गणतन्त्र पछि पहिलो जन्ती जाने अवसर एकजना गुरुजी ( पण्डित ) कोमा मिल्यो । office थियो काभ्रे भकुण्डेबेसी । पण्डितको घर थियो रामेछाप मन्थली, जन्ती जानु पर्ने पनि तेतीकतै गाऊतिर । पंडितले unit को चुलै निम्ता दिए । काठाको चुरीफुरी अलि ज्यादा नै थियो । एक साधारण कर्मचारीले ४० ४५ जनाको डफ्फा लाई बस नै रिजर्व गरेर लान खोज्नु साधारण कुरो थिएन । बाहुनको बिहेमा दारु पानी माछा मासु खासै केहि नहुने भएकाले ८ ९ जना बाहेक जाने कोहि पनी भएनन । फेरी सबै लाई छुट्टि नि मिल्दैन । यी पण्डितले चै खसीको मासु आफ्नो तिर चल्ने र दारु पानीको बेवस्था पनी मिलाई दिने भने पछि ९ जनाको टोलि बाहुनको बिहे खान रवाना हुने भयो ।
१२ १५ हजार तलब खाने टिके बाहुनको येत्रो चुरीफुरी देख्दा हाम्रा केटाहरु जिल्ल । हुनत सरकारी जागिर कतिले prestige को लागि खाको हुन्छन, गाऊतिर टन्न जग्गा जमिन भाका मान्छे होलान भन्ने लाग्यो । कुरो बुज्दै जादा पछि थाहा भयो, यिनको हुने वाला बेहुली अलि पढे लेखेकी रैछन, सरकारी nurse । उबेला नर्सको केहि महत्तो थियो, त्यो माथि सरकारी । सरकारी काममा पेन्सन हुन्छ टेन्सन हुन्न भन्ने मान्यता ऐले पानी छ।
तेस्ता साधारण कर्मचारी लाई नर्स केटि पर्नु भनेको भाग्यको कुरा थियो । मेरो अनुमानमा तेही चुरी फुरी देखाउन उनले चुलै निम्तो गरेका थिए ।
जेहोस अब ४ दिनको छुट्टि लिएर बिहे मनाउना जाने भैयो । ९ जना मात्र भए पछि बस रिजर्ब गर्नु नपर्ने भयो । अफिसका २ महिन्द्रा जीप मै जाने भैयो ।
टोलि हास्खेल गर्दै ११२ किमिको बाटो पार गर्न अगि बढ्यो । सबै अल्लारे केटा थिए , बाटो ज्यादै राम्रो थियो । BP राजमार्ग, सिन्धुली बर्दिबास सडक ऐले पानी नेपालको नमुना राजमार्ग हो । चिल्लो बाटो, बाटो तल अविरल बगेको सुनकोसी , किनारामा खेत, बगर , मिलेका घर , द्रिस्ये मनमोहक । बेहुलाको पैसामा बीच बीचमा दारु पानी थप्दै हिडियो । म आफु एउटा गाडीको driver थिए, हाकिमको गाडी लिएर हिडेको दारु खाने सौभाग्य मिलेन , बाटो भरि sprite ले चित्त बुझाइयो । जाठो बाहुन दारु पानी केहि खान्न भन्थ्यो, ताक परेको बेला सुँगुर लतार्ने पाराको रैछ, संगत गरे पछि थाहा पाई हालियो । रमाइलो संग बेहुलाको गाऊ पुगियो । रामेछाप ज्यादै सुन्दर ठाउँ रैछ, गुरुजी पनी हुने खाने कै छोरो रैछ, बिहेको तयारी हेर्दा थाह भै गयो।
दुलाका बाउ (बि नि ) , बिद्यालय निरिछ्यक , यो राम्रै सरकारी पद हो , छोरि चेली सबै साछ्यर, मनमा लाग्यो कहाँ बाट यो काठा यता जागिर खान आइपुग्यो । अलिकति मेहेनत गर्य भए सिधै लोकसेवा अधिकृत हुने थियो । हाम्रो खातिरदारी राम्रै भयो , बाहुन भए नि ५ ६ ओटा लाम्काने रामेछापे खसी ढालेका । दारु खाने लाई छुट्टै बिसेस बेवास्था । मेरा लागि अझ बिसेस, कारण मैले गाडी चलाउदा केहि खान पाको थियिन। घरमा २ ३ ओटा सरकारी गाडी राख्दा बुडा दङ्ग । हाम्रो उपस्थितिले उनको गाऊमा सान बढेको उनले अनुभूति गरेका थिए । हाम्रो खातिरदारीमा केहि कमि नगर्न बुडाको उर्दी थियो । येति भए पछि हाम्रा केटा लाई के चाहियो जाड र मासु मै डूबे ।
