मङ्गलबार राजधानीमा विद्युत्बाट चल्ने बसको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन वर्षमा चुलोचुलोमा बिजुलीको तार हुने बताए । अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनले काँधमा सिलिण्डर बोक्ने युगको अन्त्य गरेर चुलो चुलोमा पाइपबाट ग्यास पु¥याउने बताएका थिए । तर उनको सरकारले त्यो योजना अगाडि बढाउन कतै सिन्कोसम्म भाँचेन । बरु ग्यासको अभाव चुलियो । त्यसैले ग्यासको पाइपलाइन ओली र उनको पार्टीका लागि एउटा व्यङ्ग्य बन्यो । उनको सरकार ढलेर प्रचण्ड नेतृत्वको सरकारले उच्च मूल्यमा नै भए पनि भारतसित ग्यास र बिजुली खरिद गरेर अभाव अन्त्य ग¥यो र लोडसेडिङ्ग हटाउने पहल ग¥यो ।
स्मरणरहोस्, अहिले पनि काठमाडौं उपत्यकालगायत केही सहरमा मात्र लोडसेडिङ्ग अन्त्य भएको छ, धेरै जिल्लामा देनिक ४ देखि ८ घण्टा लोडसेडिङ्ग कायमै छ । नेपाली जनता भनेका काठमाडौं उपत्यका र सहरमा बसोबास गर्नेमात्र होइनन् । यतिखेर नेपालका झण्डै ८० प्रतिशत जनताले एलपी ग्यास बालेर खाना पकाउँछन् । त्यति नै प्रतिशतले सीएफएल र लेड चिम प्रयोग गर्छन् । परिणामतः बिजुलीको खपत घटेको छ र लोडसेडिङ्ग गर्न नपर्ने अवस्था छ । हो, यो एक–दुई वर्षमा सय–डेढसय मेगावाट बिजुली उत्पादन पनि बढेको छ तर त्यो पर्याप्त होइन । सबै नेपालीले घर–घरमा हिटर, राइसकुकुर र इण्डक्सन चुलो बाल्न थाल्ने हो भने सम्भवतः सबैतिरका ट्रान्सफर्मर बल्न र पड्कन थाल्नेछन् । फेरि लोडसेडिङ्गको अन्धकार युग सुरु हुनेछ । प्रधानमन्त्री ओलीले बोलेजस्तै पर्याप्त जलविद्युत् उत्पादन गर्नमा सक्रियता देखाए त्यो असम्भव भने छैन । जुन घरमा विद्युतीकरण भएको छ, त्यो घरको चुलोमा बिजुलीको तार पनि पुगेकै हुन्छ । तारमात्र पुगेर भएन नियमित, भोल्टेजमा निरन्तर विद्युत् प्रवाह पनि भइरहनुप¥यो । धेरै ठूल–ठूला कुरा गर्नुभन्दा नेपालमै उत्पादित विद्युत्बाट लोडसेडिङ्गमात्र पनि अन्त्य हुने अवस्था बनाऔं । महँगोमा भारतसित विद्युत् किनिरहनुपर्ने अवस्था अन्त्य गरौं । विद्युतीय साधानमा वा ग्यासमा वा गुइँथामै खाना पकाउने भन्ने छनोट उपभोक्तालाई नै छोडौं ।