मैले होश सम्हाले देखिन को कुरो हो,
मात्र यिनी हरु नेपाली गनिन्थे -
- काठमाडौं र पहाड का खाँटी बाहुन छेत्री
- काठमाडौं, पहाड, तराइ, भारत (दार्जीलिङ, काम्लिम्पोङ, सिक्किम) का नेवार, राइ, लिम्बु, गुरुङ, मगर, तामाङ्
- सबै तिब्बती हरु चाहे तिनिहरु मँगोलिया बाट किन नआएका हुन
- मेरो मामा को ट्राभल एजेन्सी मा एउटा रसियन माइनोरिटी (चाइनिज जस्ता देखिने) आउँदा केही ले नेपाली बोल्न पुगेका थिए
- कुनै पनि ओरिएन्टल जस्ता देखिने मानिस माथि नेपाली हरु को सुहानुभूती थियो
र यिनीहरु नेपाली गनिँदैनथे -
- तराइ का बिहारी जस्तो पहिरन भाका बाहुन छेत्री जसको बोल्ने टोन अलि अलि बिहारी मार्का को हुन्छ र जसले पान खान्छन
- मधिशे मूल का नेपाली हरु जसका बाबु त के, बराजु समेत नेपाली माटो मा जन्मेँ तर आफ्नो मौलिक संस्क्ऋती कायम राखे (छठ, होली)
- थारु, सतार, मैथिली, भोजपुरी, अवधी आदी भाषा बोल्ने कालो छाला भएका हरु
मेरो कान्छो मामा का अनुसार १९७० देखी १९९० सम्म कुनै पनि भारतीय मूल को तराइ वासी ले काठमाडौं मा प्रताडना रहित जीवन बिताउनु अत्यन्तै कठिन थियो. असन देखी बालाजु सम्म मधिसे फलफूल बेच्ने हरु पिटिन्थे, त्यस्लाई पिट्ने शायद हाम्रै कजन हरु थिए, मेरै मामा-काका हरु पर्ने थिए.
र मैले प्रत्यक्ष देखेका कुरा हरु -
- मेरा जाँठा हजुरबाउ - हजुरआमा शारा नेवार लाई ज्यापु, पोडे र च्यामे भन्थे
- मेरो अभिन्न नेवार मित्र का आमा बाबु मैले त्यस्को चिकमुगल को घर मा जाँदा बाङो मुख लाउँथे र एक शब्द नेपाली मा उच्चारण गर्दैनथे,
- चौधरी, गोल्छा, केडिया हरु, जसको सबै माथिल्लो लेभल का हरु मारवाडी मूल का हुन्थे, अथवा झिकाइेका भारतीय तस्कर हरु जो नेपाली हरु माथि हैकम जनाउँथे
- ज्योती हाउस का ९०% वर्ग का कामदार हरु जो नेवारी मात्रै बोल्थे
हामी जति पनि बहुदल ले देश दुर्गति तिर लगेको कुरा किन नगरौँ, माटोक्ने सधैं मुस्कुराइरहने राजा विरेन्द्र, जसले स्कच पिएर बैठक मा बसी नेपाल लाई शान्ती क्षेत्र बनाउने सपना देखे, मुजी दरबार बाट बाहिर निस्किन जाँठा लाई पसिना निस्किन्थ्यो, आफ्नै सन्तान लाई तह लाउन सकेनन देश के घण्टा लाउँथे? सारा रजौटे हरु ले सेन्ट मेरिज, नेपाली सेना, पुलिस का उच्च पद ओगटेका थिए. ती मुजी चिक्ने हरु को जी-हजुरी गर्दै हाम्रा बाउ बाजे को जोबन गयो, राणा का सन्तती हरु अहिले पनि आफन्त मा राजा, महारानी र रानी साब भन्छन अनी ठकुरी बाहेक अरु लाई मान्छे गन्दैनन.
जातियता हाम्रो अंग अंग मा छ. हामी चिक्ने हरु कसरी इन्क्लुसिभ हुने भन्ने कुरा सोच्दैनौँ. खाली बुद्ध, हिमाल र खुकुरी सम्झेर छोल्दै बस्छौँ. हामी चिक्ने हरु को आदर्श त मुजी भुवन केसी जस्ता पाजी हरु. आधा भन्दा बढी नेपाली हरु ऋषि धमला का अन्तर्वाता हेर्छौँ.
अनि हामीले भुटानीहरु लाई गाली गरेर हुन्छ?
Last edited: 28-Sep-20 12:28 PM