कहालीलाग्दो अर्धसत्य
तारा भट्टराई
भन्ािन्छ, नारी जबसम्म आमा बन्दैनन्, पूर्णरूपले नारी हुँदैनन् । नारीको
सुख, नारीको स्वाभिमान अनि नारीको गौरव सन्तान सृष्टिमै छ । म यसलाई
शतप्रतिशत साँचो मान्छु । म पनि एक आमा हुँ । मैले सन्तान प्राप्तिबाट
हुने सुख र स्वाभिमानको अनुभव गरेकी छु । पहिलो सन्तान जन्मिदा जीवनमा
पहिलोपटक मैले त्यस्तै अनुभव गरेको थिएँ । आज पनि जीवनको सबभन्दा मीठो,
सुखद र अविस्मरणीय क्षण सम्भिmनुपर्दा प्रसूतिगृहमा डाक्टर नानीछोरीले ल
बधाई छ, छोरा भयो भनी देखाउनुभएको क्षणलाई नै मान्छु म । आज म दुई छोरा
सिद्धार्थ र शशांकको आमा छु । ईश्वरले मलाई दुई छोराको आमा बन्ने शौभाग्य
दिए ।तर
समय धेरै बदलिएको छ । अब आमा बन्न विज्ञानको प्रगतिले धेरै सजिलो भएको छ ।
तर आर्थिक हिसाबले सन्तान जन्माउनु, पालनपोषण गर्नु र उनीहरूलाई योग्य
नागरिक बनाउनु धेरै नै गाह्रो भइसकेको छ । अब त आफू दुई जीउकी भएँ कि
भन्न्ो थाहा पाउनदेखि सुरु हुने खर्च बच्चालाई आमाको जीउबाट छुट्याउने
बेलासम्म त हजारौं-हजारमा पुगिसकेको हुन्छ । आजभोलि त नर्मल डेलिभरी हुने
सम्भावना कमैमात्र हुनथालेको छ । जति बढी डाक्टर, अस्पताल र नर्सिडहोम
उति पेट चिरिएर जन्मिने बच्चाको संख्या बढी । मान्छे कसरीमात्र खर्च
धान्दा हुन् ? मलाई त सम्झँदैमा कहाली लाग्छ । उहिलेे महिलाहरू ८-१० वटा
बच्चा पाउँदै हुर्काउँथे पनि । मेरै आमाको पालासम्म पनि परिवार नियोजनको
सुविधा थिएन । उहाँले ६ सन्तान जन्माउनुभयो । यता घरतिर पनि मेरी सासू र
कान्छी आमाले पनि ६-६ वटै सन्तान पाउनुभयो । त्यो बेला जीवन त्यति
सुविधासम्पन्न पनि थिएन । म आज पनि सम्झन्छु, आफ्नो बाल्यकाल । हाम्रो
दैनिक लाउने लुगा खद्दरको हुन्थ्यो । वर्षको एक-दुईपटक मात्र राम्रो लुगा
किनिन्थ्यो, खासगरी दशैंमा । त्यो बेला शिक्षा पनि खासै महँगो थिएन । म
मेरो १० कक्षाको फिस महिनामा रु १० तिर्थें । शैक्षिक सामग्रीमा पनि
त्यति तडकभडक र भिन्नता थिएन । १६ पैसाले एउटा हात्तीमार कापी आउँथ्यो ।
त्यसमा पनि हामी गतवर्षको कक्षामा लेख्न बाँकी भएका पानाहरू निकाली
सियोधागोले सिएर रफ कापी बनाउँथ्यौं । तर अहिले १-२ छोराछोरीलाई हुर्काउन
र स्कुल, कलेजमा पढाउन आफ्ना सानाभन्दा साना इच्छा तथा चाहना कटौती गर्दा
पनि जीवनको कमाइ धौधौ भइदिन्छ । अझ उनीहरूको उच्चशिक्षामा भएको अलिकता
खेतबारी पनि सकिन्छ । त्यतिले पनि अपुग भई जीवन ऋणमा चुर्लुम्म डुब्छ । तर
यति गर्दा पनि सन्तान होनहार र सुयोग्य नै निस्कन्छ भन्ने कुनै ग्यारेन्टी
हुँदैन । कस्तो विडम्बना ? अब आमाबुबालाई ईश्वर मान्ने, उहाँहरूको सेवालाई
कर्तव्य र धर्म ठान्ने जमाना पनि रहेन । केही महिना पहिलेमात्र यसै
दैनिकको पहिलो पृष्ठमा एउटा खबर पढेको थिएँ, सप्तरीमा एक ६० वषर्ीया
वृद्धालाई आफैंले जन्माएको छोरोले बोक्सीको आरोप लगाउँदै निर्घात कुटेर
घरबाट निकाल्यो । यहाँ नारीलाई बोक्सी करार गर्न मान्छेहरू अशिक्षित,
अज्ञान र गाउँ-ठाउँको हुनु पनि पर्दैन । धेरै पढेलेखेका, जान्ने-बुझ्ने
भनाउँदा, राम्रो अफिसमा राम्रै पदमा काम गर्ने छोराले पनि श्रीमती र
केटाकेटीलाई आमाको बोक्सी विद्याले सधैं रोगीमात्र पारिराख्यो भनेर घरबाटै
निकालेको पनि यी आँखाले देखेका छन् । यो कुनै व्यक्तिविशेषको कथा पनि होइन
। यो तपाईं, मेरो वा हामीमध्ये कसैकोे पनि कथा हुनसक्छ । मान्छेको जात
बडो निर्दयी र स्वार्थी हुँदोरैछ । आफैंले जन्माएको सन्तानको पनि कुनै भर
हुँदोरैनछ ।
आज
म एक विदेशी जोडीलाई झलझली सम्झँदैछु । सायद १८-१९ वर्ष अघिको कुरो हो यो
। म त्यो बेला जेएसआईमा काम गर्थें । अफिसको एउटा पार्टीमा मेरो उनीहरूसित
भेट भएको थियो । गफैगफमा छोराछोरीको कुरा चल्यो । त्यो जोडीले भनेका थिए,
संसारका मानिसहरूले सबै थोकमा लगानी गरुन्, सिवाय सन्तानमा, किनकि
मानिसले गर्ने लगानीमध्ये सबभन्दा जोखिमपूर्ण लगानी नै सन्तानमाथि गरिने
लगानी हो । आफूले खाइ-नखाइ भोक, निद्रा, सुख, आराम केही नभनी जीवनका हरेक
चाहना, खुसीलाई त्यागेर सन्तानकोे लालनपालन गरिन्छ, उनीहरूको पढाइ-लेखाइमा
आफ्नो सबै कमाइ लुटाइन्छ, उनीहरूको विवाह-वर्तबन्ध, उनीहरूको खुसी र
उज्ज्वल भविष्यका लागि जीवनभर दुःख गरी जोडेको पाइपाइ अनि सारा
श्रीसम्पत्ति नै सकाइन्छ । तर यी सबैको बाबजुद सन्तान सुयोग्य नै निस्कन्छ
भन्ने कुनै ग्यारेन्टी छैन । उनीहरू एक नम्बरका निकम्मा, बदमास, आवारा,
लफंगा जे पनि हुन सक्छन् । यदि यसो भयो भने तिमी के गर्छौ ? सन्तानको
लालनपालनमा आफ्नो यौवन, यौवनका सबै सपना त नष्ट भएभए, जीवनभरको मिहेनत पनि
गयो, कमाइ पनि गयो । बाँकी रहन्छ त केवल बूढो रोगी शरीर, दुःख, पीडा,
अभाव र अपहेलित भएर बाँच्नुपर्ने एकलासे जीवन । यसैले यो यस्तो लगानी हो,
जसमा कममात्र सफलताको सम्भावना हुन्छ । यदि सफल नै भयो भने पनि लगानीको
अनुपातमा मुनाफा एकदम कममात्र पाइन्छ । यसैले हामीले त त्यस्तो जोखिमपूर्ण
क्षेत्रमा लगानी गर्ने कुरा सोच्दै सोचिएन । ईश्वरले दिएको जीवन जबसम्म
रहन्छ, हामी एकआपसमा प्रेम गरेर, सुख, सुविधा र आनन्दले जीवन बिताउँछाैं ।
उनीहरूको
कुरा सुनेपछि त्यहाँ उपस्थित सबैले त्यो जोडीकोे छातीभित्र मन र मनभित्र
हुने समवेदनशिलता भन्ने वस्तु नै छैन भनी निष्कर्ष निकाल्यौं । हामीले
आपस्ामा कुरा पनि गर्यांै, कस्ता मेसिनजस्ता मान्छेहरू ?
वास्तवमा
मैले त्यो क्षण उनीहरूको जीवनको दर्शनलाई बुझ्नसकेको रैनछु । तर आज
दिनपरदिन लागूपदार्थ र अन्य दुव्र्यसनमा डुबेर बिग्रँदै गएको युवा
पिँढीलाई देख्छु, सन्तान विदेशिएर सिंगो घरमा बूढा आमाबाहरू छोराबुहारी र
नातिनातिनाका तस्वीर हेर्दै कल्पिएर बाँचेको देख्छु । रोगले ग्रस्त भएर
ओछ्यानमा थलापर्दा स्याहार्ने र माया गर्ने हातको अभावमा अकालैमा
मृत्युवरण गर्दै गरेका वृद्धवृद्धालाईर् देख्छु । मृत्युपश्चात पनि जब
छोराबुहारी आउने आसमा अस्पतालका मुर्दाघरमा लासलाई तेस्र्याएर राखेको
देख्छु वा सुन्छु, तब म ती विदेशी दम्पतिले भनेका कुरा झलझली सम्भिmन
थाल्छु । मुटुको कुनै अन्तरबाट यही आवाज आइरहेको महसुस गर्छु, सायद त्यो
दम्पतिले ठीकै भनेका रहेछन् ।
tarabhattarai410@hotmail.com