हामी दुई कवि ।
कविजी नमस्ते !
म पनि कवि
तिमी जस्तै ,
तिमी कबिता लेख्छौ
म मान्छे मार्छु ।
हरेक दिन ऐना अगाडीको मान्छे म सँग रुन्छ ,बिलौना गर्छ
म त्यसलाई सिध्याउँछु ।
तिमी आफ्नो कबितामा रस हाल्छौ ।
करुणाको रस , वीरताको रस
मैले वीर बन्नु पर्ने हुन्छ
म लाचार छु
करुणा भोग्छु , शब्दको सिमिततालाई कसरी दर्साउ
तिमीले खोज्ने रसमा म निचोडिरहेको हुन्छु ।
तिमी देश बिदेश घुम्छौ , ताली खान'छौ
म तिम्रो कबिता सुन्दा सुन्दै काममा ढिलो पुग्छु र साहुको गाली खान्छु ।
तिम्रो भावनासँग खेल्ने कलाको मान्छे कायल छन्
तिम्रो शब्दमा
मान्छे हाँस्छन्, रून्छ्न्
म आफै हाँस्छु , आफै रून्छु ।
म हेरीरहन्छु ,
तिमी कबिता लेख्छौ
अभधुत बनेर अस्टबक्रलाई आफ्नो कबिता समर्पित गर्छौ
म ज्ञान बिनाको अस्टबक्र बनेर हरेक दिन ऐना अगाडी उभिन्छु
र
हिसाब लेख्छु ,
रेन्टको हिसाब,
बत्ती-बिजुलीको हिसाब ,
छोरीको फोर्मुलाको हिसाब,
तिम्रो छन्द छ
मेरो हात बन्द छ ।
तिम्रो पखेटा लागेको हेर्दै
तिम्रो गहिरो शब्दहरुको अर्थ खोजिरहेको छु म
त्यो चुक अमिलो जस्तो कालो खाल्डोमा
प्रतिबिम्भ नदेखिने भएकोले
म कवि हुन पौँछु
म "तिमी" हुन पाउँछु ।
त्यसैले त मलाई अँध्यारो मनपर्छ
जँहा तिमी बत्तीको उज्यालो लिएर दुनिया घुम्छौ
कबिता भन्न पैसा लिन्छौ,
म अँध्यारो बाट फुत्त्त निस्केर
कबिता सुन्न पैसा दिन्छु ....
त्यसैले त भने'नी
तिमी कबिता लेख्छौ
म मान्छे मार्छु,
हरेक दिन आत्मा-हत्या गर्छु !!
(कवि नवराज पराजुलीको BOSTON भ्रमण बाट प्रभाभित । )
Last edited: 12-May-24 08:57 PM
Last edited: 15-May-24 01:18 PM
Last edited: 15-May-24 01:20 PM