[Show all top banners]

timi_mero_sathi
Replies to this thread:

More by timi_mero_sathi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

Jhapali_Thito
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KATHA-BYATHA

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE: <<  1 2  
[VIEWED 17516 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-30-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा

आइते र सांइलि तामाड्नी जन्म थलो काभ्रे बाट शहर झरेको पुरा सात बर्स भएछ। गांऊमा माओबादि ले खाना मागेको बेला खाना नादिए पिट्ने र मार्ने धम्कि अनि माओबादिलाई खान दिए सेनाको पिटाइ र घरिघरिको सोधपुछ बाट गांऊमा बस्न सक्ने स्थिति थिएन। एक दिन भनेको बेला खान दिएन भनेर माओबादि ले आंगन मा बाधि राखेको दुईटा लइनो भैसि लिएर गए। पछि सेना आएर माओबादि लाइ भैसि दिएर सहयोग गर्ने तै होइनस भनेर आइते लाइ समातेर लागे।
दुइ बर्ष कि छोरि जुनेलि लाइ पिंठु मा बोकेर रुदै सांइलि तामाड्नी आधा घण्टा सम्म पछि पछि पानि आएकि हो “बिन्ति छ पानि मेरो लोग्ने लाइ नलग, माओबादि ले भैसि खोसेर लागेको हो, हामिले दिएको हैन” भनेर कति बिन्ति कराइ गर्दा पानि सेना ले ऊल्टो “बढि नकरा तेरो लोग्ने लाइ भोलि पठाइ दिन्छौ, अइले सुरुक्क जा होइन भने तंलाइ यहि भिरबाट खसालि दिन्छौ” भनेपछि सांइलि रुंदै फर्केको आइते लाइ अझ पनि सम्जना छ।
भोलि पठाइ दिन्छु भनेको आइते लाइ सेना ले काहा लाग्यो थाहा भएन। आइते नभएको बेला माओबादि आएर सांइलि लाइ पनि माओबादिमा लाग्नु पार्छ भनेर निकै कर गरे। सांइलि ले नमान्दा बेस्करि पिटेर घरमा भएको मकै पनि लुटेर लगे। छ महिना पछि आइते एकाएक घरमा आयो, ऊसको शरिरभरि निलडाम थियो, हातमा प्लास्टर लगाइएको थियो। त्यसपछि ऊनिहरु गांऊ छोडेर शहर आए
सेना र माओबादि को आतंक बाट दिक्क भएर दुइ बर्षको छोरि बोकेर शहर पशेको हिजै जस्तो छ तर शहरमा भारि बोकेर, कुल्लि काम गरेर परिवार पालेको पनि सात बर्ष पुगेछ।
र, आजै जुनेलि १० बर्षकि लागि अनि जुनेलि लाइ टाइफाइड ले छोएको पानि एक महिना पुग्यो। जुनेलि दुब्लाएर नर्कट जस्ति भएकि छ। “अब टाइफाइड निको भयो, छोरि लाइ केहि तागतिलो खान दिएर छिटै बलियो बनाउ”, डाक्टरको स्वर आइते को कान मा ताजै छ। तर बन्द र जुलुस ले गर्दा हिजोआज काम पाऊनै गाह्रो। अलिअलि बचाएको पैसा पानि ओखति गर्दैमा सकियो कहांबाट ख्वाऊनु केहि तागतिलो?

ब्यथा

“ए जुनेलि को बाऊ आज छोरी को जन्मेको दिन पनि हो, बिहान देखी छोरि मासुभात खाने भनि रहेकि छ, घरमा अलिकति गहुको पिठो र लसुन बाहेक केहि छैन। मतिटेल पनि सकियो। जाऊन एसो कतै काम पाइन्छ कि? फेरि भोलि के खानु”? एघार बजि सक्यो। सांइलि को स्बर ले आइते झस्कन्छ।
हो आज त केहि कमाऊनै पर्छ, हिजो पनि दिन भर केहि काम पाइएन फेरि भोलि देखि सात दिन बन्द भन्छन् भन्दै आइते नाम्लो बोकेर सडक तिर लाग्छ। तर तिन बज्दा सम्म केहि काम नपाएकोमा आइतेलाइ चिन्ता लग्छ। आज पनि काम पाइदैन क्यारे के गर्ने होला?
“ए आइते मेरो एकबोरा चिनि र तिन टिन मतिटेल घरमा लग्दिन्छस?, तिन सय दिन्छु, भोलि देखि सात दिन सहर बन्द भन्छन पसल खोल्न नसकेपनि घरबाटै भएपनि चिनि र मतिटेल बेच्नु पर्ला” राम साहु ले आइते लाइ भन्यो।
यसलाइ त दुइ ताल गर्नु पर्छ साहुजि फेरि सामान गरुंगो पानि छ अलिकति पैसा बढाइदिनुहुन्छ कि ? आइते को जाबाफ थियो।
“मोरा पैसा बढाइदे भन्छ, भोलि देखि सात दिनको बन्द मा काम पाइनस भने कसरि डेराको भाडा तिर्छस”?
हो त नि भन्दै आइते भारि बोकेर साहु को घर तिर लाघ्छ। फर्कदा साहुले दिए को तिन सय बाट मासु, मतिटेल र गहुको पिठो लिएर खुसि हुदै डेरा तिर लाग्छ। आइतेले कालो झोलामा सामान बोकेको छ।
सायद यो सांझ को पांच बजेको होला। बाटोमा जुलुस जिन्दाबाद र मुर्दाबाद को नारा लागाऊदै अगाडि बढिरहेछ कति ले हात मा मसाल पनि बोकेका छन्। जुलुस पुलिस चौकि तिर बढिरहेछ्। यो माओबादि को जुलुस हो अब यंहा सेना ले आक्रमण गर्छ बाटो मा कसैले भनेको आइतेले सुन्छ। आइते हतार हतार डेरा तिर लम्क्न्छ। आइतेको डेरा पुलिस चौकि बाट एक किलोमिटर मात्र टाडा छ।
यत्तिकैमा ड्याम डुम गोलि चलेको आवाज आऊछ । ए भाग भाग पुलिस ले गोलि चलायो मर्लास आइतेको पछाडि बाट कोइ कराऊछ । आइतेको जिऊ एकपटक सिरिङ्ग हुन्छ मरिने पो भइयो क्यारे। ऊ बेतोड ले डेरा तिरा डौडिन्छ। डेरा को ढोका देखिएपछि जोड ले कराऊछ साइलि ढोका खोल म आइपुगे । यत्तिकै मा पछाडि बाट कसैले भन्छ ए त्यो कालो झोला बोकेर भाग्ने माओबादि लाइ ठोक । ड्याम्म…… आइतेलाइ पछाडि सुइरो ले रोपेको जस्तो हुन्छ । ड्याम्म……आइते ले फेरि ढाड मा अर्को सुइरो को अनुभब गर्छ। सांइलि भन्दै आइतेको निरजिब शरिर डेरा को ढोका मा बज्रिन्छ । हल्ला सुनेर साइलि ले ढोका खोलि तर ड्याम्म……सांइलिले के भो थाहनै पाइन। ऊसको निरजिब शरिर आइतेको लास माथि घोप्टिन्छ।

