मन मगन र गोरी काली सानी मोरी यूरोपमा
ओस्लो,
नर्वे | नेपालका चर्चित पप गायक दीपक बज्राचार्य, गायिका नलिना चित्रकार तथा रिदम बैंडका
(बिकी शाक्य, रिकी शाक्य र रौनक कायस्थ) युरोपका विभिन्न देशहरुमा कन्सर्ट गर्ने क्रममा
शनिबार, ११ अगष्ट २०१८ मा नर्वेको ओस्लोमा पहिलो कन्सर्ट भव्यताका साथ सम्पन्न भयो
।
सो
कन्सर्टमा नलिना चित्रकारले आफ्नो चर्चित गीत 'गोरी काली सानी मोरी जे भने नी हुन्छ,
मलाई मेरै नेपालीको नाम दिए पुग्छ' बाट शुरु गर्दै कन्सर्टका दर्शकहरुलाई नचाएका थिए
। उनीले आफ्ना चर्चित पुराना तथा नयाँ गीतहरुले दर्शकहरुलाई नाच्नमा ब्यस्त गरेकी थिइन्
। साथै आफ्ना समकालीन गायक/गायिकाहरु र अग्रजहरुको गीतहरु पनि प्रस्तुत गरेकी थिइन्
।
|
फोटो सौजन्य: गणेश फोटोग्राफी
|
कन्सर्टको
अर्को आकर्षण दीपक बज्राचार्य र रिदम बैंडको संयुक्त लाईभ प्रस्तुती रहेको थियो । दीपक
बज्राचार्यले बहुचर्चित गीत 'ओ अमिरा' द्वारा कन्सर्टको माहोललाई जिवन्तता बनाएका थिए
। प्रस्तुतिकै क्रममा उनले आफ्ना पुराना बहुचर्चित गीत 'काली काली' लगाएत अरु चर्चित
गीतहरुले सम्पूर्ण दर्शकहरुलाई नाच्न उत्प्रेरित गरेका थिए । नेपालका विभिन्न समुदायहरुको
संस्कृतिहरुलाई समावेस गरिएको उनको बहुचर्चित नयाँ गीत 'मन मगन' प्रस्तुत गर्दा सम्पूर्ण
दर्शकहरुले हृदय देखि ठुलो साथ र माया प्रदान गरिएको थियो । उक्त गीतमा नर्वेका स्थानीय
कलाकारहरुले नेपालको सांकृतिक नाच लाखे र पुलु किसीको पनि प्रस्तुत गरिएको थियो ।
|
फोटो सौजन्य: डा. मनोहर प्रधान
|
उक्त कन्सर्टमा गायकहरु
बिष्णु छेत्री र सीताराम पोखरेलको पनि प्रस्तुती रहेको थियो । दुवै गायकद्वयहरुले आफ्ना
चर्चित गीतहरु प्रस्तुत गरेका थिए । उहांहरुले प्रस्तुत गरेका गीतहरुलाई दर्शकहरुले
धेरै प्रसंशा गरेका थिए ।
|
फोटो सौजन्य: गणेश फोटोग्राफी
|
|
फोटो सौजन्य: डा. मनोहर प्रधान
|
करिब २०० दर्शकहरुले
उत्कृष्ट मनोरंजन लिएको सो कन्सर्ट हाम्रो इभेन्ट, ओस्लोले आयोजना गरेको थियो । युरोपका
विभिन्न देशहरुमा कन्सर्टको व्यवस्थापन हाम्रो इभेन्ट, नर्वे र संजाल री, फिनल्याण्डले
संयुक्तरुपमा गरिरहेका छन् ।
द्वारिका महर्जन
ओस्लो, नर्वे