सोह्र श्राद्द सुरु भएछ अनि मेरो घरमा पनि छिर्यो। यो खान हुन्छ त्यो खान हुँदैन मा लहसुन , प्याज , गोलभेडा अनि रातो दाल अनि तरकारी मा भेण्टा कर्कलो हरु अभक्षमा परे। तोरितेल पाइन छोडे पछि भटमास , मकैको तेल र ओलिव तेल प्रयोग गरिन्छ। यी तेल हरु बर्जित भए पछि सुद्द घिउ किनेर ल्याउनु पर्यो। कहाँ र कुन पुराणमा लेखिएका हुन् बुझ्न खोज्दै छु।
मेरा गुरु हुनुभएको भए के चै बार्नु ठिक हो , सत्य कुरा थाहा पाइन्थ्यो , वहाको स्मृति संगै यी कुरा सम्झीए।
मेरा गुरुका पनि गुरु बीच वहा हरुको १५ -१६ बर्सको फरक होला, ज्यादै नै सदहास्यभाव: हुनुन्थ्यो, दुवै एकै टोले भएको कारण भैरब अर्यालका निबन्ध वहा बाटै सुनेको हु । रजनिसको "ए मेरा लगौटिया दोस्त है और यिनका पहने हुए कमिज मेरा है" भन्दा पहिले सुनेको " ज्वाई तपाइको यिनले लगाएको टोपी चै मेरो" सुनेको हु। तेस्तै आलु को नाम कसरि आलु रहन गयो र हामि कसरि बाहुन हुन् गयौ को कथा यस्तो थियो।
गोधुलीको बेला टाढा बाट आउने बा हुन् भन्ने एउटा पर्यो अर्को चै बा होइनन। दुइ दाजु भाइ बीच बा हुन र बा होईनन को हाना थाप हुदा हुदै थियो अरु पनि थपिए। अलिक नजिक हुदै गए पछि वहा जजमानी गुरु हुनु हुदो रहेछ। यी YCL जस्ता झुण्डले जजमानी गुरुलाई देख्ना साथ् तेरा बा हुन् भनि जिस्क्याउन थाले। असल कुराको पछि लाग्ने हरुको संख्या कम र खराब कुराको पछि लाग्ने को संख्या बढ्दै जाने भएको कारण गुरु हरु लाइ देख्ना साथ बा हुन् रहेछन भन्न थाले। पछि सबै गुरु वर्ग लाइ बाहुन प्रयोग हुन् थालिएको कुरा सुनाउनु भएको थियो। वहाले हामि ब्राम्हण नभनी बाहुन जाति हौ भन्नु हुन्थ्यो। कथा आफैले सुनाए पनि बाहुन शब्दलाइ छुद्र बाचक रुपमा लिए जस्तो लागेन।
वहाले बाणारशि बाट शास्त्री र नेपाल बाट नेपालि मा आ ई ए गर्नु भै आफ्ना बि कम र बि एस सी पढ्ने छोराहरुको अंग्रेजी ब्याकारण सुद्दा सुद्दी गरि दिनु हुन्थ्यो।