कोलाहलले गर्दा टइफाइडले थला परेर निदाएकि जुनेलिको निद्रा खुल्छ। ऊसलाइ लाग्छ शायद बाऊले मासु लिएर आए। मासु र भात खान पाऊने आशाले उसको आंखामा एक प्रकार को चमक छांऊछ ।
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-09-06 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good job....took my time to read it...was worth it.
 
Posted on 02-09-06 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~
Good job,
यती जीबन्त प्रस्तुती को लागी ।

Cheers,
 
Posted on 02-09-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< ...इण्डिया र पाकिस्तानको दुबै युध्दमा लड्दा जितेर फर्केको बहादुर लाहुरे म आफ्नै देसमा हांरे बाबु। ... >>>

गजब छ साथि ! लेखनलाई निरन्तरता दिनुहोला।

-भउते
 
Posted on 02-19-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा

प्रकाश वाह्र क्लास बायोलोजिको बिध्यार्थी-निस्ट कलेजमा। उषा पनि निस्टमै बाह्र क्लास, बायोलोजि। दुबैजना पढाइमा एकदम राम्रो, प्रकास र उषा एकैटोलको, किण्डरगार्डेन देखि सगैं पढेको लिट्टिल एन्जल्स स्कुलमा। किण्डरगर्डेनमा दुबैजना हातसमाएर खेल्ने। एस एल सि दुबैको फर्स्ट डिभिजन।

प्रकासको बाबु आमा दुबै कर्मचारि। दुबैजनाको तलबले घरखर्च अनि छोरा प्रकास र छोरि गिताको पढाइखर्च ठिकै चल्दै थियो। उषाको बाबु सानो ब्यापारि। तिनजना छोरि सहित पांचजनाको परिबार आराम सगंचलिरहेको थियो।

प्रकास सधै हसिलो केटा, प्रसस्त मिहेनति र गफ पनि धेरै गर्नु पर्ने। साथिहरुको बिचमा प्रकास निकै लोकप्रिय थियो। उषा पनि उत्तिकै मिहेनति र असाध्य राम्रि। सायद यहि कारणले होला यो कथाको दुइ पात्रको बिच लिट्टिल एन्जल्समा सुरु भएको आकर्षण निस्ट कलेजमा पुग्दा मायामा बदलिइसकेको हुन्छ। प्रकास र उषा दुबैको परिबारलाइ यो कुरा थाह हुदैन।

प्रकासको बाबु राम प्रसाद बिगत दुइबर्षदेखि बेलाबेलामा बिरामि परेको छ। धेरै पैसा खर्च भएपछि बल्ल रोग पत्ता लाग्छ। उस्को दुबै म्रिगौला काम नलाग्ने भैसकेको रहेछ, तुरुन्त फेर्न पर्नेरे, डाक्टरले भनेको। इण्डियामा गएर जचाउदा, सबैगरेर पांचलाख भारु लाग्ने रे। बिरामि कुरुवा, आतेजाते खर्च र औषधि खर्च अलग। कहांबाट ल्याउने त्यत्रो पैसा? सञ्चयकोषको पैसा घरबनाउदा झिकेको, तिर्नै बांकि छ। खर्च जुटाउन घर बेचिन्छ। छोरि गितालाइ मामाघर पोखरामा छोडेर, प्रकास र उसकि आमा राम प्रसादको उपचारको निम्ति सगैं इण्डिया जाने निर्णय हुन्छ्। इण्डिया जाने एक दिन अघि प्रकासले यो कुरा उषा लाइ भन्छ।

“प्रकास, तिम्रो पढाइ छुट्छ, र शायद बाह्र क्लासको फाइनल पनि छुट्छ” उषा भन्छे
फर्केर कन्टिन्यु गर्छु निषा, तर तिमि राम्रो गर नि जांचमा, प्रकासको जबाफ थियो
“हुन्छ प्रकास, म तिम्रो लागि पानि नोट तयार पारेर राख्छु, तिमि एक बर्ष ढिला भएपनि संगै डाक्टर पढ्नु पर्छ” उषा भन्छे।
निषाको हात समाउदै प्रकास भन्छ “उषा हामि बच्चा देखि छुट्टिएको छैन, यो पनि छोटो समयको लागि मात्र हो।
“किण्डरगार्डेन मा तिमिले मेरो फ्रक समातेर नाचेको मैले अझपनि बिर्षेको छैन। छोटो समयको लागि भएपनि मलाइ नबिर्ष नि प्रकास” उषाको अनुरोध थियो।
“म तिमिलाइ चाहेर पनि बिर्सन सक्दिन उषा, तिमि मेरो घर, जहां पुगेपनि फर्केर आउने ठांउ, Life is beautiful when you are with me” प्रकासले बिस्तारै भन्यो।
You know today is Valentines Day? उषाले सम्झाउदै भन्छे
कस्तो बिर्सेको “sorry Usha, मैले तिमिलाइ उपहार ल्याउन पनि बिर्से”
“तिमि मेरो जिन्दगिको सबभन्दा ठुलो उपहार that is all what I want dear” उषाको जबाफ
“You are my valentine for ever” भन्दै प्रकासले उषाको हात चुम्छ
जाउ, अबेर भैसक्यो, भोलि तिमि इण्डिया जान पर्ने उषा भन्छे, दुबैजना छुट्टिन्छन।

ब्यथा

जिन्दगिमा सोचेको जस्तो कहां हुन्छ। सोचेको सबैकुरा पुग्ने भए कति सुन्दर हुन्थ्यो यो जिबन। हामि सबैको आ-आफनैं कथा र ब्यथा छन्।

प्रकासको बाबुको अपरेसन त सफलहुन्छ तर तिन महिना पछि उसको सरिरले नयां Kidney accept गर्दैन। एक बर्ष सम्म अस्पतालमानै बसेर treatment गर्दा पनि ठिक हुदैन र उस्को म्रूत्यु हुन्छ। प्रकास फर्केर काठमाणडु आउंदा उषा medicine पढ्न इण्डिया गैसकेकि हुन्छे।
उषालाइ दिएको बचन पुरागर्न प्रकासले पढाइ चालु गर्छ तर रिजल्ट राम्रो आउदैन। आर्थिक कारणले गर्दा उसले Tours and Travel Agency मा ड्राइभरको जागिर खान्छ।
“अब मैले उषाको बारेमा सोच्नु ठिक छैन Driver र Doctor को मिलन सुहांउदैन” प्रकास सोच्छ। तर किनहो कुन्नि प्रकासलाइ उषाबाहेक अरु कुनै केटि मनै पर्दैन। जे भएपनि उषालाइ एकपल्ट भेट्न उसलाइ खुब इच्छ्या छ। उषा छुट्टिमा त काठमाण्डु आउनुपर्ने हो। उसलाइ पनि संझना छ किण्डरगार्डेनमा उसले उषाको गुलाफि फ्रक समातेर नाचेको।

“ए प्रकास आज हाम्रो साहुजिको छोराको बिहे। बिहान बिहेमा कार लिएर गएको एउटा ड्राइभरको पेट दुख्यो रे, आज बेलुका दुलहि लिएरआउनु पर्ने, कुनै ड्राइभर छैन ल तिमिनै जाउ” मेनेजरले प्रकासलाइ भन्छ।
“हुन्छ गैहाल्छुनि सर, बरु कुन ठाउंमा जान पर्ने हो प्रकासले सोध्छ”
“सेण्टजेभियर स्कुल पछाडिको रातो घर”
प्रकास झसंग हुन्छ, त्यो त उषाको घर, शायद उषाको बहिनिको बिहा हुनुपर्छ उ सोच्छ। प्रकास कारलिएर उषाको घरतिर लाग्छ । शायद उषा आएको हुनुपर्छ बिहामा उषा संग भेट हुने आसमा उ खुसि हुन्छ।
“नयां कारपनि आइपुग्यो, ल यो कार सजाउ यसमा दुलहि लैजाने” कसैले भन्यो
“होइन हाम्रो साहुको छोराको कोसगं बिहे भाको”? कार सजाउन लागेको मान्छे संग प्रकासले सोध्छ
“इण्डियामा डाक्टर पढ्न गएको बेला उतै डाक्टर पढिरहेको केटि रोजेको रे, अहिले छुट्टिमा आएर बिहे गरेको, एक महिनापछि उतै जाने रे” उसले जबाफ दिन्छ।

प्रकास छानाबाट खसेको जस्तो हुन्छ, उषाको बिहे जस्तोपो छ, हे भगबान यो के भएको? कुन अबस्थामा भेट हुने भो उषा संग मेरो। प्रकास उषा संग किण्डरगार्डेन देखि बिताएका क्षणहरुको अतितमा डुब्छ।

“ए ड्राइभरसाप, दुलहि ल्याउने बेला भो कारको ढोका खोल्नुस” कसैले भन्छ
प्रकास हत्तपत्त उषाले नचिनोस भनेर अनुहार आधा छेकिने गरेर cap लगाउछ र कारको ढोका खोलेर दुल्हा दुलहि पर्खेर बस्छ।
घर बाट पहिले दुल्हा निस्कन्छ, अग्लो र उज्यालो अनुहार भएको केटा। दुलहि पनि निस्कन्छे, घुम्टोमा भएपनि प्रकासले चिनिहाल्छ उषालाइ। बिना ऋंगार त असाध्ये राम्रि उषा, दुलहिको ऋगांरमा त उ अनुपम देखिएकि थिइ। उसलाइ उषाको घुम्टो समातेर नाच्न मनलाग्छ।

दुल्हा दुलहि कारमा बसेपछि प्रकास कारको ढोका लगाएर ड्राइभरको सिटमा बस्छ।
कस्तो राम्रो जोडि, बिहा पनि कस्तो valentines day मा पारेको, बाहिरबाट कसैले भन्छ।
ओहो आज valentines day कस्तो बिर्सेको प्रकासले सोच्छ, तर आज उस्को forever valentine अरुकै भैसकेको छ। प्रकास मनमनै सोच्छ, उषा म तिम्रो प्रकास, तिमि_मेरो_साथि happy valentines day.
 
Posted on 02-19-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी मेरो साथी जी,
साह्रै ह्रदयश्पर्शी कथाहरू लेख्नुभयो। तपाईको लेख्ने शैली साह्रै राम्रो लाग्यो, यथार्थवादी चित्रण छ। अरू पनि लेख्दै गर्नुहोला।
 
Posted on 02-19-06 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा ब्य्था ले मेरो हृधय छोयो,
मलाई पनि मेरो कथा ब्य्था भन्न मन लाग्यो
तर साथी अज यो समयएले दियो धोका,
अर्को समयम खुल्ने छ यस कथा को डोका!
 
Posted on 02-19-06 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ
 
Posted on 02-19-06 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा होइन एउटा यथार्थ घटना ।यो घटना घटेको धेरै भएको छैन र घटनामा पिटाइ खाने ब्यक्ति नजिक बाट चिने जानेका मान्छे हुन ।

तराइ को बसोबास अनि जाडो महिना ५ पनि बज्न नपाउदै घाम का किरण हरु चुरिया पाहड को फेदि हुदै हराए पनि पाक्न लागेको बालि , सिचाइ बिना चिरा चिरा परेका खेति ले किसान लाइ भुलेको हुदैन ।धान को सिजन , सिचाइ को अभाब कुलो कुरेर रात काटनु पर्ने बिबसता र साझ बिहान नभनि खेति को लागि जुटनु पर्ने बाद्धयता एस घटना का ब्यक्ति (कान्छा दाइ) को दुर्भागय थियो।

