एकादेश आज नाक काटेकी सुपर्नखआ भएकी छे|
बदलाको भावनामा चुर, क्रोधले आधीबेरी भएकी छे |
बिस्फोट हुन्छ
र हुनै पर्छ |
यूद्ध हुन्छ अनी शुद्ध हुन्छ|
को मर्छ को मारिन्छ,
कस्ले काट्छ
र को काटिन्छ|
एस्को लेखा जोखा, हिसाब किताब, राख्ने कोही रहला वा नरहला,
बिरही को गीत बन्ला वा हावाको बेगमा डुल्ने कण झै हराउला|
खोपडीमा गिदी छ तर ज्ञान छैन|
खेतमा दिनभरी जोतिने गोरु भएका छन,
एस्का पात्रहरु|
हजुरआमाको मिठो स्वरमा सुत्नु अगाडी उत्सुक्ता पूर्वक सुनेको कथा हैन यो|
टाढा कल्पनाको संसारभन्दा नजिकको तिक्ततामा लत्पतिएको छ,
येसको येथार्थ|
दैबको खटन हो या आफुले खनेको खल्डो!
लहरो तन्दा पहरो गर्जन्छ|
माटोको भर ढुङ्गा र ढुङ्गाको भर माटो|
चर्खाबाट मिहेनती हातले टुकीबत्तीको भरमा निकलेको उुनी,
र त्यही उुनिबाट बनेको सुइटर हो एकादेश|
एकादेशको कथा चल्दो छ,
चालसङै तप्तपी बल्दो छ|
न्यस्रिएको अनुहारमा बन्दी भएको छ यो|
चर्याएको घाऊसङै निक्लने कर्कस पिडा भएको छ यो|
रहन्छ,रहदैन,
झर्छ, झर्दैन|
यो सापटी लिएको श्वासलाई भन्दा
स्रिष्टीको बिशालतलाई नै छोड्छु|
म यो एकादेश को चोक्टा हुँ|
यो दुख्दा म दुख्छु|
यो रुदा म बग्छु|
Last edited: 04-Aug-15 01:56 PM
Last edited: 04-Aug-15 01:59 PM