From Nepal:
िश्वमा
राजतन्त्रको उन्मूलन तीव्र गतिमा भइरहेको छ । अहिले राजतन्त्रात्मक
मुलुकहरूको सङ्ख्या २८ मात्र छ । नेपालले निकट भविष्यमै गणतान्त्रिक
फड्को मार्न लागेकाले एउटा सङ्ख्या अझै झर्दैछ ।
खासगरी दोस्रो विश्वयुद्धपछि धेरै राजतन्त्रात्मक मुलुकहरू
गणतन्त्रमा परण्िात भएका हुन् । पर्ूर्वी युरोपका बुल्गेरयिा,
अल्बानिया, रोमानिया र युगोस्लाभिया राजाको हातबाट साम्यवादीहरूको
कब्जामा गयो । बुल्गेरयिा युद्धको अन्त्यतिर रुसी सेनाको नियन्त्रणमा
गयो । त्यसबेला सिमोन -द्वितीय) त्यहा“का राजा थिए । जार बोरसि
-तृतीय)का छोरा सन् १९४३ अगस्त २८ मा गद्दीमा बसे । प्रिन्स
किरलि तथा अन्य दरबारयिाहरू पक्राउ परसिक्दा पनि राजा सिमोन,
रानी गियोभाना र बहिनी मारयिा लुइसा राजधानी सोफियानजिक भ्रानाको
दरबारमा थिए । कम्युनिस्टहरूको सरकार गठन भइसकेको थियो । सोही
सरकारले राजतन्त्रको भविष्यको फैसला गर्न १९४६ सेप्टेम्बर १५
मा जनमतसङ्ग्रह गरायो । ९७ प्रतिशतले राजतन्त्रको विपक्षमा मतदान
गरे । चुनावको अन्तिम नतिजा घोषणा गरएिकै दिन सेप्टेम्बर १६
मा राजा परविारसहित इजिप्ट गए । यसरी त्यहा“ राजतन्त्रको उन्मूलन
भयो ।
उता, अल्बानिया सन् १९४४ मा जर्मनीबाट मुक्त भयो । कम्युनिस्ट
नेता अनवर होक्जाको नेतृत्वमा क्रान्तिकारी सरकार गठन भयो ।
१९४५ डिसेम्बर २ मा संविधान परष्िाद्का लागि निर्वाचन भयो ।
कम्युनिस्टहरूले अत्यधिक मात्रामा जिते । लगत्तै १९४६ जनवरीमा
परष्िाद्को बैठकले १९३९ मा फालिएर १९४३ मा पुनः राजगद्दीमा बसेका
जोगलाई मात्र अपदस्थ गरेन, राजतन्त्रकै उन्मूलन गरी गणतन्त्र
स्थापना भएको घोषणा गरििदयो ।
त्यस्तै कम्युनिस्टहरू सत्तामा पुगिसकेको रोमानियामा पनि सन्
१९४६ नोभेम्बरमा संसदीय चुनाव गराइयो । कम्युनिस्टहरूले जितेपछि
राजा मिचेल -प्रथम)माथि अत्यधिक दबाब पर्यो । अन्ततः १९४७ डिसेम्बर
३० मा उनी पदत्याग गर्न बाध्य भए । त्यसैदिन बसेको संसद्को बैठकले
मुलुक गणतन्त्रमा परण्िात भएको घोषणा गर्यो । अपदस्थ राजा विदेश
पलायन भए । मार्सल ब्रोज टिटोको नेतृत्वमा क्रान्ति सफल भएको
युगोस्लाभियामा पनि सन् १९४५ नोभेम्बर २५ मा राजतन्त्र उन्मूलन
गरएिको थियो । त्यहा“का अन्तिम राजा पिटर -द्वितीय)लाई संविधानसभाबाटै
हटाइएको थियो । गैरकम्युनिस्ट मुलुक ट्युनिसियाले पनि संविधानसभामार्फ
नै राजतन्त्रको उन्मूलन गरेको हो । १० दिनअघि नजरबन्दमा परेका
अन्तिम राजा मुहम्मद -आठौ“) अल अमिनलाई १९५७ जुलाई २५ मा पदमुक्त
गरएिको थियो ।
समाजवादी मुलुकहरू भियतनाम, यमन, इथियोपिया र लाओसले चाहि“
राजतन्त्रलाई बल प्रयोग गरेर हटाएका हुन् । भियतनामी सम्राट
बाओ डाइत सन् १९४५ मा, लाओसी राजा सामाङ्ग सिसाभाङ् भाठन्ना
१९७५ डिसेम्बरमा, इथियोपियाली सम्रँट अम्हा सेलासी १९७५ मार्चमा
र यमनी राजा मुहम्मद अल बदर १९६२ सेप्टेम्बरमा कम्युनिस्टहरूले
नेतृत्व गरेको क्रान्तिकै दौरान फालिएका थिए । राजतन्त्र उन्मूलनपछि
यी मुलुकहरूमा समाजवादी गणतान्त्रिक शासन लागू गरएिको थियो ।
लाओसी राजा सामाङ् त जेलसमेत परेका थिए । ग्रीस, इटाली र माल्दिभ्सको
राजतन्त्रको ठेगान भने जनमतसङ्ग्रहमार्फ गरएिको थियो । १९७३
मा ग्रीसमा गरएिको जनमतसङ्ग्रहमा ५४ प्रतिशतले राजतन्त्रका विपक्षमा
मतदान गरेका थिए । त्यहा“ कोन्स्टान्टिन -द्वितीय)को शासन थियो
।
इटालीमा पनि सन् १९४६ जुनमा जनमतसङ्ग्रह र संविधान परष्िाद्को
चुनाव एकैदिन गराइएको थियो । जनमतसङ्ग्रहमा १ करोड ७ लाख मतका
विरुद्ध १ करोड १७ लाख जनताले राजतन्त्रको विपक्षमा मतदान गरेपछि
राजतन्त्रलाई सदाका लागि बिदा गरएिको थियो । इटलीमा त्यसबेला
प्रिन्स उम्बर्र्टोको शासन थियो । उनी ३३ दिनअघि मात्र गद्दीमा
बसेका थिए ।
त्यस्तै दक्षिण एसियाली मुलुक माल्दिभ्समा पनि राजतन्त्रको
भविष्य निर्धारण गर्न १९६८ मार्च १५ मा जनमतसङ्ग्रहको मद्दत
लिइएको थियो । त्यहा“ सुल्तान मुहम्मद फरदि दिदीको शासन थियो
। यद्यपि, फरदि निर्वाचित सुल्तान थिए । तापनि चुनावको नतिजा
राजतन्त्रका विपक्षमा गयो । माल्दिभ्स गणतन्त्र बन्यो । इजिप्ट,
इरान, इराक र जान्जवारको राजतन्त्र क्रान्तिमार्फ अन्त्य गरएिको
थियो । इजिप्टमा सन् १९५२ मा भएको राज्यक्रान्तिका दौरान सैनिक
अधिकृत तथा क्रान्तिका नेता मुहम्मद नगीबको निर्देशनमा सेनाले
राजदरबारमाथि धावा बोलेपछि राजा फारुख -प्रथम) गद्दी त्याग्न
विवश भएका थिए । यद्यपि, औपचारकि रूपमा १ सय ५० वर्षलामो मुहम्मद
अली राजवंशको पतन भएको र गणतन्त्र स्थापना भएको घोषणा क्रान्तिकारी
सरकारले १९५३ जुन १८ मा मात्र गरेको थियो ।
इरानमा भने १९७९ को इस्लामिक क्रान्ति सफलतातर्फअग्रसर भएपछि
साह रेजा पहल्वी र उनका परविार फेब्रुअरी ११ को राती नै देश
छाडेर भागेका थिए । त्यस्तै सयिद सर जाम्सिद विन अब्दुल्लाह
अल सइद पनि अप्रिmकी मुलुक जान्जवारका अन्तिम सुल्तान बन्न पुगेका
थिए । १९६३ मा बेलायतबाट स्वतन्त्र भएपछि संवैधानिक राजा बनेका
उनी १९६४ जनवरीमा भएको क्रान्तिबाट फालिएका थिए र बेलायत भागेका
थिए ।
इराकमा पनि सन् १९५८ मा भएको क्रान्तिमार्फ राजा फैजल -द्वितीय)
मात्र होइन, राजतन्त्रकै उन्मूलन गरएिको थियो । अफगानिस्तान,
रुवान्डा, बुरुन्डी, युगान्डा, लिबिया र मध्य अप्रिmकी गणतन्त्रका
अन्तिम राजाहरू र राजतन्त्र भने सैनिक 'कू'बाट उन्मूलन गरएिको
थियो । अफगानिस्तानका राजा जाहिर शाह स्वास्थ्योपचार्रार्थ इटली
गइराखेको र रुवान्डाका राजा किगेली भी न्डाहिन्डुवी तत्कालीन
राष्ट्रसङ्घीय महासचिव ड्याग ह्यामरशोल्डलाई भेट्न कङ्गोको राजधानी
किन्सासा गइराखेको समय पारेर सैनिक नेताहरू क्रमशः जनरल दाउद
र डोमिनिक म्बोन्युमुत्वाले उनीहरूविरुद्ध 'कू' गरेका हुन् ।
क्रमशः १९७३ र १९६१ मा भएको सैनिक व्रि्रोहपछि ती दुवै देशमा
राष्ट्रपतीय शासन लागू गरएिको थियो ।
जाहिर शाह इटलीमा २१ वर्षनिर्वासित जीवन बिताएर सन् २००२ मा
मात्र स्वदेश र्फकन सके । उता, किगेलीले भने फेर िआफ्नो भूमि
टेक्न पाएका छैनन् । उनी तान्जानिया, केन्या, युगान्डा हु“दै
अमेरकिा भासिए । यतिखेर उनी अमेरकिामै छन् । बुगान्डाका राजा
एर्डवर्ड मुतेसा -द्वितीय) १९६६ मा युगान्डाका मिल्टन ओबोटेबाट
अपदस्थ भए । राजा अपदस्थ भएको तीन महिनापछि बुगान्डाको संसद्
ले युगान्डामा मिसिएको घोषणा गर्यो । तर, यी दुवै घटनालाई मान्न
मुतेसाले अस्वीकार गरेका कारण युगान्डाको सेनाले मुतेसा बस्ने
गरेको राजदरबारमाथि आक्रमण गर्यो । मुतेसा भागेर बेलायत पुगेपछि
युगान्डा गणतन्त्रमा परिणत भयो ।
लिबियामा पनि सन् १९६९ मा सैयद मुहम्मद इद्रिस विन सैयद मुहम्मद
अल माहदी अल सेनुसीको शासन थियो । उनी ग्रीसको भ्रमणमा गइराखेको
मौका छोपेर कर्र्णोल मौमर अल कदाफीले व्रि्रँेह गरे । र, राजतन्त्रको
उन्मूलन गरििदए । दोस्रो विश्वयुद्धपछि राजतन्त्रको अन्त्य भएको
मुलुकमा हामीस“ग सिमा जोडिएको सिक्किम पनि पर्छ । सन् १९७५ मा
सिक्किमका चोग्याल -राजा) पाल्देन थोल्डुप नामग्यालको शासन मात्र
सिद्धिएन, त्यो सानो देशलाई भारतमै विलिन गरयिो । अहिलेसम्म
राजतन्त्र टिकेका मुलुकहरूमा पनि पटकपटक स्वेच्छा वा जबरजस्ती
राजारानीहरू पदबाट अपदस्थ गरएिका छन् । उदाहरणका निम्ति बेल्जियम,
ब्रुनाई, कम्ब्ँोडिया, जोर्डन, लेसोथो, लक्जेर्म्बर्ग, मोरोक्को,
नेदरल्यान्ड, कतार, सउदी अरब, स्पेन, डेनमार्क आदिलाई लिन सकिन्छ
। राजतन्त्रको उन्मूलनपछि पदच्यूत राजाले राजनीति गरेर सरकार
चलाएको उदाहरण भने बुल्गेरयिा मात्र हो । उनी ५५ वर्षछि त्यहा“को
निर्वाचित प्रधानमन्त्री बनेका थिए ।