दुइ छोरि एउटा छोरा, सबै काठमाण्डौ बस्ने पढने उहि बुढा बुढि घर मा खेति र बस्तु भाउ का लागि रहेका । कुरो मंगसिर महिना यहि साल को हो । धान पाक्न लाइ घाटि घाटि आईसकेको थियो कान्छा दाइ को खेत मा । कुलो मा पानि कम हुने (जाडो महिना मा )भएको ले दिन भरि जति प्रयास गर्दा हुदैन थियो त्यि बुढा बाट, र भोलि त पानि लगाउछु भोलि लगाउछु भन्दै हप्ता दिन बित्यो तर पानि खेति सम्म पुर्याउन सकेनन् उनले । त्यस पाछि गाउ का एकजना भाइ लाइ लिएर राति कुलो कुर्न लागे खेत को मुहान मा खेत सिचाउनका खातिर । रात त जसरि तसरि काटे २जना ले झिसमिसे बिहानि भयो , गाउले भाइ कलेज जानु पर्ने घर फर्कियो कान्छा दाइ लाइ एक्लै छोडेर । तर त्यो दखेको साहि कुकुर हरु ले यसलाइ गलत अर्थ लगाए, उनिहरु ले कान्छा दाइ लाइ पहिला पिटन सम्म पिटेछन त्यहि केहि नभनि र को हु नभनि कन जब कान्छा दाइ का कान बाट रगत निक्लिन थाले त्यसपछि एउटा ले भनेछ त को होस र तेरा साथिहरु कान्हा छन भनेर? बुढा ले कुरा बुझेनन उनिहरु को के मतलाब भन्ने र सोधेछन को साथि ? त्यसपछि झन पिटेछन त माओबादि होस र तेरा साथि हरु कान्हा छन भनेर। कान्छा दाइ ले भने छन एक छिन सम्म त म माओबादि होइन म किसान खेत मा पानि लगाउन आएको किसान तर कसले सुन्ने उनका कुरा त्यस पछि उनलाइ डर लाग्न थालेछ मार्छन कि त्यहि भन्ने ।उनका मुख बाट बोलिहरु निक्लन पनि सकेका थिएनन् र झलझल्ति सम्झेछन माढि मा मारिएका यात्रु हरु, अनि ३ वटा वच्चा , घर मा प्रतिक्षा गरिरहेकि बुढि।

ऊनि भाग्यमानि रहेछन डाडाघरे घर्ति दाइ दिसा पिसाब गर्न त्यहि बाटो भएर खोला लाग्दै रहेछन । उनले आर्मि हरु जम्मा भएको देखेछन र सोचेछन कसले बम छोड्यो होला भन्ने तर जब त्यहा पुगे उनको होस ले काम गरेन कान्छा दाइ को हालत देखेर। यति खेर आर्मि लाइ कान्छा दाइ टोक्नु न भएको थियो मार्न पनि गाउ सँगै थियो र उज्यालो लगभग भैसकेको थियो ,छोडन पनि मर्ने हालत मा पुगिसकेका थिए पिटाइले गर्दा उनिहरु लाइ त्यहा घर्ति दाइ को आगमन ले झन सजिलो गराइदियो। उनिहरु ले घर्तिदाइ लाइ सोधैछन "के त यो मान्छे लाइ चिन्छस "? घर्तिदाइ ले भनेछन चिन्छु । त्यसपछि उनको हस्ताक्षर लिएर साहि कुकुर हरु बाटो लागेछन ।

घर्ति दाइ कान्दा दाइ को जिउदो लास पिठुमा बोकेर गाउ छिरेछन । सबै को रुवाबासि सुरु भएछ मर्यो भनेर । घर सँघै का बिष्णु दाइले ट्याक्ट्रर मा हालेर कान्छा दाइ लाइ नजिक को डक्टरको पु्राउदा उनलाइ रगत कम भेसकेको थियो रे सरिर मा ।एम्बुलेन्स भनेको सुनेका मात्र त्यो गाउ मा सि म ए पढेका डक्टर हरु ले के गर्नु उनले भनेछन सक्दिन हस्पिटल लैजानुस । ट्याक्टर मा राखेर बिष्णु दाइ ले हस्पिटल त पुर्याउनु भयो तर उहा सँग पैसा थिएन फेरि त्यहि हस्पिटल मा काम गर्ने एकजना उहा ले चिनेको मान्छे सँग पैसा मागेर , औसधि किनेछन ।

अहिले कान्छा दाइ ले राम्रि सुन्दैनन् बैरा जसता भएका छन रे र हिनडुल गर्न पनि बैसाखि चाहिदो रहेछ त्यो त मैले फोटो मा पनि देखे,। दुख लागयो, जुन कुरा सुने पछि ३-४ दिन त म साझामा पनि आइन आफुलाइ आफ्नो देस कुन हो भनेर सोध्न मन लाग्यो र कता कता सोचे नेपाल मा कहिले सम्म सैनिक साहि सरकार को मात्र हुने किन जनता को लागि केहि गर्दैनन यिनि हरु ले जनता कै पैसा मा लुट गरेर पनि। अनि कति अरु कान्छा दाइ हरुलाइ पिरेका होलान यिनिहरु ले अनि खै कान्हा छ त्यो मानब अधिकार भन्ने जन्तु ?
 
Posted on 02-19-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी मेरो साथि, धेरै मजाको लाग्यो!
साझाबसैमा, साँच्चै सत्य घटना हो? मैले पनि यस्तै केहि घटना सुनेको थिएँ, धन्यवाद् कथाको रुपमा राखिदिनुभएकोमा!
 
Posted on 02-20-06 1:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी मेरो साथीजी, तपाईँको लगन र शिल्पको प्रशंशक हुँ, तर एउटा कुरो भन्न मन लागेको छ, त्यो माथिको प्रकाश र उषाको कथाको विषयवस्तु अलि पुरानो भएन र? यस्ता कथाहरु धेरै लेखिइसकेका छन्। तपाईँजस्तो सलल कथा लेख्न सक्ने मान्छेले अलि नया विषयवस्तु रोज्ने गर्दा राम्रो होला। अन्यथा नलिनुहोला, एउटा हितैषी साथीको सल्लाहको रुपमा लिइदिनुहोला।
********************************
साझाबसैमाजी, अत्यन्त मार्मिक सत्य राख्नुभयो। शाही कुकुरहरुका कारण देशका धेरै कान्छा दाइहरुको हाल त्यस्तै भएको छ। यीनले त्यो पापको मूल्य चुकाउने दिन कहिले आउने हो, ब्यग्र छु म।
 
Posted on 02-20-06 5:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

word map, jairamji ki and Birkhe maila ji, हजुर हरुलाइ फेरि एकपटक मुरिमुरि धन्यबाद।

nepali kancha ji, हजुरको कथा पनि राख्नुहोस, सबैले सुनौ

साझाबैसैमा जि, धन्यबाद, सत्य घटनाको लागि,
हाम्रो देसको स्थतिले गर्दा कथा पनि सत्य घटना जस्तो लाग्छ र सत्य घटना पनि कथा जस्तो लाग्छ।

र, अन्त्यमा Gautam B ji

साथिहरुको सुझाब लाइ अन्यथा लिने कुरै आउदैन र लिन पनि हुदैन। तपाइको सुझाबलाइ मनन गर्नेछु।

तिमि मेरो साथि
 
Posted on 02-27-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कथा

कसरी भनुम म आफ्नो कथा ।
कसरी भनुम म आफ्नो ब्यथा
साझा बसी समछ्य राख्दै छु यो कबिता ।

कथा हो यो अफुनै बस्ने समाजा को
कथा हो यो अनैतीका राज् निति को
कथा हो यो अफुनै बस्ने भात्किए को घर को ।

लग्थ्यो मलाई यो कथा किन यस्तो
पखेटा कटीय्को परेवा जस्तो
मरुभुमिमा हिंड्ने एक यात्राी को प्यस जस्तो ।

आज मेरो घर सुन्नेता ले भरिएको छ
जता हेर्यो तेतै भात्किए को छ
साथी आज किन आफ्नो आफ्न्ता नै एक बिरानो भैराखे को छ ।

हत्त्य र बिद्रोह ले पलुवा पलायेको छ
हिजोको एक् सरल् र सधारन् नगरिक् अज एक् हत्यरा बन्न गैरहे को छ।
अज किन येस्तो लगि रखे को छ अफ्नो घर् पनि एक् लडाइ को मैदान रहेय् छ।।

अशा थ्यो, कथा को अन्त हुन्छ हरियलि बशन्त भयेर
अशा थ्यो , कथा को अन्त हुन्छ दियो को उजयलो भयेर
अशा थ्यो , कथा को अन्त हुन्छ सान्त बातवरन् भयेर।

तर सथि यो कथा मा येस्तो कुनै मोड् नै छैन,

जस्म एक् शन्ति को बेउ बकि छ
जस्म स्वभिमानि को झन्डा फहरिअ को छ
जस्म कोहि अन्नयाए अत्याचार् सङ लडेको छ।

सथि यो एक् कथा नभयेर यथार्थ हो।
यो हमि सबै को एक् जिबन् ब्याथा हो।।
 
Posted on 08-23-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा

सानै देखि म फुटकर कबिता लेख्थे । स्कुलमा कबिता प्रतियोगितामा पुरस्कार पाएको पनि छु। साथिहरु भन्थे मेरो कबितामा संघर्स र भाबना पोखिएको हुन्छ। जे होस, क्याम्पस पुग्दा सम्म एक दुई पत्रिकामा मेरा कबिता प्रकासित भैसकेका थिए। पछि एउटा नाम चलेको मासिक पत्रिकाले नियमित नै मेरा कबिता छाप्न थाल्यो त्यस बापत मैले केहि परिस्रामिक पनि पांऊथे। म “तिमि” उपनाम बाट कबिता लेख्थे। असलि नाम कसैलाइ थाह थिएन।

X X X X X X

मेरो घर तनहुं जिल्लाको दुर्गम गाऊंमा पर्छ। बा, आमा बैनि र म, चार जनाको परिबार दुख: सुख: ले बाचेका। आम्दानि थियो खेतको धान र भैसिको दुध बेचेको पैसा। एस यल सि सकेपछि मैले पोखरा क्याम्पस ज्वांइन गरे। मेरो पढ्ने खर्च जुटाऊन मेरा बाऊ लाई त्यति सजिलो थिएन। कहिले काहि साहु संग ऋण पनि लिन पर्थ्यो। खाएर बचेको धान र दुध बेचेर कतिनै आम्दानि हुन्छ र।

यसरि जेनतेन चलिरहेको हाम्रो परिबारमा एकदिन भैंचालो गयो। पैह्रोले पुरिएर खेतमा काम गर्दा गर्दै मेरा बाऊंको म्रत्यु भयो। म तुरुन्त गांऊ फर्के। बा को काज क्रिया सकिएपछि आमाले पोखरा गएर पढाइ जारि राख्न कर गर्नु भयो। जेठो छोरो भएर पनि घरको सारा भार आमा र बहिनिको कांधमा छाडेर म पोखरा गए। मनमा कता कता नमिठो अनुभब भैरहेको थियो।

क्याम्पसमा पढ्दा मेरो एक जना हुने खाने परिबारको केटो संग मित्रता थियो। उसलाइ मेरा कबिता साह्रै मन पर्थे। पछि उस्को परिबारनै काठमाण्डु बसाइ सर्यो। उनिहरु त्यहां प्रिन्टिङ प्रेस चलाएर बसेका थिए। उ काठमाण्डु गएपनि म संग बराबर सम्पर्क गरि रहन्थयो। पछि गएर उ मेरा कबिता हरुको एक प्रकारको फ्याननै भनेपनि हुने। खासमा उ एक असल मित्र थियो।

X X X X X X

आज म धेरै खुसि छु। हिजो मात्र मेरो काठमाण्डुको साथिले एक प्रस्ताब पठाएको थियो। त्यो के भने यदि मैले २०० स्तरिय कबिता लेखेर प्रकासन र कपिराइटको सम्पुर्ण अधिकार उसलाइदिने हो भने उ मलाइ २०,००० रुपैया दिन तयार छ। प्रस्ताब मेरो लागि एकदम नयां थियो। मैले खुसिसाथ त्यो प्रस्ताब स्बिकार गरे।
र, आज गांउबाट खबर आको छ। बहिनिको बिबाहको कुरा पक्का भैसकेको छ रे । तिन महिना पछिको साइत जुरेको रहेछ। मलाइ सबभन्दा खुसि के मा छ भने कबिता बेचेर को पैसाले बहिनिको बिबाहमा म पनि आमा लाई सहयोग गर्न सच्छयम हुनेछु। मलाइ सहरमा राखेर पढाउन गांउमा आमा र बहिनिलाइ कति दुक्ख गर्नु पर्छ भनेर मलाइ थाह छ, त्यसैले पनि म बहिनिको बिबाहमा आफ्नो तर्फबाट केहि गर्न चाहन्थे।

X X X X X X

आज मेरो कबिताको पाण्डुलिपि तयार भयो। बहिनिको बिबाहमा दुइ महिना मात्र बाकि छ। साथिले काठमाण्डुनै आएर पाण्डुलिपि बुझाउन कर गरेकोले म भोलि काठमाण्डु जादैछु।

ब्यथा

ओहो, काठमाण्डु कस्तो प्रदुशित शहर, पेट्रोल र फोहरको गन्ध अनि मान्छेको भिड बाहेक केहि छैन यहां। बच्चामा एकपटक बा आमा संग शिबरात्रिमा आको थिए यंहा, अहिले त अर्कै भैसकेछ काठमाण्डु। साथिको घर शहरको अर्कै कुनामा थियो। म कबिताको पाण्डुलिपि बोकेर साथिको घरतिर लागें। आज शायद शहरमा बिरोध जुलुस थियो, शहरको मध्य भागमा के पुगेको थिए एउटा जुलुस जिन्दाबाद र मुर्दाबादको नारा लागाउदै अघि बढि रहेको थियो, जुलुसको पछि पछि लाठि लिएका प्रहरिहरु थिए। म जुलुस भन्दा अगाडिनै बाटो काट्न थाले। पछाडि के भयो मलाइ थाह भएन तर मान्छेहरु आत्तिएर भागाभाग गर्न थाले। म पनि छिटो छिटो बाटो काटेर पेटि तर्फ लागें। यत्तिकैमा शायद पछाडि बाट मलाइ कसैले धक्का दियो, कबिताको पाण्डुलिपि मेरो हातबाट खसेर शडकमा छताछुल्ल भयो। म हत्पत छरिएका पाना टिप्न थाले। पछाडि सायद प्रहरि होला भन्दै थियो “ ऐ त्यो जुलुसमा पर्चा छर्दै हिड्नेलाइ ठोक”, म चिच्याए “यो जुलुसमा छर्ने पर्चा होइन मेरो कबिताको पाण्डुलिपि हो” म भाग्न खोजे। ऐया कस्ले हिर्कायो मलाइ ? किन रगत बग्दै छ मेरो टाउकोबाट, केहि पनि देख्न छाडे, लौन के भो मलाइ, हे भगबान।

X X X X X X

धेरै बर्षहरु बिते, शहरको एउटा पाटिमा एक जना अधंबैसे माग्ने बस्छ।प्रहरि ले ल्याएर छोडेको रे उसलाइ पाटिमा। उसको नाम के हो? कहाबाट आयो कसैलाइ थाह छैन। उ कसैलाइ केहि पनि भन्दैन, शायद उसलाइ पनि थाह छैन होला। धेरै जसो समय उ सडकमा मागेर बिताउछ। माग्न बस्दा पनि उ केहि गुनगुनाइ रहेको हुन्छ, गित गाए जस्तो, कबिता पाठ गरे जस्तो। कोहि भन्छन उ एक घायल कबि हो, कोइ भन्छन उ बिरहि गायक हो। बिहान बेलुका उ कागजमा केहि लेखि रहेको हुन्छ। के लेखेको छ ति पानाहरुमा कसैलाइ थाह छैन।

आज शहरमा बिसाल जुलुस छ, जुलुस जिन्दाबाद र मुर्दाबादको नारा लागाउदै अघि बढिरहेछ। पाटिको माग्ने जुलुस लाइ एकटक हेरि रहेको छ। जुलुस पाटि नजिक आइपुग्नु अघि त्यो माग्ने दौडेर सडकमा आउछ र सडकमा छरिएर रहेका कागजका टुक्रा बटुल्दै चिच्याउछ “यो जुलुसमा छर्ने पर्चा होइन, मेरो कबिताको पाण्डुलिपि हो”।
कसैलाइ थाह छैन त्यो माग्ने हरेक जुलुसमा त्यसो किन गर्छ।
 
Posted on 08-23-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ekdam ramro timi_mero_sathi, yo lastko katha matra padhne mouka pae aru pahileka ni pakkai padhnechhu.
 
Posted on 08-23-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो हेर्दै राम्रो कथा जस्तो छ , भरे हेर्छु फुर्सद् मा :)
 
Posted on 08-23-06 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timi_mero_sathi ji, BEAUTIFUL!

Euta happy ending ko katha ni jawos.

Sajhabusaima, sarai ramro kato.
 
Posted on 08-23-06 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बुबाको मुख हेर्ने औंसि तर मलाइ हेरक साल जस्तै आज पनि मेरो बितेर गएका बुबा सँग यो प्रश्न सोध्न मन लाग्छ कि मलाइ जन्माउन आमालाइ साथ दिदैमा बुबा को भुमिका पुरा भयो त ?

मेरो जन्म भन्दा अगडि आमा को जिन्दगि मा कति उतार चडाब आएका थिए होलान त्यो त आमा माथि हालिएको सौता ले पनि म सहजै अनुमान लगाउन सकिन्छ तथापि सानि आमा दुष्ट नभए पनि। फेरि म जन्मिदा खेर आमा गोठालोबाट फ्रकिनु मात्र भएको थियो रे भनेर सानिआमा सुनाउदा जिउ सिरिङ्ग गर्छ र भन्न मन लाग्छ "ड्याड आइ हेट यु"। सायद सैतान हरु ले पनि आफ्ना गर्भवति श्रीमति लाइ यति दुख दिदैन, फेरि के आइमान्छे भनेका बच्चा पैदा गर्ने कुनै घरयासि मेसिन त पक्कै होइनन्, त्यति पढेर र राजनिति गरेर पनि त्यो दिमाख यति सानो कुरा किन नघुसेको? थाहा छ अहिले सम्म तपाइ का कारणले हामि ले सानिआमा लाइ सानि आमा भनेर बोलाउन सक्दैनौ तथापि हामि सबैलाइ थाहा छ कि उनि निर्दोष छिन।

फेरि म जन्मिएर बुझ्ने भए पछि मलाइ कहिले याद छैन भन्दा हुन्छ बाहेक तपाइ को काख मा खेलेको २०४५ साल असार महिना को हुरिबतास आउदा (१० मिनेट थियो कि बुवा याद भए?)अनि मैले कहिले यो कुरा को आभाष पाइन कि बुबा को माया कस्तो हुन्छ , नभए बुबा को माया कस्तो हुन्छ दिदि भनेर सोद्धा जवाफ फर्काउन सक्थे होला ,कान्छि लाइ? के भनेर जवाफ दिउ कान्छि लाइ कि उ सँग अधिकार छैन सुन्ने? त्यसमाथि पनि तोरि लाउरे राजनिति र साथ मा आउने भुमिगत नेता हरु भिडको कारणले आमा ले भोक्नु परेका सम्मस्या, परिवार ले भोग्नु परेको आर्थिक सम्स्या ले तपाइ लाइ कहिलै पिरोलेन तर थाहा छ त्यसैले नै हामि लाइ जिन्दगि कै सबै भन्दा प्यारो चिज हामि बाट चुडाएर लिएर जाँदा कसरि बाँच्यौ होला हामि ?समाज को अगाडि टुहुरा भनेर कहलिदा पनि सधै आमा का फोटो ले हामि लाइ झकझकाउथ्यो। अनि त्यहि फोटो तिमि हरु केहि बन्नु पर्छ मेरा खातिर भन्दै सुर्या का सुनौला किरणका साथ सन्देस लिएर आउतथ्यो हरेक बिहानि हामि माझ। थाहा छ कहिले काँहि हामि परिवार जम्मा हुदाँ अहिले पनि सोच्छौ सायद आमा पहिले बित्नु भएको भए हामि गाँउ का अरु साथि जस्तै हामि पनि ५,६ बच्चाका आमा हुने थियौ होला अनि दादा हरु हलि वा त ड्राइभर हुने थिए होलान अनि हाम्रा सम्पति हरु त्यति खेर जस्तै पा्टि का नाम मा आउने स्याल हरु ले लिलाम गर्ने थिए होलान, आज सम्म त ।

बुवा म कसरि भुलु त्यि कुरा कसरि भनु मैले तपाइ लाइ क्षमा दिए भनेर। मेरि आमा मा के कमि थियो र जिन्दगि भर यातना दिनु भयो अनि के गल्ति थियो हाम्रो कि हामिले बुबा भएर पनि कहिले माया पाउन सकेनौ?अनि के गल्ति थियो सानि आमा को सयौ माइल टाढा को मान्छे लाइ एकलास ठाँउ मा सोता को रुप मा भित्राएर? अनि के पुर्खा को नाम मा ५ ,७ लाख को सम्पति र थर छोड्दैमा बुबा को भुमिका पुरा भयो त ? त्यसो हो भने मलाइ चाहिन्न त्यो थर चहिन्न मलाइ त्यो सम्पति, मलाइ मेरि आमा फिर्ता दिनुस, प्लिज मलाइ मेरि आमा दिनुस।

बुवा म यति खेर मेरा भित्ता मा टाँसिएर बसेका आमा को तस्विर हेर्छु अनि सँगै रहेको हजुर को र लाग्छ च्याँतिदिउ बिचवाट फेरि आमा को हसिलो मुहार ले मलाइ घायल बनाउछ र लाग्छ भगवान ले जोडेको जोडि अनि त्यसमाथि त्यति यतना र दुख सहेर पनि तपाइकै लागि बाँचेकि मेरि आमा लाइ हहिले बितेर गए पछि के भनेर जवाफ दिउ जस्तो लाग्छ अनि थुच्चुक्क बस्छु र रुन्छ अनि भन्छु हे भगवान सक्छस भने राम्रो मान्छे को जन्म दिनु सक्दैनस भने कसैलाइ टुहुरा नबानउनु उसको आमा खोसेर र अझ सक्छस भने नालायक बाबु हरु को पैदा नै नगर्नु।

बुबा खै म के भन्नु सानदाइ र ठुलदाइ लाइ यहि कुरा ले सताउछ कि क्या हो उहाँ हरुले आफ्ना बच्चा मा तपाइ को थर राख्न छोडेर आप्नो गोत्र मात्र लेख्न थाल्नु भएको छ। अनि ठुल दिदि सधै आफ्ना बच्चा माझ झुट्टो बोल्दै हुनु हुन्छ कि उहाँ ले बुबा लाइ कहिले पनि देख्ननुनै भएन भनेर हुन त हुन पनि सक्छ कहिले बनारस कहिले हरिद्व्आर शंकै छ। साथमा सान दिदि हरेक साल पशुपति गएर बत्ति बाल्नु हुन्छ कि अरु आमा हरु ले हाम्रो आमा ले भोगे जस्तो जिन्दगि भोग्न नपरोस भन्ना को खातिर ।सम्पुर्ण परिवार बिदेस भासिएको हाम्रो परिवार को आमा छदा को खुसि अहिले फोन मा सिमित भएको छ र हेरक दिन हामि लाइ यहि कुरा ले पिरोल्छ कि हाम्रो भबिष्यको पुस्ता ले पनि हामि जस्तै भोग्न नपरोस।

बुबा अरु सबै हाइ हाइ गर्छन यति खेर यसको छोरा वा छोरि भन्छन तर दुख लाग्छ हामि लाइ याँहा सम्म लेर्याउने आमा को नभएर जसले जिन्दगि भर वास्ता नै गरेन त्यस्तो मान्छे को नाम बाट । आज पनि मलाइ याद छ हामि लगायत सानिमा का छोरा छोरिलाइ पढाउन आमा ऋण खोज्न गाँउ गाँउ पुगेको अनि घरमा भएका बुवा भुमिगत नेता हरु सँग तास खेल्दै आमा ले गरेको काम लाइ निरुत्साहित गर्न खोजेको ।सायद त्यसैले पनि होला मलाइ कता कता बिबाह बन्धन भन्ने कुरा बाट डर लाग्छ कि आमा ले पाएको दुख सम्झेर।तर थाहा छ यहि कारणले नि होला मेरि आमा को माया झन गाढा गाढा बन्दै गएको छ झन झन प्रगाढ। बुवा यो साल को गुनासो तपाइ को नाम मा यतिनै , फेरि हेर्नु न हाँसो लेखु भने पनि कुनै त्यस्तो कुरा याद चेन त्यो कुरा सम्झेर तपाइ लाइ मिस गरु । जे भए पनि यो साल लाइ यति नै भेड अर्को साल मा ।नमस्कार

‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌++++++++++++++++++++++++++++++++++++++++++++
यो कथा कसैले ळेखेको कथा लाइ नेपालि मा ट्रान्सलेट गरेर पोस्ट गरिएको हो र बास्तबिक लेखक को लागि कमेन्ट भए इमेल मा लेखिदिनु होला कि उहाँ सम्म पुग्न सकोस ।
 
Posted on 08-24-06 1:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाबुसैमा जि,

ज्यादै राम्रो कथा पोस्ट गर्नु भो, नेपालि बास्तबिकता संग धेरै मेल खाने खथा छ यो । कथाकारलाइ मेरो थरफ बाट धेरै धेरै धन्यबाद
 
Posted on 08-24-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तल्ला घरे घिमिरिनि हजुरआँमा मैले देखेदेखि नै उस्ता का उस्तै थिइन । डल्लि भएका ले पनि होला सायद ७०औ बसन्त र गाला चाउरि पर्दा पनि जो कोहि झुक्न्थे उनको काम गराइ र मेला पात मा गाँउने दोहरि बाट। भाग्य ले ठगिएकि यि हजुरआमा ले ३० बर्ष हुन पाउदा नपाउदै श्रिमान गुमाउनु भएको थियो रे त्यसको केहि बर्ष पछि नै एउटै छोरो शंकर ले पनि दादुरा को शिकार भएर १८ बर्ष मा देहत्याग गरेपछि उनको लागि यो संसार मा एक छोरि भन्दा कोहि रहेन भनेर हजुरआमा मलाइ सुनाउनु हुनथ्यो वच्चा अवस्थामा । बिहान बेलुका घाँस दाउरा गर्ने बुढिहजुरआमा ले सकि नसकि छोरि को बिबाह त गर्नु भयो तर ५०औ बसन्त मै बुढि रोगले ग्रसित हुन थाल्नु भयो रे। जब म बुझ्ने भए त्यस बेला सम्म मा त्यि बुढिआमा को कपाल फुलेर सेता भैसकेका थिए, दात झरेर थोति अनि बसाइ छोरि र छोरि को परिवारका साथमा ।

मलाइ थाहा छ म बच्चा नै थिए,सयाद म गलत छैन भने त्यो असार को महिना थियो र म २ कक्षा मा पढदै थिए , एक दिन गाँउ का जमिन्दार सुब्बा बाजेको भैसि मर्र्यो, गाँउ मा नेपाल झाँक्रि डाकियो, झाक्रि ले त्यि बुढि आमा लाइ देखाउदै यि बोक्सि बुढिले तिम्रा भैसि खाइन भने, जमिन्दार ले मान्छे लगायर बुढिलाइ चुटनु सम्म चुटे अनि चार मोडा मोडेर माथि पिपल बोट देखि तल जिम्दार घाट सम्म घुमाइयो त्यि बुढि आमा लाइ बोक्सि भनेर चिनाउदै सारा समाजको अगाडि।

अस्ति सम्म हामि लाइ पढनु पर्छ भन्दै जंगल देखि लेर्याको रातो माटो र काठ को पाटि लेख्न को लागि दिने त्यि हजुरआमा आज समाजको अगाडि बोक्सि भइन। कुरिति, अशिक्षा र दुर्गम मेरो गाँउ को खवर न त कुनै पुलस थाना मा रजिस्टर भयो न त कुनै पञ्चायत ले नै त्यि जमिन्दार को बिरुध्दमा आबाज निकाल्न सक्यो, अहेब लाइ भेटन त २ दिन हिड्नु पर्ने मेरो गाँउमा डाक्टर को त सायद छाँया पनि पुगेको थिएन होला त्यति खेर सम्म । बुढिआमा न त मर्न सकिन न त अब कसै हाँस्न सक्ने भइन यस घटना बाट। गाँउ मा त्यि बुढि आमा लाइ निकाल्न अनेक असफल प्रयास भए अन्त मा बुढि आमा लाइ नगरेको को गल्ति स्विकार गर्न लगाइयो र त्यो भैसि मारे बापत त्यसको पैसा तिर्ने भन्ने सर्त पञ्चायत ले निर्णय गर्यो, नगरोस पनि कसरि त्यि नै शोसक पञ्चायत का अध्यक्ष थिए।

बुढि आमा का दिन हरु बिग्रदै गए एक पछि अर्का आरोप हरु लाग्दै गए यस्तै मा एक दिन छिमेकि भट्ट कान्छा को देहान्त भयो । सबैले बुढिले मारेको भने तर मलाइ यथार्थ ‍ थाहा थियो कि त्यो झाडा पखाला थियो न त त्यि अशिक्षित हरु ले अहेव ले भनेका सुन्थे न त त्यि शोसक का कुरा काट्थे । बुढि आमा लाइ गाँउ बाट निकालियो तर बुढि आमा को जाने ठाँउ कहि थिएन, बुढि दुइ चार दिन सम्म रुदै पागल जस्तो भएर गाँउ का सिमाना मा छोरि लाइ कुरुनु हुन्थयो, हामि हरु ले लगेका खाना आसिर्बाद दिदै खानु हुन्थयो तर एका एक बुढि आमा हराउनु भयो त्यसको केहि दिन पछि बुढि आमा को लास सिमलघाँरि को एकलास बिचमा भेटियो झुन्डिएको अवस्थामा। पुलिस आयो उहि शोसक को कुरा सुन्यो आत्म हत्या भनेर सर्जमिन बनायो तर यति कुरा सोचेन कि त्यति ३० फिट काहालि लाग्दो रुखमा चडेर त्यि ७० बर्षिए हजुरआमा ले कसरि आत्महत्या गरिन,र गरेकै भए पनि किन गरिन होला, अहिले मलाइ लाग्छ त्यस्तो मुर्ख लाइ कसले सहि बनाएको थियो होला पैसा ले कि पावर ले भनेर। त्यस पछि मैले सोचे सायद त्यि हजुर आमा सँग पैसा थियो भने यसरि मर्नु पर्ने थिएन होला भन्ने र त्यो घटना बिस्तारि सेलाउदै गयो छोरि को परिवार त्याँहा छोडेर बर्दिया सरे। अब त हुदाँ हुदा अहिले त्यो सिमलघाँरि लाइ बोक्सि जंगल भन्छन मान्छे हरु र त्यसको बरिपरि जान डराउछन । फेरि बच्चाहरु लाइ भन्नु पर्दा घिमिरेनि बोक्सि आउछिन घर बाट ननिक्लनु तर पनि किन किन मलाइ आत्म देखिनै त्यि हजुरआमा प्रति श्रद्धा छ कि बच्चा मा सायद हात समातेर रातो पाटि मा बाँस को छेस्का लाइ कलम बनाएर क ख लेख्न सिकाएको ले पनि हुन सक्छ । जे भए पनि अन्त मा म के भन्न चाहान्छु भने अरु हजुरआमा हरु ले पनि बोक्सि भनेर यस्तै मरन मर्न नपरोस ।

जदौ।
 
Posted on 08-24-06 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pretty जि र tyra जि धन्यबाद ,
meera जि happy endings ko story पनि लेख्दै जाने छु। thank you very much for suggesting.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Mamta kafle bhatt is still missing
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
Biden said he will issue new Employment visa for someone with college degree and job offers
To Sajha admin
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters