****************मेरो लौहता!********************
म मृत्यु कुरेर बसेको तुलसी मोठमा ।
मेरा दश दान पनि सकिए ।
म राम कृष्ण जपेर सास सजिलो पार्दै थिए ।
आयो-आयो सबै चिच्याए !
मैले सकि-नसकि आँखा फटाएर मुन्टो उठाए।
कोशेली बोकेर जीवन अन्मरिएछ !
हो कोशेली बोकेर जीवन अन्मरिएछ ।
म उठौं त कि नउठौ?
उठौं पनि किन उठौ?
म गदगद पनि किन होउँ?
म लाचर हुँदा जीवनले मलाई अंहँ, सम्झिएन ।
मलाई हाहाकार हुँदा, उ कहिल्यै गर्जिएन ।
म पराजय स्वीकारेर, इश्वरलाई क्षमा दिदै थिए ।
हो म पराजय स्वीकारेर, ईश्वरलाई क्षमा दिदै थिए ।
जीवन जय झण्डा बोकेर आँगनमा आइपुगेछ ।
जीवन जय झण्डा बोकेर आँगनमा आइपुगेछ ।
मेरा हजार गुनासहरु छन् ।
मेरा हजार गुनासहरु छन् ।
मेरा अनन्त अनिदा रातहरुका राता आँखाहरु छन् ।
मेरा गुहारका चिच्याहटले बसेका गला छन ।
दश औला जोडेर गरेका दण्डवतका डामहरु छन् ।
म के मात्र निफनौ? म के मात्र बयान गरौ ।
म यी बिलाप कसरी पस्क्यौ?
धेरै नै छन्, म यि बिलाप कसरि पस्क्यौ?
जीवन जय झण्डा बोकेर आँगनमा आइपुगेको छ ।
अँह, जीवनले त्यो केहि देखेन।
मेरा अमिलिएका पीडा केहि देखेन ।
उ त पूर्विया जस्तो आइदियो ।
आफ्नो आभाले सबैलाई चम्काइदियो दियो ।
उसले हाल खबर पनि सोधेन, बिमारको कारण पनि खोजेन ।
जीवन त हाँसी हाँसी आइदियो ।
हात समाएर मलाई उठाइदियो ।
मेरा पीडा र संघर्षहरु त्यसै निम्छरा भइदिए ।
शैया लिइसकेको शरिर, छिटै निकोसरी नै भइदियो ।
आउ आज दीप जलाउ ।
आउ आउ आज, तिमी दीप जलाउ।
जीवनले मृत्यु जितेको एक दिन हो यो ।
जीवनले मृत्यु जितेको एक दिन हो यो!
-somewhereondearth