“साझामा १० बर्ष “
हालै सान दाइले साझाको १५औं ह्यापी बर्थ डे मनाएको खबर साझाकै भित्तामा
फित्ता कसेर टाँसेको देखेको थिएँ | अनि
झल्याँस सम्झे आफु पनि साझाको लैलैमा लागेको नि पुग न पुग १० बर्ष भयो जस्तो लाग्यो
र सान दाई लाई मेरो पहिलो पोस्ट कहिले भनेर सुटुक्क सोधें |
संयोगबस साझामा औपचारिक रुपमा
पोस्तेर सहभागी भएको आजले १० बर्ष भयो गाँठे | समय घडी पला मिनेट सेकेन्द भन्दा नि
फास्ट रहेछ | १० बर्ष आँखा झिमिक्क नगर्दै बित्यो ( यो चाहि अलि बढी नै जस्तो छ )|
साझा भर्ना हुनुको कारण
सरकारी कर्मचारी थिएँ | कम्प्युटर, इन्टरनेट र इमेल भन्ने दुर्लभ
सुबिधा कुनै कुनै सरकारी अफिसमा मात्र हुन्थ्यो सन् २००० ताका | तै पनि Y2K को नाम
मा लुट को धन फुफुको श्राद्ध गरि हाले | त्यस्तै सुबिधा सम्पन्न सरकारी अफिसमा
पोस्तिंग भाथ्यो | तै पनि इमेल र इन्टरनेट भनेको बिरलै दर्शन पाइन्थ्यो | संयोग मास्टर्स
गर्न युरोपीय देश पुगेपछि बल्ल कम्प्युटर, इमेल र इन्टरनेट सुलभ भयो | अपार्टमेन्ट
मै इन्टरनेट, कम्प्युटर फ्री| तै पनि साझा बारे भनक मिलेको थिएन |
आज्ञाकारी सरकारी मुलाजिम न ठहरियो, पढाइ सक्यो , मास्टर्स डिग्री
हातमा बोकी गजधम्म फुलेर स्वदेश फिर्ती भएँ | पुन: अफिस ज्वाइन गर्न ३ महिना
लाग्यो | नेपाल फिरेको २-३ दिन मै हाजिर हुन पाउँ भनी दिएको निबेदन माथि टिप्पणीका
पाना थपिदै फाइल इधर उधर किधर भने जस्तै कता
कता | आफुलाई बालै हो| निर्णय गर्ने डुकुलंठुक हाकिमहरुले अलमल गर्छ भने मलाइ के
को मतलब | निबेदन दिएको दिन देखि हाजिर नगराई सुख छैन , तलब न दिई सुख छैन |
३ महिना जति अलमल गरेर अर्कै शाखामा खटाइए | संयोग बस फेरी कम्प्युटर
र इन्टरनेट भएको एक मात्र कोठामा ड्युटी | के खोज्छस् पुन्तर , कम्प्युटर भने
जस्तै | युरोपको प्राय जस्तो देश घुमिवरी आएको, त्यताको काम गर्ने प्रबिधी र सीप
सिकेर आएको नेपाल आए पछी टाइपिस्ट भैयो | हाकिम साहेबको अमेरिकामा रहेकी
छोरीलाई इमेल संदेश पठाउने काम गरेर बसियो | थुक्क ! इन्जिनियरिंगमा त्यो पनि युरोपको
अति बिकशित राष्ट्रको प्रतिष्ठित संस्थाबाट डिग्री लिएको त केहि काममा आएन |
अब भएन, अमेरिका एक फेर घुमघाम गरेर आउनु पर्यो भन्ने दिब्य ज्ञान
फुर्यो| अमेरिका त जाने कसरी जाने ? डिभी जिन्दगीमा परेको हैन , भरेको भरेई मात्र |
आफन्त कोइ छैन स्पोन्सर गरेर बोलाउला भनेर बसुँ भने |
आफ्नो योग्यता भनेको अलि अलि घोक्न सक्ने र खोक्न सक्ने हो | त्यसैमा
भाग्य आजमाउनु पर्यो भन्ने लाग्यो |
अखबारमा “हर्बर्ट हम्फ्री फेलोशिप “ भन्ने युसेफको बिज्ञापनमा आखा गयो
| अब भने के खोज्छस डाका , अमेरिका .........
जस्तो भयो | मध्यम लेभलको सरकारी तथा गैर सरकारी अधिकृत /म्यानेजरको लागी १० महिने
अध्ययन भ्रमण | टिकेट देखि लिएर सबै फ्री | खान बस्न महिनाको दुइ हजार डलर |
फाराम सारांम आराम संग भरि, चाहिने
३ ओटा अंग्रेजी निबन्ध कनिकुथी लेखि बुझाइयो| युरोप बस्दा नै एक पल्ट ट्राइ मारौं
भनेर जर्मनीमा गैर टोफल भनाउँदा जांच दिएको थिएँ | त्यसको काम आयो | पहिलो राउण्डको
अंग्रेजी टेस्ट ( सबै भन्दा कठिन स्टेज ) जम्प गरी सेकेन्ड राउण्ड पुगियो | १ हजार
को हाराहारीको आबेदन १०० मा झारियो | त्यहाँबाट स्टेज २, ३ हुँदै फाइनल १० सम्म
पुग्न सफल भैयो | सपनामा पनि अमेरिका घुमेको दृश्य देखन थालेको थिएँ | सेतो दर्बार
( व्हाइट हाउस ) को बारमा फोटो खिचनै लाग्दा आर्को मान्छेले छेक्दा निद्रा खुलेको |
अलिकति अलिछिनी त भएको रहेछ नि , फाइनल २ मा नाम निस्केन | थुक्क, फेरी
एकपल्ट नराम्रो संग पछारिएँ |
क्रमश:
(साझामा पहिलो पोस्ट सानो कबिता थियो -
http://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=20654