[Show all top banners]
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पैसाले बनायको बाटो उ र उसको अतित
[VIEWED 4127 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-08 1:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैसाले बनायको बाटो उ र उसको अतित

मानबिय जीवनमा पैसा त्यो वस्तु हो जसको बिना जीवनको कल्पना गर्नु भनेको कल्पनामा जीवनको सपना पुरा गर्नु हो । आज संसारका हरेक मान्छे पैसाको पछी दौडेका छन। आफन्त आफन्तमा यूद्द भयको छ, एउटा चोखो प्रेमिले पैसाको अभाबमा आफ्नो प्रेमलाई सदाकोलागी भुल्न विवस भयको छ अनी एउटा छोरा आफ्नो बाबु आमाको स्नेहरुपी छायाबाट टाडियको छ र एउटा पती बिछोडको तितो अनुभवलाई सँगाल्दै परदेसीयको छ केवल पैसाकोलागी। उ यसैको पछी दौड्दा दौड्दै आफ्ना जीवनका बसन्तहरुले डाँडा काटी रहेको समेत उसलाई ख्याल छैन। जीवनको वास्तबिक तस्बिरलाई निहालेर हेर्ने फुर्सद समेत उसलाई छैन। परिवारसँग बसेर मिठो खाने र रमाइलो गर्ने समय समेत पाउन असम्भव छ। समाजमा पहिचान र आफ्नो अस्तित्व बचाउनलाई पनि उसलाई परिवारबाट टाढा रहेर दु:खहरुलाई छातीमानै शाहनु छ। परदेशको ठाउँ उसको गाउ जस्तो छैन। त्यहाको बातावरणनै परदेशी छ । त्यहाका, रुख, हावा, पानी समेत उसको गाऊ जस्तो छैन। मनबिय बनोट कै भयपनी त्यहाका मान्छेमा मनवातको कमी छ। सस्किर्ती, चाडबाडको त्यहा पत्तै छैन।

यस पालिको दसैंमा सदाको झै उसको गाऊमा पनि रमणिय भयको थियो होला। गाउका सबै साथीभाइको क अर्का बिच भेटघाट भयो होला अनी रमाइलो गर्दै उ परदेशीलाई सम्झे होलान। निधारमा रातो टिका अनी कनमा पहेलो जमरा लागाय होलान। चकमन्न अधेरी रतमा टाढा टाढा देखिने छिमेकिका घरमा बत्तीहरु टिलपिलाय होलान, कुकुरको भुकाइसँग झ्यौरे गीत अनी भइली- भइली आवाजले सबैलाई दिपावलिको स्मरण गरायो होला।

गयको तिहारमात उसले पनि रातभरी गीत गाउदै ठिटाठीटीसंगै देउसी खेलेको थियो। कती रमाइलो भयको थियो स्यन्नानीको पछ्योउरी ओडेर नाच्दै गाउकी माइली आमाको हतबाट सेलरोटी खोसेर खादा अनी ईलिको पैसाले पिकनिक मनाउदा ।

तर समयसंगै कोल्टे फेर्ने यो मानबिय जीवनले आज ति सबै कुरालाई न निल्नसक्ने न थुक्नसक्ने अतित बनाएर यो सम्झनारुपी मनमा अड्कायर राखेको छ। उ जस्तै उसका साथी पनि क अर्काबाट टाडीयका होलान। त्यसैगरी रमाइलो गर्दै दसैं तिहार मनाउने दिनहरु अब उसबाट सदाकोलागी टाडीयर गैसके । यो बाद्धेतारुपी जीवनले एक ऐना बनायको छ जसमा देखिने स्म्रीतिलाई आफ्नो मार्गदर्सन मानेर यस्तै धेरै दसैं र तिहारलाई भुल्नु पर्ने यो जीवनको बाद्धेता छ।

हरेक बिहानिसंगै मनमा एक आशालियर उसकी सानु बाटो तिर आफ्ना नयन लगाउदी हुन। आफ्नो परदेशी पती आउने आशामा तर त्यो आशा केवल आशामानै सिमित रहेर त्यो असारुपी किरण निरासामा पारीणतहुँदै डाँडा पारी हराउदो हो फेरी अर्को दिन एक नयाँ आशा ल्यायर आउने संकाल्पमा ............


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters