना बसेकी थिई अनि आदित्य एक्लै। रबिन पूर्ब फर्केर बसेका थिईम--मेरो बायाँ तिर रबिन थ्यो। मेघना क्षितिज उत्तर फर्केर बसेका थिए। क्षितिजको दायाँ तिर मेघना थिई। सोफाले छुट्टाएको थियो नभए क्षितिज संगै थिईम। मैले दायाँ हात तिर उस्ले बाया हात तिर बढाएको भए हाम्रा हातहरु सजिलै भेटिन्थे। आदित्य दक्षिण फर्केर बसेको थ्यो। रबिन आदित्य कुरा गर्दै थिए। "

launa yo ta puzzle solve garya jastai lagyo la aba patta lau falano kasko sidema baseko thiyo bhanne khalko :)

katha kasto ramro, manai chhune. 


 
Posted on 08-18-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma sanga sabda nai chhaina taipai ko utkrista prashtuti ko tarif garna. Well done deep bro. Ali chando chando bhatyaunu paryo katha.

Last edited: 18-Aug-08 01:58 PM

 
Posted on 08-18-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेघनाले केही बोल्नु अघि नै क्षितिजले उस्ले समातेको चिजलाई उस्को छातीमा उस्का दुबैहातले अरु लुकाएझै गरेर मेरा आँखामा सिधै हेरेर भनी "मेरो किताब त हो नी"

गजब छ ल कहानी, माथिको लाइन पछी चै कथाले रमाइलो मोड लियो तर के गर्नु अर्काकी भयी सकेकी छे धेरैनै ढिलो भो है दीप ब्रो।।


 
Posted on 08-18-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउनसाथ ताततातै एक गासाँ पढेर सक्याको,दुइ शब्द लेख्न चै भुलिछु,

"मनले शब्दहरु मात्रै सम्झेको छ दीप कि ती शब्दहरुमा आफ्नो मन दिने मान्छेलाई पनि?"
के भनु दिप ब्रो,किन एस्ता हुन्छन है केटीहरु,अर्का सँग जादै नजानु,गैसकेछी यसरी झुलुक्क आएर नतड्पाउनु।

ब्रो को कत्ती दिन को निन्द्रा हराम भो त तेस्पछी। मनभित्र को दमाह को रफ्तार नि कत्ती को बढ्यो त ?


 
Posted on 08-18-08 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

........मेघनाले केही बोल्नु अघि नै क्षितिजले उस्ले समातेको चिजलाई उस्को छातीमा उस्का दुबैहातले अरु लुकाएझै गरेर मेरा आँखामा सिधै हेरेर भनी "मेरो किताब हो नी"...............................त्यो किताब हो उस्कै। त्यही भएर मलाई त्यस्तो प्यारो थियो।........... kasto sweet.  

रबिन दीपदाईलाई धन्ना गर्न पाएन भने निन्द्रा लाग्दैन रे  dubai jana ko sarai ashal bani raheycha .


 
Posted on 08-18-08 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep parvuu!! Yo keta manchhe lai ruwaune karya garna bhayena hau! Boys don't cry re kya!
To conclude it all: I feel the story while reading it, every word, every pace!
You are master in crafting it that way.

 
Posted on 08-18-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"Malai ta Haandigaaon nai ramaailo laagthyo..."

हो प्रभो, मलाई पनि। तर मलाई माहाराजगन्ज झन रमाईलो लाग्ने। बुझियो हैन त प्रभो?

 

Bujhe jhain laage pani nabhujhe jhain garna parni bho ra po maryo ta ni, gaanthen! Chundevi maa tikaa laara, chaini, Chhitiz laai kureko pol kholdim? Pravo le ni bujhyo haina ta? LOL

 

Bholi kaam-aat aamne bittikai arko bhaag padhna paam, aaram le sutna payinthyo hola ke re...



 
Posted on 08-19-08 12:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मनमा आँधी चल्न थाल्यो। कसैलाई पनि चाहेर बिर्सिन सकिन्न। त्यो झन सम्झिने उपाय हो। सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन।........ natamastak bhaye prabhu..... thyakkai mann ko kunnai m

ma choyo..........


 
Posted on 08-19-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<<<मैले देखें "मेरो अगाडी कसैकी श्रीमती उभिएकी छे, मेरी क्षितिज हैन।">>>>>>>

<<<<<<"मेरो मनमा आँधी चल्न थाल्यो। कसैलाई पनि चाहेर बिर्सिन सकिन्न। त्यो झन सम्झिने उपाय हो। सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन।">>>>>>

 

full of emotions.  yespali nikai man chhune katha rakhnu bhayeko chha. Superb!


 
Posted on 08-19-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो जादै रहेछ

 दिपदा, 

उसोभा कतिपय भावानात्मक संबन्धहरु सधैलाई जीवित नै रहन्छन  हो?


 
Posted on 08-19-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यो किताब हो उस्कै। त्यही भएर मलाई त्यस्तो प्यारो थियो। मेरै भएको भए कुन बेला कहाँ पुगीसक्थ्यो होला।"

pravo, such a romantic line... i m really impressed


 
Posted on 08-19-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यो किताब हो उस्कै। त्यही भएर मलाई त्यस्तो प्यारो थियो। मेरै भएको भए कुन बेला कहाँ पुगीसक्थ्यो होला।"

pravo, such a romantic line... i m really impressed


 
Posted on 08-19-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यो किताबमा लेखिएका शब्दहरु बिर्सेको छैन?" उस्ले फेरी सोधी।

"एक एक शब्द मनले सम्झेको " यस पटक मैले जबाफ दिएँ।

"मनले शब्दहरु मात्रै सम्झेको दीप कि ती शब्दहरुमा आफ्नो मन दिने मान्छेलाई पनि?"

खतरा लब स्टोरी चलेको रइछ दीप ब्रो को पनि !

This is the best part I have ever read in this story.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
All the Qatar ailines from Nepal canceled to USA
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters