'आमा मेरो डिस्टिङ्सन आयो,' रिजल्ट हेरेपछि पास भएको कुरा आमालाई तुरुन्त सुनाएँ । उनी भान्छामा खाना पकाउँदै थिइन् । 'ए, तँ पास भइस् ?' उनले यत्ति भनिन् । मलाइ समातीन र रुन थालिन् । त्यो रात हामी आमाछोरी धेरैबेर रोयौं ।
आमालाई म पास भएकैमा खुसी थियो । डिस्टिङ्सनको अर्थ उनले बुझिनन् । बुझेकी भए अझ् कति खुसी हुन्थिन होला ? किनकि, मलाई सफल भएको हेर्न उनले कति दुःख गरेकी थिइन् भन्ने मलाई मात्र थाहा छ ।
मलाई पुराना दिन सकेसम्म सम्झन मन लाग्दैन । डर लाग्छ । आङ सिरिङ्ग हुन्छ । ती दिन त्यस्तै थिए ।
सिन्धुपाल्चोकको डब्ल्याङ माइती हो मेरी आमाको । यहाँ काम त्यही हो, भाँडा मोल्ने, कपडा धुने, सरसफाइ गर्ने, यस्तै । नपढेकाले अरू के नै पाउाछन् र ? आमा अचेल दिनको सय/पचास कमाउँछिन् । हाम्रो घर दोलखाको चरिकोट हो भन्छन् । आजसम्म पुगेकी छैन । घर पनि छैन जस्तो लाग्छ, के बाँकी होला र खै ?
जोरपाटी बाहुनधारा नजिकै छ हामी बस्ने कोठा । सााघुरो, अाध्यारो र चिसो । त्यो कोठामा आमा र मसागै दुई बहिनी पनि बस्छन्, माइली ममता र कान्छी शान्ति । एउटा खाट छ । राती कोही खाटमा पल्टन्छौं, कोही भुइामा । घरबाट स्कुल पुग्न दश मिनेट लाग्छ, समता शिक्षा निकेतन । दुई कक्षादेखी नै मैले यहि स्कुलमा पढ्न थालेकी हुा । उत्तम सञ्जेल सरले सहयोग नगरेको भए । समताले साथ नदिएको भएा । यो अवस्थामा म सायदै आउथेा ।
***
समता शिक्षा निकेतनमा आउनू अघि, म अघि महांकालको एउटा स्कुलमा पढ्थेा । 'छोरीलाई पनि स्कुल पठाउने हो ?' भनेर कसैले भनेछ क्यारे । त्यसपछि बाले मलाई स्कुल जान दिएनन् । कता हो कता मलाइ एक घरमा काम लगाइदिए । एक वर्षपछि आमाले त्यहााबाट छुटाएर समतामा ल्याइन् ।
आमाले छोराको साटो तीन छोरी पाउनु नै बिडम्बना थियो कि ? बाबाको लागि यहि निहुा बन्थ्योकी ? किन हो मलाई थाहा छैन, घरमा दिनहुा झगडा हुन्थ्यो । घरमा चामल, नुन, तेल छ/छैन उनलाई पत्तो हुन्थेन । रक्सीले चुर भएर आउाथे उनी ।
ढोकाबाट भित्र छिर्नासाथ भााडभैलो सुरू भैहाल्थ्यो । आमा कराउाथिन् । बा रिसाउाथे । बा कराउादा आमा रिसाउाथिन् । बाले आमालाई लछारपछार गर्थे, कुट्थे । डरले दुई बहिनी मसाग लुटपुटिन आउाथे ।
'तिमेरू सबलाई मार्छु' भन्दै बाले हामीलाई भुइामा बङ्लङ्ग पछारिदिन्थे । कान्छी दगुर्दै आमालाई समाउन जान्थी । आमा हामी सबैलाई सुम्सुम्याउादै रून्थिन्। आमासागै हामी रुन्थ्यौ । बा भने मजाले निदाउथे ।
***
एक साँझ लखतरान परेर आमा आइपुगिन । भोकाएका बहिनीहरू केही छ कि भन्दै आमालाई समाउन पुगे ।
'लौ रोटी खाउ,' आमाले हामीलाई कपडा धोइदिएको घरबाट बचाएर ल्याएको खाजा दिइन । भोकाएका हामीले, कपाकप खायौं । राति बाबा मात्तिादै आए । जे डर थियो त्यही भो । 'जथाभावी डुल्छेस्' भन्दै बाले आमालाई गाली गर्न थाले ।
चर्काचर्की हुादै थियो । म आमालाई नबोल्न भन्दै थिएा । बाले हात छाडिहाले । लछारपछार हुादा किताबहरू असरल्ल परे । आमा चिच्चाउन थालीन्, बहिनीहरू रून थाले । म आत्तिदै छुट्टयाउन गएको थिएा, बाको थप्पडले भित्तामा ठोक्किएा ।
आमालाई मार्छु भन्दै बाबाले हातमा खुकुरी नचाउान थाले । डरले म थरथरी काापे । हामी भागेर सडकमा पुग्यौं । त्यो रात घरको छिाडीमा आमासाग बेरिएर हामी तीनैजना खुब रोयौं । हरेक पटकका दुःखमा रुनु सिवाय अरू के गर्नै सक्थ्यौं र ? रुादारुदै आमा मलाई सम्झाउाथिइन्, 'छोरी ता पढेर ठूली मान्छे बन्नु । यस्तो दुःख तिमीहरूले भोग्न नपरोस् ।'
जव म सात कक्षा पुगेा । घरको स्थितिले पढाइ बिगि्रदै थियो । त्यसैले म र ममतालाई समताको होस्टलमा बस्ने व्यवस्था गरिएको थियो । तर, मलाई त्यहाा बस्ने रहर थिएन । घरमा आमाले के खाइन्, कान्छीलाई कस्तो होला ? यस्तै कुरा मनमा खेलिरहन्थ्यो ।
म स्कुल हुन्थेा, मन घर पुग्थ्यो । एकरात होस्टलपछाडि आमाले बोलाएको सुनेा । कसैले थाहा नपाउनेगरी हामीले होस्टलको गेट खोलिदियौं । बाले पिटेर खेदेकाले आमा कान्छी बोकेर होस्टल आएकी रहिछन् । मध्यरात । सरले थाहा पाए गाली गर्नुहोला भन्ने डर । तैपनि, आमालाई होस्टलको हाम्रै कोठमा लुकायौं । त्यो रात, हामीपनि उनीसागै गुटमुटीएर सुत्यौं ।
आठ कक्षापछि आमाको मायाले म उनीसागै बस्न थालेा । सधैा झैझगडा, पिटापिट । कति सहनु ? आमा र हामीले बासाग छुट्टनिे निर्णय गर्यौं । हामी त्यो कोठाबाट निस्केपछि बुबाले अर्को बिहे गरेछन् ।
हामीसाग न खान पैसा थियो, न बस्नलाई बास । साथमा स्कुलका किताब थिए, जसलाई पढेर मैले पार लाउनु थियो । तर कसरी ? थाहा थिएन ।
बल्लबल्ल कोठा पाइयो । रित्तो कोठा । ओछ्याउने कुरा छैन । पकाउने भाँडाकुाडा थिएनन्् । आमा भोजभतेरमा भाँडा माझ्न जाँदा प्लाष्टिकमा खाना पोको पारेर ल्याउानुहुन्थ्यो । आमा घर आइपुग्दा हामी एकसरो सुकुलमा पल्टिरहेका हुन्थ्यौ । आमा देख्ने बित्तिकै लुछाचुाडी गर्नपुग्थ्यौं, बाख्राका पाठापाठी झै । अनि सबैजना त्यही सुकुलमा निदाउाथ्यौं ।
आमाको दुःख देखेर होला तिबेतियनहरूले उनीहरूका घरमा काम गर्न जाादा केही न केही सामान दिएर पठाउन थाले । पुरानै किन नहोस्, भााडा, कपडा, सुकुल, खाट गर्दै केही कुरा कोठामा जोडिए । अनी पो हामीले पनि पातलो सुकुलको साटो गलैाचामा सुत्न पायौं ।
८ ८८
म दश कक्षा पुगेा । घामझरी नभनी आमा हरेकदिन काममा जान थालिन् । उनको जीउ सुकेर सिठ्ठा भैसकेको थियो । त्यसैले मैले उनलाई पहिला भन्दा बढि सघाउन थालेा । भाडा मोल्ने, कपडा धुने र अर्काको घर सफा गर्ने काममा म पनि फुर्सद मिलाएर आमासागै जान्थेा ।
राती १ बजेसम्म पनि काम गरेा । दशको सानोे जााचमा मेरो पोजिसन एक्कासी घट्यो । यसले मलाई ठूलो चिन्ता थप्यो । 'मै गर्छु ता पढ्' भन्दै आमा आफैा काममा धस्सिन थालिन् । घर भाडाका लागि साथमा धेरै पैसा हुादैन्थ्यो । रातमा बत्ती नबाल्नु भन्दै कराउानुहुन्थ्यो पहिला त । मैले ठूलो परीक्षा आएको छ भन्दै घरबेटीलाई अनुरोध गरेपछि उहाा मान्नुभो ।
कहिलेकाहीा त पढ्दा छ्याङै रात कट्थ्यो । बुबा फेरि र्फकने त हैनन् भन्ने डर पनि लाग्थ्यो कताकता । एक/दुईपटक बाटोमा देख्दा लुकेकी थिए । एसएलसीमा पनि राम्ररी पढ्न पाइना । खुराक कम, ताकत नभएर जीउमा आलस्य आउाथ्यो । कहिलेकााही त चक्कर लाग्थ्यो । कसलाई भन्नु ? चुपचाप कक्षामा बस्थेा । भोको पेट दुख्दाको पिडा राम्ररी अनुभव गरेको थिएा, त्यसबेला ।
आमाले नमान्दा-नमान्दै पनि केही दिन उनको काममा पनि सघाउन गएा । परीक्षा त मेहनत गरेरै दिएकी थिएा । ८८.७५ प्रतिशत ल्याउाला भन्ने मलाई विश्वास थिएन । किनकि मैले राम्ररी मेहनत गर्न पाएकी थिइना । अझै राम्ररी पढ्न पाएको भए म धेरै गर्न सक्थेा । मेरी आमाको हातले जुठा भााडा नसुम्सुमाएको भए के म यत्ति धेरै नम्बर ल्याउन सक्दैनथेा ।
हुन त म केही श्रम गरेर, स्कुल पढाएर दुई/चार पैसा कमाउन सक्छु । तर मैले अहिले परिवारलाई क्षणिक सुख दिएर हुादैन । मेरो विचार छ, 'बरू गरिबले एक छाक कम खाएर भए पनि पढोस्, त्यसले अर्को चारछाक कमाउन सक्छ ।'
आमाका यी कुराले मलाई झकझकाई रहन्छ । अझ् पढ्न र बढ्न उत्साह थप्छ । कलेज पढ्न साथमा कौडी छैन । हात परेको सर्टिफिकेटले आफैं त पढाउादैन । पूर्ण छात्रवृत्ति पाए राम्रो कलेज पढ्न मन छ । कसैको सहयोग पाए अझ पढेर केही गर्न मन छ । केही गरेर देखाउाछु भन्ने आत्मविश्वस पनि छ । तर ...खै के हुने हो ?
source : http://www.nagariknews.com/nagarik-blog/85-blog/2803-2009-07-10-14-31-24.html