हिजो गणतन्त्र दिवस, अर्को हप्ता जेठ १९ अर्थात दरबार हत्याकाण्डको "सालगिरा "। यी दुवै दिन मेरो लागि कालो दिन हुन्। गणतन्त्र असफल बनाउन र भारतीय बिस्तारबाद अन्त्य गर्न कम्ति संघर्ष त गरिएन। १५ वर्ष भन्दा कम उमेरमा राजतन्त्रको ओकालत गर्दै हिडेको, संघर्ष अझै जारी छ । जसको अधिकारको लागि संगर्ष गरेको, उनकै ताल देख्दा आज लाग्छ, बरु आफैलाई राजा घोसित गरेर आफै साशन चलाउ । नेपालमा बसेर भारतको ओकालत गर्ने दलाल चै कान्तिपुर र् अन्नपुर्ण पोस्ट हुन्, यिनीहरु बिरुद्ध हामी राजाबादीले २०६० सालमा एकचोटी ठुलो बिरोध गरेको थियोउ, त्यो क्रममा यी २ मीडिया को ठुलो छेती भएको थियो । त्यो बिसय ज्यादै लामो छ ऐले गन्थन नगरम । आज म राजदरबारको ओर पर भएका मेरा केहि सम्झना लेखि राको छु
मैले देखेको दरबार
धेरै सानो देखि होस्टेल पढियो, वर्षमा २ पटक मज्जाले घर बस्न पाउने, दशैँ र जाडो बिदामा । दशैँ तिहार चै हास खेलमै बित्यो खुब रमाइलो हुने, जाडो बिदा चै वाक्क लाग्ने। जाडो बिदामा घर तिर खेल्ने साथी नै नहुने, आफु बिदामा घर आयो, उनीहरु होलिडेमा निस्कने, तेती खेर गाजा तान्ने लत लागेको थिएन, म cricket को फ्यान । घरमा लामो बिदा हुदा क्रिकेट खेल्न केटाहरुको कोरम नपुगेर हैरान हुने । जति बटुल्दा नि ४ ५ जना भन्दा भुरा नहुने, येतिले त पिङ्ग पोङ्ग मात्र खेल्न पुग्ने । घर बस्दा के गरौ गरौ हुने, अनि प्राय मामाघर बस्थे, त्याह बाट नारायणहिटी दरबार नजिक, मामाहरुसंग दरबार छिर्न सजिलो हुने । नारायणहिटी दर्बार भब्य, ७०० रोपनीमा फैलिएको। त्या भित्र के छैन , क्यब्लेरी ( horse फर्म ), स्विम्मिंग पूल, क्रिकेट ground , फूटबल ground , gym , बगैचा रंगी चंगी फुल आदि आदि । राजदरबार को सुरछ्या ३ तह मा हुन्थियो, core १, २,३। core १ मा चै श्री सदन भन्ने राजा को खोपी ( घर थियो ), त्यहाँ जान कसै लाई अनुमति थिएन, core २ मा खेलकुद, मनोरंजन आदि हुने गर्थियो, त्याह सम्म जाने अनुमति थियो। हामी ति खेल्थिम कैले काही पाको बेलामा, त्याह काम गर्ने केहि कर्मचारीका परिवार ले core २ सम्म जाने अनुमति पाउथे । तर सैनिक सचिबको कार्यलए बाट पास बनाउनु पर्ने ।
राजा बिरेन्द्रसंग जम्का भेट
८ कि ९ मा पर्दा राजा बिरेन्द्र संग भेट हुने मौका जुर्यो। राजदरबारको पश्चिमी ढोकामा सम्बाद सचिबालय भन्ने एउटा अड्डा थियो, तेस ठाउँमा पछि पररास्ट्र मन्त्रालयको पासस्पोर्ट साखा बस्यो, मामाश्री तेतै काम गर्नु हुने , मामाघर बसेको बेला एक दिन २ बजे तिर मामा लाई अफिसबाट फोन आयो, अड्डा जानु पर्ने भयो, मलाई मामाले "जान्छौ" भनेर सोध्नु भयो म टेंनिस बल लिएर हिडी हाले । मामा काम तिर लाग्नु भयो म चौर तिर, त्यो दिन खासै कोइ रैन रैछन चौरमा खेल्न, म आफै नेटमा स्पिन हान्दै थिए, राजा जस्तै अनुहार पर्या मान्छे आको देखे पर बाट, सातो गयो । एउटा German शेफोर्ड जस्तो देखिने कुकुर थियो साथमा । आगे पिछे कोइ छैन, लुगा हेर्यो घरमा बाऊले फुलमा पानि हाल्दा लाउने कमिज र सुरुवाल जस्तो छ खुट्टामा कालो चप्पल देसी पाराको । राजाको झल्कोनै छैन, तर दिमागले अनुहार चिनी सक्यो + त्यो कुकुरको चर्चा मामाघरमा पहिले नि सुनेको हो । राजा
अगाडी आई सके अब नमस्ते गर्ने होकी, दर्शन गर्ने होकी, ढोग्ने हो, के हो को हे दिमाग ले काम नै गरेन। स्कुलतिर त वर्षमा एकचोटी देखेकै हो तर टाढा बाट , एस्तो face to face, one to one चै भएको थिएन। येतिकैमा कुकुरले भुइँको टेंनिस बल्ल देख्यो र मुखमा हाल्यो अनि खेल्न थाल्यो। मैले दर्शन चढाउन नपाउदै वहा ले सोध्नु भयो " तिमि को हो ?" ठ्याकै येही सब्द थियो, जिन्दगि भर भुल्न सक्दिन वहाको यो महा बाणी। कस्तो गारो प्रस्न लाग्यो मलाई त्यो, आफै लाई थाहा थिएन म को हो, मेरो परिचय के हो। २ ३ सेकेन्ड पछि सम्हालिएर भने "सरकार म ____ कार्की _____ स्कुलमा ____ काछ्यामा पर्छु" । वहा ले ए ए भनेर कुकुरको मुख बाट बल झिकेर मलाई दिनु भयो अनि आगाडी बढ्नु भयो । म ट्वाल्ल परे । पछि आफैले सोच्दा वहाको प्रस्नको गलत जवाफ दिए कि जस्तो लाग्यो। वहाले सायद मेरो नाम भन्दा नि म त्यहाँ कसोरी आए र त्यहाँ के गरि राख्य छू भनेर सोध्नु भएको थियो कि भन्ने लाग्यो।
हाम्लाई चै यो राजपरिवारको सदस्य संग दोहोरो कुराकानी नगर्नु भन्ने निर्देशन थियो त्यहाँको एक बडा हाकिम बाट, यहाँ त राजपरिवार होइन राजै संग कुरा भई रा छ त्यो नि "दर्शन" नगरी, गाल पर्छ कि जस्तो लाग्यो, पछि मामालाई यो कुरा भने मामाले यो सामान्य हो भन्नु भयो अनि ढुक्क भए ।
पारस सरकार 'बोल्ड आउट"
हाम्रो पारस सरकारको घर चै त्या होइन, वहा सितल निवास बस्नु हुन्छ महाराजगंज तर त्यहाँ कैले कहिँ देख भेट भई राख्ने । खासमा वहा चै निराजन सरकारका मित्र तेइ भएर आउनु भाको होला । निराजन सरकार घोडचडीको सोखिन, क्रिकेट खेल्ने मैदानको अर्को तर्फा वहा घोडचडी गर्न आउनु हुन्थियो, संग संगै कैले कहिँ पारस सरकार पनि । पारस सरकारको ताल देखेर चै खुब अनौठो लाग्ने, वहा पैले देखि नै ल्यांग ल्यंगे, घोडाले सुद्ध नटेर्ने वहा लाई, अलि अलि ऋषि धमलाको झझल्को आउछ वहामा,सतही कुरा गर्ने, कैले serious नहुने अनि लाटो रिष। सुने अनुसार वहाको driving trial पनि अरुले पास गरेकोरे । पछि वहाले प्रविन गुरुङ भन्ने एक जना गायकलाई किचेर मार्दिनु भयो। ७ ८ जना मिलेरे क्रिकेट खेली राको थिम वहा आउनु भयो एकदिन । म सोएब अक्थर भन्नेको ठुलो फ्यान, येति सम्मकि कपाल सुद्द उसको जस्तै पाल्ने कोसिस गर्थे । फास्ट बल्लिंग गर्ने चक्करमा एउटाको गेडा झन्डै फुटाको थिए । मैले बलिङ्ग गरि रा बेला पारस सरकार आउनु भयो, अनि ल म ब्याटिंग गर्छु भन्नु भयो अनि ब्याट समात्नु भयो । वहाले ब्याट समातेको पाराले बुझीहाले सरकार लाई क्रिकेटको खासै अनुभब छैन भनेर । वहाले चौका हान्न सकुन भनेर स्लो बलिङ्ग गरे, सरकारले दशैँमा रागो तरबारले मार हानेको सैलीमा ब्याटिंग गर्नु भयो । मलाई हेपेर "अलि बेस्सरी हानन" भनेर भन्नु भयो, मैले अलि स्पीड बढाए, वहाले हान्न सक्नु भएन, अर्को चोटी भए भारको बल लाएर हान्नु भयो, फेरी ब्याटले बल छोएन, वहाको धैरियेताको बाध टुटेको जस्तो अनुभब भयो । अर्को चोटी एस्तो जोरले हान्नु भयो कि, बल त छुन सक्नु भएन ब्याट उडेर झन्डै अगाडीको मान्छेको टाउको फुट्यो । सरकार वहाको signature style मा ह्य ह्य गरेर हास्नु भयो र फेरी ब्याट उठाउनु भयो । वहाको गोर्खे ताल देखेर silly point को filder लाई non striker मा राखे अनि बलिङ्गको स्पीड घटाए । चौका हान्न देको अवसरमा वहा 'बोल्ड आउट" हुनु भयो अनि " ल खेल तिमीहरु " भनेर मुस्कौदै जानु भयो । वहा गए पछि सबै लाई " ल आज बाचियो " भन्ने अनुभूति भयो अनि फेरी खेल सुचारु भयो । पछि वहा माथि दरबार हत्याको आरोप लाग्यो, कसले किन गर्यो रामजाने तर वहा को पारा,स्वोबभाब र हिम्मत हेर्दा वहाले गरेको जस्तो लाग्दैन । दरबार हत्या एउटा well organized game प्लान थियो, पारस सरकार त्यो लेवलको छेमतामान मान्छे नै होइन । वहा ऐले जस्तो हुनुहुन्छ पैले नि तेस्तै हो ।
दिपेन्द्र सरकार " angry young man "
दिपेन्द्र सरकार चै बाघको बच्चा जस्तो , सधै रोयल लूक्समा हिड्ने । खै किन हो वहाको security सधै कडा , ऐरे गैरे वहा को आगाडी उभिनै नपाउने । वहाको पेर्सोनालिटी एस्तो कि हाम्रो पारस शाह नि थुर थुर हुने । नारायणहिटी complex मा वहाको २० मिटर वरिपरी नि पर्न सकिएन। वहाको कतै सवारी हुन लाग्यो भने सबै जना attention पोसिशन मा हुनु पर्ने । उता पढाई मा वहा तेतिकै तेज, slc मा वहाको ७१%कि ७७% छ , त्यो बेला तेती भनेको धेरै थियो। हरेक किसिमको स्किल थियो वहामा , jungle warfare , para jump सबैमा अब्बल। वहा संग commercial helicopter piloting को licences थियो। मेरो बाऊको एकजना साथी वहाको सानो को पाले ( ADC ) , ४ वर्षको हुदा वहाले आफ्नो guard लाई ५५ ६० चोटी सम्म सलाम गर्न लाउनु हुन्थियो रे, रमाइलोको लागि । वहा को mood स्विंग अति छिटो हुने रे, एकछिनमा हस्मुख मान्छे राको छेन मा पुरै off ।
श्रुति शाह
वहा लाई त खासै देख्नै पाईयेन
अन्तमा, सम्झना लामो छ, म एकछिन भात खान जान्छु,,,,
Last edited: 01-Jun-20 04:23 PM