भोलि पल्ट बुडाले हाम्रो एउटा गाडी बेहुला बेहुला ओसार्न दिन अरुनोध गरे । सरकारी गाडी ब्यतिगत प्रयोग गर्न गैर कानुनी थियो फेरी राजनीतिक पार्टीले बिरोध गर्ने डर थियो । ऐलेको जमान भए त youtoube हरुले viral बनाउने थिए । तेस्तो केहि नहुने आस्वासन पाए पछि अनुमति दियियो, फेरी पनी ड्राइवर आफै । हाकिमको नया गाडी थियो केहि भए जिम्मा आफै लिनु पर्ने थ्यो । टोलि अब १२० जति को लावा लस्कर सहित निस्कियो सिन्धुली तिर बेहुली लिन । अगि अगि नौमती बाजा, अनि 120 जना जतिको लस्कर । मैले ऐले सम्म गाऊको बिहे देखेको थिएन, ज्यादै रमाइलो हुदो रैछ । २ घण्टा यात्रा पछि सिन्धुलीको कुनै गाऊमा पुगियो । उताको तयारी केटाको जस्तो भब्य थिएन ।
घरको श्रीगार पटार राम्रै थियो । बेहुला बिहेको कार्यमा ब्यस्त, हाम्लाई हल्का भोक लागेको थियो । अब त्यहाँ दारु पानी नहुने त निश्चित थियो त्यो भन्दा नि सामान्य खाना पो कहिले खान पाहिने हो भन्ने चिन्ता लाग्न थाल्यो । काठमाडौँको बिहेमा हल्का snacks हरु serve हुन्थ्यो, गाऊमा त्यो सुबिधा त कहाँ पाउनु । हाम्रा केटा हरुलाई चै खान पिन भन्दा नि दारु कता पाहिन्छ भन्ने ध्याउन्न थियो । ठाउँ अलि गाऊ नै थियो , दुकान पसल, खासै नजिक थिएन । केटाहरुले गाडी लिएर दारु किन्न जाऊ भनेर सोधे मैले हुन्न भने, तल माथि केहि भए जिम्मेवारी आफ्नै थाप्लोमा आउने थियो । नाच गान ले थाकेका केटाहरु भोक र तिर्खा ले लोत थिए ।
एकछिन मा खान सर्व भयो, केटा केटि पछि लाइनमा हामी नै बस्योउ, अगि म, पछि मेरा केटाहरु । खाना बेवास्थित र सफा थ्यो , येसो झट्ट हेर्दा मासु देखिएन , बाहुनको बिहेमा मासु नहुनु कुनै नौलो कुरो भएन ।
To my surprise , main course को पहिलो परिकार नै खिर थियो, विश्वास नै लागेन, सलादको लाईनमा पो आए कि जस्तो भएर दाया बाया हेरे , हैन म ठिक ठाउँमै थिए । ए गाठे म बिहे भोजमा छु कि सराध्ये भोजमा छु जस्तो लाग्यो । नया सैलीको पुलाउ होकी जस्तो नि लाग्यो , तर काजु पेस्ता, सुकुमेल अनि दुधको पोखरीमा तैरि राखेको चामल हेर्दा खिर नै हो भन्ने पक्का भयो ।खिर लाई स्किप गरे, कतै चामल वा पुलाउ भेटिन्छ कि भनेर । तेस्पछि आलु, काउली , मटर, पर्वल , अचार आदि इत्यादी अनेक परिकार आए पुलाउ भेटिएन । मुला प्लेट तरकारीले भरियो । मैले त आफु लाई सम्हाले, म पछिका केटाहरु तर्सिन थाले। सबैले सराध्येकै जोक क्रयाक गर्न थाले । एउटाले मेरो प्लेट भरि तरकारी देखेर " पुलाउ नलिनु भाको " भनेर हास्यो ।
अब खिर लिन जाऊ कि नजाऊ भयो , खिर खाऊ , आफु लाई खिर संग नुन खायो कि उल्टी आउछ , नखाऊ तरकारीले ज्यान धान्दैन , फेरी भरे दुल्हा दुलही बोकेर फर्किनु छ । अनि येसो अलिकति खाएको जसो गरेर केटाहरु लाई लिएर हिडियो होटेल खोज्न । ठाउँ एस्तो गाउले परिबेसको थ्यो, किराना पसल भन्दा केहि नभेटिने । ४५ मिनेट गाडी चलाएर राजमार्गमा आइयो , टन्न कुखुराको मासु र भात अनि केटा हरुले दारु खाएर भोजको जोक हान्दै बिहे घर तिर लागियो ।
यो खिरको कुरा हाम्लाई मात्र होइन अरु धेरै लाई चित्त नबुजेको रैछ , यो कुरा दुलाहाको दिदिको काँनमा नि पुगेछ, वहा खिन्न भएर आखा बाट आसु झारेको मैले आफै देखे ।खाने कुरा र अरु बेवास्था सबै राम्रो थियो तर बिहे भोजमा खिर राखेको घटना मेरो लागि नौलो रह्यो र एक अबिसमरनिये बिहे भयो । दुलाहा राजा पछि सम्म नि ट्रोलको सिकार भयो । काठमाडौँमा आएर अरु काठा( बाहुन) को बिहे भोजमा नि खिर serve हुन्छ भेनेर सोध्दा खासै कसै बाट हुने जानकारी पाईएन । सायद त्यो गाऊको चलन नै तेस्तो थियो होला ।
बाहुनको बिहेमा कतै जानु पर्ने भयो भने अलि सचेत हुनु पर्ने रैछ ।